BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको तीन वर्षपछि लाभांश, नगद लाभांश प्रस्ताव, दसैंअघि नै साधारणसभा गर्ने योजना

२०८३ भदौ ३१

कुमारी बैंकको तीन वर्षपछि लाभांश, नगद लाभांश प्रस्ताव, दसैंअघि नै साधारणसभा गर्ने योजना
कुमारी बैंकको तीन वर्षपछि लाभांश, नगद लाभांश प्रस्ताव, दसैंअघि नै साधारणसभा गर्ने योजना

काठमाडौं। कुमारी बैंकले तीन वर्षपछि लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट २.१० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

Vigo
GBIME
Tata

बैंकले घोषणा गरेको लाभांशलाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाले पारित गर्नुपर्छ। त्यसपछि सेयरधनीले पाउने छन्। बैंकले दसैं अगाडि नै साधारण सभा गर्ने योजना बनाएको छ।

पुँजी कोष र पुँजी पर्याप्तता अनुपातमा पनि बैंकले सुधार गरेको छ। यसले ३ वर्षदेखि ३०२ अर्बको ऋणमा सीमित भएको बैंकलाई चालु वर्ष ५० अर्ब रुपैयाँ ऋण विस्तार गर्ने ठाउँ दिएको छ।

सञ्चालनमा रहेका २० मध्ये व्यापार र पुँजी लगायत हिसाबले ५ भित्र रहेको कुमारीले तीन वर्षपछि लाभांश प्रस्ताव गरेको हो। अर्को वर्षसम्म पुग्दा ८ देखि १० प्रतिशत लाभांश दिन सक्ने अवस्थामा बैंक पुग्नेछ।