BIZMANDU
www.bizmandu.com

भारतबाट पक्राउ गरिएका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याउँदै प्रहरी

२०८३ मंसिर १०

भारतबाट पक्राउ गरिएका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याउँदै प्रहरी
भारतबाट पक्राउ गरिएका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याउँदै प्रहरी

काठमाडौं। कामदार मलेसियामा पठाउँदा भएको आर्थिक अनियमितता प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। उनलाई भारतबाट पक्राउ गरिएको हो।

GBIME
Tata

अर्याललाई काठमाडौं ल्याइँदै गरेको प्रहरी स्रोतले बतायो। ‘समयले भ्याए आज अदालतमा हाजिर गरिन्छ। अहिले भारतीय सिमा क्षेत्रबाट त्याइँदै छ,’ स्रोतले भन्यो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवका रूपमा गरेको निर्णयका आधारमा अर्याललाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको थियो।

अर्याल २०७८ मंसिरदेखि करिब डेढ वर्ष श्रम मन्त्रालयको प्रशासनिक नेतृत्वमा थिए। उनले मुख्यसचिवबाट एक वर्षअघि अवकाश पाएका थिए।

यो प्रकरणमा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसी र अरु तीन कर्मचारीलाई सीआइबीले यसअघि नै पक्राउ गरेको थियो। उनीहरुमाथि सीआइबीले विदेशी मुद्रा अपचलन तथा ठगी र संगठित अपराधसमेतको कसुरमा अनुसन्धान गरिरहेको छ।