मुकुन्द घिमिरे Archives - BIZMANDU
अर्बौँ लगानी आयोजकको, नाफा फिफाको : विश्वकप आयोजनामा किन लालायित हुन्छन् देश?
विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन अब करिब साता दिन बाँकी छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्नेछ।
प्रतियोगितामा ४८ टोली सहभागी हुनेछन् र कुल १०४ खेल खेलिनेछन्। जुन १२ मा मेक्सिकोमा उद्घाटन खेलको सिट्ठी बजेसँगै विश्व फुटबलको नयाँ अध्याय सुरु हुनेछ। तर, यो प्रतियोगिता मैदानभित्रको खेलमा मात्र सीमित रहने छैन। यसले अर्बौं डलरको व्यापार, पर्यटन, प्रसारण र लगानीको प्रतिस्पर्धालाई पनि केन्द्रमा ल्याउनेछ।
फिफा विश्वकप विश्वकै सबैभन्दा धेरै हेरिने प्रतियोगितामध्ये एक हो। यही कारण विश्वभरका टेलिभिजन कम्पनी, विज्ञापनदाता र ठूला ब्रान्डहरू यससँग जोडिन चाहन्छन्।
फिफा केवल फुटबल संचालन गर्ने संस्था मात्र होइन। यो संसारकै धनी खेल संस्थामध्ये एक हो। फिफाले आफूलाई गैरनाफामूलक संस्था बताउँदै आएको छ। फिफाले विश्वकपबाट प्राप्त आम्दानी फुटबल विकास, प्रतियोगिता सञ्चालन र सदस्य राष्ट्रलाई सहयोग गर्न प्रयोग गरिने दाबी गर्दै आएको छ।
यसको अधिकांश कमाइ टेलिभिजन प्रसारण अधिकार, स्पोन्सरशिप र व्यावसायिक सम्झौताबाट आउने गर्छ।
फिफाका अनुसार २०२६ विश्वकपले विश्व अर्थतन्त्रमा ८० अर्ब डलरभन्दा बढी आर्थिक प्रभाव पार्न सक्छ। प्रतियोगिताका क्रममा ६५ लाखभन्दा बढी दर्शकको आवागमन हुने अनुमान गरिएको छ।
करोडौं मानिस प्रत्यक्ष रंगशाला, टेलिभिजन र डिजिटल माध्यममार्फत प्रतियोगितासँग जोडिने अपेक्षा गरिएको छ। सन् २०२३ देखि २०२६ सम्मको ४ वर्षे चक्रमा फिफाको कुल आम्दानी ११ अर्ब डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।
फिफाको आर्थिक अनुमान। ग्राफिक्स: फिफा
अमेरिकामा मात्रै विश्वकपले ३० अर्ब डलरभन्दा बढी आर्थिक गतिविधि सिर्जना गर्ने अनुमान छ। यसबाट पर्यटन, होटल, यातायात, खाद्य उद्योग, विज्ञापन तथा खुद्रा व्यापार क्षेत्रले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।
विश्वकपमा फिफाका तीन मुख्य आम्दानी स्रोत
फिफाले चार वर्षलाई आधार बनाएर आर्थिक योजना बनाउँछ। विश्वकप हुने वर्षमा उसको आम्दानी अत्यधिक बढ्ने गर्छ।
फिफाको सबैभन्दा ठूलो आम्दानी प्रसारण अधिकारबाट आउँछ। विश्वकप प्रसारण गर्न विभिन्न देशका टेलिभिजन नेटवर्क र डिजिटल स्ट्रिमिङ कम्पनीहरूले ठूलो रकम तिर्छन्।
विश्वभर अरबौं दर्शकले प्रतियोगिता हेर्ने भएकाले प्रसारण अधिकारको मूल्य अत्यन्त महँगो हुने गर्छ। नेपालमा यसपटक हिमालयन टेलिभिजनले प्रत्यक्ष प्रसारण अधिकार प्राप्त गरेको छ। चीन र भारतमा भने फिफाले मागेको शुल्कका कारण प्रत्यक्ष प्रसारणबारे अझै अन्योल रहेको बताइएको छ।
विश्वकप हेर्ने दर्शक संख्या अरबौंमा पुग्ने भएकाले प्रसारण अधिकारको मूल्य अत्यन्त महँगो हुन्छ।
फिफाको दोस्रो ठूलो आम्दानीको स्रोत प्रायोजन हो। विश्वका ठूला कम्पनीहरू आफ्नो ब्रान्ड विश्वकपसँग जोड्न चाहन्छन्। त्यसका लागि उनीहरूले करोडौं डलर खर्च गरेर आधिकारिक साझेदार वा प्रायोजक बन्ने गर्छन्।
त्यसको बदलामा उनीहरूले विश्वकपको लोगो प्रयोग गर्न, रंगशालामा विज्ञापन राख्न र विश्वव्यापी प्रचार गर्न पाउँछन्। कोका-कोला, एडिडास र भिसा जस्ता कम्पनीहरू लामो समयदेखि फिफाका प्रमुख साझेदारका रूपमा रहेका छन्।
टिकट बिक्री पनि फिफाको अर्को महत्त्वपूर्ण आम्दानीको स्रोत हो। लाखौं समर्थक विश्वकप हेर्न विभिन्न देशबाट आयोजक मुलुक पुग्नेछन्। त्यस्तै, विशेष सुविधा, उत्कृष्ट सिट, होटल र भोजनसहितका हस्पिटालिटी प्याकेजबाट पनि फिफाले ठूलो रकम कमाउनेछ।
यीबाहेक फिफाले लाइन्सेन्स बेचेर पनि आम्दानी गर्ने गर्छ। फिफाले आफ्नो लोगो, विश्वकपको नाम, आधिकारिक प्रतीक र अन्य बौद्धिक सम्पत्तिको प्रयोग अधिकार पनि बिक्री गर्छ।
खेलकुद सामग्री, भिडियो गेम, जर्सी, बल तथा अन्य उत्पादन बनाउने कम्पनीहरूले फिफाबाट अनुमति लिएर व्यापार गर्छन्। यसबाट पनि फिफाले रोयल्टी आम्दानी गर्छ।
फिफाले कमाएको पैसा कहाँ खर्च गर्छ?
फिफा आफूलाई गैरनाफामूलक संस्था भन्छ। संस्थाका अनुसार कमाएको रकम विभिन्न सदस्य राष्ट्रलाई सहयोग, फुटबल पूर्वाधार निर्माण, प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालनमा लगानी गरिन्छ।
विश्वभर फुटबल विकासका लागि आर्थिक सहायता दिने कार्यक्रम पनि फिफाले सञ्चालन गर्दै आएको छ।
विश्वकप आयोजना गर्दा आयोजक देशले ठूलो लगानी गर्नुपर्छ। तर, फिफाले तुलनात्मक रूपमा कम लगानी गर्छ। धेरैजसो खर्च रंगशाला, यातायात, सुरक्षा र अन्य पूर्वाधार निर्माणमा आयोजक राष्ट्रले नै व्यहोर्छन्।
फिफाले भने कर छुटको सुविधा पनि पाउने गरेको छ। संस्थाको प्रमुख खर्च पुरस्कार रकममा केन्द्रित हुन्छ। सन् २०२२ को कतार विश्वकपमा कुल ४४ करोड डलर पुरस्कार वितरण गरिएको थियो।
कतार विश्वकप विश्वकप इतिहासकै सबैभन्दा महँगो संस्करण बनेको थियो। सुरुमा २० अर्ब डलर खर्च हुने अनुमान गरिए पनि अन्तिम खर्च २२० अर्ब डलरसम्म पुगेको थियो। कतारले विश्वकपलाई आफ्नो दीर्घकालीन विकास योजनासँग जोड्यो।
यसपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्ने भएकाले कतारजस्तो ठूलो पूर्वाधार लगानी आवश्यक पर्ने छैन। धेरै रंगशाला र सुविधा पहिले नै उपलब्ध छन्।
यो विश्वकप आयोजकलाई ४०.०९ अर्ब जिडिपीमा योगदान मिल्ने बताइएको छ। यसमा अमेरिकालाई पर्ने १७ अर्ब जिडीपीले उसको कूल जिडीपीमा ०.१ प्रतिशतमात्र योगदान दिने भएकाले यो नगण्य हुने इन्भेस्टमेन्ट एनालिस्टको दाबी छ। यसकारण अमेरिकाका लागि यो गेमचेन्जर नबन्न सक्छ।
तर, मेक्सिकोको अर्थतन्त्रका लागि भने यो ठूलो प्रभाव हुन सक्छ। विश्वकपबाट उसलाई ०.२ देखि ०.५ प्रतिशतसम्म जिडीपीमा बुस्ट मिल्न सक्ने आँकलन छ। क्यानडाको सन्दर्भमा भने सुरक्षा र सरकारी खर्चका कारण यो इस्टमेट यति नै हुने भनेर अनुमान गर्न नसकिने बताइएको छ।
यो विश्वकपले खासगरी होटल र पर्यटन, मिडिया र स्ट्रिमिङ, स्पोर्टस बेटिङ, पेय पदार्थ, भिडियो गेम र खेलसामग्रीको उत्पादकलाई ठूलो फाइदा दिनसक्ने बताइएको छ।
पछिल्ला ५ विश्वकपको प्याटर्न हेर्दा विश्वकपका लागि इस्टिमेट गरिएको भन्दा धेरै खर्च हुँदै आएको छ।
Sources: Victor Matheson (Holy Cross), IMF, academic studies – Saxo analysis
विश्लेषकहरूका अनुसार विश्वकपले आयोजक राष्ट्रहरूको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकअनुसार फ्रान्सले १९९८ को विश्वकप आयोजना गर्दा उसको कुल गार्हस्थ उत्पादनमा ०.२० प्रतिशत प्रभाव परेको थियो।
जर्मनीमा २००६ मा ०.३० प्रतिशत र दक्षिण अफ्रिकामा २०१० मा ०.५० प्रतिशत प्रभाव देखिएको थियो। ब्राजिलमा २०१४ मा भने ०.२ प्रतिशत नकारात्मक प्रभाव परेको थियो। रसियामा २०१८ मा ०.०५ प्रतिशत र कतारमा २०२२ मा १ प्रतिशत प्रभाव परेको तथ्यांकले देखाउँछ।
Sources: IMF, Victor Matheson, IOSRJ – Saxo analysis
नाफा सबै फिफाले पाए किन लगानी गर्छन् देश?
यसरी हेर्दा विश्वकपमा लगानी जति आयोजक देशको र आम्दानी जति फिफाको हुने देखिन्छ। किनभने टिभी राइटस्, टिकेटिङ  र स्पोन्सरको पैसा फिफाले नै राख्छ र यसमाथि कर पनि छुट पाउँछ। यसका बावजुद देशहरू विश्वकप आयोजनाका लागि लालायित हुने गर्छन्। यसका पछाडि केही महत्त्व पूर्ण कारणहरू छन्।
पहिलो दीर्घकालीन कारण हो – सफ्ट पावर बन्ने होड। देशहरू आफ्नो देशको ब्राण्डिङ र सफ्ट पावर बन्ने महत्त्वकांक्षा राखेका हुन्छन् विश्वकप आयोजनाका पछाडि।
त्यसबाहेक विश्वकपको बेलमा संरचनाहरू बनाएर दीर्घकालीन प्रयोगमा ल्याउने गर्छन्। यसका तत्कालीन फाइदाहरू छन्। यसमा पहिलो पर्यटन हो। कतार विश्वकपमा १४ लाख समर्थक फुटबलका लागि पुगेका थिए। उनीहरूले टिकट बाहेक पनि राम्रै खर्च गरेका हुन्छन्। यातायात, होटल लगायतको क्षेत्रमा एकैपटक बुस्ट गर्ने अवसर आयोजक देशलाई हुन्छ। यसको पनि तत्कालीन फाइदा हुन्छ।
अर्को भने स्थिरता र समृद्धि देखाएर विदेशी लगानी ल्याउन विश्वकप आयोजनाले भूमिका खेल्छ।
तर, विश्वकपले सधैं फाइदा मात्र दिने गरेको छैन। ब्राजिल र दक्षिण अफ्रिकामा विश्वकपका लागि बनाइएका केही रंगशाला र संरचनाहरू पछि प्रयोगमा आउन सकेनन्। तिनको मर्मतसम्भार खर्च राज्यका लागि बोझ बनेको थियो।
यस्ता संरचनालाई ‘सेतो हात्ती’को संज्ञा समेत दिइएको थियो। यही कारण पछिल्ला वर्षहरूमा विश्वकप र युरोकपजस्ता ठूला प्रतियोगिता एकभन्दा बढी देशले संयुक्त रूपमा आयोजना गर्ने प्रवृत्ति बढ्दै गएको छ।
The post अर्बौँ लगानी आयोजकको, नाफा फिफाको : विश्वकप आयोजनामा किन लालायित हुन्छन् देश? appeared first on BIZMANDU.
बजेटमा खेलकुद पूर्वाधार प्राथमिकताले संघ र लगानीकर्तालाई राहत, मुख्य समस्या ज्युँका त्युँ
काठमाडौं। नेपाली खेलकुद विकासमा सबैभन्दा धेरै सुनिने गुनासो हो- लगानी र पूर्वाधार। यही कारणले निजी क्षेत्रको लगानीमा सञ्चालित फ्रेन्चाइज मोडलदेखि परम्परागत खेलकुदसम्म प्रभावित छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत फुटबल र क्रिकेटका पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ। यसले नेपाल सुपर लिग (एनएसएल) र नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता निजी लगानीका प्रतियोगितालाई नयाँ अवसर दिएको छ। तर खेलकुद क्षेत्रले लामो समयदेखि भोग्दै आएको नीतिगत समस्या भने बजेटले सम्बोधन गर्न सकेको छैन।
निजी क्षेत्रको लगानीसहित ठूलो कारोबार गर्ने खेल हो क्रिकेटको फ्रेन्चाइज- नेपाल प्रिमियर लिग। त्यस्तै फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) पनि कर्पोरेटहरुलाई लिएर तीन संस्करण सम्पन्न गरी चौथो संस्करणको तयारीमा छ।
त्यस्तै, फुटबलको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यसपालि होम एण्ड अवेको चर्चा चलेर त्यतिकै सेलायो। त्यस्तै कबड्डीदेखि भलिबलसम्मका फ्रेन्चाइज लिग निजी लगानीमा माथि उठ्ने प्रयासमा छन्।
यी सबै लिगमा समस्या चाहिँ सधैं एउटै छ- पूर्वाधार।
‘ए’ डिभिजन लिगका सीमित खेललाई छाड्ने हो भने यी सबै लिग एउटै केन्द्रीकृत भेन्युमा हुने गरेका छन्। एनपीएल कीर्तिपुरबाट बाहिरिन सकेको छैन। एनएसएलले दशरथ रंगशाला छाडेको छैन। त्यस्तै, राखेपको कभर्ड हल र पोखरालाई छाड्ने हो भने कबड्डी र भलिबलको पनि विकल्प छैन।
फुटबल लिगलाई ‘होम एण्ड अवे’को बाटो!
प्रसंग फुटबलबाटै सुरु गर्दा केन्द्रीकृत रुपमा हुने लिगले समर्थक तान्नै सकेको छैन। राष्ट्रिय लिग, ‘ए’ डिभिजन लिग जस्ता लिगका ठूला खेलमा पनि दर्शकको संख्या पाँच सय पुग्नै मुस्किल छ। फेन्चाइज भनेर अनेक युक्ति लगाएको एनएसएलले समेत लिग चरणमा दर्शक तान्नै सकेको छैन।
तर, मोफसलमा हुने गोल्डकपहरुको कथा फरक छ। केन्द्रको लिग घाटामा जाँदा मोफसलका लिग फाइदामा छन्। टिकट काटेरै फुटबल हेर्ने दर्शकको अभाव छैन। यसलाई फुटबलको नियामक एन्फाले पनि बुझेको छ।
त्यही भएर ‘ए’ डिभिजन लिग केन्द्रीकृत नगरेर होम एण्ड अवेमा गर्ने भनेर एन्फाले राम्रै होहल्ला पनि मच्चायो। तर, क्लब, एन्फा र खेलाडीको राजनीतिका बीच लिग भएन बाँकी सबै कुरा भयो। यो मोडलमा प्रक्रिया नै अघि बढ्न नसक्नुको मुख्य कारण हो- पूर्वाधार।
अब, नेपाल सुपर लिग (एनएसएल) भदौ महिनाबाट हुँदैछ। एनएसएलले नेपालका विभिन्न शहरहरुलाई टिमका रुपमा खेलाउँदै छ। दशरथ रंगशालाबाट निस्कन नसकेको एनएसएलले यसपाला होम एण्ड अवे मोडलमा लिग गर्ने पनि घोषणा गरिसकेको छ। एनएसएललाई यसमा सरकारको बजेटले पनि साथ दिएको छ।
‘खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाइट सहितको स्तरोन्नति गर्नेछौँ,’ बजेटमा भनिएको छ।
यसरी काठमाडौंबाहिरको स्टेडियमको स्तरोन्नति भएको खण्डमा होम एण्ड अवे मोडलमा लिग नेपालमा हुन सक्छ। यसो भएको खण्डमा फुटबलको माहोल र प्रतिभासँगै लगानीको अवसर पनि फुटबलमा बढ्नेछ।
कर्पोरेट इन्गेज गरिरहेको क्रिकेटलाई पनि अवसर
नेपाली खेलकुदमध्येमा कुनै खेलले कर्पोरेटलाई सबैभन्दा धेरै इन्गेज गरिरहेको छ भने त्यो हो क्रिकेट। क्रिकेटको प्रिमियम प्रोडक्ट हो – नेपाल प्रिमियर लिग (एनपीएल)।
एनपीएलमा पहिलो र दोस्रो संस्करणमा दर्शकको उपस्थिति राम्रो भए पनि कीर्तिपुरको टीयू मैदानले मात्रै यो महिना लामो लिग धान्न सक्ने स्थिति छैन। यसअघिका संस्करणमा पनि लिग सकिँदै जाँदा पिचको स्थिति खराब बनेको थियो।
लिगको विकास हुँदै जाँदा यसमा पनि ‘होम एण्ड अवे’ मोडलमा जानै पर्ने नै हुन्छ। यसका लागि पनि समस्या हो पूर्वाधारकै। सरकारले क्रिकेटको पूर्वाधारलाई पनि जोड दिने बताएको छ।
‘प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरिएको छ,’ बजेटमा भनिएको छ। यसले होम एण्ड अवेमा जान क्रिकेटलाई राहत हुनेछ।
तर, बर्सेनि बजेट विनियोजन हुँदै आएको टीयू क्रिकेट मैदानबारे बजेट मौन छ। त्रिभुवन विश्वविद्यालय र क्रिकेट संघबीचको मैदानलाई लिएर सम्झौता सकिएको छ। यसको नवीकरणमा टीयू इच्छुक छैन। सरकारले नवीकरण गर्ने भनेर दाबी गरे पनि यो आलटाल हुँदै आइरहेको छ।
‘मुलपानी क्रिकेट रंगशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला तथा फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गरिने’ बजेटमा उल्लेख छ। यसले क्रिकेटलाई काठमाडौबाट बाहिर लग्ने अवसर पनि दिएको छ।
ठूला खेलकुदको ठूलो समस्या ज्युँका त्युँ
नेपाली खेलकुदमा सक्रिय संघ, क्लब या लगानीकर्ताले भोगिरहेको पुरानो समस्यालाई भने सरकारले सम्बोधन गर्न सकेको छैन।
केही महिना अघि चल्दै गरेको राष्ट्रिय लिग र महिला लिग अध्यागमनको एउटा पत्रका कारण रोकियो। त्यसपछि यो लिग सुरु हुन सकेको छैन। खेलाडी अन्योलमा छन्, खेल प्रशासकहरु चुपचाप छन्। यसको कारण थियो – ‘विदेशी खेलाडीको श्रम स्वीकृति।’
फुटबलको ‘ए’ डिभिजन लिग र एनएसएलदेखि क्रिकेटको एनपीएल, कबड्डीको एनकेएल या अन्य कुनै पनि फ्रेन्चाइज लिगले विदेशी खेलाडी खेलाएर खेलको स्तर माथि लैजाने प्रयास गर्छ। तर, नेपालमा एक त विदेशी खेलाडी ल्याएर श्रम स्वीकृति दिलाउने प्रक्रिया नै लामो छ। अर्को उनीहरुलाई खेलाएर भुक्तानी गर्ने प्रक्रिया अझ अप्ठ्यारो छ। खेलकुदका प्रशासकहरु विदेशी खेलाडी ल्याएर श्रम स्वीकृति गराउन औसतमा ४५ दिनसम्म लाग्ने गरेको छ।
यसअघि बब्लु गुप्ता खेलकुद मन्त्री हुँदा यो समस्या तुरुन्तै समाधान गर्ने आश्वासन दिए पनि हाल प्रधानमन्त्रीका विश्वास पात्र सस्मित पोखरेल खेलकुद मन्त्री बन्दासम्म यो समस्या जहाँको तहीँ छ। विदेशी खेलाडीको भुक्तानी गर्ने प्रक्रिया अझ झन्झटिलो छ। राखेप, बैंक, राष्ट्र बैंकमा घुमिरहने यो प्रक्रियाले अझ समस्या बढाएको छ।
केही महिना अघिमात्र एनपीएल खेलेका ठूला खेलाडीमध्ये एक जिम्मी निशमले एनपीएल खेलेको पैसा नपाएको सामाजिक सञ्जालमै लेखिदिए। उनका क्लबका मालिकले भुक्तानी गर्न चाहँदा चाहँदै पनि विद्यमान प्रक्रियाले भुक्तानी दिन ढिला भएको बताएका थिए। यो बाहिर आएको घटनामात्र थियो। यो समस्या सबै खेलमा विकराल छ।
सरकारले पूर्वाधारमा जोड दिएर खेललाई अघि बढाउने बजेटबाट संकेत गरे पनि दुई तिहाइ नजिकको सरकारले सजिलै सल्टाउन सक्ने नीतिगत अवरोधलाई भने छुन सकेको छैन।
त्यसैले राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव युवराज लामाले भने, ‘बजेटले खेलकुदको हार्डवेयरमा लगानी राम्रो सुनियो, सफ्टवेयरमा केही बोलेन।’
The post बजेटमा खेलकुद पूर्वाधार प्राथमिकताले संघ र लगानीकर्तालाई राहत, मुख्य समस्या ज्युँका त्युँ appeared first on BIZMANDU.
