ऋषिकेश दाहाल - BIZMANDU
बालेनको इन्ट्रीले जनकपुरको ध्वनी पश्चिममा बर्दियासम्मै, मधेशको मत के होला?
डिजिटल प्लेटफर्मबाट युवापुस्ता हुँदै काठमाडौंका मतदाताबीच आफूलाई व्यापक बनाइसकेका बालेन चुनावको मुखमा पुग्दासम्म ‘वर्ड अफ माउथ’ बनिसकेका थिए। परम्परागत राजनीतिक शक्तिको चुनावी अभियानभन्दा बिल्कुलै फरक शैलीमा उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन यतिखेर ‘भावी प्रधानमन्त्री’को उद्घोषसहित मधेशबाट चुनावी अभियानमा होमिएका छन्।
सहकारी ठगी प्रकरणका श्रृङ्खलावद्ध उपक्रमहरूका बाबजुद राजनीतिमा ज्याद्रो शैलीमा उत्रेका रवि लामिछानेसँग सहकार्य गर्दै बालेनको टिमले किन मधेशलाई चुनावी अभियानको पहिलो भूगोल बनायो त?
सोसल मिडिया र डिजिटल मिडिया प्लेटफर्मबाट चुनावी रणनीतिमा सबैलाई माथ खुवाएका रवि र बालेनको जनकपुरबाट चुनावी अभियानको ‘शुभ मुहुर्त’ले नेपाली कांग्रेसलाई पनि मधेशतिर हेर्न बाध्य बनायो। काठमाडौं-४ को आफ्नो निर्वाचन क्षेत्रमा चुनाव जित्ने आफ्नै सर्वेक्षणका बाबजुद जोखिम मोल्न कांग्रेस सभापति गगन थापा बाध्य हुनुले मधेशमा राजनीतिक उथलपुथलको संकेत गर्दैछ।
मधेशमा रास्वपा रणनीति
गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित र रविको उदयको सफलतामा बालेनको काठमाडौं महानगरका प्रमुखमा जित आफैँमा ‘पाइलटिङ’ थियो। बालेनले छोटो अवधिमा जसरी जनमत बटुले, त्यसैको सिको गर्दै उदाएको हो- राष्ट्रिय स्वतन्त्र पार्टी।
रविको उदयप्रति बालेन सन्तुष्ट थिएनन्। जितको ‘प्याटेन्ट’ आफूभन्दा अरूले उपयोग गरेकोमा बालेन आफ्ना निकटवर्तीसँग आक्रोश प्रकट गर्थे। तर, नवयुवाको प्रदर्शन, केपी ओली नेतृत्वको सरकारले गरेको दमन र हत्यासँगै भएको आगजनीको श्रृङ्खलाले बालेन र रविलाई एक ठाउँमा ल्यायो।
बालेन साह रास्वपाको कार्यालयमा। फाइल तस्वीर
भदौ २३ र २४ को प्रकरणअघि नेपाली कांग्रेस र नेकपा एमालेले रविविरुद्ध श्रृङ्खलावद्ध आक्रमण गरिरहेका थिए। भदौ २४ को आगजनीपछि बालेनमाथि जनस्तरबाट प्रश्न उठ्ने क्रम बढ्यो। भदौको घटनाक्रमले बालेनलाई कतै न कतै सुरक्षित अवतरणको आवश्यकता महसुस गरायो।
सँगै रविलाई आफ्नो पुरानो क्रेज फर्काउनुपर्ने बाध्यता थियो। मुलुक निर्वाचनमा जाने र संगठित रुपमा पुराना दलबाट हुने आक्रमणको जोखिम दुवैसामु थियो। सैद्धान्तिक धरातलभन्दा पनि तत्कालीन आवश्यकताले यी दुईलाई एक बनायो। वैचारिक धरातल र सिद्धान्तले एकतामा कुनै भूमिका खेलेको होइन।
शहरी जनमतमा बालेन र रविको रास्वपा दुवै ‘तगडा’ प्रमाणित भइसकेका थिए। तर सम्भावित सबैभन्दा ठूलो भोट बैंकमा रास्वपाको उपस्थिति निक्कै कमजोर थियो। त्यही भोट बैंकमा रहेको ‘डिपोजिट’ले हो दुवैलाई मधेशतिर खिचेको।
प्रतिनिधि सभाको गत निर्वाचनमा चौथो ठूलो राजनीतिक दल बनेको रास्वपाले मधेश प्रदेशका ८ जिल्लाबाट जम्मा ७२ हजार ९३५ मत पाएको थियो। यो मत राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक मतभन्दा जम्मा ४ हजार बढी हो।
सिंगो मधेश प्रदेशबाट एक सिटका लागि चाहिने भन्दा कम मत खातामा हुनुले रास्वपालाई त्यहाँ ‘स्पेयर’ फैलाउने सम्भावना देखायो।
मधेशमा जति बढी समानुपातिक भोट आफ्नो कब्जामा पार्न सक्यो, त्यति नै धेरै पुराना दलहरूलाई खुम्च्याउन सकिने तथ्य छ। जस्तो कि मधेशका ८ जिल्लाबाट नेपाली कांग्रेसले सबैभन्दा बढी समानुपातिक मत ल्याएको थियो गत निर्वाचनमा। कांग्रेसले ४ लाख ३४ हजार ९ सय मत समानुपातिकमा हासिल गरेको थियो। दोस्रोमा थियो नेकपा एमाले जसले ३ लाख ७१ हजार मत ल्याएको थियो।
राष्ट्रिय राजनीतिमा पहिलो र दोस्रो स्थानमा रहेका यी दुई दलबाहेक जनता समाजवादीले २ लाख ९८ हजार र जनमत पार्टीले २ लाख ९६ हजार मत ल्याएका थिए। तत्कालीन माओवादी केन्द्रले १ लाख ७९ हजार समानुपातिक मत ल्याएको थियो।
तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशबाट मात्रै १ लाख ९ हजार मत ल्याउँदा पनि थ्रेस होल्ड कटाउन सकेन। यिनै तथ्याङ्कबीच समानुपातिकतर्फको बलियो ‘रिजर्भ’मा हस्तक्षेप गर्ने हो भने चुनावी रणनीतिमा माथि उकासिने रास्वपाको आकलन देखिन्छ।
अल्गोरिदममा बालेनको देहाती भाषण
शीर्ष नेताको टाउकोमै प्रहार गरेर राजनीतिक अभियानमा उत्रने रणनीति बनाएका बालेनले आफ्ना सहयोगीलाई भन्दै आएको कुरा थियो- ‘कमजोरलाई चुनावमा पराजित गरेर मजा आउँदैन, स्वाद फेर्ने गरेर केपी ओलीलाई हराएर प्रधानमन्त्री बन्ने हो।’
झापा-५ बाट चुनावी अभियानमा जोडिएका बालेनको यसखाले ‘दुस्साहस’लाई नेकपा एमालेका नेता कार्यकर्ताले ‘खेलाँची’ ठाने पनि उम्मेदवारी दर्ता गर्न जाँदाको भिडले झस्काइसकेको छ।
उम्मेदवारी दर्ताका दिन बालेन झापामा समर्थकमाझ। तस्बिर : रास्वपा
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीका लागि बालेन अब बलियो प्रतिस्पर्धी हुन् भन्ने परिसकेको छ, जुन कुरा उनका अभिव्यक्तिहरुबाट ठम्याउन सकिन्छ।
जनकपुरको सभामा बालेनले त्यहीँको भाषामा सम्बोधन गरे। सप्तरी, सिरहा वा धनुषाका रैथानेले बोल्ने भन्दा बालेनको भाषा केही ‘स्ल्याङ’सहित ‘ब्रोकन’ थियो। तर त्यसको सन्देश स्पष्ट थियो- समानुपातिकतर्फ अब पहिलेजस्तो खुम्चिनुपर्ने छैन।
मधेश राजनीतिलाई नजिकबाट नियालिरहेका महोत्तरीका युवा चन्दन मण्डलको टिप्पणी छ- ‘पछिल्लो समय कुनै पनि नेताले मधेशमा गरेको यो सबैभन्दा उत्कृष्ट भाषण हो। बालेनले त्यहाँका जनताले सुन्न चाहेको कुरा बोले। उनको भाषामा नेताको बोली थिएन जसले आम सर्वसाधारणलाई अपिल गरेको छ।’
रविको ‘आफूमाथि सरकारले अत्याचार गरेको’ भाष्यले मधेशमा प्रभाव नछाडे पनि बालेनको आमसभामा पहिलो बोली सुन्न चाहने अत्यधिक थिए। त्यसैले डिजिटल प्लेटफर्ममा उनको देहाती बोलीको अल्गोरिदम बलियो बन्यो।
डिजिटल प्लेटफर्ममा रमाउने गैर मधेशी समुदायबीच पनि उनको अभिव्यक्ति ‘प्रितकर’ रह्यो। मण्डलकै शब्दमा- यसअघि बालेनका तस्बिर गाडीमा टाँसिने स्टिकरमा देखिन्थ्यो भने मधेशमा एकैपटकको भाषणले यहाँका मतदाताको मनमा त्यो टाँसिन पुगेको छ।
बलियो एजेन्डाका कारण अघिल्लो निर्वाचनमा मधेशमा सीके राउतको क्रेज विशेष थियो। त्यसको असर जनमत पार्टीले पाएको समानुपातिक मतले पनि देखाउँछ। तर, यसपाला सीकेको त्यो क्रेज बालेनतर्फ आएको छ।
बालेन साह जनकपुरमा। फाइल तस्वीर
बालेनको क्रेजले चुनाव चिह्न घन्टी र रास्वपा मधेशमा अनुमोदित भएको छ। त्यसैले ‘अब के बार बालेन सरकार’ नारा लाग्न थालेको हो। यो शैली सीमापारी भारतमा मोदीलाई केन्द्रमा राखेर भारतीय जनता पार्टीले चलाएको क्याम्पेनिङ भन्दा फरक छैन। जसरी उत्तर प्रदेश र बिहारको निर्वाचनमा जातीय मतको विरासतलाई मोदीले उल्ट्याए, त्यही अवस्था मधेशमा देखा परेको छ।
विभेदको एजेन्डा जोड्न बालेनको मधेशी अवतार
जतिखेर रविले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आकार दिए, त्यतिखेर मधेशमा सीके राउतको उदय भइरहेको थियो। त्यसरी नै रेशम चौधरीको उदय भयो पश्चिम तराईमा। विश्लेषक तुलनारायण साहका अनुसार रास्वपाको उदय बेथितिको एजेन्डा उठाउँदै भएको हो। तर, विभेदको विषयलाई रास्वपाले कहिल्यै उठान गरेन।
सीके राउतले बेथिति र विभेद दुवै एजेन्डालाई अघिल्लो निर्वाचनमा उठाएका थिए जसले मधेशमा रास्वपाभन्दा सीके राउतको दल बलियो बनेर आयो। रास्वपाले लिएको राजनीतिक धारलाई थप प्रस्ट्याउन तुलनारायण साहले उदाहरण पेस गरे- ‘तपाईँ दाहाल र म साह भएर परराष्ट्र मन्त्रालयमा राहदानी लिन जाने हो भने के देखिन्छ? बेथिति दुवैले भोग्छौं। विभेद चाहिँ मैलेमात्र। तपाईँ र ममाथि प्रष्ट विभेद हुन्छ। सधैं मधेशले दुवै भोगिरहेको छ। रास्वपाले विभेद देखेन।’
साहले भने झैं राज्य सञ्चालनमा जुन बेथिति थियो, त्यही मुद्दाको जगमा रास्वपाको राजनीति खडा भयो, रवि प्रखर वक्ताका रुपमा उभिए। स्वाभाविक रुपमा बेथिति नेपाली राजनीतिको मुल समस्या हो जसलाई गत भदौको विद्रोहले पनि उठायो।
बालेन साह पाँचथरमा
बालेनले संघीयताको पक्षमा बोले। गुमेको मत फर्काउने रणनीति स्वरुप रास्वपा ‘यू टर्न’ भएको साहको बुझाइ छ। उनकै शब्दमा- ‘बालेन कहिल्यै मधेशी पहिचानको बन्न चाहेका थिएनन्। विगतमा भएको ड्यामेज सच्याउन उनलाई मधेशी बनाएर भोट तान्ने प्रयास हो यसपाला। यसमा बालेनले रास्वपाको धारभन्दा एक कदम अगाडि बढेर अभिव्यक्ति दिएका छन्।’
जनकपुरको ध्वनी पश्चिममा बर्दियासम्मै
मधेश प्रदेशमा बालेनको उपस्थिति र केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमै ‘धावा’ कुनै पनि आम निर्वाचनमा असामान्य घटना हो। दलका शीर्ष नेताबीच तिनलाई सहज गराउन कमजोर उम्मेदवार दिने ‘सिन्डिकेट’माथिको हमलाले मधेश बाहेकका प्रदेशमा पनि उत्तिकै प्रभाव छाड्ने देखिन्छ।
बालेन साह इलाममा
यति भन्न सकिन्छ कि सांस्कृतिक नगरी जनकपुरको ध्वनी पूर्वमा सुनसरी र झापासम्मै तथा पश्चिममा लुम्बिनी प्रदेशको दक्षिणी भेग हुँदा कर्णालीको किनारसम्म पुग्छ।
सोसल मिडियामार्फत् मधेशबाट सुरु भएको राजनीतिक अभियानको अल्गोरिदिम विदेशमा रहेका नेपालीबीच र तिनीहरू मार्फत् ‘बाउन्स’ हुँदै नेपालका सबै प्रदेश र क्षेत्रका मतदातासम्म पुग्ने देखिन्छ। त्यसको असर समानुपातिकतर्फ रास्वपा   पहिलो दल भयो भने अनौठो मान्नु पर्दैन।
त्यसबाहेक मूलधार माध्यम र परम्परागत ‘पब्लिक स्पेयर’मा पनि चर्चा मधेशबाट सुरु भएको रास्वपाको अभियानकै छ। बालेन त्यसको केन्द्रमा।
बालेन साह पाँचथरमा
पुर्ख्यौली महोत्तरी भए पनि काठमाडौंका बालेनले रास्वपाका ‘मधेश खम्बा’ मानिएका मृदुभाषी मनिष झाको व्यक्तित्वलाई छायाँमा पारेको विषय कम होइन। तर मनिषका लागि बालेनको छायाँ प्रत्यक्ष निर्वाचनमा बलियो उत्प्रेरक हो, जित हार जनताकै जिम्मामा छोडौं।
ओलीलाई हराउने चुनौती लिएर हिँडेपछि बालेनको चर्चा कुनै एउटा प्रदेशमा सीमित हुने विषय पनि रहेन। झापा ५ मा बालेनको जित वा हार मतदान भएर मतपेटिका खुलेपछि आउने नै छ। तर चुनावी अभियानका प्रारम्भिक दिनले बालेन ‘लाउड’ सुनिएका छन्।
गगनको क्रेज कस्तो?
नेपाली कांग्रेसभित्र विद्रोह गरेर सभापति बनेका गगन यसपालि मधेशका उम्मेदवार हुन्। सर्लाही-४ बाट कांग्रेसको विरासत हाँक्ने तयारीमा रहेका उनको इन्ट्री मधेशको चुनावी सरगर्मी प्रतीक्षाको विषय बनेको छ।
पुराना नेताको बाहुल्यतालाई लल्कार्दै गगनले केन्द्रको राजनीतिमा जे गरे त्यसको चर्चा मधेशमा उत्तिकै हिसाबमा चल्यो। ‘क्रान्तिकारी युवा नेता’का रुपमा गगनको उदयलाई मधेशले निक्कै महत्त्वका साथ लिएको छ।
गगनको अनुपस्थितिमा पनि मधेशमा ‘अबकी बार गगन सरकार’ का बोर्डले माहोल बलियो बनाइरहेको छ। सभापति चुनिएर नयाँ अनुहारलाई सांसदको टिकट बाँडेकाले उनको क्रेज अझ बढेर गएको देख्न सकिन्छ।
पुस्तान्तरणले अरु दललाई जीवन्त बनाइरहँदा ओलीको एमालेको पकड मधेशमा क्षयीकरण भइरहेको छ। बालेनले निर्वाचनमा ‘प्रधान सत्रु’का रुपमा  ओलीलाई लिएसँगै मधेशमा एमालेको जग कमजोर बनाइदिएको छ।
एमालेले आफ्नो रणनीति पक्कै फरक रुपमा तय गर्नेछ चुनावका लागि। त्यसैगरी मधेश केन्द्रित दलहरूको एकताले सम्भावित पहिरोलाई कति रोक्न सक्छ त्यसले पनि निर्धारण गर्छ रास्वपा, कांग्रेस र एमालेको भविष्य।
राजनीतिक अल्गोरिदमले डिजिटल घेरामा मात्र होइन, सामाजिक घेरामा पनि ‘फिल्टर बबल’ तय गर्छ। डिजिटल संसारमा गगन, रवि वा बालेन सबैका आफ्नै घेरा छन्। फिल्टर बबलले यस्ता प्लेटफर्मका प्रयोगकर्तालाई उनीहरूलाई मनपर्ने वा विचार मेल खाने जानकारी मात्र उपलब्ध गराउँछ।
चन्दन मण्डल यसखाले असर डिजिटजबाट मधेशको समाजमा पनि रुपान्तरित भइरहेको बताउँछन्। भन्छन्, ‘मानिसहरू खुलेर बोल्न तयार छैनन्। तर भित्रभित्रै रुपान्तरण खोजिरहेका छन्।’
स्वाभाविक हो, परिवर्तनमा मधेश सधैं केन्द्रमै रहँदै आएको छ।
The post बालेनको इन्ट्रीले जनकपुरको ध्वनी पश्चिममा बर्दियासम्मै, मधेशको मत के होला? appeared first on BIZMANDU.
राजेश अग्रवालको दृष्टिमा जेनजी आन्दोलनपछिको अर्थतन्त्र, खरानीको गन्धबीच सम्भावनाको खोजी
कर्फ्यु लागेकाले भदौ २४ गते राजेश अग्रवाल घरमै थिए – टेलिभिजन च्यानलमा न्युज हेर्दै। के भइरहेको छ भन्ने चासो स्वाभाविक थियो। अघिल्लो दिन आन्दोलनमा उत्रेका किशोर प्रहरीको गोलीको सिकार भएका थिए। त्यसले बढाएको आक्रोशको आवेग थामिसक्नु थिएन।
काठमाडौंमा जताततै आगजनी र तोडफोड। उपत्यकाको आकाश धुवाँमय। सबैतिर जल्न थालेपछि उनी घरमा अडिन सकेनन् र आए थापाथली। चोकबाट केही उत्तरतिर पुगे र पूर्वतिर फर्के। उनकै सामु धमाधम जल्न थाल्यो उनको कार्यालय रहेको सेन्ट्रल बिजनेस पार्क। त्यसभन्दा अगाडि सडकसँगै टाँसिएका गाडीका शोरूममा दनदनी आगो लागिरहेको थियो।
‘पूरै शून्यता। केही सोच्न सकिरहेको थिइन। अरू कति विध्वंस हुने हो भन्ने त्रास मात्र थियो,’ अप्रत्याशित घटनाक्रम सम्झिए उनले।
उनको कार्यालय रहेको ट्रेड कम्प्लेक्समा आगो लागिरहँदा अग्रवालका आँखाले जलिरहेका दृश्य त हेरिरह्यो तर दिमागले कुनै सोच ‘प्रशोधन’ गर्न सकिरहेको थिएन। शून्य अनुभूतिमा अडिरहे उनी। उनको आँखाभरि थिए- जल्दै गरेको ट्रेड टावर, सिजी र सिप्रदी ट्रेडिङको शोरुम। गाडी जल्दा चर्को स्वरले पड्किँदै गरेका ध्वनिले नि:शब्द बनाइरहेको थियो। टावरमा सबैभन्दा ठूलो बोर्ड कान्तिपुर पब्लिकेसन्सको थियो। आन्दोलनमा एउटा समूह कान्तिपुरविरुद्ध लक्षित पनि थिए।
‘केही भन्न सकिने अवस्था नै थिएन। यताबाट र उताबाट मानिसहरू छिर्ने र निस्किने भइरहेको थियो,’ उनले भने।
प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको २०४६ सालको आन्दोलनयता सबै खाले सङ्क्रमणलाई नजिकबाट निहालेका राजेशका लागि यसपाला केही फरक थियो। जीवनमै पहिलो पटक निजी क्षेत्रमाथि निर्मम तरिकाबाट भएको आक्रमण उनका लागि अप्रत्याशित हुनु स्वाभाविक थियो।
सशस्त्र द्वन्द्वमा समेत नदेखिएको दृश्य
आन्दोलन त ‘नियमित आकस्मिकता’ नै रह्यो नेपालीका लागि। २०४६ र ६२/६३ सालको आन्दोलन व्यवस्था परिवर्तनका लागि थियो। त्यसबिच २०५२ सालदेखि एक दशक चलेको माओवादीको हिंसात्मक आन्दोलनले सिर्जना गरेको आरोह अवरोह पनि कम थिएन।
तर, ती सबै आन्दोलन विचार जोडिएर आएका थिए। तिनका आफ्नै निर्दिष्ट लक्ष्यहरू थिए। ती आन्दोलनले सडक छेउछाउका रेलिङ, बार र डिभाइडर तथा सडकमा भेटिएका सरकारी सवारीलाई छोड्थेन। तर, संगठित रूपमा निजी क्षेत्रमाथि आक्रमण कुनै पनि आन्दोलनमा देखिएका थिएन। राजेशलाई यसपाला जे भयो त्यो ‘अप्रत्याशित’ लाग्नुको कारण यिनै थिए।
‘यसभन्दा पहिला कहिले पनि निजी र सरकारी सम्पत्तिमा यस तरिकाको आक्रमण देखेको थिइनँ,’ उनले भने, ‘शान्तिपूर्ण रूपमा माग राख्न पाउनु पर्छ। हाम्रो प्रजातन्त्रले दिएको अधिकार हो। तर, जुन हिसाबले भयो नि त्यो चाहिँ अनपेक्षित थियो।’
मुलुकले बेहोरेको माओवादीको ‘जनयुद्ध’जस्तो निजी क्षेत्रप्रतिको वैमनस्य व्यवहारमा पनि यसरी निजी क्षेत्रमाथि आक्रमण भएन। त्यसैले किन यस्तो भयो भन्ने समेत खुट्टाउन नसकी शून्य सोचमा पुगेका अग्रवाल भन्छन्, ‘हामी नेपाली त्यसै पनि शान्त प्रवृत्तिका थियौँ। यस्तो खाले विध्वंस चाहिँ कसरी भयो भनेर आश्चर्य चकित भएका छौँ।’
‘यसभन्दा खराब अवस्थामा समेत नेपालमै लगानी गर्नुपर्छ भनेर गर्नेहरूले यहाँ अहिलेको परिवेशमा निरन्तरता दिन्छन् नै। किनकि ‘जनयुद्ध’, भूकम्प, कोभिड १९ सबै भोगेरै आएका त हौँ हामीले।’
खरानीको गन्धसँगै सम्भावनाको खोजी
इमर्जेन्सी एक्जिटका लागि बनाइएको फलामे संरचनाबाट पाँच तला चढेपछि उनको कार्यालयमा पुगिन्छ, जसको जुनसुकै कुनामा पनि नमिठो गन्ध आउँछ – धुवाँको। जलेर पूरै नष्ट भएका संरचनामा सरसफाइ जारी छ। उनको सहित केही कार्यालय आगजनीको चपेटाबाट जोगिएका छन्। धुवाँको मुस्लोले छपक्कै छोपेको कार्यालयमा रङ पोते पनि कतैकतै भदौ २४ को संकेत देखिन्छ।
भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसपछि विकास भएका हिंसात्मक घटनाक्रमले निजी क्षेत्रको मनोबलमा परेको असरबारे उनको कार्यालयमा पुगेर बिजमाण्डूले सिएनआईका पूर्व अध्यक्षसमेत रहेका आरएमसी ग्रुपका अग्रवालसँग केही जिज्ञासा राख्यो। सबैभन्दा पहिलो प्रश्न थियो – ‘यति धेरै क्षति देखियो। यसले मुलुकमा लगानीको वातावरण थप बिथल्यो भन्ने भाष्य सुनिन्छ। के त्यही हो अवस्था?’
