BIZMANDU
www.bizmandu.com

उद्योग बचाउने राजस्व बढाउने अर्थमन्त्रीको नीति, मदिरा र बियरमा बढेन कर, चुरोटमा ५%

२०८२ जेठ १५

उद्योग बचाउने राजस्व बढाउने अर्थमन्त्रीको नीति, मदिरा र बियरमा बढेन कर, चुरोटमा ५%
उद्योग बचाउने राजस्व बढाउने अर्थमन्त्रीको नीति, मदिरा र बियरमा बढेन कर, चुरोटमा ५%


काठमाडौं। सरकारले उद्योग बचाएर राजस्व बढाउने नीति अख्तियार गर्दै मदिरा र बियरको कर यथावत राखेको छ।

Tata
GBIME

बर्सेनि कर बढ्दा धमाधम उद्योग बन्द हुने र राजस्वमै प्रभाव पर्न थालेपछि अर्थमन्त्री विष्णु पौडेलले मदिरा र बियरको कर यथावत राखेका हुन्। उनले चुरोटको करमा भने ५ प्रतिशत बढाएका छन्।

फिल्टर चुरोटमा ५ प्रतिशत र फिल्टर नभएकोमा साढे ३ प्रतिशत कर बढेको छ। ‘माननीय अर्थमन्त्रीज्यूले अत्यन्तै राम्रो निर्णय गर्नुभएको छ। यसले राजस्वमा ठूलो इम्प्याक्ट आउँछ,’ मदिरा उद्यमी रवि केसीले बिजमाण्डूसँग भने, ‘कर बढाएर राजस्व बढाउने रणनीति प्रत्यूत्पादक बनिरहेको थियो।

यसअघि अर्थमन्त्री डा. प्रकाशशरण महत र वर्षमान पुनले मदिरा र बियरको करमा सामान्य वृद्धि गर्दा व्यापारमा ठूलो छलाङ मारेको थियो। दुई आर्थिक वर्ष सामान्य वृद्धि हुँदा मदिराबाट आउने राजस्व २५ र बियरको राजस्व २२ प्रतिशत बढेको थियो।

मदिरा र बियर उद्योगको व्यापारमा छलाङ आएको थियो। दुवै अर्थमन्त्रीले मदिराको अन्तःशुल्क ३ प्रतिशतले बढाएका थिए। त्यो भन्दाअघि बर्सेनि १० प्रतिशतको हाराहारीमा बढाउने गरिएको थियो।