रोयल इनफिल्डले मेला गर्दै, पुरानो बाइकसँग क्लासिक ३५० र स्क्रयाम ४११ साट्न पाइने



बिजमाण्डू
२०८० भदौ ८ गते ११:५० | Aug 25, 2023
रोयल इनफिल्डले मेला गर्दै, पुरानो बाइकसँग क्लासिक ३५० र स्क्रयाम ४११ साट्न पाइने

काठमाडौं। अब पुरानो बाइकसँग रोयल इनफिल्डको नयाँ क्लासिक ३५० र स्क्रयाम ४११ साट्न सकिने भएको छ।

Tata
GBIME
Nepal Life

रोयल इनफिल्डको आधिकारिक बिक्रेता कम्पनी त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले एक्सचेन्ज मेला संचालन गर्ने भएको छ। भदौ १० देखि १५ गतेसम्म आयोजना गरिने मेलामा कम्पनीले बाइक साट्न पाइने सुविधा दिने भएको हो।

उक्त मेलामा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन र स्पट फाइनान्स जस्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे साधनसँग रोयल इन्फिल्डका नयाँ मोटरसाइकल साट्न सजिलो हुने कम्पनीले जनाएको छ।

हाल रोयल इनफिल्डका क्लासिक ३५० सीसी र स्क्रयाम ४११ नयाँ मोडेलहरु उपलब्ध छन्। नेपालभरका आफ्ना शोरूम र डिलर प्वाइन्टबाट यो मेलामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकसँग आफ्नो मोटरसाइकलको राम्रो मूल्यांकनका लागि विभिन्न एक्सचेन्ज हाउसका विकल्पहरू हुनेछन। साथै स्पट फाइनान्सका लागि पनि वित्तीय संस्था हुनेछन्।