अन्जना सुवेदी - BIZMANDU
लघुवित्तको सेयरमा हरायो आकर्षण, कारोबारका आधारमा शीर्ष ८० कम्पनीको सूचीमै पर्न छोडे
काठमाडौं । २०७८ असोज २४ गते महिला लघुवित्त कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो। त्यसदिन कम्पनीको १८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
त्यस्तै, २०७८ चैत १० गते जीवन विकास लघुवित्तको सर्वाधिक रकमको सेयर कारोबार भयो। उक्त दिन कम्पनीको ३० करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो।
कारोबार रकमका आधारमा छिमेक, साना किसान, फर्वार्ड, डिप्रोक्स, निर्धन उत्थान लगायत धेरै लघुवित्त लगानीकर्ताको रोजाइमा पर्थे। शीर्ष १० कारोबार हुने कम्पनीको सूचीमा कुनै न कुनै लघुवित्त हरेक दिनजसो परिरहन्थे।
तर, त्यो इतिहास जस्तै बन्न पुगेको छ। अहिले लघुवित्तको सेयर लगानीकर्ताको रोजाइमै पर्दैन। त्यसका लागि सोमबारको कारोबारलाई हेरौं। सो दिन ३१४ कम्पनीको सेयर किनबेच भयो। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भयो।
तर, कारोबार रकमका आधारमा लघुवित्त कम्पनी शीर्ष १० होइन, ८० कम्पनीको सूचीमै अटाउन सकेनन्। छिमेक लघुवित्त ८१ औं स्थानमा रह्यो। सो कम्पनीको ७२ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच भयो।
५५ वटा लघुवित्त कम्पनीहरुमा सर्वाधिक धेरै कारोबार हुने अर्को सीवाईसी नेपाल हो। यो कम्पनी सोमबार कारोबार रकमका आधारमा नेप्सेमा ९६ औं स्थानमा रह्यो। यसको ५५ लाख ५४ हजार रुपैयाँको सेयर किनबेच भएको छ।
लघुवित्तको सेयर कारोबार नभएको सोमबार मात्र होइन, आइतबारको तथ्यांक पनि खासै फरक छैन।
लघुवित्त समूहमा आइतबार सबैभन्दा धेरै सेयर समाज लघुवित्तको भएको थियो। लगातार १३ औं दिन सर्किट लागेर बढेको यो कम्पनीको सेयरमा आइतबार नकारात्मक सर्किट लागेपछि लगानीकर्ता प्रोफिट बुकिङतिर लाग्दा बिक्री चाप बढेपछि कारोबार रकमका आधारमा समाजले अन्य लघुवित्तलाई उछिनेको हो।
४३ लाख ५ हजार रुपैयाँको सेयर किनबेच भएको यो कम्पनी कारोबार रकमका आधारमा सोमबार लघुवित्तमध्येमा शीर्ष तीनमा परेको छ।
जीवन विकास लघुवित्त ४० लाख ९ हजार रुपैयाँको सेयर कारोबारसहित १३०, साना किसान ३८ लाख ३७ हजारको कारोबारसहित १३४ र निर्धन उत्थान ३३ लाख १८ हजारको कारोबारसहित १४६ स्थानमा रहे। अर्थात कारोबार रकमका आधारमा शीर्ष १५० कम्पनीको सूचीमा जम्मा ६ कम्पनी मात्र अटाएका छन्।
लगानीकर्ताको रोजाइमा किन पर्न छोड्यो लघुवित्तको सेयर?
सेयर ब्रोकर तथा लगानीकर्ताहरु लघुवित्तविरोधी आन्दोलन र नेपाल राष्ट्र बैंकको नीतिका कारण लघुवित्तको सेयरमा आकर्षण घटेको बताउँछन्। अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त कुमार पौडेलले राष्ट्र बैंकले लाभांशमा लगाएको क्याप र बिग्रिंदै गएको लघुवित्तको वित्तीय विवरणको प्रभाव सेयर कारोबारमा परेको बताए।
यस वर्षको लाभांश यस्तो
नेप्सेमा सूचीकृत कम्पनीमध्ये यसपालि जम्मा १४ वटा लघुवित्तले मात्र लाभांश दिए। अरुले नदिने घोषणा गरिसकेका छन्। दिएकाहरुको लाभांश पनि पोहोरको तुलनामा घटेको छ। राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले पनि लाभांश घटेको हो। राष्ट्र बैंकले १५ प्रतिशतभन्दा धेरै लाभांश दिंदा विभिन्न कोषमा रकम दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ।
लाभांश (प्रतिशतमा)
बिग्रिएको वित्तीय विवरण
कतिपयले केही समयदेखि लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने अराजक अभियान चलाइरहेका छन्। त्यसको असर पनि लघुवित्तको व्यवसायमा परेको छ। व्यवसाय घटेपछि आम्दानी प्रभावित भयो। यसले आगामी दिनमा प्रतिफल अझै कम हुन्छ।
नयाँ कर्जा लगानी हुन सकेको छैन। लघुवित्तहरुको कष्ट अफ फन्ड बढ्दै गएको छ। पुरानो कर्जा उठ्न नसक्दा लघुवित्तहरुको एनपीएल बढ्दो छ। औसत एनपीएल नै बढेर ६ प्रतिशत माथि पुगेको छ। ५ लघुवित्तको एनपीएल दोहोरो अंकमा छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तको मुनाफा घटेको छ। एक दर्जन लघुवित्त घाटामा गएका छन्।
प्रति सेयर आम्दानी/नेटवर्थ/ एनपीएल लगायत अधिकांश सूचक बिग्रंदै गएकाले पनि लघुवित्तहरुको सेयरमा लगानीकर्ताको आकर्षण घटेको हो।
सेयर बजारका जानकार सुवासचन्द्र ढुंगानाले कमजोर रिपोर्टका कारण लघुवित्तको सेयरमा आकर्षण घटेको बताए।
The post लघुवित्तको सेयरमा हरायो आकर्षण, कारोबारका आधारमा शीर्ष ८० कम्पनीको सूचीमै पर्न छोडे appeared first on BIZMANDU.
नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी भन्छन्- अहिले कुनै पनि बैंक डुब्ने अवस्थामा छैनन्
काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको बताए। निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै उनले अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताए।
बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात समेत गर्दा १७/१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणाली मात्रै नभएर अहिले कुनै पनि बैंकमा समस्या नरहेको उनको भनाइ थियो।
‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्। यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन्। तर बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन।’
यसबाहेक ५ लाखसम्मको निक्षेपको बीमा पनि हुने भएको भन्दै पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
प्रायःजसो बैंकहरू तरलता अभावका कारण डुब्ने अवस्था हुने भन्दै केसीले नेपालको सन्दर्भमा तरलताको हिसाबले बैंकहरू सबल अवस्था रहेको बताए। उनका अनुसार पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेको छ।
उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ। २८ प्रतिशत खुद तरल सम्पत्ति छ। यसले बैंकहरूमा तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ।’
साथै, केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५/७६ को प्रतिशत हुँदा केहीको ८३/८४ प्रतिशत रहेको भन्दै उक्त अनुपात राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनमा धेरै सहज रहेको उनले बताए। सीडी रेसियो र तरल सम्पत्ति मात्रै नभएर नेपालका बैंकहरूको खुद निष्क्रिय कर्जा करिब डेढ प्रतिशत मात्रै रहेको उनले बताए।
‘दक्षिण एसियाको अन्य मुलुककको तुलनामा नेपालमा निष्क्रिय कर्जा न्यून छ। अन्य मुलुकमा जस्तै नेपालमा केही बढे पनि नेपालको निष्क्रिय कर्जा अनुपात कम छ,’ उनले भने, ‘कर्जा नोक्सानी व्यवस्था पनि दक्षिण एसियाका अन्य देशको भन्दा बढी गरेका छौं। भारतमा निष्क्रिय कर्जा कोभिड पछिको तुलनामा केही घटे पनि नेपालको भन्दा बढी नै छ।’
केसीले खराब कर्जा बढेको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरे। छिमेकी मुलुकको तुलनामा नेपालको बैंकिङ क्षेत्रको औसत एनपीएल धेरै कम रहेको उनको भनाइ छ।
खराब कर्जा बढ्दा बैंकहरूले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याइरहेको र बैंकहरूले यतिबेला २ खर्ब १८ अर्ब यस्तो प्रोभिजन गरेको उनले बताए। खराब कर्जाबापत बैंकहरूले धेरै नै कर्जा नोक्सानी गरिसकेको हुँदा खराब कर्जा बढेको भनेर डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
‘केही व्यक्तिले बैंकबाट लिएको ऋण तिर्न हुँदैन भनेर सडकबाट आवाज उठाएको अवस्था छ,’ उनले भने, ‘कसैले बोलेको भरमा ऋण नतिर्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्ने देखिन्छ।’
उनले थपे, ‘एकातिर अन्य देशको तुलनामा नेपालमा सबैभन्दा कम एफडीआई आउने गर्छ, त्यसमा पनि बैंकहरूको कर्जा नतिर्नेलगायत क्रियाकलपाले समग्र सिस्टममा असर गर्छ।’
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताए।
परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्न कत्तिको उपयुक्त हुन्छ? भन्दै उनले प्रश्न गरे। यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
उनले देशको अर्थतन्त्रलाई सहयोग गर्ने बैंकिङ क्षेत्रलाई प्रहार गर्ने व्यक्तिलाई कारबाही गर्नपर्ने बताए।
‘अर्थतन्त्रका इन्डिकेटर तब राम्रो हुन्छ जब सबै क्षेत्रको मनोबल बढ्छ,’ उनले भने, ‘केही व्यक्तिले बैंक डुब्न लागे भनेर हल्ला गर्दा सर्वसाधारणले बैंकबाट निक्षेप निकालेको अवस्था छ। यस्ता हल्लाले समग्र क्षेत्रको मनोबल गिराउने काम भएको छ।’
The post नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी भन्छन्- अहिले कुनै पनि बैंक डुब्ने अवस्थामा छैनन् appeared first on BIZMANDU.
डिम्याट खाता धेरै हुनेलाई सेयर ट्रान्सफर सजिलो बनाइँदै, मेरो सेयरमा थपिंदैछ फिचर्स
काठमाडौं। तपाईं हामीमध्ये कतिपय लगानीकर्ताको एकभन्दा धेरै डिम्याट खाता छ। तर, कुन खातामा कुन कम्पनीको कति कित्ता सेयर छ भन्ने याद भइरहँदैन।
आफ्ना नामका सबै डिम्याट खातामा भएका सेयरलाई एउटै खातामा समायोजन गर्न सकिन्छ। यसलाई ‘बीओ टु बीओ’ भनिन्छ। सिडियस एण्ड क्लियरिङ लिमिटेड(सीडीयससी) का अनुसार अहिले ‘बीओ टु बीओ’ का लागि भौतिकरुपमा तीन ठाउँमा उपस्थित हुनुपर्छ।
सीडीयससीले अब सेयर ट्रान्सफरका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने झन्झट हटाउन लागेको छ। कम्पनीले ‘बीओ टु बीओ सेयर ट्रान्सफर’का लागि भौतिकरुपमा उपस्थित हुनै पर्ने झन्झट हटाउन मेरो सेयरमा एउटा फिचर्स थप्न लागेको छ।
‘हामीले एकै जनाको डिम्याट खाता धेरै भएको अवस्थामा एउटा खातामा भएको सेयर अर्को खातामा ट्रान्सफर गर्न मिल्ने फिचर्स मेरो सेयरमा थप्न लागेका हौं। जतिसक्दो चाँडै यो सेवा संचालनमा ल्याउने तयारी छ,’ सीडीयसका सूचना अधिकारी सुरेश न्यौपानेले बिजमाण्डूसँग भने।
पछिल्लो समय अंशबन्डा तथा घरायसी धितोपत्रको ट्रान्सफर पनि बढ्दो छ। सफ्टवेयरले घरायसी नामसारीलाई भने समेट्ने छैन।
‘यो फिचर्समा आफ्नो खातामा भएको सेयर मात्र ट्रान्सफर गर्न मिल्छ। घरायसी/अंशबन्डा लगायत सेयर ट्रान्सफर भने हुँदैन,’ उनले भने।
अहिले धितोपत्र बजारमा ६१ लाख ७७ हजार डिम्याट खाता छन्। सीडीएससीका अनुसार, यसमध्ये करिब ३ लाख दोहोरो खाता हुन्।
अहिलेको प्रक्रिया यस्तो
स्थानान्तरण गर्ने डीपीबाट ट्रेड आईडी मागेर फारममा लेख्नु पर्छ। फारम डीपीबाट रुजु गराउनु पर्छ। त्यसपछि जुन डीपीमा स्थानान्तरण गर्ने हो त्यहीं भएको डिम्याट खाताको ‘डिम्याट खाता एक्नलेजमेन्ट लेटर’ संलग्न गर्नुपर्छ।
यसबाहेक ट्रान्सफर गर्ने डीपीलाई लगानीकर्ताले डिम्याटमा भएको सेयर अनुसार प्रति कम्पनीको २५ रुपैयाँ बुझाउनु पर्छ।
सीडीयससीलाई बीओ टु बीओ ट्रान्सफर फारम, डिम्याट खाता एक्नलेजमेन्ट लेटर र शुल्क जम्मा गरेको भौचर बुझाएपछि बल्ल सेयर ट्रान्सफर हुन्छ।
सेयर ट्रान्सफरका लागि सीडीयससीमा अहिले दैनिक ५० देखि ६० वटा निवेदन पर्ने गरेको छ।
‘ट्रेड आईडी एक दिनको मात्र हुने भएकाले यो सम्पूर्ण काम एकै दिनमा हुनुपर्छ। नभए सबै रद्द हुन्छ,’ अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्तकुमार पौडेलले भने, ‘त्यसैले बजारमा नयाँ प्रविधि एकदमै आवश्यक छ।’
The post डिम्याट खाता धेरै हुनेलाई सेयर ट्रान्सफर सजिलो बनाइँदै, मेरो सेयरमा थपिंदैछ फिचर्स appeared first on BIZMANDU.