संकटको मुखमा घरेलु दुई सिरिजले नेपाललाई राहत : टिममा उथलपुथलले ‘कमब्याक’
काठमाडौं। यो महिना नेपाली क्रिकेटका लागि परीक्षा सरह थियो, खासगरी एकदिवसीय क्रिकेटमा। क्रिकेट विश्वकप लिग-२ मा नेपाल २० खेल खेल्दा मात्रै ५ जित निकालेर ८ टोलीमध्ये सातौं स्थानमा थियो।
बाँकी खेल संख्या घट्दै जाँदा ग्लोबल क्वालिफायर त टाढाको कुरा, एकदिवसीय मान्यता जोगिने सम्भावना नै न्यून हुँदा अघिल्लो साइकलमा जस्तो जादु चाहिएको थियो।
नेपालले घरेलु दुई सिरिजमा सानदार प्रदर्शन गर्दै एकदिवसीय मान्यता जोगाउने लक्षण देखाएको छ। यसअघि २० खेल खेलेर पाँच जित निकालेको नेपालले त्यसपछिका ८ मध्ये ६ खेलको नतिजा आफ्नो पक्षमा पारेको छ। निकै मुस्किल अवस्थाबाट गुज्रिरहेको नेपालले घरेलु मैदानमा भएका खेलमा ६ जितका कारण राहतको सास फेरेको छ।
पहिलेका २० खेलमा के गलत भएको थियो? र पछिल्ला ८ खेलमा के सही भयो? नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसँग स्पस्ट जवाफ छैन।
रोहित पौडेल
‘अगाडि राम्रो खेलेनौं, अहिले राम्रो खेल्यौं। फरक त्यही हो,’ उनले भने, ‘अघिल्ला २० खेलमा हामीले राम्रो खेलेनौं। अरु त केही फरक छैन जस्तो लाग्छ। ठ्याक्कै के कमजोरी भएको थियो, त्यो म भन्न सक्दिन।’
रोहित पछिल्ला दुई सिरिजले दिएको नतिजाले आशावादा भएका छन्। ‘शीर्ष चारमा रहनेमा आशावादी छु। हामीले आफ्नो स्तरको खेल खेले सक्षम हुनेछौं,’ सिरिजपछि उनले भने।
के फेरियो यो सिरिजमा?
नेपाली क्रिकेटमा पछिल्ला वर्षमा एकदमै कम प्रयोग हुँदै आएको छ। प्लेइङ सेटका खेलाडी लय भए पनि नभए पनि टोलीमै रहिरहने तर घरेलु क्रिकेटमा आफूलाई प्रमाणित गरेका खेलाडी राष्ट्रिय टोलीसम्म पुग्न नसक्ने परिस्थित थियो।
घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरेका खेलाडी यसपालि राष्ट्रिय टोलीमा आउँदा शीर्षक्रमको प्रतिस्पर्धा उच्च रह्यो। शीर्षक्रममा आशिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, विनोद भण्डारी, भीम सार्की र इशान पाण्डेको दाबेदारी रहँदा नयाँका लागि अवसर र पुरानाका लागि चुनौती बन्यो। यी दुई सिरिजमा भएको प्रयोगले नतिजा पनि राम्रो आयो।
तीन खेलमा ड्रप भएपछि सानदार कमब्याक गरेका कुशलले स्वीकारे- एउटा गलत निर्णयले मलाई तीन खेलमा बाहिर बसाइदियो।
नियमित ओपनर आशिफ र कुशलले ‌ओपनिङमा संघर्ष गरिरहँदा प्रशिक्षक स्टुअर्ट लले दुबैलाई बाहिर राखेर टोलीका सबैभन्दा युवा खेलाडी अर्जुन कुमाल र सबैभन्दा पाका खेलाडी विनोद भण्डारीलाई ओपनिङमा पठाए। घरेलु क्रिकेटमा ‘उस्ताद’ बन्दै आएका यी दुईलाई अन्तर्राष्ट्रिय क्रिकेटमा मेरुदण्ड बन्दै आएका कुशल र आशिफको स्थान भर्नुपर्ने चुनौती थियो।
पाएको अवसरमा विनोद चुकेनन्। उनले यूएईविरुद्ध अर्धशतकीय इनिङ्स खेल्दै ५६ रन बनाए। अर्जुन भने यो खेलमा ११ रनमै समेटिए। त्यसपछिका खेलमा विनोद चलेनन्, अर्को खेलमा अर्जुनले ४८ रनको इनिङ्स खेले।
अर्जुन कुमाल। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू
ओपनिङमा चर्को प्रतिस्पर्धा चलिरहँदा अर्कातर्फ तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका भीमले योगदान दिन सकिरहेका थिएनन्। पहिलो सिरिजको चौथो खेलमा आशिफले पुनरागमन गर्दै विनोदसँग ओपनिङमा आउँदा अर्जुनले भीमको स्थानमा ब्याटिङ गरे। यो खेलमा आशिफले ९४ रनको इनिङ्स खेल्दै आफूलाई प्रमाणित गर्दा अर्जुनले ४८ रन बनाए। विनोद डकआउट भए।
त्यसपछि सुरु भयो स्कटल्याण्ड र अमेरिकाविरुद्धको सिरिज। यो खेलमा भण्डारी १० र अर्जुन शुन्यमै पभेलियन फर्किएपछि अर्को खेलमा फेरि दुई ठूला परिवर्तन भए।
यसपालि आशिफसँग कुशल नै ओपनिङ गर्न आए। तेस्रो नम्बरमा देब्रे हाते ब्याटर इशान पाण्डेलाई राखियो। कमब्याक खेल कुशलको आशिफ र विनोदको भन्दा पनि दमदार रह्यो। अमेरिकाविरुद्ध १२० रनको अविजित पारी खेल्दै कुशल प्लेयर अफ दी म्याच नै बने। यसमा आशिफले ५८ रन बनाउँदा इशान २० रनमा अविजित रहे।
यो सिरिजको तेस्रो खेलमा कुशल र आशिफको प्रदर्शन ठीकठाक रह्यो। उनीहरुले क्रमश: २८ र २९ रन जवड्दा इशानले ५५ रन बनाउँदै तेस्रो नम्बरमा आफूलाई स्थापित गर्न बाटो खोले। इशान ८४ रनको योगदान दिँदै अन्तिम खेलमा प्लेयर अफ दी म्याच बने।
उनी पछि आएका रोहितले पनि अविजित ७४ रनको इनिङ्स खेले। रोहित पनि पछिल्लो समय आफ्नो लयका कारण चर्को आलोचना खेपिरहेका खेलाडी हुन्।
कमजोरीमै बलियो प्रतिस्पर्धा!
लामो समय नेपाली क्रिकेटको कमजोरी के थियो? समग्रमा पछिल्ला दशकलाई हेर्दा जवाफ आउँछ- ‌ओपनिङ। तर, यो दशकमा आशिफ र कुशल सेट भएपछि यसमा नेपालले ठूलो राहत पाएको छ। आशिफ र कुशलसँगै शीर्षक्रमको जिम्मेवार ब्याटिङ नहुँदा नेपालले धेरै खेल गुमाएको छ। उनीहरुले बलियो सुरुवात दिलाएका खेल नेपालले जितेको छ।
शतकपछि कुशल भुर्तेल। तस्बिर : क्यान
सिरिजको अन्तिम खेलमा त नेपालले आफ्नो पूरा सम्भावना देखाएको रोहित बताउँछन्। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो।
अंकतालिका र आगामी दुई अवे सिरिज
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अब दुईवटा अवे सिरिज खेल्न बाँकी छ। पछिल्ला दुई सिरिजबाट आशा जागे पनि नेपालको जोखिम कम भएको छैन। कप्तान रोहितले शीर्ष चारमा पर्ने लक्ष्य रहेको बताइरहँदा अंकतालिका पनि हेर्नुपर्ने हुन्छ।
८ टोली सहभागी लिग-२ मा नेपाल २८ खेलबाट २४ अंक बनाउँदै तालिकाको पाँचौं स्थानमा छ। नेपालभन्दा अघि रहेको नेदरल्याण्ड्स २८ अंकसहित चौथो स्थानमा छ। तर, नेदरल्याण्डले नेपालले भन्दा ४ खेल कम खेलेको छ। उसले २४ खेलबाटै २८ अंक बनाएको हो।
त्यस्तै, तेस्रो स्थानको ओमनले नेपाल जति नै खेल खेलेर ३१ अंक बनाएको छ। उसलाई यथास्थितिमा भेट्न नेपालले चार खेलमा जित निकाल्नु पर्नेछ।
शीर्ष दुई स्थानका टोली हुन् स्कटल्याण्ड र अमेरिका। अमेरिकाका लागि विश्वकप लिग-२ मा उसको सबैभन्दा खराब सिरिज नै नेपाल सिरिज बन्यो। यो सिरिजमा उसले ४ मध्ये ३ खेल गुमायो।
त्यस्तै, स्कटल्याण्डले ४ मध्ये २ जित निकाल्दै औसत खेल्यो। यी दुबै टोलीको समान ३८ अंक छ। तर, अमेरिकाले २८ खेलमात्रै खेल्दा स्कटल्याण्डले ३२ खेल खेलिसकेको छ। यी दुई टोली नेपालभन्दा ७ जितले अघि छन् जबकि नेपालले ८ खेल मात्र खेल्न बाँकी छ। त्यसैले अहिले यी दुईलाई भेट्ने नेपालको लक्ष्य छैन। नेपाल शीर्ष चारमा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न चाहन्छ।
नेपालले शीर्ष चारमा रहन चाहँदा पछाडिका टोली पनि कमजोर स्थितिमा छैनन्। २८ खेल खेलेको नामिबिया २२ अंकसहित नेपालभन्दा एक जितले मात्र पछाडि छ। त्यस्तै, २४ खेल खेलेको क्यानडा २१ अंकसहित नेपालभन्दा दुई खेलले पछाडि छ। पुछारको यूएई १४ अंकसहित ५ खेलले पछाडि छ।
घरेलु मैदानमा लगालग जितेजस्तो विदेशी भूमिमा सहज नहुने नेपालले पनि बुझेको छ। ‘बाहिर गएर हामी खेल्न सक्दैनौं भन्ने होइन। शीर्ष ८ मा कमजोर टोली छैनन्। उनीहरुलाई पनि घरेलु मैदानमा एडभान्टेज हुन्छ,’ कप्तान रोहितले भने।
The post संकटको मुखमा घरेलु दुई सिरिजले नेपाललाई राहत : टिममा उथलपुथलले ‘कमब्याक’ appeared first on BIZMANDU.
५१ अर्ब लगानी, २२ वर्षपछि प्रिमियर लिग च्याम्पियनः आर्सनलको जितको राज के हो?
आर्सनललाई इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन बन्न दुई दशक लाग्यो। यही साता म्यान्चेस्टर सिटीले बर्नेमाउथसँग १-१ गोलको बराबरी खेलेपछि आर्सनलले सन् २००४ यता पहिलो पटक प्रिमियर लिग उपाधि निश्चित भयो।
२२ वर्षपछि च्याम्पियन बन्नुको पछाडि कारण के होला?
