BIZMANDU
www.bizmandu.com

अटो बजारमा राष्ट्र बैंकको नयाँ नीति भारी, हायर पर्चेजलाई गुहारेर २०% डाउन पेमेन्टकै अफर

२०८१ चैत्र २०

अटो बजारमा राष्ट्र बैंकको नयाँ नीति भारी, हायर पर्चेजलाई गुहारेर २०% डाउन पेमेन्टकै अफर
अटो बजारमा राष्ट्र बैंकको नयाँ नीति भारी, हायर पर्चेजलाई गुहारेर २०% डाउन पेमेन्टकै अफर

काठमाडौं। राष्ट्र बैंकले सवारीसाधनका लागि कर्जा प्रवाहमा गरेको कडाइले कारोबारमा टिक्न चुनौती बढेपछि अटो व्यवसायीहरुले डाउन पेमेन्टमा पुरानै दर २० प्रतिशत कायम राख्न विभिन्न हायर पर्चेज कम्पनीलाई गुहारेका छन्।

Tata
GBIME

राष्ट्र बैंकको नयाँ नीति भारी भएपछि ग्राहकको सहजताका लागि व्यवसायीहरु २० प्रतिशत डाउन पेमेन्टको अफरका लागि हायर पर्चेज कम्पनीलाई गुहार्न बाध्य भएका हुन्।

राष्ट्र बैंकको ६०/४० को नयाँ नीतिले समस्यामा परेपछि अधिकांश अटो व्यवसायीहरूले विभिन्न हायर पर्चेज कम्पनीलाई गुहारेर केही समयका लागि भन्दै २० प्रतिशत डाउन पेमेन्टकै अफर ल्याएका छन्। प्राय व्यवसायीले जसोतसो गरेर २० प्रतिशत डाउन पेमेन्टमा गाडी दिने व्यवस्था मिलाइरहेका छन्।

नयाँ नीति अनुसार, सवारीसाधन खरिदका लागि कर्जा लिन चाहनेले उच्च डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ, जसले गर्दा ग्राहकहरूलाई सवारीसाधन किन्न गाह्रो भएको छ। नयाँ नीतिले पारेको अप्ठ्यारोमा बिक्री बढाउन ग्राहक रिझाउनुपर्ने हुन्छ।

त्यसैले सवारी बिक्रेताहरुले कम ब्याजदरमा कर्जा सुविधा, लचिलो भुक्तानी योजनासहित डाउन पेमेन्टमा पुरानै व्यवस्था र निःशुल्क बीमा जस्ता अफर चलाइरहेका छन्।

राष्ट्र बैंकको नयाँ नीतिले अटो व्यवसायीलाई समस्या पारे पनि, ग्राहकहरूका लागि भने यो अवसर बन्न सक्छ। विभिन्न कम्पनीले ल्याएका अफर तुलना गरेर खरिदकर्ताले आफ्नो आवश्यकता अनुसार सवारीसाधन लिन सक्छन्।

कायीको गाडी बिक्रेता जिओ अटोले अहिले २५ प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने व्यवस्था मिलाएर नयाँ वर्ष अफर ल्याएको छ। कम्पनीले बाँकी डाउन पेमेन्ट ३ महिनापछि मात्रै बुझाए हुने व्यवस्था मिलाएको छ। जसमा ‘बाइ नाउ पे लेटर’ अफर सार्वजनिक गरेको छ।

यसैगरी, डिपल गाडी खरिदका लागि एमएडब्लू वृद्धि अटोकर्पले डाउन पेमेन्टको लागि नयाँ योजना सार्वजनिक गरेको छ। जसमा २० प्रतिशत डाउन पेमेन्ट गरेर ग्राहकले गाडी खरिद गर्न सक्नेछन्। यसका लागि कम्पनीले आफ्नो फाइनान्सिङ पार्टनर एमएडब्लू हायर एन्ड पर्चेजमार्फत ऋण उपलब्ध गराउने योजना बनाएको छ। यसका लागि केही सीमित अवधि भनेर अफर ल्याइएको छ।

भर्खरै नेपाली बजारमा भित्रिएको प्रोटोनको ई म्यास ७ गाडीमा पनि २० प्रतिशत डाउन पेमेन्टको सुविधा छ। यो गाडी ल्याएको जगदम्बा मोटर्सले ग्राहकहरुलाई सहज बनाउन हायर पर्चेज कम्पनीमार्फत २० प्रतिशत डाउन पेमेन्टमा गाडी दिने अफर ल्याएको हो।

