BIZMANDU
www.bizmandu.com

शंकास्पद कारोबार रोक्न घरजग्गा एजेन्टलाई विभागले दियो प्रशिक्षण, कानुनी प्रावधानबारे बुझाइयो

२०८३ जेठ १०

शंकास्पद कारोबार रोक्न घरजग्गा एजेन्टलाई विभागले दियो प्रशिक्षण, कानुनी प्रावधानबारे बुझाइयो
शंकास्पद कारोबार रोक्न घरजग्गा एजेन्टलाई विभागले दियो प्रशिक्षण, कानुनी प्रावधानबारे बुझाइयो


काठमाडौं । घरजग्गा कारोबार पारदर्शी बनाउने सरकारी नीति लागू भएसँगै यो व्यवसायमा प्रत्यक्ष संलग्न हुँदै आएका इजाजतप्राप्त एजेन्ट र एजेन्सीमा संलग्नलाई प्रशिक्षण दिइएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले वित्तिय जानकारी इकाई र घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघको सहकार्यमा भएको प्रशिक्षणमा कानुनी पक्षलाई ध्यान दिन जोड दिइएको हो।

Tata
GBIME

वित्‍त्तिय जानकारी इकाईका निर्देशक हरि नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी प्रावधान, शंकास्पद कारोबारको पहिचानलगयातको विषयमा क्षमता अभिवृद्धि गर्न प्रशिक्षण दिइएको जानकारी दिए।

घरजग्गा व्यवसायलाई थप मर्यादित बनाउन इजाजत प्राप्त भए पश्चात एजेन्ट तथा एजेन्सीहरुलाई दायित्व र अधिकार दुवै पाएको हुँदा कारोबार गर्दा कानूनी प्रवधानहरु ध्यान दिएर काम गरेको खण्डमा एजेन्ट, एजेन्सी, क्रेता, विक्रेता तथा सरकार सबै पक्षलाई सहज हुने नेपालको भनाई थियो।

विभागका महानिर्देशक शिवप्रसाद रेग्मीले हाल महानगर र उपमहानगरमा हुने तीन करोडभन्दा माथिको व्यक्ति र कम्पनी, कम्पनी र कम्पनीबीचको कारोबारलाई मात्र नियमनको दायरामा रहेको र आउने दिनमा परिमार्जन गर्दै क्षेत्र, कारोबारको सीमा र कारोबारको प्रकृतिको दायरा बढाउँदै लैजाने बताए।

कार्यक्रममा गोएमएल (सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँच गर्ने सरकारी अनलाइन प्रणाली) मा दर्ता गर्ने प्रक्रिया, शंकास्पद कारोबार र शंकास्पद क्रियकलापको वित्तिया जानकारी इकाईमा कासरी प्रतिवेदन पेश गर्ने, भूसेवा केन्द्र कसरी संचालन गर्ने, तथा सम्पति शुद्धीकरण निवारण ऐन अनुसार घरजग्गा कारोबारमा संलग्न सूचक संस्थाले गर्नुपर्ने कार्य र नगरेमा हुने दण्ड सजायको विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो।

हाल बजारमा एजेन्ट तथा एजेन्सीहरूले लिने सेवा शुल्कको विविधता रहेको यसले क्रेताविक्रेता तथा एजेन्ट तथा एजेन्सीहरूमा ठूलो विवाद आउने र सरकारी राजश्व छलीमासमेत यो छिद्रको प्रयोग हुन सक्ने भएकाले महासंघले यस विषयमा सरकारसँग समन्वय गरी समाधान गर्न सुझावसमेत दिए।