यसका कारण धेरै हुन सक्छन्। यदि आर्सनल असफल भएको भए ती कारण पनि सायद देखिँदैन थिए। तर, आर्सनललाई च्याम्पियन बनाउने सबैभन्दा पहिलो कारण हो – भरोसा। लगातार खराब सिजनहरुको बावजुद प्रशिक्षक आर्टेटामाथि भरोसा क्लबको उच्च व्यवस्थापनसामु ठूलो निर्णय थियो। आर्टेटा हरेक आरोह-अवरोहमा भनिरहन्थे : ट्रस्ट द प्रोसेस ।
आर्सनलको प्रशिक्षण मैदानको एउटा भित्तामा प्रिमियर लिग ट्रफीको ठूलो छाया चित्र छ। यसमा लेखिएको छ : ‘टुगेदर वी मेक हिस्ट्री’ अर्थात हामी सँगै इतिहास बनाउने छौँ।
खासमा यो मिकेल आर्टेटाको कार्यकालकै सुरुमा राखिएको थियो – गनर्सले उपाधि जित्दा उज्यालो हुने गरी। अन्तत: आर्टेटाले आर्सेनललाई अँध्यारोबाट उज्यालोमा फर्काउन सफल भएका छन्। लिग च्याम्पियन बनिसकेको आर्सनल अब अर्को ठूलो उपलब्धिको पनि नजिक छ। उसले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग मे ३० मा भिड्दैछ।
उसको सफलताको अर्को मुख्य कारण के हुन् सक्छ? जवाफ सिधा छ-  लगानी।
आर्सनलका समर्थक। तस्बिर: आर्सनल/फेसबुक
आर्सनल एफ सी इंग्ल्यान्डको राजधानी लन्डनस्थित विश्वकै सबैभन्दा चर्चित फुटबल क्लबहरूमध्ये एक हो। सन् १८८६ मा स्थापना भएको आर्सनललाई इंग्लिस फुटबलमा समृद्ध इतिहास, आकर्षक खेलशैली र ठूलो समर्थक समुदायका कारण विशेष रूपमा चिनिन्छ। क्लबले इङ्ग्लिस प्रिमियर लिग, एफए कप र अन्य घरेलु उपाधिहरू पटक–पटक जितिसकेको छ। सन् २००३/०४ मा पूरा सिजन अपराजित रहँदै लिग जितेको टोलीलाई फुटबल इतिहासमा ‘द इन्भिन्सिबल्स’ का रूपमा चिनिन्छ।
खेलप्रेमीहरूले आर्सनललाई परम्परागत ठूलो क्लब, प्रतिभाशाली युवा खेलाडी उत्पादन गर्ने संस्थाका रूपमा हेर्छन् भने प्रशिक्षक र फुटबल व्यवस्थापकहरूले दीर्घकालीन योजना, संरचित विकास मोडल र आधुनिक फुटबल दर्शन अपनाउने क्लबका रूपमा उदाहरण दिने गरेका छन्। आर्सनलको खातामा ठूलो जितहरु भने थिएनन्, जसका लागि क्लबले गरेको लगानी र राखेको संयम संसारभरका क्लबका लागि उदाहरणीय बनेको छ।
२८ अगस्ट २०२१। आर्सनलले म्यानचेस्टर सिटीसँग ५-० को हारसँगै प्रिमियर लिगको तालिकामा सबैभन्दा तल खस्यो। सिजनको पहिलो तीन खेलमै हारले टिम र फ्यान दुबैलाई निराश बनाएको थियो। यस्तो सन् १९५४ यता भएको थिएन।
लगातार टोली खराब लयमा हुुुँदा आफ्नो पहिलो सिनियर कोचिङ भूमिकामा डेढ वर्ष बितिसकेका आर्टेटाले त्यसबेला सायद आफैँमाथि प्रश्न गर्न थालेका थिए। प्रशिक्षक बनेपछि आर्टेटाले साइडलाइन लगाएका मेसुट ओजिलले आर्सनलको खराब लयका बीच सामाजिक सञ्जालमा व्यंग्यात्मक रूपमा लेखे – ट्रस्ट द प्रोसेस।
उनको यो कटाक्ष क्लबमाथि भन्दा पनि आफ्ना पूर्व प्रशिक्षकको तरिकामाथि थियो।
आफ्नै समर्थक, पूर्वखेलाडी र राइभलहरुको कटाक्षका बीच अमेरिकी मालिक स्टान क्रोन्केको नेतृत्वमा बोर्डले आर्टेटामाथि भरोसा राख्यो। उनले व्यवस्थापकको जिम्मेवारी लिएर आफ्नो रणनीतिलाई एप्लाइ गरिरहे र आवश्यक खेलाडीलाई भित्र्याउने र रणनीति बाहिरका खेलाडीलाई बिदा गर्ने काम गरिरहे।
आर्टेटाले आफ्नो पहिलो सिजनको अन्त्यमा एफए कप जितेका थिए र क्लबमा आफ्नो ‘फिलोसपी’को कठिन प्रक्रिया सुरु गरेका थिए। उनले क्लबमा अनुशासन कडा बनाउँदै गर्दै ओजिल तथा पियर-इमेरिक अबामेयाङजस्ता खेलाडीहरूलाई बिदा गर्ने कठिन निर्णय लिएका थिए।
तर, यसबीचमा आर्सनलको यात्रा सहज रहेन्। ट्रफी आउन सोचेभन्दा बढी अर्थात यसपछि पनि करिब ६ वर्ष लाग्यो।
युवामाथि भरोसा, त्यसपछि ठूलो लगानी
कार्यकालका सुरुवाती वर्षहरूमा आर्टेटाले आर्सेनलको भाग्य फेर्न टिम मालिकलाई विश्वासमा लिँदै युवा खेलाडीहरूमाथि लगानी गर्ने निर्णय लिए।
बुकायो साका र इमाइल स्मिथ रो जस्ता एकेडेमी खेलाडीहरूलाई पहिलो टोलीमा अवसर दिइयो। २०१९ मा ब्राजिलबाट १८ वर्षीय गेब्रियल मार्टिनेल्ली आए। त्यही वर्ष फ्रान्सबाट १८ वर्षीय विलियम सालिबा पनि जोडिए। अर्को केही वर्षमा बेन व्हाइट र मार्टिन ओडेगार्डजस्ता २३ वर्षमुनिका खेलाडीहरू साइन गरिए।
आर्टेटाले यी युवाहरूलाई शीर्ष स्तरका प्रिमियर लिग खेलाडी बनाए। त्यस्तै, अन्तिम कदम चाल्न क्लबलाई डेकलान राइस, भिक्टर ग्यकेरेस र एबेरेची एजेजस्ता अलि अनुभवी र उत्कृष्ट खेलाडीहरू किन्नु जरुरी थियो।
आर्सनल टोली। तस्बिर: प्रिमियर लिग/फेसबुक
यो सस्तो थिएन। राइस सन् २०२३ मा करिब १०५ मिलियन पाउन्ड (१३८ मिलियन डलर) मा आर्सनल पुगे। यो तत्कालीन रुपमा प्रिमियर लिगको कीर्तिमानी रकम थियो। गत समरमा ग्यकेरेस र एजेलाई मिलाएर करिब १६० मिलियन डलर लगानी भएको थियो।
बढ्दो लगानीका बीच आर्सनललाई दवाब नतिजाको पर्न थालेको थियो।
असफलताहरूपछिको दृढता र अनौठा तरिकाहरू
पछिल्ला तीन वर्षसम्म प्रिमियर लिगमा आर्सनल उपविजेता बन्दै आयो। उपाधिको छेवैमा पुगेर अफलताको शृङखलापछि आर्सनलका खेलाडी र प्रशिक्षकलाई ‘नियर्ली मेन’ भनेरसम्म खिसी गरियो।
त्यही अनुभव र दृढताले अन्ततः उपाधि जित्ने जग बनायो।
आर्टेटा आफ्नो टोलीमाथि विश्वस्त रहे। आफ्ना अनौठा ‘तिकडम’ लगाइरहे खेलाडीलाई मोटिभेसन गर्न।
उनले खेलाडीहरूलाई मोटिभेट गर्न के सम्म गरेनन्? एक प्रि-सिजन डिनरमा  त पकेटमार भाडामा ल्याइएको कुरा बाहिरिएको थियो।  खेलाडीहरूका सामानहरू चोर्दै, सधैँ सतर्क रहनुपर्ने सन्देश दिन उनले चाहेका थिए। अझ रोचक त एउटा खेलअघि ड्रेसिङ रूममा उनी बल्ब लिएर आए। उनको सन्देश  टोलीलाई बल्बजस्तै चम्किन र इमिरेट्स स्टेडियम उज्यालो पार्न भनेर थियो। केही हप्ताअघि मात्र अभ्यास सत्रमा ठूला स्क्रिनमा फ्यानहरूका टिकटक भिडियो पनि देखाइए।
यसबाहेकका पनि उनका यस्तै किस्सालाई लिएर फुटबल बृत्तमा ठट्यौली पनि चल्ने गर्थ्यो।
सायद अघिल्लो तीन सिजनमा उपविजेताको ट्यागले पनि होला यस सिजनमा आर्सनल मानसिक रूपमा बलियो रह्यो। अर्को राम्रो सुरुवातपछि पनि टिकिरह्यो र सिटीको वर्चस्वलाई पछि पार्दै च्याम्पियन बन्यो। आफ्नो ‘इनकन्सिस्टेन्ट’ टिमको छविलाई फेर्न सफल भयो।
इंग्लिश फुटबलको आधारभूत शैलीकै खेल
आर्सनलको यसपालाको उपाधि यात्रा खासै आकर्षक नभएको भनेर पनि उत्तिकै चर्च चल्ने गर्छ।
केही सिजनदेखि आर्सनल इंग्लिश फुटबलमा शैली फरक थियो। पेप गार्डियोलाको सुन्दर पासिङ र योर्गन क्लपको ‘हेभी मेटल फुटबल’ को ठाउँमा अब सेट-पिस, लामो थ्रो-इन र पछाडिबाट लामो पासजस्ता ‘बेसिक्स’ हावी भए।
गनर्सको यस सिजनमा लिगमा सबैभन्दा राम्रो डिफेन्स पनि उत्कृष्ट छ।  ३७ खेलमा जम्मा २६ गोल मात्रै।
राइसको नेतृत्व, रायाका बचाउ र ग्योकेरेसका गोलहरू
राइस र गोलकिपर डेभिड रायाले यस सिजनमा विशेष छाप छोडे। दुवै इंग्लिश फुटबलको वर्ष खेलाडीको पुरस्कारका दाबेदारका रुपमा हेरिएको छ।
त्यस्तै मध्यभागमा राइसको नेतृत्व, ऊर्जा र सेट-पिस डेलिभरीले उनलाई टोलीको महत्वपूर्ण सदस्य बनाएको छ। अझ, रायाले आर्सेनललाई १९ क्लिनसिट दिलाए। उनको डिस्ट्रिब्युसन तथा पछाडिबाट पासिङ प्रिमियर लिगमै उत्कृष्ट मान्न सकिन्छ।
त्यसमाथि ग्यकेरेसले पहिलो सिजनमै सबै प्रतियोगितामा २१ गोल गरे। यसरी आर्टेटाको कार्यकालको तुलनामा यस सिजन आर्सेनलको स्कोड गहिराइ र विविधता सबैभन्दा बलियो रह्यो।
इएसपीएन ले पाँच चरणको योजनाको रिपोर्ट बनाएको छ जसको सहायतामा आर्सनललाई  कमजोर स्थितिबाट लिग उपाधि विजेता बनायो।
मिकेल आर्टेटा र तत्कालीन टेक्निकल डाइरेक्टर एडु गास्पारले सन् २०१९ मा मिलेर एउटा गोप्य पाँच-चरणको योजना बनाए। यसको लक्ष्य थियो आर्सेनललाई फेरि इंग्लिश फुटबलको शिखरमा पुर्याउनु। २२ वर्षपछि त्यो सपना पूरा भयो।
यसमा पहिलो थियो – स्कोड सफाइ।  ओजिल, अबामेयाङलगायत खेलाडीले ड्रेसिङ रूमको माहोल बिगारेको ठहर गर्दै उनीहरुलाई पैसा तिरेरै बिदा गरियो। यो ‘क्रूर’ थियो, तर जरुरी थियो भनेर गास्पारले भनेका छन्।
दोस्रो थियो- युवा भर्ती।  साका, मार्टिनेल्ली, सालिबा, ओडेगार्डजस्ता २४ वर्षमुनिका प्रतिभाशाली खेलाडीहरू ल्याइए र विकास गरियो। खेलाडीहरूबीच राम्रो मित्रता र टिम भावना बन्यो।
अर्को थियो  विजेताको मानसिकता। म्यानचेस्टर सिटीमा उपाधि जितिसकेका गेब्रियल जेसस र जिन्चेन्कोलाई ल्याउनुको एउटा मुख्य कारण थियो-  ड्रेसिङ रूममा जित्ने माहोल भित्र्याउन।
त्यस्तै डेकलान राइसलई महँगो शुल्क तिरेर आर्सनलले ल्यायो। १०५ मिलियन पाउन्डमा राइस ल्याउनु योजना थियो। महँगो खर्चिए पनि उनले नेतृत्व, ऊर्जा र सेट-पिस सबैमा अपेक्षाभन्दा राम्रो गरे।
मालिक क्रोन्के परिवारको अटुट समर्थन, तीन वर्षको उपविजेता भएर पाएको अनुभव र यस सिजन २५० मिलियन पाउण्डमाथि (करिब ५१ अर्ब ९३ करोड रुपैयाँ) को लगानीले अन्ततः आर्सनल च्याम्पियन बन्यो।
The post ५१ अर्ब लगानी, २२ वर्षपछि प्रिमियर लिग च्याम्पियनः आर्सनलको जितको राज के हो? appeared first on BIZMANDU.
आर्थिक असुरक्षाले खेलाडी पलायन बढ्दा खेलसँगै ‘साइड हसल’ खोज्ने लहर
काठमाडौं। अन्तर्राष्ट्रिय जर्सी लगाउने सपना बोकेका नेपाली खेलाडीको ठूलो चिन्ता अहिले खेल होइन, भविष्य बनेको छ। खेलबाट मात्रै जीवन धान्न गाह्रो भएपछि धेरै खेलाडी व्यवसाय, एकेडेमी र वैकल्पिक करिअरतर्फ मोडिन थालेका छन्।
‘ब्रेन ड्रेन’ मुलुकका लागि ठूलो समस्याका रुपमा रहँदै आएको छ। आर्थिक असुरक्षाकै कारण खेलकुद क्षेत्र पनि यसमा अछुतो छैन। क्षमता भएका खेलाडीलाई टिकाउनै नसक्दा अन्तर्राष्ट्रियस्तरमा हात पार्नुपर्ने नेपालका सहभागिता उत्साहजनक हुन सकेको छैन।
खेल व्यावसायिक नहुँदा खेलाडीले खेलुञ्जेल पनि आर्थिक चिन्ता छाड्दैन भने उर्वर समय खेलमा लगानी गरेर रिटायरमेन्ट लिएपछि के गर्ने भन्ने जवाफ न खेलाडीसँग हुन्छ भने त्यो खेलको संघसँग नै हुन्छ। त्यसैले फुटबल जस्ता ठूला खेलमा समेत पछिल्ला वर्षहरुमा खेलाडी पलायन हुने क्रम भयावह छ। पछिल्ला वर्षमा प्लेइङ ११ भित्रै पनि आधा दर्जनभन्दा बढी खेलाडीको आउने र जाने क्रम बढ्दो छ।
विश्वका ठूला लिग खेलिसकेकी महिला टोलीकी कप्तान सावित्रा भण्डारीले केही महिना अघिमात्र उपचारका लागि ‘क्राउड फण्डिङ’को गुहार लगाइन्। पैसा पनि २४ घण्टाभित्र चाहिएजति उठ्यो पनि। तर, यसले अझ गम्भीर प्रश्न खेलाडीसामू नै उभिएको छ – हामी आर्थिकरुपमा कति सुरक्षित छौं?
पलायनको मुख्य कारण यो एउटा हो। तर, केही खेलाडी यस्ता पनि छन् जसले खेलसँग ‘साइड हसल’ पनि गरिरहेका छन्। धाविका सन्तोषी श्रेष्ठ जस्ता खेलाडीहरु खेलसँगै शैक्षिक योग्यतालाई पनि सँगै लैजानुपर्छ भनेर पैरवी गरिरहेका छन्। केहीले क्याफे खोलेर भविष्यको ‘सेफ ल्याण्डिङ’ खोजिरहेका छन् भने केही खेल करिअर राम्ररी सुरु हुनुभन्दा अघिदेखि नै खेलकुदको व्यवस्थापनमा जुटेका छन्। केही खेल करियरसँगै एकेडेमी खोलेर आयआर्जनको धरातललाई बलियो पार्न खोजिरहेका छन्।
कल्याण भुजेल
१६ वर्षकै उमेरमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेका खेलाडी!
१६ वर्षको उमेरमा एउटा खेलाडीले केके गर्न सक्छ? सामान्य हिसाबले हेर्दा उसको करिअरकै टुंगो लागेको हुँदैन। आर्थिक, सामाजिक परिस्थितिदेखि पढाइसम्म अघि बढाउने संघर्ष उसले गरिरहेको हुन्छ।
कबड्डी खेलाडी कल्याण भुजेल यसको अपवाद हुन्। १६ वर्षको उमेरमै उनले राष्ट्रिय प्रतियोगिता आयोजना गरे। उनले आफ्नो दिवगंत दाजुको नाममा जुनियर स्तरको राष्ट्रिय प्रतियोगिता मधेश प्रदेशमा आयोजना गरे। यो प्रतियोगितालाई उनले तीन संस्करणसम्म आफ्नै बलबुताले आयोजना गरे। त्यसपछि पनि यो प्रतियोगिता सञ्चालनमा छ। तर, यसपछि भने प्रदेश सरकारको सहयोग उनलाई मिल्यो।
‘मैले कबड्डी सुरु गर्दा नेपालमा खासै प्रतियोगिता हुँदैनथ्यो। खेल्नै नपाए कसरी चिन्छ, कसरी अगाडि बढ्ने? यही सोचेर मैले आफैं केही गर्ने निर्णय गरें। म जम्मा १६ वर्षको थिएँ जब मैले पहिलो पटक जुनियर राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गरेँ,’ भुजेल भन्छन्, ‘सुरुमा कुनै सरकारी सहयोग थिएन। दाइहरूलाई सोधेर, जोसँग जति सहयोग पाइन्छ भनेर माग्दै, आफ्नै लगानीमा टुर्नामेन्ट गराएँ। दुई-तीन वटा प्रतियोगिता मैले एकदमै आफ्नै प्रयासले गराएँ, सरकारी डोनेसन नलिई।’
उनले त्यही उमेरमा किन प्रतियोगिता गराउन सुरु गरे? यसमा उनको आफ्नो भिजन छ। उनले करिअर थाल्दा कबड्डीको प्रतियोगिता कम हुने हुँदा अघि बढ्ने बाटो पहिल्याउन सकेनन्। प्रतियोगिता नभए पछि के गर्ने? त्यसपछि उनी आफैंले प्रतियोगिता गर्ने अठोट गरे। तर, अठोट गर्नु एउटा कुरा, यसका लागि लगानी जुटाउनु अर्को कुरा।
”जिल्ला स्तरको प्रतियोगितामा खेलाडीको खाजा, इन्स्योरेन्स, अफिसियलको खर्च सब जोड्दा तीन-चार लाख रुपैयाँ लाग्छ। प्रदेश स्तरमा गराउँदा जिल्ला अनुसार बजेट फरक हुन्छ- कुनै प्रदेशमा १४ वटा जिल्ला, कुनैमा १२, कुनैमा आठ। त्यहाँ करिब १० लाख सम्म खर्च हुन सक्छ,’ उनले भने, ‘राष्ट्रिय प्रतियोगितामा सात प्रदेश र विभागसहित करिब २० देखि २५ लाख रुपैयाँ सम्म लाग्छ- खाना, बस्न, इन्स्योरेन्स, रेफ्री सबै गरेर।’
कल्याण भुजेल। फाइल फोटो।
अर्को महिना फेरि प्रतियोगिता हुँदैछ। पछिल्ला प्रतियोगिता उनको व्यक्तिगत लागतमा नभएर सरकारको सहयोगमा हुने गरेको उनी बताउँछन्। तर, यसको व्यवस्थापन? सबैतिर उनी दौडिरहेका हुन्छन्। उनलाई यसैको चटारो रहन्छ।
‘अहिले मैले मधेश प्रदेश सरकारसँग मिलेर काम गर्छु। मधेश खेलकुद परिषद र मधेश प्रदेश कबड्डी संघसँग समन्वय गर्दै राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता आयोजना गर्दैछु। परिषदका सदस्य सचिव र प्रमुखसँग समन्वय गर्दै कबड्डीको लागि बजेट माग्नु पर्छ।’ उनले भने।
भुजेल राष्ट्रिय कबड्डी टोलीबाट पनि लामो समय खेलिसकेका खेलाडी हुन्। पहिलो संस्करणको नेपाल कबड्डी लिगमा उनी विराटनगर टोलीको कप्तान थिए। अहिले भने उनी खेल जीवनबाट अघि बढेर विराटनगरको प्रशिक्षण सम्हाल्ने तयारीमा छन्।
प्रतियोगिता आयोजना गराउन व्यवस्थापनकै काम पनि सहज नहुने उनी बताउँछन्।
‘दिनरात नभनी मन्त्रालय दौडिनु पर्छ, परिषद जानु पर्छ, हाकिमहरूलाई बुझाउनु पर्छ – यति पैसा राख्दा प्रतियोगिता हुन्छ, प्रदेशको नाम हुन्छ, सबै प्रदेशले देख्छन् कि मधेशले राष्ट्रिय टुर्नामेन्ट गरायो भनेर। कसैले पनि आफैं पैसा दिन्छु भन्दैन। त्यसैले आफैं अघि सर्नु पर्छ।’
अहिलेको जिम्मेवारीमा उनी  टिमहरू बोलाउने, अफिसियल हेर्ने, कार्यक्रम कसरी सञ्चालन हुन्छ त्यो व्यवस्थापन गर्नेलगायतका काम गर्छन्।
कप्तानका क्याफे
नेपालमा सबैभन्दा चर्चित खेल कुन हो? यसको जवाफ खोज्न फुटबल, भलिबल र क्रिकेटका समर्थकबीच राम्रै बहस हुन सक्छ। तर, नेपालका चर्चित तीनमध्ये दुई खेल भनेर फुटबल र क्रिकेटलाई लिँदा यसमा बहस आवश्यक पनि पर्दैन।
पुरुष फुटबलका कप्तान र क्रिकेट टोलीका कप्तानको साझा कुरा हो यी दुई खेलाडीको व्यवसाय। यी दुबै कप्तानले क्याफे चलाउँदै आएका छन्।
रोहितको क्याफेमा यूएईका कप्तान मोहम्मद वसीम। तस्बिर: १७ बिन्स क्याफे
रोहित पौडेलको बुद्धनगरमा क्याफे छ – १७ बिन्स क्याफे। रोहितले सामाजिक सञ्जालसहित अन्य नेपाली क्रिकेटर र विदेशी क्रिकेटरसमेत नेपाल आएका बेला आफ्नो क्याफेमा लगेर प्रचार गर्दै आएका छन्। यही महिना नेपाल सिरिज खेल्न आएका यूएईका कप्तान मोहम्मद वसीमलगायत रोहितको क्याफेमा पुगेका थिए। रोहितले लगानी क्याफेमा गर्न उपयुक्त भन्ने सुझाव पाएपछि लगानी गरेको बताउँदै आएका छन्।
त्यस्तै, फुटबलका कप्तान किरण चेम्जोङको क्याफे ‘चिया टाइम १६’ मध्य बानेश्वरमा छ। उनी पनि सामाजिक सञ्जालबाट आफ्नो व्यवासयको प्रचारप्रसार गरिरहन्छ। फुटबलका खेलाडीदेखि कलाकारहरुसम्म उनको क्याफेमा सामाजिक सञ्जालमा प्रचारप्रसार देख्न सकिन्छ। यसमा ३० लाख हाराहारीको लगानी भएको बताइएको छ।
किरणको क्याफेमा रोहित। तस्बिर: चिया टाइम/ इन्स्टाग्राम
एकेडेमीमा फुटबल खेलाडीको झुकाव!