‘होइन।’
सुरुमै अग्रवालले नकारे।
‘पहिलो कुरा त नेपालमा लगानीका धेरै सम्भावना छन्। “दिस इज दी ल्यान्ड अफ अपर्चुनिटी”। यसलाई एउटा आन्दोलन वा परिघटनाले बिथोल्न सक्दैन,’ उनले थप व्याख्या गरे, ‘समग्रमा हेर्ने हो भने केही समयका लागि कसैले पर्खौँ र हेरौँ भनेको हुनसक्छ। विदेशी लगानीकर्तामा पोलिटिकल स्टेबिलिटी नहुँदासम्म रोकौँ भन्ने होला।’
राजनीतिक स्थिरता हुनासाथ नेपालमा ‘अनएक्स्प्लोर’ भएका क्षेत्रमा लगानी आउनेमा निर्धक्क सुनिए अग्रवाल। निर्वाचन घोषणा भइसकेकाले राजनीतिक कोर्स एउटा बाटोमा जाने र त्यसले लगानीका लागि थप वातावरण बनाउनेमा उनी विश्वस्त सुनिए। त्यसमाथि नेपालका स्वदेशी लगानीकर्ताले त विषम परिस्थितिमा समेत मुलुकमै लगानी गरेर अर्थतन्त्र जोगाएको उनले भुलेका छैनन्।
भन्छन्, ‘यसभन्दा खराब अवस्थामा समेत नेपालमै लगानी गर्नुपर्छ भनेर गर्नेहरूले यहाँ अहिलेको परिवेशमा निरन्तरता दिन्छन् नै। किनकि ‘जनयुद्ध’, भूकम्प, कोभिड १९ सबै भोगेरै आएका त हौँ हामीले।’
‘अब पक्कै पनि एक हिसाबले नयाँ डेमोक्रेसी हुन्छ। नयाँ चेन्ज आउँछ। यस स्टेजमा हरेक देश गएको छ। हामीकहाँ त भर्खर अब ६२/६३ मा गणतन्त्र आयो। संविधान बनाउनै हामीलाई १२ वर्ष लाग्यो। संविधान आएपछि हामी संघीयतामा गयौँ। त्यो पनि एउटा एक हिसाबले ट्रायल नै छ। धेरै नियम कानुन बनिसकेकै छैन’
उनका अनुसार यस पटकको आन्दोलनले लगानीका लागि थप के गर्नुपर्छ भन्ने सोच्न बाध्य बनाएको छ। लगानीका लागि नीतिगत र कानुनी रूपमा धेरै सुधार भइरहेका पनि थिए। सुधार हुने ठाउँहरू पनि उत्तिकै देखिने नै भए। त्यसलाई मूल्यांकन गर्दै अगाडि बढ्ने हो भने आर्थिक क्षेत्रमा ठुलै प्रभाव पार्न सकिने उनको बुझाइ छ।
गलत हो ‘केही भएन’ भन्ने भाष्य
एउटा विषयमा उनी प्रस्ट छन् – अपेक्षा गरेअनुसार परिणाम हात परेको छैन। तर त्यसैका आडमा केही पनि भएन भन्नेप्रति भने विमति राख्छन्। अपेक्षा गरेजस्तो प्रतिफल हात लागेन भन्दैमा ‘केही पनि भएन’ वा ‘केही पनि हुँदैन’ भन्ने भाष्य निर्माण भएको अग्रवालको बुझाइ छ।
‘२०४६/४७ सालपछि चेन्ज आउँछ भन्यौँ। ६२/६३ पछि गणतन्त्र आयो। होइन संविधान आइसकेपछि हुन्छ भन्यौँ। हामीले एक्सपेक्टेड चेन्ज नआउँदा यस्तो देखिएको हो। देशमा केही नभएको चाहिँ होइन। यिनै चेन्जले परिवर्तन पनि भएको छ,’ उनले भने, ‘प्रतिव्यक्ति आम्दानी बढेको छ। हेल्थ केयरको कुरा गरौँ, एजुकेसनको कुरा गरौँ, बैंकिङको कुरा गरौँ, हरेक सेक्टरमा ग्रोथ त भएको छ। तर सुशासनको अनुभूति अपेक्षा अनुसार जनतालाई भएन।’
राजनीतिक अस्थिरता र सरकार फेरबदलले सबैभन्दा धेरै ग्रोथमा असर परेको अग्रवालको भनाइ छ। छिटो छिटो फेरिने सरकार र नीतिगत अस्थिरताले जनअपेक्षालाई साथ दिन नसकेको सबैले स्वीकार्छन् नै। त्यसैले यस खाले परिस्थिति फेरिएला भन्ने आशा छ उनमा।
उनी भन्छन्, ‘अहिले भइरहेको विकासको विस्तारलाई अलि फास्ट ट्र्याक गरेर, झकझकाएर छिटै गर्नुपर्ने खालको अर्जेन्सी पनि क्रिएट गरेको छ। समग्रमा यसले देशका लागि राम्रै हुन्छ।’
अर्थतन्त्र भलो त सब भलो
राजेशले महसुस गरेको यथार्थ हो– जतिसुकै राजनीतिको कुरा गरे पनि आखिरमा त्यो गएर ठोक्किने भनेकै अर्थतन्त्रमा हो। अर्थतन्त्र राम्रो छ भने रोजगारी स्वाभाविक रूपमा सिर्जना हुन्छ। जनजीविका चलाउन कठिन हुन्न। परिवार पाल्न र सन्तानको शिक्षादीक्षाको समस्या हुन्न।
‘हाम्रो समस्या कहाँ छ भने – गत २० वर्षदेखि हेरौँ न, हरेक डिस्कोर्स राजनीतिमै घुमेको छ। अर्थतन्त्रलाई हामीले फर्स्ट प्रायोरिटीमा कहिले ल्याउनै सकेनौँ’
पछिल्लो समय नेपालले प्रविधिको क्षेत्रमा मारेको फड्को र निर्यातले नयाँ सम्भावना देखाएकोमा उनी उत्साही सुनिए। पर्यटनदेखि जलविद्युतसम्मको विकासले रोजगारी बढाउनेमा निश्चिन्त पनि।
‘हाम्रो समस्या कहाँ छ भने – गत २० वर्षदेखि हेरौँ न, हरेक डिस्कोर्स राजनीतिमै घुमेको छ। अर्थतन्त्रलाई हामीले फर्स्ट प्रायोरिटीमा कहिले ल्याउनै सकेनौ,’ उनले भने, ‘हामीले संस्थागत र व्यक्तिगत रूपमा पनि धेरै प्रयास गरौँ। राजनीति चलिरहन्छ, त्यो आफ्नो एउटा पाटोमा छ। तर अर्थतन्त्र ठिक भयो भने बाँकी सबै हुन्छ।’
अर्थतन्त्र सुधार्न राजनीतिको भूमिका अनिवार्य छ। सुशासनसँग जोडिएका कानुनी व्यवस्थालाई राजनीतिक रूपमा सम्बोधन गर्ने र सुशासनका लागि डिजिटलाइजेसनमा जाने हो भने अर्थतन्त्रले बलियो ट्र्याक समात्नेमा विश्वस्त छन् अग्रवाल। भन्छन्, ‘त्यसपछि रोजगारी सिर्जनादेखि हरेक कुरा राम्रो भइहाल्छ।’
राजनीतिलाई साइडमा राख्नुपर्ने तर्क सहित अर्थतन्त्रलाई केन्द्रमा राख्न अमेरिकी उदाहरण उनले पेस गरे। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हरेक नीतिमा ट्रेड जोडिन्छ। अमेरिकी सरकार पूरै अर्थतन्त्रबाट गर्न भइरहेको बुझेका छन् उनले।
उनी भन्छन्, ‘त्यसबाटै दौडिनु पर्छ कि भन्ने लाग्छ।’
अर्थतन्त्र सुधारका लागि सरकारले प्राथमिकता निर्धारण गरेर अगाडि बढ्नुपर्ने तर्क छ उनको। नीतिगत रूपमा सुधार भयो भने परिणाम आएको देखेका छन् उनले। त्यसका लागि उदाहरण पेस गरे – सिमेन्ट उद्योगको।
‘उद्योग राख्ने, आयात प्रतिस्थापन गर्ने र त्यसका लागि के कस्ता सुविधा दिने?,’ सरकारले तय गर्नुपर्ने विषयलाई उनले उठान गरे, ‘आत्मनिर्भर हुन र रोजगारी सिर्जनाका लागि एउटा रोडम्याप बनाउनै पर्छ।’
त्यस्तै आइटी क्षेत्रले गरेको निर्यातलाई उत्साहका रूपमा लिएका छन् उनले। कर छुटदेखि विदेशमा लगानी विस्तारसम्मका अवसरले नेपाली ब्रान्डका लागि ढोका खोलिसकेको छ। उनी यस्तै उदाहरणहरू थप्न सक्ने हो भने स्टार्टअप प्रवर्द्धनदेखि रोजगारीका अवसर सबै खुल्नेमा निश्चिन्त सुनिए।
सरकारको प्राथमिकता के हो प्रस्ट हुनुपर्ने बेला आइसकेको ठान्छन् उनी। ‘उद्योग राख्ने, आयात प्रतिस्थापन गर्ने र त्यसका लागि के कस्ता सुविधा दिने?,’ सरकारले तय गर्नुपर्ने विषयलाई उनले उठान गरे, ‘आत्मनिर्भर हुन र रोजगारी सिर्जनाका लागि एउटा रोडम्याप बनाउनै पर्छ।’
निजी क्षेत्रका नेताका हैसियतले अग्रवालसहितको टिमले अर्थमन्त्रीलाई भेटिसकेको छ। त्यहाँ उनीहरूले भनेका छन्- समस्याको पहिचान तपाईँको प्रतिवेदनले गरिसकेको छ। अब कार्यान्वयन  गर्ने ठाउँमा आफैँ हुनुहुन्छ। अब सरकार र निजी क्षेत्र एक्लै एक्लै हिँडेर हुँदैन। हामी सहकार्य गरेर जानुपर्छ।
नेपाली समाजको ‘असामाजिक’ सन्दर्भ
जेनजीको प्रदर्शन पहिलो दिन सरकारविरुद्ध थियो। त्यसमाथि सरकारको चरम दमन भयो। दोस्रो दिन प्रदर्शनले हिंसात्मक रूप लियो र लक्षित भए सरकार संरचना। त्यससँगै छानी छानी निजी क्षेत्रमाथि आक्रमण भयो। लुटपाट र आगजनीलाई अहिलेसम्मका कुनै पनि आन्दोलनमा नदेखिएको दृश्य भनेका छन् अग्रवालले। किन निजी क्षेत्रसँग भयो त आक्रोश? राजेशले समाज शास्त्रीय दृष्टिकोण पेस गरे।
‘कहीँ कतै कमजोरी छ भने सरकारी संयन्त्र छँदै छ हेर्न। त्यसबाहेक करदेखि रोजगारीसम्म सिर्जना गरेको छ र त्यसैबाट सरकार चलिरहेको छ भन्ने कुरा बुझाउनुपर्ने देखिन्छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ।’
‘नेपालमा पैसा सबैलाई कमाउनु छ। तर पैसा कमाएको मान्छेसँग सबैलाई ईर्ष्या पनि हुँदो रहेछ,’ उनले भने।
निजी क्षेत्र पूरै दूधले धोएको दाबी गर्न उनी सक्दैनन्। उद्योगी व्यवसायीको कमजोरी स्विकार्छन् पनि। तर, सामान्यीकरण गरेर कमाउने व्यक्तिप्रति सिर्जना गरिएको नकारात्मक भाष्यले निजी क्षेत्रमाथि आक्रमण भएको हो कि भन्ने उनको ठम्याइ छ।
‘एउटा उद्योगी व्यवसायीप्रति जुन हिसाबले भाष्य बनाइयो नि त्यसले अलिकति नेगेटिभ पर्सेप्सन बनिरहेको छ,’ उनले समस्यासँग समाधानको सूत्र पनि दिए, ‘कहीँ कतै कमजोरी छ भने सरकारी संयन्त्र छँदै छ हेर्न। त्यसबाहेक करदेखि रोजगारीसम्म सिर्जना गरेको छ र त्यसैबाट सरकार चलिरहेको छ भन्ने कुरा बुझाउनुपर्ने देखिन्छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ।’
राम्रो गाडी चढेर यात्रा गर्ने वा व्यवसाय विस्तार गर्दै गयो भने त्यस खाले व्यक्तिप्रति ईर्ष्या गर्ने चलन नै स्थापित भएको छ। यथार्थ यस्तो पनि हो कि कुनै पनि पेसा वा व्यवसाय सत् प्रतिशत शुद्ध छ भन्न सकिने अवस्था छैन। ‘उद्योगी व्यवसायी, मिडिया, पोलिटिसियन र ब्युरोक्रेसीमा पनि सबै सद्दे छन् भन्न सकिन्न। तिनै सीमितलाई हेरेर समग्रमा जुन धारणा बनेको छ त्यसलाई परिवर्तन गर्नुपर्छ,’ उनी भन्छन्।
सुशासनका लागि गोरेटो
भ्रष्टाचार वा सुशासनको विषय आउने बित्तिकै सबैको ध्यान राजनीतिक नेतृत्वतिर जान्छ। तर, के राजनीतिक नेतृत्व मात्र दोषी अरू चोखा हुन सक्छन्? पक्कै सक्दैनन्। प्रणाली खराब हुनका लागि त्यससँग जोडिएका सबै सरोकारवाला गाँसिएकै हुन्छन् भन्ने लाग्छ उनलाई। तर, प्रणाली सुधार्ने हो भने सबैभन्दा पहिले नीतिगत तहबाटै सुधारिनुपर्ने उनको धारणा छ।
‘कर्मचारीलाई पुग्ने तलब हामीले दिन सक्या छैनौ कि? के कारणले उसले घुस लिन खोजेको छ? हामीले विचार गर्नुपर्छ,’ उनले भने।
‘हाम्रा ऐन कानुन र नियम प्रस्ट रूपमा परिभाषित हुने हो भने कसैले पनि खेल्ने ठाउँ हुँदैन। अनि भ्रष्टाचार पनि हुँदैन,’ अग्रवालले भने, ‘हामी धेरै चाहिँ राजनीतिमा केन्द्रित भयौँ। अरू सिस्टम्समा हाम्रो ध्यान पुगेन कि! यस हिसाबले भ्रष्टाचार हटाउनलाई त ओभरअल सिस्टममा स्ट्रक्चरल चेन्जकै आवश्यक छ।’
परिवर्तनका लागि एक पक्ष मात्र सुधारिएर हुँदैन। त्यसैले उनी नेतासँगै कर्मचारीतन्त्र र निजी क्षेत्र र मिडिया पनि परिवर्तन हुनुपर्ने दृष्टिकोण राख्छन्। त्यही रोकिन्नन् उनी। जनताको सोच पनि परिवर्तन हुनुपर्ने लाग्छ उनलाई।
‘घुस माग्नेले पनि नमाग्ने र दिनेले पनि नदिने कल्चरसम्म हामी पुग्नतिर पर्छ। यस्तो भयो भने सुधारका लागि सङ्केतहरू पाउन सकिन्छ,’ उनले भने।
भ्रष्टाचारबाट सर्वसाधारण सधैं पीडित छन्। वडाबाट गर्नुपर्ने सानोतिनो काम होस् या सवारीको लाइसेन्स लिने काम, जनता कुशासनको प्रभावमा जोडिन्छन्। त्यसले सर्वसाधारण हरेक चरणमा भ्रष्टाचारबाट पीडित छन्। त्यसरी नै निजी क्षेत्र पनि प्रभावित हुँदै आएको दाबी छ उनको। भ्रष्टाचार संस्कृतिकै रूपमा स्थापित भएकोमा त्यस विरुद्ध उठेको आवाजलाई सबैले सुन्नुपर्ने उनले बताए।
‘कर्मचारीलाई पुग्ने तलब हामीले दिन सक्या छैनौ कि? के कारणले उसले घुस लिन खोजेको छ? हामीले विचार गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि हाम्रो सरकारको क्षमता छ कि छैन? दिन सक्ने छ भने काम लिन सकिन्छ र त्यसको असर अर्थतन्त्रमा देखिन्छ। राजस्व बढ्छ। व्यापार बढ्छ। त्यसपछि सरकारको क्षमता बढ्छ।’
सबै क्षेत्रको वृद्धिको एउटा वृत्त बन्यो भने सुशासनले बाटो लिन्छ भन्ने उनको तर्क छ।
सरकारसँगै दल सुधारिउन्
अग्रवाललाई लाग्छ— सुशासन र भ्रष्टाचार अन्त्य ‘प्राइमरी रिक्वायरमेन्ट’ हो देश विकासका लागि। अहिलेको सरकारसँग सुधारका लागि बाटो देखाउने अवसर र चुनौती दुवै रहेको उनको तर्क छ।
‘उहाँहरूमा पनि राजनीतिमा मात्र रुमलिएर बसेर हुँदैन भन्ने रियलाइजेसन पक्कै भएको हुनुपर्छ। त्यति भयो भने सही बाटोमा हामी जान्छौँ।’
‘उहाँहरू राजनीतिकर्मी होइन। विज्ञतासहित फरक पृष्ठभूमिबाट आउनुभएको छ। पुरानो सिस्टम सुधारेर परिवर्तन ल्याउनुपर्ने भएकाले चुनौती पनि छ,’ उनले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग मन्त्री विज्ञ हुनुहुन्छ। बुझेको मानिसहरू भएपछि परिवर्तनको सम्भावना पनि सहज भयो। केही परिवर्तन गर्नुहुन्छ भन्ने विश्वास पनि छ।’
जसरी सरकारको भूमिकामा सम्भावना देखेका छन् उनले त्यसरी नै दलहरूमा परिवर्तनको अपेक्षा गरेका छन्। जेनजीको मुभमेन्टपछि दलहरूले पनि आफ्नो भूमिका मूल्यांकन गरेको हुनुपर्ने उनको बुझाइ छ।
उनी भन्छन्, ‘उहाँहरूमा पनि राजनीतिमा मात्र रुमलिएर बसेर हुँदैन भन्ने रियलाइजेसन पक्कै भएको हुनुपर्छ। त्यति भयो भने सही बाटोमा हामी जान्छौँ।’
दण्डहीनता रोकिँदा सुध्रिन्छ वातावरण
जेन-जी आन्दोलनका क्रममा २४ गते जे भयो, निजी क्षेत्र चाहँदैन त्यस्तो अवस्था फेरि दोहरियोस्। सार्वजनिक सम्पत्तिमाथिको आक्रमण र आगजनी सभ्य समाजमा हुँदैन। दल र नेतृत्वमाथिको असन्तुष्टि आफ्नै सम्पत्ति जलाएर तृप्त गर्न सकिने कुरा होइन। त्यसैले अग्रवाल चाहन्छन्, अपराध गर्नेहरू उन्मुक्त नहुन्।
‘व्यावसायिक क्षति परको विषय हो, मानिसको घर छानी छानी जलाइएको छ त्यसले भय त सिर्जना गर्छ नै,’ उनले भने, ‘अपराध गर्ने मानसिकतासहित जस जसले तोडफोड र आगजनी गरे तिनलाई कारबाही गर्नपर्छ।’
अर्थमन्त्री रामेश्वर खनालले आगजनी भएका निजी क्षेत्रको अवलोकन मात्र गरेका छैनन्, सहयोगको प्रतिबद्धता पनि जनाएका छन्। त्यसैले निजी क्षेत्र केही हदसम्म आशावादी पनि देखिएको छ। त्यसैले अग्रवाललाई पनि लागेको छ – सरकारले दोषीलाई कारबाही गर्ने छ।
‘होइन भने त यसरी आक्रमण गर्ने संस्कृतिका रूपमा नै विकास हुनसक्छ,’ उनले भने, ‘त्यस खाले परिस्थिति नल्याउन सरकारले कदम चाल्छ भन्नेमा विश्वस्त छु।’
The post राजेश अग्रवालको दृष्टिमा जेनजी आन्दोलनपछिको अर्थतन्त्र, खरानीको गन्धबीच सम्भावनाको खोजी appeared first on BIZMANDU.
त्रासभित्र पनि सम्भावना देखिरहेका राजेन्द्र खेतान : खरानीले पुरिएको सपना, हिम्मतले उठाउने छ
हात्तीसारस्थित उनको कार्यालयबाट पूर्वतिर देखिन्छ होटेल हिल्टन। आगोको लप्कोले पूरै खाएको पाँचतारे होटेल जेनजी आन्दोलनलाई बिर्सन नदिने एउटा बिम्बका रूपमा टक्रक्क अडिए झैँ लाग्छ। नजिकैको मेरियटमा हिंसाको कुनै असर देखिन्न। मिथ्या नै सही, व्यवसायमा राजनीतिक नाता ‘इम्बेड’ भयो भने परिणाम कस्तो आउँछ भन्ने यो होटेलको दृश्यले बुझ्न सघाउँछ। लक्ष्मी कम्प्लेसको पुरानो ब्लकको पाँचौँ तलामा एन्टिक सजावटले भरिएको उनको अफिसबाट बाहिर हेर्दा देखिने दृश्यको ‘कोलाज’मा कोलाहल पनि प्रतीत हुन्छ यतिखेर।
जलेको सिंहदरबार होस् या निजी सम्पत्ति, धेरैको मनमा ढ्याङ्ग्रो ठोकेको छ- ‘यहाँ केही हुँदैन। देश बन्दैन।’ यही भाष्यका बीच उनी भने आशाका कुरा गर्छन्। सम्भावनालाई केस्रा-केस्रामा छुटाउँछन्। जलेको आगोकै ज्वालालाई सकारात्मक हिसाबले रूपान्तर गर्ने हो भने उज्यालिँदो भविष्यको कल्पना गर्छन्। नेपाली माटोमै लगानी गर्ने र त्यसबाट सबै तह र तप्कालाई अर्थतन्त्रमा जोड्ने गुत्थी खोतल्ने प्रयास गर्छन्।
यिनै सन्दर्भमा हामीसँग कुराकानीमा छन् व्यवसायी राजेन्द्र खेतान। पहिलो संविधानसभामा सबैभन्दा धेरै खटिएका सभासदमध्ये एक हुन् उनी। पहिलो संविधानसभाले लक्ष्य पूरा गर्न नसकेपछि उनी राजनीतिबाट अलग भए। सामाजिक र आर्थिक क्षेत्रमा भने उनी सधैं जोडिइरहे। जेनजी आन्दोलनले उठाएको मुद्दा र आन्दोलनसँग अर्थतन्त्रको सन्दर्भका विषयमा बिजमाण्डूका केही प्रश्नमाथि उनले सहज रूपमा जवाफ दिए। जुन मुद्दाले राजनीति गर्माएको छ, त्यही मुद्दामा सकेसम्म गैर राजनीतिक संवाद गरिरहँदा उनले मिलेसम्म ‘पोजेटिभ भाइब्स’ मात्रै देखाइरहेका थिए।
त्रासभन्दा सम्भावना बलियो
भ्रष्टाचार विरोधी आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि गोली प्रहार हुँदा २२ जनाको मृत्यु भयो। त्यसपछि भएका घटनाक्रम उत्तिकै भयलाग्दो रहे। यस्तो परिस्थितिमा ठूला लगानीकर्ता पक्कै आत्तिएको आकलन स्वाभाविक रूपमा गर्न सकिन्छ। मध्यमवर्गमा एक हिसाबले ‘भयको राज’ छ अहिले। माओवादीको द्वन्द्वकालीन अवस्थामा जस्तो थियो, कतिपय लगानीकर्ता त्यस्तै खाले त्रासमा छन्। तर, राजेन्द्र खेतान यसलाई पूर्ण रूपमा स्विकार्न तयार छैनन्। लगानीकर्तामा त्यस तहको त्रास नरहेको उनको दलिल छ। उनकै शब्दमा- ‘केहीमा “हेरौँ, पर्खौँ अनि गरौँ” भन्ने चाहिँ अलिअलि निश्चय होला। तपाइँले भने झैँ नकारात्मक स्थिति चाहिँ उनीहरूको छैन।’
आन्दोलनका क्रममा जे जति तोडफोड, लुटपाट र आगजनी भयो – त्यो राजनीतिक ‘कनेक्सन’ हेरेर नै भयो। छानी छानी निजी क्षेत्रमाथि आक्रमण हुँदा राजनीतिक निकटताले सबैभन्दा बढी भूमिका खेल्यो। त्यसैका आधारमा खेतानले दुईवटा शिक्षा लिनुपर्ने ठम्याएका छन्- पहिलो, राजनीति गर्नेले राजनीति गरोस्, व्यापार गर्नेले व्यापार। दोस्रो, व्यवसायीले राजनीति गर्न पाउँदैन भन्न त मिल्दैन। तर, उसले राजनीति गर्छ भने ‘राजनीति’ मिसाएर व्यावसायिक लाभ नलेओस्। राजनीति र व्यवसाय बीचको ‘डिमार्केसन’ जोगाउनुपर्ने उनको तर्क नेपालका सन्दर्भमा धेरैका लागि नयाँ ज्ञान नै मान्नुपर्छ। निजी क्षेत्रको अपूरणीय क्षतिका बीचमा पनि खेतानले आशाका किरण देखेका छन्। त्यो कस्तो किरण हो त? उनले अहिलेका अर्थमन्त्री रामेश्वर खनालतर्फ संकेत गरे।
‘उहाँ नेतृत्वमा बनेको कमिटीले एउटा ठुलो दस्तावेज बनाएको छ ५०० पेजको। त्यसले नेपालको अर्थतन्त्रलाई “रिफर्म”मा लैजाने कुरा प्रस्ट्याउँछ,’ राजेन्द्र खेतानले भने, ‘र, अहिले प्रयोगात्मक रूपमा लागू गर्ने समयमा अर्थमन्त्री उहाँ नै भएर आउनुभयो।’
‘गएको ५० वर्षमा जति मुभमेन्ट, दुर्घटना, भूकम्प र कोभिड जस्ता घटनापछि मार्केटले एक किसिमको नौलो मोड लिएको देखिन्छ,’ खेतानले निराशाभित्र आशाको आधार पेस गरे, ‘एक किसिमको नयाँपन, उदयमान प्रगतिशीलता देखा परेको छ। त्यसले नयाँ बाटो खोलेको दर्साउँछ।’
पूर्व अर्थ सचिवका हैसियतमा मुलुकको अर्थतन्त्रलाई सुधार्ने योजना तय गर्ने व्यक्ति नै अर्थमन्त्रीका रूपमा पाउनु मात्र होइन, केही अन्य अध्ययनहरू पनि छन् जसले खेतानलाई थप सकारात्मक हुन प्रेरित गरिरहेको रहेछ। सेमन्त दाहालको टिमले दिएका सुझाव होस् या रेवतबहादुर कार्कीको नेतृत्वमा बनेको बैंकिङ ‘रिफर्म’वाला अनुसन्धान। यी सबैका आधारमा अर्थमन्त्रीले मुलुकको आर्थिक स्वास्थ्यलाई सुधारको बाटोमा लैजाने सम्भावना देखेका रहेछन्। किनकि अर्थतन्त्रमा रहेका रोगको ‘डायग्नसिस’ पूरा भएर रिपोर्ट आइसक्यो, अब औषधिमूलो गर्ने न हो! अर्थमन्त्री खनालले यी सबै दस्तावेजलाई कार्यान्वयनमा लैजाँदा ९० प्रतिशत समस्या समाधान हुने खेतानको ठम्याइ छ।
नवीन मोडल र स्टार्टअप इकोसिस्टम
जेनजी आन्दोलनमा सबैभन्दा उठेको विषय हो- भ्रष्टाचारको समूल नष्ट र सुशासन। काम गर्ने वातावरण र रोजगारी। जेनजीको मुद्दा ‘हाई ज्याक’ भएको सन्दर्भ अथवा त्यसभित्रका अनेक खाले चलखेललाई पर राख्ने हो भने जे उनीहरूले जे मागे त्यो त निजी क्षेत्रले चाहेकै विषय थियो। त्यसैले अब के गरेर अगाडि जान सकिन्छ त?
खेतानको सूत्र हो—’प्राइभेट इक्विटी’लाई ‘ग्रास रुट’मा लैजाने र ‘स्टार्टअप’सँग जोड्ने। त्यसमा सघाउने माध्यम हो ‘भेन्चर क्यापिटल’।
‘स्टार्टअपको आवश्यकता अनुसार बैंकसँग सहकार्यमा सबै मिलेर प्राइभेट इक्विटी मार्फत जेनजी पुस्तालाई इकोनोमीमा ल्याउनको लागि सहयोग गर्ने,’ खेतानले थप प्रस्ट्याए, ‘र, त्यो सहयोग भेन्चर क्यापिटलको माध्यमबाट अघि बढाउने। कसैलाई मार्केटको आइडिया होला। कसैलाई प्रोडक्सनको। कसैलाई प्रविधिको आइडिया होला। कसैसँग पुँजी होला। यी सबै जोड्न एउटा कम्पनी बनाउने। काम चाहिँ भेन्चर क्यापिटलले गर्छ।’
खेतानका अनुसार यस खाले मोडलमा चारवटा बाटोबाट लगानी गर्न सकिन्छ- रिस्क लिन सक्ने लगानीकर्ता, बैंक ऋण, प्राइभेट इक्विटी र साना लगानीकर्ता गरी सबैको भागमा एकेक चौथाइ।
‘खुद्रा साना लगानीकर्तालाई प्रि-आइपीओको रूपमा हैन। तीन/पाँच वर्षपछि आइपिओ जाने कम्पनीलाई अहिलेदेखि “गल्बनाइज” गरेर लैजाने,’ उनले भने, ‘यसो गर्दा एउटा माथि मात्र रिस्क भएन। स्टार्टअपमा फेल हुने चान्स पनि कम भयो। अर्कोतिर अर्थतन्त्रमा पनि उनीहरूको प्रवेश भयो।’
‘उद्योग मन्त्रालयलाई चाहिँ स्टार्टअप एन्ड उद्योग मन्त्रालय बनाउनुपर्छ। यसले वाणिज्य पनि हेरोस्।’
यतिखेर बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम फ्रिज अवस्थामा छ। सञ्चय कोष होस् या नागरिक लगानी कोष, पैसाको अभाव छैन। निजी क्षेत्र विश्वासिलो प्रोजेक्टको अभावमा जोखिम मोल्न तयार छैन। यस्तो अवस्थामा एउटा विश्वासिलो ठुलो भेन्चर स्थापित गरेर दुई चार हजार ‘स्टार्टअप’लाई ६ महिनामै सहयोग गर्न सकिने उनको तर्क छ। उनी यसमै आमा समूहदेखि माइक्रो फाइनान्ससम्म जोड्न सकिने बताउँछन्। जसले मुलुकभित्रकै उत्पादनको गुणस्तर कायम गर्नेदेखि खपतसम्मको इकोसिस्टम तयार पार्न सक्छ।
अवरोधक के त?
जसरी खेतानले व्याख्या गरे त्यसरी नै अगाडि बढ्न कानुनी अड्चन छ त? कि लगानीका लागि वातावरण नै नभएर हो? उनका अनुसार वातावरणमा वा कानुनमा समस्या होइन। केही निर्देशिका वा नियमावलीमा सुधार गर्नुपर्ला, जुन जटिल होइन। इच्छा शक्ति हो सबैभन्दा बलियो।
‘गर्न देऊ सरकार’ वा ‘गरिखान देऊ’ भन्दै नारा लगाउनेको मनोभाव केही गर्ने हुटहुटीको उपज ठान्छन् उनी। ‘एकातिर उनीहरूको मनभित्र आन्दोलन चलिरहेको छ। अर्कोतिर अर्थतन्त्रले पनि उनीहरूको आवश्यकता खोजिरहेको छ,’ खेतानले थप व्याख्या गरे, ‘हामी पनि आयातलाई आन्तरिक उत्पादनबाट विस्थापित गर्न चाहन्छौँ।’
एउटा विभाग नै खडा गर्न सकिने उनको सुझाव छ – स्टार्टअप विभाग। निजी क्षेत्रका छाता संगठनहरूले पनि यसको नेतृत्व लिन सक्ने देखेका छन् उनले। त्यतिमै अडिन्नन् खेतान। भन्छन्, ‘उद्योग मन्त्रालयलाई चाहिँ स्टार्टअप एन्ड उद्योग मन्त्रालय बनाउनुपर्छ। यसले वाणिज्य पनि हेरोस्।’
यस्ता संरचनाबाट सेवा शुल्क लिएर लगानीकर्ता, प्राइभेट इक्विटी, बैंकर, फाइनान्सियल इन्स्टिट्युसन, आदिको सूची दिने र उनीहरूलाई कनेक्ट गरिदिन सकिने उनले सुझाए। मल्टिनेसनल कम्पनीलाई पनि यसरी नै जोड्ने र प्रोजेक्ट आउनासाथ त्यसका आवश्यकताबारे जानकारी गराइदिने हो भने अर्थतन्त्रमा जेनजीलाई सजिलै समेट्न सकिने उनको तर्क छ। प्राविधिक दक्षता र पुँजीलाई ‘कनेक्ट’ गर्न सकियो भने प्रतिफल निस्किनेमा उनी निश्चिन्त सुनिए।
पलायनको त्रास र विदेशी लगानी
जेनजी आन्दोलनपछि फेरि चुलिएको विषय हो युवा पलायन। मानिस पलायन हुने विषय कसैको वशमा छैन र त्यसको निरन्तरताको इतिहास हजारौँ वर्षको छ। लगानीको वातावरण नहुँदा वा असुविधाका कारण विदेसिनु पुरानै ‘न्यारेटिभ्स’ हो नेपाली समाजको। जतिसुकै राम्रो नीति नियम र कानुन बनोस् अथवा लगानीमैत्री वातावरण नै किन नहोस्, मानिस जाने-आउने क्रम नरोकिने खेतानको बुझाइ छ।
खेतानले चीनको बेइजिङलाई भारतको बेंगलुरूसम्म जोड्ने रणनीति नेपालले लिने हो भने लगानीका लागि गजबको भूमि हुने तर्क गरे। दुई ठुलो अर्थतन्त्रलाई कनेक्टिभिटीले जोड्दा नेपालले आर्थिक उन्नति गर्न सक्नेमा उनी विश्वस्त छन्।
‘जसलाई यही बस्नु छ, यही खानु छ, यही मेटिनु छ, त्यो मान्छे जान्न,’ उनले भने। नेपालका लगानीकर्ता बाहिर जाने हल्लालाई ०.१ प्रतिशत मात्रै मान्छन् उनी। ‘त्यो ०.१ प्रतिशत समूहले गर्दा ९९.९ लाखलाई किन दोष दिने? राज्यको सन्तति भएपछि हाम्रो जिम्मेवारी समाजप्रति पनि छ। राज्यप्रति पनि छ। आफूप्रति पनि छ,’ उनले भने, ‘यी तीनवटाको कम्बिनेसन भएका व्यक्ति राष्ट्रभित्रका व्यवसायी हुन्, चाहे साना या ठुला।’
लगानीकर्ता गएनन् रे, तर मुलुकको आर्थिक मुहार फेर्नका लागि विदेशी लगानी टड्कारो रहँदै आएको छ। के यस्तै तरल राजनीतिक अवस्थामा विदेशी लगानी भित्रिन्छ त? हिल्टन वा ह्यातमाथि भएको आक्रमण देखेका विदेशीले सकारात्मक दृष्टिले हेर्लान्?
