BIZMANDU
www.bizmandu.com

टाटा ह्यारियर इभीको उत्पादन सुरु, एकैदिन १० हजार बुकिङ, नेपाली बजारमा कहिले?

२०८२ असार २३

टाटा ह्यारियर इभीको उत्पादन सुरु, एकैदिन १० हजार बुकिङ, नेपाली बजारमा कहिले?
टाटा ह्यारियर इभीको उत्पादन सुरु, एकैदिन १० हजार बुकिङ, नेपाली बजारमा कहिले?

काठमाठौं। टाटा मोटर्सले केही दिनअघि भारतीय बजारमा सार्वजनिक गरेको टाटा ह्यारियर इभीको उत्पादन सुरु भएको छ। कम्पनीले यही महिनादेखि डेलिभरी सुरु गर्ने तयारीका साथ उक्त गाडीको उत्पादन पनि सुरु गरिएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले बुकिङ लिएको एक दिनमा १० हजार युनिट बुकिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। कम्पनीको तयारी अनुसार उक्त गाडी यही महिनादेखि डेलिभरी सुरु हुनेछ।

टाटा ह्यारियर इभीले क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ पनि पाइसकेको छ।

ह्यारियर इभीलाई कम्पनीले अफरोड ड्राइभिङ क्षमताको बनाएको छ। यसमा टफ टेरेन्टमा पनि ड्राइभ गर्न सकिने ड्राइभिङ मोडहरु राखिएका छन्। यसको मूल्य भारतमा भारु २१ लाख ४९ हजारदेखि भेरियन्ट अनुसार ३० लाख २३ हजार रुपैयाँसम्म तोकिएको छ।

यो गाडी नेपाली बजारमा भने भदौमा हुने नाडा अटो शोमा देख्न पाइने छ। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त गाडी नेपाल ल्याउने तयारी गरिरहेको छ।