काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमुक्त गरेको छ।
विनाकारण पक्राउ गरिएको विषयमा चौतर्फी विरोध भएपछि चोलेन्द्रलाई रिहा गरिएको हो। कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित स्थानमा लगिएको बताए। ‘उहाँले चाहेको सुरक्षित ठाउँमा पठाएका छौं,’ एसएसपी खड्काले भने।
आइतबार बिहान करिब २ बजेतिर सुरक्षा थ्रेट भन्दै प्रहरीले चोलेन्द्रलाई महागञ्जस्थित घरबाट नियन्त्रणमा लिइ टेकु लगेको थियो।