प्रभात भट्टराई Archives - BIZMANDU
विश्व अर्थतन्त्रः बाइडेनले कसरी पुर्लान् ट्रम्पले खनेका खाडलहरु ? प्रभात भट्टराईको विश्लेषण
जलवायु परिवर्तन वैश्विक सम्बन्धको नयाँ आयामको रूपमा विकास भइरहेको बेला प्रमुख शक्ति राष्ट्रहरुको समान प्राथमिकताले समन्वयात्मक यात्रालाई थप सहज बनाउने फेडेरेट्ड हर्मसका ग्लोबल इक्विटी पोर्टफोलियो म्यानेजर डुड्लेको विश्वास छ। अमेरिकाले आगामी दिनमा विद्युतीय कार, ब्याट्री, वायु एवं सौर्य उर्जामा तीव्र लगानी बढाउने बाइडेनले प्रष्ट पारिसकेका छन्। यसले बाँकी विश्वमा समेत नयाँ आर्थिक अवसर सिर्जना हुनसक्छ।
सप्ताहान्तमा आएको अमेरिकी राष्ट्रपतीय निर्वाचन नतिजाको रौनक सोमबार विश्वभरका सेयर बजारमा देखियो। पश्चिमी मुलुकका बजार खुल्नु अघि अर्को उत्साहजनक समाचार आयो – कोरोना भाइरस भ्याक्सिनको सफलता बारे। यी दुई कारणले सोमबार संसारभरकै बजारमा हरियाली छायो। मंगलबार पनि यो क्रमले निरन्तरता पायो।
जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित हुनुलाई पूर्वदेखि पश्चिमा मुलुकसम्मका लगानीकर्ताले अल्पकालमा राहत महसुस गरेको परिणाम हो सोमबार र मंगलबारको बजार वृद्धि। डोनाल्ड ट्रम्पको अनिश्चित एवं सनकी व्यवहार, आफ्नो हठ लाद्न भन्सार महसुलको अस्त्र प्रयोग, अस्वाभाविक ट्विट वर्षा आदिबाट आजित लगानीकर्तालाई बाइडेनले स्थिर आर्थिक र व्यापार नीति अवलम्बन गर्छन् भन्ने अपेक्षा छ।
सन् २००९ मा बाइडेन बाराक ओबामाको उपराष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गर्दा विश्व अर्थतन्त्र तीव्र गतिमा मन्दीतर्फ धकेलिँदै थियो। अनावश्यक उछालिएको रियलस्टेटमा धक्का लागेसँगै अर्थतन्त्रको जग मानिने बैंकिङ क्षेत्र धरमराउन पुग्यो। परिणामस्वरुप डेढ सय वर्षको इतिहास भएको लेम्यान ब्रदर्स जस्तो बैंक इतिहासमा सीमित भयो। अमेरिकी उत्पादनमूलक क्षेत्रको आधार मानिने अटो (कार) उद्योग धरासायी अवस्थामा पुग्यो। नामुद अमेरिकी कम्पनीहरु जेनेरल मोटरदेखि फोर्डसम्म ताला लाग्ने अवस्थामा पुगे। अमेरिकामा मात्र बेरोजगारको संख्या १० प्रतिशत छुन लागेको थियो।
ओबामा र बाइडेनको जोडी यो प्रतिकूलता सहजतापूर्वक चिर्न सफल भयो। अमेरिकी अटो उद्योगले पुनर्जीवन पायो। सुस्ताएको सेवा क्षेत्रले क्रमशः त्राण पाउँदा दोस्रो कार्यकालमा लगातार उत्साहजनक रोजगारी वृद्धिको रहरलाग्दो अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाउन ओबामा र बाइडेन सफल भए। त्यहीबेला तय नीतिगत व्यवस्था र नियमन संयन्त्रका कारण कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको गम्भीर धक्काका बाबजुद बैंकिङ क्षेत्रको सुदृढतामा कमी आएको छैन।
सन् २००८ र ०९ को आर्थिक मन्दीबाट अमेरिका बाहिर निस्किँदै जाँदा विश्व अर्थतन्त्र पनि बौरिन थाल्यो। अन्तर्राष्ट्रिय व्यापार सुदृढ भयो। चीन जस्ता ठूला उत्पादक मात्र होइन बंगलादेश र भियतनाम जस्ता विकासोन्मुख अर्थतन्त्रमा नयाँ नयाँ फ्याक्ट्री खुल्न थाले।
अर्को लगानी व्यवस्थापन कम्पनी क्विल्टर सेभिओटका इन्भेष्टमेन्ट म्यानेजर हेनरी फ्लादरले सीएनबीसीसँगै बताएअनुसार अमेरिका फेरि विश्वव्यापीकरणतर्फ अग्रसर भएको देख्न पाइने छ। र, त्यसबाट सिंगो विश्वले लाभ लिने उनको विश्वास छ। 'विश्व आर्थिक वृद्धिका लागि संवेदनशील मानिने क्षेत्र तुलनात्मक रूपमा लाभग्राही हुनेछ,' उनको भनाइ छ-' सबल उत्पादनमूलक उद्योग रहेको युरोप एवं जापान यो सूचीमा अगाडि हुन सक्छन्।'
