हुलाकी सडकको काम एक महिनादेखि ठप्प, तत्काल नथाले कारवाही गर्ने मन्त्रीको चेतावनी



बिजमाण्डू
२०८० बैशाख २२ गते १५:०६ | May 5, 2023
हुलाकी सडकको काम एक महिनादेखि ठप्प, तत्काल नथाले कारवाही गर्ने मन्त्रीको चेतावनी

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गको बेतौना-विराटनगर सडक खण्डको समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। काम तत्काल नथाले सम्बद्ध निर्माण व्यवसायीलाई कारवाही गर्ने चेतावनी पनि दिएका छन्।

Tata
GBIME
Nepal Life

बिहीबार हुलाकी राजमार्गको मोरङ खण्डमा ठेकेदारले काम रोकेपछि संघीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेका थिए। लगतै मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई काम नथाले कारवाही गर्न निर्देशन दिएका हुन्

झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला कार्यक्षेत्र रहेको इटहरी योजना कार्यालयले ४४ किलोमिटर खण्डमा ५ वटा ठेक्का लगाई निर्माण कार्य गरिरहेको छ। जसमध्ये २० किमि कालोपत्रे भइसकेको छ।

बेतौनादेखि विराटनगरसम्मको १८ किलोमिटरमा संचालित २ वटा ठेक्काको निर्माण कार्य करिब एक महिनादेखि ठप्प छ। निर्माणको काम नभएपछि जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेका थिए।

आयोजना इटहरी कार्यालयले निर्माण सुरु गर्न निर्माण व्यवसायीलाई पत्राचार गरिसकेको छ।

समयमा निर्माणको काम सक्नेगरी तत्काल काम नथाले निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्त बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले चेतावनी दिएको छ।