BIZMANDU
www.bizmandu.com

पूर्वप्रशासकले धमाधम पाउन थाले नियुक्ति, सार्वजनिक खरिद पुनरवलोकन समितिमा तिवारी

२०८३ असार २१

पूर्वप्रशासकले धमाधम पाउन थाले नियुक्ति, सार्वजनिक खरिद पुनरवलोकन समितिमा तिवारी
पूर्वप्रशासकले धमाधम पाउन थाले नियुक्ति, सार्वजनिक खरिद पुनरवलोकन समितिमा तिवारी


काठमाडौं। सरकारले पूर्वप्रशासकहरुलाई धमाधम नियुक्ति दिन थालेको छ।

Tata
GBIME
Nepal Life

पूर्वसचिव किशोर थापाले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्ति पाएलगत्तै थप तीन पूर्वप्रशासकले पनि जागिर पाएका हुन्।

सरकारले सार्वजनिक खरिद पुनरवलोकन समितिमा तीन पदाधिकारी नियुक्त गरेको छ। मन्त्रिपरिषद्‍ बैठकले समितिको अध्यक्षमा सुशील चन्द्र तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

तिवारी पूर्वसचिव हुन्। उनले दुई वर्षअघि सिंचाइ सचिवबाट अवकाश पाएका थिए। उनी एक वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टीको ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकार मनोनीत भएका थिए।

यस्तै समितिको सदस्यमा महेश अर्याल र थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयले जनाएको छ। अर्याल र गौतम पूर्वसहसचिव हुन्। अर्याल इन्जिनियरिङ र गौतम लेखा पृष्ठभूमिका हुन्।

समितिको अध्यक्ष र सदस्य नियुक्तिका लागि जेठ २९ गते विज्ञापन गरिएको थियो।

आवेदन स्क्रिनिङ समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्‍ले तिवारी अर्याल र गौतमलाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसअघि गत चैत २४ गते राष्ट्रिय योजना आयोगको सदस्यमा पूर्वसचिव अर्जुनजंग थापाले नियुक्ति पाएका थिए भने पूर्वसरकारी वकिल गुरुप्रसाद वाग्ले र पूर्वडीआइजी राजिव सुब्बा निर्वाचन आयुक्तका लागि सिफारिस भएका छन्।