४३ वटा कम्पनीले पाए ब्रोकर लाइसेन्सको आशयपत्र, तीन वटा कम्पनीको किन भयो रद्द ?



बिजमाण्डू
२०८० बैशाख ३० गते १९:१० | May 13, 2023
४३ वटा कम्पनीले पाए ब्रोकर लाइसेन्सको आशयपत्र, तीन वटा कम्पनीको किन भयो रद्द ?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सबैजसो आवेदक कम्पनीलाई ब्रोकर लाइसेन्सको आशयपत्र (एलओआई) दिएको छ। बोर्डमा ४६ कम्पनीले आवेदन दिएका थिए।

Tata
GBIME
Nepal Life

ती मध्ये तीन वटाले मात्रै लाइसेन्स पाएनन्। इगल स्टक इक्विटी, एनआईसी एसिया सेक्युरीटिज र सेन्चुरी स्टक ब्रोकरको आवेदन रद्द भएको हो।

बोर्डका अनुसार इगलले रितपूर्वक निवेदन दिएको थिएन। कम्पनीले ऐन र नियमावलीका शर्त नै पुरा नगरी आवेदन दिएको थियो। एनआईसी एसिया कम्पनी नै खारेज भैसकेको छ। सेञ्चुरी स्टकले अनुमतिपत्रको लागि पेश गरेको निवेदन नै फिर्ता लिएको थियो।

बाँकी सबैलाई भने बोर्डले पूर्वाधार तयार गर्न ६ महिनाको अवधिसहित आशयपत्र दिएको छ। आवेदक मध्ये ४३ जनाले दसैंसम्म शर्त बमोजिम न्यूनतम पूर्वाधार तयार गरी बोर्डलाई सूचित गर्नेछन्। यस्तो जानकारी पाएको तीस दिनभित्र बोर्डले स्थलगत निरीक्षणपछिअनुमतिपत्र दिने जनाएको छ।

म्यादसम्म नसकिए बोर्डले समय पनि थप्न भने सक्ने छ। तीन महिनामा पनि पूर्वाधार तयार नपारे कम्पनीको आशयपत्र रद्द हुनेछ।