७२ रुपैयाँमा पहिलो कारोबार भएको समाज लघुवित्तको सेयर भाउ ७ महिनामा कसरी पुर्‍याइयो १६३५?
काठमाडौं। सेयर बजार परिसूचक आइतबार २७.२१ अंकले घट्दा पनि त्यसको असर समाज लघुवित्तमा परेन। बरु यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। यसको सेयर भाउ प्रति कित्ता १४८.६० रुपैयाँले बढ्यो। समाज लघुवित्तको १ कित्ता सेयरको मूल्य १ हजार ६ सय ३५ रुपैयाँ २० पैसा पुगेको छ।
यो कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको आइतबार मात्र होइन। मूल्य माघ १८ गतेयता निरन्तर उकालो लागिरहेको छ। त्यसयता १२ दिन सेयर बजार खुलेकामा समाज लघुवित्तको मूल्यमा १० दिन सर्किट लागेको छ।
कम्पनीको सेयर मूल्य बढ्नुपर्ने कारण केही पनि देखिँदैन। कम्पनी पहिलो त्रैमासदेखि नै नोक्सानीमा छ। दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनी १६ लाख ७० हजार रुपैयाँ नोक्सानीमा छ। गत वर्ष पुससम्म कम्पनीले ३० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
उसको प्रति सेयर आम्दानी ऋणात्मक छ। पोहोर पुसमा १५.३६ रुपैयाँ रहेको प्रति सेयर आम्दानी अहिले ७.३१ रुपैयाँ ऋणात्मक छ। खराब कर्जा पनि ४ प्रतिशतभन्दा बढी छ।
वित्तीय विवरण जुन दिन सार्वजनिक भयो, त्यही दिनदेखि मूल्य अस्वाभाविक रुपमा बढ्न थालेको हो।
नोक्सानीको विवरण सार्वजनिक हुँदाका दिन बजार खुल्नुअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ५४९ रुपैयाँ थियो। त्यो दिन ६.१ प्रतिशतले बढ्यो। भोलिपल्ट ६.२ प्रतिशले उकालो लाग्यो। त्यसयता निरन्तर सर्किट। १२ दिनमै समाज लघुवित्तको सेयर मूल्य करिब २०० प्रतिशत बढिसकेको छ।
कुन दिन कतिका दरले सेयर भाउ महँगियो भन्ने कुरा तलको तालिकाबाट छर्लंग हुन्छ।
तर स्वस्तिक लघुवित्तसँग मर्जर प्रक्रियामा गएका कारण लामो समय समाज लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आएन।
स्वस्तिक लघुवित्तसँग मर्जर भने सफल भएन। मर्जर रद्द भएपछि कम्पनीको सेयर गत साउन १ गतेबाट दोस्रो बजारमा कारोबारमा आएको हो। कम्पनीको पहिलो कारोबार नेटवर्थकै आधारमा प्रति कित्ता ७२.१० रुपैयाँमा भयो।
त्यसयता ७ महिनामा कम्पनीको सेयर मूल्य २१.६७ गुणा बढिसकेको छ।
पुँजी कम भएकाले म्यानुपुलेसन
सेयर बजार बढ्न नसकेपनि पछिल्लो समय वित्तीय हिसाबले कमजोर देखिएका कम्पनीको सेयर मूल्य भने अस्वाभाविक रुपमा बढाउने काम भइरहेको छ। सेयर ब्रोकर तथा जानकारहरु वित्तीय अवस्था खराब भएको कम्पनीको सेयर मूल्य बढाइनुलाई ‘म्यानुपुलेसन’ भन्छन्। म्यानुपुलेसनको कारण हो, सेयर सप्लाइ कम हुनु।
समाज लघुवित्तको सेयर निकै कम छ। चुक्ता पुँजी नै जम्मा २ करोड २८ लाख ५० हजार रुपैयाँ छ। हाल नेप्सेमा सूचीकृत कम्पनीको २ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये १ लाख ३० हजार २४५ कित्ता संस्थापकहरुको हो। अर्थात पब्लिकमा ९८ हजार २ सय ५५ कित्ता मात्र छ।
‘यो कम्पनीको सेयर नै भेटिँदैन। सप्लाइ एकदमै कम आउँछ। मूल्य निरन्तर सर्किट लागेर बढेपछि बाइ अर्डरहरु धेरै आइरहेको छ। सप्लाइ एकदमै कम भएकाले जोसँग धेरै छ, उसैले नै सर्किट लगारहेका छन्,’ एक ब्रोकरले भने।
यस्तै एक बजार विश्लेषकले पनि ब्रोकरको भनाइमा सहमति जनाए। ‘कम्पनीको वित्तीय अवस्थाअनुसार अहिलेको मूल्य निकै धेरै हो। तर सप्लाइ निकै कम रहेकाले मूल्य बढाउने काम भइरहेको छ,’ एक विश्लेषकले भने, ‘यस्तो चलखेल रोक्न धितोपत्र बोर्डको सुपरभाइजरी सिस्टम राम्रो बनाउन आवश्यक छ। अन्यथा म्यानुपुलेसन रोकिँदैन।’
नेप्सेका अनुसार पछिल्ला १२ कारोबार दिनमा बजारमा यो कम्पनीको जम्मा २ हजार ६०० कित्ता सेयर किनबेच भएको छ। त्यसमध्ये १ हजार ३०० कित्ता आइतबार किनबेच भएको हो।
The post ७२ रुपैयाँमा पहिलो कारोबार भएको समाज लघुवित्तको सेयर भाउ ७ महिनामा कसरी पुर्‍याइयो १६३५? appeared first on BIZMANDU.
आर्थिक मन्दीले लघुवित्त अति प्रभावित, ८४ प्रतिशतको एनपीएल बढ्यो, ५ वटाको दोहोरो अंकमा
काठमाडौं। आर्थिक गतिविधि खुम्चिंदाको असर लघुवित्तहरुको वित्तीय विवरणमा परेको छ। ऋणको माग नहुँदा र यसअघि दिएको ऋण असुली नहुँदा लघुवित्तहरुमध्ये अधिकांशको खुद नाफा घट्न पुगेको छ।
चालु आर्थिक वर्ष अहिलेसम्म ५५ मध्ये ४९ लघुवित्तले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकामा २९ वटाको मुनाफा घटेको देखिएको छ भने ११ लघुवित्त घाटामा गएका छन्। एनएमबि, किसान, धौलागिरी, सृजनशील, अभियान, आशा र फरवार्ड सबैभन्दा धेरै मुनाफा गुमाउने लघुवित्त हुन्।
पोहोर ६ महिनाको तुलनामा यो आर्थिक वर्ष खुद नाफा धेरै घट्ने कम्पनी एनएमबि माइक्रोफाइनान्सको हो। पोहोर पुससम्म १३ लाख ५३ हजार खुद नाफा कमाएको एनएमबि यसपालि ६ करोड ७५ लाख घाटामा छ। यस्तै, पोहोर १७ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको किसान लघुवित्त यसपालि ५ करोड ५८ लाख रुपैयाँ घाटामा छ।
पोहोर ६ महिनामा ३४ लाख ९९ हजार कमाएको धौलागिरी लघुवित्त ४ करोड १४ लाख घाटामा गएको छ भने सृजनशील लघुवित्तको खुद नाफा पोहोर १ करोड ६५ लाख रहेकामा यसपालि १४ करोड ६३ लाख ऋणात्मक हुन पुगेको छ। अभियान लघुवित्त १ करोड ५४ लाख खुद नाफाको अवस्थाबाट ६ करोड २४ लाख घाटामा पुगेको छ।
वित्तीय विवरण अनुसार, सबैभन्दा धेरै नाफा कमाउने साना किसान विकास लघुवित हो। कम्पनीले पुस मसान्तसम्म ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशतले बढी हो।
३६ वटाको ब्याज आम्दानीमा गिरावट
कर्जा विस्तार गर्न नसक्दा ३७ वटा अर्थात ७५ प्रतिशत लघुवित्तको ब्याज आम्दानीमा गिरावट देखिएको छ। सबैभन्दा धेरै ब्याज आम्दानी घट्ने लघुवित्त फष्ट माइक्रोफाइनान्स हो। यो वर्ष पुससम्म कम्पनीले ४६ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्ष ६ महिनाको तुलनामा ३९.७७ प्रतिशत कम हो।
यस्तै, अभियान लघुवित्तको ब्याज आम्दानी ३२.३३ प्रतिशतले घटेको छ। उसको ब्याज आम्दानी यसपालि १० करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ।
१२ लघुवित्तले भने खुद ब्याज आम्दानी बढाएका छन्। विजय लघुवित्तले खुद ब्याज आम्दानी ८०.७० प्रतिशतले बढाएको छ।  कम्पनीले यो वर्ष पुससम्म ६४ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
यस्तै, आशा लघुवित्तले ६२.६४, साना किसान विकास लघुवित्तले ५१.२७, नेसनल लघुवित्तले ४१.७१, सीवाइसी नेपाल लघुवित्तले ३८.७१ र सबैभन्दा कम मिथिला लघुवित्तले ०.८७ प्रतिशले खुद ब्याज आम्दानी बढाएको वित्तीय विवरणबाट देखिन्छ।
एनपीएलको अवस्था भयावह
नेपाल राष्ट्र बैंकले गत वर्षदेखि नै सेवा शुल्क तथा ब्याज दरमा गरेको कडाइ, एकल कर्जा नीति तथा आर्थिक मन्दी लगायत कारण लघुवित्त कम्पनीहरु प्रभावित भएका हुन्। लघुवित्तविरुद्ध ऋणीहरु सडकमै उत्रिएको असर पनि व्यवसायमा परेको छ।
लगानी विस्तार गर्न नसकिरहेका बेला यसअघि दिएको ऋण असुलीमा पनि समस्या देखिएको छ। जसले गर्दा एकातिर लघुवित्तहरुको खराब कर्जा (एनपीएल) उल्लेख्य रुपमा बढेको छ भने प्रोभिजनमा रकम थप्नु परेको छ।
गत वर्ष पुसमा औसत ४.५९ प्रतिशत रहेको एनपीएल अहिले ६.३६ प्रतिशत पुगेको छ। कतिपयको एनपीएल तीन गुणासम्म बढेको छ।
सृजनशील, एनआईसी एशिया, नष्डो समृद्ध, निर्धन उत्थान र स्वावलम्बन लघुवित्तको एनपीएल दोहोरो अंकमा पुगेको छ। सृजनशीलको एनपीएल बढेर १८.१४ प्रतिशत पुगेको छ। उसको एनपीएल पोहोर पुसमा ९.१० प्रतिशत थियो।
यस्तै, गत वर्ष पुसमा ३.३८ प्रतिशत रहेको एनआईसी एशियाको एनपीएल अहिले १३.७६ प्रतिशत पुगेको छ। नेष्डो समृद्धको ५.२७ बाट ११.९७, निर्धन उत्थानको ८.३८ बाट ११.७० र स्वावलम्बन लघुवित्तको ७.१ बाट ११.३६ प्रतिशत पुगेको छ।
राष्ट्र बैंकको एकल कर्जा नीतिले पनि लघुवित्तहरुको कर्जा लगानीमा संकुचन आएको हो। लघुवित्तहरुले कर्जा उठाउन नसकेपछि  राष्ट्र बैंकले केही समयअघि एकल कर्जा नीति लागू गरेको थियो।
राष्ट्र बैंकका लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपालले लघुवित्तहरुको वित्तीय स्थिति विग्रनुमा विभिन्न कारण रहेको बताए। ‘अहिले लघुवित्तमा मुख्य रुपमा ऋण नउठ्ने समस्या छ। यसले एनपीएल बढायो। बजारमा अझै पनि ३०/३२ अर्ब खराब कर्जा छ। रिकभरी निकै कमजोर छ। अर्कातिर प्रशासनिक खर्च बढेको र ब्याज आम्दानी घट्दै गएको देखिन्छ,’ उनले भने।
वित्तीय विवरण सार्वजनिक गरेकामध्ये ८४ प्रतिशत लघुवित्तको एनपीएल बढेको छ। ४९ मध्ये ४१ लघुवित्तको एनपीएल बढेको हो।
नेसनल लघुवित्तका सीईओ रामबहादुर यादवले ऋण तिर्दिन भन्नेहरुविरुद्ध सरकारले कुनै कदम नचाल्दा त्यसको असर लघुवित्त व्यवसायमा परेको बताए।
‘मान्छेहरुले ऋण तिर्नु पर्दैन, मिनाहा हुन्छ भनेर भ्रम फैलाइरहेका छन्। तर यसविरुद्ध सरकारका तर्फबाट कुनै कदम चालिएन। ब्याज दर नै दोहोरो अंकमा भएकाले अहिले माइक्रोफाइनान्सहरुलाई मार्जिन छैन। कष्ट अफ फन्ड बढी भयो,’ उनले भने, ‘१५ प्रतिशत क्यापले ब्याज आम्दानी घटेको छ तर खर्च बढेको छ। एकल कर्जा नीतिले पहिला जस्तो कर्जा प्रवाह हुन सकेको छैन। पहिला जस्तो ऋणको माग नै छैन। महँगोमा लिएर कर्जा किन लगानी गर्ने भन्ने छ।’
घट्यो ७ वटाको एनपीएल
वित्तय विवरण सार्वजनिक गरेका ४९ लघुवित्तमध्ये ८ वटा भने एनपीएल घटाउन सफल भएका छन्। माहुली, आरम्भ चौतारी, गुराँस, ग्रामिण विकास, सपोर्ट, धौलागिरी र उपकार लघुवित्तको एनपीएल घटेको हो।
गत वर्षको तुलनामा एनपीएल सबैभन्दा धेरै घटाउने लघुवित्त उपकार हो। उसको एनपीएल पोहोर पुसमा ७.१५ प्रतिशत रहेकामा यसपालि दोस्रो त्रैमासमा २.८२ प्रतिशतमा झरेको छ। इन्फिनिटी लघुवित्तको एनपीएलमा भने कुनै फेरबदल भएको छैन।
The post आर्थिक मन्दीले लघुवित्त अति प्रभावित, ८४ प्रतिशतको एनपीएल बढ्यो, ५ वटाको दोहोरो अंकमा appeared first on BIZMANDU.