फुटबल खेलाडीहरुको प्याटर्न हेर्दा चाहिँ दुईवटा मुख्य विकल्पमा काम गरिरहेको देखिन्छ। पहिलो करियरको बीचमा विदेश जाने र अर्को करियरसँगसँगै एकेडेमी चलाउने। यसरी एकेडेमीमा भविष्य देखिरहेका खेलाडीको सूची भने लामो छ।
क्याम्पमा विष्ट। तस्बिर: एबीएफटीसी
नेपाली पुरुष राष्ट्रिय टोलीका लागि सर्वाधिक १३ गोल गर्ने तीन खेलाडीमध्येका एक अञ्जन विष्टले अघिल्लो महिनामात्र अञ्जन विष्ट ‘एकेडेमीबाट नेक्स्ट जेन बुट क्याम्प’ आयोजना गरे। ललितपुरको बुद्धिविकास फुटबल मैदानमा उनले यो क्याम्प आयोजना गरेका थिए।
गत वर्ष असार राष्ट्रिय टोलीका दाजुभाइ खेलाडी जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले धुलिखेलमा डिभाइन एलाइट फुटबल एकेडेमी खेले। उनीहरु जस्तै राष्ट्रिय टोलीका गोलकिपर रहिसकेका र घरेलु फुटबलमा सक्रिय विशाल श्रेष्ठको पनि कपनमा नर्थ स्टार फुटबल एकेडेमी छ।
एकेडेमीमा ट्रेनिङ गराउँदै विशाल श्रेष्ठ। तस्बिर: नर्थस्टार फुटबल एकेडेमी
यी सक्रिय खेलाडीबाहेक एकेडेमी चलाउने पूर्व-खेलाडीको सूची भने लामो छ। खेलकुद व्यावसायिक र आर्थिक रूपमा अझै स्थिर बन्न नसक्दा खेलाडी मैदानसँगै भविष्यको सुरक्षाका लागि वैकल्पिक बाटो खोज्न बाध्य छन्। क्याफे, एकेडेमी, व्यवस्थापन र विदेश पलायनतर्फ बढ्दो आकर्षणले खेल क्षेत्रको संरचनागत कमजोरी पनि उजागर गरेको छ।
खेलाडीलाई दीर्घकालीन आर्थिक सुरक्षा, बीमा, रोजगारी र व्यवस्थित करिअर योजना दिन सकिएन भने प्रतिभा टिकाउने चुनौती अझ गम्भीर बन्ने देखिन्छ।
The post आर्थिक असुरक्षाले खेलाडी पलायन बढ्दा खेलसँगै ‘साइड हसल’ खोज्ने लहर appeared first on BIZMANDU.
एनपीएलका फाइल खोल्दै बालेन सरकार, बेटिङदेखि टेन्डरसम्ममा नजर
काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान)लाई कारबाही गर्नुपर्ने आशयसहितको पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पठाएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा भएको अनियमितताको छानबिन गर्न बनेको कार्यदलले मन्त्रालयमा यसअघि पेस गरेको प्रतिवेदनलाई आधार बनाउँदै क्यानको फाइल खोल्ने संकेत सरकारले गरेको हो।
राखेपमा नवीकरणसमेत नगरी चलिरहेको क्यानको साधारणसभा आन्तरिक विवादबीच सुरु भइरहँदा सरकारले क्यानप्रति ‘कडा रवैया’ अपनाउने भएको हो।
पछिल्ला वर्षहरूमा लगातार विश्वकपमा सहभागिता तथा एनपीएलको भव्य आयोजनाबाट वाहवाही कमाएको क्यान कतिपय विवादित विषयका कारण आलोचनाबाट टाढा छैन। खासगरी विश्वविद्यालसँग भाडामा लिएको मैदानमा खुलेआम जुवाको प्रचार गरेर एनपीएलका दुवै संस्करण र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत क्यानले विद्यमान कानुनको उल्घंघन गरेको थियो।
खेलकुदमन्त्री पोखरलेसँग क्यानका बहुमत केन्द्रीय सदस्य। तस्बिर: क्यान
पहिलेदेखि नै असन्तुष्ट प्रधानमन्त्री
मुलुकको क्रिकेटको सबैभन्दा ठूलो संस्था क्यानको ‘बेटिङ’ मोहप्रति प्रधानमन्त्री बालेन्द्र शाह पहिल्यैबाट असन्तुष्ट छन्। एनपीएल र अन्तर्राष्ट्रिय प्रतियोगितामा खुलेआम बेटिङको सेरोगेट भन्दै प्रचार गर्न पछि नपरेको क्यान अहिले हच्किएको देखिन्छ।
सम्बन्धित समाचार : ‘बेटिङ’मा बालेन कठोर बन्दा अप्ठ्यारोमा कसिँदै क्यान, कानुन छलेर क्रिकेटमा कसरी चलिरहेको यो धन्दा?
नयाँ सरकार आएयता क्यानले नेपाली टोलीका दुईवटा सिरिज टीयू क्रिकेट मैदानमा खेलाएको छ- पहिलो यूएईविरुद्ध टी-२० सिरिज र दोस्रो क्रिकेट विश्वकप लिग-२ को सिरिज।
एकाएक यी दुवै सिरिजमा नदेखिएको विषय थियो- बेटिङको विज्ञापन।
यसअघिसम्म बेटिङ साइटको नामको पछाडि ‘ब्याट’ या ‘न्युज’लेखेर विज्ञापन प्रवाह हुन्थ्यो। ‘डाफा न्युज’ र ‘वान एक्स ब्याट’का नाममा प्रचार भएका थिए।
बेटिङ होइन, न्युजको प्रोमोसन भन्दै आएको क्यान नेतृत्वले एकाएक पछिल्ला दुई सिरिजमा ती ‘साइट’को पनि प्रोमोसमन गरेन। वास्तवमा डाफा न्युजमा समाचार अपडेट पनि हुँदैन र त्यसका पाठक पनि देखिन्नन्। जुवाको सेरोगेसीमा आधारित विज्ञापनबारे बुझेका प्रधानमन्त्री बालेन्द्रले यसबारे सिधा चासो राखेको थाहा पाएपछि क्यानले रणनीतिक मुभ लिएको हो।
बेटिङ साइटको प्रोमोसन नभएको पुष्टि भएपछिमात्रै विभागीयमन्त्री सस्मित पोखरेल यूएई र ओमनसँगको सिरिजको अन्तिम खेल हेर्न टीयू मैदान पुगेका थिए। उनले प्रतियोगितापछि खेलाडीसँग अन्तर्क्रिया समेत गरेका थिए।
खुल्दै पुराना फाइल
नेपाल प्रिमियर लिगको दुवै संस्करणमा सार्वजनिक खरिद ऐन मिचिएको थियो भने बेटिङको विज्ञापनदेखि ‘मनी लन्ड्रिङ’सम्मको विषय जोडिएको थियो। ती विषयलाई लिएर क्यानमाथि उजुरीहरू परेका थिए।
पहिलो संस्करणपछि अख्तियारमा परेका उजुरीका आधारमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कार्यदल बनाएर क्यानमाथि छानबिन सुरु गरेका थिए। तर, क्यानले छानबिनमा सहयोग नगरेको, जवाफ नदिएको र तीनमध्ये दुई पत्रको सतही जवाफमात्र दिएको थियो।
जवाफप्रति कार्यदलको प्रतिवेदनमा क्यानबाट असहयोग भएको उल्लेख छ। कार्यदल सदस्यमाथि त्यतिखेर क्यान र राखेपबाट पनि दवाव दिइएको थियो।
उक्त प्रतिवेदन खेलकूद मन्त्रालयले बुझेको मात्र के थियो, नेपालमा जेन-जी आन्दोलन भयो र सरकार ढल्यो। त्यसपछि प्रतिवेदन ‘होल्ड’मै रह्यो।
सम्बन्धित समाचार : एनपीएल छानबिनको फेहरिस्त : अख्तियारमा उजुरीदेखि क्यानको जवाफसम्म, के-के भए?
अब भने सरकारले त्यही प्रतिवेदनका आधारमा क्यानलाई कस्ने संकेत देखाएको छ। त्यसको प्रमाण हो- मन्त्रालबार राखेपमा पठाएको एउटा पत्र।
२०८२ भदौ ५ मा गठित कार्यदललाई क्यानले असहयोग गरेको सन्दर्भ उक्त पत्रमा उल्लेख छ।
‘श्रेस्ताको जाँचबुझ गर्न सोसम्बन्धी अभिलेख उपलब्ध गराउने बाध्यात्मक व्यवस्था रहेकोमा सो कानुनी प्रावधान क्यानले पालन गरेको देखिएन,’ मन्त्रालयले राखेपलाई पठाएको पत्रमा भनिएको छ।
एनपीएल पहिलो संस्करणको टाइमलाइन।
क्यानको असहयोगले उजुरीहरूको निरुपण गरेर कारबाही किनारा गर्नुपर्नेमा सो हुन नसकी फाइनल अनिर्णित रहेको पत्रमा प्रष्ट रुपमा खुलाइएको छ।
‘यस सम्बन्धमा क्यानलाई खेलकुद विकास ऐन २०७७ को दफा २९ बमोजिम कारबाही गर्ने र निलम्बन गर्नेसम्मका कारबाही गर्नुपर्ने देखिएकाले आयोगको पत्र बमोजिमको जवाफ र आवश्यक कागजातसमेत प्राप्त नभए सोही ऐनको दफा २९ बमोजिम कारबाही किन नगर्ने भनी राखेपमार्फत अन्तिम पटक चेतावनीसहितको शर्त पालन गर्न निर्देशन सहितको स्पष्टीकरण सोधी जवाफ माग गरी आवश्यक कारबाही अघि बढाउने भनि मन्त्रीस्तरको निर्णयअनुसार आवश्यक कार्यार्थ पत्र पठाइएको व्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ।
प्रतिवेदन बुझाउँदै कार्यदलका सदस्य।
दोस्रो संस्करणमा क्यान भित्रै विभाजन
गएको चैत २३ मा क्यानको केन्द्रीय कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आय-व्ययको विवरण अनुमोदन गरेको थियो। दोस्रो संस्करणको आयव्ययको विवरण अनुमोदन गर्दा हिसाब गडबढी भएको भन्दै उपाध्यक्ष लगायतका कार्यसमितिका सदस्यहरू उपस्थित भएका थिएनन्।
त्यसको असर कोरम नपुगेको आधारमा बैठक स्थगित भएको थियो। अर्को दिन क्यानभित्रको समीकरण ‘मुस्किल’ले मिलाएर बहुमतले हिसाबकिताव पारित गरियो। उक्त दिन पनि उपाध्यक्ष लगायतका बाँकी सदस्य अनुपस्थित रहे। तिनै सदस्यहरूले केही दिन अघि ‘क्यानको अडिट रिपोर्ट पाउँ’ भन्दै राखेपमा उजुरी गरेका थिए।
मन्त्रालयको पत्र र कार्यसमिति सदस्यकै उजुरीपछि राखेपका सदस्य सचिव रामचरित्र मेहेता र खेलकुदमन्त्रीका सल्लाहकार सिद्धि बेनबीच दुई घण्टा छलफल भएको स्रोतको दाबी छ। त्यसपछि सदस्यसचिव विराटनगर गएका छन्। मन्त्रालयबाट भएको पत्राचार र प्रधानमन्त्री शाहको चासोका कारण यसपटक क्यानमाथिको छानबिन पहिलाजस्तो सहज नहुने देखिन्छ।
The post एनपीएलका फाइल खोल्दै बालेन सरकार, बेटिङदेखि टेन्डरसम्ममा नजर appeared first on BIZMANDU.
नेपालसँग हारपछि यूएईका खेलाडीको अम्पायरसँग घम्साघम्सी, प्रशिक्षक राजपुतले के भने?
खास गरी अन्तिम ओभर र खेल सकिएपछि भने स्टेडियममा सहज वातावरण थिएन। खासगरी खेलको अन्तिम ओभरका दुई बल नन्दनले डट फ्याँकेका थिए। तर, यूएईका खेलाडी अम्पायरको यो निर्णयमा खुसी थिएनन्। उनीहरु वाइड मागिरहेका थिए।
खेल सकियो। लगत्तै क्रिजका ब्याटरहरु नेपाली खेलाडीसँग हेण्डसेक गरेर डगआउट तिर आए। अम्पायर त्यहाँ पुगेर नेपाली खेलाडीसँग हात मिलाउँदै गर्दा यूएईका खेलाडी भेला भएर असन्तुष्टि पोख्दै थिए। नेपाली खेलाडी त्यहाँबाट फर्किए। यो सँगै मैदानमा यूएईका कप्तान मोहम्मद वसीमलगायतका खेलाडी अम्पायरसँग असन्तुष्टि पोखिरहेका थिए। अम्पायरहरु नेपालका दुर्गानाथ सुवेदी र श्रीलंकाका रवीन्द्रा विमलसासिरी त्यहाँ थिए। पछि अम्पायरहरु पनि गएपछि असन्तुष्ट यूएईका खेलाडी डगआउट तिर फर्किए।
नेपाल र यूएईबीचको खेलमा यस्तो नोकझोक नयाँ कुरा चाहिँ होइन। अघिल्ला साइकलका सिरिजमा सन्दीप लामिछाने र रोहन मुस्तफा, आशिफ शेख र मुस्तफासँगै मोहम्मद वसीम पनि नोकझोकमा उत्रिएका थिए।
यूएईका कप्तान वसीमले त यसैपाला टी-२० सिरिजमा अम्पायरको स्तरमा प्रश्न गरेर कारबाही समेत व्यहोरिसकेका छन्। उनले यसबाट एक डिमेरिट अंक, म्याच फीको १५ प्रतिशत फाइन ब्यहोरेका थिए। यो फाइन जारी सिरिजभन्दा ठीक अघि सम्पन्न टी-२० सिरिजको हो। आजको भनाभनमा अम्पायरले सहज रुपमा नलिए फेरि कारबाहीको सम्भावना रहन्छ।
खेलपछि यूएईका प्रशिक्षक लालचन्द राजपुतले भने आजको खेल निकै उत्कृष्ट र हेर्नलायक भएको भन्दै यस्तो खेलमा मान्छे भावनात्मक हुनु सामान्य भएको बताए।
‘हामीले यो जित्नुपर्ने थियो,’ उनले खेलपछिको घटनाबारे भने, ‘हेर्नुस्, यस्तो भइरहन्छ किनभने जब खेल प्रतिस्पर्धात्मक हुन्छ, मानिसहरूमा भावना आउँछन् र सबैजना जित्न चाहन्छन्। त्यसैले मलाई लाग्छ खेल सकिएपछि ठिकै छ, तर मैदानमा हामी कठोर हुनैपर्छ।’
जितसँगै नेपाल १६ अंक जोडेर सातौँ स्थानमा छ। १२ अंक बनाएको यूएईमाथि भने आजको हारले थप संकट थपेको छ। लिग-२ को अंकतालिकामा शीर्ष चारभित्र रहन नसके ग्लोबल क्वालिफायर सँगै एकदिवसीय मान्यता नै जोखिममा पर्ने सम्भावना रहन्छ।
The post नेपालसँग हारपछि यूएईका खेलाडीको अम्पायरसँग घम्साघम्सी, प्रशिक्षक राजपुतले के भने? appeared first on BIZMANDU.
ऐरीको शतक, भण्डारीको अर्धशतक र लामिछानेको कसिलो बलिङ: अन्तिम बलमा नेपालको यूएईमाथि जित
काठमाडौं। नेपाली क्रिकेट टोलीले यूएईलाई हराएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिदेशीय सिरिजको आज सम्पन्न खेलमा नेपालले यूएईलाई ६ रनले हराएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो। यूएई जवाफी ब्याटिङमा उत्रिएपछि वर्षाले खेल अवरुद्ध गरेको थियो। यूएईले ४.१ ओभरमा १ विकेट गुमाएर ३६ रन बनाएर खेलिरहँदा वर्षा सुरु भएको थियो। युएईका ओपनर १४ रन बनाएका अदीप उस्मानीलाई नन्दन यादवले आउट गराएका थिए। क्रिजमा आर्यन्स शर्मा र मोहम्मद सहदादाद क्रिजमा थिए। यसपछि खेल सुरु हुँदा ओभर घट्यो र यूएईले ३८ ओभरमा २५५ रन बनाउनुपर्ने भयो। तर, अन्तिम बलसम्म चलेको खेलमा यूएईले ८ विकेट गुमाएर २४८ रनमा समेटियो। अन्तिम बलमा छक्का प्रहार गर्न नन्दनले रोकेपछि नेपाल विजयी भएको हो।
वर्षाको सम्भावनाका बीच चलेको खेलमा वर्षा त फेरि भएन तर नेपालले कसिलो बलिङ गर्दै युएईलाई लक्ष्यसम्म पुग्न दिएन। यूएईका मोहम्मद सहदादले सर्वाधिक ६५ रन बनाउँदै बलियो प्रदर्शन गरे पनि उनलाई सन्दीप लामिछानेले एलबीडब्लु आउट गरेर नेपाललाई ब्रेकथ्रु दिलाए। त्यस्तै, हरप्रीत सिंहले ४१ र आर्यंश शर्माले ३३ रन बनाए।
बलिङमा सन्दीप लामिछानेले ३ विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान २ विकेट लिए।
नेपालको इनिङ्स
ब्याटिङमा दीपेन्द्र र गुल्सन। तस्बिर: क्यान
त्यसअघि नेपालले सुरुवाती ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो।
ब्याटिङमा विनोद भण्डारी। तस्बिर: क्यान
पछिल्ला वर्षहरुमा नेपाली टोलीको नियमित ओपनिङ सम्हाल्दै आएका आशिफ शेख र कुशल भुर्तेल नै आज बेन्चमा समेटिए। भुर्तेलको ठाउँमा अर्जुन कुमालले राष्ट्रिय टोलीमा डेब्यु गर्दा र आशिफको ठाउँमा विनोद भण्डारीले पुनरागमन गरे।
प्रधानमन्त्री कपमा सर्वाधिक रनकर्ता अर्जुन ११ रन बनाएर पभेलिय फर्किए पनि लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका विनोद भण्डारीले आफ्नो पुनरागमनलाई न्याय गरे। उनले अर्धशतकीय इनिङ्स खेल्दै ५६ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीको खराब लयले आज पनि निरन्तरता पायो। भीम दुई बल फेस गर्दै अजयकुमारको बलमा आउट हुन पुगे।
कप्तान रोहितकुमार पौडेलको प्रदर्शनमा आज केही सुधार आयो। उनले ४८ बलमा ३ चौकाको सहायता ३९ रन बनाउँदै जुनैद सिद्धिकीको बलमा मोहम्मद सहदादबाट क्याचआउट भए।
त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीको ब्याटिङमा भने आज पनि सानदार रह्यो। उनले शतकीय इनिङ्स खेल्दै सर्वाधिक १०० रन बनाए।
ऐरीले यसअघिका दुई खेलमा पनि अर्धशतकीय इनिङ्स खेल्दै नेपालको ब्याटिङमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि पहिलो खेलमा उनले यूएईविरुद्ध ७५ र ओमनविरुद्ध ६० रन बनाएका थिए।
त्यस्तै, आरिफ शेखले ११ रन बनाउँदा गुल्सन झा अर्धशतक बनाउनबाट चुके। झा ३८ बलमा ४४ रन बनाएर छक्का हान्दै अर्धशतक बनाउने सुरुमा बाउन्ड्री नजिक क्याचआउट हुन पुगे।
बलिङमा यूएईका जुनैद सिद्धिकी र अजय कुमारले समान २ तथा हैदर अली र खुजैमा तन्वीरले समान १ विकेट लिए।
जितसँगै नेपालले अंकतालिकामा १६ अंक बनाएको छ। तर, तालिकाको सातौँ स्थानमा कायम छ।
The post ऐरीको शतक, भण्डारीको अर्धशतक र लामिछानेको कसिलो बलिङ: अन्तिम बलमा नेपालको यूएईमाथि जित appeared first on BIZMANDU.
