BIZMANDU
www.bizmandu.com

ट्रिपिङ नरोकिएपछि हितेन्द्रदेव हैरान, उपत्यकाको विद्युत लोड अध्ययन गर्न पुगे डीसीसी

२०८२ जेठ २

ट्रिपिङ नरोकिएपछि हितेन्द्रदेव हैरान, उपत्यकाको विद्युत लोड अध्ययन गर्न पुगे डीसीसी
ट्रिपिङ नरोकिएपछि हितेन्द्रदेव हैरान, उपत्यकाको विद्युत लोड अध्ययन गर्न पुगे डीसीसी


काठमाडौं। नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उपत्यकाको विद्युत लोड बुझ्न काठमाडौंको स्युचाटारमा रहेको अत्याधुनिक वितरण प्रणाली नियन्त्रण कक्ष (डीसीसी) पुगेका छन्।

Tata
GBIME
NLIC

बिजुली झ्याप्प झ्याप्प जाने (ट्रिपिङ) समस्याले आफ्नो आलोचना बढेपछि शाक्य शुक्रबार साँझ ६ बजेतिर डीसीसी पुगेका हुन्।

शाक्य उपत्यकाभित्रका ११ केभी फिडरहरुको विवरण, ट्रिपिङ र २४ घण्टे लोडको अवस्था अध्ययन गर्न डीसीसीमा पुगको प्राधिकरणका कर्मचारीले बताए। ती कर्मचारीका अनुसार शाक्य शुक्रबार रातभर डीसीसीमा बस्नेछन्।

पछिल्लो समय देशैभर ट्रिपिङ बढिरहेको छ।

बिहीबार साँझ देशभर करिब दुई घण्टा बिजुली अवरुद्ध हुँदा पनि शाक्य स्युचाटारमा रहेको भार प्रेषण केन्द्र (एलडीसी)पुगेका थिए। उनी करिब दुई घण्टा एडीसीमा बसेका थिए।

शाक्यले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रसारण प्रणाली कमजोर भएका कारण ट्रिपिङको समस्या देखिएको बताएका थिए। शुक्रबार पनि बिहिबारकै जस्तो समस्या दोहोरिएको छ।