माई-पे डिजिटल वालेटले गर्दैछ गैरकानुनी रूपमा सुनचाँदी कारोबार, सेबोनको मौन स्वीकृति
काठमाडौं। भुक्तानी प्रदायक माई-पे डिजिटल वालेट कम्पनीले नयाँ कम्पनी खडा गरेर गैरकानुनी रुपमा सुनचाँदीको कारोबार गरेको पाइएको छ।
वालेट कम्पनीले ‘माई-पे गोल्ड प्राइभेट लिमिटेड’ कम्पनी खडा गरेर सुनचाँदीको भर्चुअल कारोबार गर्दै आएको खुलेको हो। माई-पे डिजिटलका अध्यक्ष जयप्रसाद भट्टराई हुन्। अष्ट्रेलिया बसेका भट्टराईले केही वर्षअघि यो वालेट किनेका थिए। वालेटको कारोबार राम्रो नभएपछि अर्को कम्पनी खडा गरेर सुनचाँदीको कारोबार गर्न थालेको स्रोतले बतायो। सुनचाँदीको भर्चुअल कारोबारका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्छ।
अहिले कमोडिटी कारोबारका लागि चार वटा कम्पनीले आवेदन दिएका छन्। तर अहिलेसम्म अनुमति भने पाएका छैनन्। कमोडिटी कारोबारका लागि बोर्डमा यो कम्पनीले आवेदन दिएको छैन। तर कम्पनीले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डमा पत्र पठाएर कारोबार गरेको जिकिर गरेको छ। कम्पनीले कात्तिक १३ गते पत्र पठाएको दाबी गर्छ।
‘वस्तु विनिमय बजार अन्तर्गत अहिलेसम्म बोर्डले कसैलाई अनुमति दिएको छैन। अनुमतिविना कुनै पनि कम्पनीले कारोबार गर्न पाउँदैन,’ बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बिजमाण्डूसँग भने।
कम्पनीका अनुसार माई-पे गोल्डमार्फत कारोबारका लागि हालसम्म ११ हजार लगानीकर्ताले रजिष्ट्रेसन गराएका छन्। तीमध्ये करिब ३ हजार लगानीकर्ताले सक्रियरुपमा कारोबार गर्दै आएका छन्।
कसरी हुन्छ कारोबार ?
कम्पनीले करिब एक वर्षदेखि सुनचाँदीको कारोबार गराउँदै आएको छ। कारोबारका लागि सबैभन्दा पहिला माई-पे गोल्ड एप डाउनलोड गर्नु पर्छ। त्यसपछि साइन इनमा गएर आफ्नो पूरा नाम र इमेल राख्नु पर्छ। साइन इन गरेपछि इमेलमा पासवर्ड आउँछ। त्यसैका आधारमा खाता खोल्न सकिन्छ।
खाता खोलिसकेपछि दैनिक सुनचाँदी खरिद बिक्री गर्न सकिन्छ। कम्पनीले नेपाली मूल्य अनुसार कारोबार गराउने गरेको छ। खरिद गरेको भुक्तानी माई-पे वालेटबाट मात्र तिर्न मिल्छ।
न्यूनतम १०० रुपैयाँदेखि सुनचाँदी खरिद गर्न मिल्छ। तर बिक्रीका लागि भने १,००० रुपैयाँ बराबरको सुनचाँदी खातामा हुनु पर्छ। बिक्री गरेको रकम भने कम्पनीले बैंक खातामा जम्मा गरिदिन्छ।
यसरी खरिदबिक्री गर्दा कम्पनीलाई तोकिएको प्रतिशत कमिसन बुझाउनु पर्छ। कम्पनीका अनुसार एक वर्षभन्दा कम होल्डिङ रहेको सुनचाँदी बिक्री गर्दा नाफाको ३ प्रतिशत र एक वर्षभन्दा बढी समयको भए नाफाको २ प्रतिशत लाभकर कम्पनीलाई बुझाउनु पर्छ।
स्रोत : माई-पे गोल्ड कम्पनी
कम्पनीले बैंकमा पैसा पठाएबापत पनि निश्चित शुल्क काट्ने गरेको छ। ५०० रुपैयाँसम्म ट्रान्सफर गर्दा २ रुपैयाँ, ५०१ देखि ५ हजारसम्म ४ रुपैयाँ र  सो भन्दा माथि ८ रुपैयाँ शुल्क लिने गरेको छ। माई-पे गोल्डमार्फत कारोबार गराइने सुनचाँदी भौतिक रुपमा भने प्राप्त गर्न सकिदैन।
‘हामीले सुरु गर्दा डेरिभेटिभ/ कमोडिटीमा पर्छ कि भनेर अध्ययन गरेका थियौं। हामीले सेबोनलाई पनि जानकारी गराएका छौं’ माइपे गोल्डका प्रतिनिधि आकाश दाहालले भने,’बोर्डले मार्जिनमा सेटलमेन्ट नहुने र  सामान खरिद बिक्री भर्चुअल हुने रहेछ। त्यसमा पनि विद्युतीय भूक्तानी भएकाले डेरिभेटिभ र कमोडिटी कुनैमा पनि नपर्ने जानकारी दिएको थियो। बोर्डले सर्वसाधारणबाट पैसा उठाएमा मात्रै नियमन हुन्छ भनिएकाले कारोबार थालेका हौं।’
The post माई-पे डिजिटल वालेटले गर्दैछ गैरकानुनी रूपमा सुनचाँदी कारोबार, सेबोनको मौन स्वीकृति appeared first on BIZMANDU.
आईपीओले विद्यार्थीलाई बनाउँदै आत्मनिर्भर, पढ्दै कमाउँदै तिर्छन् कलेजको फी
काठमाडौं। ठमेल बस्ने मनोज महर्जनले भर्खरै पब्लिक युथ क्याम्पस क्षेत्रपाटीबाट बीबीएस सके। उनी अहिले चौथो वर्षको परीक्षाफल कुरेर बसिरहेका छन्। ३ वर्षदेखि महर्जन सेयर बजारमा सक्रिय छन्।
साथीहरूले ‘आईपीओ भर्नुपर्छ फाइदा हुन्छ’ भन्दै गर्दा उनी स्नातक दोस्रो वर्षमा पढ्दै थिए। साथीहरूकै कुरा सुनेर उनलाई आईपीओ भरिदिउँ न त भन्ने लाग्यो।
‘साथीहरूको कुरा सुनेर भरेको निफ्राको आईपीओ ६०० हाराहारीमा बेचेँ। पैसा आयो, निकै खुसी भएँ। लगातार आईपीओ आउन थाल्यो, भर्दै गएँ। बेचेको पैसाले सुरुदेखि नै कलेजको शुल्क र आफ्नो खर्च पनि पुग्थ्यो। पछि टेक्निकल/फन्डामेन्टल एनालाइसिस नै सिकेँ। सिक्नका लागि ब्रोकरकोमा गएर इन्टर्न गर्दै काम नै गरेँ,’ महर्जनले भने।
मनोज महर्जन
आईपीओपछि उनी ५० हजार लिएर पहिलो पटक दोस्रो बजार छिरे। अहिले सेयर बजारमा १० लाखसम्मको कारोबार गर्ने गरेको उनी बताउँछन्।
सेयर बजारबाट राम्रो कमाइ भएपछि केही रकम घर खर्चको लागि पनि दिन्छन्। केही रकमले आफ्नो व्यक्तिगत खर्च टार्छन्। उनले अहिले आफ्ना अन्य साथीहरूलाई पनि सेयर बजारमा बुझेर लगानी गर्न प्रोत्साहन गरिरहेका छन्।
निमी नोर्वु शेर्पाको पुरानो घर दोलखा हो। सानैदेखि काठमाडौँमै पढे, यतै हुर्किए। उनका बुबा वैदेशिक रोजगारीमा गएका छन् भने आमा गृहिणी हुन्। हेराल्ड कलेजमा स्नातक पहिलो वर्षमा बीआईटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) पढ्दै गरेका शेर्पा अहिले सेयर बजारमा सक्रिय छन्। शेर्पा सेयर बजारमा ‘सिक्दै,पढ्दै र कमाउँदै’ छन्।
आईपीओमा फाइदा भएपछि प्लस टु पढ्दादेखि नै शेर्पा दोस्रो बजारमा पनि सक्रिय छन्।
‘२ वर्ष भयो दोस्रो बजारमा कारोबार गर्न लागेको। पहिलोचोटी सेकेन्डरी मार्केटमा कारोबार गर्न नबिल बैंकको सेयर किन्छु भनेर घरमै पैसा मागेको हो, दिनुभयो। पहिलो कारोबार नबिल बैंकको गरेको थिएँ। झन् अब राम्रो भएपछि क्यापिटल पनि बढाइदिन्छु भन्ने कुरा गर्नुभएको छ घरबाट,’ शेर्पा भन्छन्।
दोस्रो बजारमा ६० हजारबाट लगानी गर्न सुरु गरेका शेर्पा अहिले ट्रेडिङ गर्नेभन्दा पनि लङ टर्मलाई सोचेर लगानी गरिरहेका छन्।
निमि नोर्वु शेर्पा
‘मेरो ७० प्रतिशत इन्भेष्ट हुन्छ। ३० प्रतिशत मात्र सेयर ट्रेडिङ हुन्छ। मेरो भिनाजु मर्चेन्ट बैंकमा हुनुहुन्छ। कम्पनीको बारेमा राम्रोसँग ब्यालेन्स सिट हेर्न उहाँले पनि सहयोग गरिदिनुहुन्छ। कम्पनी हेरेर अलिअलि एनालाइसिस गरेर नै किन्छु,’ उनले भने।
सेयर बजारबाट भएको आम्दानीबाट नै शेर्पा आफ्नो पकेट खर्च चलाइरहेका छन्।
कञ्चनपुर घर भएका तीर्थराज जोशी कीर्तिपुर बस्छन्। केही महिनाअघि मात्र जोशी पढाइको सिलसिलामा काठमाडौं आएका हुन्।
एनआरआइसीको आईपीओ आएको समयमा उनका काका महेशराज जोशीले डिम्याट खाता खोल्न भनेका थिए। उनले त्यो कुरा मनमा लिइरहे। केही समयपछि तीर्थराजले डिम्याट खाता र मेरो सेयर खोले। र भरे अजोड इन्स्योरेन्सको आईपीओ।
तीर्थराज त्रिभुवन विश्वविद्यालयमा एमबीएस अध्ययन गर्दैछन्। आईपीओ भरेको ३/४ महिनापछि उनले दोस्रो बजारमा पनि कारोबार सुरु गरे।
तीर्थराज जोशी
‘आईपीओ भरेको ३/४ महिनापछि दोस्रो बजारमा पनि सुरु गरिहालेँ। आईपीओको पैसाबाट नै दोस्रो बजारमा लगानी सुरु गरेको हो। २५ हजारको एनएमबि बैंकको सेयर किनेको थिएँ,’ जोशीले भने।
जोशी अहिले सेयर बजारमा धेरै ट्रेड गर्छन्। अन्य कुनै काम गरेका छैनन्।
‘एउटा सामान्य विद्यार्थीलाई नियमित आईपीओ भरिरह्यो भने त्यसले पनि काठमाडौंमा बस्न आफ्नो खर्च पुग्छ। विद्यार्थीहरूले आईपीओबाट नै सुरु गरेर २/४ वर्ष फन्डामेन्टलदेखि बजार के हो भन्ने कुरा बुझेर कारोबार गर्न सक्यो भने राम्रो हुन्छ,’ उनले भने।
उनले आईपीओ बिक्री गरेको पैसा दोस्रो बजारमा लगानी गर्दै पोर्टफोलियो बढाएका हुन्। आफू मात्र हैन आफ्ना साथीहरूलाई पनि उनी आईपीओ भर्न र कारोबार गर्न सुझाउँछन्।
जोशीले सेयर बजारमार्फत नै आफ्ना भाइ/बहिनीको फी र सामान्य खर्च उठाउने गरेको बताए।
‘बढ्दै गरेको समयमा लगानी गरेको थिएँ। त्यो बेला फन्डामेन्टल नै धेरै हेर्थेँ। त्यसरी नै बैंकको सेयरमा लगानी गरेको थिएँ। सुरुमा थाहा हुँदैन थियो यसरी घट्दो रहेछ मार्केट भन्ने। लङ टर्म स्टक भनेर मजाले हेरेर बस्थेँ। बैंकहरुको सेयरबाट मलाई धेरै लस पनि भएको थियो। अहिले ठिकै चलिरहेको छ,’ उनले सुनाए।
आईपीओबाट सेयर बजारमा प्रवेश गरेका जोशी अहिले ५/६ लाख सम्मको कारोबार गर्छन्।
दीपनव श्रेष्ठ र मणिराज पाण्डे एउटै क्याम्पसमा पढ्ने दौँतरी हुन्। भर्खरै स्नातक सकेर बसेका दुवै जना बजारमा सक्रिय छन्।
, दीपनव श्रेष्ठ
दीपनव बजारमा आएको धेरै भएको छैन। स्नातक पढ्दै गर्दा उनलाई जागिर खानुभन्दा आफूसँग भएको रकम सेयरमा लगानी गर्ने सोच आयो। अहिले उनले टेक्निकल एनालाइसिसका आधारमा लगानी गर्छन्। जलविद्युत् क्षेत्रका कम्पनीहरूमा लगानी गर्ने गरेको उनी बताउँछन्।
‘जागिर खानुभन्दा आफूसँग भएको क्यापिटल इन्भेष्ट गर्ने भनेर लगानी सुरु गरेको। पहिला त आईपीओ नै भरेको हो। मैले सुरुमा ९ हजारबाट सुरु गरेँ। अहिले चाहिँ ३/४ लाख एउटा स्क्रिप्टमा लगानी गर्छौँ। मेरो नजरमा विद्यार्थीहरूले थोरै-थोरै रकमबाट कारोबार गर्दा हुन्छ। ठूलो रकम लिएर चाहिँ नआउन भन्छु,’ उनी सुझाउँछन्।
उनले स्टक मार्केटबाट गरेको आम्दानीबाट आफ्नो पकेट खर्च उठाइरहेका छन्।
उनका साथी मणिराज भने ६/७ वर्षदेखि नै बजारमा सक्रिय छन्। सानो-सानो रकम जम्मा गरेर आईपीओ भर्न सुरु गरेका मणिराज अहिले बजारमा ट्रेडिङ गर्छन्। विद्यार्थीका लागि दोस्रो बजारभन्दा प्राइमरी मार्केट ठिक हुने उनी बताउँछन्।
मणिराज पाण्डे
अहिले सेयर बजारमा करिब दश लाख विद्यार्थी सक्रिय छन्। १ हजार रुपैयाँको आईपीओ भर्नेदेखि लाखौँको कारोबार गर्ने विद्यार्थी सेयर बजारमा छन्।
सीडीएससीले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा धितोपत्र बजारमा ६१ लाख ४१ हजार डिम्याट खाता खुलेका छन्। तीमध्ये ९ लाख २८ हजार ३८ जना विद्यार्थी हुन्। जसमध्ये ३ लाख ८६ हजार ७३६ जना छात्रा छन् भने ५ लाख ४१ हजार ३०२ जना छात्र छन्।
सीडीएससीको तथ्याङ्क हेर्दा पछिल्लो ५ वर्षमा डिम्याट खाता खोल्ने विद्यार्थीहरूको संख्या निरन्तर रूपमा बढेको छ।
आर्थिक वर्ष
पुरुष
महिला
कुल विद्यार्थी संख्या
०७६/७७
१४७,११०
१११,०६४
२५८,१७४
०७७/७८
२९८,८५२
२२१,७७०
५२०,६२२
०७८/७९
४३०,६८६
३१७,०५३
७४७,७३९
०७९/८०
४८८,१७३
३५४,१२९
८४२,३०२
०८०/८१ पुससम्म
५४१,३०२
३८६,७३६
९२८,०३८
स्रोत: सीडीएससी
The post आईपीओले विद्यार्थीलाई बनाउँदै आत्मनिर्भर, पढ्दै कमाउँदै तिर्छन् कलेजको फी appeared first on BIZMANDU.