यूएईविरुद्धको जितले छोपिएको नेपालको ब्याटिङको कमजोरी, फर्मका खेलाडीमा पनि अविश्वास!
काठमाडौं। क्रिकेट विश्वकप लिग-२ मा नेपालले घरेलु मैदानमा ओमन र यूएईसँग त्रिकोणात्मक सिरिज खेलिरहेको छ। शनिबार पहिलो खेल यूएईविरुद्ध खेलेको नेपालले दोस्रो खेल ओमनविरुद्ध खेल्दैछ।
शनिबार नेपालले यूएईलाई हराउँदै संकटमा राहतको सास फेरे पनि पुराना कमजोरीलाई भने निरन्तरता दिएको छ। एक दिवसीय क्रिकेटमा नेपालको पुरानो र गहिरो समस्या हो – ५० ओभर टिक्नै नसक्ने।
यूएईविरुद्ध क्रिजमा दीपेन्द्रसिंह ऐरी। तस्बिर; क्यान
शनिबार नै इण्डियन प्रिमियर लिगमा दुई खेल भएका थिए। पहिलो खेलमा टी-२० फर्म्याटमा दिल्ली क्यापिटल्सले २६४ रन डिफेन्ड गर्न सकेन। पञ्जाबले यो १८.५ ओभरमा लक्ष्य भेट्टायो। दोस्रो खेलमा राजस्थान रोयल्सले दिएको २२८ रनको लक्ष्य पनि सनराइजर्स हैदराबादले १८.३ ओभरमै भेट्टायो।
जितका बाबजुद नेपालको ब्याटिङमा र खासगरी शीर्षक्रममा प्रश्न गर्ने प्रशस्त ठाउँ छन्। यो खेल बलिङको दममा नेपालले जितेको यूएईका कप्तान मोहम्मद वसीमले खेलपछि बताएका थिए।
‘यो पिचमा २०० रन भनेको भेट्टाउन सकिने लक्ष्य थियो। हामीले ब्याटिङमा सक्नु पर्थ्यो,’ उनले भने, ‘नेपालले बलिङ सधैं राम्रो गर्दै आएको छ। उनीहरुको बलियो पक्ष अझै फिल्डिङ हो।’
विकल्पमा अविश्वास?
लिग-२ को खेलभन्दा ठीक अघि नेपालको घरेलु क्रिकेट प्रधानमन्त्री कपसम्पन्न भएको थियो। यो प्रतियोगितामा नेपालका मुख्य ब्याटरहरु रोहितकुमार पौडेल, भीम सार्कीजस्ता खेलाडीहरुको फ्लप भए।
नेपालको विकेट सेलिब्रेसन। तस्बिर : क्यान
यो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष सातभित्रमा आशिफ शेखमात्र राष्ट्रिय टोलीका नियमित खेलाडी हुन्। भीम यो तालिकाको १५ औँ स्थानमा छन् भने रोहित ४३ औँ स्थानमा छन्। यो प्रतियोगितामा सर्वाधिक रन बनाएका अर्जुन कुमालले ९ खेलबाट ५०४ रन बनाउँदा भीमले १० खेलबाट २५३ र रोहितले ९ खेलबाट २१२ रन बनाए छन्। यो सूचीमा दोस्रो स्थानमा रहेका आशिफले ९ खेलबाट ४५७ र तेस्रो स्थानका विनोद भण्डारीले १० खेलबाट ४०४ रन बनाएका छन्।
पीएम कपमा उत्कृष्ट ब्याटिङ गरेका कुमाल यसपाला राष्ट्रिय टोलीमा परेका छन्। तर, शनिबार उनले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाएनन्। त्यस्तै, पुनरागमनको पर्खाइमा रहेका विनोद भण्डारी पनि शनिबार प्लेइङ ११ मा आएनन्।
अब, यसले प्रश्न उठाएको छ, अनुभव महत्त्वपूर्ण कि फर्म?
कप्तान रोहित पौडेल अनुभवलाई महत्त्वपूर्ण मान्छन्।
‘मलाई के लाग्छ भने हाम्रो जुन सेटअप छ, पछिल्ला दुई तीन वर्षदेखि जुन खेलाडीले योगदान गरिरहनु भएको छ, त्यसलाई बिर्सनु हुँदैन,’ उनले भने, ‘ठूला टिमसँग खेल्न जुन अनुभव उहाँहरुसँग छ, त्यो धेरै महत्त्वपूर्ण छ।’
प्रधानमन्त्री कपमा नयाँ खेलाडीबाट आएको प्रदर्शनले बढेको प्रतिस्पर्धालाई उनी स्वस्थ प्रतिस्पर्धा मान्छन्।
लिग-२ मा अब अन्तिमका १५ खेलहरु धेरै महत्वपूर्ण भएकाले जोखिम लिन नसकिने आशय उनको छ।
‘अहिले नयाँ कोही आएर अलिकति समय लाग्न सक्छ। तर, सेटअपका खेलाडीहरुसँग अनुभव छ। कहिलेकाहिँ क्लिक नहुन सक्छ तर हामीलाई उहाँहरुले राम्रो गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘खेलाडीलाई ब्याकिङ गर्न महत्त्वपूर्ण हुन्छ। व्यवस्थापनले ब्याक नगरे खेलाडीमा असुरक्षाको भाव आउन थाल्छ।’
रोहित सेटअपका खेलाडीलाई संरक्षण नगरे नयाँ आउने खेलाडी पनि त्यही समस्यामा पर्ने बताउँछन्।
कस्तो छ अर्को प्रतिस्पर्धी ओमन?
त्रिकोणात्मक सिरिजमा नेपालको अब अर्को प्रतिस्पर्धी हो ओमन। ओमनसँग नेपालले बुधबार खेल्दैछ।
नेपाल आएर ओमनले दुई खेलको सिरिज खेलेको थियो नेपाल ‘ए’सँग। पहिलो खेल ओमन र दोस्रो खेल नेपाल ‘ए’ ले जित्यो। ओमनले अब सोमबार यूएईविरुद्ध सिरिजको पहिलो खेल खेल्नेछ। नेपाललाई यो खेलबाट पनि परख गर्ने अवसर हुनेछ।
ओमनका कप्तान जतिन्दर सिंह लामो समयसँगै खेलिरहेको टोली भएकाले आफ्नो टोली बलियो भएको बताउँछन्।
उनी अप्रिलकै सुरुमामा मात्रै नामिबिया र स्कटल्याण्डविरुद्ध त्रिकोणात्मक सिरिज खेलेर आएकाले टीम सहि स्थितिमा रहेको नेपालसँगको सिरिजको दौरान बताएका थिए।
‘हामी कुनै पनि टिमलाई कमजोर आँक्ने छैनौँ। सबै टोली बराबरीका छन्। त्यही दिन जसले कम गल्ती गर्छ उसले जित्ने हो,’ उनले भनेका थिए, ‘हामी गेमबाइ गेम योजना बनाएर जाने छौँ।’
नेपाली खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू
यता नेपाली टोलीका कप्तान रोहित पनि नेपाल ‘ए’ ले ओमनलाई हराउँदैमा कमजोर आँक्न नसकिने बताए।
‘अंकतालिकामा ओमनमाथि छ हामीभन्दा। उसलाई हल्कारुप लिन हुँदैन। नेपाल ‘ए’ले हराएको छ भन्दैमा नेपालले सजिलै हराउँछ भन्ने हुँदैन,’ उनले भने, ‘टिमको रुपमा चाहिँ नेपाल ‘ए’ले हराएको छ भने हामी पनि हराउँछौँ भन्ने विश्वास छ।’
नेपाल र ओमन बुधबार कीर्तिपुरमा आमनेसामने हुनेछन्। २४ खेलबाट २९ अंक बनाएको ओमन तालिकाको तेस्रो स्थानमा छ भने २१ खेलबाट १४ अंक बनाएको नेपाल दोस्रो र २१ खेलबाटै १० अंक बनाएको यूएई आठौं स्थानमा छ। लिग-२ मा एसोसिएटका ८ टोली प्रतिस्पर्धामा छन्।
The post यूएईविरुद्धको जितले छोपिएको नेपालको ब्याटिङको कमजोरी, फर्मका खेलाडीमा पनि अविश्वास! appeared first on BIZMANDU.
स्टेडियमको सम्झौता नवीकरण गर्न खोज्दै क्यान, सरकारी प्रतिवेदनले अप्ठ्यारोमा टीयू
काठमाडौं। नेपाली क्रिकेट टोलीले सोमबार र मंगलबार टीयू क्रिकेट मैदानमा यूएईसँग टी-२० सिरिज खेल्दैछ। यो खेल नेपालले घरेलु मैदानमा फ्लडलाइटमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेल बन्दैछ।
लगत्तै, ओमन र यूएईसँग क्रिकेट विश्वकप लिग-२ को सिरिज र तुरुन्तै अमेरिका र स्कटल्याण्डसँगको सिरिज पनि खेल्दैछ। करिब १० अर्ब लागत लाग्ने गरी टीयू क्रिकेट मैदानको गुरु योजना मन्त्रिपरिषद्बाट स्वीकृत भएर राष्ट्रिय प्राथमिकतामा परेको थियो। सरकारले यसमा लगानी थपेकोथप्यै पनि छ।
यो स्टेडियम रहेको क्षेत्र नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन विश्वविद्यालयसँग भाडामा लिएको छ। यो सम्झौता यही मसान्तबाट सकिँदैछ। त्यसअघिसम्म यो मैदानमा धमाधम खेलहरु हुँदैछन्।
यो सम्झौता नवीकरण होला? यो विषय पेचिलो बन्दै गएको छ। हाल युवा तथा खेलकुद तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दुबैको नेतृत्वमा छन् मन्त्री सस्मित पोखरेल। एकातर्फ सरकारको लगानी सँगसँगै लोकप्रियता र आर्थिक हिसाबले प्रगति गरिरहेको क्यान छ भने अर्कोतर्फ शैक्षिक केन्द्र त्रिभुवन विश्वविद्यालय।
त्रिभुवन विश्वविद्यालय क्यानसँगको सम्झौता नवीकरण गर्ने पक्षमा छैन। मन्त्री पोखरेलले यसबारे केही धारणा दिएका छैनन् तर यसअघिका मन्त्री महावीर पुन यो सम्झौता नवीकरण गर्नै नहुने पक्षमा थिए।
त्रिविका उपकुलपति दीपक अर्याल प्रारम्भिक चरणको संवाद सुरु भए पनि निर्णय गर्ने चरणमा पुगिनसकेको बताउँछन्। ‘विश्वविद्यालयको संरक्षण गर्ने दायित्व हुन आउँछ,’ उनले भने, ‘क्रिकेटबारे प्रारम्भिक कुरा चलिरहेको छ। ठ्याक्कै रोडम्याप बनिसकेको छैन।’
सरकारभन्दा बाहिरको एजेन्सीका लागि भने टीयू नरम नहुने संकेत उनले दिए।
अर्कोतर्फ चैत २३ गते बसेको क्यानको केन्द्रीय समितिले राखेपमार्फत सरकारलाई टीयू क्रिकेट मैदानको सम्झौता नवीकरण गर्न आग्रह गर्ने निर्णय गरेको थियो।
‘त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरको करार सम्झौता अवधि समाप्त हुन लागेको र उक्त खेलमैदानलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशालाको पहिलो चरणको काम सम्पन्न भई फ्लडलाइट समेत जडान भएको र उक्त मैदान नेपाली क्रिकेट खेलको विकासको लागि अपरिहार्य रहेको हुँदा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता अवधि थपका लागि तथा हाल राष्ट्रिय खेलकुद परिषद् मातहत संचालनमा रहेको तल्लो मुलपानी क्रिकेट मैदान यस संघलाई हस्तान्तरण गरिदिनका लागि राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो,’ क्यानको निर्णयमा भनिएको छ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रामचरित्र मेहताले पनि यो महिना समय बाँकी रहेको भन्दै छलफल सुरु भएको तर निर्णय हुने स्तरमा पुगिनसकेको बताए। ‘टर्म्स एण्ड कन्डिसन स्पष्ट भएपछिमात्र निर्णय हुने गरी छलफल होला। समय अझै छ,’ उनले भने।
सरकारको प्रतिवेदनले नवीकरणमा अप्ठ्यारोमा टीयू
अर्कोतर्फ मन्त्रिपरिषदले नै गठन गरेको त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनले क्यानसँग टीयू क्रिकेट मैदानको सम्झौतामा त्रिविलाई घाटा पर्ने गरी सम्झौता गरेको र अख्तियारबाट यसको छानबिन हुनुपर्ने जनाएको छ।
यो प्रतिवेदनले ७० रोपनी जग्गा भोगचलन भनेर दिए पनि १०० रोपनी भन्दा बढी ओगटेको जनाएको छ। २०५३ सालमा कार्यकारी परिषद्को निर्णयले कीर्तिपुरको स्टेडियमलाई निर्माण र मर्मत गरेर क्रिकेट स्टेडियम बनाउन दिने निर्णय गरेको थियो। यसअघि यो स्टेडियम फुटबलको थियो। यो स्टेडियममा दक्षिण एसियाली स्तरको फुटबल प्रतियोगितासमेत भइसकेको छ।
अन्तर्राष्ट्रिय प्रतियोगिता र खासगरी नेपाल प्रिमियर लिग (एनपीएल)का दौरान क्यान र टीयूबीच सम्बन्ध राम्रो हुन सकेन। क्यानले समर्थक व्यवस्थापनका लागि भन्दै टीयू गेटबाटै प्रवेश गर्न कडाइ गर्दा प्राध्यापक र विद्यार्थीले समस्या भोग्नुपरेको गुनासो आएको थियो। त्यस्तै, मैदान नजिकै रहेको गर्ल्स होस्टलमा पनि दिनरातको होहल्ला र अवरोधले पढाइमा प्रत्यक्ष असर गरेको भन्दै विरोध नै गरेका थिए।
प्रतिवेदनमा सुरुमा विसं. २०५३ सालमा स्टेडियम निर्माणको स्वीकृति दिइएको र २०५४ देखि २०५९ सम्म ५ वर्षका लागि पहिलो सम्झौता भएको जनाएको छ। पछि २०५९ सालमा पुन: निर्णय गरी २०८३ वैशाख मसान्तसम्मका लागि यो जग्गा भाडामा दिने नयाँ सम्झौता भएको जनाएको छ। यस सम्झौता अनुसार भाडा रकम सुरुका वर्षहरूमा वार्षिक ३ लाख र पछि बढेर वार्षिक ६ लाख रूपैयाँ तोकिएको छ, जसमा निश्चित अवधिपछि १५ प्रतिशतका दरले भाडा वृद्धि हुने प्रावधान समेत राखिएको छ।
तर, सम्झौता भन्दा बाहिर गएर चलखेल भएको प्रतिवेदनले जनाएको छ। यसमा पहिले महँगोमा भाडा बढाउने सहमति भइसकेकोमा पछि कर्मचारी वा पदाधिकारीले उल्टै भाडा घटाएर सम्झौता गरिदिएकाले यसलाई आर्थिक घोटालाको रूपमा प्रतिवेदनले व्याख्या गरेको छ।
समितिले यसरी पहिले नै तय भइसकेको वृद्धिको सर्त नमानी कम भाडामा जग्गा दिनुलाई ‘अनियमित’ र ‘विधि सम्मत नभएको’ ठहर गरेको छ। यसबाट त्रिभुवन विश्वविद्यालयलाई गम्भीर आर्थिक हानि पुगेको र यसमा भ्रष्टाचार भएको हुन सक्ने आशंका समेत गरिएको छ।
प्रतिवेदनको सुझावमा २०५९ मा सम्झौता नवीकरण गर्दा भाडा रकम ६ लाख ९० हजार कायम हुनुपर्नेमा सेटिङ गरेर ३ लाख मात्र बनाइयो। यसले गर्दा पहिलो वर्षमै त्रिविलाई झन्डै ३ लाख ९० हजार घाटा भयो। यही गलत नजिरका कारण २०५९ देखि २०८१ सम्म आइपुग्दा विश्वविद्यालयले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको दाबी गरिएको छ।
यसमा जानाजानी घटी दरमा भाडा तोकेर भ्रष्टाचार गरेको आशंकामा उक्त निर्णयमा संलग्न त्रिविका पदाधिकारी र कर्मचारीहरू माथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप छानबिन र अनुसन्धान गर्नुपर्ने सुझाव दिइएको छ।
प्रतिवेदनले प्राज्ञिक क्षेत्रमा असर पर्ने भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न दिनु उपयुक्त नहुने सुझाव दिएको छ।
The post स्टेडियमको सम्झौता नवीकरण गर्न खोज्दै क्यान, सरकारी प्रतिवेदनले अप्ठ्यारोमा टीयू appeared first on BIZMANDU.
पीएम कपमा राष्ट्रिय टोलीका ‘ठूला’ खेलाडी नै छायामा, ढोका ढक्ढकाउने खेलाडी को हुन्?
