काठमाडौं। सरकारले ७ महिनापछि सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कमलप्रसाद भट्टराईलाई सचिवमा बढुवा गरेको हो।
भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा पदस्थापना गरिएको छ। उनी अहिले पनि बागमती प्रदेशमै कामु सचिवको रुपमा कार्यरत छन्।
भट्टराईले गत पुस ११ गते नै कामु सचिवको जिम्मेवारी पाएका थिए। तर पुस २९ गतेयता सचिवमा बढुवा रोकिएको थियो। त्यसयता एक दर्जभन्दा बढी सचिवले अवकाश पाइसक्दा पनि बढुवा गरिएको थिएन।
सरकारले दरबन्दी घटाउनका लागि बढुवा रोकेका कारण विशिष्ट श्रेणीका कर्मचारीको संख्या अहिले ५० मा झरिसकेको छ। कुनै समय विशिष्ट श्रेणीका कर्मचारी ७६ जनासम्म थिए।