BIZMANDU
www.bizmandu.com

एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राखिने, विभागले विशेष अदालतमा गरायो उपस्थित

२०८३ असार ९

एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राखिने, विभागले विशेष अदालतमा गरायो उपस्थित
एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राखिने, विभागले विशेष अदालतमा गरायो उपस्थित

काठमाडौं। पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखिने भएको छ।

Tata
GBIME
Nepal Life

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई हिरासतमा राख्नका लागि म्याद लिन विशेष अदालतमा उपस्थित गराएको छ।

विवादास्पद व्यवसायी दीपक भट्टसँगको कारोबारमा संलग्न देखिएको तथा अदृष्य व्यावसायिक साझेदारी देखिएको भन्दै विभागले अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतस्थित एक होटलबाट पक्राउ गर्न लगाएको थियो। प्रहरीले पौडेललाई राति सडक मार्ग हुँदै काठमाडौं ल्याएको थियो।

मंगलबार अपराह्न केहीबेर बयान लिएपछि हिरासतमा राखेर अनुसन्धान गर्न आवश्यक देखिएकाले पौडेललाई अदालतमा उपस्थित गराएको विभागका एक कर्मचारीले बताए।