काठमाडौं । नेपाली क्रिकेट टोलीले पछिल्ला वर्षहरुमा एकदिवसीय क्रिकेट खेल्दा होस् या टी-२० टोलीमा धेरै परिवर्तन देखिएको छैन। भारतमा टी-२० विश्वकप खेलेर फर्किएको नेपाललाई अब एकदिवसीय फर्म्याटमा स्वीच हुनुपर्ने आवश्यकता छ।
टी-२० फर्म्याटमा लगातार विश्वकप खेलेर ‘गौरवगाथा’ गाइरहेको नेपाली टोलीको स्थिति एकदिवसीय फर्म्याटमा ठीक उल्टो छ। ८ टोली सहभागी क्रिकेट विश्वकप लिग-२ मा सातौँ स्थानमा रहँदै नेपाल अफ्ठेरो स्थितिमा छ। यसलाई दुईवटा समस्या उत्पन्न हुनेवाला छन्। पहिलो: नेपालको एकदिवसीय मान्यता निकै जोखिममा परेको छ भने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने सम्भावना अझ कमजोर बन्दै गएको छ। यी मध्ये पहिलो समस्या धेरै चिन्ताजनक छ।
एकदिवसीय फर्म्याटमा यो स्थिति आउनुको कारण के? जवाफ- नेपालकै प्रदर्शन। लिग-२ मा २० खेल खेल्दा मात्रै ५ वटामा नेपालले जितेको छ। आधाभन्दा बढी लिग-२ का खेल खेलिसक्दा नेपाल दयनीय स्थितिमा छ। नेपाल भन्दा पछाडि तालिकामा यूएईमात्र छ। यूएईले पनि अब एक खेल जिते नेपाललाई भेट्नेछ। जबकी नेपाल भन्दा एक स्थानमाथि रहेको क्यानडालाई यथास्थितिमा भेट्न नेपालले कम्तीमा पाँच खेल जित्नुपर्नेछ।
नेपाली क्रिकेट टोली। तस्बिर: क्यान
पीएम कपबाट राष्ट्रिय टोली ताक्दै खेलाडी
युवा खेलाडीदेखि पुनरागमन चाहने खेलाडीलाई राष्ट्रियमा पुग्ने बाटो के? घरेलु लिग। मल्टिडेमा झारा टार्ने हिसाबले जय ट्रफी क्यानले गरिरहेको छ। यसपालासम्म मात्रै चार टोलीले यो ट्रफी खेल्दै आएका छन्। यसले सबै खेलाडीलाई अवसर दिँदैन। त्यस्तै, वर्षमा एक महिना चल्ने नेपाल प्रिमियर लिगलाई टी-२० फर्म्याटका लागि उपयोगी मान्न सकिए पनि ५० ओभर नै हतपत्त नटिक्ने तथ्यांकमा उभिएको नेपालका लागि आदर्श मान्न सकिँदैन।
यस्तोमा प्रधानमन्त्री कप लिग-२ मा खेलाडी छनोटको मुख्य आधार बन्न सक्छ।
प्रधानमन्त्री कपमा फाइनल खेलमात्र बाँकी रहँदा राष्ट्रिय टोलीमा पुनरागमन चाहने खेलाडी र डेब्यु चाहने खेलाडीले राष्ट्रिय टोलीका नियमित खेलाडीलाई नै छायाँमा पार्ने काम गरिरहेका छन्।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष पाँच खेलाडीमा मुस्किलले १ जना मात्र राष्ट्रिय टोलीका नियमित खेलाडी छन्। अझ, ओडीआईमै देब्रेहाते ब्याटरदेखि कन्सिस्टेन्सी देखाइरहेका खेलाडीको बलियो प्रदर्शन छ।
आशिफ शेख र विनोद भण्डारी। तस्बिर: क्यान
यो तथ्यांकले लिग-२ का दुई वटा सिरिज यही महिना काठमाडौंमै हुने सिरिजका लागि खेलाडी छनोटमा ठूलै प्रतिस्पर्धा हुने देखिन्छ।
तर, केही खेलाडीहरु यी सबै प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा छनोट भइनेमा आशावादी छैन। अर्थात खेलाडी छनोट ‘फेयर’ नहुने बहस पनि बेलाबेला नेपाली क्रिकेटमा आउने गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)का बेला भण्डारीले एनपीएल लगायत नेपालका घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेर पनि राष्ट्रिय टोलीमा पर्ने ग्यारेन्टी नभएको दाबी गरेका थिए।
‘५० ओभरको खेलमा पनि एनपीएलमा जस्तै राम्रो प्रदर्शन भइरहेको छ,’ उनले प्रश्न गरेका थिए, ‘सेलेक्सन म्याच हो भने राम्रो प्रदर्शन गरेको खेलाडी किन टिममा पर्दैन? पीएम कपमा पनि टप फाइभ पर्फमेन्स गरेका टप फाइभ खेलाडीहरु राष्ट्रिय टोलीको स्क्वाडमै छैनन्। यहाँ प्रदर्शन राम्रो गरेर टिममा परिन्छ भन्ने के आधार छ?’
राष्ट्रिय टोलीबाट खेलिसकेका हरिशंकर शाह पनि प्रदर्शन र फिटनेस छनोटको मापदण्ड हुनुपर्ने मान्छन्।
‘उमेरले अर्थ राख्छ? यसलाई स्पस्ट पार्नुपर्छ। फिटनेस र प्रदर्शनलाई छनोटको मापदण्ड बनाउनु पर्छ,’ भण्डारीको तस्बिर राख्दै पीएम कपका दौरान शाहले भनेका छन्।
जसले राष्ट्रिय टोलीका नियमित खेलाडी छायामा पारेका छन्
पीएम कपमा सात प्रदेश र तीन विभाग गरी १० टोलीको प्रतिस्पर्धा रहन्छ। लिग चरणमा सबैले एकअर्कासँग गरी कूल ९ खेल खेलिसकेका छन्। राष्ट्रिय टोलीमा नियमित खेलिरहेका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबाहेक अधिकांश सिनियर खेलाडीसँगै डेब्यु र पुनरागमनको पर्खाइमा रहेका लगभग सबै खेलाडीले यो प्रतियोगिता खेलेका छन्।
पीएम कपको तथ्यांकलाई हेर्दा ब्याटिङ र बलिङ दुवैमा राष्ट्रिय टोलीका नियमित खेलाडी छायाँमा परेका छन्। पीएम कपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष पाँचमा आशिफ शेखमात्र राष्ट्रिय टोलीका नियमित खेलाडी हुन्। भलै, उनी सर्वाधिक रन बनाउने खेलाडी भने होइनन्।
अर्जुन कुमाल। तस्बिर: क्यान
गण्डकी प्रदेशबाट खेलेका अर्जुन कुमालले ९ खेलबाट ५०४ रन बनाएका छन्। उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका छैनन्। दोस्रो धेरै रन बनाएका आशिफले ४५७ रन बनाउँदा तेस्रोमा विनोद भण्डारी छन्। पछिल्ला वर्षहरुमा सबै फर्म्याटमा कन्सिस्टेन्सी कायम राखेका भण्डारी राष्ट्रिय टोलीमा पुनरागमनको पर्खाइमा रहेका खेलाडी हुन्।
त्यस्तै, चौथो स्थानमा ३३३ रन बनाएर दिनेश खरेल र चौथो स्थानमा नारायण जोशी ३०३ रन बनाएर छन्। यी दुवै राष्ट्रिय टोलीमा डेब्यु गर्न बाँकी खेलाडी हुन्। यो सूचीमा राष्ट्रिय टोलीका नियमितजसो देखिँदै आएका सन्दीप जोरा छैटौ, आरिफ शेख आठौँ, भीम सार्की १२ औँ स्थानमा रहँदा एपीएफको कप्तानी सम्हालेका रोहितकुमार पौडेल ९ खेलबाट १३५ रन बनाउँदै सूचिको ४१ औँ स्थानमा छन्।
विनोद भण्डारी। तस्बिर: क्यान
बलिङतर्फ पनि स्थिति फरक छैन। सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष पाँचमा सन्दीप लामिछानेमात्र नियमित राष्ट्रिय टोलीमा खेलिरहेका खेलाडी हुन्। उनले र हेमन्त धामीले समान २५ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन्।
त्यस्तै, एनपीएलमा प्रभावशाली प्रदर्शन गरेर टी-२० विश्वकप खेलेका शेर मल्लले २२ विकेट लिँदा चौथो धेरै विकेट लिने सन्तोष यादवले २१ र पाँचौँ स्थानमा रहेका अभिषेष गौतमले १९ विकेट लिएका छन्।
राष्ट्रिय टोलीमा नियमित बलिङ गर्दै आएका अन्य खेलाडीमा ललित राजवंशीले १७ विकेट लिँदा चार खेलबाट गुल्सनले १ विकेट लिँदा करण केसीले ७ खेलबाट ८ विकेट लिएका छन्।
यसरी हेर्दा ब्याटिङमा अर्जुन कुमाल, विनोद भण्डारी, दिनेश खरेलजस्ता ब्याटरले आफ्नो क्षमता देखाउँदा बलिङमा हेमन्त धामी, सन्तोष यादव, अभिषेश गौतम जस्ता खेलाडीले सम्भावना देखाएका छन्।
The post पीएम कपमा राष्ट्रिय टोलीका ‘ठूला’ खेलाडी नै छायामा, ढोका ढक्ढकाउने खेलाडी को हुन्? appeared first on BIZMANDU.
‘बेटिङ’मा बालेन कठोर बन्दा अप्ठ्यारोमा कसिँदै क्यान, कानुन छलेर क्रिकेटमा कसरी चलिरहेको यो धन्दा?
काठमाडौं । भारतको आईपीएलमा जुवाजन्य बेटिङ र सेरोगेट विज्ञापन रोकिएसँगै नेपालमा सञ्चालन भइरहेको एनपीएलमाथि पनि गम्भीर प्रश्न उठेका छन्। बेटिङ प्रवर्द्धनका आरोपबीच नेपालको क्रिकेट लिग मोडल कानुनी, नैतिक र व्यावसायिक संकटमा परेको देखिन्छ।
भारतले कडा कानुन लागू गर्दा नेपालमा देखिएको ढिलासुस्तीले समग्र खेलकुद प्रणालीको पारदर्शितामाथि नयाँ बहस सुरु गरिदिएको छ। भारतमा क्रिकेट फ्रेन्चाइज इण्डियन प्रिमियर लिग (आईपीएल) जारी छ। यसपालाको आईपीएल गएका संस्करणहरु भन्दा फरक छ।
यसअघिका संस्करणमा फेन्टासी र बेटिङमा सेरोगेट विज्ञापन ‘टिम बनाउनु होस्’ भन्दै भारतमा निर्धक्क बज्ने गर्थे। यसपाला न बेटिङका सेरोगेट कम्पनीहरुको प्रोमोसन आईपीएलले गरिरहेको छ, न त उनीहरु यसमा प्रत्यक्ष हावी भइरहेका छन्।
यसको कारण खोज्न धेरै महिना पछाडि फर्कन पर्दैन। गएको भदौ महिनामा ‘रियल मनी गेम’लाई भारतले प्रतिबन्ध लगायो। त्यसअघि पनि बेटिङ (जुवा) भारतमा गैरकानुनी भए पनि कानुनी छिद्रको प्रयोग गर्दै फेन्टासी लगायतका नाममा ठूलो उद्योग सञ्चालनमा थियो।
भदौसम्म भारतीय क्रिकेट टोलीको मुख्य प्रायोजक नै ‘ड्रिम ११’ भन्ने कम्पनी थियो। भारत सरकारले जुवा सम्बन्धि कानुनलाई थप स्पष्ट पारेर अनुदार बन्दा भारतीय राष्ट्रिय टोलीको प्रायोजनसहित जुवा प्रवर्द्धन गर्ने कम्पनीहरुको उठीबास लागेको थियो।
सरकारले कानुन ल्याएसँगै भारतले ड्रिम ११ सँगको सम्झौता तोडेको थियो। आर्थिक हिसाबले यो ठूलो क्षति थियो। यस निर्णयले ३५८ करोड भारतीय रुपैयाँ बराबरीको ड्रिम ११ सँगको सम्झौता बीसीसीआईको टुंगियो। यो कम्पनीले सन् २०२३ मा मात्रै करिब ४७ करोड ४२ लाख रुपैयाँ हाराहारी मार्केटिङ र प्रमोसनमा मात्रै खर्चिएको थियो।
भारतमा यी कम्पनीको मूल्य त्यसबेला २ लाख करोड भारतीय रुपैयाँ हाराहारी रहेको इकोनमिक टाइम्स को रिपोर्टमा उल्लेख छ।
सम्बन्धित समाचार: भारतले बेटिङ र फेन्टासीमा लगाम लगाउँदा नेपालमा पनि हलचल, खेलमा ‘सेरोगेट’ विज्ञापन रोकिएला?
आईपीएल फ्रेन्चाइज विश्वमा आर्थिक हिसाबले क्रिकेटको सबैभन्दा सफल मोडलका रुपमा स्थापित छ। यही मोडलमा विभिन्न देशमा क्रिकेटका लिगहरु चल्छन्। क्रिकेटमात्र नभएर फुटबल, भलिबल र कबड्डीका प्रतियोगितासमेत यही मोडलमा आयोजना हुँदै आएका छन्।
भारतमा आईपीएल जस्तै नेपालमा क्रिकेटको फ्रेन्चाइज हो-नेपाल प्रिमियर लिग। धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र नेपाल टी-२० लिगहुँदै नेपाली क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल)सम्म आइपुगेको हो।
एनपीएलको दोस्रो संस्करण सकिएर तेस्रो संस्करणको तयारी अब क्यानले थाल्दैछ।
आईपीएलले चुमेको सफलताको बाटोमा एनपीएलले पनि पाइला राख्दैछ। यसका अघिल्ला दुवै संस्करणमा नाफा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका अनुसार दोस्रो संस्करण आयोजनाको कुल लागत २१ करोड ९६ लाख ५ हजार १२३ छ। यसबाट प्राप्त आम्दानीमा फ्रेन्चाइजलाई बाँडेको रकम कटाएर ९ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ।
तर, क्यानकै कतिपय पदाधिकारी सार्वजनिक भएको तथ्यांक म्यानुपुलेटेड भएको तर्क गर्छन्। उनीहरूको दाबी मान्ने हो भने नाफा कम अथवा घाटाकै कारोबार छ एनपीएलमा। क्यानले आधिकारिक रुपमा नाफाको दाबी गरेपछि उनीहरूको तर्कको अर्थ रहन्न।
दुवै संस्करणमा नाफा कमाएको दाबी गर्दै आईपीएलको नाफामुखी मोडल समाएको क्यानले अर्को एउटा खराब पक्षलाई पनि बोकेर हिँडेको छ। त्यो हो -जुवाको प्रवर्द्धन।
क्यानले सेरोगेट विज्ञापनबाट कुख्यात बेटिङ साइटको प्रवर्द्धन गरिरहेको छ। बेटको बदलामा ‘ब्याट’ या ‘न्युज’ राखेर अर्थात् सेरोसेगी गर्दै बेच्ने कम्पनीसँग क्यानको सहकार्य देखिन्छ। नेपालमा सेरोगेसी एडभर्टाइजिङबारे कानुनी प्रावधानका छिद्रलाई जुवा कम्पनी र क्यान दुवैले ‘दुरुपयोग’ गर्दै आएका छन्।
पटक-पटक सेरोगेट विज्ञापन गर्नु या नगर्नु दुवै नभने भन्दै क्यानले यसबारे स्पष्टीकरण दिँदै आएको छ। छद्म नामबाट आएको सामग्रीलाई क्यानले बेटिङ प्रमोसनका रूपमा स्वीकार्न चाहिरहेको छैन।
पहिलो संस्करणपछि बेटिङको सन्दर्भ र क्यानले प्रक्रिया मिचेको भन्दै तत्कालीन युवा तथा खेलकुद मन्त्रालयले छानबिन कार्यदल बनाएको थियो। त्यसलाई पटक-पटक जवाफ पठाउँदा पनि क्यानले जुवालाई प्रवर्द्धन नगरेको दाबी गरेको थियो। उसले जुवाको सेरोगेट विज्ञापनलाई न्युजको प्रवर्द्धन भन्दै आएको छ। क्यानले न्युज च्यानल भने पनि ‘डाफा न्युज’ कहिल्यै समाचार माध्यमको रूपमा आएको छैन।
‘जुवा’ र ‘विज्ञापन’ कानुन, गुग्ली फाल्दै क्यान
नेपालमा जुवा र विज्ञापनलाई लिएर कानुन प्रावधानका व्याख्याको अन्तरलाई आफूअनुकूल व्याख्या गर्ने ठाउँ छ। त्यही कमजोरी समातेर क्यानले व्याख्या गरिरहेको छ। जुवा प्रवर्द्धन नेपालमा किन रोकिएन र भारतमा किन रोकियो?
समस्याको जरो पहिल्याउने हो भने सुरु गर्नुपर्ने हुन्छ नेपालका कानुनी दस्तावेजमार्फत्। मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने प्रष्ट किटान छ। ‘जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ र सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ,’ मुलुकी अपराध संहितामा भनिएको छ।
यसलाई थप स्पष्ट पार्दै भनिएको छ – कानुन बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसूर गरेको मानिनेछ।
यहाँ स्पष्ट रुपमा जुवालाई परिभाषित गरे पनि ‘न्युज या ब्याट’ थपेर उम्कने क्यानको चेस्टा देखिन्छ।
अब हेरौँ विज्ञापन सम्बन्धी कानुन।
विज्ञापन नियमन ऐन २०७६को दफा ५ मा विज्ञापन गर्न नहुने क्षेत्रबारे उल्लेख छ। यसको ‘ख’ मा ‘जुवा खेल्न खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिइएको चिट्ठा किन्न किनाउन प्रोत्साहन’ गर्न नहुने उल्लेख छ। ‘प्रोत्साहन’ शब्दले यहाँ चलिरहेको अभ्यासलाई सम्बोधन गर्छ। त्यसैगरी दफा ९ मा विज्ञापनकर्ताको नाम, ठेगाना स्पष्ट उल्लेख हुनुपर्ने भनिएको छ।
त्यसैगरी उपभोक्ता संरक्षण ऐन २०७५ ले पनि विज्ञापनको सन्दर्भ उल्लेख गर्दै ‘उपभोक्तालाई भ्रममा पार्ने गरी झुटो वा भ्रमपूर्ण विज्ञापन गर्न’ निषेध गरेको छ। सेरोगेसीको विषयमा यो ऐन पनि आकर्षित हुने देखिन्छ। यी सबै विषयलाई क्यानले नजरअन्दाज गरिरहेको छ।
भारतले कसरी रोक्यो खेलको जुवा?
