निर्धन उत्थान लघुवित्तको नाफामा भारी गिरावट, सञ्चालन मुनाफा ८३.८८ प्रतिशत घट्यो



बिजमाण्डू
२०७९ कात्तिक २७ गते १३:३० | Nov 13, 2022
निर्धन उत्थान लघुवित्तको नाफामा भारी गिरावट, सञ्चालन मुनाफा ८३.८८ प्रतिशत घट्यो

काठमाडौं। निर्धन उत्थान लघुवित्तको नाफा निकै घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको आइतबार सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा मुनाफामा भारी गिरावट देखिएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले आर्जन गरेको खुद नाफा, संचालन मुनाफा, खुद ब्याज आम्दानी र खुद फी कमिसनमा आएको गिरावटसँगै नाफा घटेको हो।

कम्पनीले असोजसम्म ३ करोड २५ लाख खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ८३.८८ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा २० करोड १९ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षमा खुद नाफासँगै संचालन मुनाफा पनि ८३.८८ प्रतिशतले घटेको छ। कम्पनीले यस वर्ष संचालन मुनाफाबापत ४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको थियो।

यस्तै असोज मसान्तसम्म कर्मचारी खर्च १०.२२ प्रतिशतले घटे पनि संचालन खर्च १०.७६ प्रतिशतले वृद्धि भएको छ। यस्तै असोजसम्म कम्पनीको निक्षेप भने सामान्य बढेको छ। निक्षेप १.६४ प्रतिशतले बढेको हो।

नाफामा आएको उल्लेख्य गिरावटसँगै आज कम्पनीको सेयरमा बिक्रेताको चाप देखिएको छ। जसकारण यस समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य ५.१२ प्रतिशतले घटेको छ भने १८ हजार ३७३ कित्ता सेयर किनबेच भइसकेको छ।