खेतान उदाहरण पेस गर्छन् – भारतसँगको १९९६ को वाणिज्य सन्धिले नेपाली उत्पादनले भारतीय बजारमा भन्सारमुक्त पहुँचका लागि कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि नेपालमा भएको हुनुपर्ने व्यवस्था गरेको छ। यसले नेपाली उद्योगहरूलाई आफ्नो उत्पादनमा श्रम र स्वदेशी तथा भारतीय कच्चा पदार्थ प्रयोग गरेर प्रतिस्पर्धात्मक क्षमता बढाउने विकल्प दिएको छ। त्यसपछि हेर्नुस्, जुन सामान ऊसँग छैन त्यो नेपालबाट आयात गर्न जहिले पनि तयार हुन्छ। तर उससँग पर्याप्त प्रोडक्सन छ भने रोक्न खोज्छ। अर्कातिर चाइना पनि हाम्रा धेरै कुराको लागि मार्केट हो। यस हिसाबले कतिपय कम्पनीका लागि नेपाल भनेको त स्वर्ग हो। उसले यहाँ भारतीय मटेरियलबाट प्रोडक्सन गरेर ३० प्रतिशत वृद्धि सहित भारत पठाउन सक्ने भयो। जे कुरा चाइनालाई आवश्यकता छ त्यो नेपालमा प्रोडक्सन गरेर चाइना पठाउन सक्ने भयो।
खेतानले चीनको बेइजिङलाई भारतको बेंगलुरूसम्म जोड्ने रणनीति नेपालले लिने हो भने लगानीका लागि गजबको भूमि हुने तर्क गरे। दुई ठुलो अर्थतन्त्रलाई कनेक्टिभिटीले जोड्दा नेपालले आर्थिक उन्नति गर्न सक्नेमा उनी विश्वस्त छन्।
नौलो घुम्तीको प्रतीक्षा
भ्रष्टाचार विरोधी आन्दोलन भए पनि आगजनी र तोडफोडको सिकार भए विश्वव्यापी ब्रान्ड भएका हिल्टन र ह्यात जस्ता होटेल। जल्नेमा त नेपालको पहिचान भएको भाटभटेनीका आउटलेट सबैभन्दा धेरै रहे। सिंहदरबार र त्यहाँ जलेका गाडीको पहाड अहिले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसमा चुलिएको छ। जतिसुकै सकारात्मक सोच राख्न खोजे पनि जलेका भवन र गाडीले एक किसिमको ‘ट्रिगर’ गरेकै हुन्छ। तर, यसबाट बाहिरिनुको विकल्प छैन।
‘गएको ५० वर्षमा जति मुभमेन्ट, दुर्घटना, भूकम्प र कोभिड जस्ता घटनापछि मार्केटले एक किसिमको नौलो मोड लिएको देखिन्छ,’ खेतानले निराशाभित्र आशाको आधार पेस गरे, ‘एक किसिमको नयाँपन, उदयमान प्रगतिशीलता देखा परेको छ। त्यसले नयाँ बाटो खोलेको दर्साउँछ।’
नेपालबाट विदेशमा गएर प्रतिस्पर्धा गर्नुलाई सुखद ठान्छन् उनी। उनी त्यत्तिमै रोकिन चाहन्नन्। जसरी मानिस जान्छन् त्यसरी कम्पनीहरूको फैलिएको हेर्न चाहन्छन्।
‘चीन र भारतको बीचको इस्यूमा चाहिँ हामी डिप्लोमेटिकली फेल भएको हो। ती दुइटा मुलुकका लागि हामी प्राकृतिक पर्खालको रूपमा हामी छौँ। हामी डिप्लोमेटिकलली कमर्सियल सेन्समा बिजनेस गर्न चाहन्छौँ भनेर हामीले लबिङ गरेको खोइ?,’ उनी प्रश्न गर्छन्। अर्थतन्त्रमा आधारित विदेश नीतिको पक्षमा उनको तर्क जायज सुनिन्छ।
त्यसबाहेक हरेक वर्ष आउने बजेट एउटा ‘ट्रमा’का रूपमा आइरहेको ठान्छन् उनी। ‘कुनको ट्याक्स बढाउने कुनको घटाइदिने! त्यसले के हुन्छ? त्यही इन्डस्ट्रीमा एउटा पार्ट पोजेटिभमा जान्छ एउटा पार्ट नेगेटिभमा। लगानीकर्ताले एउटा दर भनेर लगानी गर्छ। उसले उत्पादन थालेपछि पोलिसी फेरिन्छ,’ उनले भने, ‘ट्यारिफलाई वर्षैपिच्छे चलाउन भएन।’
करको दर घटाउने र दायरा बढाउने हो भने तीन वर्षभित्रै ठुलो छलाङ मार्न सकिने तर्क उनको छ। उनलाई लाग्छ – सबै क्षेत्रलाई करको दायरामा समेट्ने र भ्रष्टाचार हुन नदिने हो भने परिवर्तन कठिन छैन। करको विषयमा ‘वाइड इन्क्लुजन’ले प्रगतिको बाटो देखाउने उनी बताउँछन्। उनलाई थाहा छ भ्रष्टाचारको ताली एक हातले बज्दैन। त्यसैले राजनीति र व्यवसायमा देखिने गरी कित्ताकाट हुनुपर्ने उनको सुझाव छ।
राजनीतिका टापुहरू, डिल गर्नै कठिन
खुला अर्थनीति लिँदा नेपालको राजनीतिमा दुई वटा पोलारमात्र थिए। माओवादी र राजावादी आएपछि शक्ति केन्द्रहरू थपिन थाले। त्यही कम्युनिस्ट राजनीतिमा फुटको क्रम बढ्यो। राजनीतिक शक्तिका टापुहरू थपिने क्रम जारी रहे। निजी क्षेत्रले कुनै बेला दुई पोलारसँग डिल गर्नुपर्नेमा अब २० वटासम्म गर्नुपर्नेमा पुग्यो।
‘त्यो २० वटालाई म्यानेज गर्न गाह्रो हुने भयो। त्यसलाई चलाउनेलाई पनि गाह्रो हुन थाल्यो,’ उनले भने, ‘व्यवसायी सरकारसँग कुरा गर्न गयो, ६ महिनामा नै सरकार बदलिन्छ। फेरि काम बिग्रियो। त्यसपछि मिलेमतो। उतापट्टि आवश्यकता जाग्यो, यतापट्टि भोक। यी दुईको चाँजोपाँजो भनेको करप्सन हो।’
यस खाले परिस्थितिलाई ट्र्याकमा ल्याउने कसरी त? खेतानले तीन वटा काम सुझाउँछन्-
१. नीति र करको दायर स्थिर गरिदिने
२. व्यवसायीदेखि सबैले आफ्नो सम्पत्ति घोषणा गरिदिने
३. सरकारले हरेक लाइसेन्सिङको प्रक्रियालाई प्रतिस्पर्धी बनाइदिने
पहिलो र तेस्रो बुँदा कार्यान्वयनका लागि नीतिगत रूपमा निर्णय गरे पुग्छ। तर, व्यवसायी, नेता वा सर्वसाधारणले सम्पत्ति घोषणा गर्दा कसरी समस्या समाधान हुन्छ त?
उनका अनुसार भ्रष्टाचार अन्त्यका लागि सबैले सम्पत्ति घोषणा गर्नासाथ आम्दानीको स्रोत देखा पर्छ। जहाँ स्रोत देखिन्न त्यहाँ रकम अनुसार एक पटकका लागि कर लिन सक्छ सरकारले। त्यसपछिको सम्पत्तिमा मोनिटरिङ गरोस्- हरेक वर्ष कति थपघट भइरहेको छ। यसबाट भ्रष्टाचारलाई सहजै नियन्त्रणमा लिन सकिने उनको बुझाइ छ।
तेस्रो बुँदा कार्यान्वयन गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनी कसरी लगानी गर्न आउने भन्ने वर्गीकरण गर्नुपर्छ – कुनमा विदेशी सोझै आउने, कुनमा स्थानीय साझेदार सहित आउने भन्ने खालका। त्यसरी प्रस्ट हुने हो भने ‘भाइब्रेट कम्पनी’ भित्रने उनको दाबी छ।
उनीजस्ता सबै व्यवसायीलाई थाहा छ, कानुनमा दोहरो अर्थ लाग्ने कुरा धेरै छन्। त्यही आधारमा फाइल रोकिन्छ। त्यसबाहेक दोस्रो प्रवृत्ति पनि खेतानले देखेका छन् – म गर्छु अरूलाई गर्न दिन्न भन्ने मोनोपोलिस्टिक अप्रोच। त्यस्तै, राजनीतिक सम्बन्ध छ भने तेस्रो प्रवृत्ति देखा पर्छ – पोलिटिकल सेटिङमा स्मग्लिङसम्मका काम।
यस खाले परिस्थितिबाट बाहिरिनुपर्ने उनको धारणा छ। राज्यको प्रतिस्पर्धात्मक नीति भयो भने धेरै समस्या सुल्झिने उनले तर्क गरे।
‘मलाई के लाग्छ भने राजनीतिक पार्टीहरूले पनि अबको चुनाव पछि चाहिँ एउटा किसिमको फड्को मर्ने प्रयास गर्छन्। त्यो नै हाम्रो लागि रोड म्याप हुन्छ। राम्रो चाहिँ के छ भने हाम्रो सोसाइटीमा विज्ञ र विज्ञताको कमी छैन।’
‘हरेक कुरामा कम्पिटिसन गराउने। हरेक कुरामा एउटा दुइटा मात्र हैन, तीन वटा प्लेयर दिने। तिनले कम्पिट गरेपछि पाँच वर्ष देखि १० वर्षमा जो कमजोर हुन्छ आफैं मर्जरमा जान्छ र कम्पनी ठुलो बन्छ,’ उनले उदाहरण थपे, ‘जस्तै बैंकिङमा। ४० वटासम्म थियो। अहिले २० वटामा आएर बस्यो। जोडिँदै गए, खर्च घटाउँदै गयो। क्यापासिटी बढ्दै गयो। पुँजीले साइज बढ्यो। म्यानपावर घट्यो। दुइटाको ठाउँमा एउटै टेक्नोलोजीले पुग्यो।’
फेरिएको राजनीतिमा फेरिएला शैली?
खेतानले बुझेका छन् – मार्केटलाई कसैले रोक्न सक्दैन। त्यसलाई कानुनी दायरामा ल्याउने कि नल्याउने भन्ने मात्र प्रश्न हो। जब कानुनी दायरामा ल्याइन्छ सबै समस्या सुल्झिँदै जान्छ। अहिले औपचारिक क्षेत्र ९० प्रतिशत बैंकिङ दायरामा आइसकेको बताउँदै खेतान ह्युमन रिसोर्समा पनि फड्को मारेको सुनाए।
उनको ठम्याइ छ, जेनजी आन्दोलनले एउटा झड्का दिएको छ- युवाको अपेक्षालाई बेवास्ता गरिएको रहेछ। उनीहरूले सुशासनको मुद्दा उठाएका छन्। यहीँ केही गर्न पाउँ भनेका छन्। क्षमता छ त्यसको सदुपयोग गर्न पाउँ भनेका छन्। त्यसलाई उल्था गर्ने काममा निजी क्षेत्र पनि लाग्नुपर्ने खेतानको बुझाइ छ।
नेपालबाट विदेशमा गएर प्रतिस्पर्धा गर्नुलाई सुखद ठान्छन् उनी। उनी त्यत्तिमै रोकिन चाहन्नन्। जसरी मानिस जान्छन् त्यसरी कम्पनीहरूको फैलिएको हेर्न चाहन्छन्।
‘जसले यहाँ राम्रोसँग गरिसक्यो त्यसलाई बाहिर पनि जान देउ। बैंक, बीमा, एयरलाइन्स, होटेललाई पनि बाहिर जान देऊ,’ उनले भने, ‘कमसेकम त्यस्ता ५० क्षेत्र छन् जहाँ नेपाली विज्ञताले त्यसलाई मल्टिनेसनल बनाउन सक्छ।’
नेपाली कम्पनीलाई मल्टिनेसनल बनाउने हो भने नीति र कानुन दुवैमा रिफर्म चाहिने उनको भनाइ छ। किनकि नेपाली डायस्पोरा यसरी विस्तार भइसक्यो कि अब कुनै पनि मुलुकमा नेपाली कम्पनी पुग्ने हो भने त्यहाँ विदेशी कामदार खोज्न पर्दैन नेपाली नै भेटिन्छन्।
‘म त धेरै पोजेटिभ छु। जेनजीको मुभमेन्ट तपाईँले के बिर्सन सक्नुहुन्छ? ७५ मान्छेले आफ्नो जीवन गुमाएको बिर्सन सक्नुहुन्छ?,’ उनी प्रश्न गर्छन्, ‘त्यसको अर्को दिन हैन जेनजीको नाममा भएको विद्रोह? सिधै भनौँ भने अट्याक। भूकम्प र कोभिड जतिकै डरलाग्दो स्थिति।’
यी सबै परिस्थितिको साक्षी भएकाले हुनुपर्छ खेतानलाई लाग्छ – अब मानसिकतामा परिवर्तन आउँछ। अब हुने चुनावले नयाँ रोडम्याप तयार हुने अपेक्षा गरेका छन् खेतानले।
‘मलाई के लाग्छ भने राजनीतिक पार्टीहरूले पनि अबको चुनाव पछि चाहिँ एउटा किसिमको फड्को मर्ने प्रयास गर्छन्। त्यो नै हाम्रो लागि रोड म्याप हुन्छ,’ उनले भने, ‘राम्रो चाहिँ के छ भने हाम्रो सोसाइटीमा विज्ञ र विज्ञताको कमी छैन।’
The post त्रासभित्र पनि सम्भावना देखिरहेका राजेन्द्र खेतान : खरानीले पुरिएको सपना, हिम्मतले उठाउने छ appeared first on BIZMANDU.
जेनजी आन्दोलन पछि पर्यटन क्षेत्रमा संशय, ‘यसलाई अवसरको रुपमा रुपान्तरण गर्नुपर्छ’
यसपाला नेपाल भ्रमणलाई लिएर अमेरिकाबाट दशकपछि ट्राभल एड्भाइजरी जारी भएको हो। भदौ २३ गते जेनजीले आयोजना गरेको भ्रष्टाचार विरुद्धको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसात्मक आगजनी र तोडफोडका घटनापछि विकसित घटनाले नेपालको पर्यटन फेरि द्वन्द्वकालीन परिवेश त फर्काउँदै छैन? संशय पैदा गरेको छ।
आन्दोलनकै असर हुनुपर्छ, एक महिनामा तेस्रो मुलुकबाट आउने ५० प्रतिशत पर्यटक नेपाल आएनन्। आउने तयारीमा रहेका २० प्रतिशतले त भ्रमण क्यान्सिल नै गरे। आन्दोलनका क्रममा हिल्टन होटेल जल्यो। ह्यात होटेलमा पनि तोडफोड भयो। वर्णबास होटेल पनि तहसनहस भयो। सिजनको मुखैमा एकातिर भौतिक क्षति र अर्कातिर त्यसले सिर्जना गरेको त्रास ! के अहिलेको परिवेशलाई हामीले माओवादी द्वन्द्वकालीन परिवेशसँगै तुलना गर्न सक्छौँ त?
पर्यटन व्यवसायी योगेन्द्र शाक्य त्यसरी तुलना गर्न तयार छैनन्।
‘त्यतिखेरको अवस्थासँग ठ्याक्कै तुलना गर्न मिल्दैन। र, ट्राभल एड्भाइजरीको प्रभाव पनि पहिलेजस्तो नेगेटिभ हुने अवस्था छैन,’ पछिल्लो परिवेश र निजी क्षेत्रको मनोबलका विषयमाथि हाम्रा केही प्रश्नको जवाफ दिने क्रममा पर्यटन व्यवसायी शाक्यले भने, ‘पहिले पो सूचनाका लागि अरू संयन्त्र थिएन र ट्राभल एड्भाइजरीमा निर्भर हुन्थे। अहिले त सबै तत्कालको खबर लिइरहेका छन्। त्यसैले त्यतिखेरको जस्तो खराब अवस्था अहिलेको होइन।’
नगरकोटको चर्चित रिसोर्ट क्लब हिमालय र लाजिम्पाटको एम्बाडस्डर होटलका सञ्चालक शाक्य अहिलेको अवस्था सदुपयोग हुने हो भने पर्यटनमात्र होइन, सबै क्षेत्रमा सुधार हुने अपेक्षा राख्छन्। जेनजीले जुन मुद्दा उठाए, त्यसप्रति निक्कै सकारात्मक सुनिएका शाक्यले भने, ‘मेरो नाति/नातिनाका पुस्ताले उठाएको मुद्दामा हामीले साथ दियौँ भने यो टर्निङ पोइन्ट बन्न सक्छ। यसलाई हामीले अवसरका रूपमा रूपान्तरण गर्नुपर्छ।’
‘जेनजीले जेजे मुद्दा उठाइरहेको छ, हाम्रो पुस्ताले पनि दशकौँदेखि उठाइरहेको हो। भ्रष्टाचारको विरोध गरे पनि हाम्रो पुस्ताले चाकडी र राजनीतिक छत्रछायालाई स्विकारेर आयौँ।’
योगेन्द्र शाक्य
नेपालमा जसरी हिंसा फैलियो, त्यसरी नै शान्त भएको परिवेशले पर्यटन क्षेत्रलाई गति दिने सम्भावना देखिएको छ। तर, सुरक्षाकर्मीको गिरेको मनोबल, उनीहरूले सुरक्षाका लागि प्रयोग गर्ने साधनमा पुगेको क्षति, जेलबाट फरार भएका कैदी बन्दीको तथ्यांकले पर्यटनप्रति सकारात्मक सन्देश दिँदैन। त्यसमाथि संसद् विघटन र निर्वाचनको परिवेशमा हुनसक्ने हिंसात्मक गतिविधिले पनि यस क्षेत्रलाई असर पार्न सक्छ। व्यवसायी शाक्य भने पहिलेजस्तै सबैले पर्यटन क्षेत्रका लागि एकताबद्ध हुने हो भने यस खाले परिवेशले समस्या नपार्ने बताउँछन्।
‘ती दिन फिर्ने छैनन्’
सन् २०११। पृष्ठभूमिमा थियो राजनीतिक अस्थिरता। संविधानसभा निर्वाचन सन् २००८ मा भएपछि माओवादी सबैभन्दा शक्तिशाली दलका रूपमा उदायो। ‘जनयुद्ध’को पृष्ठभूमिमा आएका माओवादी लोकतान्त्रिक राजनीतिमा अवतरण गरिरहँदा ट्रेड युनियन मुभमेन्ट सबैभन्दा बढी चर्कियो। कम्युनिस्टहरू सधैँ श्रमिक र श्रम शोषणलाई राजनीतिक हतियारका रूपमा लिन्छन्, माओवादीले त्यही गरे। यसको असर बहुराष्ट्रिय कम्पनीहरूमा पनि पर्न गयो।
हस्पिटालिटी क्षेत्रमा ‘सेवा’को भाव कमजोर हुँदै गयो र ट्रेड युनियनको दबदबा बढ्न थाल्यो। संविधान लेखनमा माओवादी नेतृत्वले सफलता पाउन नसक्दा अराजकताले जरा गाड्यो। बन्द हडतालका क्रम तेज भयो। अहिलेको परिवेशले के तिनै दिन फिर्ता ल्याउने संकेत त गर्दैन?
योगेन्द्र शाक्यका बुझाइमा ती दिन फिर्ने छैनन्। ‘माओवादीको आन्दोलन गरिब र धनीको आन्दोलन थियो। माओवादीको डक्ट्रिनमै थियो – ऊ धनी भएकाले तँ गरिब भएको,’ तत्कालीन परिवेश सम्झिँदै शाक्यले भने, ‘शोषक त तेरो मालिक हो भन्दै माओवादीले आन्दोलन गरेका थिए। तर यसपालाको आन्दोलन भनेको ‘पोलिटिक्स एगेन्स्ट पोलिटिक्स’ हो।
हामी लगानीकर्ताले पोलिटिक्समा गएर परिवर्तन गर्न कठिन छ। किनकि हामी सिसाको घरमा बसेका हुन्छौँ। म राजनीतिमा जान सक्थेँ। किन गइन भने मेरो होटेललाई जोखिममा पार्न चाहिन। राजनीतिमा जाने हो भने भोलि मेरो होटेलमा ढुंगामुढा हुनसक्छ भनेर जाने हो।
सन् २०११ को सन्दर्भ यहाँ किन पनि जोडिएको हो भने त्यतिखेर नेपाल पर्यटन वर्ष घोषणा गरिएको थियो। र, योगेन्द्र शाक्यकै नेतृत्वमा पर्यटन प्रवर्धनको अभियान अगाडि बढेको थियो। राजनीतिक तरलता, संविधान जारी हुन नसक्दाको सङ्क्रमण, बन्द र हडतालकै बीच दश लाख पर्यटक भित्र्याउने लक्ष्य महत्त्वाकांक्षी सुनिन्थ्यो। तर, त्यस खाले परिवेशमै पनि ८ लाख पर्यटक नेपाल भित्रिए।
‘त्यतिखेर सबै राजनीतिक दललाई बन्द र हडताल नगर्न र पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन लिखित रूपमा सहमत गराइएको थियो,’ शाक्यले द्वन्द्व अवतरणकालीन परिवेश सम्झिँदै अहिलेको अवस्था दाँजे, ‘यसपालाको आन्दोलन फरक भयो। आन्दोलन एकाएक आएको तुफानजस्तो मात्र भयो।’
यस पटक आन्दोलन ‘तुफान’कै रूपमा आए पनि काठमाडौँ पूरै धुवाँमा रङिबङ्गियो। सिंहदरबारदेखि निजी सम्पत्तिमाथि आक्रमण भयो आगजनी पनि। त्यति मात्रै होइन, दशकपछि फेरि सडकमा टायर जल्यो। भ्रमण वर्षका नाममा पर्यटन प्रवर्धनका लागि २२ दलसँग लिखितम् गरेरै पर्यटन क्षेत्रलाई अगाडि बढाएको सम्झिन्छन् शाक्य।
फरक दृश्य
जेनजीको आन्दोलनका क्रममा सबै बन्द भयो। कर्फ्यू तोडेर प्रदर्शनकारी सडकमा उत्रिए। त्यही आन्दोलनका क्रममा एउटा दृश्य निक्कै चर्चित बन्यो – आफ्नो देश फर्किँदै गरेका पर्यटकलाई आन्दोलनकारीले गरेको व्यवहार। आगजनीको बीचमै विमानस्थल जाँदै गरेका पर्यटकलाई हात हल्लाउँदै जेनजीले भनिरहेका थिए- ‘फेरि आउनुस् है। आन्दोलन तपाईँहरूको असहजताका लागि होइन, भ्रष्टाचारविरुद्ध हो।’ आन्दोलनको प्रतीक नै बन्यो यस खाले दृश्य।
‘हामी लगानीकर्ताले पोलिटिक्समा गएर परिवर्तन गर्न कठिन छ। किनकि हामी सिसाको घरमा बसेका हुन्छौँ,’ योगेन्द्रले सुनाए, ‘म राजनीतिमा जान सक्थेँ। किन गइन भने मेरो होटेललाई जोखिममा पार्न चाहिन। राजनीतिमा जाने हो भने भोलि मेरो होटेलमा ढुंगामुढा हुनसक्छ भनेर जाने हो।’
योगेन्द्रलाई लाग्छ युवा पुस्ताको यस आन्दोलनले एक खाले ‘आइस ब्रेक’ गरेको छ– भ्रष्टाचारको सन्दर्भमा। अहिले भएको क्षतिलाई एकातिर राख्ने हो भने जेनजीको आन्दोलन सबैको आन्दोलन हुनुपर्ने योगेन्द्रको बुझाइ छ। ‘जेनजीले जेजे मुद्दा उठाइरहेको छ, हाम्रो पुस्ताले पनि दशकौँदेखि उठाइरहेको हो,’ उनले भने, ‘भ्रष्टाचारको विरोध गरे पनि हाम्रो पुस्ताले चाकडी र राजनीतिक छत्रछायालाई स्विकारेर आयौँ।’
‘अब दलहरूले ह्युमिलिएसनको महसुस नगर्ने र रिटालियटतिर नजाने हो भने पर्यटन मात्र होइन, समग्र अर्थतन्त्रमा पोजेटिभ इफेक्ट पर्नेछ।’
जेनजी प्रदर्शनपछि बौद्धमा पर्यटक
जेनजीले भ्रष्टाचारलाई “नो”भन्छभने निजी क्षेत्रले पनि त्यसमा साथ दिनुपर्ने योगेन्द्रको तर्क छ – ‘सेटिङलाई सोझै दुत्कार्ने हो भने सबै क्षेत्रले अग्रगामी बाटो लिनेछ।’ राजनीतिक छत्रछाया भएन भने सुरक्षित रहन सक्दिन भन्ने मनोभावबाट मुक्त हुन सजिलो थिएन। किनकि नेपाली समाजमा दलीय राजनीति जरैदेखि स्थापित रह्यो। राजनीतिक, प्रशासनिक मात्र होइन निजी क्षेत्रले पनि राजनीतिक शक्तिलाई पुज्न छाड्ने हो भने परिस्थिति फेरिन सक्छ।
त्यसैले उनी भन्छन्, ‘जेनजीले उठाएको भ्रष्टाचार विरोधी कदममा अब हामी हजुरबा पुस्ता पनि लाग्नुपर्छ।’
अर्थतन्त्रलाई सुधार्ने अवसर
जेनजीले उठाएको सबैभन्दा आधारभूत मुद्दा हो – भ्रष्टाचार अन्त्य र सुशासन। भ्रष्टाचारले नै पीडक र पीडित बनाइरहेको हुन्छ। त्यसैले भ्रष्टाचार, सेटिङ र सिन्डिकेटलाई वर्गीकरण गरेर बुझ्नुपर्ने तर्क गर्छन् योगेन्द्र।
‘भ्रष्टाचार मात्र भनेर हुँदैन। घुस दिने मानिस पीडित भइरहेको हुन्छ किनकि नदिए उसको काम हुन्न। यहाँ लिने व्यक्ति पीडक हो,’ भन्छन्, ‘तर सेटिङ त लिने र दिने दुवै पीडक हुन् जसमा योजना रहन्छ। तीन दलका नेतामा जस्तै बिचौलिया व्यवसायमा पनि छ। त्यसैले यिनीहरूलाई वर्गीकरण गरेर छुट्टाउन आवश्यक छ।’
जेनजीले आन्दोलन गरेको विषयमा उनीहरू कति प्रस्ट छन् यकिन छैन। तर उनीहरूले उठाएको मुद्दाले अर्थतन्त्रलाई सुधार्ने अवसर दिएको छ। तर जेनजीभित्र देखिएका विभिन्न समूह र अब ‘हाम्रो पालो’ भन्दै सुरु भएको उत्ताउलोपनले झस्काए पनि छ योगेन्द्रलाई।
तर पनि अहिलेको मुद्दालाई “टर्निङपोइन्ट” मानेर अघि बढ्यो भने र “मेरिट” मा चल्यो भने वैदेशिक लगानी भित्रिनेमा उनी विश्वस्त सुनिन्छन्।
‘हामीले जस्तो “अन्डरद टेबुल” दिनुपर्ने कुरा “फरेन इन्भेस्टमेन्ट” मा गाह्रो छ।त्यो नहुना साथ लगानी आउँछ,’ उनले भने।
“त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछाउनेछौ !”
गोपाल प्रसाद रिमालको कविता ‘आमाको सपना’मा भने झैँ जेनजीको आन्दोलन आँधीबेहरी झैँ आयो र सबै पात झैँ त्यसलाई पछ्याउन बाध्य भए। सत्ता, शक्ति र विधि विधान क्षतविक्षत भए। सिन्डिकेट र बिचौलिया एकाएक बबुरा भए। एक निमेष सपनामा झैँ परिवर्तन भयो।
विदेश फर्किँदै गरेका पर्यटकले आन्दोलनकारीबाट ससम्मान पाएको बिदाइ, अरू मुलुकका आन्दोलनमा फरफराइएको नेपाली झन्डा, सरक्कै बनेको सरकार, केही नभए झैँ सामान्य बनेको जनजीवन सबैले एकै कुरा संकेत गरेको छ – यो परिवर्तनले बाटो खोलिदिएको छ सुधारको।
योगेन्द्र भन्छन्, ‘बुकिङ होल्ड गरेका पर्यटक पनि यहाँको अवस्था देखेर आउँदै छन्। १० प्रतिशतभन्दा बढी क्षति हुने देखिँदैन। तर अब फेरि पार्टीहरूले पुरानै पारामा काम गरे भने चाहिँ यो अवसर खेर जाने छ।’
यति ठुलो उथलपुथल लगत्तै राजनीतिक द्वन्द्व व्यवस्थापनमा ‘मच्युरिटी’ देखेका योगेन्द्रको बुझाई छ, ‘अब दलहरूले ह्युमिलिएसनको महसुस नगर्ने र रिटालियटतिर नजाने हो भने पर्यटन मात्र होइन, समग्र अर्थतन्त्रमा पोजेटिभ इफेक्ट पर्नेछ।’
The post जेनजी आन्दोलन पछि पर्यटन क्षेत्रमा संशय, ‘यसलाई अवसरको रुपमा रुपान्तरण गर्नुपर्छ’ appeared first on BIZMANDU.
राजनीतिक वृत्तमा ‘गणेशपन्थी’ चरित्रको लाभ प्राप्तिको चलखेल, अब पनि सचेत नभए हुने कहिले?
