वर्षको अन्तिम कारोबारमा बजार घट्यो, सेयर डिम्याटमा आउन नपाउँदै घट्यो बजार



बिजमाण्डू
२०७९ चैत्र ३० गते १५:२३ | Apr 13, 2023
वर्षको अन्तिम कारोबारमा बजार घट्यो, सेयर डिम्याटमा आउन नपाउँदै घट्यो बजार

काठमाडौं। ब्याजदर कटौती र सुधारउन्मुख अर्थतन्त्रप्रति उत्साहित सेयर बजारले बिहीबार रातो प्रतिकृया दिएको छ। २०७९ लाई बिदाइ गर्दै गर्दा बजार २९ अंक ओर्लिएको छ। अघिल्लो दिनको फराकिलो फड्को अन्तिम दिन टिक्न नसकेको हो।

Tata
GBIME
Nepal Life

सुरुवाति चरणमा लगानीकर्ताको मनोबल उत्साहित नै थियो। बुधबार किन्ने अवसर गुमाएकाहरु बिहीबार कारोबार खुलेलगत्तै सक्रिय थिए। तर, सोमबारयता १२५ अंक बढिसकेको बजारमा नाफा बुक गर्नेहरुको बाहुल्यता ह्वात्तै बढ्न गयो।

बुधबार १९६३.५५ विन्दुमा बन्द भएको परिसूचक बिहीबार पहिलो शत्र मै १९८१ सम्म उक्लिसकेको थियो, जुन कमाइ सकेकाहरुलाई बेचेर उम्किने अवसर बनेको छ। यो विन्दुलाई परिक्षण गरेयता बजार निरन्तर घट्दो छ। 

जानकारहरु चैतको किस्ता बुझाउन टाठाबाठालाई बजारले राम्रो लाभ दिएको टिप्पणी गर्छन्। आज बजार १९३४.४७ विन्दुका सिमित हुन पुगेको हो।

बजार फारकिलो अंकले घट्दा कारोबार डेढ अर्ब नाघेको छ। जुन बजार ह्वात्तै बढ्दा भएको किनबेचको अनुपातभन्दा धेरै कारोबार हो। हिजो ९२ अंक बढ्दा एक अर्ब ९७ करोडको सेयर किनबेच भएको थियो। 

बजार घट्दा उत्पादन समूहका सेयरका लगानीकर्ताको किनबेच केन्द्रित छ। शिवम् सिमेन्ट र हिमालयन डिष्टिलरी सर्वाधिक कारोबार हुने सेयर हुन्। त्यसपछि नबिल बैंक र एनआइसी एशीया छन्।