समिट भासिएपछि चौधरी समूहको प्रष्टीकरण: हामी ३०% मात्रै हिस्सेदार हौं, व्यवस्थापनमा छैनौं



बिजमाण्डू
२०७९ चैत्र २८ गते १५:५९ | Apr 11, 2023
समिट भासिएपछि चौधरी समूहको प्रष्टीकरण: हामी ३०% मात्रै हिस्सेदार हौं, व्यवस्थापनमा छैनौं

काठमाडौं। चौधरी समूहको सीजी डेभलपर्सले सानेपामा ‘द समिट होटल एण्ड रेसिडेन्सेस्’ निर्माणका क्रममा वरपरका घरहरु भासिएको घटनामा आफ्नो संलग्नता नरहेको भन्दै प्रष्टीकरण दिएको छ।

Tata
GBIME
Nepal Life

होटलसहित लक्जरियस अपार्टमेन्ट रहने गरी करिब ६ अर्ब रुपैयाँ लगानीमा बन्ने परियोजनामा सीजी डेभलपर्सको जम्मा ३० प्रतिशत हिस्सेदारी छ। बाँकी ७० प्रतिशत एनइ ग्रुपका रविभक्त श्रेष्ठका साथै अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उनको परिवारको छ।

‘समिट होटलले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिनु भएको छ। त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेपलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको हामी जानकारी गराउँदछौं,’ सिजी डेभलपर्सका अध्यक्ष राहुल चौधरीद्‍वारा जारी जारी विज्ञप्तिमा भनिएको छ।

सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) निर्माण गरिसकेको छ। साथै ललितपुरको भैंसेपाटीमा सीजी हिल्समा निर्माण गरिरहेको जनाएको छ।

‘यी परियोजनाहरूको व्यवसायिक व्यवस्थापन र संचालन सीजी डेभलपर्सले गर्छ। सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् र ती परियोजनाले नेपालको रियल इस्टेट क्षेत्रमा छुट्टै पहिचान स्थापित छन्,’ विज्ञप्तिमा उल्लेख छ।