BIZMANDU
www.bizmandu.com

संसद्‍मा प्रचण्डको प्रश्न : रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा नक्कली अडिट काण्ड के भयो?

२०८१ माघ २४

संसद्‍मा प्रचण्डको प्रश्न : रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा नक्कली अडिट काण्ड के भयो?
संसद्‍मा प्रचण्डको प्रश्न : रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा नक्कली अडिट काण्ड के भयो?


काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको आइपीओ अनुमतिबारे माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्न गरेका छन्।

Tata
GBIME
NLIC

उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा रिलायन्सको आइपीओमा नक्कली अडिट भएको र त्यसलाई धितोपत्र बोर्डमै मिलाइएको बताएका हुन।

‘म सोध्छु, स्पिनिङ मिलको आइपीओमा नक्कली अडिटको काण्ड के भयो? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमै मिलाइयो,’ दाहालले भने।

रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणको महसुल बक्यौता दायित्व हिसाब नगरी उच्च नेटवर्थ देखाएर बुकबिल्डिङमार्फत आइपीओ निष्कासनको प्रक्रिया अघि बढाएको थियो।

कम्पनीले गत वर्ष ४० प्रतिशत आइपीओ संस्थागत लगानीकर्तामा बिक्री गरेकामा ६० प्रतिशत आइपीओ बिक्री गर्न बाँकी छ। वित्तीय विवरण म्यानुपुलेसनका कारण छानबिनमा रहेको रिलायन्सलाई आइपीओ अनुमति दिन सेबोनले अहिले अध्ययन समिति बनाएको छ।