भारतमा सन् २०२५ मा आएको अनलाइन गेमिङ नियमन ऐनले स्पष्ट शब्दमा बेटिङ, फेन्टासीलगायत सबै प्रकारका जुवालाई रोक लगाएको छ।
‘द प्रोमोसन एण्ड रेगुलेसन अफ अनलाइन गेमिङ एक्ट’ले फेन्टासी गेमर त्यससँग सम्बन्धित सेरोगेट विज्ञापनलाई स्पष्ट रूपमा प्रतिबन्ध गर्ने कानुनी आधार प्रदान गरेको छ। ऐनको दफा ५ अनुसार कुनै पनि व्यक्तिले अनलाइन मनी गेम सञ्चालन गर्न, गराउन, सहयोग गर्न वा त्यसमा संलग्न हुन पाउँदैन, जसले पैसा राखेर जित्ने अपेक्षामा आधारित फेन्टासी गेमलाई सिधै निषेध गर्छ।
त्यस्तै, दफा ६ ले कुनै पनि माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा (सरोगेट/घुमाउरो तरिकाले समेत) अनलाइन मनी गेमको प्रचार–प्रसार गर्न नपाइने व्यवस्था गरेको छ, जसका कारण खेलकुदमा हुने जर्सी स्पोन्सर, प्रतियोगिता ब्रान्डिङ वा सेलिब्रिटीमार्फत गरिने प्रमोसनसमेत अवैध बन्छ।
यसलाई अझ कडा बनाउन दफा ७ ले बैंक वा वित्तीय संस्थालाई यस्ता गेममा पैसा पठाउने वा भुक्तानी सहज बनाउने कुनै पनि कारोबार गर्न नपाइने प्रावधान राखेको छ, जसले फेन्टासी गेमको आर्थिक आधार नै बन्द गर्छ।
साथै, धारा ९ अन्तर्गत उल्लंघन गर्नेहरूका लागि कडा सजायको व्यवस्था गरिएको छ, जहाँ विज्ञापन (सेरोगेटसहित) गरेमा दुई वर्षसम्म कैद वा ५० लाख रुपैयाँसम्म जरिवाना र मनी गेम सञ्चालन वा आर्थिक कारोबारमा संलग्न भएमा तीन वर्षसम्म कैद वा एक करोड रुपैयाँसम्म जरिवाना हुन सक्छ।
नेपालको अस्पष्ट कानुन
नेपालमा जुवासम्बन्धी कानुन मुख्यतः मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत नियमन हुन्छ। जसअनुसार जुवा खेल्न, खेलाउन वा त्यसको व्यवस्था गर्न गैरकानुनी मानिन्छ र उल्लंघन भएमा जरिवाना तथा कैदसम्मको सजायको व्यवस्था छ।
तर यो कानुन परम्परागत जुवामा केन्द्रित छ र अनलाइन जुवा वा फेन्टासी गेमलाई स्पष्ट रूपमा परिभाषित गरिएको छैन। विज्ञापनतर्फ, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५(१)(ख) ले जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ, तर यसमा ‘प्रत्यक्ष’ र ‘अप्रत्यक्ष’ (सेरोगेट) विज्ञापनबीच स्पष्ट भिन्नता गरिएको छैन। यही कारणले खेलकुदमा जर्सी स्पोन्सर, प्रतियोगिता ब्रान्डिङ वा अन्य घुमाउरो प्रचारमार्फत फेन्टासी वा बेटिङ प्लेटफर्महरू अझै देखिन्छन्।
भारतको तुलनामा नेपालमा धेरै कानुनी छिद्र हुनुको मुख्य कारण भनेकै स्पष्ट कानुनी परिभाषाको अभाव, सरोगेट विज्ञापनबारे प्रत्यक्ष निषेध नहुनु, अनलाइन र अफलाइन जुवालाई छुट्टै ढंगले नियमन नगर्नु, वित्तीय कारोबार रोक्ने व्यवस्था नहुनु तथा कार्यान्वयन कमजोर हुनु देखिन्छ।
परिणामस्वरूप, जुवा औपचारिक रूपमा अवैध भए पनि अनलाइन फेन्टासी गेम र त्यससँग जोडिएका प्रचार गतिविधिहरू ग्रे एरियामा परेर व्यवहारमा सञ्चालन भइरहेका छन्।
बेटिङविरुद्ध कठोर बालेन सरकार
शक्तिकेन्द्र र सेलिब्रेटी फेसको आवरणमा नेपालमा जुवाको प्रत्यक्ष या सेरोगेट प्रवर्द्धन चलिरहेकै छ। यसका लागि नियामक राष्ट्रिय खेलकुद परिषदको भूमिका निरीह देखिएको छ।
राखेप कानुन विभागका प्रमुख नारायणराज अर्याल खेलकुदका नाममा जुवाको प्रवर्द्धन हुने गरेको स्वीकार्छन्। एनपीएलको पहिलो संस्करणपछि युवा तथा खेलकुद मन्त्रालयले विधि र प्रक्रिया असाध्यै मिचिएको भन्दै एउटा कार्यदल बनाएको थियो। त्यस कार्यदलले बेटिङ प्रमोसनदेखि सार्वजनिक खरिद ऐन मिचेर हुने गरेका गैरकानुनी क्रियाकलावबारे प्रतिवेदन नै तयार गरेको थियो।
प्रतिवेदन तयार गर्दा असयोग र दबाब धेरै आएको प्रतिवेदनमै उल्लेख छ। तत्कालीन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यसलाई थप अघि बढाउने बताइरहँदा जेनजी आन्दोलन चर्कियो र सरकार ढल्यो।
अन्तरिम सरकारका खेलकुद मन्त्री बब्लु गुप्ताले वेटिङको विज्ञापन नहटाएको भन्दै एनपीएलको दोस्रो संस्करण उद्घाटन समारोहमा नगएको चर्चा थियो। त्यसको अघिल्लो दिन स्टेडियम हस्तान्तरण कार्यक्रममा जान पनि तत्कालीन भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले बेटिङसँग सम्बन्धित सबै बोर्ड हटाएपछि मात्र गएका थिए।
बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएसँगै गत चैत १३ गते बसेको पहिलो मन्त्रिपरिषदको बैठकले गरेको शासकीय सुधार कार्यसूचिमा बेटिङ साइट बन्द गर्ने निर्णय गरेको थियो। एनपीएलमा वेटिङको प्रवर्द्धन गरेकोमा प्रधानमन्त्री साह पहिल्यैबाट क्यानसँग रुष्ट रहेको स्रोत बताउँछ। फुटबल र अन्य खेलको सन्दर्भमा अघि आउने शाहले एनपीएललाई ‘इग्नोर’ गरेको हल्ला पनि सुनिन्छ।
यस क्रममा सरकारले अनलाइन सट्टेबाजीविरुद्ध कडा कदम चाल्दै देशभर ७ हजारभन्दा बढी एप तथा वेबसाइटहरू बन्द गराएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल दूरसंचार प्राधिकरणले ती एप तथा वेबसाइट बन्द गरेको हो।
अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा ५० भन्दा बढी गुनासो प्राप्त भएपछि कारबाही अगाडि बढाइएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ। मन्त्रालयले २४ घण्टाभित्र यस्ता एप र वेबसाइट बन्द गर्ने नीति लिएपछि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई त्यस्ता एप र वेबसाइटहरू बन्द गर्ने पत्रचार गरेको थियो।
खेलकुद मन्त्री सस्मित पोखरलेसँग क्यानका बहुमत केन्द्रीय सदस्य। तस्बिर: क्यान
यद्यपि यसमा बेटिङकै साइटमात्रै हो या यसको सेरोगेट साइट पनि भन्ने स्पष्ट छैन।
सूचना तथा मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौडेल प्रत्यक्ष बेटिङ गराउने वेबसाइट बन्द गराएको तर अप्रत्यक्ष बेटिङ गराउने साइटबारे उजुरी आएको खण्डमा हेरिएको बताए।
‘प्रत्यक्ष बेटिङ भइरहेको साइटलाई रोकेको छौं। यसमा मुलुकी ऐन अन्तर्गतकै कानुन आकर्षित हुने हो। यसलाई विज्ञापन बोर्डले हेरिरहेको छ। अप्रत्यक्ष रुपमा बेटिङको प्रवर्द्धन गरेको भन्ने सन्दर्भमा चाहिँ उजुरी आएको खण्डमा हो। विज्ञापन बोर्डबाट बोधार्थमा यी कुरा आएका छन्,’ उनले भने।
विज्ञापन बोर्डले एनपीएलको पहिलो संस्करण पछि बेटिङका सेरोगेट विज्ञापनको नामै तोकेर आइन्दा यसको प्रचार नगर्न भन्दै सचेत गराएको थियो। तर, दोस्रो संस्करणमा पनि यो दोहोरियो। हाल सरकारले बेटिङ साइटको विज्ञापन रोक्ने निर्णय गरेसँगै फेरि विज्ञप्ति निकाल्दै बोर्डले ‘जुवा, बेटिङसँग सम्बन्धित कुनै पनि किसिमको विज्ञापन प्रकासन, प्रसारण र प्रदर्शन गर्न निषेध गरिएको’ जनाएको छ।
The post ‘बेटिङ’मा बालेन कठोर बन्दा अप्ठ्यारोमा कसिँदै क्यान, कानुन छलेर क्रिकेटमा कसरी चलिरहेको यो धन्दा? appeared first on BIZMANDU.
फिफाको चेतावनी : सरकारी हस्तक्षेप नरोके एन्फा निलम्बन, नेपाली खेलमा कस्तो पर्छ असर?
काठमाडौं। विश्व फुटबल महासंघ (फिफा)ले सरकारी हस्तक्षेप नरोके अखिल नेपाल फुटबल संघ (एन्फा)माथि निलम्बनसम्मको कारबाही हुन सक्ने चेतावनी दिएको छ।
एन्फाका महासचिव किरण राईलाई शनिबार पठाएको पत्रमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को एन्फालाई निलम्बन गरेर निर्वाचन रोक्ने निर्णयलाई तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको उल्लेख गरेको छ।
एन्फाले ‘अर्ली इलेक्सन’ भनेर सुरु गरेको निर्वाचन प्रकृयामा संस्थापन इतरसँगै राखेप सहमत थिएन। राखेपले पहिल्यैबाट जिल्ला र प्रदेशको निर्वाचन गरेर मात्र केन्द्रको निर्वाचन गर्न भनेको थियो। एन्फा भने जिल्ला र प्रदेशको निर्वाचन नगरी केन्द्रको निर्वाचन चाँडो गरेर नेतृत्वमा दोहोरिने होडमा थियो। एन्फालाई पटकपटक पत्र काट्दा पनि निर्वाचन गरेरै छाड्ने बताएको थियो। एन्फाले हठ नछाडेपछि राखेपले निर्वाचनअघि एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।
परिषद्ले भने एन्फाले आवधिक निर्वाचन प्रक्रिया अघि बढाउँदा आवश्यक समन्वय र स्वीकृति नलिएको तथा पटक–पटकका निर्देशन बेवास्ता गरेको निष्कर्ष निकाल्दै निलम्बनको निर्णय गरेको थियो। राखेपले एन्फालाई तीन महिनासम्म निलम्बन गर्दै विधान संशोधन, कानुनी दायराभित्र निर्वाचन प्रक्रिया सञ्चालन तथा नियमित चार वर्षे निर्वाचन सुनिश्चित गर्न निर्देशन दिएको थियो।
त्यसअघि एन्फाले राखेपलाई दिएको स्पस्टीकरणमा आफू स्वायत्त संस्था भएकाले आफ्नो विधानअनुसार निर्वाचन मिति, समय र स्थान निर्धारण गर्ने पूर्ण अधिकार रहेको जिकिर गरेको थियो।
शनिबारको पत्रमा राखेपले आफ्नो निर्णय ७ दिनभित्र फिर्ता लिएर एन्फालाई निर्वाचन प्रक्रिया पुनः सुरु गर्न नदिएमा यो विषय फिफा काउन्सिलमा पठाइने र एन्फालाई तत्काल निलम्बन गर्न सकिने चेतावनी दिएको छ।
युवा तथा खेलकुद मन्त्रालय सम्हालेका मन्त्री सस्मित पोखरेलले अहिलेसम्म एन्फा विवादमा कुनै औपचारिक धारणा दिएका छैनन्। उनले फुटबल खेलाडी संघसँग बसेर उनीहरुको धारण भने सुनेका थिए। छलफलमा भएका एक खेलाडीले फुटबलको घटनाक्रम र निलम्बनको सम्भावनाबारे उनले जानकारी भने लिएका थिए। उनी शिक्षा मन्त्रालयमा ब्यस्त रहँदा खेलकुदमा खासै ध्यान दिन सकेका छैनन्। उनले आज कर्णाली प्रदेश खेलकुदका सदस्यसचिवसँग भने भेटेर राष्ट्रिय खेलकुदको तयारीमा भने चासो बढाएको बुझिएको छ।
निलम्बनको के हुन्छ असर?
निलम्बन भएमा एन्फाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने, फिफा तथा एएफसीबाट प्राप्त हुने आर्थिक तथा विकास सहयोग बन्द हुने, र अन्य सदस्य राष्ट्रहरूले एन्फासँग खेलकुद सम्बन्ध राख्न नपाउने जस्ता गम्भीर असर पर्ने फिफाले जनाएको छ।
यसको असर नेपाली फुटबलमा पर्न थालेको छ। लाओससँगको एसियन कप छनोट अघि नेपालले दशरथ रंगशालामा हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो। राखेप र एन्फाले एकअर्कालाई दोष देखाउँदै यो खेल रद्ध गरे। पछि नेपाल लाओस गएर खेल भने खेल्यो। यो दुबै खेल एन्फा निलम्बन पछिकै कुरा हो।
पत्रमा एन्फालाई आफ्नो गतिविधि स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने दायित्व सम्झाउँदै, कुनै पनि तेस्रो पक्षको हस्तक्षेपले नेपाल फुटबललाई अन्तर्राष्ट्रिय स्तरबाट अलग गर्न सक्ने चेतावनी दिएका छन्।
‘संघको निलम्बनले फिफा विधानमा परिभाषित गरिए अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता र फिफा तथा एएफसीका विकास कोषहरूमा पहुँच लगायतका सम्पूर्ण सदस्यता अधिकारहरू गुम्नेछ। साथै, निलम्बन कायम रहुन्जेल अन्य सदस्य संघहरूलाई एन्फासँग खेलकुद सम्बन्ध राख्न प्रतिबन्ध लगाइनेछ।’ पत्रमा भनिएको छ।
सम्बन्धित समाचार:अञ्जिलाको आक्रोश : दशकको मेहेनत खरानी बनाउन स्वार्थको राजनीतिलाई १० मिनेट पनि लागेन
त्यस्तै, नेपाली महिला टोलीले खेल्ने फिफा सिरिजमा पनि नेपालले नाम फिर्ता लिएको छ। यसमा पनि एन्फा र राखेपले एकअर्कालाई दोष दिइरहेका छन्। राष्ट्रिय टोलीका खेलाडीले नै दश मिनेटको फोहोरी राजनीतिले दशकको मेहेनत खेर गएको आरोप लगाएका छन्।
यस्तै, अध्यागमनको विदेशी खेलाडीमाथिको कडाइले राष्ट्रिय लिग र शहीद स्मारक महिला लिग पनि स्थगित छ। अगाडिका कुनैपनि प्रतियोगिताको अहिले टुंगो छैन।
The post फिफाको चेतावनी : सरकारी हस्तक्षेप नरोके एन्फा निलम्बन, नेपाली खेलमा कस्तो पर्छ असर? appeared first on BIZMANDU.
ऊर्जा संकटमा खेलकुद : क्रिकेटका लिगदेखि फिफाको विश्वकपसम्म पर्नसक्छ असर!
काठमाडौं। महँगो हवाई भाडा, इन्धन बचतका लागि जुगाड र राजनीतिक अस्थिरताबीच विश्व खेलकुदको सबैभन्दा ठूलो मञ्च फिफा वर्ल्डकप फेरि एकपटक चुनौतीको घेरामा देखिएको छ। सन् १९७० को दशकमा विश्वव्यापी ऊर्जा संकटबीच आयोजना भएका १९७४ (पश्चिम जर्मनी) र १९७८ (अर्जेन्टिना) विश्वकपका अनुभव अहिलेको अवस्थासँग तुलना गर्न थालिएको छ।
यो वर्षको विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा जुन ११ देखि जुलाई ३१ सम्म आयोजना हुने तालिका छ। प्रतियोगिता नजिकिँदै गर्दा खाडी तनाव र इन्धन संकटको परिस्थितिले फेरि खेलकुद क्षेत्रमाथि दबाब बढाएको छ। अमेरिका र इजरायलले इरानमा  गरेको आक्रमणपछि खाडी अशान्त छ। पूरै पश्चिम एसियालाई युद्धतर्फ धकेलेको छ, जसको असर विश्वव्यापी ऊर्जा आपूर्ति र अर्थतन्त्रमा परेको छ।
विशेषगरी विश्वको करिब पाँचौं हिस्सा तेल आपूर्ति हुने स्ट्रेट अफ हर्मुज क्षेत्रमा अवरोध उत्पन्न हुँदा बजारमा त्रास बढेको छ, जसले मूल्यलाई अझ चर्काएको छ। युद्ध चर्किएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य असामान्य रूपमा उच्च भइसकेको छ। पछिल्ला दिनहरूमा ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल ११० डलर नाघेको छ भने केही अवस्थामा ११७ डलरसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फेब्रुअरी अन्त्यतिर करिब ७० डलर आसपास रहेको तेल मूल्य केही सातामै ४०–५० प्रतिशतसम्म बढेको छ, जसको मुख्य कारण पश्चिम एसियामा युद्धका कारण आपूर्ति अवरोध हुनु हो।
युद्धले निम्त्याएको अस्थिरता र ऊर्जा संकटले आपूर्ति शृंखला प्रभावित भएको छ। यसको सीधा असर अन्तर्राष्ट्रिय यात्रा खर्चमा परेको छ। हवाई भाडा ह्वात्तै बढेको छ र यो कहाँ पुगेर स्थिर हुन्छ भन्ने युद्धको दिशाले मात्र निर्धारण गर्ने देखिन्छ। हाल दुवै पक्ष तत्काल युद्ध रोक्ने मनस्थितिमा नदेखिँदा अनिश्चितता झन् बढेको छ। द्वन्द्व लम्बिँदै जाँदा तेलको मूल्य अझै बढ्न सक्नेछ र यसको प्रत्यक्ष असर हवाई भाडा, ढुवानी खर्च र खेलकुद आयोजनाको लागतमा पर्ने निश्चित छ।
खेल आयोजनामा आफ्ना संकट त छँदैछन्, दर्शक पनि समस्यामा पर्दैछन्। विशेषगरी एसिया र अफ्रिकाबाट विश्वकप हेर्न जाने समर्थकहरूमा महँगीले दबाब बढाउने देखिएको छ। लामो दूरी, महँगो टिकट र बसोबास खर्चले उनीहरूका लागि यात्रा झन् कठिन बन्नेछ। यसको तुलनामा युरोपेली समर्थकहरू केही सहज अवस्थामा रहने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पछिल्लो पटक विश्व खेलकुद टक्क रोकिएर फेरि लयमा फर्किएको एक दशक पनि भइसकेको छैन। कोभिड-१९ को महामारीले विश्वलाई गाँजेको बेला विश्वभर मानिसको मुखमा मास्क थियो, मान्छे घरमा थिए। सबै क्षेत्र अस्तव्यस्त हुँदा विश्व खेलकुद पनि उत्तिकै प्रभावित भएको थियो। सन् २०२० मा त पहिलो पटक ऊर्जाको मूल्य शून्यबाट तल झरेर नकारात्मक बनेको बेला विश्वको खेलकुद ठप्प थियो।
६ वर्षपछि यो स्थितिमा केही समानता र असमानता छन्। अन्योल र असुरक्षाको स्थिति उस्तै छ। त्यसबेलाजस्तो मानिसहरु घरभित्र भने छैनन्। त्यतिबेला ऊर्जा माग घटेर मूल्य नै नकारात्मक भएको अवस्था समेत देखिएको थियो। तर अहिलेको अवस्था त्यसको ठीक उल्टो छ। माग उच्च छ, आपूर्ति अस्थिर छ र मूल्य ऐतिहासिक उचाइमा पुगेको छ।
एक त उच्च मूल्य त्यसमाथि पनि अभाव हुँदा नेपाल लगायत दक्षिण एसियाका राष्ट्रमा संकट गहिरिँदो छ। एकातिर संकट गहिरिरहँदा खेलकुदलाई प्रभाव त प्रत्यक्ष रुपमै देखिन थालेको छ।
पश्चिम एसियाको युद्धले नेपाली खेलकुदको कुरा गर्दा क्रिकेट सबैभन्दा पहिला प्रभावित भएको थियो। क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न नेपाल आउन खोजेका यूएई र ओमन उतै रोकिए। त्यो खेल अहिलेसम्म स्थगित नै छ।
दक्षिण एसियामा शनिबारबाट क्रिकेटमा विश्वका दुई ठूला लिगहरु सुरु भएका छन्। भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको छ भने पाकिस्तानमा पाकिस्तान सुपर लिग (पीएसएल) सुरु भएको छ।
यस्तोमा यी दुबै देशमा बहस पनि चलिरहेको छ: देशमै उर्जा संकट चलिरहँदा ठूलो लिगको आयोजना कतिको बुद्धिमानी काम हो?