पुँजी बजारमा साढे ३ वर्षमा व्यापक विस्तार, ५३ अर्बको आइपीओ, फराकिलो बन्यो लगानीको क्षेत्र
काठमाडौं। पछिल्लो १५ वर्षमा नभएको पुँजी बजारको विस्तार पछिल्लो तीन वर्षमा व्यापक भएको तथ्यांकले देखाएको छ। पछिल्लो तीन वर्ष र त्यसअघिका वर्षलाई विश्लेषण गर्दा बजारको पुँजीकरण मात्र होइन, दायरा र कारोबार नै व्यापक रुपमा बढेको देखिन्छ।
बैंक तथा वित्तीय संस्थाको भिड भएको बजारमा जलविद्युत कम्पनी ह्वात्तै थपिएका छन्। होटल तथा पर्यटनका साथै उत्पादनमूलक उद्योगहरु समेत पुँजी बजारमा भित्रिएका छन्। सीमित समूहमा रहेको दोस्रो बजारमा कलेज पढ्दै गरेका विद्यार्थीदेखि गृहिणीसम्मको पहुँचमा पुगेको छ। यसबाहेक ‘बुक बिल्डिङ’ ले परिचय बनाउने मौका पाएको छ।
पछिल्लो साढे तीन वर्षमा सवा ५३ अर्ब रुपैयाँको साधारण सेयर (आइपीओ) निष्कासन भएको छ।
आर्थिक वर्ष २०७७/७८ देखि यो आर्थिक वर्ष पुससम्म ९७ कम्पनीले २७ करोड ४८ लाख ८७ हजार रुपैयाँको आइपीओ जारी गरिएको हो। यो अवधिमा ४० करोड ७९ लाख ५९ हजार ९०६ कित्ता आइपीओ जारी गरिएको छ।
गत आर्थिक वर्ष सबैभन्दा धेरै २२ अर्ब ३७ करोड ८६ लाख १२ हजार रुपैयाँको आइपीओ जारी गरिएको थियो। यो इतिहासमै सबैभन्दा बढी रकमको आइपीओ जारी भएको वर्ष हो। त्यो वर्ष ४२ कम्पनीले १३ करोड ५२ लाख ३९ हजार ९९४ कित्ता आइपीओ जारी गरेका हुन्। यो वर्ष ५ कम्पनीले मात्र ४ करोड ८९ लाख २०० कित्ता आइपीओबाट ८ अर्ब ५० करोड ६१ लाख ८९ हजार रुपैयाँ उठाएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा २२ कम्पनीले १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आइपीओबाट १५ अर्ब १८ करोड ६४ लाख ८२ हजार ७०० र २०७८/७९ मा २८ कम्पनीले ७ करोड २० लाख ३६ हजार ४२५ कित्ताबाट ७ अर्ब २० करोड ३६ लाख ४२ हजार ५०० रुपैयाँ उठाएको नेपाल धितोपत्र बोर्डको तथ्यांक छ।
एक नेपाली एक डिम्याट खाता अभियानलाई प्रभावकारी बनाउन भन्दै बोर्डले २०७५ चैत २७ गतेदेखि न्यूनतम १० कित्तामा आवेदन दिन पाउने व्यवस्था गरेपछि आईपीओमा लगानी गर्नेको संख्या पनि बढेको देखिन्छ।
बोर्डले विद्यार्थी, गृहिणी तथा सानो पुँजी भएका वर्गको सेयर बजारमा पहुँच बढाउने नीति लिएपछि प्राथमिक बजारमा लगानीकर्ता बढेका हुन्। न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनुका साथै अनलाइनबाटै आवेदन भर्न पाउने तथा रकम पनि खातामै फिर्ता हुने सुविधाले पनि आइपीओले आकर्षित गरेको हो।
१० कित्ते नीतिका कारण सानो पुँजी भएका लगानीकर्ताको बजारमा प्रवेश बढेको एनआईसी एसिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझीले बताए। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ (सातौं संशोधन) को दफा ३० अनुसार धितोपत्र न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्नु पर्ने व्यवस्था छ। १० कित्ता सबै आवेदकलाई नपुग्ने अवस्थामा गोला प्रथाबाट बाँडफाँट गर्नुपर्छ।
साढे ३ वर्षमै थपियो ४४ लाख डिम्याट खाता
सिडिएससीले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने कोभिडपछि सेयर बजारमा आइपीओ लगानीकर्ता बढेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ सम्म कुल डिम्याट खाता संख्या १७ लाख ६ हजार ८१५ थियो। त्यसयता यो संख्या २८९ प्रतिशतले बढेको छ। साढे ३ वर्षमा डिम्याट खाता ४४ लाख भन्दा बढी थपिएपछि ६१ लाख ४१ हजार पुगेको छ।
पछिल्लो पटक हिमालयन रि इन्स्योरेन्सको सेयरमा १५ लाख ७३ हजारले आवेदन दिएकामा १५ लाख ६४ हजार ५६४ व्यक्ति/संस्थाले आइपीओ पाएका थिए। ८ हजार ६५५ आवेदन भने रद्द भएको थियो।
सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा आरक्षण गरेपछि डिम्याट खाता झनै बढेको हो। २०७९ भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र तथा निष्कासन नियामवली २०७२ संशोधन गरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा आरक्षणको निर्णय गरेको थियो।
महिला सहभागिता बढ्दो
सेयर ब्रोकरहरुका अनुसार अहिले धितोपत्र बजारमा महिला लगानीकर्ताको सक्रियता पहिलाको तुलनामा निकै बढेको छ। यसलाई डिम्याट खाताको संख्याले पनि पुष्टि गर्छ।
आर्थिक वर्ष २०७६/७७ मा डिम्याट खाता खोल्ने महिलाको संख्या ६ लाख ५९ हजार १६२ थियो। त्यो वर्ष पुरुषको तुलनामा महिला ३७ प्रतिशत कम थिए। तर त्यसयता यो अन्तर २६ प्रतिशतमा साँघुरिएको छ। अहिले डिम्याट खाता खोल्ने महिलाको संख्या २६ लाख नाघिसकेको छ।
थपिए मल्टिपल क्षेत्रका कम्पनी
आर्थिक वर्ष २०७५/७६ मा २८ वटा कम्पनीले आइपीओ जारी गरे। ती कम्पनी जम्मा दुई क्षेत्रका मात्र थिए। बोर्डका अनुसार, १२ वटा लघुवित्त र १६ वटा जलविद्युत कम्पनी थिए। आर्थिक वर्ष २०७६/०७७ मा आइपीओ जारी गर्न ९ कम्पनीले अनुमति पाएकामा ४ वटा जलविद्युत, २ वटा लघुवित्त, २ वटा बीमा र एउटा अन्य क्षेत्रका थिए।
तर, अहिले प्राइमरी मार्केटमा यो सिनारियो परिवर्तन भएको छ। मल्टिपल क्षेत्रका कम्पनी बढ्दै गएका छन्। उत्पादन तथा प्रशोधन, अन्न भण्डारण, कृषि, मिडिया, धागो उद्योग, सिमेन्ट उद्योग तथा पुनर्बिमा कम्पनीले आइपीओ जारी गरेका छन्।आइपीओ भर्नेको संख्या बढेपछि यसले विभिन्न क्षेत्रका कम्पनीलाई बजारमा आउन प्रोत्साहित गरेको हो।
अस्पताल, फार्मेसी, रेमिटेन्स, क्याम्पस, टेलिभिजन लगायत विभिन्न क्षेत्रका २९ कम्पनी बोर्डबाट आइपीओ स्वीकृतिको पर्खाइमा छन्।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको एकछत्रजस्तो रहेको बजारमा अहिले जलविद्युत र अरु क्षेत्रका कम्पनी लगानीकर्ताको प्राथमकितामा पर्न थालेका छन्। लगानीकर्ताका लागि लगानीको क्षेत्र फराकिलो भएको छ।
The post पुँजी बजारमा साढे ३ वर्षमा व्यापक विस्तार, ५३ अर्बको आइपीओ, फराकिलो बन्यो लगानीको क्षेत्र appeared first on BIZMANDU.
डेढ वर्षयता एउटै लयमा सेयर बजार, १८०० र २२०० कै बीचमा किन रुमल्लिइरहेको छ?
