गरिमा विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’ सेवामा विशेष छुट



बिजमाण्डू
२०७९ कात्तिक ४ गते १०:५५ | Oct 21, 2022
गरिमा विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’ सेवामा विशेष छुट

काठमाडौं। ‘द हिमालयन ग्रिल बाई बाजेको’ को सेवा सुविधामा गरिमा विकास बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

विशेष छुटको लागि दुबै पक्षबीच सम्झौता भएको छ। 

सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौंको सामाखुसीमा रहेको हिमालयन ग्रिलको खाना तथा वेभरेजमा १५ प्रतिशत छुट पाउने छन्। 

सम्झौतापत्रमा  बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्टका अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सेवा दिँदै आएको छ।