ऊर्जा संकट र खेलकुदबीचको सम्बन्ध नयाँ होइन। सन् १९७० को दशकमा  देखिएको ऊर्जा संकटका बेला पनि अमेरिकामा खेलकुदमा यसको प्रभावबारे गम्भीर बहस भएको थियो। त्यतिबेला इन्धन अभावले खेल हेर्न जाने दर्शक, टोलीको यात्रा, र रात्रीकालीन खेलका लागि प्रयोग हुने बत्ती तथा ऊर्जा खपतमा प्रश्न उठेको थियो। त्यसबेला ऊर्जा बचतको अपिल भइरहेको बेला ठूलो मात्रामा ऊर्जा प्रयोग गर्ने गतिविधि कत्तिको उचित भन्ने बहसले खेल संरचना नै परिवर्तन गर्न बाध्य पारेको थियो।
तेल उत्पादक राष्ट्रहरूको प्रतिबन्धपछि त्यसबेला पनि इन्धनको मूल्य आकासिएको थियो। जसले विश्वव्यापी आर्थिक मन्दी निम्त्यायो। आयोजक पश्चिम जर्मनीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरे पनि पृष्ठभूमिमा चुनौतीहरू स्पष्ट थिए।
यात्रा खर्च बढेको थियो, अन्तर्राष्ट्रिय फ्यानहरूको आवागमन महँगो बनेको थियो।
मैदानभित्रको खेल रोमाञ्चक रह्यो, तर मैदान बाहिर विश्व अर्थतन्त्रको अस्थिरता स्पष्ट देखिन्थ्यो। यसैले १९७४ को विश्वकपलाई ‘संकटबीचको उत्सव’ पनि भन्ने गरिन्छ।
यसको चार वर्षपछि सन् १९७८ मा विश्वकप आयोजना हुँदा अवस्था झन् जटिल थियो। आयोजक अर्जेन्टिना केवल आर्थिक दबाबमा मात्र थिएन, राजनीतिक रूपमा पनि संवेदनशील चरणमा थियो।
पूर्वाधार निर्माण, स्टेडियम सुधार र व्यवस्थापनमा भएको अत्यधिक खर्चले देशको वित्तीय अवस्थामाथि थप भार पारेको विश्लेषणहरूमा उल्लेख पाइन्छ।
अहिले विश्वखेलकुद सामू त्यही सन्दर्भ फेरि दोहोरिएको छ। उर्जा संकट गहिरिएको छ। विश्व खेलकुद अहिले केवल प्रतिस्पर्धा र मनोरञ्जनमा सीमित छैन। अमेरिकी राष्ट्रपति प्रति झुकाव धेरै राखेको भनेर फिफाका अध्यक्षले नै आलोचना ब्यहोरिरहेका छन्। फुटबलबाहेक अन्य खेल पनि भू–राजनीतिक तनाव, ऊर्जा संकट र आपूर्ति प्रणालीसँग प्रत्यक्ष रूपमा गाँसिँदै आएका छन्। पछिल्लो टी-२० विश्वकपमै पनि भारत-पाकिस्तान-बंगलादेशबीचको द्वन्दले निकै अफ्ठेरो स्थिति सिर्जना गरेको थियो। यो देशहरुको बीचको कुटनीतिक तनाव भए पनि अब चाहिँ उर्जा संकट आएको छ। पछिल्लो समय पश्चिम एशिया (खाडी क्षेत्र) मा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति प्रणालीमा अवरोध ल्याएपछि यसको असर खेलकुदमा पनि स्पष्ट देखिन थालेको हो।
खाडी क्षेत्र विश्व ऊर्जा आपूर्तिको मुटु मानिन्छ। विशेषगरी स्ट्रेट अफ हर्मुजबाट ठूलो परिमाणमा तेल तथा एलएनजी आपूर्ति हुने गर्छ। यही मार्गमा अवरोध सिर्जना हुँदा तेलको मूल्य वृद्धि, ग्यास अभाव र आपूर्ति अस्थिरता देखिएको छ। यसको प्रत्यक्ष प्रभाव भारत, पाकिस्तान जस्ता ऊर्जा आयातमा निर्भर देशहरूमा परेको छ, जसले खेलकुद आयोजनामा समेत चुनौती थपेको छ।
यसको प्रभाव सबैभन्दा स्पष्ट रूपमा फ्रेन्चाइज क्रिकेट लिगहरू आईपीएल र पीएसएलमा देखिएको छ। विश्वकपपछि सुरु हुने यी लिगहरू सामान्यतया ठूलो आर्थिक गतिविधि, उच्च ऊर्जा खपत र व्यापक आवागमनसँग जोडिएका हुन्छन्। तर अहिलेको अवस्थामा ती सबै पक्ष संकटमा परेका छन्।
यता पीएसएलको प्रतिस्पर्धी लिग आईपीएल पनि जारी छ। भारतमा क्रिकेट बोर्ड (बीसीसीआई)ले अझै कठोर निर्णय नलिए पनि अवस्थालाई नजिकबाट नियालिरहेको छ। विशेषगरी खाना पकाउने ग्यास अभाव, होटल तथा यातायात क्षेत्रमा ऊर्जा सीमितता र खेलका लागि आवश्यक पूर्वाधार सञ्चालनमा पर्ने दबाबले आईपीएलमाथि चुनौती थपेको छ।
खेलकुदमा ऊर्जा संकटको सबैभन्दा ठूलो असर यातायात र सञ्चालन लागतमा देखिन्छ। अन्तर्राष्ट्रिय खेलाडीहरूको आवागमन महँगो हुँदै गएको छ भने कतिपय अवस्थामा उनीहरूको सहभागिता नै अनिश्चित बनेको छ। उदाहरणका रूपमा केही खेलाडीहरूले पीएसएल छोडेर आईपीएल रोजेका छन्, जसले आर्थिक शक्ति र स्थायित्वको अन्तर पनि देखाउँछ।
त्यस्तै, एउटा मात्र रात्रीकालीन खेल सञ्चालन गर्न हजारौँ लिटर डिजेल आवश्यक पर्छ। यस्तो अवस्थामा ऊर्जा अभाव भइरहेका बेला ठूलो मात्रामा इन्धन प्रयोग गर्नु सामाजिक रूपमा अस्वीकार्य देखिन सक्छ। यसले खेलकुदलाई केवल आर्थिक मात्र होइन, नैतिक दबाबमा पनि राखेको छ।
खेलकुदको अर्को महत्वपूर्ण पक्ष भने ऊर्जा बचतका लागि सर्वसाधारणलाई आग्रह गरिरहेको अवस्थामा हजारौँ दर्शकसहितको खेल आयोजना गर्नु वा ठूलो समारोह गर्नु आलोचनाको विषय बन्न सक्छ। त्यसैले अहिलेका धेरै निर्णयहरू प्राविधिक आवश्यकताभन्दा बढी सार्वजनिक सन्देशलाई ध्यानमा राखेर गरिएका देखिन्छन्।
समग्रमा, खाडी द्वन्द्वले खेलकुदलाई प्रत्यक्ष नभए पनि गहिरो अप्रत्यक्ष असर गरिरहेको छ। तेल र ग्यासको मूल्य वृद्धि, आपूर्ति अस्थिरता, यातायात अवरोध र सार्वजनिक दबाबले खेल आयोजनालाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ।
फिफा विश्वकपसम्म पर्न सक्छ असर
सन् १९७४ र १९७८ को फिफा विश्वकपमा ऊर्जा संकटले निकै आपत पारेको थियो।
सन् १९७० को दशकको ऊर्जा संकटले खेलकुदको महाकुम्भ फिफा विश्वकपलाई समेत अछुतो राखेन, जसका कारण आयोजक र समर्थक दुवैका लागि स्थिति चुनौतीपूर्ण बनेको थियो।
विशेष गरी सन् १९७४ को पश्चिम जर्मनी विश्वकपका दौरान इन्धनको अभावले गर्दा ‘कार-मुक्त आइतबार’ जस्ता कडा नियमहरू लागू गरिएका थिए, जसले गर्दा दर्शकहरूलाई रंगशालासम्म पुग्न निकै सास्ती भएको थियो भने बढेको हवाई भाडाले अन्तर्राष्ट्रिय पर्यटनमा समेत गिरावट ल्यायो।
यसैगरी, सन् १९७८ को अर्जेन्टिना विश्वकपमा पनि बढ्दो निर्माण लागत र विश्वव्यापी आर्थिक मन्दीका कारण पूर्वाधार विकासमा ठुलो आर्थिक भार थपियो, जसले गर्दा खेलकुद आयोजनाहरूमा ऊर्जा बचत र वैकल्पिक स्रोतको खोजी गर्ने आधुनिक बहसको सुरु गरेको गरेको थियो।
The post ऊर्जा संकटमा खेलकुद : क्रिकेटका लिगदेखि फिफाको विश्वकपसम्म पर्नसक्छ असर! appeared first on BIZMANDU.
खेलकुद मन्त्रालय शिक्षाभित्र, योजनाबाट बाहिर : फेरियो नेतृत्व संरचना, समस्या भने यथावत
काठमाडौं। सत्ता राजनीतिमा मन्त्रालय भागबण्डा मिलाउने औजारका रूपमा प्रयोग हुँदै आएको युवा तथा खेलकुद मन्त्रालयको अवस्था बालेन नेतृत्वको सरकारमा पनि बदलिएको छैन। कसैले ‘नचाहेको’ निकायका रुपमा पनि बदनाम यो मन्त्रालय सरकारैपिच्छे कहिले अरुसँग गाभिन्छ, कहिले छुट्टिन्छ। खेलकुदबाटै राजनीतिक करियर बनाएका नेताले समेत प्राथमिकतामै राखेनन्। यस्तो किन भयो? कारण हो, सानो बजेट, सानो चलखेल र ‘लो प्रोफाइल’ मन्त्रालय।
शिक्षासँग जोडिने र फुटाउने गरिएको यो मन्त्रालय यसपटक बालेन राजमा फेरि शिक्षासँग जोडिन पुगेको छ। यसपाला खेलकुदको जिम्मेवारी सम्हालेका मन्त्री गुमनाम भने हुने छैनन्। किनभने सस्मित पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रालयसँगै सरकारको प्रवक्ताको जिम्मेवारी पनि पाएका छन्।
खेलपूर्वाधारको निरीक्षणमा मन्त्री र राखेप सदस्यसचिव। तस्बिर: राखेप
खेलकुद शिक्षा मन्त्रालयसँग जोडिनु कति उपयुक्त ? यसको पक्ष र विपक्ष दुवैमा तर्क गर्न सकिन्छ। प्राविधिक रुपमा हेर्दा खेलकुदको सबै जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्लाई छाड्दा छुट्टै मन्त्रालय नै नभएर पनि फरक नपर्ने एउटा तर्क गर्न सकिन्छ। अर्को तर्क खेलकुद फरक क्षेत्र भएकाले यसको छुट्टै मन्त्रालय चाहिन्छ। रास्वपाकै सांसद अच्युतम लामिछाने यसलाई छुट्टै मन्त्रालय बनाउनु पर्ने र यसका लागि आफूले सकेको पहल गर्ने बताउँछन्।
‘प्रधानमन्त्रीलाई भेटेपछि १७ वटा मन्त्रालयमा खेलकुद अलग हुनुपर्छ भन्ने छु। मलाई खेलकुद अलग बनाउने मेरो पहिलो प्रस्ताव हुनेछ,’ शिक्षामन्त्रीको उपस्थिति भएकै कार्यक्रममा उनले भने, ‘शिक्षा मन्त्रालय भित्र गाभिएतापनि राष्ट्रिय खेलकुद परिषद्लाई बजेट या अरु हिसाबले हेर्दा यो अलग हो भन्ने हिसाबले बुझ्नपर्ने हुन्छ।’
यसका लागि आफ्नो तर्फबाट पहल गर्ने पनि उनले बताए।
खेलकुदमा के छ टड्कारो?
नेपाली खेलकुदमा हरेक समस्याको जड सुरु हुन्छ बजेटबाट। सरकारले राष्ट्रिय खेलकुद नै गराउन नसकेर पटक-पटक मिति सार्छ। फुटबल, क्रिकेटजस्ता सीमित खेललाई छाड्ने हो भने अन्तर्राष्ट्रिय अनुदान नआउने संघ सरकारमा निर्भर हुन्छ। वार्षिक एकाध कार्यक्रम आयोजना हुन्छन्, यसले न व्यावसायिकता बढाउँछ, न खेलाडी जोगाएर राख्न सक्छ। जबकि मन्त्रालयको बजेट नै सबैभन्दा कमको छ।
मन्त्रालय सम्हालेयता पहिलो पटक राखेप पुगेका मन्त्रीलाई सदस्यसचिवले पहिलो ब्रिफिङमै बजेटको कुरा सुनाए।
‘हामीलाई २०८३/८४ को बजेट सिलिङ चालु आर्थिक वर्षको भन्दा पनि असाध्यै थोरै छ,’ उनले ब्रिफिङ गरे, ‘खेलाडीले कानुनतः पाउनुपर्ने पुरस्कार ३ वर्षदेखि पाएका छैनन्। चालु आर्थिक वर्षमा थप १२ देखि १३ करोड भए यसलाई पूरा गर्न सक्छौँ।’
उनले खेल संघहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय एफिलिएसनले समस्या भएको सुनाए। पछिल्ला वर्षमा ओलम्पिक कमिटी र हालको एन्फाको विवादको जड नै यही छ।
मन्त्रीले दिएनन् स्पष्ट योजना
सरकार गठन भएयता नै काम गर्न नेतृत्व हतारोमा देखिन्छ। यसको अपवादमा छ, खेलकुद। मन्त्री सस्मित पोखरेलले खेलकुदको समस्या कसरी हल गर्ने र अगाडि कसरी बढ्ने भनेर योजना अघि सारेका छैनन्।
‘बोलेर केही हुने हैन, काम गरेर देखाउनु छ,’ उनले भने।
उनले समस्याको गहिराइमा पुगेर भन्दा पनि महानगरको उदाहरण दिँदै विद्यालस्तरमा ग्रासरुटमा काम गरेर खेलकुदको दीर्घकालीन विकास गर्ने सतही योजना सुनाए। यद्यपि, उनले विज्ञसँग बसेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताए।
मन्त्री पोखरेल। तस्बिर: राखेप
‘एउटा टिम भएर काम गरौँ। खेल क्षेत्रलाई दीर्घकालीन रुपमा कसरी विकास गर्न सकिन्छ, यसमा काम गरौँ। खेल क्षेत्रलाई शिक्षासँग पनि जोडेर काम गरौँ,’ उनले भने।
फुटबलमा आउन लागेको ‘डिजास्टर’ र क्रिकेट
नेपाली खेलकुदमा हाल आउन लागेको डिजास्टर फुटबलमा छ। राखेपले अखिल नेपाल फुटबल संघलाई निर्देशन अटेर गरेको भन्दै निलम्बन गर्दा फिफाले कुनै पनि बेला ‘तेस्रो पक्ष’को हस्तक्षेप भनेर प्रतिबन्ध लगाउने खतरा छ। यसो भएमा नेपाली फुटबल ‘डिजास्टर’मा जाने छ जुन नेपाली क्रिकेटले यसअघि देखिसकेको छ।
यस्तोमा मन्त्रीले फुटबलमा चासो भने दिएका छन्। उनले फुटबल खेलाडी संघका खेलाडीलाई भेटेर मंगलबार छलफल गरे।
मन्त्रीलाई भेट्न पुगेका खेलाडी विशाल श्रेष्ठले फुटबको वर्तमानस्थितिबारे चर्चा भएको बताए।
श्रेष्ठका अनुसार मन्त्री पोखरेलले राजनीतिबाट फुटबल टाढा राख्नु पर्नेमा स्पस्ट रहेको भन्दै फिफाको प्रतिबन्धको बारे पनि जिज्ञासा राखेको बताए।
फुटबल खेलाडीसँग मन्त्री। तस्बिर: एनएफपीए
यता सरकार आएपछि लगत्तै गरेको एउटा निर्णयले नेपाल क्रिकेट संघ (क्यान)लाई धक्का लागेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) र अन्तर्राष्ट्रिय सिरिज आयोजनामा पनि बेटिङको प्रबर्धन गर्दै आएको क्यानका लागि सरकार बेटिङविरुद्ध कडा रुपमा प्रस्तुत हुने देखिएको छ।
क्यानले सिधासिधा बेटिङको प्रोमोट कमैमात्र गरे पनि सेरोगेट विज्ञापनको सहायतमा बेटिङ साइटको प्रबर्धन गर्दै आएको छ। यसमा उसले सेरोगेट विज्ञापनको कानुनमा स्पस्ट नभएको कुतर्क गर्दै यसको प्रबर्धन गरेर मोटो रकम हात पार्दै आएको छ।
‘प्रचलित कानुन बमोजिम अनुमति नलिएको चिट्ठा किन्न तथा किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था रहेको र सो विपरित कसैले कसूर गरेमा कसूर गर्ने गराउनेलाई कसूर गरे वापत प्रचलित कानुनले कुनै सजाय हुने रहेछ भने सो बमोजिम सजाय गर्ने र सो नभएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ,’ सूचना तथा सञ्चार मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
The post खेलकुद मन्त्रालय शिक्षाभित्र, योजनाबाट बाहिर : फेरियो नेतृत्व संरचना, समस्या भने यथावत appeared first on BIZMANDU.