BIZMANDU
www.bizmandu.com

म्याच फिक्सिङबारे ऊर्जामन्त्रीको जवाफ : पारदर्शी हिसाबले स्वदेशी उद्यमीलाई आयोजना दिन चाहेको हो

२०८१ माघ २५

म्याच फिक्सिङबारे ऊर्जामन्त्रीको जवाफ : पारदर्शी हिसाबले स्वदेशी उद्यमीलाई आयोजना दिन चाहेको हो
म्याच फिक्सिङबारे ऊर्जामन्त्रीको जवाफ : पारदर्शी हिसाबले स्वदेशी उद्यमीलाई आयोजना दिन चाहेको हो


काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले किमाथांका अरुण र मुगु कर्णाली नियमपूर्वक नै सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको जिकिर गरेका छन्। संसदको पूर्वाधार समितिमा बोल्दै उनले स्वदेशी उद्यमीलाई दिनका लागि पारदर्शी रुपमा सूचना निकालिएको जिकिर गरेका हुन्।

Tata
GBIME
NLIC

यी दुई आयोजनाको सेयर बिक्री गर्न निकालिएको सूचनाको विरुद्धमा पूर्वाधार समितिमा उजुरी परेको थियो। त्यही उजुरीका बारेमा मन्त्री खड्काले आफ्नो बचाउ गर्दै पारदर्शी हिसाबले सेयर बिक्रीको सूचना निकालेको दाबी गरेका हुन्।

किमाथांका अरुण र मुगु कर्णालीको सेयर बिक्री गर्ने प्रक्रिया विवादित बनेपछि यसको टेण्डर रद्द भइसकेको छ। विद्युत उत्पादन कम्पनीले निश्चित व्यक्तिलाई अनुकूल हुने गरी कार्यविधि बनाएर दुवै आयोजनाका लागि आवेदन माग गरेको थियो।

 मन्त्री खड्काले म्याच फिक्सिङ गरेर यी दुई आयोजनाको ५१ प्रतिशत सेयर बिक्री गर्ने सूचना निकालिएको थियो। उनले आन्तरिक स्रोतलाई अधिकतम प्रयोग गर्ने उदेश्यसहित पहिलो प्राथमिकता स्वदेशीलाई दिन र सबै आयोजना अघि बढाउन निर्देशन दिएको बताए। उनले बुढीगण्डकी जलविद्युत आयोजना समेत निर्माणका लागि प्रक्रिया अगाडि बढाउन लागेको बताए।

‘बुढीगण्डकीमा ४३ अर्ब रुपैयाँ खर्च भइसकेको छ। आयोजना बनेर प्रतिफल दिनुपर्ने अवस्थामा अहिलेसम्म पनि कुनै काम अघि बढेको छैन,’ उनले भने, ‘त्यसलाई पनि अघि बढाउन वर्क आउट गरिरहेका छौं।’

भीयूसीएलका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीले लगानी जुटाउने उदेश्यसहित आफूले दुई आयोजनाको बिजनेश प्लान पेस गरेको बताउँदै किमाथांकाको सन् २०२५भित्र वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने बाध्यता रहेको बताए।