काठमाडौं। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्ने छनक देखाएको बजारले पछिल्लो डेढ वर्ष यताकै लय समातेको छ। ३ माघमा २२१५.५४ बिन्दुमा पुगेको बजार हाल निरन्तर घटेर २०७६.२७ बिन्दुमा झरिसकेको छ। मौद्रिक नीतिको समीक्षाको समयमा यस पटक बजार मंसिर ६ गतेयता १८०६ बिन्दुबाट बढ्न सुरु गरेको थियो।
यस्तो क्रम यो पटक मात्र होइन पछिल्लो डेढ वर्षमा चारपटक दोहोरिएको छ। २०७८ भदौ ३ गते ३२०० मा पुगेको सेयर बजार परिसूचक २०७९ असार ३ गते १८०६ बिन्दुमा झरेको थियो। त्यसयता लामो समय बजार १८०० र २२०० कै बीचमा रुमल्लिइरहेको छ।
सेयर बजार जानकारहरु नेपाल राष्ट्र बैंकले ल्याएको नीतिगत व्यवस्थाका कारण बजार घटेको र माथि उठ्न नसकेको बताउँछन्। कारोबारीका अनुसार राष्ट्र बैंकले ल्याएको ४/१२ को नीति तथा जोखिम भार बढेका कारण बजार १८०० बिन्दुसम्म पुगेको थियो। राष्ट्र बैंकले सेयर धितो कर्जामा गरेको कडाइका कारण बजारमा पैसा आउन कम भयो।
तरलता अभाव र ब्याजदर बढ्दा त्यसको सिधा असर बजारमा देखियो। २०७८ भदौमा २२ अर्बमाथि कारोबार हुँदै आएको बजारमा केही समयअघि झन्डै ५० करोडभन्दा कममा झरेको थियो। बजार निरन्तर बियरिस भएकाले लगानीकर्ताहरुको सक्रियता नहुँदा कारोबार त्यतिमा आइपुगेको थियो।
तर अहिले राष्ट्र बैंकले ल्याएका केही व्यवस्थाहरु सुधार भइसकेका छन्। ४/१२ को नीति संशोधन गरेर व्यक्तिले सेयर धितो कर्जामा १५ करोड र संस्थाले २० करोड रुपैयाँ पाउने व्यवस्था गरिएको छ।
कर्जा जोखिमभार ५० करोडसम्मको १०० प्रतिशतमा झारिएको छ भने सो भन्दा बढीको हकमा भने चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षामार्फत १५० बाट १२५ प्रतिशतमा झारिएको छ। बिस्तारै बजारमा नीतिगत सुधार हुँदै गएको छ। यद्यपि त्यसको सकारात्मक प्रभावले पनि बजार २२०० बिन्दुभन्दा माथि उठ्न सकेको छैन।
ठूला कम्पनी चलेनन्
अहिले सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरण हिस्सा ६६.३ प्रतिशत छ। तर यी कम्पनीहरु पछिल्लो समयमा बजारमा चल्न सकेनन्। पुँजीसहित आधारभूत अवस्था राम्रो भएका कम्पनीको कारोबार अहिले निकै कम हुन्छ।
अहिले बजारमा लगानीकर्ताहरुले भर्खरै आइपीओ आएका तथा कम क्यापिटल भएका कम्पनीहरु मात्र चलाइरहेका छन्। जसका कारण पनि बजार अघि बढ्न नसकेको अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्तकुमार पौडेलको विश्लेषण छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको डेटा हेर्ने हो भने सबैजसो बैंकहरुको बेस रेट एकल अंकमा झरेको छ। तथापि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण भने झन बिग्रिँदो छ।
‘पछिल्लो समय मार्केट क्यापिटलाइजेसन बढी भएका कम्पनीहरु चल्न सकेनन्। अहिले बजारमा आइपीओ आएका नयाँ कम्पनी मात्र चले, जसको मूल्यलाई माथि लान सकिन्छ। यस्ता कम्पनीको सेयर राखेर बैंकले लोन पनि दिँदैन। ठूला कम्पनी नचल्दा पनि बजार २२०० माथि जान नसकेको हो,’ उनले भने।
अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग मनग्य तरलता छ। सबैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको डेटा हेर्ने हो भने सबैजसो बैंकहरुको बेस रेट एकल अंकमा झरेको छ। तथापि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण भने झन बिग्रिँदो छ।
चालु वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा नै नेप्सेमा सूचीकृत भएका १६ बैंकहरुको नाफामा भारी गिरावट आएको छ। ऋणको किस्ता उठ्न नसकेर ९ वटा वाणिज्य बैंकको एनपीएल बढेर ४ प्रतिशत माथि पुगेको छ।
गत वर्षको नाफाबाट धेरै बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण नगरिररहेको समयमा यस वर्ष पनि दिन नसक्ने अवस्था देखिएपछि लगानीकर्ताहरुले यस्ता कम्पनीहरुमा लगानी गरिरहेका छैनन्।
बैंकहरुमा मात्र होइन, अहिले लघुवित्त, जलविद्युत, वित्तीय संस्था लगायत धेरैजसो कम्पनीको वित्तीय विवरण कमजोर आएको छ।
लगानीकर्तालाई कर्जाको क्यापमै समस्या
नेपाल राष्ट्र बैंकले ४/१२ को नीति संशोधन गरेर नयाँ व्यवस्था लागू गरिसकेको छ। अहिलेको व्यवस्था अनुसार व्यक्तिले सेयर धितो कर्जामा १५ करोड र संस्थाले २० करोड लगानी गर्न पाउँछन्। यद्यपि यो क्याप पनि ठूला लगानीकर्ताहरुलाई समस्या भइरहेको एक लगानीकर्ताले बताए।
‘१५/२० करोड रकमले कारोबार गर्न ठूला लगानीकर्ताहरुमा खासै त्यो खालको एट्रेक्सन देखिएको छैन। ब्याजदर घट्दो क्रममा छ। तर ठूलो रकम बजारमा आउन सकेको छैन। पहिले १/२ अर्ब लिएर कारोबार गर्नेहरु अहिले १५/२० करोडमा खुम्चिनु परेको छ। यसले पनि मार्केटमा असर गरेको हो,’ एक लगानीकर्ताले भने।
यस्तै सेयर बजार विश्लेषक तथा लगानीकर्ता सुवासचन्द्र ढुंगानाले पनि कर्जाको क्यापले बजारमा समस्या भइरहेको बताए।
‘अहिले बजारमा सेयर धितो कर्जाको क्यापले पनि मार्केटलाइ निकै असर गरेको छ। संस्थागत लगानीकर्ताहरुलाई २० करोडको क्याप हटाइदिए पनि यसले मार्केटमा राम्रो खालको सेन्टिमेन्ट क्रिएट गर्थ्यो,’ उनले भने, ‘हामीले बुलको समयमा हेर्ने हो भने एक अर्बसम्म पनि कर्जा लिने लगानीकर्ताहरु थिए मार्केटमा। मार्केटमा मुभ ल्याउने भनेको त्यस्तै लगानीकर्ताहरु नै हुन्। यस्ता लगानीकर्ताहरुका लागि फन्डामेन्टली राम्रा र लङ टर्म होल्ड गर्ने खालका बैंकहरु जस्ता कम्पनीको सेयर एउटा अवसर हो। तर त्यसलाई पनि सदुपयोग गर्न नसक्नु भनेको त उनीहरुसँग फन्ड नै छैन।’
साथै उनले बैंकहरु जस्ता फन्डामेन्टली र लङ टर्म होल्ड गर्न सक्ने कम्पनीहरुममा चाम देखिएमात्र अरु क्षेत्र पनि सँगसँगै रन गर्न सक्ने बताउँछन्।
संस्थागत लगानीकर्ताहरुको अभाव
नेपाली सेयर बजारमा अहिले संस्थागत लगानीकर्ताहरुको निकै अभाव देखिन्छ। सेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लिने निर्णय र व्यक्तिगत लगानीकर्ताहरुले गर्ने निर्णयमा निकै फरक हुन्छ। संस्थागत लगानीकर्ताहरुले ठूलो परिमाणमा कारोबार गर्ने गर्छन्।
एक त बजार स्थिर नहुनु र संस्थागत लगानीकर्तामैत्री नीति अभावले पनि संस्थागत लगानीकर्ताहरुको सक्रियता बजारमा बढ्न नसकेको ब्रोकरहरु बताउँछन्।
साथै संस्थागत लगानीकर्ताहरुले रिटर्न दिन सक्ने क्षमता भएका कम्पनीहरुको कारोबार गर्छन। व्यक्तिगत लगानीकर्ताहरुले कम पुँजी भएका तथा रिटर्नबाट भन्दा पनि बजारबाट कमाउनेगरि कारोबार गर्ने गर्छन्।
यद्यपि नेपाली बजारमा संस्थागत लगानीकर्ताहरुको सहभागिता निकै न्यून देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार हालसम्म ७ हजार ५ सय ६९ मात्र कर्पोरेट लगानीकर्ता छन् भने व्यक्तिगत १९ लाख २ हजार ४४७ जना लगानीकर्ता छन्।
एक त बजार स्थिर नहुनु र संस्थागत लगानीकर्तामैत्री नीति अभावले पनि संस्थागत लगानीकर्ताहरुको सक्रियता बजारमा बढ्न नसकेको ब्रोकरहरु बताउँछन्।
सर्ट टर्म लगानीकर्ता हाबी
अहिले नेपाली सेयर बजारमा छोटो समयमै नाफा लिन चाहने लगानीकर्ताहरु हाबी देखिन्छन्। बजार सामान्य बढ्नासाथ सर्टटर्म लगानीकर्ताहरु हाबी हुने र केही प्रतिशत नाफा बुक गरेर निस्किने प्रवृत्तिले पनि बजारले टेवा पाउन सकेको छैन। जसलाई पुँजीगत लाभकरको विवरणले पनि पुष्टि गर्छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म दीर्घकालीन लगानीकर्ताले जम्माजम्मी ५० करोड पुँजीगत लाभकर सरकारलाई बुझाएका छन्। जबकी अल्पकालीन लगानीकर्ताहरुले दोब्बरभन्दा बढी अर्थात १ अर्ब १६ करोड माथि राजस्व बुझाएका छन्। यसले बजारमा सर्ट टर्म लगानीकर्ताहरुको दह्रो सहभागिता रहेको पुष्टि गर्छ।
‘अहिले बजारमा लङ टर्म लगानीकर्ताहरु भन्दा पनि ट्रेडरहरुको हलचल बढी देखिन्छ। लगानीकर्ताहरुले २५ प्रतिशत रकम तिरेर ७५ प्रतिशत ब्रोकरहरुले हालिदिएपछि समयमा नै पेमेन्ट नगर्ने प्रवृत्ति छ। धेरै दिनको ग्याप भइसकेपछि ब्रोक्ररको दबाबमा उधारो तिर्न फोर्सफुल सेयर घाटामा नै भए पनि बिक्री गर्नुपर्छ। यसले पनि बजार बढ्नलाई हेम्पर गरेको छ,’ एक ब्रोकरले भने।
साथै दोस्रो बजारमा जुन किसिमले सप्लाइ बढेको छ त्यसैअनुसार लगानीकर्ताहरु बढ्न सकेका छैनन्। बजारमा बढी सप्लाइ आउँदा त्यसलाई बढाउन सक्ने लगानीकर्ताहरुको उपस्थिति नहुँदा पनि बजार बढ्न नसकेको ब्रोकरहरुको बुझाइ छ।
The post डेढ वर्षयता एउटै लयमा सेयर बजार, १८०० र २२०० कै बीचमा किन रुमल्लिइरहेको छ? appeared first on BIZMANDU.
१० कित्ते लगानीकर्ता क्लोजआउटको सिकार, ६ महिनामा पौने ३ करोड जरिवाना, के हो कारण?
काठमाडौं। पाल्पाकी समता रायमाझी(नाम परिवर्तन)ले माघ १८ गते हिमालयन रि-इन्स्योरेन्सको १० कित्ता सेयर लिन्च स्टकमार्फत बिक्री गरिन्।
बझाङका अनिल कुँवर(नाम परिवर्तन)ले पनि हिमालयन रि-इन्स्योरेन्सको १० कित्ता आइपीओ ७२५ रुपैयाँका दरले बिक्रीमा राखे। सेयर बिक्री भयो। ब्रोकर कम्पनीले ईडीआईएस गर्न भन्दै इमेल पठायो। तर, नम्बर फरक भएकाले ब्रोकर कम्पनीले अनिलसँग फोनमा कुरा गर्न सकेन। तेस्रो दिन ब्रोकर कम्पनीलाई फोन गर्दा उनी क्लोज आउटमा परिसकेका थिए। अनिलले पहिलोपटक सेयर बिक्री गरेका हुन्।
सुनसरीकी नारायणी राई(नाम परिवर्तन)ले रिलायबल नेपाल लाइफको १० कित्ता आइपीओ पाएकी थिइन्। उनले माघ १७ गते बिक्री गरिन्। तर, उनले पनि समयमा नै ईडीआईस गरिनन्। जसले गर्दा क्लोजआउटमा परिन्।
अनलाइन सेक्युरिटिजबाट मात्र पछिल्लो ५ दिनमा आइपीओको सेयर बिक्री गर्ने १५ जना लगानीकर्ता क्लोज आउटमा परिसकेका छन्।
समता, नारायणी र अनिल मात्र होइन, पछिल्लो समय आइपीओ सेयर बिक्री गर्ने धेरै लगानीकर्ताले क्लोज आउटमा परेर जरिवाना तिरिरहेका छन्।
क्लोज आउटको कारण अरु के?
समयमा नै ईडीआईएस नगर्नेबाहेक खातामा हुँदै नभएको सेयर बिक्री गर्ने र सेयर बिक्री गरिसकेपछि ब्रोकर कम्पनीहरुको सम्पर्कमा आउन नखोज्ने लगानीकर्ता क्लोजआउटमा परिरहेका छन्।
‘अहिले नयाँ लगानीकर्ता र विशेषगरि आइपीओ बिक्री गर्ने लगानीकर्ता बढी क्लोज आउटमा परेको देखिन्छ। ट्रेडरहरु एकदमै कम पर्ने गरेका छन्। कतिलाई बिक्री गरेपछि ईडीआइएस गर्नुपर्छ भन्ने जानकारी छैन। डिम्याट नवीकरण नगरी सेयर बिक्री गरेकाहरु पनि क्लोज आउटमा परिररहेका छन्,’ अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्तकुमार पौडेलले बिजमाण्डूसँग भने।
यस्तै, कोहिनुर सेक्युरिटिजका भरत रानाभाटले पनि देश बाहिर भएका, इमेल तथा फोन सम्पर्कमा नआउने तथा सिस्टमबाट नै ट्रान्सफर गर्न नमिल्ने नाबालक र बुक क्लोजको भोलिपल्ट कारोबार गर्नेहरु समस्यामा परेको बताए। ती लगानीकर्ताले २० प्रतिशतसम्म जरिवाना तिर्दै आएका छन्।
अटो ट्रान्सफर गर्ने सिस्टम माग
धेरै लगानीकर्ता क्लोज आउटमा पर्न थालेपछि ब्रोकरहरुले सेयर अटो ट्रान्सफर गर्ने सिस्टम बनाउनु पर्ने माग गरेका छन्।
अनलाइन सेक्यूरिटिजका पौडेलले धेरै लगानीकर्तालाई ईडीआईएसबारे थाहा नभएको उल्लेख गर्दै अटो ट्रान्सफर सिस्टम आवश्यक रहेको बताए।
‘सेयर बिक्री गर्ने धेरैलाई बेचिसकेपछि खाताबाट आफैं जान्छ भन्ने छ। कतिपय लगानीकर्ता डब्लूएसीसी, होल्डिङ डिजिटल र ईडीआईएस गर्न जान्दैनन्। कतिपय फोन सम्पर्कमा आउँदैनन,’ उनले भने।
तर, सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले पूर्वाधार तयार नभएकाले अटो ट्रान्सफर तत्कालै सम्भव नभएको जनाएको छ। सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले पूर्वाधार तयार भइनसकेकाले अटो ट्रान्सफर अहिले सम्भव नभएको बताए।
‘लगानीकर्ताले सेयर बिक्री गरेपछि मेरो सेयरको मूल्य यति हो भनेर दिनु पर्ने अवस्था छ। यो नभइ सेटलमेन्ट हुँदैन। यसका लागि पुँजीगत लाभकरलाई अग्रिम रुपमा गणना गर्ने व्यवस्था हटाएर आफैंले बेचेर फाइलिङ गर्ने व्यवस्था हुनु पर्छ,’ उनले भने,’अटोमेटिक ट्याक्स क्यालकुलेसनका लागि सबै सिस्टम अटोमेटिक हुनुपर्छ। यता लगानीकर्ताको मूल्य पहिचान भएन भने के गर्ने?’
नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि पराजुलीले भने क्लोज आउटको समस्या समाधानका लागि अक्सन मार्केट आवश्यक रहेको बताए। ‘सेटलमेन्ट ग्यारेन्टी फन्ड र अक्सन मार्केटबिना आधुनिक मार्केटको कल्पना गर्न सकिंदैन। क्लोज आउटको समस्या समाधानका लागि यो अहिले तुरुन्तै आवश्यक छ,’ उनले भने, ‘अक्सन मार्केटले १०० प्रतिशत नै समस्या समाधान हुँदैन तर केही हदसम्म कम गर्न सक्छ।’
सीडीएससीले अक्सन मार्केटको कार्यविधि बनाएर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाइसकेको छ।
६ महिनामा २ करोड ७३ लाख जरिवाना
चालु आर्थिक वर्ष ६ महिनामा क्लोजआउटका कारण लगानीकर्ताले पौने ३ करोड रुपैयाँ जरिवाना तिर्नुपरेको छ। सीडीएससीका अनुसार, यो आर्थिक वर्ष पुस मसान्तसम्म १३ करोड ६८ लाख १३ हजार ६२४ रुपैयाँ बराबरको ४ लाख २१ हजार ३३२ कित्ता सेयर क्लोजआउटमा परेको छ।
जसबापत लगानीकर्ताले २ करोड ७३ लाख ६२ हजारभन्दा बढी जरिवाना तिर्नुपरेको छ। पुस महिनामा सबैभन्दा धेरै र कात्तिकमा सबैभन्दा थोरै जरिवाना लगानीकर्ताले तिरेका छन्। लगानीकर्ताले पुसमा झन्डै १ करोड रुपैयाँ जरिवाना बुझाएका छन्। यो महिनामा ४ करोड ६७ लाख ३८ हजार २०९ रुपैयाँ बराबरको १ लाख ४२ हजार ३९७ कित्ता सेयर क्लोज आउटमा पर्दा लगानीकर्ताले ९३ लाख ४७ हजार जरिवाना तिरेका हुन्।
यस्तै, क्लोज आउटमा परेका कारण लगानीकर्ताहरुले मंसिरमा ३३ लाख ६७ हजार, कात्तिकमा ११ लाख ६६ हजार, असोजमा ३६ लाख ५८ हजार, भदौमा ४४ लाख ७२ हजार र साउनमा ५३ लाख ५० हजार रुपैयाँ जरिवाना तिरेका छन्।
स्रोत: सीडीएससी
The post १० कित्ते लगानीकर्ता क्लोजआउटको सिकार, ६ महिनामा पौने ३ करोड जरिवाना, के हो कारण? appeared first on BIZMANDU.
संस्थापक सेयर बिक्री हुनै छाड्यो, खरिदकर्ता पाउनै मुस्किल, लगानीकर्ताको अरुचि किन?
पुस ११ देखि १९ गते सम्म नै प्रभु बैंकको ६८ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको थियो। न्यूनतम मूल्य ११० रुपैयाँ तोकेर बोलपत्र आह्वान गर्दा ५ हजार कित्ताभन्दा बिकेन।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि संस्थापक सेयर बिक्री हुन सकेन। कुमारी र प्रभुकै मितिमा २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीका लागि बोलकबोल आह्वान गरिएको थियो। न्यूनतम मूल्य प्रति कित्ता १२० थियो। तर बैंकको १ लाख ६९ हजार ५३७ कित्ता सेयर मात्र  बिक्री भयो।
संस्थापक सेयर बिक्री नभएको बैंक, विकास बैंक र नागरिक लगानी कोषको मात्र होइन, लघुवित्तको अवस्था पनि फरक छैन।
२ वर्षअघिसम्म लगानीकर्ताहरु लघुवित्त कम्पनीको सेयरमा झुम्मिने गरेकामा अहिले प्रस्ताव माग्दा आवेदन नै पर्न छोडेको छ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ७५ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीका माघ ७ गतेबाट १५ गतेसम्म आवेदन खुलाइएको थियो।  न्यूनतम मूल्य प्रति कित्ता २५० रुपैयाँ तोकिएकामा एउटा पनि आवेदन परेन।
अहिले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राख्ने क्रम बढेको छ। संस्थापक सेयरधनीले धमाधम बाहिरिन खोजेपनि खरिदकर्ता भेटाउन भने मुस्किल परिरहेको छ।
‘संस्थापक सेयर अलि बढी मात्रामा बजारमा आइरहेको छ। जुन हिसाबले खरिदकर्ता र बिक्रेताको म्याच हुनुपर्ने थियो, त्यहाँ ग्याप देखिन्छ। सेलर अलि हावी भएको देखिन्छ,’ कुमारी क्यापिटलका सीइओ पुष्प शर्माले भने।
के हुन् त बिक्री नहुनुका कारण?
फ्री ट्रेडेवल नहुनु
नेप्सेमा सूचीकृत सबैजसो बैंक तथा वित्तीय संस्थाको साधारण सेयर दोस्रो बजारमा मजाले कारोबार गर्न मिल्छ। तर, संस्थापक सेयर फ्री ट्रेडेवल छैन। यसले पनि आवेदन माग्दा सेयर बिक्री हुन नसकेको हो।
‘संस्थापक सेयर फ्रिलि ट्रेडेवल नहुँदा बिक्री हुन समस्या भइरहेको छ। यसले गर्दा मूल्य कम हुने/खरिदकर्ता नपाउने जस्ता समस्या देखिरहेका छन्। मानौं कुनै लगानीकर्तासँग १० लाख कित्ता सेयर छ, उसले २० रुपैयाँ घटाएर बेच्छु भन्दा पनि खरिदकर्ता नपाइरहेको अवस्था छ,’ एनआईसी एसिया क्यापिटलका मर्चेन्ट बैंकर हेड दामोदर रायमाझीले बिजमाण्डूसँग भने, ‘चाहेको समयमा किन्न पनि सकिंदैन, बिक्री गर्नका लागि विभिन्न प्रकृया पूरा गर्न झन ३/४ महिना लाग्छ। त्यसपछि पनि बिक्री नहुने अवस्था छ।’
एनएमबी क्यापिटलका सम्पति व्यवस्थापन प्रमुख आशिषराज पाण्डेले सेयर लिक्विट सम्पति भएपनि एकदमै इलिक्विट हुँदा समस्या भएको बताए। ‘सेयर त लिक्विट इन्सट्रुमेन्ट हो। तर विशेषगरी बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्थाले सेयर बिक्री गर्न नै ४/५ महिना लाग्छ। त्यसले गर्दा यसमा एकदमै धेरै इलिक्विट देखियो। रिटर्न कम हुँदै जाँदा पनि यता आकर्षण अलि कम भएको हो कि।’
नीतिगत झन्झट
नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दिइएको एकीकृत निर्देशन २०८० को व्यवस्था अनुसार संस्थापक सेयर खरिद बिक्री वा नामसारी गर्ने प्रकृया निकै झन्झटिलो छ। सामान्यतया संस्थापकबीच सेयर खरिद बिक्री भएका १५ दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिनु पर्छ।
तर २ प्रतिशतभन्दा बढी संस्थापक सेयर बिक्रीका लागि बैंक तथा वित्तीय संस्थाले सेयरधनीको सेयर खरिद, बिक्री वा नामसारी गर्नुपूर्व राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्छ। स्वीकृतिका लागि संचालक समितिको सिफारिससहित राष्ट्र बैंकमा आवेदन दिनु पर्ने व्यवस्था छ।
मृत्यु वा अंशबण्डाको नामसारी बाहेक अन्य अवस्थामा संस्थापक सेयरधनीले आफ्नै संस्थापकहरुमा पहिलो चरणमा सेयर बिक्री गर्न पाउने छन्। मर्चेन्ट बैंकरहरुले यसैका आधारमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखि ३५ दिने सूचना निकाल्ने गरेका छन्।
सो समयसम्म बिक्री हुन नसकेको सेयर मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने हो। तर अहिले संस्थापकहरुले मात्र होइन, अरुले पनि संस्थापक सेयर रुचाइरहेका छैनन्।
संस्थापक सेयर धितोपत्र दलाल, बजार निर्माता, सहकारी संस्था, इजाजतप्राप्त संस्थाको कानुनी सल्लाकार/आन्तरिक तथा बाह्य लेखापरीक्षक, कर्जा सूचना केन्द्रको कालोसूचीमा परी फुकुवा भएको कम्पनीमा तीन वर्ष नपुगेको व्यक्ति वा संस्थालाई नामसारी वा बिक्री गर्न नपाइने व्यवस्था छ।
विभिन्न किसिमका नीतिगत व्यवस्थाका कारण संस्थापक सेयर बेचेर बाहिरिन चाहनेहरु बढेको मर्चेन्ट बैंकरहरु बताउँछन्।
प्रतिफल नहुनु
लगानीकर्ताले संस्थापक सेयरमा लगानी गर्ने  प्रतिफलका लागि हो। तर, अहिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पुँजी अनुसार व्यवसाय बढाउन सकेका छैनन्। जसको असर प्रतिफलमा परिरहेको छ। लाभांश दिने क्षमता घटेको छ। गत वर्षको नाफाबाट ८ वटा वाणिज्य बैंकले लाभांश नै दिएनन्। दिएकाहरुले पनि पोहोरभन्दा घटाए।
धेरै लघुवित्त कम्पनीले पनि लाभांश दिएनन्। दिएकाहरुले पनि अघिल्लो वर्षको तुलनामा निकै कम दिए। विकास बैंक तथा बीमा कम्पनी पनि त्यस्तै अवस्थाबाट गुज्रिरहेका छन्।
अहिले झन खराब ऋण बढेर बैंकहरुको वासलात बिग्रिएको छ। मुनाफा पोहोरभन्दा घटेको छ। यसले लाभांशमा असर गर्छ।जसले गर्दा संस्थापक सेयरमा लगानीकर्ताको रुची घटेको हो।
‘प्रमोटर सेयर आज १०० मा किनेर ३०० मा बेच्छु कसैले भन्दैन। यस्तो सेयर डिभिडेन्ड ओरियन्ट हुन्छ। डिभिडेन्डकै आश गर्न नसक्ने स्थिति भएपछि प्रमोटर सेयर नबिक्नु स्वाभाविकै हो,’ एनआईसी एसिया क्यापिटलका रायमाझीले भने।
यस्तै एनएमबी क्यापिटलका सम्पति व्यवस्थापन प्रमुख आशिषराज पाण्डेले पनि पहिला लगानीकर्ताहरुले अपेक्षा गरेअनुसारको रिटर्न आउने तर अहिले रिटर्न पनि सोचे अनुसारको नआउँदा संस्थापक सेयरको सप्लाइ धेरै आउन थालेको बताए।
एनएमबी क्यापिटलका सम्पति व्यवस्थापन प्रमुख पाण्डेले पनि लाभांश घटेकै कारण संस्थापक सेयर आकर्षणविहीन हुन पुगेको बताए। ‘अहिले एक त रिटर्न कम हुँदै गयो, अर्को भनेको प्रोफिट घट्दै गएकाले अब राम्रो रिटर्न आश गर्ने अवस्था छैन। त्यस्तो स्टकमा लगानी गरेर के काम? भन्ने छ,’ उनले भने।
The post संस्थापक सेयर बिक्री हुनै छाड्यो, खरिदकर्ता पाउनै मुस्किल, लगानीकर्ताको अरुचि किन? appeared first on BIZMANDU.
