काठमाडौं। नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपन्छी बीमालेख जारी गर्न रियल टाइम सफ्टवेयर बनाएर प्रयोगमा ल्याएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा प्राधिकरणले सफ्टवेयर बनाएको हो। आफूले नयाँ प्रणाली प्रयोगमा ल्याएपछि प्राधिकरणले निर्जीवन इन्स्योरेन्स कम्पनीहरुलाई सफ्टवेयरमार्फत कृषि तथा पशुपन्छी बीमालेख जारी गर्न निर्देशन दिएको छ।
प्राधिकरणले बुधबार कम्पनीहरुलाई पहिलो चरणमा कृषितर्फ तरकारी बीमालेख र पशुपन्छीतर्फ पशुधन बीमालेख अनिवार्य सफ्टवेयरमार्फत जारी गर्न निर्देशन दिएको हो।
तरकारी बीमालेख र पशुधन बीमालेख सफ्टवेयरमार्फत जारी भएपछि त्यसको प्रभावकारिता हेरेर अन्य बीमालेखहरु जारी गर्न तथा मोबाइल एप संचालन लगायतका विषयमा समेत जानकारी गराइने प्राधिकरणले जनाएको छ।