BIZMANDU
www.bizmandu.com

अर्बिटले सुरु गर्‍यो भ्याटसहितको पीटीई सेवा, वैधानिक कारोबार गर्न २५ अक्षरको भौचर कोड

२०८३ असार ३०

अर्बिटले सुरु गर्‍यो भ्याटसहितको पीटीई सेवा, वैधानिक कारोबार गर्न २५ अक्षरको भौचर कोड
अर्बिटले सुरु गर्‍यो भ्याटसहितको पीटीई सेवा, वैधानिक कारोबार गर्न २५ अक्षरको भौचर कोड


काठमाडौं। अर्बिट समूहले वैधानिक रुपमा भ्याटसहितको पीटीई सेवा सुरु गरेको छ। यो समूहले एडटेक कम्पनीको अप्लाई बोर्डसँगको सहकार्यमा मंगलबार सेवा सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका प्रबन्ध निर्देशक सुनील रेग्मीले भ्याट बिल जारी गरेर पीटीई संचालनमा ल्याउन लागिएको जानकारी दिए। ‘हामी नेपालमा भ्याट बिल जारी गर्ने अधिकार प्राप्त आधिकारिक वितरक हौं। नेपाल सरकारको कर सम्बन्धी प्रचलित कानुन अनुसार वैधानिक भ्याट बिल जारी गर्ने नेपालकै एक मात्रै संस्था हामी नै हौं,’ उनले भने।

समूहका अनुसार कर बिजकमा उल्लेख भएको २५ अक्षरको भौचर कोडमार्फत कारोबार गर्न सकिन्छ। ‘अर्बिटबाट जारी गरिएको भ्याट बिलमा वैधानिक भौचर कोड समावेश छन्। त्यसलाई प्रयोग गरेर राज्यलाई समेत सहयोग गर्नुपर्छ भन्ने मान्यता राखिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

अहिले प्रयोग भइरहेका भौचर ८ अक्षरका छन्। ती भौचर भ्याटविनाका हुन्। अनधिकृत रुपमा प्रयोग भएका भौचरका कारण कुनै पनि समय राज्यका निकायको अनुसन्धानमा तानिन सक्ने अवस्था रहन्छ।

केही समयअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी विभिन्न सरोकारवाला निकायबीच भएको छलफलमा पीटीई लगायत अनधिकृत रुपमा भइरहेको कारोबारको विषयमा पनि छलफल भएको थियो।

पीटीई परीक्षाका लागि लिइने शुल्कमा करोडौं रुपैयाँ कर छली भएको छ। यो परीक्षाका नाममा नेपालबाट वार्षिक करिब २ अर्ब रुपैयाँभन्दा बढी विदेश जान्छ।

तर, त्यसको हिसाबकिताब नेपालमा देखिन्न। करको दायरा बाहिर हुनुको मुख्य कारण हो- पीटीई परीक्षा लिने संस्था दर्ता नहुनु। संख्यात्मक हिसाबले उल्लेख्य विद्यार्थी पीटीई परीक्षामा समावेश हुँदा सरकारले कर करोडौंमा गुमाइरहेको हो।

समूहले वैधानिक कारोबार सुरुवातसँगै विशेष अफर समेत ल्याएको छ। एकैपटक २० वा सोभन्दा बढी भौचर खरिद गर्दा भ्याटसहित ३० हजार ८०० रुपैयाँको अफर ल्याएको हो। खुद्रा मूल्य भने भ्याटसहित ३१ हजार २ सय तोकेको छ। अर्बिट पीटीई पोर्टलमार्फत दर्ता गर्दा प्रत्येक ३१औं भौचरमा १० हजार छुट हुने समूहले जनाएको छ।