प्रति कित्ता ८२१ रुपैयाँ तिरेर रिलायन्स स्पिनिङको सेयर किन किन्ने? लगानीकर्ताले कस्तो पाउलान् प्रतिफल
काठमाडौं। बुक बिल्डिङमार्फत मूल्य तय गरेको रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई सेयर जारी गर्दैछ। कम्पनीको सेयरको न्यूनतम मूल्य ८२१ रुपैयाँ तय भएको छ, जुन मूल्यका हिसाबले अहिलेसम्मकै महँगो हो।
कम्पनीले केही दिनअघि नै योग्य संस्थागत लगानीकर्ताहरुलाई ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता साधारण सेयर बिक्री गरिसकेको छ। योग्य संस्थागत लगानीकर्ताले दिएको आवेदनका आधारमा सोमबार नेप्सेले बाँडफाँट गरि कटअफ मूल्य निर्धारण गरिसकेको छ।
नेप्सेका अनुसार कटअफ मूल्य ९१२ रुपैयाँ मूल्य आएको छ। कम्पनीले सर्वसाधारणलाई बिक्री गर्ने सेयरको मूल्यांकन उक्त मूल्यमा १० प्रतिशत घटाएर तय हुन्छ। जसअनुसार सर्वसाधारणले एक कित्ताका लागि ८२०.८० रुपैयाँ बुझाउनुपर्ने हुन्छ।
न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएकाले रिलायन्सको आइपीओ भर्नका लागि एक जनालाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ। सर्वसाधरणका लागि बिक्री गर्ने भनिएको सेयर नबिकेमा प्रत्यभूतिकर्ताले खरिद गर्नुपर्छ। अहिलेसम्म कम्पनीको सेयर लिने प्रत्याभूतिकर्ता चयन भएका छैनन्।
अहिले बजारमा उत्पादनमूलक क्षेत्रतर्फ तीन सिमेन्ट उद्योग सूचीकृत छन्। एक मदिरा उद्योग पनि सूचीकृत छ। घोराहीको मूल्य ५२० रुपैयाँ, शिवम् सिमेन्टको ५१७ र सोनापुर मिनरल्सको ४८३ रुपैयाँ छ। सर्वोत्तम सिमेन्टले भर्खरै वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बिक्री गरेको छ। उसले प्रति कित्ता ३६१ रुपैयाँका दरले सेयर बिक्री गरेको हो।
यस हिसाबले रिलायन्सको सेयर मूल्य निक्कै महँगो भएन? लगानीकर्ताले प्रश्न उठाएका छन्।
खासगरी विद्युत प्राधिकरणको बिजुलीको बक्यौता र कम्पनीको सम्पत्तिको पुनर्मूल्यांकनलाई लिएर। किनभने यसमा बक्यौतालाई समेटिएको छैन भने पुनर्मूल्यांकन गरिएको छ।
कम्पनीले प्राधिकरणलाई १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी महसुल भुक्तानी गर्न बाँकी रहेको भन्दै धितोपत्र बोर्डलाई जानकारी गराइसकेको छ। कम्पनीले यो विषय आफ्नो वासलातमा कतै देखाएको छैन।
कम्पनीलाई प्राधिकरणले १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी महसुलको प्रिमियम भुक्तानीका लागि पत्राचार गरेको छ। डेडिकेटेड लाइनबाट चौबिसै घण्टा बिजुली लिएको रेकर्ड रहेकाले उक्त रकम कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने नै पुष्टि हुन्छ।
यद्यपि कम्पनीले सार्वजनिक गरेको प्रोसपेक्टिभमा महसुल बक्यौता शुल्क कम लेखिएको छ। प्राधिकरणको पत्राचारअनुसार कम्पनीले १ अर्ब ९४ करोड बुझाउनुपर्ने भए पनि प्रोसपेक्टिभ (पेज न. ४८)मा ७३ करोड ४७ लाख ८ हजार भुक्तानीका लागि पत्राचार गरेको कुरा उल्लेख गरेको छ। जुन स्वतः गलत हो।
‘हामीले विवरणमा नै बक्यौता रकम देखाउन भनेका थियौं तर लगानीकर्ताले मान्नु भएन। त्यसका लागि कम्पनीले प्रोभिजन छुट्याउन पनि मानेन,’ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल स्रोतले भन्यो। भविष्यमा यो रकम भुक्तानी गर्नु नै पर्ने अवस्था आएमा उसले देखाएको आम्दानी घट्ने छ।
यसबाहेक कम्पनीले पुनर्मूल्यांकनमार्फत सम्पत्ति बढाएको छ। यसले गर्दा उसको नेटवर्थ बढेको देखिन्छ। जुन स्वाभाविक नभएको लगानीकर्ताहरु नै बताउँछन्।
कम्पनीको सेयर खरिद गर्न ५ संगठित संस्था पछाडि हटेका छन्। ६०८ रुपैयाँभन्दा माथि मूल्य हाल्छौं भनेका संस्थागत लगानीकर्ताहरुले पैसा नहालेका हुन्।
नेपाल टेलिकम, नागरिक लगानी कोष, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड  तथा आकास क्यापिटल लगायत ५ कम्पनीले आशय दिए पनि सेयर किन्न हच्किएका हुन्। नागरिक लगानी कोष र नेपाल टेलिकमजस्ता कम्पनी पछि हट्दा कम्पनीप्रति बजारमा शंका छ।
प्रति सेयर आम्दानी एक रुपैयाँ पनि छैन
कम्पनीको वित्तीय विवरण भने खासै सन्तोषजनक देखिएको छैन। विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ०.९६ रुपैयाँ छ। यो चालु वर्षको असोजको तथ्यांक हो। गत वर्ष प्रति सेयर मूल्य ५४ रुपैयाँमाथि थियो।
कम्पनीको वास्तविक मूल्य अर्थात प्रति सेयर नेटवर्थ २४९.४८ रुपैयाँ छ। यो असोजको मूल्यांकन हो। गत वर्षको २४८.६७ रुपैयाँ थियो।
हालसम्म बुक बिल्डिङको सेयर नेप्सेमा सूचीकृत नभएकाले कम्पनीको ओपनिङ रेञ्ज कसरी निर्धारण गर्ने भन्ने प्रष्ट छैन। यद्यपि हालको व्यवस्थाअनुसार नेप्सेले दोस्रो बजारमा कारोबारमा लागि नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रदान गर्छ। यसो भयो भने कम्पनीको पहिलो कारोबार अधिकतम २४८.६७ देखि ७४६.०१ रुपैयाँसम्म हुन्छ।
‘अहिलेसम्म भएको व्यवस्थाअनुसार नेटवर्थको ३ गुणासम्म मात्र ओपनिङ रेञ्ज प्रदान गरिन्छ। बुक बिल्डिङ तथा प्रिमियम मूल्यको सेयरका लागि आइपीओकै भाउमा दोस्रो बजारमा कारोबार खुलाउन दिने प्रस्ताव बोर्डमा पुगेपनि अघि बढेको छैन।नयाँ व्यवस्था नभएसम्म नेटवर्थको तीन गुणासम्म नै दिइन्छ ओपनिङ रेञ्ज,’ नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने।
असोज मसान्तसम्म कम्पनीको संचालन आम्दानी २ अर्ब ५६ करोड छ। संचालन नाफाबापत कम्पनीले १३ करोड कमाएको छ भने खुद नाफा ४१ लाख ६७ हजार छ। २०५१ सालमा स्थापना भएको कम्पनीको उत्पादन क्षमता वार्षिक ४८ हजार ९६०  टन छ।
कच्चा पदार्थमा परनिर्भर
कम्पनीले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थमा पनि परनिर्भर नै छ। उद्योगलाई चाहिने कच्चा पदार्थमध्ये नेपालमै पाउन सकिने अल्लो उद्योगले सम्भावित परीक्षण उत्पादन गरेपनि पर्याप्त मात्रामा उपलब्ध भएको छैन। जसकारण यस प्रयोजनका लागि ल्याइएका उपकरणहरु प्रयोगविहीन भएर बसेका छन्।
साथै उद्योगले स्थापनाकालदेखि नै आवश्यक सम्पूर्ण कच्चा पदार्थहरु दोस्रो तथा तेस्रो विभिन्न मुलुकहरुबाट आयात गर्ने गरेको छ। कम्पनीले विशेषगरि भारत, चीन, थाइल्याण्ड, इन्डोनेसिया, कोरिया, अष्ट्रिया लगायत देशहरुबाट कच्चा पदार्थ आयात गरेर धागो उत्पादन गर्दै आइरहेको छ।
मन्दीको मारमा कम्पनी
२७ वर्ष पुरानो रिलायन्स  देशकै ठूलो धागो उत्पादक हो। आन्तरिक आर्थिक मन्दी र बाहिर पनि विभिन्न कोटाका कारण माग नभएपछि व्यापार खस्किएको छ। कम्पनी आफैंले यो कुरा आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ।
कम्पनीले कुल उत्पादनको २५ देखि ३० प्रतिशत मात्र स्वदेशमा खपत हुन्छ। बाँकी धागो विदेश निर्यात हुन्छ। कम्पनीले उत्पादन गरेको धागो विशेषगरि टर्की, भियतनाम, भारत र बेलायत लगायतका देशमा निर्यात हुन्छ।
नेपालमा सुजु मेनुफेक्चर्स, निप्पो इन्ड्रष्ट्रिज, प्रगति टेक्सटायल, नेपाली सेना बहु व्यवसाय, भक्तपुर र एभरेष्ट टेक्सटायल लगायत उद्योगहरुले खरिद गर्ने गरेका छन्।
कम्पनीमा संस्थापक कसको लगानी कति छ?
कम्पनीको अध्यक्षमा व्यवसायी पवनकुमार गोल्यान छन्। उनको कम्पनी सिटी होटलले केही समयअघि सर्वसाधारणमा सेयर जारी गरेको थियो। एनएमबि बैंक, गोल्यान समूह, एपोलो इनर्जी लगायतमा पनि उनी आबद्ध छन्।
उनको रिलायन्समा २१.९५ प्रतिशत अर्थात ४१ लाख ७१ हजार ११४ कित्ता सेयर छ।
शशीकान्त अग्रवाल यस कम्पनीका सबैभन्दा ठुला लगानीकर्ता हुन्। मेरियट होटल, रिलायन्स चिनी मिल, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी रहेको अग्रवालको यस कम्पनीमा ४४.९३ प्रतिशत संस्थापक सेयर छ। जुन ८५ लाख ३६ हजार १०० कित्ता हुन आउँछ।
अक्षय गोल्यान अर्का लगानीकर्ता हुन्। अक्षय पवनका छोरा हुन्। उनको ४३ लाख ६५ हजार ३८६ कित्ता अर्थात २२.९८ प्रतिशत सेयर छ। उनी कम्पनीमा प्रबन्ध संचालक छन्।
उत्पादन क्षमता बढाउने योजना
कम्पनीले सार्वजनिक निष्कासनपश्चात प्राप्त हुने रकम र बैंकबाट थप कर्जा रकम प्राप्त भएपछि उद्योगको उत्पादन क्षमता वृद्धि गर्न लगानी गर्ने योजना छ।
The post प्रति कित्ता ८२१ रुपैयाँ तिरेर रिलायन्स स्पिनिङको सेयर किन किन्ने? लगानीकर्ताले कस्तो पाउलान् प्रतिफल appeared first on BIZMANDU.
हिमालयन रिका आइपीओ लगानीकर्ता मुनाफा बुकिङमा लागेपछि बजारमा घट्यो कारोबार
निफ्राको सेयर २०७७ फागुन २ गतेबाट कारोबारमा आयो। कारोबार खुलेको पहिलो दिन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। त्यसदिन लगानीकर्ताले ५९ हजार ९३१ कित्ता सेयर २ करोड २१ लाख रुपैयाँमा बिक्री गरे। १०० रुपैयाँको आइपीओको मूल्य दोस्रो बजारमा कारोबार भएको ८ औं दिनमा बढेर प्रति कित्ता ६७२ रुपैयाँसम्म पुग्यो। त्यसपछि कम्पनीको सेयरमा सेलिङ प्रेसर देखियो। ९ औं कारोबार दिनमा मात्र निफ्राका लगानीकर्ताले साढे ३ अर्ब रुपैयाँ बराबरको निफ्राको सेयर बिक्री गरे।
त्यो समय चन्द्रागिरी हिल्सको आईपीओ पनि भर्खरै सूचीकृत भएर कारोबार भइरहेको थियो। सप्लाइ कम रहेको कम्पनीको सेयर मूल्य प्रति कित्ता २ हजार ८०० रुपैयाँ पुगेकाले कतिपय लगानीकर्ता आइपीओ बिक्री गरेर बाहिरिए।
‘निफ्रा र चन्द्रागिरीको आइपीओमा मुनाफा बुकिङ गरेका लगानीकर्तामध्ये १० प्रतिशतले पनि बजारमा लगानी गरेनन्। घर व्यवहार चलाउन र अन्य प्रयोजनका लागि रकम गयो। बजारबाट पैसा बाहिरिएपछि कारोबारको भोलुम घट्यो,’ त्यतिबेलाको स्थितिबारे भिजन सेक्युरिटिजका प्रबन्ध निर्देशक राजकुमार तिमल्सिनाले बिजमाण्डूसँग भने।
१९९८ बिन्दुबाट निरन्तर उकालो लागेर २६७६ बिन्दुसम्म पुगेको नेप्से निफ्राको सेयरमा बिक्री चापले बजारबाट दिन दिनै पैसा बाहिरिएपछि  २३६९.५२ बिन्दुसम्म झरेको थियो।
अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रूपैयाँका दरले बिक्री गरिएको आइपीओको मूल्य अहिले दोस्रो बजारमा साढे ६ सय रुपैयाँ छ।
हिमालयन रि- इन्स्योरेन्सको हकमा पनि निफ्रामा जस्तै प्रोफिट बुकिङको लहर चलेको छ। माघ ४ गते एकैदिन यो कम्पनीको पौने २ अर्बको सेयर बिक्री भएको थियो। त्यसदिन नेप्सेमा १० अर्ब हाराहारीको कारोबार भएकामा अहिले ४ अर्ब मुन्तिर झरिसकेको छ।  दोस्रो बजारमा आएपछि पछिल्लो १३ कारोबार दिनमा हिमालयन रिको ५ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ। यो कम्पनीको आइपीओमा लगानीगरेकाहरुले प्रति कित्ता ४ सय रुपैयाँभन्दा बढी मुनाफा पाइसकेका छन्।
हिमालयन रिको सेयर बिक्रीबाट पनि ठूलो रकम बाहिरिएका कारण नेप्से माथि जान नसकेको जानकारहरुको बुझाइ छ। ‘अहिले बैंकको ब्याजदर घट्दो क्रममा छ। राजनीतिकरुपमा पनि कुनै असहज अवस्था छैन। सबै  माहोल हेर्दा बजार बढ्नुपर्ने देखिन्छ। तर आइपीओमा लगानी गरेकाहरुले मुनाफा बुकिङ गरी ठूलो रकम लगेका कारण बजार माथि जान सकिरहेको छैन,’  तिमल्सिनाले भने।
‘मेरो विचारमा आइपीओ बिक्रीपछिको ९० प्रतिशत पैसा बजारमा आउँदैन। कोरोनाकालदेखि आइपीओ भर्नेको संख्या बढ्यो।  तर उनीहरुमध्ये धेरै दोस्रो बजारमा चासो राख्दैनन्। हामीकहाँ आईपीओ बेच्ने लगानीकर्तामध्ये अधिकांशले मुनाफाको रकम अन्यत्रै लगिरहेका छन्,’ प्रबन्ध निर्देशक पौडेलले भने।
ठूलो मात्रामा आइपीओ सूचीकृत भएपछि त्यसको इम्प्याक्ट समग्र बजारको भोलुममा देखिने गरेको ब्रोकरहरुको बुझाइ छ। अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्तकुमार पौडेल र कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका भरत रानाभाटले पनि आइपीओ बिक्री गरेर आर्जन गरेको पैसा लगानीकर्ताले बजारमा पुन: लगानी गर्ने गरेको अनुभव गरेका छैनन्।
‘अहिले हिमालयन रि-का लगानीकर्ताले मुनाफा बुकिङ गरेर रकम लगे। उनीहरुमध्ये धेरैले आइपीओ बिक्रीको पैसा बजारमा ल्याएका छैनन्। त्यसैले त बजारमा भोलुम घटेको हो। केही दिनयताको कारोबारबाट पनि यो छर्लंग हुन्छ,’ अनलाइन सेक्युरिटिजका अध्यक्ष पौडेलले भने।
आइपीओ निरन्तर आइरहेकाले पनि त्यस्ता लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्न जोखिम नलिएका हुन्। कोहिनुर इन्भेष्टमेन्टका रानाभाटले आइपीओ बेचेर मुनाफा बुकिङ गर्ने प्रवृत्तिकै कारण बजार दबाबमा परेको बताए।
The post हिमालयन रिका आइपीओ लगानीकर्ता मुनाफा बुकिङमा लागेपछि बजारमा घट्यो कारोबार appeared first on BIZMANDU.