अनायसै आएको संकट र त्यसले बदलेको राजनीतिक परिदृश्य, विश्वसामु जेनजीको आक्रोशका लागि ‘केस स्टडी’ बनेको छ नेपाल।
युवापुस्ताको अभिव्यक्त हुँदै गरेको असन्तुष्टिलाई गोलीमार्फत ‘ट्रिगर’ गर्न सरकार नै हौसियो। त्यसको प्रतिफल जेनजीले थालेको आन्दोलन सबै नागरिकको आन्दोलनमा रुपान्तरित भयो। विना कुनै ठूलो ‘एजेन्डा’ राजनीतिक शक्तिहरूले आफ्नो धरातल कति कमजोर भइसकेको छ भन्ने पत्तो पाए।
राजनीतिक दलबीचको सिन्डिकेट र जनताको दैनिन्दीसँग जोडिएका विषयमाथि हुनुपर्ने सम्बोधनतर्फ ध्यान नपुग्दा संसदीय राजनीतिमा सबैभन्दा शक्तिशाली सरकार तासको महल झै तहसनहस हुन पुग्यो।
तर यिनै दुस्स्वप्नका बीच थोरै क्षतिमा संविधान जोगियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बन्यो। अहिलेसम्म कार्कीको नेतृत्वमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनिसकेका छन्।
जनस्तरमा नयाँ सरकारप्रति जति सकारात्मक धारणा विकास भइरहेको छ त्यसको ठीक गतिमा क्षयीकरण भइरहेको छ राजनीतिक दलप्रतिको धारणा। दलसँगै आन्दोलनका क्रममा भएका गतिविधिहरूले जेनजी पुस्तामाथि कटाक्ष हुने क्रम पनि बढेको छ।
र, लुटपाटदेखि आगजनीसम्मले सिंगो पुस्तामाथि औंला ठड्याउनेक्रम बढेको छ। यही पुस्ताको आन्दोलनलाई साथ दिने धेरैमा लुटपाट र आगजनीको फुटेजले एकखाले हीनताबोध गराइरहेको छ।
उनीहरू आन्दोलन जलाउनका लागि, लुटपाटका लागि र कैदी बन्दी छुटाउनका लागि थिएनन् भन्दै चिच्याइरहेका छन्। उनीहरूमध्ये कतिपय सडकदेखि सोसल मिडियाका प्लेटफर्महरूमा कसलाई कुन मन्त्री बनाउने भन्ने अभियानमा जुटेका छन्। तिनैमध्ये कति युवा आफ्नो एजेन्डा खोसिएको भन्दै रन्थनिएका छन्। उनीहरूको अपेक्षा भन्दा राजनीतिक परिदृश्य अलग बाटोतिर धकेलिन लागेकोमा सशंकित पनि छन्। फेरि आन्दोलनका धम्की पनि कतिपय युवाको अभिव्यक्तिबाट आइरहेको छ।
आन्दोलन हाइज्याक भएको सन्दर्भले राजनीतिक दलहरूमा भने चहराइरहेको घाउमा मल्हम लगाए झैँ देखिन थालेको छ। गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, रामकुमारी झाक्री जस्ता सीमित नेताहरू आत्मालोचनासहित गल्ती स्वीकार्दै परिवर्तनलाई साथ दिने कित्तामा उभिएका छन्, सर्तसहित।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठजस्ता सीमित नेताले दल त्यागेर व्यक्ति पूजाबाट उत्रिने उद्घोष गरेकी छन्। तर, आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका फरक समूहलाई रिपोटर्स क्लबमा डाकेर ऋषि धमलाजस्ता पत्रकारले रेस्लिङको माहोल बनाइदिएका छन्। दिनहुँ कुटाकुट र तुच्छ शब्दका गाली गलौजको वर्षाबाट धमलाले टीआरपी त बटुलिरहेका छन् नै सँगै पुराना राजनीतिक दलका नेतालाई मल्हम लगाइरहेका छन्। तिनका कमजोरीलाई ‘कभर अप’ गर्नका लागि युवाहरूको भिडन्तले भूमिका खेलिरहेको छ। एकै झिल्को आगोले तहसनहस देखेर लत्रकै मुर्झाएका पुराना राजनीतिक दलका नेता तथा कार्यकर्ता फेरि जुर्मुराउने अवस्थामा पुगेका छन्।
केही सीमित नेताबाहेक अधिकांश नेता तथा कार्यकर्ता पछिल्ला हर्कतबाट उत्प्रेरित हुन थालेका छन्। उनीहरूमा मरिसकेको आत्मविश्वासले शीतल पानी पाए झैँ भएको छ। कमजोरीलाई लिएर आत्मसमीक्षा गर्नु त परको कुरा ‘राष्ट्रवाद’का ‘क्लु’हरू देखाउँदै अकर्मण्यतालाई चोख्याउने धरातल तयार हुँदैछ।
नेपाली राजनीतिका लागि पुराना दलहरू अहिले जुन मार्ग लिँदैछन् त्यसले फेरि विद्रोह वा विनाशतिर मुलुक धकेलिने संकेत गर्दैछ। तिनले लोकतन्त्रको कार्ड फ्याँकेर जति मेहनत गरे पनि बहुसंख्यक नेपाली पत्याउन तयार छैनन्।
नेपाली राजनीतिको शीर्ष स्थानमा रहेका केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालसहितको नेतृत्व जनस्तरबाटै दुत्कारिएको अवस्थामा पुगिसकेका छन्। यी नेताका प्रवृत्तिमाथि प्रश्न गर्न नसक्ने दोस्रो पुस्ताका नेता पनि जनताबाट टाढिँदै छन्।
यसरी जनमत गुमाइरहेका नेतामा सत्तालिप्साको भोक सकिएको छैन। शक्तिभन्दा बाहिर पटक्कै जान नसक्ने उनीहरूको स्वभावले सबैभन्दा बलिया राजनीतिक दलहरू सबैभन्दा प्रतिरक्षा गर्ने अवस्थामा पुगेका छन्। नेतृत्व परिवर्तनले थोरै भए पनि ती दलहरू प्रति जनताको दृष्टिकोण फेरिन सक्थ्यो। तर, लिपुलेक, भारतीय डिजाइन, अमेरिकी षड्यन्त्र, युरोपेली युनियनको ‘इन्ट्रेस्ट’ जस्ता शब्दजाललाई प्राथमिकतामा राखेर पुरानै शैलीले ‘राष्ट्रवाद’को राग अलाप्ने शैली प्रत्युत्पादक हुने निश्चित छ। उनीहरू भ्रष्टाचार र बेथिति छ भन्ने स्वीकार्न तयार छैनन्। जनतासँग सोझै जोडिएका मुद्दालाई दुष्प्रचारका रुपमा व्याख्या गर्दै जोगिन सकिने भ्रममा अझै छन्।
प्रतिस्पर्धीको घर जलाउने कदममा उनीहरूको प्रतिशोधको मानसिकता प्रष्ट देखिन्छ। एकथरी अर्काखाले कार्यकर्ता छन् जसले नेतृत्वको वचनलाई अमृतका रुपमा पान गर्नबाहेक जानेको छैन। नेतृत्वले दिने प्रवचनबाट ऊ हरेक विषयमा राष्ट्रवाद जोड्छ। स्वाभाविक रुपमा भएका परिवर्तनलाई ‘कन्स्पिरेसी थ्यौरी’को चस्माले हेर्छ। उसले युवाले उठाएको भ्रष्टाचारको मुद्दा देख्दैन। धर्मशालामा प्रेषित वक्तव्यबाट चीन चिढिएको तर्क गर्न थाल्छ। मूल मुद्दाभन्दा नेतामाथि भएका आक्रमणप्रति ऊ विक्षिप्त छ। भाटभटेनी लगायतका क्षेत्रमा भएका चोरीका फुटेजले उसलाई सान्त्वना दिएको छ।
तिनले उठाएका चाउचाउका प्याकेटका दृश्यले आफ्ना नेताका भ्रष्ट आचरण छेकिएकोमा सन्तुष्ट छ। जेनजीको पुस्तामा देखिएको अपरिपक्क चरित्र र विभाजित मानसिकतालाई देखेर ऊ खिसिट्युरी गरिरहेको भेटिन्छ। सिंहदरबार जलेको पीडाभन्दा ज्यादा नेताको घर जलेकोमा दु:खी छ ऊ। त्यसैले ऊ प्रश्नविहीन छ नेतृत्वप्रति। गणेशपन्थी चरित्रले फेरि लाभ प्राप्तिको अपेक्षा गरिरहेको छ। उसलाई लाग्छ – सत्तामा गएका र जेनजी अभियन्ताहरू कुटाकुटमा उत्रिरहने छन् र जनता तिनबाट वाक्क भएर जनता पुरानै दल खोज्दै आउने छन्।
जेनजीका युवामा देखिएको विवादसँगै राजनीतिक दलका नेता र कार्यकर्ताले भ्रष्टाचारका मुद्दा मात्रै होइन, निहत्थाको बानेश्वरमा बगेको रगत। उनीहरूमाथि भएको अत्याचार। दोषीलाई कारवाहीको दायरामा ल्याउने सन्दर्भ। अर्थतन्त्रको जर्जर अवस्था सुधारका विषयलाई उनीहरूले बिर्सिसकेका छन्। उनीहरूसँग छ त प्रतिशोध – नेताहरूको जलेको घर र वर्षाइएको मुक्कालाई लिएर। जलेका प्रहरीका कार्यालय र सिंहदरबार कसरी उठाउने भन्ने पनि उसको चासोको विषय रहेन।
केही अघि मैले सोसल मिडियाको बढ्दो प्रभावबारे अध्ययनका लागि नेपालका सम्पादकहरूसँग प्रश्न गरेको थिएँ- अखबारको ओरालो यात्राबारे। धेरैले सोसल मिडियाको उपस्थितिले अखबारले कन्टेन्ट सुधार्नुपर्ने तर्क गरेका थिए। तर, उनीहरूमध्ये दुईजना सम्पादकले मलाई भनेका थिए –’सोसल मिडियामा मनपरी सामग्री आइरहेपछि मानिसहरू अखबारतिरै फर्किन्छन्। त्यसैले अहिले धैर्य गरे पुग्छ। समय फर्किन्छ।’
आज मलाई ती दुई अखबारका सम्पादकको अनुहार याद आइरहेको छ। तिनमा र हाम्रा राजनीतिक दलका नेतृत्वको दृष्टिकोणमा समानता पाइरहेको छु। जेनजी यही सोसल मिडियाको बलमा परिवर्तन गर्न सफल भयो। यतिखेर न सोसल मिडियाको प्रभावमा कमी आएको छ न अखबारका ग्राहक नै बढेका छन्। समाचार कक्षको ओरालो यात्राभन्दा फरक छैन दलहरूको परम्परागत अर्जुनदृष्टि।
The post राजनीतिक वृत्तमा ‘गणेशपन्थी’ चरित्रको लाभ प्राप्तिको चलखेल, अब पनि सचेत नभए हुने कहिले? appeared first on BIZMANDU.
अस्पतालदेखि आख्यानसम्म : चिकित्सक केलाउँछन् खुसीको अर्थशास्त्र र सफलताको मूल्य
विश्व बैंक र विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले भन्छ ‘स्वास्थ्य क्षेत्रमा गरिने खर्च, लगानी हो जसबाट प्रतिफल मिल्छ।’ यस खाले अध्ययनले पोषण चेतनामा गरिएको १ डलरले १२.२० डलर बराबरको प्रतिफल दिनुले सरकारको खर्चबाट हुने प्रतिफलको व्याख्या गर्छ। तर, के हामीकहाँ भएको लगानी र त्यसबाट हुने लाभको कुनै अध्ययन भएको छ त?
अमेरिकामा सरकारले प्रति नागरिक ८० डलरभन्दा माथि खर्च गर्छ। नेपालमा त्यो तीन चौथाइ कम अर्थात् २० डलर बराबर रहेको देखिन्छ। कम लगानी अर्थात् कम प्रतिफल वा जोखिमतिरको यात्रा। त्यसले नेपालमा कस्तो असर पारिरहेको छ त? डा. नवराज केसीको ‘स्वस्पर्श’ले अर्थतन्त्रको यस खाले आँकडाको व्याख्या त गर्दैन तर दुरूह दृश्यको करुणामय तस्बिर पेस गर्छ।
चिकित्सा सेवाका क्रममा जम्काभेट भएका सर्वसाधारणका कथाव्यथा संगृहित पुस्तक ‘स्वस्पर्श’लाई लेखकले आशा, प्रेरणा र खुसीका कथाका रूपमा अर्थ्याएका छन्। पेसाले चिकित्सक डा. केसीले यसअघि ‘शून्यको मूल्य’ मार्फत आफ्नो लेखकीय यात्राको थालनी गरेका थिए।
आफूसँग उपचार गराउन आएका पात्रको उनी ‘केस स्टडी’ गर्छन्। बिरामीहरू उनका डेटा हुन्। उनले तिनको गुणात्मक विश्लेषणमार्फत दुर्गम भेगको स्वास्थ्य क्षेत्रको अवस्था उजागर गर्छन्। उपचारका क्रममा तिनको आर्थिक अवस्थासँगै समाजशास्त्रको गहिराइसम्म पुग्नु लेखकको विशेषता हो।
उनीसँग पुगेका बिरामीमध्ये उनको छनोटमा परेका प्रत्येक ‘केस’ले स्वास्थ्य क्षेत्रको चेतना र राज्यले गरेको लगानीमाथि बारम्बार प्रश्न गर्छ। मानसिक समस्याको विकराल अवस्थामा त्यससँग भिड्नका लागि आँट र प्रेरणा दिन्छ। कतिपय कथा उनले आफ्ना बिरामीभन्दा बाहिरबाट पनि लिएका छन्। तिनको संघर्ष र सफलताले थपडी बजाउन हौस्याउँछ।
पुस्तकमा तीन अध्याय छन् जसले पाठकलाई बारम्बार मुलुकको जनस्वास्थ्यको अवस्थाले भावुक बनाउँछ। कुरीति र कुप्रथाले झकझक्याउँछ। विज्ञानको विषयमाथि काव्यिक लेखन संरचनाले मन छुन्छ, उद्वेलित बनाउँछ। राज्य र उसले गरेको लगानीमाथि प्रश्न गर्न बाध्य पार्छ। त्यसभन्दा पनि धेरै आत्मविश्वासका लागि सेवाप्रति समर्पित हुन प्रेरणा दिन्छ। प्रेरकप्रति सम्मानको भाव जगाउँछ।
बुद्ध, विज्ञान र बुद्धु
जाजरकोटका पत्रकारमार्फत डाक्टर केसीसम्म ल्याइएका जङ्गबहादुर चल्न चटपटाउन नसक्ने हुन्छन्। उपचार अभावले लामो समय गुज्रिएका उनको उपचार हुन्छ। आमाको ढाडमा आएका उनी ठमठमी हिँड्दै घर फर्किन्छन्। तर ३ महिनाको लागि औषधि लिएर गएका उनी फर्किन्नन्। लेखक उनको प्रतीक्षामा हुन्छन्। तर, ती बालक गायब। पत्रकारले छाडेको ‘फलो-अप’ डाक्टरले नै थाल्छन्। अनि देखिन्छ राज्यले दिने भत्ताको सन्दर्भ।
‘…जङ्गबहादुर अपाङ्ग हुँदा पालिका र अरू संस्थाबाट अपाङ्गता भत्ता वर्षको करिब ४०-४५ हजार पाउने कुरो रै’छ। अब ऊ हिन्न थालेपछि अपाङ्ग भत्ता कट्ने भयो।’
जङ्गबहादुर हिँड्न सक्यो भने उसले भत्ता नपाउने भयो। भत्ता काटिने डरले उनीहरूले औषधि छाडिदिए। डाक्टर केसी लेख्छन्, ‘देशको एउटा दुर्गम गाउँमा अपाङ्गता भएको बच्चाको भत्ताले परिवारको रोजीरोटी र बाबुको दारु पानीको केही अंश चलिरहेको थियो!’
आत्महत्याका लागि ‘सुसाइड नोट’ लेख्दालेख्दै अभिभावकको नियन्त्रणमा आएका किशोरको काउन्सिलिङले सुरु हुने सन्दर्भबाट मानव मस्तिष्कको जिम खानामा प्रवेश गर्छन् र अर्थ्याउँछन् स्वास्थ्य विज्ञान। त्यही जोड्छन् बुद्धको धर्मचक्रप्रवर्तन।
मानसिकता परिवर्तनले कसरी माग्ने श्रमजीवीमा रूपान्तरित हुन्छ भन्ने गर्बेको कथाले पाठकको मन छुन्छ। यही सन्दर्भबाट लेखकले मानसिक रोग र त्यसका विरुद्ध आत्म नियन्त्रण र अभ्यासको विषय उठान गर्छन्। बिपी कोइरालाको दोषी चस्मा यही जोडिन्छ। उनले एन्जाइटी र डिप्रेसनको जरो कसरी बलियो हुन थाल्छ भन्ने सन्दर्भ ल्याएर प्रस्ट्याउँछन्। दोषी चस्माको चक्र तयार पार्छन् र त्यसलाई सुल्टाउने बुद्धको पथ पहिल्याउन सुझाउँछन्- अष्ट मार्ग।
लेखकमा परिवेशको डिटेलिङ गर्ने खुबी गजबको लाग्छ। उनी मन्दिरेको कथा सुनाउँदा उसको आधा काटिएको हात, आधा च्यातिएको टोपी र उनको आकार प्रकार दुरुस्त व्याख्या गर्छन्। त्यही उनले पेस गरेको तस्बिरले कल्पना गर्न निषेध गर्छ – सोझै देखाउँछन् फोटो। मन्दिरे अस्पताल वरपर खाली बट्टा र  कागज बटुल्ने व्यक्ति। त्यही दर्शनशास्त्र पेस हुन्छ। डाक्टर केसी लेख्छन्, ‘वास्तविक मानव जीवनको साँचो करेन्सीमा हामी सबैको गरिबी उस्तै-उस्तै छ, अमिर पनि उस्तै-उस्तै छ।’ जस्तोसुकै पीडामा पनि हाँसिरहने मन्दिरेको कथनलाई उनले आफैँले देखे झैँ बयान गरेका छन्। लेखक चिकित्सक भए पन आख्यानमा उनको बेजोडको शक्ति देखिन्छ। अभ्यास र लेखनलाई रोचक शैलीमा सिद्धान्त मिसाउन उनी खप्पिस लाग्छन्। यथार्थबाट एकाएक उनी आख्यानमा पुग्छन्। पात्रको मनोभावलाई सदृश्य व्याख्या गर्छन्। यहाँनेर पाठक झुक्किन्छन् – आख्यान या गैर आख्यान?
पृथ्वीमा एउटा जीवले भोग गर्ने वास्तविक धनको गणना हुँदो हो त संसारका सबैभन्दा धनी र गरिबबिच खासै फरक होला भन्ने लेखकको ठम्याइ हुन्छ।
धन्न प्रकृतिले अक्सिजनको पैसा माग्दैन !
लेखक त्यसपछि सास फेर्ने हावाको मूल्यको हिसाब निकाल्न थाल्छन्।
‘कोरोनाले सिकाएको- एउटा मानिसले एक दिनमा तीन सिलिन्डर बराबरको सास लिने रहेछ। एउटा सिलिन्डरको मूल्य सात सय रुपैयाँ। एक दिनको २१ सय। एक वर्षमा सात लाख ६६ हजार सात सय। ६५ वर्ष बाँच्ने मानिसले नै करिब पाँच करोड बराबरको निःशुल्क अक्सिजन पाउने रहेछ,’ उनी लेख्छन्, ‘धन्न प्रकृतिले यसको पैसा माग्दैन।’
यसरी नै जीवन अर्थशास्त्रको गहिराइबाट नापो लिन्छन् लेखक। पृथ्वीमा एउटा जीवले भोग गर्ने वास्तविक धनको गणना हुँदो हो त संसारका सबैभन्दा धनी र गरिबबिच खासै फरक होला भन्ने लेखकको ठम्याइ हुन्छ। गरिबीकै अवस्था पनि जीवनमा रङ भरिरहेका उनीसम्म पुगेका बिरामीका कथा उनी उतार्छन्। पीडामा मुस्काउनेहरू उनका लागि प्रेरक बनेर आउँछन्।
माथि नै मैले गैर आख्यानभित्र आख्यान घुसेको सन्दर्भ लेखिसकेँ। पढ्दै जाँदा डाक्टरले आफूलाई कविका रूपमा स्वीकारेका रहेछन्। त्यसको असर पुस्तकमा कविता र कविताका अंशहरू समेटिएका छन्।
आत्महत्या गरेका कविहरूले लेखेको कवितामा अरूले भन्दा धेरै ‘म, मलाई र मेरो’ शब्दको प्रयोग हुन्छ। आत्म केन्द्रित नभई अरू कसैको सेवामा लाग्नेले पाउने प्रतिफलको मूल्य अमूल्य रहेको ठम्याउँछन् लेखक केसी।
स्वनिर्माणको सन्दर्भमा साँवा ब्याजको हिसाब किताब
लेखक हिसाब किताबसहित प्रश्न गर्छन् – अरूलाई दिएको एक मुठी खुसीमा ब्याज र साँवा गरेर कति मुठी फिर्ता पाउँछ मन्छेले? तेस्रो अध्यायलाई प्रश्नबाटै अगाडि बढाएका छन् लेखकले। अरूलाई दिन सक्ने सबैभन्दा सुखी र निरोगी हुने कथा हाल्छन् उनी। ‘नवराज भेडा’को डिप्रेसनसँगको संघर्ष कसरी अरूलाई सेवा गर्दा सहज रूपमा पार भयो रोचक लाग्छ। यहाँनेर डाक्टर केसी कथा वाचक बन्छन् नवराजसँग सुनेको आधारमा। डिप्रेसनको र निदाउने ओखतीको लत भएका नवराज सडकमा छाडिएका पशुको सेवामा लागेपछि उनको औषधि टुट्यो। विना औषधि निदाउन थाले।
नवराजले भेडाले कुकुरदेखि गाई हुँदै गिद्धसम्मको उद्धार गरेपछि आफूभित्रको डिप्रेसन र एन्जाइटीका लागि खाँदै आएको औषधिमा विराम लाग्यो। सेवा उनमा स्वनिर्माण भयो। यसैलाई लेखकले विभिन्न तथ्यहरू जोडेर व्याख्या गरेका छन् – आत्महत्या गरेका कविहरूले लेखेको कवितामा अरूले भन्दा धेरै ‘म, मलाई र मेरो’ शब्दको प्रयोग हुन्छ। आत्म केन्द्रित नभई अरू कसैको सेवामा लाग्नेले पाउने प्रतिफलको मूल्य अमूल्य रहेको ठम्याउँछन् लेखक केसी।
त्यसै गरी किरण किशोर सापकोटाको कथाले मानिस मानसिक रूपमा कमजोर हुँदा कसरी उसले सक्ने काम पनि गर्न सक्दैन भन्ने तथ्य स्थापित गर्छ। पोलियोका बाबजुद साइकल कुदाउने उनको हौसला र स्कुल स्कुलमा बिरुवा रोपेर हरियाली बनाउने अभियानले प्रेरित गर्छ – केही गर्न।
लेखकले पुस्तकमा आफ्नो मात्र विचार र दृष्टिकोण दिएका छैनन्, विभिन्न पात्रका अनुभव र अनुभूतिलाई उनीहरूकै मुखबाट बोलाएका छन्। जति पात्र र अनुभूतिको सन्दर्भ आउँछ सबै फरक लाग्छन्। जब प्रेरणाको सन्दर्भ आउँछ सबैको एकै निचोड देखिन्छ।
रिटायर आमाको कथाले बालबालिका हुर्काएको सन्दर्भ उठाउँछ। उनीहरूमाथि गरिने लगानीको विषयले ठाउँ लिन्छ। बालबालिकाको फेरिएको जीवनको मात्र मूल्यांकन गर्दैन, त्यसबाट उनले पाएको प्रतिफलको पनि परिणाम देखाउँछ। लगानी र प्रतिफललाई तथ्यांकीय विषयमा मात्र सीमित गरियो भने घोर अन्याय हुन्छ। तथ्यांकले आत्मसन्तोषको मूल्य निकाल्न सक्दैन। किनकि त्यो अमूल्य हुन्छ।
अस्मिताको कथाबाट लेखकले पुस्तक विट मार्छन्। वादी समुदायबाट आफ्नै बुत्तामा उभिएकी उनी अहिले धेरैलाई आफूजस्तै उभ्याउने कर्ममा तल्लीन छिन्। उनको जीवन अंश यति प्रेरक छ कि त्यसको तुलना कतै पनि हुन सक्दैन।
शून्यको मूल्य पुस्तकबाट लेखन यात्रामा आएका डाक्टर केसीको यो पुस्तकले अघिल्लोभन्दा लेखनीमा स्तरीकरण गरेको छ। लेखन शैली होस् या सम्पादन, दुवैमा पहिलोभन्दा बलियो बनेको छ। पहिलोको अनुभवले उनलाई थप निखारेको छ। पेसाले चिकित्सक हुन् लेखक। तर, लेखन पेसामा रहेका भन्दा अब्बल बनेर उत्रिएका छन्। पात्रमा कथा खोज्नु, त्यसलाई बुद्धले अनुसरण गरेको मार्गमा लगेर जोड्नु र मानवताको अर्थशास्त्र बुझाउन सक्नु उनको सफलता हो।
The post अस्पतालदेखि आख्यानसम्म : चिकित्सक केलाउँछन् खुसीको अर्थशास्त्र र सफलताको मूल्य appeared first on BIZMANDU.
संक्रमणको सकस घटाउन छिटो सरकार गठन, राजनीतिक नेतृत्वको भ्रष्टाचार खोज्न आयोग
हामी विशेष र फरकखाले परिस्थितिमा आइपुगेका छौं। राज्यविहीनताको अहिलेको अवस्था लामो समय मुलुकले थेग्न सक्दैन। त्यसमाथि संक्रमण जति धेरै लम्बिन्छ त्यति धेरै शक्ति समूहले चलखेलको मौका पाउँछन्। भ्रष्टाचारविरूद्ध जेनजीले थालेको अभियान र त्यसपछि उत्पन्न भएका परिवेशले मुलुक एकदमै संवेदनशील अवस्थामा पुगेको छ। शून्यताको परिवेशले जतिखेर पनि जोखिमलाई निम्तो दिइरहेको हुन्छ। सम्हालिनु र फेरि उठ्नु हाम्रो दायित्व हो।
यसको विकल्प हामीसँग केही पनि छैन। हामी आफैँ बन्ने हो कसैले हामीलाई बनाइदिन आउँदैन। त्यसैले जनतामात्र नभइ सुरक्षा निकायहरू र प्रशासन संयन्त्रलाई पनि बलियो आड भरोसासहित काममा फर्काउनुपर्ने स्थितिमा अहिलेको संक्रमणलाई जतिसक्दो छिटो पार लगाउन सबै पक्ष एक हुन आवश्यक छ। अन्यथा जेनजीले हासिल गरेको उपलब्धी गुम्ने जोखिम रहन्छ।
नेपाली सेनाले बहुआयामिक संवादमार्फत् नयाँ गोरेटोका लागि प्रयास गरिरहेको छ। एक हिसाबले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा देखिएको सहमतिलाई जतिसक्यो छिटो अगाडि बढाउनु श्रेयस्कर हुन्छ। हिजो रातिसम्म जुन तहमा सहमति पुगेको छ, आजको बिहान त्यहीँबाट अगाडि बढ्नुपर्छ। अन्यथा परिवर्तनका हरेक क्षणमा आफ्नो स्वार्थका रोटी सेक्नेहरूको उछलकुदले परिस्थिति थप प्रतिकूल बन्नसक्छ। सेना मुख्यालयमा जेनजीका नाममा समूह भेट र देखिएको विवाद यतिखेरको परिवेशमा अपेक्षा गरिएको विषय होइन। शोक र सन्त्रासको परिवेशमा हास्यव्यङ्ग्य चल्नु दुर्भाग्य हो।
अहिलेको परिस्थिति असामान्य भएकाले स्थापित विधिको रटानमा रहने अवस्था हामीले गुमाइसकेका छौं। हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेर ‘राष्ट्रवादी कार्ड’ खेल्ने प्रयास गरे तर आफ्नो गल्ती स्वीकार्ने अथवा जनतासँग माफी माग्न हिच्किचाएर दम्भी चरित्र प्रदर्शन गरिरहे। सत्ताको पुरानै खेल दोहोरिइने अपेक्षा अब ओली, शेरबहादुर देउवा वा प्रचण्ड लगायतले नगरेको राम्रो। राजनीति उनीहरूको अधिकार हो, त्यसलाई कसैले रोक्न सक्दैन। तर आफूलाई मत दिने जनतालाई दाश ठान्ने मनोवृत्ति उनीहरूले त्याग्नै पर्छ।
त्यसैले तत्कालका लागि सत्ताको सन्दर्भ संसदमा रहेका दलहरूले नसोच्दा हुन्छ। अर्कातिर नेपाली कांग्रेसका महामन्त्रीहरूले सकेसम्म वैधानिक बाटोलाई जोगाउन गरेको आग्रह र कमजोरी स्वीकारले आन्दोलनलाई पूर्णत स्वीकार गरेको छ। भ्रष्टाचार विरोधी अभियान र त्यसबाट मुलुकलाई मुक्त बनाउनका लागि जेनजीको सक्रियता रहनुपर्ने उनीहरूको अभिव्यक्ति मननीय छन्। नयाँ परिवेशमा कांग्रेस, एमाले,  माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल सरकार निर्माणको प्रक्रियाबाट पर बस्नुपर्छ। बन्दै गरेको सरकारलाई सहयोग गर्ने र त्यसपछि आफ्नै पार्टीको नेतृत्व परिवर्तन, सुधारमा लागे हुन्छ यी दलहरू।
संक्रमणको यही परिवेशमा जटिलताहरूको शृंखला हामी सामुन्ने उत्पन्न भइसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्तैगरी १४ हजार कैदीबन्दी जेलबाट भागेका छन्। यसले समग्र शान्ति सुरक्षा र जनधनको चिन्ता बढाएको छ। भिडको राजनीतिबाट भोग्नुपर्ने हविगत हामीले भोगिसकेका छौं। यतिखेर टोलटोलमा सामुहिक सुरक्षा टोली बनाएर जोगिनुपर्ने अवस्था छ। त्यसैले सबै कोणबाट मुलुकलाई ट्रयाकमा ल्याउनुको विकल्प छैन। परिस्थिति यति धेरै तरल छ कि कुनै पनि बेला जेसुकैपनि हुनसक्छ जहाँकहीँ। अवसरवादीहरू यही परिवेशको प्रतीक्षामा छन्। हिजो जसरी सत्तामा रहेका एमाले-कांग्रेस नेतृत्व बिचौलियाको गोटीका रुपमा सत्ता सञ्चालनमा सक्रिय थिए त्यसरी नै अहिले अवसरवादीको झुन्ड तयार अवस्थामा छ। त्यसबाहेक पुराना बिचौलिया नै नयाँ परिवेशमा सक्रिय हुनसक्ने सम्भावना पनि उत्तिकै छ। यसलाई नयाँ सरकारले गम्भीर रुपमा लिनुपर्नेछ।
हामी परिवर्तनका शृंखलाले जर्जर अवस्थामा छौं। अहिले परम्परागत सबै राजनीतिक दलले बिर्सिनुहुन्न – २०६२/६३ को संसदमा विना निर्वाचन माओवादीलाई प्रवेश गराएको। त्यो लामो विद्रोह थियो, जेनजीको छोटो। यो तथ्यलाई जति सहज रुपमा स्वकीर्न सक्छौं त्यति सहज अवतरण हुनसक्छ।
तत्काल सरकार गठन, शान्ति सुरक्षाको व्यवस्था, राजनीतिक भ्रष्टाचारको छानबिन र दोषी देखिएकालाई कारवाहीको कार्यान्वयनमै जाने प्रक्रियासहित आयोग गठन हुन आवश्यक छ। शासनलाई चुस्त र पारदर्शी बनाउने हो भने जेनजीको मुद्दा स्थापित हुन्छ। होइन, सत्ता परिवर्तन वा त्यसपछि सत्ताकै लागि लुछाचुँडी हुने र लोकतान्त्रिक परिपाटी समाप्तिको बाटो लियो भने जेनजीमात्र होइन उनीहरूभन्दा अघिल्लो पुस्ता र जेन अल्फासमेत विद्रोही बनिरहनेछ।
अहिलेलाई सेनाले लिएको कदमलाई सहजीकरण गरौं। बन्ने सरकारलाई आफ्नो तहबाट सकेको सहयोग गरौं। परिस्थिति सम्हाले जिम्मा हामी सबैको हो।
The post संक्रमणको सकस घटाउन छिटो सरकार गठन, राजनीतिक नेतृत्वको भ्रष्टाचार खोज्न आयोग appeared first on BIZMANDU.