विश्व अर्थतन्त्रले समातेको स्वाभाविक गतिमा चार वर्षअघि ट्रम्पको अप्रत्याशित उदयले नसोचेको तरंग ल्यायो। रणनीति र दिगो लक्ष्यभन्दा आफ्नो अहं तुष्टिका लागि ट्रम्पले बिभिन्न देशसँग व्यापार युद्ध सुरु गरे। अमेरिकाको सबैभन्दा ठूलो ब्यापार साझेदार चीनदेखि छिमेकी क्यानडा र मेक्सिकोसम्मलाई अनेक भन्सार शुल्क तोकियो। प्रत्युत्तरमा सम्बन्धित देशले पनि भन्सारको शस्त्र चलाउन थाले।
लामो समयको अनिश्चयबीच दोस्रो कार्यकालका लागि चुनाव नजिकिँदै जाँदा ट्रम्प साझेदार देशहरुसँग नयाँ ब्यापार सम्झौता गर्न हतारिए। चीनसँग लामो चरणको वार्तापछि गत जनवरीमा पहिलो सम्झौता सम्पन्न भयो। तर, त्यसले अमेरिकी हित नगर्ने भन्दै उनकै दल एकमत थिएनन्। त्यत्तिकैमा कोरोना भाइरस महामारी सुरु भयो। ब्यापार र अर्थतन्त्रबाट संसारको ध्यान जनस्वास्थ्यतर्फ मोडियो, जुन अवस्था आज पनि कायम छ।
भाइरस निवारणको भ्याक्सिन पत्ता लागेर विश्व सामान्य अवस्थामा फर्किएसँगै फेरि अर्थतन्त्र केन्द्रमा आउनेछ। र, त्यो बेला ट्रम्प नामको झड्का विश्वसामु हुने छैन। त्यसको लाभ अल्पदेखि दीर्घकालसम्म नै साना ठूला सबै देशले पाउनेछन्। बाइडेन विजयको फाइदा विश्वभरका सेयर लगानीकर्ताले पाउने तथ्यगत आधार बेलायती इन्भेष्टमेन्ट फर्म क्वाइल्टर सेभिटका म्यानेजर डेभिड हेनरीले सीएनबीसी सामु प्रस्तुत गरेका छन्।
उनका अनुसार अमेरिकी निर्वाचन परिणाम लगानीकर्ताका लागि 'उत्तम अवसर' हो। अमेरिकामा डेमोक्रेटिक राष्ट्रपति र रिपब्लिकन संसद रहेको बेला सेयर बजारले वार्षिक १४ प्रतिशत हाराहारी नतिजा दिने गरेको उनको विश्लेषण छ। हेनरीका १९४५ यताका सम्पुर्ण निर्वाचन परिणामलाई आफ्नो विश्लेषणको आधार बनाएको जनाएका छन्।
भाइरस निवारणको भ्याक्सिन पत्ता लागेर विश्व सामान्य अवस्थामा फर्किएसँगै फेरि अर्थतन्त्र केन्द्रमा आउनेछ। र, त्यो बेला ट्रम्प नामको झड्का विश्वसामु हुने छैन। त्यसको लाभ अल्पदेखि दीर्घकालसम्म नै साना ठूला सबै देशले पाउनेछन्। बाइडेन विजयको फाइदा विश्वभरका सेयर लगानीकर्ताले पाउने तथ्यगत आधार बेलायती इन्भेष्टमेन्ट फर्म क्वाइल्टर सेभिटका म्यानेजर डेभिड हेनरीले सीएनबीसी सामु प्रस्तुत गरेका छन्।
यसपाली राष्ट्रपतिसहित अमेरिकी हाउस अफ रिप्रिजेन्टेटेटिभ डेमोक्र्याटसँग रहने पुष्टि भइसकेको छ। सिनेटमा अहिलेसम्म रिपब्लकिनको बहुमत छ। जनवरीमा हुने सिनेटका दुई सिटको उपनिर्वाचनले कुन पार्टीको नियन्त्रण रहने भन्ने टुंगो लगाउने छ। लामो समयदेखि रिपब्लिकन प्रभाव रहेको जर्जियामा चुनाव हुन लागेको कारण डेमोक्र्याटले जित्ने सम्भावना कम रहेको विश्लेषकहरुको ठम्याइ छ।
इन्भेष्टमेन्ट म्यानेजमेन्ट गर्ने अर्को विश्व प्रसिद्ध कम्पनी ब्ल्याकरकका भाइस चेयरमेन फिलिप हिल्डब्रान्डले ब्लुमबर्ग टीभीसँग कुरा गर्दै बजारमा तत्कालै धेरै खाले अन्तर देखिने बताएका छन्। उनका अनुसार लगानी वृद्धि र बजारको गति दुवैले 'बुलिस ट्रेन्ड' देखाउनेछन्।
'हामी यसमा निश्चिन्त हुन सक्छौं कि अमेरिका फेरि प्रणालीमा आधारित भएर चल्न थाल्नेछ र अहिले संसारले झेलिरहेका धेरै समस्या समाधानका लागि अमेरिकी कदमबारे प्रक्षेपण गर्न सकिनेछ,' उनले भनेका छन्। न्यूयोर्कमा मुख्यालय रहेको ब्यालरकले आठ ट्रिलियन डलर बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ।
