सुनको मूल्य फेरि बढ्यो, तोलाको एक लाख १० हजारमाथि, चाँदीको भाउ दुई दिनदेखि उस्तै



बिजमाण्डू
२०८० बैशाख ८ गते १०:५९ | Apr 21, 2023
सुनको मूल्य फेरि बढ्यो, तोलाको एक लाख १० हजारमाथि, चाँदीको भाउ दुई दिनदेखि उस्तै

काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य केही बढेको छ।अघिल्लो दिनभन्दा तोलामा चार सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख १० हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य दुई दिनदेखि स्थिर छ। बुधबार तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएको चाँदी त्यसयता उतारचढाव भएको छैन।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुन: उकालो लागेको छ। शुक्रबार सुन प्रतिऔंस २०००.६४ डलर पुगेको छ। चाँदी प्रतिऔंस २५.१७ डलर छ। बिहीबार सुन प्रतिऔंस १९९२.४४ डलर र चाँदी प्रतिऔंस २५.०७ डलरमा कारोबार भएको थियो।