काठमाडौं। प्रतिनिधिसभाको बैठक ११ बजेका लागि बोलाइएपछि विषयगत समितिका बैठक स्थगित भएका छन्।
संसद् सचिवालयका अनुसार कार्यबोझका आधारमा बुधबारको प्रतिनिधिसभाको बैठक ११ बजे नै बोलाइएको हो।
सामान्यतया संसद् बैठक १ बजे बोलाउने गरिएको छ। बैठक ११ बजे नै बोलाएपछि अर्थ, पूर्वाधार विकास, राज्य व्यवस्था तथा सुशासन र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएका हुन्।
विषयगत समितिहरुले आज बैठक राखेर सदस्यहरुलाई उपस्थितिका लागि सूचित गरेका थिए। अचानक प्रतिनिधिसभा बैठक हुने भएपछि समितिका बैठक स्थगित गरिएका हुन्।










