नवप्रवर्तन र उद्यमशीलता सिर्जनामा सहकार्य गर्न धितोपत्र बोर्ड र प्राइभेट इक्विटी एशोसिएसनबीच सम्झौता

बिजमाण्डू
२०८० असोज १६ गते ११:५७ | Oct 3, 2023
नवप्रवर्तन र उद्यमशीलता सिर्जनामा सहकार्य गर्न धितोपत्र बोर्ड र प्राइभेट इक्विटी एशोसिएसनबीच सम्झौता


काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल प्राइभेट इक्विटी एशोसिएसन बीच सम्झौता भएको छ।

Tata
GBIME
NLIC

सम्झौता अनुसार नेपालमा रहेका निजी र वैकल्पिक लगानीका उद्योग बीच सहकार्य र विकास प्रवर्द्धन गर्न बोर्ड र एशोसिएसनले सहकार्य गर्ने भएको छ।

यस्तै, नेपालमा संचालित व्यवसायमा आवश्यक वित्तिय स्रोत अभिवृद्धि गर्न सहजीकरण गर्ने सम्झौता पनि भएको छ। साथै नवप्रवर्तन, उद्यमशीलता र रोजगारी सिर्जना गर्न दुबै पक्षले सहकार्य गर्ने भएका छन्।  

समझदारी पत्रमा बोर्डका अध्यक्ष रमेश कुमार हमाल र एशोसिएसनका अध्यक्ष सिद्धान्त राज पाण्डेले हस्ताक्षर गरेका हुन्।एशोसिएसनको दोस्रो वार्षिक साधारणसभाको अवसरमा यो सम्झौता भएको हो।