
काठमाडौं। कारोबारको अन्तिम समयमा ग्लोबल आइएमइ बैंकको संस्थापक शेयरको किनबेच भएको छ। सुरुदेखि नै कारोबारमा एमएमबी बैंक अगाडि भइरहेका बेला ग्लोबलको संस्थापक शेयरको उच्च कारोबार भएको हो।
बैंकको ९ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ। प्रति कित्ता १७९ रुपैयाँका दरले किनबेच भएको हो। बैंकको कुल पाँच लाख १७ हजार ८२६ कित्ता शेयर किनबेच भएको हो।
बैंकको शेयर मूल्य महिना दिनमा ३.४७ प्रतिशतले बढिसकेको छ। सोमबार १.७ प्रतिशत अर्थात तीन रुपैयाँले मूल्य बढेर कारोबार भएको छ। बैंकको १८० दिनको औषत कारोबार मूल्य १७५.७५ रुपैयाँ छ।
कम्पनीको शेयर ५० नम्बर ब्रोकरमार्फत खरीद भएको छ भने बिक्री २६ नम्बर ब्रोकरबाट भएको छ। एकै पटक यो कारोबार भएको हो।
स्रोतका अनुसार यो शेयर आइएमइ समूहभन्दा बाहिर रहेका संस्थापकहरुले बिक्री गरेका हुन्। बैंकमा मर्ज भएर आएको अन्य समूहले शेयर बिक्री गरेको स्रोतको दावी छ।