भ्रष्टाचारको मुद्दा ‘हाइज्याक’ गरेर स्वार्थको रोटी सेक्ने समूहसँग सचेत होस् जेनजी
भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलनलाई केपी ओली नेतृत्वको सरकारले दमन गर्न खोज्दा परिस्थिति बदलिन पुगेको थियो। अन्धाधुन्ध गोलीका कारण निहत्था बालबालिकासहित युवाहरूले ज्यान गुमाउन परेपछि आन्दोलन थप निर्णायक मोडतिर धकेलियो। त्यसमाथि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भयुक्त व्यवहारले आन्दोलनलाई थप आक्रोशित बनायो।
मन्त्रिपरिषदमा नै कांग्रेसबाट मन्त्री बनेका प्रदीप पौडलसँग ओलीको बाझाबाझ चलेको थियो। पौडेलले तत्काल सोसल मिडिया खुला गर्न माग गर्दा जेनजीसँग नझुक्ने अडान लिएका थिए ओलीले। ओलीको हठ अन्तत: सबै राजनीतिक दलका लागि प्रत्युत्पादक बन्यो। ओली आफैं जोगिने अवस्थामा रहेनन्।
जेनजीले आफ्ना मागमा प्रधानमन्त्रीको राजीनामालाई प्रमुख रुपमा उठाएका थिए। यसै पनि ओली कोभिड-१९ को समयदेखि नै भ्रष्टाचारको जालोमा जोडिएका थिए। स्वार्थ समूह र विचौलियासँग ओलीको निकटता र उनीहरूको स्वार्थअनुकूलका नीतिगत निर्णयले उनलाई सधैं विवादित बनाइरह्यो। विवादित ओलीसँगको सहकार्य यसपटक कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको सिंगो पार्टीका लागि प्रत्युत्पादक बन्यो।
ओलीको बेहोराबाट आजित युवा पुस्ता कांग्रेससँग उत्तिकै रुष्ट बने। अरुभन्दा धेरै पत्याएका गगन थापाको भूमिकाबाट युवा पुस्ता सन्तुष्ट थिएन। किनकि सधैं विद्रोही स्वभावका गगन पछिल्लो समय निस्तेज त थिए नै, पार्टी सभापतिको ओलीसँगको निकटतालाई चिर्न असफल थिए। त्यसैले जेनजीले विश्वास गरेका गगन निसानामा परे।
मुख्य राजनीतिक नेतृत्वप्रतिको आक्रोश युवा पुस्तामा जसरी उत्पन्न भइरहेको थियो त्यसको फाइदा आकलन गरेर बस्नेहरू ‘मौकाको तलास’मा थिए। परिस्थिति परिपक्व हुनासाथ आन्दोलनलाई आफ्नो पक्षमा रुपान्तरण गर्ने चाहनामा राजावादीसँगै थिए राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू।
संसदमा रहेका प्रमुख दलहरूमध्ये रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलका नेता आगजनीको निसानामा परे। आगोले यहाँ दुईवटा राजनीतिक दलका नेताका घर चिनेन। बाँकी कसैको पनि छाडेन। सरकारमा सहभागिताका हिसाबले राष्ट्रिय स्वपा र राप्रपाका नेताहरू जोखिममुक्त रहे।
जेनजीको आन्दोलन शुद्ध भ्रष्टाचारविरोधी थियो। पछि त्यसमा राजनीतिक दलको स्वार्थ घुस्यो। दुर्गा प्रसाईजस्ता भिड भड्काउने व्यक्तिहरू यसमा थपिए। राजावादी संगठनहरू त कहिले मौका पाइएला भन्दै तयारी अवस्थामा थिए नै।
यिनै परिवेशमा हो रवि लामिछाने नख्खु जेलबाट बाहिरिए। उनलाई लिन ठूलो समूह नख्खु पुगेको थियो। सोसल मिडियामा जेनजीका अभियन्ता अहिले पनि बारम्बार कराइरहेका छन्- हामीले उसलाई जेलबाट मुक्त गर्न आन्दोलन गरेका थिएनौं। सरकारमा दुई पटक गए पनि आन्दोलनकारीको निसानाबाट टाढा रहेका पार्टीका नेतालाई जेलमुक्त गरियो।
त्यतिमात्र होइन, अरु अपराधीहरू पनि जेलबाट बाहिरिन थाले। एक दुई गर्दै जेलबाट बाहिरिने कैदीबन्दीको संख्या ७ हजारको हाराहारीमा पुगिसकेको छ। देशभरिबाट अपराधी उन्मुक्त भइरहेका छन्। नेपाल प्रहरीकै अध्ययनलाई मान्ने हो भने – जघन्य अपराधमा सजाय भोगेर फर्किएको अपराधी पुन: अपराधकर्ममै फर्किनेक्रम धेरै छ। त्यसैले जेनजीको अभियानले अर्को संकटसमेत सामना गर्नुपर्ने परिस्थिति बनेको छ।
राजनीतिक दलका शीर्ष नेता निस्तेजमात्र होइन, निष्प्रभावी छन्। तिनका अनुहारसमेत जेनजीमात्र होइन, मुलुकका कुनै पनि पुस्ताले हेर्न चाहँदैन। त्यसैले एकखाले ‘भ्याकुम’ पैदा भएको छ। त्यो ‘भ्याकुम’लाई सजिलोसँग महसुस गरेका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले। भारतीय प्रधानमन्त्रीले नेपाली जनतालाई सम्बोधन गरेर शान्ति व्यवस्था कायम गर्न आह्वान गरेका छन् – ‘मेरा दाजुभाइ तथा दिदीबहिनी’ भन्दै। उनको वक्तव्य त्यतिखेर सोसल मिडियाबाट आयो जतिखेर नेपालमा जनतालाई सम्बोधन गर्ने कुनै पनि सरकारी संयन्त्र निस्तेज थियो। ओलीको राजीनामा आइसकेको थियो। सेनाले सुरक्षा जिम्मेवारी लिइसकेको थिएन।
जेनजीले आन्दोलन युवापुस्ताको बताए पनि त्यहाँ राजावादीको आबद्धता अस्वीकार गर्दै आएको थियो। राजनीतिक परिस्थिति सरकारको प्रतिकूल हुँदैगर्दै राजावादीको सल्बलाहट सुरु भइसकेको थियो। पारस-हिमानी शाहका सन्तानका तस्बिरहरू जोड्दै राजतन्त्र चाहिएको न्यारेटिभ्स सोसल मिडियामा भित्र्याइँदै थियो।
ठीक यही परिवेशमा भारतीय संस्थापन पक्षका मिडियाले हिन्दु राज्यका लागि आन्दोलन भइरहेको समाचार प्रवाह गर्न थाले जवकि जेनजी कुनै धर्मविशेषका लागि वा कुनै वादका लागि आन्दोलित भएकै थिएन। अझ त्यसभन्दा पनि पर गएर मिडियाले सोसल मिडिया बन्द हुँदाको विद्रोहका रुपमा यसलाई अर्थ्याइरहेको थियो जसप्रति युवा पुस्ता सन्तुष्ट थिएनन्।
जेनजीको गजबको अभियान ‘हाइज्याक’ गर्न विभिन्न ‘इन्ट्रेस्ट ग्रुप’ जोडिइसकेका थिए। त्यसैले जति पनि ठाउँमा आगजनी र क्षति गरिएका छन् अधिकांश उस्तै प्रकृतिका मानिसहरू ती कर्ममा जोडिएको पाइन्छ। संगठित रुपमा गाडी लिएर लोकेसन तय गरेर नै भएको उनीहरूको ‘मुभ’ले युवाको निरपेक्ष आन्दोलन स्वार्थ समूहको कब्जातिर धकेलिन्छ। मास नियन्त्रणभन्दा बाहिर गएपछि टापटिपेको प्रवेश सधैं देखिन्छ नै। पसल तोडफोड गरेर सामान उठाउनेहरू यही समूहका देखिन्थे।
जेनजीले स्वार्थ समूह र घुसपैठ गरेर आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्न आएकाहरूलाई पहिचान गर्न सकेन भने मुलुक अर्को द्वन्द्वतिर धकेलिन्छ। सँगै लोकतान्त्रिक व्यवस्था र मानव अधिकारको रक्षमा जेनजी बहकियो भने मुलुक अहिलेभन्दा खराब अवस्थातिर जान सक्छ। हामीलाई विश्वास छ जेनजीको नेतृत्त्व गर्ने युवा पुस्ता लोकतन्त्रको रक्षक र जनसेवकका रुपमा प्रस्तुत हुनेछ।
आन्दोलनकारीले आगजनी गरेर ध्वस्त सवारीसाधन बुधबार सडकबाट हटाउँदै काठमाडौं महानगर प्रहरी ।
सेनाको संयमता र जेनजीको मुलुकको मुहार फेर्ने प्रतिबद्धतालाई अरू कुनै स्वार्थ समूहले हाइज्याक नगरोस्। जेनजीको बलिदानबाट हुँदै गरेको परिवर्तनमा फेरि सिंहदरबार जलाउने, निजी सम्पत्ति तोडफोड गर्ने र व्यापारिक केन्द्र तहसनहस गर्ने स्वार्थ समूहले प्रभाव नपारोस्। किनकि हामी भन्न चाहन्छौं – फेरि यस्तो कहिल्यै नहोस्।
The post भ्रष्टाचारको मुद्दा ‘हाइज्याक’ गरेर स्वार्थको रोटी सेक्ने समूहसँग सचेत होस् जेनजी appeared first on BIZMANDU.
कठिन परिस्थितिमा अब सम्हालिनुको विकल्प छैन, लगानीकर्ताको ढलेको आत्मविश्वास पनि जगाउनुपर्ने छ
सिंहदरबार जलिरहँदा निस्किएको धुवाँको मुस्लोले काठमाडौं अन्धकार झैँ बन्यो। यतिखेर पनि धुवाँ पुत्पुताइरहेको छ देश भरी। आफ्नै सम्पत्तिमाथि आगजनी ! कसरी पत्याउनु ?
बिहान झिसमिसेमै एक जना साथीको अमेरिकाबाट फोन आयो। ‘देश जलिरहेको देखेर हरिबोल दाइले सुसाइड गरे ड्यालसमा,’ उनले भनिन्, ‘म त यति रोइरहेछु कि बा मर्दा पनि त्यति रोइनँ।’
म पढेकै स्कुल पढेका हरिबोल भण्डारी अमेरिकामा चर्चित नेपाली व्यवसायी थिए। उनले अमेरिकामा कमाएको धन नेपाल भित्र्याएर लगानी गरिरहेका थिए। भावुक प्रकृतिका उनी सिंहदरबार जलिरहेको भिडियो हेरिरहेर अडिन सकेनन्। भण्डारी कांग्रेस महासमिति सदस्य पनि थिए। तर, मैले देख्दा उनी विदेशमा कमाएर नेपालमा लगानी गरिरहेका एक उद्यमी थिए।
यी शब्द लेखिरहँदा चुच्चेपाटीमा रहेको भाटभटेनीको स्टोर ह्वारह्वार जलिरहेको छ। पटपट आवाज निस्किरहेको छ। भाटभटेनीसँगै आजदेखि त्यहाँ काम गरिरहेका कति जनाको रोजीरोटी खरानी बन्यो होला, कल्पना गर्न समेत आँट आइरहेको छैन। म किनमेल गर्न जाँदा ज्यादातर जेनजीलाई नै स्टोरभित्र काम गरिरहेको देख्थेँ। ती अब सडकमा पुगेका छन्। तिनको अवस्था नकल्पिँदै म डा. भगवान कोइरालालाई सम्झिरहेछु।
उनले सातै प्रदेशमा बाल अस्पताल बनाउने अभियान थाल्नासाथ भाटभटेनीका संचालक मीनबहादुर गुरुङले सबै ठाउँमा अस्पताल भवन बनाउने घोषणा गरेका थिए। भगवान कोइरालाको त्यो अभियान र स्रोतको सुनिश्चित गरिदिने मीनबहादुरको अनुहार सम्झिएँ। मलाई थाहा छ आगो लगाउनेहरूले मीनबहादुरले एमालेको पार्टी कार्यालय बनाइदिने घोषणाप्रति आवेग पोखेका हुन्। तर फेरि सम्झिएँ- मीनबहादुरले बनाएको त्रिवि शिक्षण अस्पतालभित्रको इमर्जेन्सी। त्यहीँ उपचार पाए, घाइते भएका धेरै जेनजीले। बालुवाटार जग्गा प्रकरणमा मीनबहादुर नमुछिएका होइनन्। उनले त्यहाँको जग्गा सस्तोमा किनेका थिए, जुन पछि सरकारले फिर्ता लियो।
सिंहदरबारबाट मुस्लो धुवाँ छुटिरहँदा बबरमहलमा रहेको सडक विभाग हुर्हुर दन्किँदै थियो। त्यो विरासत जलिरहँदा देशको सडक आयोजनाहरू बलिरहेको पाएँ। सँगै जले होलान् भ्रष्टाचार जोडिएका महत्त्वपूर्ण डकुमेन्ट। खैर, कसैका लागि त जल्नु पनि सुरक्षित हुनु बन्यो। अदालतमा पनि आगो लागिरहेको थियो। कयौँका न्याय त्यहाँ खरानी बने।
चन्द्रागिरि जल्यो, चौधरी ग्रुप जल्यो। हिजो बत्तीस पुतलीमा आउँदा मारवाडीहरूको विशाल भवन तोडफोड हुँदै थियो। तिनले कमाए होलान्, तर यहाँ लगानी पनि गरिरहेकै त थिए। तिनले गरेका लगानीमा निर्भरहरू आजबाट एकै पटक बेरोजगार बने। तिनका दिन फेरि पहिलेजस्तै कसरी होला?
केपी ओली नेतृत्वको सरकारले सत्ताका लागि अवोधमाथि गोली चलाएर रगतमाथि होली खेलेपछि जे जस्तो परिणाम हात परेको छ, त्यो हाम्रो सामुन्नेमा छ। अब जलेका सार्वजनिक सम्पत्तिको मूल्यांकन होला। अडिट गर्नेहरूले केही खर्बको क्षति निकाल्नेछन्। त्यो केही होइन। सिंहदरबारभन्दा भव्य दरबार बन्न सक्ला- आलिसान र सानदार पनि। त्यसले मेट्ला सिंहदरबारमा लागेको आगोको दाग। तर, लगानी गर्नेहरूको जलेको मन? जेनजीको नाममा भएको घुसपैठ र वितण्डाले जलाएको कान्तिपुर वा सिम्रिक एयर, हिल्टन होटेल। कोही किन यहाँ लगानी गर्ला? लगानी गरिरहेकाहरू पलायनको जोखिम जेनजीको पलायनभन्दा कम होला त?
बालेनले त पक्कै सोचेका होलान्। उनले राजनीतिक वक्तव्य दिएर संसद् विघटनलाई न्यूनतम सर्त राखेका छन्। मैलेजस्तै उनले पनि पढे होलान्- देश नेतृत्वविहीन हुँदा, कसैले नेपाली नागरिकलाई सम्बोधन नगरिरहँदा भारतीय प्रधानमन्त्रीले गरेको ट्विट। उनीहरूको क्याबिनेटमा नेपालबारे छलफल भएको विषय। हाम्रा नेता वक्तव्य निकाल्नसमेत नसक्ने अवस्थामा पुगे। जेलबाट कैदीहरू फरार भएको त बालेनले नदेख्ने कुरै भएन।
सिंहदरबार जलिरहँदाका दृश्य देखिरहेका स्वर्णिम वाग्लेले कस्तो योजना सोचेका होलान्? रवि लामिछाने जेलबाट निस्किएपछि अर्थशास्त्री वाग्लेले देश सोच्न भ्याउलान् नै। नयाँ योजना ल्याउलान्। लगानीकर्ताको धरमराएको विश्वास, आगोले खरानी बनाएको रोजगारी र पुनर्निर्माणको संकल्प कसरी अगाडि बढ्ला?
कति पर पुगेको – ‘पहिले ज्युँदै रहेस्।’
बाँच्नु नै यतिखेर सबैभन्दा ठूलो उपलब्धि हुनेछ हाम्रो पुस्ताका लागि। फेरि झलस्स सम्झिए- हरिबोलको आत्महत्या। उसले गरिरहेको नेपालमा लगानी। हिजो उपेन्द्र महतोको घर पनि लुटपाट भयो। अरूको पनि। यस्तो अवस्था आउँथ्यो भने के यिनीहरू देशमा लगानीका लागि आउँथे होलान्? न हरिबोल फर्किन्थे न उपेन्द्र।
प्रश्न मात्र आइरहेछ आज। किनकि अब के भन्ने कुनै गन्तव्यको मार्गदर्शन छैन। हिजोका आन्दोलनमा लक्ष्य हुन्थे। आज छैन। विद्रोही हुनु नै सफलता हुन्थ्यो भने माओवादी जति ठूलो शक्ति कोही हुन्थेन २०६२ पछि। विद्रोह सजिलो छ, व्यवस्थापन कठिन। त्यसमा चुकिरहँदा हरेक १० वर्ष विद्रोहको यस्तो आगोमा दनदनी बनिरह्यो। लाग्थ्यो- अबको पुस्ताले हाम्रोजस्तो आन्दोलनको सामना गर्न पर्दैन। हुर्किँदै गरेको मेरो छोरो अर्को १० वर्षभित्रै अर्को आन्दोलनमा उत्रिने पो हो कि ! आन्दोलन र विद्रोह हाम्रा लागि नियमित आकस्मिकता बनिरहे।
निराशा धेरै भयो- जल्यो, सकियो।
यही कठिन परिस्थितिमा अब सम्हालिनुको विकल्प छैन। परिस्थिति सम्हाल्ने मात्र होइन, लगानीकर्ताको ढलेको आत्मविश्वास पनि जगाउनुपर्ने छ। कतिको मृत आत्मविश्वास पुनर्जागृत गर्नपर्छ। किनकि आत्मविश्वास ढलेको दिन केही बाँकी रहने छैन। मीनबहादुरहरूलाई फेरि उठाउनु पर्छ। नत्र अलपत्र पर्छन् उनले एमबीबीएस पढाउँदै गरेका गरिबहरू। वर्षमा ३ जनालाई लुसुक्क एमबीबीएसमा भर्ना गराउँथे उनले। नेताहरूले आफ्ना मान्छेलाई पढा भन्न थालेपछि मीनबहादुरले ‘स्कलरसिप दिन छाडेँ’ भने। तर भित्रभित्रै पढाइरहे। उफ ! सम्झनामा तिनै जेनजीहरू सम्झिएँ जसलाई मीनबहादुरले पढाइरहेछन्।
मेरै टोलको प्रहरी बिट जल्यो। हामीले सुरक्षाका लागि हारगुहार गरेर ल्याएका थियौँ। अब तिनै प्रहरी असुरक्षित छन्। तिनको बासको ठेगान छैन। तिनै सम्हालिन समय लाग्ने अवस्था छ। तिनीहरू सबै गोली चलाउने थिएनन्। ढिलै गरी भए पनि गए रातिदेखि सेना सक्रिय भयो। सेनाले जनतालाई सुरक्षित गराउँछु भन्दा थोरै भए पनि आशा जाग्ने रहेछ।
The post कठिन परिस्थितिमा अब सम्हालिनुको विकल्प छैन, लगानीकर्ताको ढलेको आत्मविश्वास पनि जगाउनुपर्ने छ appeared first on BIZMANDU.
व्यापारी र नेता जोड्ने बिचौलिया, ‘डलर डिलर’ नेल्माको स्टोरी ‘दी क्विन अफ डर्टी मनी’
‘एउटा टू बीएचके अपार्टमेन्ट अनि एउटा कार।’
डेन्टिस्ट बन्ने लक्ष्यसहित कलेज जीवन पूरा हुँदासम्म नेल्मा कोडाको जीवनको ध्येय यतिमै सीमित थियो। साथीभाइबीच बोलक्कड र फरासिली स्वभावकी नेल्मा कारोबारको दुनियाँमा यसरी छाइन् कि अपार्टमेन्ट र कारमा सीमित रहेन, उनका महत्त्वाकांक्षा। उनी ब्राजिलको राजनीति र डलर कारोबारको दुनियाँमा यसरी स्थापित भइन् कि शक्तिशाली बिचौलिया नै बन्न पुगिन्। व्यापारी प्रेमीदेखि नेतासँगको सम्बन्धले उनलाई बनायो- क्विन अफ डर्टी मनी।
व्यवसायी, बिचौलिया र राजनीतिको केन्द्रमा रहेर शक्ति सन्तुलन कायम राख्नु नेल्मा कोडाका लागि सामान्य विषय बन्यो। उनको आर्थिक जीवनको उतार र चढाव असामान्य लाग्छ। नेटफ्लिक्सले उनकै न्यारेसनमा बनाएको डकुमेन्ट्री ‘दी क्विन अफ डर्टी मनी’ले राजनीतिक नेतृत्व, बिचौलिया र मनी लाउन्ड्रिङ को दुनियाँ एकैसाथ पस्किन्छ।
पहिलो पटक आफ्नो कमाइबाट एक मिलेनियम (१० लाख) कमाउँदा नेल्मा कोडामा ३० वर्ष पनि पुगेकी थिइनन्।
‘गाइज, म मिलेनियर भएँ।’
आर्थिक उपलब्धिको पहिलो चरणमा साथीभाइसँग उनी यसै भन्थिन्। सफलताको यो सिँढी र माथि उल्लेखित वाक्य उनका लागि अविस्मरणीय बन्यो।
कमाउने र गुमाउने दुवै जीवनको सिकाइ बन्यो उनका लागि। जसरी उनले कमाइन् त्यसभन्दा तीव्र रफ्तारमा गुमाइन् पनि। पहिलो पटक गुमाउँदा उनी निस्तेज बनिन्। जतिखेर उनले ३० लाख गुमाइन्- आत्महत्याको तहमा पुगिन्। अपार्टमेन्टबाट तलतिर हाम फाल्ने उनको निधोमा एकाएक रोक लाग्यो। कताबाट सोच्न पुगिन् – ‘आफूसँग भएको गुमाउनु समस्या होइन, जे आफूसँग हुन सकेन त्यो समस्या हो।’
नेल्मा सन् २०१४ सम्म लगातार चम्किरहिन्, कारोबारको दुनियाँमा। ब्राजिलको चर्चित भ्रष्टाचार काण्ड ‘लाभा जाटो’ उजागर भएसँगै उनी अब गुमनाम भएर धनाढ्य बनिरहेकी महिला मात्र रहिनन्। धेरैले उनलाई चिने।
यही धारणाले नेल्माको मृत्यु मार्गतिरको यात्रामा ‘रेड सिग्नल’ लाग्यो। त्यहीँ उनले निर्णय गरिन्- ‘मैले तीन मिलियन गुमाउन सकेँ भने त्यति नै बनाउन पनि सक्छु।’
त्यसपछि हो उनले कमाउन थालेको। नेटफ्लिक्सको डकुड्रामामा आधारित डकुमेन्ट्रीमा उनी सगौरव आफ्नो आलिसान जीवनबारे व्याख्या गर्छिन्। ब्राजिलको उनको घरमा इटालियन एन्टिक सामानहरू छन्- महँगा महँगा। उनको घरभित्रको दृश्यले उनको राजसी ठाँट प्रष्ट हुन्छ। उनको जीवनशैलीले ‘ल्याभिस लाइफ’ कस्तो हुन्छ बुझ्न सघाउँछ।
नेल्मा सन् २०१४ सम्म लगातार चम्किरहिन्, कारोबारको दुनियाँमा। ब्राजिलको चर्चित भ्रष्टाचार काण्ड ‘लाभा जाटो’ उजागर भएसँगै उनी अब गुमनाम भएर धनाढ्य बनिरहेकी महिला मात्र रहिनन्। धेरैले उनलाई चिने। कुनै बेला पेसाले डेन्टिस्ट रहेकी उनी मनी लाउन्ड्रिङको दुनियाँमा चर्चित खेलाडी बनिसकेकी थिइन्। राजनीति संरक्षित भ्रष्टाचारको जालोविरुद्धको ‘अपरेसन कार वास’ले उनलाई मनी लाउन्ड्रिङ गर्ने व्यक्ति, भ्रष्टाचारी र संगठित अपराधीका रूपमा चिनायो। २०१५ मा न्यायालयले फैसला सुनायो – १८ वर्ष कैद।
ब्राजिलको आर्थिक संकटको समय उनका लागि गुलजार बन्यो। फर्जी कारोबारबाट डलर धुलाउने पेसा स्थापित भइसक्दा उनी राजनीति दलको चुनावी खर्च जुटाउने बिचौलिया बनिसकेकी थिइन्। व्यापारी वा ठुला घरानासँग राजनीतिक दलका नेताले सोझै चुनावी खर्च लिँदैनन्। त्यहाँ चाहिन्छ बिचौलिया। त्यसैले नेता र व्यापारीको बीचमा रहेर काम गर्थिन्, नेल्मा। जतिसुकै स्थापित दल किन नहोस्, चुनाव जित्न गैरकानुनी पैसाको आड चाहिन्छ। नेल्मा भन्छिन्, ‘एकै नेता सात-सात पटक एउटै क्षेत्रमा पैसा नभइ कसरी चुनाव जित्न सक्छ त?’ राजनीति र कारोबारको जालोमा बिचौलिया जतिसुकै बलियोगरि टिकेको भए पनि कुनै न कुनै दिन त्यो फस्छ नै। उनको हकमा पनि भयो त्यही।
ब्राजिलको सरकारी तेल कम्पनी र राजनीतिक नेतृत्वको संलग्नतामा भएको भ्रष्टाचारको चर्चित केसमा नेल्मा पक्राउ परिन्। उक्त काण्डमा पक्राउ हुने एक मात्र महिला अभियुक्त थिइन् उनी। रोचक के भने राजनीति कनेक्सन बलियो छ भने बिचौलियाहरू कुनै पनि समय फेरि शक्तिशाली बन्न सक्छन्। राजनीतिक नेतृत्वकै साथले गर्दा उनी रिहा हुन्छिन् सन् २०१७ मै।
२०१५ मा १८ वर्षको कैद सजाय सुनाए पनि दुई वर्षमै रिहाइ अरूका हकमा सम्भव होला? पक्कै हुँदैन। ब्राजिलका राष्ट्रपति माइकल टेमरले क्रिसमसका अवसरमा आममाफी दिँदा उनको पनि नाम सामेल भयो।
‘दी क्विन अफ डर्टी मनी’मा नेल्माको कैददेखि बाहिरिए सम्मका यिनै कथा समेटिएको छ, जहाँ भोग–विलासिता, व्यक्तित्व र आत्मविश्वास भरपुर कहानी समेटिन्छ। उनी कारोबारको दुनियाँमा आफ्ना कदमहरूलाई संगीतसँग तुलना गर्छिन्। कमाउने खेलको यस खाले दाउपेचलाई ‘आर्केस्ट्रा निर्देशन’ जस्तै अभिनय र कला ठान्छिन्। त्यही हाउभाउमा उनी डकुमेन्ट्रीमा प्रस्तुत हुन्छिन्।
सन् २०२२ मा कोकिन ओसारपसार गरेको आरोप पनि उनीमाथि लाग्यो। त्यसलाई उनी सोझै नकार्छिन्। ‘म न चुरोट पिउँछु न रक्सी,’ उनी भन्छिन्, ‘ड्रग्सको त म कसरी कारोबार गर्न सक्छु?’
‘ओ डलर किलर !’
जेलमा उनलाई यसरी नै सम्बोधन गर्थे।
‘नट डलर किलर, डलर डिलर,’ उनको प्रत्युत्तर हुन्थ्यो।
उनीमाथि निगरानी गरिरहने पत्रकारको टिप्पणी हुन्थ्यो – ‘कैद अवस्थामै नेल्मालाई एउटा सेलफोनको सुविधा दिने हो भने सिंगो जेलमाथि उनको नियन्त्रण हुनेछ।’
उनी जुत्ताकी सौखिन। दिनको एउटा दरले जुत्ता फेर्ने हो भने उनको कलेक्सनले वर्ष दिन पार गरेर माथि तिरै जान्छ। डकुमेन्ट्रीमा आफ्नो जुत्ताको सो केस देखाउँदै उनी दम्भका साथ प्रस्तुत हुन्छिन्। जेल पर्नुअघि उनका सात वटा कार थिए। हरेक दिन फरक कारको यात्रा! गरगहना उनको सबैभन्दा कमजोरी। उनलाई लाग्थ्यो- ‘गहनाविनाको महिला नांगा हुन्।’
उनले जसरी कमाइन त्यसरी नै गुमाइन्। उनका प्रेमीहरू उनको यात्राका सफलता र असफलताका सहयात्री रहे। पेसाले डेन्टिस्ट अनि वित्तीय रूपमा स्वतन्त्र रहने नेल्माको चाहना ब्राजिलमा मात्र सीमित रहेन। सुरुमा आफ्नै क्लिनिकबाट काम थालेकी उनले ब्राजिलबाट संयुक्त राज्य अमेरिका, युरोप र चीनसम्मै आफ्नो सञ्जाल फैलाइन्। सन् २०१४ मा ब्राजिलको साओ पाउलोको विमानस्थलमा दुई लाख युरोसहित पक्राउ परेकी थिइन्। अन्डरवेयरमा उनले लुकाएर लैजान लागेको त्यही रकमले उनको अवैध मुद्रा तस्करी र मनी लाउन्ड्रिङ स्थापित गर्ने प्रमुख घटना बन्यो।
सन् २०२२ मा कोकिन ओसारपसार गरेको आरोप पनि उनीमाथि लाग्यो। त्यसलाई उनी सोझै नकार्छिन्। ‘म न चुरोट पिउँछु न रक्सी,’ उनी भन्छिन्, ‘ड्रग्सको त म कसरी कारोबार गर्न सक्छु?’
अपराधको दुनियाँबाट चर्चित उनको आत्मविश्वास गजब लाग्छ। नेटफ्लिक्सले उनको अपराध कर्मलाई ग्ल्यामरका रूपमा पस्किएको आक्षेप नलागेको होइन। किनकि उनी सगौरव व्याख्या गर्छिन् – ‘डलर डिलर हुनु आफैंमा कानुन हो। मैले आफ्ना लागि आफैंले कानुन बनाउने हो, केन्द्रीय बैंकको नियम पालन गर्ने होइन। डट इज अ कोड अफ अनर, अफ क्यारेक्टर, अफ योर वर्थ।’
The post व्यापारी र नेता जोड्ने बिचौलिया, ‘डलर डिलर’ नेल्माको स्टोरी ‘दी क्विन अफ डर्टी मनी’ appeared first on BIZMANDU.
