BIZMANDU
www.bizmandu.com

कांग्रेसमा क्रियाशील सदस्यको विवरण आएन, गगनले वैशाख मसान्तसम्मका लागि थपे म्याद

२०८२ बैशाख १६

कांग्रेसमा क्रियाशील सदस्यको विवरण आएन, गगनले वैशाख मसान्तसम्मका लागि थपे म्याद
कांग्रेसमा क्रियाशील सदस्यको विवरण आएन, गगनले वैशाख मसान्तसम्मका लागि थपे म्याद


काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यको विवरण नआएपछि नवीकरण गर्ने म्याद फेरि थपेको छ। महामन्त्री गगन थापा संयोजक रहेको समितिले क्रियाशील सदस्यता नवीकरणको म्याद वैशाख मसान्तसम्म थपेको हो।

Tata
GBIME
NLIC

समितिले माघ ३ गते ७७ जिल्लामा रहेका पार्टी समितिलाई परिपत्र गर्दै चैत मसान्तभित्र क्रियाशील सदस्यको विवरण पठाउन भनेकामा नआएपछि वैशाख १५ सम्म म्याद थपेको थियो।

थपिएको समयमा पनि विवरण नआएका कारण वैशाख मसान्तसम्म म्याद थपिएको समितिका सदस्य योगेन्द्र चौधरीले बताए।

‘जिल्लाले इन्ट्री गर्ने गरी समय थपेको हो। वैशाख मसान्तभित्र इन्ट्री नभए सिस्टम लक हुन्छ,’ केन्द्रीय सदस्यसमेत रहेका चौधरीले भने।

कतिपय जिल्लामा क्रियाशील सदस्यतालाई लिएर विवाद छ भने कतिपय जिल्लामा कार्यकर्ताहरुले नवीकरण गराउनै मानिरहेका छैनन्।

‘डाटा इन्ट्री भएपछि मात्र कुन जिल्लामा कस्तो विवाद छ भन्न टुंगो लाग्छ। अहिले यो विषय सल्टेकै छैन,’ चौधरीले भने।