BIZMANDU
www.bizmandu.com

माथिल्लो तामाकोशीमा व्यवस्थापन र कर्मचारीबीच सहमति, टर्‍यो घरघरमा लोडसेडिङको जोखिम

२०८१ चैत्र १३

माथिल्लो तामाकोशीमा व्यवस्थापन र कर्मचारीबीच सहमति,  टर्‍यो घरघरमा लोडसेडिङको जोखिम
माथिल्लो तामाकोशीमा व्यवस्थापन र कर्मचारीबीच सहमति, टर्‍यो घरघरमा लोडसेडिङको जोखिम

काठमाडौं। ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कर्मचारी र व्यवस्थापनबीच सहमति भएको छ। भत्ता ७५ प्रतिशत पुर्‍याउनुपर्ने माग फागुन महिनाबाटै सम्बोधन गर्न व्यवस्थापनले बुधबार सहमति जनाएको एक कर्मचारीले जानकारी दिए।

Tata
GBIME
Nepal Life

व्यवस्थापनले माग सम्बोधन गर्ने बताएसँगै आयोजनाका कर्मचारी काममा फर्किएका छन्। आयोजनामा १९८ कर्मचारी कार्यरत रहेकामा १०३ जना दोलखाका हुन्। स्थानीय कर्मचारीले भत्ता समान हुनुपर्ने भन्दै आइतबारदेखि काम प्रभावित पारेका थिए।

स्थानीय कर्मचारीले ५० प्रतिशत भत्ता पाउँदै आएका छन्। उनीहरुले अन्य कर्मचारीसरह ७५ प्रतिशत भत्ता चाहिने माग राखेर काम प्रभावित पारेका थिए। उनीहरुले माग सम्बोधन नभएको अवस्थामा बुधबार साँझबाट आयोजना नै बन्द गर्ने चेतावनी दिएका थिए।

तर व्यवस्थापनले फागुन महिनादेखि नै भत्ता बढाएर दिने आश्वासन दिएपछि स्थानीय कर्मचारी अपराह्न ५ बजेबाट काममा फर्किएका छन्।

‘माग सम्बोधन गर्ने सहमति भएको छ। कर्मचारीहरु ५ बजेदेखि काममा फर्किएका छन्। अब पावर हाउस सञ्चालनमा समस्या हुनेछैन। त्यसैले लोडसेडिङ हुँदैन।