अन्तर्राष्ट्रिय ब्यापारमा बाइडेन ट्रम्प जस्तो भङ्जाहा हुने छैनन्। स्वाभाविक रूपमा उनले अमेरिकी उत्पादनमूलक उद्योग प्रवर्द्धनको नीति लिएका छन्। तर, त्यसका लागि विदेशी साझेदार या छिमेकी मुलुकहरुसँग व्यापार युद्धको जेहाद छेड्ने छैनन्। स्वदेशी उद्योग प्रवर्द्धनका लागि आन्तरिक लगानी बढाउने कार्य योजना सार्वजनिक गरिसकेका छन्।
लगानी व्यवस्थापन गर्ने अर्को कम्पनी फेडेरेट्ड हर्मसका ग्लोबल इक्विटी पोर्टफोलियो म्यानेजर लोउस डुड्लेले सीएनबीसीसँग बताए अनुसार अन्तर्राष्ट्रिय ब्यापारको सन्दर्भमा बाइडेनको कार्यकाल 'सहज र समन्वयकारी' हुनेछ। अबका दिनमा 'कम ब्यापार युद्ध र बढी ब्यापार वार्ता' भएको देख्न पाइने उनको अपेक्षा छ। यस्तो निश्चितताले विश्वभरीका कम्पनीलाई सहज व्यवसायीक वातावरण उपलब्ध गराउने उनले बताएकी छन्।
अर्को लगानी व्यवस्थापन कम्पनी क्विल्टर सेभिओटका इन्भेष्टमेन्ट म्यानेजर हेनरी फ्लादरले सीएनबीसीसँगै बताएअनुसार अमेरिका फेरि विश्वव्यापीकरणतर्फ अग्रसर भएको देख्न पाइने छ। र, त्यसबाट सिंगो विश्वले लाभ लिने उनको विश्वास छ। 'विश्व आर्थिक वृद्धिका लागि संवेदनशील मानिने क्षेत्र तुलनात्मक रूपमा लाभग्राही हुनेछ,' उनको भनाइ छ-' सबल उत्पादनमूलक उद्योग रहेको युरोप एवं जापान यो सूचीमा अगाडि हुन सक्छन्।'
ट्रम्पले भताभुंग बनाएको जलवायु परिवर्तनविरुद्धको हातेमालोलाई बाइडेनले पुनर्जीवन दिनेछन्। अमेरिकी नेतृत्वबिना जलवायु परितवर्नको मुद्दाले गति पाउन नसकेको कैयन् युरोपेली मुलुकहरुकै ठम्याइ छ। नवीकरणीय ऊर्जामा जोड दिएर खनिजलाई प्रतिस्थापन गर्दै लैजाने विश्वव्यापी कार्यक्रमले नेपालजस्ता साना मुलुक पनि लाभग्राहीको सूचीमा उक्लिनेछन्।
ओबामा र बाइडेनको जोडी यो प्रतिकूलता सहजतापूर्वक चिर्न सफल भयो। अमेरिकी अटो उद्योगले पुनर्जीवन पायो। सुस्ताएको सेवा क्षेत्रले क्रमशः त्राण पाउँदा दोस्रो कार्यकालमा लगातार उत्साहजनक रोजगारी वृद्धिको रहरलाग्दो अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाउन ओबामा र बाइडेन सफल भए। त्यहीबेला तय नीतिगत व्यवस्था र नियमन संयन्त्रका कारण कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको गम्भीर धक्काका बाबजुद बैंकिङ क्षेत्रको सुदृढतामा कमी आएको छैन।
ट्रम्प निर्णयका कारण अमेरिका बाहिरएको पेरिस क्लाइमेट एकर्डमा अमेरिका तुरुन्तै जोडिने बाइडेनको प्रतिबद्धता छ। साथै उनले सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको नीति अख्तियार गरेका छन्। चीन र युरोपेली मुलुकहरुले यसअघि नै यस्तै नीति अवलम्बन गरिसकेका छन्।
जलवायु परिवर्तन वैश्विक सम्बन्धको नयाँ आयामको रूपमा विकास भइरहेको बेला प्रमुख शक्ति राष्ट्रहरुको समान प्राथमिकताले समन्वयात्मक यात्रालाई थप सहज बनाउने फेडेरेट्ड हर्मसका ग्लोबल इक्विटी पोर्टफोलियो म्यानेजर डुड्लेको विश्वास छ। अमेरिकाले आगामी दिनमा विद्युतीय कार, ब्याट्री, वायु एवं सौर्य उर्जामा तीव्र लगानी बढाउने बाइडेनले प्रष्ट पारिसकेका छन्। यसले बाँकी विश्वमा समेत नयाँ आर्थिक अवसर सिर्जना हुनसक्छ।
The post विश्व अर्थतन्त्रः बाइडेनले कसरी पुर्लान् ट्रम्पले खनेका खाडलहरु ? प्रभात भट्टराईको विश्लेषण appeared first on BIZMANDU.
