BIZMANDU
www.bizmandu.com

लोकप्रिय बन्दै एनसेलको सधैं अन रिन्यूअल प्याक, महिना दिनमै २ लाखभन्दा बढी प्रयोगकर्ता

२०८१ चैत्र १९

लोकप्रिय बन्दै एनसेलको सधैं अन रिन्यूअल प्याक, महिना दिनमै २ लाखभन्दा बढी प्रयोगकर्ता
लोकप्रिय बन्दै एनसेलको सधैं अन रिन्यूअल प्याक, महिना दिनमै २ लाखभन्दा बढी प्रयोगकर्ता

काठमाडौं। एनसेलले ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको महिना दिनमै २ लाखभन्दा बढी प्रयोगकर्ता हासिल गरेको छ।

Tata
GBIME

सधैं अन प्याकको सफलतापछि एनसेलले बिना कुनै बाधा महिनाभरका लागि बजेटअनुसार प्रयोगकर्ताहरुले विभिन्न अनलिमिटेड सेवा दिने गरी रिन्यूअल प्याक ल्याएको हो।

रिन्यूअल प्याक ल्याएपछि एनसेल प्रयोगकर्ताहरुलाई महँगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स-साना प्याक प्रतिको निर्भरता हट्दै गएको एनसेलले जनाएको छ।

सधैं अन रिन्यूअल प्याकको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टकटाइम र एसएमएस खेर जाँदैन। बाँकी रहेका सेवा, सुविधाहरु अर्को महिनाको सेवा, सुविधामा थप हुँदै जान्छ।