BIZMANDU
www.bizmandu.com

एनटीसीले लागू गर्‍यो आला कार्ट मूल्य, मनपर्ने च्यानलको मात्रै पैसा तिरेर टिभी हेर्न पाइने

२०८० चैत्र २०

एनटीसीले लागू गर्‍यो आला कार्ट मूल्य, मनपर्ने च्यानलको मात्रै पैसा तिरेर टिभी हेर्न पाइने
एनटीसीले लागू गर्‍यो आला कार्ट मूल्य, मनपर्ने च्यानलको मात्रै पैसा तिरेर टिभी हेर्न पाइने

काठमाडौं। नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने आला कार्ट मूल्य प्रणाली लागु गरेको छ। टेलिकमले सोअनुसार बेसिक, प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी अफर सार्वजनिक गरेको हो।

Tata
GBIME
नेपाल टेलिकमको च्यानल प्याकेज मूल्यसहित

टेलिकमका अनुसार सुरुको ३ महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेजसहितको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकका लागि अफरको रुपमा मासिक ३६० रुपैयाँमै सो प्याकेज उपलब्ध गराउने जनाएको छ।

आला कार्ट शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सोको मात्रै भुक्तानी गर्न मिल्ने टेलिकमको भनाइ छ।