अरुण तेस्रो : एमालेको पालामा रद्द आयोजना एमालेकै सरकारको पालामा शिलान्यास, खेर गएको दुई दशक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति काठमाडौँको हायात होटलमा भिडियो कन्फ्रेसिङबाट अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरे।
बटन थिचेर शिलान्याससँगै दुई प्रधानमन्त्रीले खुसीका साथ अंकमाल गरे।
९०० मेगावाट क्षमताको परियोजनाका लागि लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्धक एसजेभिएन नेपाललाई विद्युत् उत्पादन अनुमतिपत्र समेत प्रदान गरिसकेको छ। भारतको सरकारी लगानीसमेत रहेको सतलजले अरुण तेस्रो बनाउन लागेको हो। सतलजले अरुण तेस्रो निर्माणका लागि एसजेभिएन नामको कम्पनी नेपालमा दर्ता गराएको छ।
यसअघि अरुण तेस्रोको शिलान्यासका लागि गत वर्ष नै भारतीय प्रधानमन्त्री नेपाल आउने चर्चा चलेको थियो। त्यस्तै प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्मको भारत भ्रमणका क्रममा समेत परियोजनाको शिलान्यास गर्ने तयारी थियो तर हुन सकेको थिएन।
संयोग के भने एमाले सरकारमै रहँदा दुई दशकअघि अरुण तेस्रो आयोजना तुहिएको थियो।
१८ साउन २०५२ को साँझ। प्रधानमन्त्री मनमोहन अधिकारी सिंहदरवारबाट बालुवाटार निवास पुगिसकेका थिए। विश्व बैंकका अध्यक्ष जेम्स वेल्फसनले वासिंगटनबाट अधिकारीलाई फोन गरे।
इन्भेष्टमेन्ट बैंकरबाट विश्व बैंकको कार्यकारी अध्यक्ष नियुक्त भएको एक महिनापछि वेल्फसनको फोन आएको थियो अधिकारीलाई। उनले फोनबाट दिएको एउटा मात्रै सन्देश थियो- अरुण तेस्रोलाई अब हामी अघि बढाउँदैनौं। त्यही फोनकलमार्फत् विश्व बैंकले ४०४ मेगावाट क्षमताको अरुण तेस्रोका लागि नेपाल सरकारसँग भएको सम्झौता रद्द गर्ने निर्णय सुनाएको थियो।
विश्व बैंक अध्यक्ष वेल्फसन, माधव नेपाल र मनमोहन अधिकारी
३ अगस्ट १९९५ का दिन विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, अरुण तेस्रो परियोजना रद्द गर्न अध्यक्ष वेल्फसनसँग तीन कारण थिए। अरुण तेस्रो परियोजना ठूलो र जटिल भएको भन्दै नेपालसँग त्यसको व्यवस्थापन गर्ने क्षमतामा प्रश्न उठाएका थिए उनले।
त्यसैगरी उनले सरकारी खर्च र विद्युत महसुल वृद्धि जस्ता चुनौतीपूर्ण निर्णयमा नेपालले सहयोग दिन नसक्ने संकेत गरेका थिए। उनले उठाएको तेस्रो विषय थियो, परियोजना निर्माणमा ढिला हुँदा तीनदेखि चार करोड डलरको लागत बढेको छ र त्यो खर्च जुटाउन कठिन छ।
विश्व बैंकका अध्यक्ष वेल्फसनको त्यही एउटा फोनकल र प्रेस विज्ञप्तिसँगै २०४३ मा सुरु भएको अरुण तेस्रो निर्माण गर्ने योजनाको नौ वर्षपछि अवसान भयो। पञ्चायतमा सुरु भएको, प्रजातन्त्र स्थापनापछि पनि तत्कालीन प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले अघि बढाएको परियोजनाको अवसान भएपछि नेपालमा एउटा समूहको ठूलो 'सेलेब्रेसन' सुरु भयो।
'सेलेब्रेसन'को लिड गोपाल शिवाकोटी 'चिन्तन'ले गरेका थिए। उनीसँगै थिए दीपक ज्ञवाली, अजय दीक्षित र विकास पाण्डे। ‘सेलेब्रेसन’ नेपालमा मात्रै होइन, अमेरिकादेखि बेलायत र जापानदेखि जर्मनीसम्म भयो।
नेपाल सरकारले अरुण तेस्रो ‘इनिसियट’ गरेसँगै खडा भएको थियो- शिवाकोटीले नेतृत्व गरेको ‘अरुण कन्सर्न ग्रुप’। यो समूहसँगै स्वदेशी एनजीओहरु एलायन्स फर इनर्जी, इनहुरेड नेपाल जस्ता संस्था पनि परियोजनाको विरोधमा थिए।
यी एनजीओलाई बेलायत र अमेरिकामा रहेको आइएनजीओहरु इन्टरनेशनल रिभर नेटवर्क, इन्टरनेशनल टेक्नोलोजी डेभलपमेन्ट ग्रुप, द ग्लोबल इन्टरनेशनल, ग्रिनपिस इन्भाइरोमेन्ट डिफेन्स फण्ड, फ्रेन्डस अफ दि अर्थ लगायतका संस्थाले सघाइरहेका थिए।
