एनआइसी एशिया बैंकको स्मार्ट क्युआर सेवा सुरु, खाता नभएकाले पनि एपबाटै रकम भुक्तानी गर्न मिल्ने

बिजमाण्डू
२०७९ असोज ७ गते १३:२५ | Sep 23, 2022

काठमाडौं। एनआइसी एशिया बैंकले स्मार्ट क्युआर सेवा सुरु गरेको छ। बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरबाट भुक्तानी लिने मर्चेन्टहरुलाई तिर्न मिल्ने बैंकले जनाएको छ।

Tata
GBIME

प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनोट गरी स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार एनआइसी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एनआइसी एशिया बैंकको एप डाउनलोड गरी लाइट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यो सुविधा सुरु भएसँगै एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ सेवामा नया आयाम थपिएको जारी विज्ञप्तिमा उल्लेख छ।

हाल बैंकका १४ लाखभन्दा बढी  मोबाइल बैंकिङ एप प्रयोगकर्ता छन्।