जनता आवकासले सञ्चयकर्तालाई नाफा बाँड्यो, सुत्केरी र काजक्रियावापत १० हजार उपलब्ध

बिजमाण्डू
२०७५ असोज १ गते २०:४८ | Sep 17, 2018

काठमाडौं। जनता अवकाश कोषको गत बर्षको नाफाबाट बचतकर्ता  तथा संचयकर्ताहरुको ०७५ असार मसान्तमा कायम रहेको बचत मौज्दातको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निणर्य गरेको छ। मुनाफा सहभागीहरुको सम्बन्धित खातामा जम्मासमेत गरिसकेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीको सुरुको नाम सिद्धार्थ अवकाश कोष थियो। नाम परिवर्तन गरेर जनता अवकाश कोष बनाइएको हो। 

कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको छ। 

जनता अवकाश कोषले कर्मचारीको संचय कोष, अवकाश कोष, उपदान कोष, संचित विदा कोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजना मार्फत बिभिन्न बैंक, वित्तीय संस्थालाई सेवा दिँदै आएको छ। 

कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५० प्रतिशतका दरले व्याज दिन्छ। संचित रकमको ९० प्रतिशत सापटी पनि उपलब्ध हुन्छ। 

कोषले सहभागीहरुलाई सुत्केरी स्यहार र काजक्रिया खर्च १० हजार रुपैयाँ उपलब्ध गराउँछ।