BIZMANDU
www.bizmandu.com

‘ब्लु बस’ चलाउन अर्थले पूर्वाधार विकास मन्त्रालयलाई दियो सहमति, बजेट ५ करोड

२०८३ असार १९

‘ब्लु बस’ चलाउन अर्थले पूर्वाधार विकास मन्त्रालयलाई दियो सहमति, बजेट ५ करोड
‘ब्लु बस’ चलाउन अर्थले पूर्वाधार विकास मन्त्रालयलाई दियो सहमति, बजेट ५ करोड


काठमाडौं। १०० बुँदे सरकारी कार्यसूचीमा समावेश ‘ब्लु बस’ संचालनका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ।

Vigo
GBIME
Tata

‘ब्लु बस’ संचालनका लागि पूर्वाधार विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले बिहीबार सहमति दिएको हो।

अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले पूर्वाधार विकास मन्त्रालयले आफ्नै बजेटबाट खर्च गर्ने गरी ‘ब्लु बस’ संचालन गर्न बिहीबार सहमति प्रदान गरेको जानकारी दिए। ‘ब्लु बस’ संचालन गर्न पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५ करोड रुपैयाँ बजेट राखेको छ।

सुरुमा साझा यातायातका ८ वटा विद्युतीय बस चलाउने मन्त्रालयको तयारी छ। जसको वार्षिक खर्च साढे २ करोड रुपैयाँ हुन्छ। यो रकम सरकारले साझा यातायातलाई दिनुपर्नेछ। नयाँ बस किन्नका लागि भने १६ करोड रुपैयाँ आवश्यक पर्छ।

‘ब्लु बस’मा महिलाहरूले भाडा नतिरी निःशुल्क यात्रा गर्न पाउने छन्। महिलाहरुले सुरक्षितरुपमा ओहोरदोहोर गर्न पाउन् भन्ने उद्देश्यसहित ‘ब्लु बस’ सञ्चालन गर्न लागेको मन्त्रालयको भनाइ छ।