BIZMANDU
www.bizmandu.com

सेयर बजार सूचकांक गणनामा नेप्सेको प्रष्टीकरण, विज्ञप्ति निकालेर के भन्यो ?

२०८२ भदौ १३

सेयर बजार सूचकांक गणनामा नेप्सेको प्रष्टीकरण, विज्ञप्ति निकालेर के भन्यो ?
सेयर बजार सूचकांक गणनामा नेप्सेको प्रष्टीकरण, विज्ञप्ति निकालेर के भन्यो ?


काठमाडौं। नेपाल स्टक एक्सचेन्जले सेयर बजार सूचकांक गणनालाई लिएर प्रष्टीकरण दिएको छ। सूचकांक गणनालाई लिएर लगानीकर्ताले प्रश्न गरेपछि नेप्सेले शुक्रबार प्रेस विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको हो।

Vigo
GBIME
Tata

नेप्सेले प्रत्येक कारोबार मूल्य र कारोबार भएका सेयर संख्याबाट भारित औसत मूल्य निकालेर सोका आधारमा स्वचालित प्रणालीमार्फत नेप्से सूचकांक गणना गरिने बताएको छ।

‘स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २:४५ देखि ३:०० बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार सेयर संख्याका आधारमा भारित औसत मूल्य अर्थात अन्तिम मूल्य (क्लोजिङ प्राइस) गणना गर्छ,’ नेप्सेले भनेको छ।

नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबार (टिकबाइ टिक)को कारोबार मूल्य (ट्रेडेड प्राइस)लाई सूचीकृत सेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ।

स्वचालित कारोबार प्रणालीले दोस्रो चरणमा त्यसरी प्राप्त भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गर्ने गर्छ। त्यसैले नियमित सत्रको कारोबारमा सूचकांक गणना गर्दा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव नहुने नेप्सेले बताएको छ।

अपरान्ह ३:०० बजेपछिको गणनामा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव हुन्छ।

नेप्सेले विश्वव्यापी असल अभ्यासलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१ अनुसार नेप्से सञ्चालक समितिको निर्णय गत चैतदेखि कार्यान्वयनमा ल्याएको हो।