BIZMANDU
www.bizmandu.com

नेपालमा आइफोन-१६ को न्यूनतम मूल्य १ लाख ५२ हजारमाथि, प्रो र प्रो म्याक्सको कति?

२०८१ असोज २२

नेपालमा आइफोन-१६ को न्यूनतम मूल्य १ लाख ५२ हजारमाथि, प्रो र प्रो म्याक्सको कति?
नेपालमा आइफोन-१६ को न्यूनतम मूल्य १ लाख ५२ हजारमाथि, प्रो र प्रो म्याक्सको कति?


काठमाडौं। नेपाली बजारमा आइफोन १६ सिरिजका स्मार्टफोनको मूल्य १ लाख ५२ हजार ५ सय रुपैयाँदेखि ३ लाख ८ हजार रुपैयाँ तय गरिएको छ।

Vigo
GBIME
Tata

नेपालका लागि एप्पलको आधिकारिक रिसेलर इभो स्टोरका अनुसार आइफोन १६ (१२८ जीबी)को मूल्य सबैभन्दा कम १ लाख ५२ हजार ५ सय रुपैयाँ तोकिएको छ। २५६ जीबीको १ लाख ७१ हजार र ५१२ जीबीको २ लाख ७ हजार ५ सय रुपैयाँ तय गरिएको छ।

त्यसैगरी, इभो स्टोरले आइफोन १६ प्लस (१२८ जीबी)को १ लाख ७१ हजार रुपैयाँ तोकेको छ। २५६ जीबीको १ लाख ८९ हजार रुपैयाँ र ५१२ जीबीको २ लाख २६ हजार रुपैयाँ मूल्य तोकिएको छ।

यस्तै, आइफोन १६ प्रो (१२८ जीबी)को दाम १ लाख ९५ हजार रुपैयाँ तय गरिएको छ। २५६ जीबीको २ लाख १३ हजार ५ सय, ५१२ जीबीको २ लाख ५१ हजार ५ सय र १ टीबीको २ लाख ८९ हजार ५ सय रुपैयाँ मूल्य इभो स्टोरले तोकेको छ।

आइफोन सिरिजको सबैभन्दा प्रिमियम आइफोन १६ प्रो म्याक्स (२५६ जीबी)को मूल्य २ लाख ३२ हजार ५ सय रुपैयाँ तय गरिएको इभो स्टोरले जानकारी दिएको छ। त्यस्तै, ५१२ जीबीको २ लाख ७० हजार ५ सय र १ टीबीको ३ लाख ८ हजार रुपैयाँ तोकिएको छ।

कम्पनीले मूल्य सार्वजनिक गरेपनि नेपाली बजारमा आधिकारिकरुपमा आइफोन १६ सिरिजका फोन किन्न भने अझै केही समय पर्खनुपर्ने हुन्छ।

नेपालमा आइफोन १६ का कुनै पनि सिरिज खरिदमा थप १ वर्षको एक्सटेन्डेड वारेन्टी पाइनेछ। एक/एक पटक स्क्रिन र पछाडिको ग्लास रिप्लेस्मेन्ट हुने छ।

टेक जायन्ट एप्पलले भदौ २४ गते मध्यरातमा आइफोन १६ सिरिज लन्च गरेको थियो।