जापान क्लब इन्टरनेशनलले तीन ठाउँमा तारे होटल बनाउने, १४ अर्ब विदेशी लगानी स्वीकृत

बिजमाण्डू
२०७५ असोज ३ गते ०८:१७ | Sep 19, 2018
जापान क्लब इन्टरनेशनलले तीन ठाउँमा तारे होटल बनाउने, १४ अर्ब विदेशी लगानी स्वीकृत



काठमाडौं। जापान क्लब इन्टरनेशनलले नेपालका तीन स्थानमा अन्तर्राष्ट्रिय स्तरको होटल बनाउने भएको छ।

GBIME
Tata

काठमाडौँको दहचोक, भक्तपुर र पोखरामा यो कम्पनीले होटल बनाउनेछ।मंगलबार बसेको लगानी बोर्ड बैठकले यो कम्पनीलार्इ होटल बनाउन दिन विदेशी लगानी स्वीकृत गरेको छ।

कम्पनीले १३ अर्ब ९८ लाख डलर(१४ अर्ब रुपैयाँ)मा होटल खोल्ने गरि विदेशी लगानी स्वीकृत गरेको हो। स्रोतका अनुसार यो कम्पनीले आवश्यक जग्गा पनि हेरिसकेको छ।लगानी स्वीकृत भएपछि पैसा ल्याउन बाटो खुल्नेछ।