प्रत्यक्षतर्फ ४ सय ९५ किसिमका मतपत्र हुने निर्वाचन आयोगको भनाइ, बिहीबारदेखि छाप्न थालियो



बिजमाण्डू
२०७९ असोज २७ गते १७:४५ | Oct 13, 2022
प्रत्यक्षतर्फ ४ सय ९५ किसिमका मतपत्र हुने निर्वाचन आयोगको भनाइ, बिहीबारदेखि छाप्न थालियो

काठमाडौं। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि बिहीवारदेखि मतपत्र छपाइ सुरु भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्ययक निर्वाचन क्षेत्रका लागि फरक फरक मतपत्र छाप्न लागिएको हो।

Tata
GBIME
Nepal Life

४ सय ९५ किसिमका मतपत्र रहेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ उम्मेदवारको मात्र चुनाव चिन्ह रहने व्यवस्था छ। 

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव तयारीका विभिन्न कामहरु गरिरहेको छ।

आयोगले प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारको नामावली प्रकाशन गरेको छ। बुधवार स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको थियो।