आप्रवासन र विप्रेषणले बदल्दै लगेको नेपालको आर्थिक संरचना र सामाजिक स्वरूप
बेलायतबाट द्वन्द्वकालमा नेपालमा रिपोर्टिङ गर्न आएका थोमस बेल लामो समय यतै रहे। नेपालको ऐतिहासिक सन्दर्भलाई मिठो शैलीमा पुस्तक ‘काठमाडौँ’बाट उनले पस्केका छन्। सन् २०२४ नोभेम्बरमा उनको अर्को पुस्तक आयो- ह्युमन नेचर।
यस पुस्तकमा बेलले नेपालको भू-कृषि, सामाजिक संरचना र ऐतिहासिक प्रक्रियालाई आर्थिक विकासको आधार बनाएर उनले पूर्व पश्चिमको यात्रा वृत्तान्त पस्केका छन्। मूलतः यो एउटा ट्राभल लग नै हो। तर, यही यात्राबाट उनले मानवशास्त्रलाई केन्द्रमा राखेर नेपालको कृषि प्रणाली, पर्यावरण, बसाइसराई र समाज बीचको अन्तरसम्बन्ध केलाएका छन्।
पुस्तक चार भागमा विभाजित छ – आप्रवासन, कृषि, वास्तुकला र संरक्षण। यी सबैमा साहित्य, संस्कृति र इतिहासका पाटाहरू – कर प्रशासन र उत्पादनका विषयहरू जोडिन्छन्। यात्रामा भेटिएका पात्रमार्फत लेखकले कोशीदेखि कर्णालीसम्मलाई एकै पुस्तकमा बहु आयामिक हिसाबले अटाएका छन्।
आप्रवासन : हिजो थियो, आज पनि छ
थोमस पूर्वी पहाडको यात्रामा छन्। त्यो यात्रामा उनीसँग जम्माजम्मी १० वर्ष मात्र पुरानो नक्सा छ। तर पहाडमा यसबीच यति धेरै सडक बने कि उनको नक्सा अर्थहीन बनेको छ। नक्सा मात्र होइन, यसबीचमा अर्थतन्त्र, भौतिक संरचना तथा सामाजिक संरचनाहरू नै उलटपुलट भइसकेका छन्। तिनै विषयलाई एकीकृत रूपमा उनले समेट्छन् आप्रवासनमार्फत।
कृषि युग अघिको बस्ती भनेको माझीहरूको हो भन्ने पुरातत्वविद्हरूको आकलन छ। सन्दर्भसहित उनी लेख्छन्- एकै ठाउँमा बसेर खानाका लागि स्थायी स्रोत माछा थियो। तर यिनै माझीहरू नदी किनारामा बस्न कहाँबाट आए? उनीहरूको आप्रवासन कसरी भयो कसैले खोजेको छैन। कसैले लेखेको छैन। माछा मार्नुबाहेक मानिसलाई नदी वारपार गराउने जिम्मा उनीहरूकै थियो।
उनले यात्रा गरेका धेरै पहाडी भेगमा विकास भनेकै झोलुंगे पुल थिए। जोसेप हुकर नेपाल आउने पहिलो युरोपेली थिए, जसले १८ औं शताब्दीमा यस क्षेत्रको भ्रमण गरेका थिए। पूर्वी नेपालको जनजीवनलाई लिएर उनले लेखेका छन्। तिनका सन्दर्भलाई थोमस बेलले जोड्छन् र अहिलेको परिवेशको व्याख्या गर्छन्।
यो यात्रामा उनले त्यस्ता मानिस भेट्छन् जो राहदानी बनाउनका लागि गाउँ पुगेका छन् सहरबाट। त्यहाँको बाटो र सडकको अवस्थालाई देखेर सरकारलाई सरापिरहेका सन्दर्भ केलाउँछन्। पत्रकारको शैलीमा तिनका उद्धरणहरू बारम्बार आइरहन्छ। अनि जोडिन्छ – इतिहासका पानाहरू।
लखनउमा सैनिक विद्रोह दबाउन जंगबहादुर राणाले नेपाली सैनिक खटाएपछि बेलायती सेनामा नेपाली भर्ती हुने क्रमको थालनी भयो। बेलायतीका लागि ती गुर्खा थिए भने नेपालीका लागि लाहुरे। लाहुरेको हैसियत गाउँमा अलग्गै हुन्थ्यो। यसरी काम गर्न जाने परम्परा बेलायतमा मात्र सीमित रहेन- सबैतिर फैलियो। यही दृष्टिकोणबाट विप्रेषणको भरथेगमा बसेको नेपालको अर्थतन्त्रको मानव शास्त्रीय दृष्टिकोण गजब लाग्छ।
आप्रवासन हिजो पनि थियो र आज पनि छ। हिजो नेपालीहरू दार्जिलिङ, सिक्किम, भुटानसम्मै पुगेका हुन् – विकल्पको खोजीमा। पश्चिम नेपालबाट काला पहाड जाने लर्को लाग्थ्यो। त्यही लर्को अहिले विमानबाट खाडीतिर तानिएको छ। यो आप्रवासन बर्खाको भेलले तलतिर पुगेका माछाजस्तै लाग्छ। हिउँदमा पानीको बहाव कम हुन थालेपछि माछाहरू पुरानै बास स्थलतिर लाग्छन्। तर बाहिरिएका मानिस?
लेखकले लीलबहादुर क्षेत्रीको ‘बसाइँ’देखि शंकर कोइरालाको ‘खैरेनी घाट’सम्मका कथा जोडेका छन् आप्रवासनलाई लिएर। त्यही विलियम वर्डस्वर्थ पनि जोडिन्छन्। विभेद, विद्रोह र विस्थापनका सन्दर्भहरू मानवशास्त्रमा जोडिएका हुन्छन्। कथा र उपन्यासका घटनाका क्रम वा उपक्रमलाई लेखकले आफ्नो नियात्रासँगै गाँसेका छन्। त्यसैसँग गाँसेका छन् पहाडी भेगका संस्कृति। उँधौली र उभौलीका सन्दर्भ।
मानिस मात्र होइन, प्रकृतिको परिवर्तनका विषय पूर्वी पहाडका आदिवासीको सांस्कृतिक कथनमा जोडिँदा रोचक लाग्छ। नुनका लागि दसौं दिनको यात्रादेखि अहिलेको सुविधा – तुलना हुन्छ। साल्पा पोखरीको यात्रामा लेखकले पूर्वी नेपालको मानव सभ्यतासँगै प्रकृति र अन्धविश्वाससँग जोडिएका विषयको सांगोपांगो चित्र उतारेका छन्। त्यहाँका मिथकमय सन्दर्भ पठनीय छन्।
पहाड फेदसम्मै १८४० मा विस्तार भएको रेलले काठ, ढुंगा, भेडाको ऊन निर्यात हुन थाल्यो नेपालबाट। १९ औँ शताब्दीको अन्त्यसम्म त नेपालको ४० प्रतिशत राजस्व काठ निर्यातबाट मात्र हुन्थ्यो भन्ने सन्दर्भ उनले जोडेका छन्।
कृषि : धान खेती कर्णालीबाट पूर्वतिर सर्दै
दोस्रो अध्यायमा उनी सिन्धुपाल्चोक तिरको यात्राबाट अघि बढ्छन्। भूकम्पपछिको अवस्था र सघाउन जुटेकाको सन्दर्भबाट लेखन अगाडि बढ्छ। उनले यात्राकै कथामा गोसाईंकुण्ड जोड्छन्। सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रबाट सूर्य कुण्ड हुँदै अघि बढ्छ गोसाइँकुण्ड पुगेपछि उनले शेर्पा र तिब्बती संस्कृति मात्र होइन, समुन्द्र मन्थनबाट निस्केको विष सेवन गरेका शिवजीको कथा गाँस्छन्।
कथाबाट फेरि उनी तथ्यमा जान्छन् – लिखित इतिहासमा गोसाईंहरूको यात्रा जोडिन्छ जो तीर्थयात्री मात्र नभई तिब्बतसँग व्यापार गर्नेहरू हुन्छ। त्यहाँबाट नुवाकोट र पृथ्वीनारायण शाहको राज्य विस्तार सन्दर्भ आउँछ। त्यसअघिको बस्ती विस्तारको सन्दर्भ र मल्लकालको कर प्रणाली र खेतीको सन्दर्भ जोडिन्छ। उनले लेखेका छन्- धान खेती कर्णालीबाट पूर्वतिर सर्दै आएको सन्दर्भ।
आधुनिक कृषिमाथि हामीले कलम चलाउनुअघि नै बेलायतीले अध्ययन गरेका छन्। नेपाललाई चिनाउने भूमिका हाम्रो भन्दा पहिलो विदेशीको रह्यो। सन् १८३७ मा नै ‘एग्रिकल्चर इन नेपाल’ शीर्षकमा काठमाडौंमा रहेका बेलायती डेपुटी आवासीय प्रतिनिधि आर्चिबाल्ड क्याम्पबेलले अध्ययन गरेका थिए। त्यसअघि सामरिक रणनीतिका लागि सैन्य हिसाबले धेरै खाले अध्ययन भइसकेको थियो- भूगोल र संस्कृतिमाथि।
सन् १८३३ देखि १८४४ सम्म नेपालमा रहेका इस्ट इन्डिया कम्पनीका रेजिडेन्ट ब्रायन हजसङले यहाँको प्राकृतिक र धार्मिक इतिहास मात्र केलाएनन् भाषाहरू पनि लिपिबद्ध गरे – लेक, भन्ज्याङ, फेदी, टार, बेँसी….। यसरी भएका अध्ययनहरूमा नेपालमा के के उत्पादन हुन्छ भन्ने विषय समेटियो- सुन्तलादेखि स्याउसम्म, तरकारीदेखि बालीसम्म। कुन याममा के फल्छ भन्ने विषयमाथि गहिरो विश्लेषण त्यतिखेर नै भएको पाइन्छ।
थोमस बेलले यात्रा कथामा सबै कुरा जोड्छन्। भेटिएका पात्रहरूको सन्दर्भ उठाउँछन्। तिनको जीवन र विगत खोतल्छन्। विगतको विरासतदेखि निकटको क्रुर इतिहाससमेत जोडिन्छ पुस्तकमा। यिनै यात्राबाट उनले नेपाली समाजको आर्थिक सामाजिक र राजनीतिक परिस्थितिको चिहाउँछन्।
भूकम्पपछिको अवस्था र सघाउन जुटेकाको सन्दर्भबाट लेखन अगाडि बढ्छ। उनले यात्राकै कथामा गोसाईंकुण्ड जोड्छन्। सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रबाट सूर्य कुण्ड हुँदै अघि बढ्छ गोसाइँकुण्ड पुगेपछि उनले शेर्पा र तिब्बती संस्कृति मात्र होइन, समुन्द्र मन्थनबाट निस्केको विष सेवन गरेका शिवजीको कथा गाँस्छन्।
भूतप्रेतका कथादेखि कुनै पनि ठाउँको नामकरण कसरी भयो भन्नेसम्मका मिहिन विषयलाई उनले रोचक शैलीमा पस्केका छन्। श्रुति परम्पराबाट विलुप्त हुने सन्दर्भलाई उनले लेखेका छन् – तिनै पात्रको भनाइका रूपमा जसलाई उनले यात्राका क्रममा भेटेका हुन्छन्। तिनै पात्रमार्फत परिवर्तनको चित्रण गरेका छन् उनले।
जसरी इतिहास र साहित्यका पात्रमार्फत सामाजिक राजनीतिक परिस्थिति केलाएका छन्, त्यसरी नै स्वदेशी र विदेशी अध्येताका सामग्रीलाई सन्दर्भका रूपमा उठाउँदै समकालीन दृष्टिकोणबाट त्यसको मूल्यांकन गरेका छन्। महेशचन्द्र रेग्मीका ग्रन्थमार्फत आर्थिक इतिहास केलाएका छन्- सन् १८३० देखि नै कर प्रणाली लागू भएको छ। त्यतिखेर २१ शीर्षकमा कर उठाउने गरिन्थ्यो। किसानले आफ्नो उत्पादनको ५० प्रतिशतसम्म कर तिर्नुपरेको सन्दर्भ पुस्तकमा केलाइएको छ। कर नतिर्नेलाई पापीका रूपमा अर्थ्याइने र ६० हजार वर्षसम्म त्यसको दोष लाग्ने कथ्यले कर प्रणाली सञ्चालनमा रहँदै आएका सन्दर्भ अहिले रोचक लाग्छ।
सिंगो नेपाललाई महेशचन्द्र रेग्मीले ‘विशाल श्रम शिविर’का रूपमा अर्थ्याएका थिए। उदाहरणका लागि रेग्मीलाई उद्धृत गर्दै उनले ‘नुवाकोटका तामाङहरूले सन् १९५० सम्म हरेक वर्ष ९० दिन नि:शुल्क श्रमदान गर्नुपर्थ्यो’ भनेका छन्। यस खाले प्रवृत्तिले देश छाड्नेहरू बढेको उनको तर्क छ। दार्जिलिङ सिक्किम र भुटानसम्मको नेपालीको विस्तारमा यहाँको सामन्तवाद प्रमुख कारण बनेको थियो।
नेपालीहरू बेलायती सेनामा जाने र लाहुरे बन्ने क्रम पछि भने सामाजिक आर्थिक पाटोमा परिवर्तन देखा पर्न थाले। यस क्षेत्रमा इस्ट इन्डिया कम्पनीको प्रवेश राजनीतिक रूपमा मात्र थिएन। भारतमा त्यसले अन्तर्राष्ट्रिय कारोबारलाई तीव्रता दिलायो। काठ, कपास, जुट, चिनी लगायतका उत्पादन बढ्ने र बजार पाउने अवस्था आयो।
असममा चिया खेती विस्तार भयो। सन् १८७० देखि १९०० को बीचमा मात्रै ७ लाख ५० हजार श्रमिकलाई विभिन्न ठाउँबाट असम ल्याइयो। त्यसपछि दार्जिलिङमा र इलामसम्मै चिया बगान तयार भए। पहाड फेदसम्मै १८४० मा विस्तार भएको रेलले काठ, ढुंगा, भेडाको ऊन निर्यात हुन थाल्यो नेपालबाट। १९ औँ शताब्दीको अन्त्यसम्म त नेपालको ४० प्रतिशत राजस्व काठ निर्यातबाट मात्र हुन्थ्यो भन्ने सन्दर्भ उनले जोडेका छन्।
भूगोलले बोकेका कथाहरू क्रमशः लिखितमा उतारिँदै जान्छ। हिउँले खाएर पेन्सिल झैँ तिखा बनेका ढुंगा र बताससँगै बहने बालुवाले भूगोलको बदलिँदै गरेको उपल्लो थलोको वास्तविकता चित्रण गर्छ।
वास्तुकला : प्राकृतिक र मानव निर्मित दुवैमाथि मिहिन दृष्टि
मुस्ताङ नुनका लागि चर्चित थियो। तिब्बत र केही तल समथर भूगोलको बीचमा रहेकाले मुस्ताङ व्यापारिक दृष्टिकोणले गजबको भूगोल बन्यो। कुनै बेला मुस्ताङबाट नुन अन्ततिर पुग्यो आजकल अनुदानसहितको भारतीय नुन यहाँ पुग्छ। सन् १९४६ मा पहिलो पटक मुस्ताङमा खम्पा विद्रोही देखा परे। सशस्त्र विद्रोहको हेडक्वार्टर नै थियो मुस्ताङ। खम्पा विद्रोही छिरेसँगै नुनको व्यापारिक विरासत गुम्यो। यहाँ १९६६ मा स्याउको प्रवेश भयो। सन् २००० सम्म ४० हजार स्याउका बोटमा फल लाग्न थालिसकेको थियो। मुस्ताङको तल्लो भेगमा मात्र स्याउ फल्थ्यो। जलवायु परिवर्तनको असर अब अपर मुस्ताङमा पनि स्याउ फल्न थालेको छ।
यिनै सन्दर्भसहित मुस्ताङ यात्राको कथा सुरु हुन्छ। भूगोलले बोकेका कथाहरू क्रमशः लिखितमा उतारिँदै जान्छ। हिउँले खाएर पेन्सिल झैँ तिखा बनेका ढुंगा र बताससँगै बहने बालुवाले भूगोलको बदलिँदै गरेको उपल्लो थलोको वास्तविकता चित्रण गर्छ। त्यहाँका ढुंगामा कुँदिएका वास्तुकला – प्राकृतिक र मानव निर्मित दुवैमाथि उनले मिहिन दृष्टि लगाएका छन्। उनी काली गण्डकी हुँदै कर्णालीको यात्रामा हुन्छन्। छार्काको वास्तुकलाले उनलाई तान्छ। कालो पत्थरमा ‘ॐ माने पद्मे हुँ’ कुँदिएका लिपि हुन् या फहराइरहेका लुङ्दर – यस भेगलाई फरक रूपमा चिनाइरहेको व्याख्या गर्छन्।
त्यसपछि सन्दर्भ आउँछ डोल्पाको। भाषादेखि खेती किसानीसम्मका विषय जोडिन्छ। मुस्ताङ र डोल्पाको जीवनमा धर्म र समुदाय कसरी अन्योन्याश्रित रूपमा जोडिएका छन् उनले केलाएका छन्। यस भेगमा पद्म सम्भवको आगमन र बुद्ध धर्मको विस्तारको कथा यात्रा यात्रामै आउँछ। त्यहीँ पल्टिन थाल्छ श्रुति परम्पराले धानेको इतिहासका पानाहरू। हजार वर्षभन्दा पहिले जन्मिएका भनिएका मिलारेपा र उनका गुरु मार्पाका कथा यसैसँग जोडिन्छ।
यस यात्रा उनीहरू डोल्पाको त्यो भेगमा पुग्छन् जहाँ चिनियाँ मोटरसाइकल कुद्छन्। तिब्बती बेल्टतर्फ भएको विकासको झल्को र नेपालको अवस्था तुलना हुन्छ। उनी त्यो भूगोलमा पुगे जहाँ सन् १९५० मा पुगेका डेभिड स्नेलग्रोभले न आलु देखेका थिए न अण्डा। अहिले पनि यहाँ कुखुरा पाइन्न तर आलु जताततै। उनीहरू त्यस्तो भूगोलमा पनि पुग्छन् जहाँ चीनले बनाएको तिब्बतको चिल्लो सडक हुँदै आइपुग्छ – नेपाल सरकारको अनुदानमा वितरण गर्ने चामल। उपल्लो डोल्पाबाट उनको यात्रा शे-फोक्सुन्डो हुँदै नेपालगञ्ज झर्छ।
नेपालमा सन् १९७३ मा पहिलो राष्ट्रिय निकुञ्ज स्थापना भयो। सन् २०२० सम्म नेपालको कूल भूगोलको २३ प्रतिशत राष्ट्रिय निकुञ्जमा पर्छ जसले ३४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफल ओगट्छ। निकुञ्ज र त्यसको आसपासमा बसोबास गर्नेहरूको संघर्ष जहाँ पनि उस्तै हुने गर्छ।
संरक्षण : दुखान्तका सन्दर्भले चसक्क
यहाँ यात्राको सन्दर्भ सन् २०१८ बाट अघि बढ्छ। खस-मल्लहरूको क्षेत्र कर्णाली। जुम्लाबाट कर्णालीको यात्रा सुरु हुन्छ। योगी चन्दननाथले कश्मीरबाट जुम्लामा धान भित्र्याएको किम्बदन्ती छ। चन्दननाथले धान मात्र भित्र्याएनन् त्यसको बीउ राख्नेदेखि रोपाइँ र बाली भित्र्याउने समय पनि निर्धारण गरेको मानिन्छ। जुम्ला विश्वमै सबैभन्दा उच्च स्थानमा धान खेती हुने भूगोलमा पर्छ। समुन्द्र सतहभन्दा २ हजार ७ सय मिटर माथिको उचाइमा फल्ने मार्सी धान निकै चर्चित छ अहिले। तर जलवायु परिवर्तनले धेरै असर पारिरहेको थोमसले लेखेका छन्।
उनले यात्रामा प्रकृति र मानवको सम्बन्धको चर्चा गर्छन्। पूर्वीय र पश्चिमा लेखकले साहित्य तथा वैज्ञानिक अनुसन्धानबाट व्याख्या गरेका मानव र प्रकृतिको सम्बन्धमाथि लेखकले नेपाली परिवेशमा रहेर मूल्यांकन गर्छन्। भागवत गीतादेखि मनु स्मृतिसम्मका सन्दर्भ अटाउँछन्। कालिदासको शकुन्तला पनि अटाउँछ। त्यही विलियम वर्डस्वर्थ, गोथे, अलेक्जेन्डर, हेनरी सबै आउँछन्। चार्ल्स डार्विनको सन्दर्भ पनि आउँछ। पूर्वीय दर्शनप्रति उनीहरूको झुकाव र दृष्टिकोण पनि।
‘इकोलोजी’ शब्द १९ औँ शताब्दीको आखिरीतिर आयो। यही शताब्दीमा अमेरिकामा राष्ट्रिय निकुञ्जको सुरुवात भयो र साम्राज्यवाद झैँ फैलिन थालेको उनले लेखेका छन्। नेपालमा सन् १९७३ मा पहिलो राष्ट्रिय निकुञ्ज स्थापना भयो। सन् २०२० सम्म नेपालको कूल भूगोलको २३ प्रतिशत राष्ट्रिय निकुञ्जमा पर्छ जसले ३४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफल ओगट्छ। निकुञ्ज र त्यसको आसपासमा बसोबास गर्नेहरूको संघर्ष जहाँ पनि उस्तै हुने गर्छ।
थोमसले रारा राष्ट्रिय निकुञ्जसँग जोडिएको दुःखद घटना केलाएका छन्। ‘रारा कि अप्सरा’बाट मोहित भएका धेरै नेपालीलाई त्यहाँ निकुञ्ज बन्दा स्थानीयले भोगेको कारुणिक कथा थाहा छैन। संरक्षणसँगै निम्तिएको दुखान्तका सन्दर्भले चसक्क पार्छ।
जुम्लाको सिञ्जा उपत्यका र त्यसको महत्त्वमाथि स्थानीय अध्येतासँगको कुराकानीले नेपाल सरकार आफ्नो इतिहासको खोजीका लागि तत्पर छैनन् भन्ने स्थापित गर्छ उनको लेखनले। मल्ल राजाहरूको सन्दर्भका बारेमा यहाँ अनेक खजाना छन् जुन दिन प्रतिदिन लोप भइरहेका छन्। लेखकलाई दीपेन्द्र उपाध्यायलाई उनले उद्धृत गरेका छन्, ‘सबै प्रमाण हराइरहेका छन्। हामीसँग त अब सुनेका कुरा मात्र बाँकी रहने भए।’
उपनिवेशले यस क्षेत्रको जैविक विविधतामाथि हानि हुने गरी जलवायु परिवर्तनको ढोका खोलेको उनको ठम्याइ छ। त्यसका लागि उनले विभिन्न अध्ययनहरूको सहारा लिएका छन्। रेल विस्तारका लागि नेपालका जंगल फडानी भएदेखि अहिलेका दिनमा देखिएका विपत्तिका दृश्यहरूलाई सम्झाउँछ। जुम्लाबाट कालिकोट हुँदै लेखक दैलेखतिर झर्छन्। राउटेको सन्दर्भ यहाँ जोडिन्छ।
ह्युमन नेचर नेपालको पूर्वदेखि पश्चिमलाई चिहाउने एउटा गहकिलो पुस्तक बनेको छ। पत्रकारको शिल्प त यसमा छँदै छ, त्यसमाथि मानव शास्त्रीय दृष्टिकोण भरिएको छ। संस्कृतिदेखि समाजका सबै खाले आयामले यसलाई नेपाल बुझ्न सघाउँछ – विदेशीलाई मात्र होइन, नेपालीलाई पनि।
The post आप्रवासन र विप्रेषणले बदल्दै लगेको नेपालको आर्थिक संरचना र सामाजिक स्वरूप appeared first on BIZMANDU.
