BIZMANDU
www.bizmandu.com

मोहनबहादुर बस्नेतलाई कांग्रेस महामन्त्री गगनको जवाफ : फोहोर चलाए आफैं फोहोरी भइन्छ

२०८२ असार १८

मोहनबहादुर बस्नेतलाई कांग्रेस महामन्त्री गगनको जवाफ : फोहोर चलाए आफैं फोहोरी भइन्छ
बौद्धिक पेशाकर्मी अभियान परिषदद्वारा काठमाडौँमा मङ्गलबारआयोजित नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान, चियापान एवं भेटघाट कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन्।

Tata
GBIME

गगनले बस्नेतले आफूमाथि गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित आरोप लगाएको भन्दै त्यसलाई फोहोरको संज्ञा दिएका हुन्। ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्न,’ गगनले भने।

बस्नेतले पार्टीको केन्द्रीय समितिकव बुधबारको बैठकमा टेरामक्स प्रकरण महामन्त्री थापाले उछालेको आरोप लगाएका थिए।

गगनले बस्नेतको आरोपबारे भने, ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु। फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।’

उनले आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे। ‘म तरुण दलका अनसनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर, बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो,’ उनले भने।