इन्टरनेशनल रिभर्स नेटवर्कको एउटा प्रतिवेदनअनुसार, परियोजना बन्यो भने अरुण उपत्यकाको वातावरणमा प्रभाव पर्छ भन्नेमा यी सबै एनजिओ र आइएनजीओ एक मत थिए। उनीहरुको सबैभन्दा ठूलो आपत्ति परियोजनाका लागि बनाइने १२२ किलोमिटर लामो ‘एक्सेस रोड’मा थियो। उनीहरुको तर्क थियो- अरुण उपत्यकाको बीचबाट बाटो बनाउँदा १० हजार मजदुरले काम गर्छन्। यसले साढे चार लाख आदिवासी प्रभावित हुन्छन्, १०० भन्दा बढी वनस्पति संकटमा पर्छन्।
विश्व बैंकले परियोजनाबाट हात झिकेपछि एनजीओ र आइएनजीओमा उत्साह थियो, तर निर्णयको विरोधमा उत्रने वा समर्थन गर्ने धरमरमा रह्यो सत्ताको नेतृत्व गरिरहेको एमाले। कारण थियो- यो परियोजनाको अवसान गराउनुमा एमालेको जति महत्वपूर्ण भूमिका थियो, त्यति 'एक्टिभिस्ट'को पनि थिएन।
अरुण तेस्रोका लागि १७ कात्तिक २०५१ एउटा महत्वपूर्ण दिन सावित हुन पुग्यो। विश्व बैंकले प्रस्ताव गरेको परियोजनालाई नेपाल सरकारले स्वीकृत गरिसकेको थियो। परियोजनालाई अघि बढाउन दिने विषयमा १७ कात्तिकमा वासिंगटन डिसिमा विश्व बैंकको बोर्ड बैठक बस्दै थियो।
भारतको नर्मदा नदीमा बाँध बाँधेर विद्युत निकाल्ने परियोजना स्थगित गर्नु परेपछि विश्व बैंकसँग दक्षिण एसियाका ठूला पूर्वाधारको पोर्टफोलियोमा अरुण तेस्रो मात्रै थियो। एक अर्ब डलर लागतको यो आयोजनामा विश्व बैंकका तत्कालीन अध्यक्ष लिविस प्रेस्टन आफैं संलग्न थिए। उनी सहित बैंकको २४ जनाको बोर्डमा अधिकांश यो परियोजनाको पक्षमा थिए।
तर, विश्व बैंकको बोर्ड बस्नुभन्दा १७ दिन अघि नेपालमा अनपेक्षित घटना भयो। त्यसबेलाको प्रमुख प्रतिपक्ष दल (एमाले)का महासचिव थिए- माधवकुमार नेपाल। उनले १ कात्तिक २०५१ का दिन विश्व बैंकका अध्यक्ष प्रेस्टनलाई अरुण तेस्रो परियोजना स्वीकृतिका लागि सुरु गरिएको प्रक्रियामाथि प्रश्न उठाउँदै एउटा पत्र लेखे।
उनले पत्रमा दुई विषय उठाएका थिए
१) परियोजनाका विषयमा आवश्यक कागजात र सूचना नहुँदा यो विषयमबारे संसदमा परिणाममुखी छलफल हुन सकिरहेको छैन।
२) यस्तो विवादित परियोजनामा अहिलेको सरकारले प्रतिवद्धता जनायो भने पनि भोलि हामी निर्वाचित भएर आएमा पुनरावलोकन गर्नेछौँ।
माधव नेपालले लेखेको पत्रले नेपालदेखि वासिङ्गटन डिसीसम्म हलचल मच्चायो। यही पत्रका कारण विश्व बैंकले कात्तिक १७ गते बोलाएको बोर्ड बैठकमा अरुण तेस्रोको एजेण्डा राखिएन।
देशमा प्रजातन्त्र स्थापना भएपछि २०४८ को पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेस २०५ सिटमध्ये ११० सिट जितेर सबैभन्दा ठूलो राजनीतिक दल बन्यो। 'सुविधाजनक बहुमत’का साथ गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वमा सरकार बनाए।
कोइराला नेतृत्वको सरकारमा डा. रामशरण महत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बने। उनले ‘इन डिफेन्स अफ डेमोक्रेसी’ किताबमा 'द लस अफ अरुण थर्ड' च्याप्टर दिएर परियोजनाको उठानदेखि अवसानसम्मको कथा लेखेका छन्।
उनी लेख्छन्- सरकारसँग जलविद्युत विकासका लागि त्यतिबेला थुप्रै प्रस्ताव थिए। डिजेल प्लान्ट लगाउनेदेखि १० मेगावाटको मोदी हुँदै ६६० मेगावाटको कालीगण्डकी दुई बनाउने सम्मका विकल्प खुला थिए। तर, यी सबैभन्दा उत्तम प्रस्ताव थियो- सन् १९८७ मा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी(जाइका)ले प्रारम्भिक अध्ययन गरेको अरुण तेस्रो परियोजना।
२०५१ अघि नै खनिएको अरुण तेस्रोको अडिट टनेल
यो परियोजनालाई पछि क्यानेडियन इन्टरनेशनल वाटर एण्ड इनर्जी कन्सल्ट्यान्टबाट समेत सम्भाव्यता अध्ययन गराइएको थियो। यो अध्ययनमा सबैभन्दा कम लागतमा बन्ने परियोजनाका रुपमा अरुण तेस्रो देखियो।