पैसाको मनोविज्ञान : सेयर कारोबार होस् कि घरजग्गा, कमाउनु र जोगाउनुमा छ ठूलो अन्तर
जटिल वित्तीय विषयलाई सहज रूपमा व्याख्या गर्ने व्यक्तिका रूपमा मोर्गन हाउसल चर्चित छन्। तथ्यांक र विषयगत क्लिष्ट शब्दलाई उनी सरल शैलीमा बुझाउँछन्। कुनै बेला ‘वाल स्ट्रिट जर्नल’का पत्रकार हाउसलको पुस्तक ‘दी साइकोलोजी अफ मनी’मा धन आर्जन र त्यससँग जोडिएका विविध सन्दर्भलाई एकाकार गरेका छन्।
‘दी साइकोलोजी अफ मनी’ मा उनी लेख्छन् ‘वित्त अर्थात् पैसा, लगानी, बजेट र आर्थिक व्यवस्थापन कानुन निर्देशित होइन व्यक्तिको ब्यहोरामा निर्भर गर्छ।’ यसो भनिरहनु पूर्व उनको तर्क थियो – सबै कुरा कानुन निर्देशित हुन्छ चाहे त्यो भौतिक विज्ञान होस् या अन्य। लेखक हाउसलले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीको अध्ययन गर्दै गर्दा के फेला पारे भने – वित्तीय क्षेत्र वित्तीय क्षेत्रका रूपमा चलेन त्यो त मनोविज्ञान र इतिहासको दृष्टिकोणबाट चल्यो।
आपत् परेको बेला ४० प्रतिशत अमेरिकीसँग साथमा ४ सय डलर हुँदैन। तर लाखौंमा एउटालाई पर्ने चिट्ठाका लागि उनीहरू टिकट किनिरहेका हुन्छन्। यहाँ भाग्य पनि जोडिएर आउँछ।
दी साइकोलोजी अफ मनीका २० च्याप्टर पैसाकै सेरोफेरोको कुरा गर्छ। विश्वलाई हेर्ने दृष्टिकोण र सोच हरेक व्यक्तिमा फरक हुने गर्छ। समय परिस्थिति र परिवेशले मानिसलाई फरक क्षमताको बनाउँछ। जस्तो कि उनी उदाहरण दिन्छन् – साह्रै गरिबीबाट आएको मानिस छ भने उसले त्यस तहको जोखिम मोल्न तयार हुन्छ जुन पर्याप्त सुविधामा हुर्किएको कुनै धनी बैंकरको छोराले आँट्न सक्दैन। लगानी गर्नेको पृष्ठभूमि अर्थात् उसको विगतले धेरै कुरा निर्धारण गर्छ। हाउसलका अनुसार महँगी चौपट्टै बढेको बेलामा हुर्केकाले पछि बन्डहरू कम किन्छ।
स्टक मार्केट गजबले हरियो भएको बेला हुर्किएकाले भविष्यका लागि लगानी बढी गर्छ। लगानी गर्नेको ऐतिहासिक पृष्ठभूमिले धेरै कुरा निर्धारण गर्ने तर्क यसैमा आधारित छ। त्यससँगै हरेक मुलुकमा लगानीको परिस्थिति फरक हुनु स्वाभाविक मान्छन् उनी। जस्तो कि दोस्रो विश्वयुद्धको समयमा जापान र जर्मनीको सेयर बजार समाप्तको अवस्थामा थियो। ठिक त्यतिखेर अमेरिकी सेयर बजार चकचौध। यी सबै तथ्य पेस गर्दै उनले कुनै एक कारण एक ठाउँको बजार प्रभावित भयो भने अर्को ठाउँको नहुने तर्क गर्छन्। लगानीका लागि कुनै व्यक्तिले दिने सुझाव पनि यिनै परिवेशले सही वा गलत बन्न सक्ने उनको तर्क छ।
पैसाको चाहना स्वाभाविक भए पनि मानिसको प्रवृत्तिका रोचक सन्दर्भ आउँछ दी साइकोलोजी अफ मनीमा। उनी हरेक विषयलाई बुझाउन उदाहरण पेस गर्छन्। जस्तो कि, अमेरिकामा सबैभन्दा कम आय भएका परिवारले एक वर्षको औसतमा चिट्ठामा मात्रै ४ सय १२ डलर खर्चिन्छन्। आपत् परेको बेला ४० प्रतिशत अमेरिकीसँग साथमा ४ सय डलर हुँदैन। तर लाखौंमा एउटालाई पर्ने चिट्ठाका लागि उनीहरू टिकट किनिरहेका हुन्छन्। यहाँ भाग्य पनि जोडिएर आउँछ।
बिल गेट्स तिनैमध्ये एक थिए जसले कम्प्युटर भएको स्कुलमा पढ्ने अवसर पायो। कहाँको ३० करोड कहाँ ३ सय? गेट्सले सन् २००५ मा भनेका थिए, ‘लेकसाइड स्कुल हुने थिएन भने, माइक्रोसफ्ट पनि हुने थिएन।’
भाग्य र जोखिम पुस्तकको दोस्रो च्याप्टर हो जसमा कथा आउँछ बिल गेट्सको। बिल गेट्स विश्वकै पहिलो मध्येको त्यस्तो स्कुलमा पढ्थे जहाँ कम्प्युटर थियो। संयुक्त राष्ट्रसंघको तथ्यांकलाई उद्धृत गर्दै लेखकले जनाएअनुसार उनी माध्यमिक तहको विद्यार्थी हुँदा विश्वभर त्यही तहमा ३० करोड किशोर/किशोरी अध्ययनरत थिए। तीमध्ये १ करोड ८० लाख त संयुक्त राज्य अमेरिकामा मात्रै थिए। तीमध्ये १ लाख जना अमेरिकाको सियाटल क्षेत्रमा थिए। तीमध्ये ३ सय जना लेकसाइड स्कुलमा।
बिल गेट्स तिनैमध्ये एक थिए जसले कम्प्युटर भएको स्कुलमा पढ्ने अवसर पायो। कहाँको ३० करोड कहाँ ३ सय? गेट्सले सन् २००५ मा भनेका थिए, ‘लेकसाइड स्कुल हुने थिएन भने, माइक्रोसफ्ट पनि हुने थिएन।’ लेकसाइड स्कुलमै कक्षा आठमा पढ्दा केन्ट इभन्स बिल गेट्सभन्दा कम थिएनन्। तर, स्कुल नसकिँदै हिमालमा उनको मृत्यु भयो। यही सन्दर्भबाट लेखकले भाग्यलाई पनि उत्तिकै महत्त्व दिन्छन्।
भाग्य र जोखिम सिक्काका दुई पाटा हुन् – सधैं जोडिएकै हुन्छन्। त्यसैले हाउसल कसैको सफलता वा विफलतालाई हेरेर निचोडमा पुग्नु नहुने तर्क गर्दै त्यसलाई बृहत् दृष्टिकोणबाट नियाल्नुपर्ने लेख्छन्।
पैसा कति भयो भने मानिस सन्तुष्ट हुन्छ त? लेखकले एउटा न्युज स्टोरी जोड्छन् – कोलकाताको सुकुम्वासी बस्तीमा जन्मेका रजत गुप्तासँग सन् २००८ मा आइपुग्दा १० करोड डलर बराबरको सम्पत्ति थियो। त्यो रकम बैंकमा ५ प्रतिशत दरमा राखे मात्रै पनि ६ सय डलर प्रतिघण्टाका दरले ब्याज चौबिसै घण्टा आइरहन्थ्यो। चर्चित कन्सल्टेन्सी फार्म म्याककिन्सेका प्रमुख कार्यकारीसमेत भइसकेका उनी २००७ मा अवकाशमा गए। समाजसेवामा लागे पछि गोल्डम्यान सकिसको बोर्ड सदस्य पनि रहे।
सेयर कारोबार होस् कि घरजग्गा, पैसा बनाउनु र त्यसलाई जोगाउनु दुई फरक कुरा हुन्। ती व्यक्ति मात्र सफल हुन्छन् जससँग योजना हुन्छ। कुनै योजना असफल भयो भने के गर्ने भन्ने योजना जसको हुन्छ उसले गुमाउँदैन।
वारेन बफेटले कमाएकोबाट विश्वभर धेरै प्रेरित छन्। उनको विषयलाई लिएर दुई हजारभन्दा बढी शीर्षकका किताबले व्याख्या गरेका छन्। तर, ती किताबले उनको लगानी र त्यसको प्रतिफलका लागि गरेको मेहनत र प्रतीक्षाको विषयलाई समेटेका छन् त? लेखकले यही सन्दर्भबाट पृथ्वीमाथि वैज्ञानिकको अनुसन्धानको पाटो खोतल्छन्।
वैज्ञानिकले पृथ्वी र हिउँका सन्दर्भ धेरैपछि पहिचान गरेका हुन्। अहिलेको अवस्थाको पृथ्वीको पृष्ठभूमिमा हजारौं वर्ष अघिदेखिको परिवर्तनहरू सहयोगी बनेका हुन्छन्। आइबीएमले पहिलो पटक ३.५ एमबीको हार्ड ड्राइभ उत्पादनबाट नै स्टोरेज थालेको थियो जुन आज हजारौं टेराबाइट डेटा बोक्न सक्ने बनेको छ। वारेन बफेटको लगानीको थालनी पनि यसै गरी भएको कथाले धेरैलाई प्रेरित गर्छ।
१९३० को द ग्रेट डिप्रेसनमा थला परेको सेयर बजारमा थप लगानी गरेर धैर्यताका साथ आफूलाई बलियो बनाउने र त्यही मन्दीको असरले गायब (सायद आत्महत्या) गर्ने धनाढ्यको सन्दर्भले भन्छ – सेयर कारोबार होस् कि घरजग्गा, पैसा बनाउनु र त्यसलाई जोगाउनु दुई फरक कुरा हुन्।
ती व्यक्ति मात्र सफल हुन्छन् जससँग योजना हुन्छ। कुनै योजना असफल भयो भने के गर्ने भन्ने योजना जसको हुन्छ उसले गुमाउँदैन। बराबरी कमाउनेमध्ये एउटाले जोगाउन सक्ने र अर्को गुमाउने घटनाहरूमार्फत लेखकले – संयमलाई सफलताको एउटा महत्त्वपूर्ण कडीका रूपमा अर्थ्याएका छन्। किनकि दिन सधैं उस्तै हुँदैन। २०१९ को कोभिड-१९ र त्यसले ल्याएको विश्वव्यापी समस्या अपेक्षित थिएन। न त २०१५ मा नेपालमा भूकम्प आउँछ भनेर कुनै तयारी अवस्था हामीसँग थियो। लेखकले सेप्टेम्बर ११ देखि २००८ को आर्थिक मन्दीसम्मका विषयलाई लिएर आउने संकटमा जुध्न सक्ने मात्र टिक्ने तर्क गरेका छन्। अमेरिकी सन्दर्भ जोडिए पनि तिनको आशयले सबै भूगोल जोड्छ।
आधुनिक पुँजीवादले मानिसलाई मिथ्यापूर्वक प्रस्तुत गरिरहेको तर्कसहित लेख्छन् – सत्य यही हो कि तपाईँले देखेको कुरा सम्पत्ति होइन। धनी हुनु र सम्पन्न हुनुबीच अन्तर छ।
अहिले आर्थिक रूपमा अमेरिकीहरू पहिलेभन्दा धनी छन्। उनीहरूको घर पहिलेभन्दा सुविधा सम्पन्न छ। उनीहरू चढ्ने कारको रफ्तार निक्कै बढिसक्यो। उनीहरूले किन्ने ग्याजेटको भाउ पनि निक्कै कम भइसक्यो। यी सबै सन्दर्भले उनीहरू सम्पन्न लाग्छन्। तर जब सन्तुष्टको मामिला अगाडि आउँछ, उनीहरू सन् १९५० भन्दा कमजोर देखिन्छन् जबकि त्यतिखेर उनीहरूको आम्दानी अहिलेजस्तो राम्रो थिएन। न त अहिले उपभोग गरेका सुख सुविधा त्यतिखेर थियो।
लेखकले त्यसको कारण सुझाएका छन् – समयमाथि आफ्नो नियन्त्रण नहुनु। समयलाई आफू अनुकूल नियन्त्रणमा लिन सक्नु सबैभन्दा ठूलो प्रतिफलका रूपमा उनले अर्थ्याएका छन्। किनकि पैसाले सन्तुष्टि किन्न सक्दैन।
जीवनमा कमाउनुपर्ने र सम्पन्न हुनुपर्नेसँगै लेखक सुझाउँछन् – सम्पत्ति त्यो हो जुन देखिँदैन। महँगो कार, आलिसान घर वा सोसल मिडियामा आउने पोस्टहरूले सम्बन्धित व्यक्तिप्रति बन्ने धारणा हो – वाह क्या धनी ! लेखक त्यसलाई चिर्न केही उदाहरण दिन्छन्- कारको लोन तिर्न नसक्दा बैंकले फिर्ता लिएको सन्दर्भसहितका। घर लिलाम भएका कथाहरू त्यहीँ जोडिन्छन्। आधुनिक पुँजीवादले मानिसलाई मिथ्यापूर्वक प्रस्तुत गरिरहेको तर्कसहित लेख्छन् – सत्य यही हो कि तपाईँले देखेको कुरा सम्पत्ति होइन। धनी हुनु र सम्पन्न हुनुबीच अन्तर छ।
वास्तवमा खर्च कम गर्नु भनेको कमाउनु हो। यसलाई लेखकले बारम्बार उदाहरणबाट पुष्टि गर्छन्। सन् १९७० को दशकमा पेट्रोलियम पदार्थको संकट गहिरिने चिन्ता ज्यादै थियो। किनकि यसको माग जसरी बढेको थियो, प्राकृतिक रूपमा पाइने भण्डार रित्तिँदै थियो। तर, आकलन गरेजस्तो संकट त बेहोर्न परेन। किन? पेट्रोलियम पदार्थको खपत कम हुने खालका कार वा इन्जिनहरू निर्माण हुन थाले।
सन् १९५० को तुलनामा अहिले अमेरिकाको कुल गार्हस्थ उत्पादनमा प्रति डलर इनर्जी खपत ६० प्रतिशत कम छ। यस्तै कारण हो, कम आम्दानी गर्ने व्यक्तिले बढी आम्दानी गर्ने व्यक्तिले भन्दा धेरै बचत गर्न सक्ने। खर्च कम, बचत ज्यादा। ‘घाँटी हेरी हाड निल्ने’ उखान हाम्रो सन्दर्भमा यसै कारण चर्चित छ। देखाउने ‘इगो’ले जो कसैलाई खर्चालु बनाउने तर्क लेखकको छ। बचतका लागि हाउसलले धेरै खाले ‘टिप्स’ दिएका छन् जुन उपयोगी लाग्छ।
इतिहासले भविष्यको दिशानिर्देश गर्छ। तर के बजार त्यसैका आधारमा चल्छ त? लेखकले इतिहासका कालखण्डमा जन्मेका व्यक्ति र तिनका कारण संसारभर भएका घटनाहरूलाई सम्झाएका छन्। विश्वयुद्ध होस् या अमेरिकाको नाइन-इलाभेन। ग्रेट डिप्रेसनदेखि सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीसम्म। कुनै पनि परिवेशले भविष्यलाई निर्धारण नगर्ने उनको तर्क छ। बेन्जामिन ग्राहमले आफ्नो पुस्तक ‘दी इन्टेलिजेन्ट इन्भेस्टर’का हरेक संस्करणमा पैसा कमाउने सूत्रहरू फेरबदल गरेको तर्क गर्दै इतिहासले भविष्य निर्धारण हुन नसक्ने तर्क गरेका छन्। सफलताका सूत्रहरू पनि स्थिर नहुने उनको उदाहरण गजबको लाग्छ।
धनी हुने कि स्वतन्त्र? धन नै नहुने हो भने स्वतन्त्र कसरी? स्वतन्त्रताको निर्धारण बैंकमा रहेको बचतले गर्छ भन्ने उनको तर्क छ। नगद भनेको सासका लागि अक्सिजन जस्तै हो, स्वतन्त्र हुनका लागि।
लेखकले कमाउने लक्ष्य राख्नेलाई सम्भावित जोखिमका लागि ‘रुम फर इरर’ भनेर विकल्प प्रति सचेत गराउँछन्। हरेक आफ्नो योजना सोचे जस्तो नहुन सक्ने र त्यस खाले परिस्थितिका लागि तयार रहनुपर्ने तर्क गर्छन्। मानिसहरू तत्काल प्रतिफलको खोजीमा हुने प्रवृत्तिलाई घातक ठान्छन्। दिगो योजनाअनुसार काम गर्नुपर्ने उनको तर्क छ। मानिसलाई उसको उमेर र सिकाइले के बन्ने भन्ने पनि परिवर्तन गराउँदै लैजान्छ। बालकालमा ट्रयाक्टर चालक बन्ने सपना देख्नेले किशोरावस्थामा पुग्दा वकिल बन्ने लक्ष्य लिन सक्ने र त्यसभन्दा पछि अर्को पेसातिर उसको रुचि हुनसक्ने तर्क उदाहरणसहित पेस गर्छन्।
उनले हरेक वस्तुको मूल्य हुने तर्क गर्छन्। ‘मार्केट रिटर्न’ शून्य कहिल्यै नहुने उनको तर्क छ। कुनै पनि कम्पनीमा काम गर्ने मानिसले त्यहाँ धेरै सेयर किन किन्दैन? हाउसल प्रश्न गर्छन् र जवाफ पनि दिन्छन् – ‘उसलाई कम्पनीभित्र के भइरहेको छ सबै थाहा हुन्छ।’ सायद, त्यसैले हुनुपर्छ फेयरनेस क्रिमको विज्ञापनमा मोडलिङ गर्नेले वा उत्पादन गर्नेले त्यो प्रडक्ट प्रयोग गर्दैनन्। प्रश्न र उत्तर पुस्तकभरि पाइन्छ। जस्तो कि धनी हुने कि स्वतन्त्र? धन नै नहुने हो भने स्वतन्त्र कसरी? स्वतन्त्रताको निर्धारण बैंकमा रहेको बचतले गर्छ भन्ने उनको तर्क छ। नगद भनेको सासका लागि अक्सिजन जस्तै हो, स्वतन्त्र हुनका लागि।
समग्रमा वित्त, मानसिकता र त्यसको व्यवस्थापनको गाइड बुक हो- मोर्गन हाउसलको ‘दी साइकोलोजी अफ मनी’। प्रेरक सन्दर्भ र पत्रकारको लेखन शैलीले पुस्तक जोकैका लागि पनि गजब बनेको छ। हाउसलले कथा र उदाहरण मार्फत पैसाको व्यवस्थापनमा भावना, लोभ, र असुरक्षाले कसरी प्रभाव पार्छ प्रस्ट्याएका छन्। बचत, लगानी र जोखिम व्यवस्थापनमा सन्तुलनको महत्त्व सिकाएकाले एक हिसाबले ‘वित्तीय साक्षरता’ गजबले भेटिन्छ यसमा। तपाइँका लागि पनि पुस्तक रोचक हुनसक्छ।
‘इनफ’ भन्ने कुरा बुझ्न सक्नु महत्त्वपूर्ण छ- लोभ गर्दा जोखिम बढ्छ, त्यसैले कति पर्याप्त हो भन्ने कुरा जान्नु आवश्यक छ।
सारांशमा पुस्तकका यी ८ बुँदाले पैसा कमाउने मात्र होइन, त्यसलाई दिगो र बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने सोचमाथि व्याख्या गरेको छ।
पैसा कमाउनेभन्दा बचत र खर्चको बानी महत्त्वपूर्ण छ – धनी बन्न मात्र होइन, धनी रहन पनि खर्च नियन्त्रण र बचत गर्ने बानी आवश्यक छ।
मानिसका जीवनमा भाग्य र जोखिम दुवै महत्त्वपूर्ण भूमिका खेल्छन्- वित्तीय सफलतामा कडा परिश्रम मात्र होइन, भाग्य र बाह्य परिस्थितिहरू पनि निर्णायक हुन्छन्।
धनवान हुनु र धनी देखिनु फरक कुरा हो- धेरैले आफ्नो हैसियत देखाउन खर्च गर्छन्, तर वास्तविक सम्पत्ति भने बचत र लगानीमा लुकेको हुन्छ।
दीर्घकालीन सोचले विजेता बनाउँछ- समयको साथमा चक्रवृद्धि ब्याज जस्तो शक्तिशाली कुरा अरु केही छैन।
पैसा प्रबन्ध भावनात्मक हो, तर्कसंगत मात्र होइन- मानिसहरू वित्तीय निर्णय भावनाले गर्दा गर्छन्, केवल तथ्यमा आधारित भएर होइन।
‘इनफ’ भन्ने कुरा बुझ्न सक्नु महत्त्वपूर्ण छ- लोभ गर्दा जोखिम बढ्छ, त्यसैले कति पर्याप्त हो भन्ने कुरा जान्नु आवश्यक छ।
सुरक्षालाई भनेर बचत गर्नुको ध्येय स्वतन्त्रताका लागि हो- पर्याप्त आपतकालीन कोष र दीर्घकालीन बचतले मानिसलाई स्वतन्त्रता र मानसिक शान्ति दिन्छ।
बजार र जीवन दुवै अनिश्चित छन्- भविष्य पूर्वानुमान गर्न सकिन्न, त्यसैले विविधीकरण, धैर्य गर्नुपर्छ र अवस्थाअनुसार लचिलोपन अपनाउनुपर्छ।
The post पैसाको मनोविज्ञान : सेयर कारोबार होस् कि घरजग्गा, कमाउनु र जोगाउनुमा छ ठूलो अन्तर appeared first on BIZMANDU.
निजामती प्रशासनको शल्यक्रिया : अनुभवबाट लिन सकेन राजनीतिक र प्रशासनिक नेतृत्वले पाठ
पछिल्लो समय चर्चामा छ – कुलिङ अफ पिरियड। संघीय निजामती सेवा विधेयकमा यसबारे सबैभन्दा बहस र विवाद रह्यो। बहसको केन्द्रमा रह्यो – कर्मचारीको अनुभवको सदुपयोग र उनीहरूको स्वार्थ। स्वार्थको द्वन्द्व कति चरम अवस्थामा छ भन्ने उदाहरण हामीसँगै छन् – मुख्य सचिवबाट समय नपुगी राजीनामा गराउने, त्यसबापत लाभको पद दिएर कतै ‘सेटल’ हुने। त्यस्तै प्रवृत्तिले हो – सक्षम कर्मचारीको अनुभव राष्ट्रका लागि उपयोगमा ल्याउन चाह्यो भने पनि विवादभन्दा बाहिर जान नसक्ने अवस्था। निजामती सेवासँग जोडिएर आउने स्वार्थको द्वन्द्वका घटनाले सिंगो कर्मचारीतन्त्र विवादमा मुछिएको छ।
जनस्तरमा सरकारी कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोण यस्तै प्रकरणले स्थापित गरिरहेको छ। सँगै राजनीतिक व्यवस्था र नेतामाथि आक्रोश पनि जोडिन्छ – कर्मचारी प्रशासनको क्षमतालाई लिएर। के निजामती हिजो गजब थियो त? हिजोको अनुभवबाट राजनीतिक र प्रशासनिक नेतृत्वले सिक्नुपर्ने विषय किन सिकेन र सुधार हुन सकेन? अथवा बिग्रने क्रमका घुम्तीहरू कुन कुन थिए? उमेशप्रसाद मैनालीको पुस्तक ‘सुनेको शासन भोगेको प्रशासन’ले यिनै विषयलाई केन्द्रमा राखेको छ। सरकारी सेवामा लामो अनुभव र लोक सेवा आयोगको अध्यक्ष समेत भइसकेकाले लेखक एक हिसाबले ‘अथोरिटी’ हुन् निजामती सेवाको विषयमा।
चाकरीकालीन प्रशासन
पहिलो बजेटको सन्दर्भ
नेपालमा २००८ माघ २१ गते पहिलो बजेट सार्वजनिक भयो। अर्थमन्त्री सुवर्ण शमशेर राणाले बजेट सार्वजनिक गर्दा अर्थ सचिव थिए हिमालय शमशेर राणा। मैनालीले पहिलो बजेटको विशेषताबारे लेखेका छन्, ‘पहिलो त यसमा प्रयोग गरिएको भाषा जनजिब्रोको जस्तै छ। दोस्रो, यसमा अर्थशास्त्रीय कठोर शब्दजाल प्रयोग नगरी सर्वसाधारणले बुझ्ने गरी सरल बनाइएको छ।’
उनको निचोड छ – ‘राजनीतिक रूपमा तटस्थ र सेवा प्रवाहमा निष्पक्ष रहनुपर्ने निजामती कर्मचारीलाई आन्दोलनमा होम्नु नेताहरूको महाभूल थियो। त्यही गल्ती सरकारका लागि गलपासो हुँदै गयो। अहिलेसम्म पनि त्यसको सकस सरकारले भोग्दै आएको छ।’
कर्मचारी आन्दोलन
नेपालमा हरेक राजनीतिक परिवर्तनपछि कर्मचारीको आन्दोलन हुँदै आएको छ। यसको सुरुवात २००७ सालको परिवर्तन लगत्तै भयो। ‘२००७ फागुन ९ गते अखिल नेपाल न्युनवैतनिक कर्मचारी संघको स्थापना’ भएको पाइन्छ। रातारात संघसंस्था खुल्ने र अराजक हुने अवस्था आएपछि गृहमन्त्री कोइरालाले आदेश जारी गरे – सरकारी जागिरदारहरूले कुनै पनि राजनीतिक दल वा संस्थामा भाग लिन पाउँदैनन्।’ लेखकले यसको जग चाहिँ २००३ सालमा विराटनगर जुट मिलको आन्दोलनले बसाएको ठम्याएका छन्।
प्रजातन्त्र स्थापनापछि पेसागत हडतालमा कम्युनिस्ट पार्टीको भूमिगत राजनीतिले सबैभन्दा ठूलो भूमिका खेलेको मैनालीको दाबी छ। उनी लेख्छन्- ‘हडतालको घोषणा गरेपछि कम्युनिस्ट पार्टीले यसमा प्रशिक्षण दिन, जुलुस निकाल्न, पसल बन्द गर्न आफ्ना कार्यकर्ताहरू भूमिगत रूपमा परिचालन गरेको थियो।’ कर्मचारीले तटस्थताको धर्म छोडेर राजनीतिक दलको फेरो समाउन यहीँबाट सुरु हुन्छ।
बिपी सधैं जनताको करबाट तलब बुझ्नेको आन्दोलनप्रति अनुदार देखिन्छन्। मैनाली लेख्छन्- ‘२०३७ सालको जनमत सङ्ग्रहताका शिक्षकहरूको आन्दोलनको विरोधमा उनले आफ्ना विचार व्यक्त गरे। त्यही कारणले शिक्षक संगठन कांग्रेस विरोधी हुन पुगेको हो।’
अहिलेको सन्दर्भमा राजनीतिक दलका कार्यकर्ताका रूपमा कर्मचारीबाट निर्लज्ज अभिव्यक्ति हुने शब्दबारेको सन्दर्भ पुस्तकमा रोचक छ – ‘उनी (बिपी) जिल्लाहरूको भ्रमणमा जाँदा एक जना कर्मचारीले “जय नेपाल” भनेछन्। कोइरालाले उनको नाम टिप्न भनेछन् र केन्द्रमा फर्केपछि कारबाही गरेछन्।’ का‌ंग्रेसी देखिन खोज्ने कर्मचारीमाथि कारबाही अहिले भए सम्भव थियो?
उनको निचोड छ – ‘राजनीतिक रूपमा तटस्थ र सेवा प्रवाहमा निष्पक्ष रहनुपर्ने निजामती कर्मचारीलाई आन्दोलनमा होम्नु नेताहरूको महाभूल थियो। त्यही गल्ती सरकारका लागि गलपासो हुँदै गयो। अहिलेसम्म पनि त्यसको सकस सरकारले भोग्दै आएको छ।’
टंकप्रसादको सुधार, महेन्द्रको पजनी
मैनालीले प्रशासन सुधारका प्रणेताका रूपमा टंकप्रसाद आचार्यलाई चित्रण गरेका छन्। निजामती सेवालाई संस्थागत गराउने श्रेय दिँदै सनद सवालबाट चलेको प्रशासनलाई ऐनद्वारा सञ्चालन गराउन आचार्यको १८ महिने कार्यकाल निर्णायक मोड बन्यो।
बिपी कोइराला प्रधानमन्त्री हुँदा लोकसेवा आयोगलाई बाइपास गरेर कर्मचारी नियुक्ति भएपछि चर्को आलोचना भयो। कर्मचारीतन्त्रमा कांग्रेसीकरणको आक्षेपपछि प्रधानमन्त्री कोइरालाले लोकसेवा आयोगका अध्यक्षसँग सहमति गरे र नियुक्त भएका कर्मचारीको परीक्षा लिइयो। मैनाली लेख्छन्- ‘परीक्षाबाट सरकारले नियुक्त गरेका राजपत्राङ्कित द्वितीय श्रेणीका ७ मध्ये २ र तृतीय श्रेणीका २५ मध्ये ११ मात्र उत्तीर्ण हुन सके।’
दुई तिहाइसहित प्रधानमन्त्री बनेका बिपीले लोकसेवाबाट परीक्षा लिन लगाएको सन्दर्भ अहिलेको हकमा हेर्दा क्रान्तिकारी लाग्छ। अहिले विश्वविद्यालय, स्थानीय निकाय वा सरकारी निकायमा करारमा हुने नियुक्तिको परीक्षणका लागि कोही तयार देखिन्नन्। यसले पनि हाम्रो प्रशासन संयन्त्र कुन अवस्थामा पुगिसकेको छ अर्थ्याउँछ।
बिपी नेतृत्व सरकार अपदस्त गरेपछि कर्मचारीको पजनी क्रम सुरु भयो र त्यसमा लोकसेवा आयोगलाई बाइपास गरियो। महेन्द्रले बिपी सरकारबाट नियुक्त भएकालाई छानिछानी अवकाश दिए। लोकसेवा आयोगले यस दिनलाई कालो दिनका रूपमा लिने गरेको मैनालीले उल्लेख गरेका छन्। सार्वजनिक सेवामा महेन्द्रीय प्रवृत्तिलाई प्रजातन्त्र पुनर्स्थापनापछि राजनीतिक दलहरूले नै अपनाउन थाले जुन अहिले पनि कायम छ। त्यसैले निजामती कर्मचारी पदीय मर्यादामा अडिनुभन्दा राजनीतिक नेतृत्वको चाकडीमा ढोके-पाले हुने प्रवृत्ति विकास भयो।
महेन्द्रको कदमप्रति लेखक जति आलोचक छन्, उत्तिकै प्रशंसक पनि देखिन्छन्। राष्ट्रियताको जगेर्ना, क्रान्तिकारी भूमिसुधार, सामाजिक आर्थिक सुधार, सांस्कृतिक एकता, प्रशासनिक सुधार जस्ता विषयमा महेन्द्रको भूमिकालाई अतुलनीय भन्दै व्याख्या गरेका छन्। यद्यपि, दरबार जाँचबुझ केन्द्र मार्फत दरबारले ‘सुपर अम्बुड्सम्यान’ खडा गरेको लेखेका छन्। महेन्द्रले छोरा वीरेन्द्रलाई शासन-प्रशासन सिकाउन २०२७ सालमा यस खाले केन्द्रको स्थापना गरेका थिए। त्यसैगरी विशेष जाहेरी विभाग न्यायालयमाथि तरबारका रूपमा महेन्द्रले झुन्ड्याएका थिए, जसले सर्वोच्च अदालतको निर्णयलाई चुनौती दिने अधिकार राख्थ्यो।
पुस्तकमा राजा महेन्द्रले कसरी चिनियाँ कम्युनिस्ट मोडललाई नेपालीकरण गरेर ‘गाउँ फर्क’ अभियान चलाए भन्ने सन्दर्भ रोचक छ। गाउँ फर्कने र श्रम गर्ने कम्युनिस्ट मोडल पछि पञ्चहरूको चुनावी टिकट दिने गुटमा परिणत भएको थियो।
वीरेन्द्रको राज्यारोहणपछि अञ्चलाधीशमार्फत प्रशासनमाथि नियन्त्रण राखे। विकेन्द्रीकरण र क्षेत्रीय विकासमा वीरेन्द्रको प्रयासलाई सकारात्मक रूपमा लेखकले लिएका छन्। सुर्खेत र दिपायलले वीरेन्द्रको भ्रमणकै कारण कायापलट हुन पाएको सन्दर्भ उल्लेखनीय लाग्छ। राजाले देखेपछि मात्र सुधार हुनुले अर्को अर्थ पनि दिन्छ – कुनै ठाउँमा सुधार हुन दरबारको दया चाहिन्थ्यो।
पुस्तकको आधासम्म विभिन्न लिट्रेचर र सुनेका सन्दर्भ समावेश छन्। आधापछि लेखकको निजामती सेवाका सन्दर्भ थपिन थाल्छ। उनले आफ्नो कार्य क्षेत्रको अनुभवसँगै त्यहाँको ऐतिहासिक पृष्ठभूमिलाई पनि सँगसँगै लगेका छन्। सुरुमा उनी दुर्गम रोजेर जुम्ला पुग्छन्। त्यहाँको अवस्थालाई पछि गृहसचिव हुँदा र लोकसेवा आयोगको अध्यक्ष हुँदा तुलना गर्छन्। उनको शब्दले विकासको सुखद संयोगलाई जोड्छ। केही भएको छैन भन्ने भाष्यलाई चिर्छ। जुम्लाको पछिल्लो परिवेशका सन्दर्भमा लेखेका छन्, ‘बजार घुम्दा अस्पतालका एम्बुलेन्सहरु चलेको, चिकित्सा शिक्षाको विद्यार्थीहरू हिँडिरहेको देख्दा पहिले पोस्टमार्टम गर्न नसकिएको स्थितिको सम्झना भयो।’
उनले उल्लेख गरेअनुसार राजा वीरेन्द्रले २०४२ सालमा जारी गरेको ‘राष्ट्रिय मूल नीति’ले मध्यवर्ती पहाडी क्षेत्रमा पूर्व पश्चिम राजमार्ग (पाँचथरदेखि डडेलधुरा) र महेन्द्र राजमार्गको समानान्तरमा झापादेखि कञ्चनपुरसम्म विद्युतीय रेलको अवधारणा रहेको थियो। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले रेललाई ‘आफ्नो सपना’ भन्दै जस मात्र लिन खोजेको परिवेशमा यस खाले सन्दर्भले अर्को कोण स्थापित गर्छ।
राजाको ‘कु’ विरुद्धको आन्दोलन र त्यसले ल्याएको राजनीतिक परिवर्तनलाई सहज रूपमा अवतरण गराउन कर्मचारी प्रशासनको भूमिका महत्त्वपूर्ण थियो। सरकारी कर्मचारीप्रति विद्रोहका बेलामा माओवादीको जुन खाले व्यवहार थियो त्यसको भय कर्मचारीमा पर्नु स्वाभाविक थियो।
पीएको पेलान, मन्त्रीका स्वकीयको चासो ठेक्कामा !
कुण्डली हेर्ने ज्योतिषलाई विज्ञका रूपमा दिइएको नियुक्ति होस् कि ‘स्युडो’ सल्लाहकार- लेखकले आलोचनात्मक दृष्टिकोण पेस गरेका छन्। जथाभाबी पद सिर्जना गर्दै सल्लाहकारमा थन्क्याउने र त्यसमा लोभिने निजामती सेवाका कर्मचारी दुवैप्रति उनी अनुदार देखिन्छन्। लेख्छन्, ‘प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवलाई सल्लाहकारहरूको व्यवस्थापन गर्दै हैरानी हुने गर्दछ। काम नभएका सल्लाहकारहरू सिंहदरबार धाउनेहरूसँग कफ चुटेर दिन कटाइरहेको देखिन्थ्यो।’
उनले सल्लाहकारहरू बदनामीसँगै पीएको शक्ति प्रदर्शनका सन्दर्भमा पनि उदाहरणहरू पेस गरेका छन्। उनी लेख्छन्, ‘स्वकीय सचिवको काम मन्त्री निवासमा जनसम्पर्कलाई व्यवस्थित गर्ने हो तर उनीहरूको रुचि मन्त्रालयको सरुवा, बढुवा, ठेक्कापट्टा आदिमा हुने गर्छ। कहिलेकाहीँ मन्त्रालयका सचिव समेत यी स्वकीय सचिवको इसारामा काम गर्नुपर्ने विवशतामा पुगेको देखिन्छ।… मन्त्रीको पद चट भएपछि यिनीहरूको हैसियत पनि पानीसाँपको जस्तो हुन पुग्दछ।’
पञ्चायती व्यवस्था, प्रजातन्त्र पुनर्स्थापनापछि जसरी कर्मचारीमाथि हस्तक्षेप हुने क्रम थियो त्यसले अझ तीव्रता पायो ज्ञानेन्द्र शाह राजा भएपछि। शेरबहादुर देउवालाई अक्षम घोषणा गरेर ज्ञानेन्द्र शाहले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए। लेख्छन्, ‘लोकेन्द्र बहादुर चन्दको सरकार दरबारको कठपुतली मात्र थियो। …सामान्य निर्णय पनि दरबारलाई नसोधी हुन छाड्यो।’ त्यतिखेर रमेशनाथ पाण्डे सामान्य प्रशासन र सञ्चार मन्त्री थिए। उनको मुख्य सचिव विमल कोइरालासँग भनाभन समेत भएको सन्दर्भ रोचक लाग्छ। मन्त्रीले भनेअनुसार काम गर्न कोइराला तयार भएनन्। पछिल्ला दिनमा सरकारका गलत काम वा निर्णयमा मुख्य सचिवको भूमिका सामान्य सहयोगीका रूपमा रुपान्तरित देखिन्छ। कर्मचारी नेतृत्वको दास प्रवृत्तिमाथि कोइरालाको कदम प्रशंसनीय देखिन्छ।
द्वन्द्वकालमा कर्मचारीको मनोदशा कस्तो हुन्छ मैनालीले नजिकबाट बुझेका छन्। उनी गृह प्रशासनमा रहँदा द्वन्द्व चरमोत्कर्षमा पुगेको थियो। कर्मचारीको हत्या अपहरण लगायतका विषयले निजामती कर्मचारीको पीडालाई उनले नजिकबाट नियालेका थिए। साथै ज्ञानेन्द्र शाहको २०६१ माघ १९ को ‘कु’ र त्यसपछिको परिवेशलाई उनले व्याख्या गरेका छन्। मिडियामाथि सैनिक नियन्त्रण तथा शाही आयोगको ज्यादती र नेताको गिरफ्तारीका सन्दर्भलाई सम्झाइदिएका छन्। त्यही क्रममा लेखक पनि ‘जगेडा’मा परेका थिए।
राजाको ‘कु’ विरुद्धको आन्दोलन र त्यसले ल्याएको राजनीतिक परिवर्तनलाई सहज रूपमा अवतरण गराउन कर्मचारी प्रशासनको भूमिका महत्त्वपूर्ण थियो। सरकारी कर्मचारीप्रति विद्रोहका बेलामा माओवादीको जुन खाले व्यवहार थियो त्यसको भय कर्मचारीमा पर्नु स्वाभाविक थियो। माओवादी लडाकु शिविर स्थापना गर्ने जिम्मेवारी गृह मन्त्रालयको थियो। गृहका कर्मचारीमा रहेको ‘फियर साइकोसिस’लाई मैनालीले सहज रूपमा बुझाएका छन्। द्वन्द्वको अवतरणका क्रममा राजनीतिक नेतृत्वले जस लिए पनि त्यसका लागि कर्मचारीको भूमिका निक्कै महत्त्वपूर्ण थियो। सङ्क्रमणकालीन परिवेशका घटनाक्रमले अहिलेसम्मकै परिवेशलाई चित्रण गरेको छ। शान्ति प्रक्रियामा आएपछि माओवादीको अराजकता होस् या त्यसमा आएको सुधार, प्रधानमन्त्री केआई सिंहको जंगी स्वभाव र हातपातका घटना – नेपालको प्रशासन र राजनीति दुवैको चित्रण हुन्छ।
पुस्तक गहकिलो हुँदाहुँदै पनि ठाउँ ठाउँमा लेखकले ‘रे’ भनेर आफूले लेखेको कुरालाई कमजोर बनाएका छन्। तिनलाई पुष्टि गरेर अथवा जोसँग सुनेको हो उसैलाई उद्धृत गरिदिएको भए अध्ययन अनुसन्धान गर्नेका लागि सन्दर्भ अकाट्य रूपमा प्रयोग योग्य हुन्थ्यो। निजामती सेवामा रहनेको लेखन भाषा जटिल र क्लिष्ट हुने गर्छ। मैनालीको लेखन धेरै हदसम्म त्यसबाट टाढा छ जुन प्रशंसायोग्य हो।
The post निजामती प्रशासनको शल्यक्रिया : अनुभवबाट लिन सकेन राजनीतिक र प्रशासनिक नेतृत्वले पाठ appeared first on BIZMANDU.
