७३ मेगावाटको मध्य-मेवालाई १६ अर्ब ४७ करोड लाग्ने, प्रतिमेगावाट लागत २० करोड १८ लाख



बिजमाण्डू
२०८० बैशाख ८ गते १३:२७ | Apr 21, 2023
७३ मेगावाटको मध्य-मेवालाई १६ अर्ब ४७ करोड लाग्ने, प्रतिमेगावाट लागत २० करोड १८ लाख

काठमाडौं। ताप्लेजुङमा प्रस्तावित ७३.५  मेगावाटको मध्य-मेवा जलविद्युत आयोजना निर्माणमा लागत १६ अर्ब ४७ करोड रुपैयाँ लाग्ने देखिएको छ।

Tata
GBIME
Nepal Life

यो पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको आयोजना हो। यसको प्रतिमेगावाट लागत २० करोड १८ लाख ५० हजार रुपैयाँ रहने देखिएको छ। आयोजना मेवा डेभलपर्स लिमिटेडले निर्माण गर्न लागेको हो।

आयोजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा प्रस्ताव गरिएको छ। जसको सम्भाव्यता अध्ययन पुरा भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन अन्तिम चरणमा पुगेको छ।

वन तथा वातावरण मन्त्रालयले केही दिनअघि इआइए प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवालाहरुसँग सुझाव मागेको छ।

सम्भाव्यता अनुसार आयोजनाको ग्रस हेट  ४७१.४७  मिटर र डिजाइन डिस्चार्ज १८.७६ घनमिटर प्रतिसेकेण्ड छ। हेडरेस टनेल करिब ५३१४ मिटर निर्माण हुनेछ। तेर्सो र ठाडो गरी ३९३ मिटर पेनस्टक पाइप राखिने छ।

प्रस्तावित आयोजनाबाट उत्पादित विद्युतलाइ सोही आयोजनाको विद्युतगृहबाट १०.७ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारणलाइनमार्फत नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु-हाङपाङ सबस्टेसनमा जोडिनेछ।

आयोजनाको हेडवर्क्स तेम्बामा र विद्युत गृह लप्सिबोटेमा प्रस्ताव गरिएको छ।

यो आयोजनाबाट वार्षिक ४३६.०९ गिगावाट आवर छ।  यो जलविद्युत आयोजनाको पिक इनर्जी ७५.०२ गिगावाट छ। ननपिक इनर्जी ६१.५९ गिगावाट आवर छ।  कुल सुक्खायामको ऊर्जा २३६.६२ गिगावाट आवर  (३१.३३ प्रतिशत) र वर्षाको २९९.४७ गिगावाट आवर (६८.६७ प्रतिशत)  छ।