यो परियोजनाको कुल लागत त्यतिबेला एक अर्ब आठ करोड अमेरिकी डलर थियो। त्यसमध्ये विश्व बैंकले १७ करोड ५० लाख डलर ‘सफ्ट लोन’सहित परियोजना ‘फाइनान्स लिड’ गर्दै थियो। एसियाली विकास बैंक (एडिबी)ले पनि १२ करोड ७० लाख डलर ऋण लगानी गर्दै थियो। जर्मनीले १२ करोड ५४ लाख डलर, जापानले १५ करोड डलर फ्रान्स, स्वीजरल्याण्ड र फिनल्याण्डले चार करोड ६० लाख डलर लगानी गर्ने वचन दिएका थिए। यसरी परियोजनाका लागि चाहिनेमध्ये ६२ करोड ३० लाख डलरको लगानी करिब स्वीकृत भैसकेको थियो।
महतका अनुसार जर्मनीले दिने रकम अनुदानमा आउँदै थियो। जापानले सुरुमा ‘सफ्ट लोन’ दिने र पछि अनुदानमा बदल्ने आश्वासन दिएको थियो। विश्व बैंक र एडिबिले भने ३० देखि ४० वर्षका लागि एक प्रतिशत ब्याजमा ‘सफ्ट लोन’ दिने सहमति गरेका थिए।
परियोजनाको एउटा हिस्साका रुपमा रहेको सडक विस्तारका लागि १२ करोड ४० लाख डलर लाग्ने प्रक्षेपण गरिएको थियो। महत पुस्तकमा लेख्छन्- ‘यो सडक सामाजिक र क्षेत्रीय विकासका लागि निक्कै महत्वपूर्ण थियो, यो बनेपछि अरुण तेस्रो मात्रै होइन, ८४४ मेगावाट क्षमताको अपर र लोअर अरुण बनाउन समेत धेरै सहज हुने थियो। यो पूर्वाधारका कारण ती परियोजनाबाट सस्तो लागतमा विद्युत गर्न सकिन्थ्यो।‘
यी सबै कुरामा सन्तुष्ट र आकर्षित भएपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले परियोजनालाई स्वीकृत गरेको उनले उल्लेख गरेका छन्। उनका अनुसार यो परियोजनाको अध्ययन र विकासका लागि सरकारले दुई करोड डलर समेत खर्च गरिसकेको थियो।
परियोजना अघि बढ्दै जाँदा विरोधमा स्वरहरु उठ्न थाले। स्वेदशी गैरसरकारी संस्था मात्रै होइन भारतको नर्मदा बाँधमा विश्व बैंकलाई पछारेका अन्तराष्ट्रिय गैरसरकारी संस्थाले परियोजनाविरुद्ध काठमाडौँमा मात्रै होइन वासिंगटन डिसीदेखि मनिला र टोक्योदेखि बोनसम्म ठूलो ‘मुभमेन्ट’ चलाए।
यो परियोजनमा ठूलो भ्रष्टाचार हुँदैछ। परियोजना बन्यो भने सीमित ठेकेदार र बिजनेसम्यान मात्रै मोटाउँछन्। देशको बजेट बराबरको परियोजना बनाउँदा अर्थतन्त्रले धान्दैन। यस्तो ठूलो परियोजना बनाउनुको सट्टा स-साना दश परियोजना बनाए क्षेत्रीय विकास हुन्छ। नेपाल भित्र यस्तै तर्क प्रचार गरिएका थिए।
उता विदेशमा भने- अरुण तेस्रोमा विश्व बैंकले आफ्नै गाइडलाइन पछ्याएको छैन, आदिवासी जनजातिको संरक्षण गरेको छैन, वातावरणीय प्रभाव मूल्यांकन गरेको छैन आदि भनेर ‘मुभमेन्ट’ चलाइएको थियो। र, यो ‘मुभमेन्ट’ उत्कर्षमा पुग्दै थियो।
‘मुभमेन्ट’लाई बिस्तारै एमालेले ‘क्यास’ गर्न थाल्यो। सुरुमा एमाले नेता झलनाथ खनालले परियोजनाका विषयमा संसदमा छलफल माग गरे। एक दिनभर प्रतिनिधिसभामा गरमागरम बहस समेत भयो। एमालेले परियोजनाविरुद्ध स्वर चर्को निकाल्दै जाँदा त्यसले 'मास'लाई समेत तताउन थाल्यो। र, उसले यसलाई एउटा राजनीतिक हतियारका रुपमा प्रयोग गर्दै थियो।
परियोजनालाई नेपाल सरकारले स्वीकृत गरिसकेको थियो। विश्व बैंकको बोर्ड बैठकबाट स्वीकृत हुन बाँकी थियो। २६ असार २०५१ मा गिरिजाप्रसाद कोइरालाले संसदमा आफ्ना पक्षमा बहुमत सिद्ध गर्न सकेनन्। भोट हाल्ने दिन काँग्रेसका ३६ सांसद गायव भए। उनले त्यही दिन राजा वीरेन्द्रलाई संसद विघटनको सिफारिस गरे।
अब मध्यावधि चुनाव हुने भयो। चुनावी सरकारको नेतृत्व कोइरालाले गरिरहेका थिए। सुरुमा कात्तिक २९ गतेका लागि मध्यावधि चुनाव घोषणा गरियो। चुनावमा एमालेले अरुण तेस्रोलाई एउटा मुद्दा नै बनायो। त्यत्रो महंगोमा एउटा परियोजनाको सट्टा आफुले जितेमा देशै भर स-साना आयोजना निर्माण गर्ने उसको दावी थियो।
अरुण तेस्रोका लागि अहिले बन्दै गरेको एक्सेस रोड
कात्तिकमा एक साथ दुई घट्ना हुँदै थिए। एक अरुण तेस्रोको निर्णयका लागि विश्व बैंकको बोर्ड बैठक कात्तिक १७ गते बस्दै थियो, दोस्रो कात्तिक २९ गते मध्यावधि चुनाव। चुनावका लागि प्रचार तिव्र चलिरहेको थियो।