बैंकबाट ६० प्रतिशतभन्दा माथि ऋण नपाउने भएपछि व्यवसायीहरुले आफ्नै ग्रुप अन्तर्गतको हायर पर्चेज कम्पनीमार्फत पनि ग्राहकलाई गाडी किन्न ऋण प्रवाह गर्न थालेका हुन्। उनीहरुले नगद छुटदेखि ब्याजदरमा पनि केही सहुलियतको अफर ल्याएका छन्।

हायर पर्चेज कम्पनी हुनेलाई सहज, अरुलाई गाह्रो

अटो व्यवसायीहरु ग्राहकलाई होल्ड गर्नका लागि अफर ल्याउन बाध्य छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा अहिले जसरी हुन्छ ग्राहकहरुलाई ‘होल्ड’ गर्ने कोसिस भइरहेको बताउँछन्।

‘अहिले जसोतसो गरेर ग्राहकहरुलाई गाडी किन्ने वातावरण बनाउने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘४० प्रतिशत डाउन पेमेन्ट गर्ने, बरु एकैपटक तिर्न लगाउनुभन्दा किस्ताबन्दीमा तिर्ने योजना ल्याएका छौं। यस्तै अन्य अफर पनि ल्याइरहेका छौं।’

उनका अनुसार अहिले आफै्नै हायर पर्चेज कम्पनी नहुने व्यवसायीहरु सबैभन्दा बढी समस्यामा छन्। ‘अहिले जोसँग त्यस्ता हायर पर्चेज कम्पनी छन् उनीहरुलाई समस्या छैन। हामी जस्तोलाई धेरै समस्या भइरहेको छ,’ उनले भने, ‘उनीहरुले २० प्रतिशत डाउन पेमेन्टमा नै गाडी दिन पाइरहेका छन्। हामीले बैंकमार्फत जाँदा ४० प्रतिशत गर्नै पर्छ।’

डिपल, नामी र सेरेस गाडी बिक्री गर्दै आएको एमएडब्लू वृद्भि अटोकर्प डिपलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रुपेश शर्मा भट्टले डाउन पेमेन्टले समस्या पारेका कारण फाइनान्स कम्पनीमार्फत ग्राहकहरुलाई सहजै गाडी दिन अफर ल्याइएको बताए।

‘हामीले ग्राहकहरुलाई २० प्रतिशत डाउन पेमेन्टमा गाडी दिन यस्तो अफर ल्याएका हौं,’ उनले भने, ‘नयाँ नीतिका कारण गाडी किन्न ग्राहकहरु हच्किनु पर्दैन। हामीले सुरुमा धेरै पैसा तिर्नु नपर्ने व्यवस्था मिलाएका छौं।’

भट्टका अनुसार आफ्नै समूह अन्तर्गतको राष्ट्र बैंकको नयाँ नीतिले अप्ठयारोमा परेपछि बजारमा टिक्न व्यवसायीले अपनाए यस्तो उपायकम्पनी हुँदा कारोबार सहज हुन्छ। तर, हायर पर्चेज कम्पनीसँग अरुले सहकार्य गर्न नसक्ने भन्ने हुँदैन। ‘यस्ता कम्पनीसँग जुन ब्रान्डले पनि टाइअप गर्न सक्छन्। आफ्नै मात्र हुनुपर्छ भन्ने हुँदैन,’ उनले भने।

नेपाली बजारमा ओमोडा एण्ड जेको गाडी बिक्री गर्दै आइरहेको शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स तथा पायोनियर मोटोकर्पले भने डाउन पेमेन्टमा नयाँ अफर ल्याएको छैन। कम्पनीका उपमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले नयाँ नीतिले असर परे पनि अफर नल्याएको बताए।

‘नयाँ नीतिले केही मात्रामा समस्या पारेको छ। ग्राहकहरु पर्ख र हेरको अवस्थामा छन्। त्यसैले विकल्प खोज्नुपर्ने भएको छ,’ उनले भने, ‘हाम्रो अहिले एनिभर्सरी अफर चलिरहेको छ। त्यही नै केही रणनीतिक मुभ हो।’