BIZMANDU
www.bizmandu.com

तातोपानी नाका केही दिनमा सञ्चालनमा आउने, मन्त्रीले भने- सरकारको प्राथमिकतामा छ

२०८३ असोज १४

तातोपानी नाका केही दिनमा सञ्चालनमा आउने, मन्त्रीले भने- सरकारको प्राथमिकतामा छ
तातोपानी नाका केही दिनमा सञ्चालनमा आउने, मन्त्रीले भने- सरकारको प्राथमिकतामा छ


काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका केही दिनभित्र सञ्चालनमा आउने बताएका छन्।

Vigo
GBIME
Tata

विभिन्न मन्त्रालयका कर्मचारी र चिनियाँ दूवावासका काउन्सिलरको टोलीले तातोपानी जाने सडक अवलोकन गरेको भोलिपल्ट बुधबार मन्त्री लम्सालले नाका केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी रहेको बताएका हुन्।

उनले तातोपानी नाका सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। ‘रुसुवा बाढी तथा लगातारको वर्षाका कारण उत्तरतर्फका केरुङ र कोरला नाकामा ठूलो क्षति पुगेपछि सरकारले कोदारी नाका सञ्चालनलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ‘केही दिनभित्रै कोदारी नाका सञ्चालनमा ल्याउने तयारी छ।’

तातोपानी नाका चीनले भदौ १४ देखि अकस्मात बन्द गरेको थियो। भोटेकोशी नदीमा आएको बाढीले रसुवा नाका भदौ १० देखि बन्द भएकामा कोरला नाका पनि असोज ८-११ को अविरल वर्षाका कारण सडक सम्पर्क टुटेका कारण सञ्चालनमा छैन। त्यही कारण सरकारले तातोपानी नाका खोल्न चीनलाई आग्रह गरिसकेको छ।