त्यही सन्दर्भमा माधव नेपालले कात्तिक १ गते विश्व बैंकलाई पत्र लेखेका थिए। आफूहरुको पक्षमा जनमत रहेको हुँदा भोलि सरकार गठन गरेर परियोजना खारेज गर्न सक्ने प्रष्ट संदेश दिएका थिए उनले। नेपालको पत्रले विश्व बैंकको १७ गतेको बोर्ड बैठकमा अरुण तेस्रो एजेन्डा पर सर्योप र त्यसको प्रतिफल एमालेले चुनावमा पायो।
अघिल्लो चुनावमा ११० सिट जितेको काँग्रेस जम्मा ८३ सिटमा खुम्चियो। ६९ सिटबाट बढाएर एमालेले ८८ सिट पुर्या्यो। ठूलो राजनीतिक दलको हैसियतमा एमालेले अल्पमतको सरकार बनायो। मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारमा माधव नेपाल उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बने।
विपक्षमा हुँदा अरुण तेस्रोविरुद्ध ‘जेहाद’ छेडेको एमालेको सत्तामा पुगेपछि ‘टोन डाउन’ भयो। एमाले सरकारले अरुण तेस्रोका लागि विश्व बैंकसँग ‘रिनेगोसिएसन’ सुरु गर्ने निर्णय गर्यो्। जलस्रोत राज्यमन्त्री हरिप्रसाद पाण्डे परियोजना ‘रिनेगोसिएशन’ का लागि वासिंगटन डिसी पुगे। एमालेको उद्देश्य थियो- अरुण परियोजनाको लागत घटाउने, त्यसका लागि अरुण तेस्रोको डिजाइन परिवर्तन गर्ने र विश्व बैंकले प्रस्ताव गरेको ‘एक्सेस रोड’को दिशा बदल्ने।
तर, विश्व बैंकले परियोजनामा कुनै परिवर्तन स्वीकार नगर्ने निर्णय गर्योक। नेपालको दुर्भाग्य, अरुण तेस्रोको पक्षमा रहेका बैंक अध्यक्ष प्रेस्टनको २१ वैशाख २०५२ मा कार्यकाल बाँकी छँदै निधन भयो। उनको निधनपछि १८ असार २०५२ मा नयाँ अध्यक्षको रुपमा जेम्स वेल्फसन आए। उनले कार्यभार सम्हालेको एक महिनापछि नेपालका प्रधानमन्त्री मनमोहन अधिकारीलाई फोन आयो- अब हामी अरुण तेस्रो परियोजना अघि बढाउँदैनौं।
अरुण किनार जुन बस्ती परियोजनाले विस्थापित गर्दैछ
१८ साउन २०५२ मा विश्व बैंकले अरुण तेस्रोबाट सधैंका लागि हात झिक्यो र परियोजनामा अनिश्चितकालीन ब्रेक लाग्यो। परियोजनामा ब्रेक लागे यताका साढे २१ वर्ष विगत जसरी नै अरुण बगिरह्यो। पानी मात्र बगेन, यो अवधिमा लाखौँ मेगावाट बिजुली पनि बगि सकेको छ।
र, अहिले फेरि एकपटक अरुण परियोजना जुरमुराउँदैछ। अरुण किनारको तस्वीर त बदलिइसकेको छ।
(२८ मंसिर २०७३ मा बिजमाण्डूमा प्रकाशित सामग्रीलाई पुनः प्रकाशन गरिएको)
The post अरुण तेस्रो : एमालेको पालामा रद्द आयोजना एमालेकै सरकारको पालामा शिलान्यास, खेर गएको दुई दशक appeared first on BIZMANDU.
नाफाको लालचमा मनपरी गर्ने बैंकलाई सम्पति बृद्धिमा प्रतिबन्ध
अमेरिकाको सर्वाधिक प्रतिष्ठित बैंक
विश्वकै ठूला बैंकमध्ये अग्रणी
साढे दुई लाखभन्दा बढी कर्मचारीका साथ झण्डै तीन दर्जन मुलुकमा फैलिएको बैंक
शेयर लगानीकर्ताको सर्वाधिक भरोसाको कम्पनी
न्युयोर्क। डेढ बर्ष अघिसम्म यस्ता दर्जनौँ विशेषण समेत वेल्स फार्गो बैंकलाई चिनाउन अपर्याप्त हुन्थे। डेढ सय बर्ष लामो इतिहास बोकेको बैंकप्रति अमेरिकी लगायत विभिन्न मुलुकका उपभोक्ताको मनमा गढेको विश्वास यी सबै विशेषणभन्दा माथि थियो। त्यसैले बैंक स्थापना यता कैयन् प्रतिश्पर्धी आए पनि वेल्स फार्गोलाई उछिन्न सकेका थिएनन्। जोसिएर आएकाहरु कोही लेम्यान ब्रदर्श जस्तो कुनै वित्तीय संकटको आँधीमा बिलाए भने कोही फार्गोलाई पछ्याउनमै सन्तुष्ट थिए।
सन् २०१६ को सेप्टेम्बरमा वेल्स फार्गो प्रतिको जनविश्वासमा एकाएक ग्रहण लाग्यो, जब बैंकका कर्मचारीले २१ लाखभन्दा बढी नयाँ खाता अनधिकृत रुपमा खोलेको तथ्य उजागर भयो। बैंकले रिटेल बिजनेस बढाउन कर्मचारीलाई इन्सेन्टिभको व्यवस्था गरेको थियो। त्यही लोभमा कर्मचारीले बैंकमा अरु खाता सञ्चालन गरेका ग्राहकको नाममा नयाँ खाता खोलेको रहस्योद्घाटन भएको थियो।
