फर्ष्ट माइक्रोफाइनान्सले गर्‍यो हालसम्मकै उच्च लाभांशको प्रस्ताव, बोनस सेयर नै १९ प्रतिशत



बिजमाण्डू
२०७९ मंसिर १६ गते ११:१७ | Dec 2, 2022
फर्ष्ट माइक्रोफाइनान्सले गर्‍यो हालसम्मकै उच्च लाभांशको प्रस्ताव, बोनस सेयर नै १९ प्रतिशत

काठमाडौं। फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई हालसम्मकै उच्च लाभांशको वितरण गर्ने भएको छ। गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २० प्रतिशत लाभांश वितरण प्रस्ताव अघि सारेको हो। 

Tata
GBIME
Nepal Life

लघुवित्त कम्पनीले मुनाफाबाट लगानीकर्तालाई चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार को २० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ।

जसमा कम्पनीले चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख बराबरको बोनस सेयर प्रस्ताव छ भने ९६ लाख बराबरको नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने भएको छ। जुन चुक्ता पुँजीको १ प्रतिशत हो।

उक्त लाभांश लघुवित्त कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गर्ने छ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको लाभांश पछिल्लो १० आर्थिक वर्षयताकै सर्वाधिक हो। कम्पनीले यस अघि १० देखि १५ प्रतिशत सम्म कुल लाभांश वितरण गर्दै आएको थियो।