BIZMANDU
www.bizmandu.com

अभिकर्ताको आन्दोलनपछि हिमालयन लाइफको सीइओबाट कर्णले दिए राजीनामा

२०८२ असोज २७

अभिकर्ताको आन्दोलनपछि हिमालयन लाइफको सीइओबाट कर्णले दिए राजीनामा
अभिकर्ताको आन्दोलनपछि हिमालयन लाइफको सीइओबाट कर्णले दिए राजीनामा


काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृत (सीइओ) बाट मनोजकुमार लाल कर्णले राजीनामा दिएका छन्।

Tata
GBIME

बिमितलाई बेवास्ता गरेर व्यवस्थापनको स्वार्थमा काम गरेको भन्दै अभिकर्ताहरूको आन्दोलनपछि कर्ण राजीनामा गर्न बाध्य भएका हुन।

कर्मचारी नै कर्णकाे राजीनामा माग्दै आन्दोलित बनेका थिए। जबरजस्ती गरेर कार्यालय छिरेका कर्णलाई कालाेमाेसाे दल्ने आन्दोलनरत कर्मचारीको तयारीपछि राजीनामा दिएका छन्।

अभिकर्ताहरूले सीइओ कर्ण र अध्यक्ष सुलभ अग्रवालको राजीनामा माग्दै कार्यालय घेराउ गरेका थिए।

पेसागत बीमा अभिकर्ता महासंघ नेपाल कम्पनीमा व्यवस्थापनको मनोमानी अन्त्य गर्न मागसहित निरन्तर आन्दोलनमा छन्।

अभिकर्ताले न्यूनतम बोनस दर प्रति हजार ५० हजार रुपैयाँ कायम हुनुपर्ने माग अभिकर्ताको छ। बीमितले पाउने बोनस प्रतिस्पर्धी कम्पनीसँग बराबर गर्नुपर्ने उनीहरूको माग छ।

अभिकर्ताले ‘असक्षम प्रमुख कार्यकारी अधिकृत’ भन्दै कर्णकाे राजीनामा मागेका थिए।

अभिकर्तासँग अध्यक्ष सुलभ अग्रवालले माफी मागेका थिए। तर, उनीहरूले सीइओले राजीनामा गर्नुपर्ने मागसहित आन्दोलन नरोकेपछि कर्णले राजीनामा दिएका हुन।

कम्पनीको कामु सीइओकाे जिम्मेवारी डेपुटी सीइओ कपिल दाहाललाई दिइएको छ।

हिमालयन लाइफमा अध्यक्ष सुलभ अग्रवाल र कर्णले कम्पनीलाई आफू अनुकूल प्रयोग गरेका थिए। सरकारको लगानी रहेको नेपाल रिइन्स्याेन्स कब्जा गर्ने रणनीतिमा हिमालयन लाइफलाई प्रयोग गरेका अग्रवाल-दीपक भट्टको चाहनामा पछिल्लो राजनीतिक उथलपुथलले ठेस लागेको छ।

हिमालयन लाइफमा भट्ट पत्नीकाे लगानी छ। नेपाल रि हत्याउन रणनीति रूवरूप उनीहरूले कर्ण पत्नीकाे लगानी रहेको ब्राेकरमार्फत कम्पनीको सेयर खरिद गरेका थिए।

त्यही प्रयोजनका लागि नेपाल रिलाई समेत लगानी गराएर हिमालयन लाइफकाे नामबाट ४ अर्ब रुपैयाँको सामूहिक लगानी कोष ल्याइएको थियो।