‘ह्लासाका मारवाडी’को पहिचान कसरी गुमाए नेपालीले? धर्म, व्यापार र कूटनीतिको लेखाजोखा
फरक भूगोलमा कुनै नेपालीको त्यस्तो पसल, जसले एक हजार वर्षदेखि निरन्तरता पाउँछ भने त्यसले व्यापारिक कारोबारको कति बृहत्तर इतिहास बोकेको होला? नेपालभित्रै हामीसँग त्यस्तो व्यावसायिक विरासत बोकेको दोकानका कथा लिखितमा पाउन कठिन छ। त्यसमाथि हिमाल पारिको मुलुक अर्थात् भोटको सन्दर्भ। २०१८ सालमा गरिएको एउटा अध्ययनले भोटमा नेपालीको एक हजार वर्षभन्दा अघिदेखि निरन्तर चलिरहेको पसल फेला पर्नु र त्यहाँका ‘मारवाडी’का रूपमा नेवारहरूको पहिचान स्थापित हुनु नेपालीका लागि रोचक सन्दर्भ हुने नै भए।
त्यसो त उत्तरको भोटसँग नेपाल सम्बन्धका आयामहरू धेरै छन्। चीनको नियन्त्रण पूर्व, नियन्त्रणपछि र पछिल्लो अवस्थामा हामीले फरक पहिचानसहित चिन्ने प्रयासमा छौं हामी। भोटपछि तिब्बत र अहिले सी जाङ। हामीले परापूर्वदेखि जानेको भोटलाई बिचमा तिब्बतका रूपमा चिन्यौँ अहिले चीनको मेनल्यान्डले चिनाइरहेको छ – सी जाङ भन्दै। उत्तरको भोटसँग हाम्रो नाता परापूर्वकालदेखि नै व्यापार र बुद्ध धर्मले जोडिरह्यो।
यो पुस्तकले सुरुमै कारोबारको सन्दर्भ जोड्छ। भोटसँग नेपालको नातालाई यहाँका नेवारले जोडेका थिए। अहिले पनि त्यसको झल्को नेपाली सीमा कटेर ३० किलोमिटर परको केरुङ पुग्दा साक्षात्कार हुन्छ। एउटा सानो गाउँ केरुङमा एउटा गुम्बा छ। गुम्बामा रहेको मानेमा कुँदिएका तिब्बती र रञ्जना लिपिका श्लोकले अझै पनि बयान गरिरहेको हुन्छ – दुई देशको सम्बन्ध। अहिले पनि केरुङको बजारमा नेपाली कारोबारी भेटिन्छन्। नेपाली नोट निर्वाध चल्छ। र, अधिकांश पसलमा नेपाली अथवा नेपालबाट गएका उत्पादन भेटिन्छन्।
विसं. २००० मा ल्हासामा गठित नेपाली वाणिज्य संघका पदाधिकारी । (पुस्तकबाट साभार तस्वीर)
चौधरी ग्रुपको वाइवाइ चाउचाउ होस् या भारतीय बाल्ट्राका थर्मस, केरुङका पसलमा जताततै भेटिन्छन्। अझै नेपाली भाषा बुझ्ने रैथाने छन् त्यहाँ। पूरै युरोपेली सहर बिर्साउने सीमावर्ती सानो गाउँमा भन्दा कम चमकधमक थिएन ल्हासामा। हामीले ‘ल्हासा’ लेख्छौँ, शर्माले उनीहरूकै उच्चारणलाई लिएर ‘ह्लासा’ लेखेका छन् पुस्तकमा। पुस्तकले भोटको ल्हासा हुँदै बेइजिङसम्म तन्किएको संस्कृति, कूटनीति र व्यापारको ऐतिहासिक पक्ष समेट्छ। त्यसलाई समकालीन राजनीतिसम्म ल्याउँछ र नेपालप्रति चिनियाँ दृष्टिकोण बुझ्न सघाउँछ।
२०१५ सालसम्म नेवा: व्यापारीको जगजगी थियो ल्हास्सामा। नेपालबाट खाद्यान्नदेखि विदेशी ब्रान्डका सामग्री नेपालीकै पसलमा उपलब्ध हुन्थ्यो। त्यतिखेर हिमाल पारीबाट आएका व्यापारीको क्रेज लोभलाग्दो देखिन्छ। राहुल साङ्कृत्यायनलाई उद्धृत गर्दै शर्मा लेख्छन्, ‘ह्लास्साका मारवाडी भनेका नेपाली हुन्; उनीहरूको एउटै कोठीमा लाखौंका सामान हुन्छन्।’ साङ्कृत्यायनले १९८६ देखि तिब्बतको अवलोकनपछि यस्तो निष्कर्ष निकालेका थिए। शर्मा तिनै सन्दर्भ जोड्दै लेख्छन्, ‘चीन सरकारले २०१८ सालमा गरेको एउटा सर्वेक्षणका क्रममा असामान्य तथ्य फेला परेको थियो।
ह्लास्साको एउटा नेपाली पसल त हजार वर्षभन्दा पहिले खोलिएको र त्यो सर्वेक्षणताका समेत यथावत् चलिरहेको रहेछ। त्यसबाहेक तीन वटा नेपाली पसल ५०० देखि हजार वर्ष पुराना, चार वटा २०० देखि ५०० वर्ष पहिलेका र ४१ पसल विसं १९०८ देखि २००८ का बिचमा खोलिएको पाइएको थियो।’ यसकै असर हो ल्हासामा सम्भ्रान्त वर्गको पहिचान ‘नेपाली’लाई मिल्थ्यो। शर्माले काठमाडौंका तीन सहरको भव्यतालाई तिब्बतसँगको व्यापार नै आधार मानेका छन्।
भोटसँगको कारोबारले यहाँको समृद्धिलाई जगमग बनाएको थियो। त्यसो त आधुनिक इतिहासको कालखण्डमा तिब्बतबाट कच्चा सुन ल्याउने परम्परा शाहकालसम्मै पाइन्छ। १४ सय वर्षअघि राजा नरेन्द्र देवका पालामा सुरु भएको भोट व्यापारलाई शर्माले इतिहासको अवशेषका रूपमा अर्थ्याइएका छन्।
पुस्तकबाट साभार तस्वीर ।
तिब्बतसँगको व्यापारिक कारोबारका कारण कतिपय विषयमा नेपाल बाँकी विश्वभन्दा निकै अगाडि देखिन्छ। जस्तो कि १२ औँ शताब्दीमा युरोपमा कागज उत्पादन हुन थाल्यो, जुन नेपालमा त्यहाँ ५ सय वर्ष अर्थात् सातौँ शताब्दीमा नै हुन्थ्यो। यस्ता तथ्यहरूलाई शर्माले विभिन्न दस्ताबेजबाट एकीकृत गरेर व्याख्या गरेका छन्। व्यावसायिक सम्बन्धका अलावा यहाँका शासकले तिब्बत र चीनसँग कायम गरेका सम्बन्ध होस् या भोटसँग मिलेर भारतसँगको युद्धका सन्दर्भ, रोचक लाग्छन्। ‘हाम्रो साथमा चीन छ’ भन्ने देखाएर मुलुकमाथि बेलायती प्रभाव कम गर्न चिनिया बादशाहको पत्रलाई सलामी दिने काठमाडौंको कूटनीति उदाहरणीय लाग्छ।
शर्माले शासक अनुसार कूटनीतिक प्रयास र प्रभावको मूल्यांकन गरेका छन्। राणा शासकमध्ये पनि जंगबहादुर र चन्द्र शमशेरसम्म, महेन्द्रदेखि ज्ञानेन्द्रसम्म, गिरिजाप्रसाददेखि मनमोहनसम्म चिनियाँ दृष्टिकोण रोचक लाग्छ। शर्माका अनुसार चन्द्र शमशेरको पालामा आएर बेलायत र चीन दुवैसँग कूटनीतिक सम्बन्ध पुरानै अवस्थामा चलेन। तिब्बतमा रुसी प्रभाव बढेको बेलायती शंकालाई पुष्टि गर्न चन्द्रशमशेरले जस्तो भूमिका खेले। त्यसबाट तिब्बत नेपालसँग टाढियो भने अङ्ग्रेजले सिक्किम नाथुलाबाट चीनतिर पाइला चाल्न थाले। त्यसको असर चीनले तिब्बतमा नेपाली अधिकारी र व्यापारीमाथिको सुविधा क्रमशः कटौती गर्दै लग्यो।
पुस्तकबाट साभार तस्वीर ।
त्यस्तै, नेपाल र तिब्बत बिचको युद्धमा गोर्खाली सेनाले गरेको लुटपाटदेखि युद्धमा चीन जोडिएको सन्दर्भले अहिले कायम नेपालको उत्तरी भेगको सीमांकन बुझ्न सघाउँछ। एकातिर बेलायतीको बढ्दो प्रभाव, अर्कातिर चीनको। ठिक त्यतिखेर नेपाल आफैं विस्तार अभियानमा। यिनै सन्दर्भमा बेत्रावतीमा चीनसँग भएको सम्झौताले नेपालको अहिलेको सीमा स्थापित गर्छ। शर्माले नेपाल-भोट-चीन युद्धमा सबैभन्दा धेरै क्षति तिब्बतमाथि परेको टिप्पणी गरेका छन्। त्यस युद्धपछि तिब्बतमाथि चीनको प्रभाव बढ्न थाल्यो। त्यही युद्धले बेलायत नेपाल पस्ने वातावरण बन्यो। बेलायतीहरूको चीनतिर नजिक हुनका लागि नेपाल प्रमुख आधार हुन सक्थ्यो। सम्पन्नता र जनसङ्ख्याका आधारमा पनि सबैभन्दा ठूलो मुलुक भएकाले त्यहाँ व्यावसायिक कारोबारका लागि बाटो खोल्ने रणनीति बेलायतीको थियो।
व्यापारसँगै नेपालको भोट नाता धर्मले जोड्यो। त्यसको केन्द्रमा रहे बौद्धमार्गी। अफगान शासक बख्तियार खिल्जीले भारतमा नरसंहारसँगै नालन्दा जस्ता शैक्षिक केन्द्र तहसनहस पारेपछि त्यहाँका ग्रन्थ जोगाउन नेपाल र तिब्बतसम्म पुगे शाक्य श्रीभद्रहरू। नालन्दाको पतनपछि काठमाडौं उपत्यकाको महत्त्व बढेको शर्माले व्याख्या गरेका छन्। बुद्ध धर्म अन्तर्गतको वज्रयान धार नेपालबाट नै विस्तार भयो। आठौं शताब्दीमा पद्म सम्भव अर्थात् गुरु रिम्पोछे नेपाल हुँदै तिब्बत पुगे। तिब्बतमा उनको प्रभाव अझैसम्म उत्तिकै देखिन्छ। त्यहाँका बोन धर्मावलम्बीलाई पद्म सम्भवले बुद्धमार्ग बनाउन सबैभन्दा बढी भूमिका खेलेको देखिन्छ।
पुस्तकबाट साभार तस्वीर ।
‘२०१३-१७ सालको अवधिमा नेपाली कम्युनिस्ट नेताहरूका निम्ति चीन राजनीतिक तीर्थ झैँ बनेको थियो। तर महेन्द्रले २०१७ सालमा सत्ता हत्याएपछि चाहिँ चीनले नेकपासँग घोषित सम्बन्ध राखिरहन चाहेन।…माओका निम्ति महेन्द्र प्यारो भइसकेका थिए, आफूलाई आदर्श मान्ने कम्युनिस्टहरूभन्दा।’
चीनबाट नेपालमा विकाससँगै राजनीतिक विचार पनि आयो र राजा महेन्द्रले त्यसलाई रोक्नका लागि गरेका पहलकदमीका सन्दर्भ रोचक छन्। खम्पा विद्रोहीलाई नेपालमा अनदेखा गरेर अमेरिकी-भारतीय स्वार्थ अनुकूल तिब्बतमा विद्रोह गराउँदा पञ्चायती व्यवस्थालाई आड मिल्ने रणनीतिसहित महेन्द्रले यस कदम चालेको धेरै खाले स्रोतबाट पुस्तकमा स्थापित गरिएको छ।
ल्हासा। तस्वीर : सिन्ह्वा
चीनसँग कूटनीतिक सम्बन्ध कायम गरेबापत प्रशंसित अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले खम्पा विद्रोहबाट प्रतिफल नपाउने आकलन गरेपछि लडाकुलाई व्यवस्थापन गर्न पुनर्वास र रोजगारीको व्यवस्था लागू गरेका थिए। त्यसैको प्रतिफल थियो – नेपालमा तिब्बती गलैँचा उत्पादन। शर्मा लेख्छन्, ‘गलैँचा उद्योग अझैसम्म नेपाली उद्यमको एउटा प्रमुख चिनारी बनेको छ, जसको सुरुआती प्रवर्द्धक न सीआइए-लगानीबाट भएको थियो भन्ने तथ्य चाहिँ थोरैको जानकारीमा मात्र होला।’
शर्माले दरबार हत्याकाण्डको विषयलाई कन्सपिरेसीमै छाड्छन्। चीनसँग ज्यादै नजिकिएका राजा वीरेन्द्रको समुल नष्ट हुनेगरी भएको हत्याकाण्डप्रति चिनियाँ दृष्टिकोण पेस गरेका शर्माले – संकेत नै संकेतमा भारततिर इसारा गरेका छन्। ‘प्रयोगशाला’को प्रभाव देखिन्छ यस सन्दर्भमा आइपुग्दा।
‘भिक्षु, व्यापार र विद्रोह’ले तीन देश जोड्छ, सांस्कृतिक र राजनीतिक हिसाबले। टाइम लाइनमा सन्दर्भहरू जोडिँदा पढ्नेहरूले यस क्षेत्रकै बहु आयामिक विवरण पाउँछन्। शर्माले पुस्तकमा सन्दर्भ सामग्रीसँगै तिब्बतमा व्यापार गर्ने परिवारसँगका कुराकानीलाई पत्रकारिताकै शैलीमा जोडेका छन्। पुस्तकमा इन्डनोट, सन्दर्भ सामग्री र अनुक्रम मात्र ८५ पेज छ जसले यसलाई गहन र पुनः परीक्षण योग्य बनाएको छ।
राति बिजुलीको जगमगमा ल्हासा । तस्वीर : सिन्ह्वा
पत्रकारितामा लामो समय सक्रिय हुने जोसुकै लेखकमा एकै खाले  प्रवृत्ति देखिन्छ – उनीहरू कतै कुशल अनुसन्धानकर्ता लाग्छन् त कतै प्राज्ञिक र कतै न्युज रिपोर्टर। सुधीर शर्माको लेखनमा पनि यस प्रवृत्ति भेटिन्छ। साइटेसनलाई हेर्दा पुस्तक पूरै प्राज्ञिक लाग्छ। सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँगको कुराकानीको सन्दर्भ आउँदा अनुसन्धानकर्ता। बेलाबेलामा ‘ट्राभल लग’ पनि जोडिन्छ पुस्तकमा जहाँ शर्मा आफैं पात्रका रूपमा उभिन्छन्।
उनले चीनका पूर्व राजदूतहरूसँग गरेका प्रश्नोत्तरले अन्तर्वार्ताकै झल्को दिन्छ। शर्माले पुस्तकलाई सन्तुलित देखाउन पूरापूर मेहनत गरेको देखिन्छ। लामो समय पत्रकारितामा रहेका उनको पुस्तक लेखनमा ‘प्रयोगशाला’ पुस्तकमार्फत परीक्षण पहिले नै भइसकेको हो। साना साना तथ्यहरू मिहिन रूपमा केलाउने र त्यसलाई उनेर फरक स्वरूपमा तयार पार्ने उनको लेखकीय प्रवृत्ति यस पुस्तकमा पनि देखिन्छ।
पुस्तकले नेपालको भोट-चीन सम्बन्ध र भारतलाई आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा जोडेको छ। विश्व सन्दर्भले यी मुलुकमा पारेको असर र त्यसमा नेपालले अपनाएका रणनीति बुझ्न चाहनेका लागि शर्माको लेखन शैलीले प्रभाव पार्ने निश्चित छ।
The post ‘ह्लासाका मारवाडी’को पहिचान कसरी गुमाए नेपालीले? धर्म, व्यापार र कूटनीतिको लेखाजोखा appeared first on BIZMANDU.
बुद्धको सफल कारोबारी उडानमा बस्नेत : ओह्रालो लागेको कस्मिक र कोशी बाढी आकस्मिकता
भिडियो पूरै भ्रामक भए पनि कतिपय सन्दर्भहरू भने मेलखाने देखिन्छ। काठमाडौंबाट महेन्द्रनगरको हवाई यात्रा गर्दा बुटवलबाट खसीबोका विमानमा आफूसँगै चढाउने यात्रीबारे उल्लेख गरेका छन् लेखक हेमन्त मिश्रले। ‘श्री ५ को सेवामा’ शीर्षकको उनको पुस्तकमा अटाएका उक्त दृश्यसँग मिल्दो लाग्छ आजकल आर्टिफिसियल इन्टेलिजेन्समार्फत् तयार पारिएका डीपफेक भिडियो।
सन् १९७० को दशकको विमानको सन्दर्भभन्दा अहिले धेरै फरक छ परिवेश। सडक सञ्जालबाट पूरै बाहिर रहेको नेपाललाई हवाई रुटले जोड्थ्यो। काठमाडौंको गौचरनमा उत्रिएको विमान डेकोटा थियो। यात्रुमात्र होइन, २००७ सालको क्रान्तिताका पर्चा छर्न पनि यसको प्रयोग भएको इतिहास छ। राजनीतिक उद्देश्यका साथ शाही नेपाल वायुसेवाको विमान अपहरणको कथालाई पत्रकार जगत नेपालले भिडियोबाट थप प्रस्ट्याएका छन्। माओवादी ‘जनयुद्ध’का बेला सेनाको हेलिकप्टरमा अटाएसम्म खाँदाखाँद बसेका पत्रकारका दृश्य बिस्तारै धुमिल बन्दै गइरहेको छ।
परिश्रम र महत्त्वाकांक्षालाई बस्नेतले बुद्ध एयरको सफलताका रुपमा व्याख्या गरेका छन्। बुद्ध एयर अहिलेको अवस्थामा आउनुमा संयोगहरूको संयोजन मानेका छन् उनले। त्यसैले उनी कतै भाग्यवादलाई विश्वास गर्छन् त कतै कर्मवादलाई। मूलत: ती दुवैले बुद्ध एयर आजको अवस्थामा आइपुगेको उनको तर्क छ। आफ्नो पढाइ यात्राको असफलता होस् या पढाइले नै जुराएको सफलतालाई संयोगका रुपमा परिभाषित गरेका छन् बस्नेतले। बुद्ध एयरको विकासमा कहीँ न कहीँ बुढानीलकण्ठ स्कुल वा सेन्ट जेभियर्सले जोडेका सन्दर्भहरू संयोगकै रुपमा समावेश छन्।
संयोगलाई उनकै तर्कमा न व्यवस्थापनको शास्त्रीय सिद्धान्तले व्याख्या गर्न सक्छ न त भाग्यवादले नै। बुद्ध एयर सुरु हुनुको श्रेय उनी भाइ शिवेन्द्रलाई दिन हिच्किचाउँदैनन्। लेखेका छन्, ‘भाइ शिवेन्द्र पाइलट नबनेको भए हामीले हवाई सेवामा हात नहाल्न सक्थ्यौं।’
सबैभन्दा चुनौती दिइरहेको कम्पनीको ओरालो यात्रा र सप्तकोशीको बाढीले पूर्वी नेपालको सडक सम्बन्ध टुट्दा व्यावसायिक हिसाबले बुद्धसामु अवसरमात्रै रह्यो।
प्रतिस्पर्धाको कथा
‘बाई द बुक’मा हवाई क्षेत्रको चर्को प्रतिस्पर्धाका केही सन्दर्भ छन् जुन रोचक लाग्छ। कुनै पनि कम्पनी सफल हुनु वा नहुनुमा व्यवस्थापनको भूमिका कुन तहको हुन्छ भन्ने बारम्बार व्याख्या गरिएको छ। यस्ता केही सन्दर्भ छन् जसले हवाई क्षेत्रमा कस्तो प्रतिस्पर्धा हुन्थ्यो भन्ने देखाउँछ-
काठमाडौं-विराटनगरको भाडा १ हजार १ सय रुपैयाँ मात्र थियो। हरेक टिकटमा एउटा लक्की ड्र राखेर मोटरसाइकल बाँड्न थाले। उनीहरूको जहाज छिटो पुग्थ्यो। टिकट सस्तो थियो। हामी प्रतिस्पर्धामा निकै पछि पर्न थाल्यौं।’
यही प्रतिस्पर्धामा पछि परेपछि बुद्धले एटीआर ल्याउने योजना अघि बढायो। पहिलो चरणमा २ वटा एटीआर ल्यायो। त्यतिखेरसम्म कस्मिक एयर आर्थिक रुपमा टाट उल्टिन थालिसकेको थियो। सबैभन्दा चुनौती दिइरहेको कम्पनीको ओरालो यात्रा र सप्तकोशीको बाढीले पूर्वी नेपालको सडक सम्बन्ध टुट्दा व्यावसायिक हिसाबले बुद्धसामु अवसरमात्रै रह्यो। हवाई सेवामा यो पनि एउटा संयोग नै थियो बुद्धका लागि। लोगोसहित ब्रान्डिङ नै नगर्दा समेत उडान गर्नुपर्ने अवस्था र यात्रुको चापले कम्पनीलाई अघि बढाएका सन्दर्भ रोचक छन्।
मन्त्री समेत भइसकेका बुबा सुरेन्द्र र उनले कसरी नेपाली सेनाको उच्च पदस्थ अधिकारीलाई प्रभाव पार्न सकेका थिए भन्ने सन्दर्भ रोचक लाग्छ। त्यी सन्दर्भमा उनी लेख्छन् – ‘मेरो अनुभवले भन्छ- नीतिगत निर्णय गर्ने तहका मानिससँग तपाईँको सम्पर्क, सम्बन्ध वा पहुँच छैन भने नेपालमा उद्यम सुरु गर्न असम्भव जस्तै छ।’
क्रोनी क्यापिटलिज्ममाथि चर्चा
यतिखेर हरेक क्षेत्र विचौलियाको प्रभावमा छ। हरेक तहका राजनीतिक र आर्थिक क्षेत्रमा विचौलिया हावी भइरहेको सन्दर्भमा बस्नेतले पनि क्रोनी क्यापिटलिजमको कुरा गरेका छन्। उनले व्यावसायी र राजनीतिज्ञ तथा कर्मचारीको मिलोमतोको सन्दर्भ उप्काएका छन्। कसरी कर्मचारी र नेतालाई फाइदा पुग्नेगरी काम भइरहेको छ भन्ने चर्चा गरेका छन्।
त्यही क्रममा उनले आफ्नै सन्दर्भ पनि जोडेका छन्। कर्पोरेट सफलताका लागि कसरी शक्ति परिचालन गरिन्छ भन्ने देखाउन उनले आफ्नै उदाहरण पेस गरेका छन्, जुन रोचक लाग्छ।
सफल व्यवसायका लागि ‘नेटवर्किङ’बारे बस्नेत प्रष्ट छन्। लेख्छन्, ‘मैले विरासतमा पाएको त्यो सम्बन्ध हुँदैन थियो भने हामीलाई जहाज किन्ने ऋण लिन सकस पर्ने थियो। हामीले जहाज किन्न नसक्ने अवस्था बन्थ्यो।’
व्यवसायमा दाजुभाइको यसखाले सम्बन्धलाई थोरै ग्लोरिफाइ गर्न भने भ्याएका छन् उनले- भारतमा धीरूभाइ अम्बानीको निधनपछि उनका छोराहरु मुकेश र अनिलबीचको व्यावसायिक सम्बन्धजस्तै व्याख्या गरेर।
सफलतामा एकल लगानी र भाइसँगको विवाद
बुद्धको सफलतामा वीरेन्द्रले एकल लगानीलाई मुख्य आधार मानेका छन्। कार्य दक्षता र पारदर्शितालाई प्राथमिकता दिएका छन्। साझेदार बीचको विवादका कारण नेपालका ३ दर्जन हवाई कम्पनी बन्द भएको उनको तर्क छ। एकल स्वामित्व कायम गर्न पिता सुरेन्द्रबहादुरको नाममा ८० प्रतिशत सेयर राखेर कम्पनी अगाडि बढाइएको थियो।
सुरुवाती दिनमा उनले व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए भने प्राविधिक तर्फको जिम्मेवारी शिवेन्द्रले। त्यतिखेर २ जनाले जिम्मेवारी सम्हाल्दा आएको ‘कन्फ्लिक्ट’ उनले स्वीकारेका छन्। सबैखाले उतारचढाव भोगेको बुद्धसँग अहिले १८ वटा एटीआर विमान छन्।
बस्नेतले पुस्तकमा व्यावसायिक सफलताका शृंखलाहरूको चर्चाकै बीच कम्पनीको सेयरसम्बन्धी विवाद पनि छोटो रुपमा उल्लेख गरेका छन्। भाइ शिवेन्द्रको चारित्रिक सन्दर्भदेखि भतिजी देवयानीले बुद्ध एयरमा आफूलाई दिएको साथबारे उनले प्रष्ट्याएका छन्। देवयानी वीरेन्द्रका पक्षमा उभिएपछि शिवेन्द्र र उनको बाँकी परिवारको सेयर हिस्सा ३५ प्रतिशतमा सीमित भएको उल्लेख गरेका छन्।
‘शिवेन्द्रले ३५ प्रतिशत सेयरका आधारमा बुद्ध एयरका जहाज भाग लगाएर लिएर जाने र अर्को कम्पनी बनाउने आकांक्षा राखेको थियो। उसको त्यो षड्यन्त्र सफल भएन,’ उनले लेखेका छन्।
यतिखेर सोसल मिडिया नै खोतल्ने हो भने शिवेन्द्रले बुद्ध एयर र वीरेन्द्रबहादुरविरुद्ध दिएका अभिव्यक्ति सजिलै भेटिन्छ। तर, पुस्तकमा ३५ प्रतिशत नै सेयरको सन्दर्भमा भाइको परिवारको भाग लागेको बताए पनि त्यसबारे थप उल्लेख गरेका छैनन्। व्यवसायमा दाजुभाइको यसखाले सम्बन्धलाई थोरै ग्लोरिफाइ गर्न भने भ्याएका छन् उनले – भारतमा धीरूभाइ अम्बानीको निधनपछि उनका छोराहरू मुकेश र अनिलबीचको व्यावसायिक सम्बन्धजस्तै व्याख्या गरेर।
अरु कम्पनीबारे सीमित सामग्री
कतै विजयकुमार त कतै कर्ण शाक्य
‘बाई द बुक’ अर्थात् निष्कपट, पारदर्शी र व्यवस्थित कारोबार। यसलाई गुरुमन्त्र मानेका छन् उनले। सफलताको आधारका रुपमा यसैलाई ठम्याएका छन्। तर, उनको लेखनमा बारम्बार कतै विजयकुमार पाण्डेको शैलीमा आदर्शका कुरा आउँछन् त कतै कर्ण शाक्यका शब्दहरू। स्कुले जीवनमा पढेका नीति कथालाई समावेश गरेका छन् उनले पटक-पटक। आफूलाई राजकुमार दिक्पालझै आँटिलो व्यक्तिका रुपमा उतारेका छन्।
बारम्बार एउटै सन्देश र सन्दर्भ पुस्तकमा आइरहन्छ। पुस्तक कतै बुद्ध एयरको कथा लाग्छ त कतै वीरेन्द्रबहादुरको। यी दुवै धारलाई फरक-फरक पुस्तकमा उतारेको भए अलमलिने थिएन।
सम्पादनका हिसाबले फाइन प्रिन्टको कमजोर उत्पादन लाग्छ ‘बाई द बुक’। तथ्यांक त्रुटि र दोहोरिएका सन्दर्भलाई जस्ताका तस्तै दिँदा झिँजो लाग्छ। जस्तो कि आर्थिक वर्ष २०८०/८१ मा मात्र राज्यलाई भ्याटबापत १ खर्ब ७१ करोड बुझाएको (पेज ७६) दाबी छ। उनको दाबी त्रुटिपूर्ण लाग्छ। अर्ब हुनुपर्नेमा खर्ब भएको हुनसक्छ। तथ्यांकको पुन: परीक्षण छैन पुस्तक लेखनका क्रममा। यस्ता त्रुटि बारम्बार आउँदा पढ्नेलाई खाना खाँदा गाँसमा ढुंगा लागेको अनुभूति हुनु स्वाभाविक हो। जस्तो कि २०३ पेजमा उनी नेपालको प्रतिव्यक्ति आयबारे लेख्छन्- ‘आज साढे एक हजार चार सय अमेरिकी डलर पुगेको छ।’ पक्कै टाइपो !
बुद्ध एयरका अलावा खेती किसानीको सन्दर्भ पनि पुस्तकमा छ। भारतको चर्चित कम्पनी टाटा समूहले एयर इन्डिया खरिद गरेको सन्दर्भलाई रोचकता साथ व्याख्या गरेका बस्नेतले यती एयरलाइन्स वा हिमालय एयरलाइन्सजस्ता प्रतिस्पर्धी कम्पनीका विषयलाई ठाउँ दिन सकेको भए राम्रो हुन्थ्यो। बुद्ध मात्र होइन, वीरेन्द्रबहादुरको पनि ब्रान्डिङ गराउने दोहोरो जिम्मेवारी पुस्तकले लिएको छ।
The post बुद्धको सफल कारोबारी उडानमा बस्नेत : ओह्रालो लागेको कस्मिक र कोशी बाढी आकस्मिकता appeared first on BIZMANDU.