माघ लागेपछि दुई हप्तामै बजारमा ५१ अर्बको कारोबार, किन पुरानै लयमा झर्दैछ किनबेच?
काठमाडौं। एकैदिन ९/१० अर्ब रुपैयाँको कारोबार हुन थालेको सेयर बजारमा फेरि मन्दी देखिन थालेको छ। कारोबार तीन अर्ब चानचुनमा सीमित हुन थालेको छ।
सूचक अलिकति उँभो लागेपछि बढेको कारोबार फेरि सुस्ताउन थालेको हो।
ठूला रकमको सार्वजनिक निष्कासनमा पैसा गएको छ। त्यहाँ सेयर पर्नेहरुले मूल्य पाउनेबित्तिकै बिक्री गरेर बाहिरिएका छन्। उनीहरु सार्वजनिक निष्कासनमा लगानी गर्ने र दोस्रो बजारलाई बिक्री गर्ने थलोका रुपमा मात्र हेर्ने हुँदा कारोबार माथि पुगेर फेरि झर्ने गरेको हो।
केही साताअघि नेप्से परिसूचक साउनयताकै उच्च विन्दुमा पुग्यो। लामो समय १८०० आसपासमा घुमेको बजार मंसिर २० यता उँभो लाग्न थालेको थियो।
करिब डेढ महिनामा १८३७ बिन्दुबाट बजार एकैचोटि २२१५.५४ बिन्दुमा आइपुग्यो। राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षापछि बजारले फड्को मार्न सुरु गरेको थियो।
त्यस दिन सेयर बजारमा ९ अर्ब ७६ करोड माथिको कारोबार भएको थियो। जुन कारोबार २०७८ भदौ २१ यताकै उच्च हो। माघ ३ मा ९ अर्ब ८२ करोडको कारोबार भएको थियो।
माघ ४ गते ८ अर्ब १७ करोड माथिको कारोबार भएको थियो। सो कारोबारलाई हिमालयन रि-इन्स्योरेन्सको कारोबारले पनि सहयोग गरेको छ। कम्पनीको झन्डै २ अर्बको कारोबार भएको थियो।
यद्यपि बजारको वृद्धि लामो समय टिकेन। माघको पहिलो साता नै बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणको सिधा असर बजारमा देखियो। नाफा बुकिङका कारण बजारमा करेक्सन देखिन सुरु गरे लगत्तै बैंकहरुको रिपोर्ट सार्वजनिक भएकाले विवरण आएपछि बढिरहेको बजारमा ब्रेक लाग्यो।
अहिले बजारसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ। केही दिनअघि मात्र अर्बौँको कारोबार भएको कारोबार अहिले पुरानै गतिमा झरेको छ। बजार घट्न सुरु गरेसँगै अहिले बजारमा कारोबार घटेर साढे ३ अर्बको हाराहारीमा आइपुगेको छ।
मिति
परिसूचक
कारोबार रकम (रु.)
माघ २
२१७५.१७
८,०२३,८६२,४०६.६९
माघ ३
२१६३.०६
९,७६८,९६९,८६८.६१
माघ ४
२१५५.८२
८,१७४,९८६,२८२.९७
माघ ७
२१३०.१८
७,६७७,७४०,०५८.००
माघ ८
२०९८.६९
६,३६६,०७०,००३.३५
माघ ९
२०९८.२९
४,२९४,५६६,७५१.६६
माघ १०
२०८८.०४
३,८९७,०२२,५९८.९८
माघ ११
२०८४.०९
३,७६४,५०५,४५०.९८
कूल कारोबार
५१,९६७,७२३,४२१.२४
स्रोत : नेप्से
भिजन सेक्युरिटिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजकुमार तिमल्सिनाले बीमा कम्पनीहरूले सेयर बजारमा थप ५ प्रतिशत लगानी गर्ने वातावरण भएपछि धेरै पैसा आएको बताए।
‘पुसको अन्तिममा बीमा कम्पनीहरूले सूचीकृत कम्पनीको सेयरमा थप ५ प्रतिशत रकम सेयरमा लगानी गर्न पाउने भएपछि लगानीकर्ता एकदमै उत्साहित भएका थिए। त्यसैले कारोबार पनि बढी देखियो। अहिले पनि कर्पोरेट क्लाइन्टहरुले खरिद बढाइरहेको अवस्था छ। तर बजारमा करेक्सन आउन थालेपछि बजार वियरिस हुन्छ कि भनेर कारोबार कम देखिएको छ। बजार थोरै सुधार  हुनेवित्तिकै त्योभन्दा ठूलो पैसा बजारमा आउने सम्भावना छ। साथै अहिले एग्रेसिभ नभइ डिफेन्सिभ भएका कारण पनि भोलुम घटेको हो,’ तिमल्सिनाले भने।
अनलाइन सेक्युरिटिज (ब्रोकर ४९) का अध्यक्ष अनन्तकुमार पौडेलले बजार घट्न थालेपछि लगानीकर्ताको पर्ख र हेर नीतिले कारोबार घटेको बताए।
‘बजार घटन थालेपछि प्रोफिट बुक गरेका लगानीकर्ता एक हिसाबले पर्ख र हेरको अवस्थामा बसेका छन्। साथै पछिल्लो समय हिमालयन रि-इन्स्योरेन्स कम्पनीको आइपीओबाट पनि ठूलो रकम बाहिर गयो,’ अध्यक्ष पौडेलले भने,’आइपीओ बिक्री गरेकाले पब्लिकमा पैसा लगे बजारमा रि-इन्भेष्टमेन्ट भएन। त्यसरी पनि पैसा बाहिरियो। साथै अपर तामाकोशीको हकप्रदमा सक्रिय लगानीकर्ताहरूको १३ अर्ब ६७ करोड माथि रकम होल्ड भएको छ। त्यसको इम्प्याक्ट पनि कारोबारमा देखिन्छ।’
लगानीकर्ता तथा सेयर बजार विश्लेषक सुवासचन्द्र ढुंगानाले माघमा सेयर धितो कर्जामार्फत पैसा आएको बताए। यद्यपि बजारले २२०० को बिन्दु क्रस गरेपछि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्था आएकाले कारोबार घटेको हुनसक्ने उनले बताए।
‘माघमा बैंकको सेयर कर्जामार्फत जुन पैसा आएको थियो, बजारमा करेक्सन आउँदा त्यो पर्ख र हेरकै अवस्थामा नै रह्यो। मार्केट बढिसकेपछि चाहिँ त्यो कारोबार हुन्छ भनेर अपेक्षा गर्न सकिन्छ,’ ढुंगानाले बिजमाण्डूसँग भने।
जोखिम भार कम भएको क्षेत्रमा बैंक
ब्याजदर घटे पनि सेयर धितो कर्जामा खासै उत्साह नदेखिएको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष तथा एनएमबि बैंकका सीइओ सुनिल केसीले बताए।
माघमा सबैजसो वाणिज्य बैंकको बेसरेट एकल अंकमा झरेको छ। ब्याजदर क्रमशः घट्दै गए पनि त्यसअनुसार सेयर धितो कर्जा बढ्न नसकेको उनले बताए।
‘ब्याजदर घटेपछि बजारमा जुनखालको उत्साह होला जस्तो थियो, त्यो देखिएन। हुन त यस क्षेत्रको कर्जा जोखिम भार घटाइएको छ। तैपनि बैंक कम रिस्क भएको क्षेत्रमा जस्तो होम लोन लगायतमा आकर्षण होला। हाम्रोबाट पनि केही कर्जा जान खोजेको देखिए पनि समग्रमा लोनको डिमान्ड नै भइसकेको छैन अहिले,’ अध्यक्ष केसीले भने।
The post माघ लागेपछि दुई हप्तामै बजारमा ५१ अर्बको कारोबार, किन पुरानै लयमा झर्दैछ किनबेच? appeared first on BIZMANDU.
नेप्सेमा अध्यक्षको पद अस्थिर हुँदा महत्वपूर्ण योजना अलपत्र, तयारी पूरा भएको नेप्से-३० रोकियो
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अध्यक्ष पद अस्थिर हुँदा त्यसको असर उसको काममा परेको छ। नेप्सेले गत वर्ष नै अघि सारेका योजना अध्यक्ष पद अस्थिर हुँदा चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेका छैनन्।
नेप्से-३० इन्डेक्स, ओटीसी बजारलाई अनलाइनमा रुपान्तरण गर्ने प्रणाली, डाटा सेन्टरको अपग्रेसन लगायत योजना अलपत्र परेका छन्।  नेप्से-३० गत साउनमा नै लञ्च गर्ने भनिएकामा कहिले कार्यन्वयनमा आउँछ भन्ने अझै टुंगो छैन। डाटा सेन्टर अपग्रेसनका लागि टेण्डर प्रक्रिया अगाडि बढेको छैन। कतिपय प्रस्ताव संचालक समितिमा अड्किएका छन्।
नेप्सेले आफ्ना योजना अलपत्र पर्नुमा अध्यक्ष पद अस्थिर हुनुलाई मुख्य कारण मानेको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले अध्यक्ष चाँडो फेरिने गरेको असर काममा परेको बताए।
‘सिस्टम केही महिनाअघि नै तयार भइसकेको छ। यसलाई चलाउन बाँकी छ। कर्मचारीले सिस्टम चलाउन मानिरहेका छैनन्। संचालक समितिबाट ठोस निर्णय हुन सकेको भए कर्मचारीले अनलाइन सिस्टमबाट काम गर्नुको विकल्प हुदैन्थ्यो,’ नेप्से स्रोतले भन्यो, ‘संचालक समिति प्रभावकारी हुन नसक्दा कर्मचारीको पनि मनोमानी बढेको छ।’ ओटीसी बजारमा कारोबार भने धेरै हुने गरेको छैन।
नेप्सेको संचालक समितिको अध्यक्ष अर्थ मन्त्रालय मातहतका सहसचिवलाई बनाउने गरिएको छ। नेप्से-३० इन्डेक्सको योजना अगाडि सार्दा नेप्सेमा चक्रबहादुर बुढा अध्यक्ष थिए। उनको कार्यकालमा यस सम्बन्धी कार्यविधिको मस्यौदा तयार भयो।
अर्थ मन्त्रालयबाट बुढाको सरुवा भएपछि २०८० असार ३ गते नेप्सेमा अध्यक्षको जिम्मेवारी भूपाल बरालले पाए। तर बराललाई नेप्से-३० इन्डेक्सबारे बुझाउन नेप्से व्यवस्थापनलाई समय लाग्यो। बल्ल बल्ल बुझाएपछि कार्यविधिको मस्यौदा संचालक समितिमा पुग्यो, तर उनको ठाउँमा अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाए।
बराल ५ महिना मात्र अध्यक्ष पदमा बहाल रहे। उनी अर्थ मन्त्रालयभित्रै रहेपनि मन्त्री डा. प्रकाशशरण महतले मंसिर २६ गते भन्सार विभागका महानिर्देशक पौडेललाई नेप्सेको अध्यक्ष बनाए। पौडेललाई नेप्से व्यवस्थापनले नेप्से-३० इन्डेक्सबारे बुझाउन सकेको छैन।
यो बीचमा नेप्सेमा नेपाल राष्ट्र बैंकले पठाउने संचालक पनि फेरिएका छन्। संचालक समितिले यसअघि नेप्से-३० को संयोजक तोकेका अनुज दाहालको ठाउँमा राष्ट्र बैंकबाट अहिले हेमप्रसाद न्यौपाने आएका छन्।
पौडेलले अध्यक्षको जिम्मेवारी सम्हालेपछि साधारण सभा गर्ने बाहेक अरु ठोस काम केही भएको छैन।
The post नेप्सेमा अध्यक्षको पद अस्थिर हुँदा महत्वपूर्ण योजना अलपत्र, तयारी पूरा भएको नेप्से-३० रोकियो appeared first on BIZMANDU.