इटहरीमा २५ वर्षीय युवकको साथमा भेटियो नक्कली नोट, थप अनुसन्धान गर्दै प्रहरी



बिजमाण्डू
२०८० असोज ५ गते १३:१४ | Sep 22, 2023
इटहरीमा २५ वर्षीय युवकको साथमा भेटियो नक्कली नोट, थप अनुसन्धान गर्दै प्रहरी

काठमाडौं। सुनसरीमा नक्कली नोटसहित एक युवक समातिएका छन्। ईटहरी उपमहानगरपालिका-६ हटिया लाइनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित युवक पक्राउ परेका हुन्।

Tata
GBIME
Nepal Life

संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे बस्‍ने २५ वर्षीय विवेक राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई नोटसहित पक्राउ गरेको जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।