BIZMANDU
www.bizmandu.com

ब्रोकर कम्पनीले पुँजी वृद्धिका लागि सेबोनसँग मागे थप एक वर्ष, सन्तोषनारायणलाई बुझाए यस्तो पत्र

२०८२ बैशाख २२

ब्रोकर कम्पनीले पुँजी वृद्धिका लागि सेबोनसँग मागे थप एक वर्ष, सन्तोषनारायणलाई बुझाए यस्तो पत्र
ब्रोकर कम्पनीले पुँजी वृद्धिका लागि सेबोनसँग मागे थप एक वर्ष, सन्तोषनारायणलाई बुझाए यस्तो पत्र

काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्न माग गरेको छ। एसोसिएसनले सोमबार सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई भेटेर नियमावलीमा गर्नुपर्ने संशोधनका बुँदा बुझाएको छ।

Tata
GBIME

नियमावलीको हालको व्यवस्थाले बैंकका सहायक कम्पनीले गर्ने सेयर कारोबारमा दुविधा उत्पन्न भएको भन्दै ब्रोकरहरुले त्यस्ता कम्पनीले आफ्नो मुख्य कम्पनी वा मुख्य कम्पनीका अन्य सहायक कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थाको साटो सेयर स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्था गर्न माग गरेका छन्।

यस्तै ब्रोकरहरुले चुक्ता पुँजी वृद्धिको अवधि एक वर्ष थप गर्न माग गरेका छन्। नियमावलीअनुसार ब्रोकर कम्पनीहरुले असार मसान्तसम्म चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्‍याउनुपर्छ।

एसोसिएसनले त्यो अवधिमा पुँजी १० गुणा बढाउन सम्भव नहुने भन्दै २०८४ असार मसान्तसम्म समय थप्न माग गरेको हो। नियमावलीमा भएको व्यवस्था अनुसार न्यूनतम चुक्ता पुँजी नहुने ब्रोकर कम्पनी ८ वटा छन्।

एसोसिएसनले तोकिएको पुँजी अनुसार ब्रोकर कम्पनीको कार्यक्षेत्र थोरै भएको तथा सेयर खरिद बिक्रीको कमिसनबाट मात्र व्यवसाय सञ्चालन कठिन देखिएको भन्दै कार्यक्षेत्र बढाउने गरी नियमावली संशोधन गर्न सेबोन अध्यक्ष श्रेष्ठको ध्यानाकर्षण गराएको छ।