यसरी खोलिएको नयाँ खाताको चार्ज पुरानो खातामा रहेको रकमबाट काटियो। कतिपय नयाँ खातामा निक्षेप देखाउन पुराना खाताबाट रकम समेत ट्रान्सफर भयो। बैंकको सिष्टममा नयाँ खाता खोलेपछि त्यसको अनलाईन एकाउन्ट लग इन गर्न कर्मचारीले बनावटी पिन नम्बर र फेक इमेल आइडी समेत ‘क्रिएट’ गरे।
वेल्स फार्गोप्रतिको नागरिक विश्वास यति उच्च थियो की अधिकांशले आफ्नो रिटायरमेन्ट जीवनका लागि भनेर साँचेको रकम त्यहाँ जम्मा गरेका थिए। त्यसरी राखेको पैसा खाताबाटै हराएको एवं आफ्नो नाममा छुट्टै खाता खुलेको एकाध ग्राहकले थाहा पाएर गुनासो गरे बैंक कर्मचारी हत्तपत्त नयाँ खाता बन्द गरिदिन्थे। अनधिकृत खोलिएका खाताको शुल्कले बैंकको नाफा बढ्यो भने कर्मचारीले आफ्नो टार्गेट पूरा गरेको विवरण देखाएर कुस्त बोनस खाए।
तर, समय वित्दै जाँदा गुनासोको बाढी आउन थाल्यो र सेप्टेम्बर २०१६ मा आइपुग्दा सबै पर्दा च्यातियो। बैंकमा लाखौँको संख्यामा नक्कली खाता खोलिएको विवरण कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्युरोले सार्वजनिक गर्यो। सन् २०११ देखिनै यस्ता खाता खोलिने गरेको तथ्य ब्युरोले उद्घाटन गर्यो। साथै बैंक कर्मचारीले क्रेडिट कार्ड जारी गर्न पाँच लाख ६५ हजार आवेदन ग्राहकको अनुमति बिना नै दर्ता गराएको समेत ब्युरोले सार्वजनिक गर्यो। अनधिकृत तवरले खोलिएका करिब १४ हजार खाताबाट मात्र बिभिन्न शुल्क गरी चार लाख अमेरिकी डलरभन्दा बढी रकम बैंकले आर्जन गरेका थियो।
यो तथ्य बाहिरिएपछि कर्मचारीको महत्वाकांक्षाले यस्तो अवस्था आएको बताउँदै बैंकले पछिल्ला केही बर्षमा अनधिकृत व्यवहार गर्ने ५३ सयभन्दा बढी कामदार ‘फायर’  गरेको विवरण सार्वजनिक गर्यो। साथै बैंकले आफ्ना ग्राहकको खाताबाट काटिएको ५० लाख अमेरिकी डलर सहित १८ करोड ५० लाख अमेरिकी डलर फाइन तिर्न आफु तयार रहेको स्टेटमेन्ट जारी गर्यो।
बैंक नेतृत्व घटना त्यहीँ सामसुम गर्न चाहन्थ्यो। तर, परिस्थिती सोचे जस्तो भएन। अमेरिकी संसदको माथिल्लो सदन सिनेटको बैंकिङ समितिमा यो बिषयले प्रवेश पायो। म्यासाच्युसेट्सकी सिनेटर एवं समिति सदस्य एलिजावेथ वारेन यति ठूलो स्क्यान्डलमा तल्लो तहका कर्मचारीलाई कारबाही गरियो भनेका भरले बैंकको बोर्ड र व्यवस्थापनलाई उन्मुक्ति दिन नहुने पक्षमा दह्रोसँग उभिएकी थिइन्। सन् २०१० देखि २०११ सम्म कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्युरोको बिशेष सल्लाहकारको रुपमा काम गरेको कारण पनि उनी यो मुद्दाको अन्तर्य राम्रोसँग बुझ्थिन्।
समितिले कैयन् चरणमा छलफल र अनुसन्धान गर्यो। वेल्स फार्गो नेतृत्वदेखि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अधिकारीसम्म समितिको सुनुवाइमा बोलाइए। बैंकले अधिक नाफाको लालचमा कर्मचारीलाई अनेक टार्गेट दिने गरेको कारण नै यस्तो अवस्था सिर्जना भएको भन्दै सांसदहरु नेतृत्वलाई उन्मुक्ति दिनु नहुने पक्षमा उभिए। गत अक्टोबरको एउटा सुनुवाइमा सिनेटर वारेनले बैंकका प्रमुख कार्यकारी अधिकृत टिमोथी जे स्लोअनलाई ‘साना कर्मचारी होइन तिमी चाहिँ फायर हुनुपथ्र्यो’  भनेर खुला चेतावनी नै दिइन्। सन् १९८७ मा वेल्स फार्गो जोइन गरेकास्लोअनयो स्क्यान्डलताका होलसेल बिजनेस प्रमुख थिए। घटना सार्वजनिक भएपछि तात्कालिन अध्यक्ष एवं प्रमुख कार्यकारी जोन स्टम्प्फले राजीनामा दिएपछि स्लोअन सिइओ नियुक्त भएका थिए। घटनाबारे स्टम्प्फ र स्लोअनको भनाइ समान थियो– कर्मचारीले वोनसको लोभमा यसो गरेछन्। जबकी तल्लो तहका कर्मचारीभन्दा बैंकको नाफाबाट व्यवस्थापनमा बस्नेहरुले कैयौँ गुणा बढी बोनस खाएका थिए। सांसदहरु सामु पनि त्यहि भनाइ दोहोर्याएपछि वारेन स्लोअनसँग आगो भएकी थिइन्– ती कर्मचारीलाई अनावश्यक रुपमा लोभ्याउने र टार्गेट दिने चाहिँ को हो?
व्यवसायी हेनरी वेल्स र एक्सप्रेसमेन (१९ औँ शताब्धिमा सुन लगायत बहुमूल्य धातु ओसार पसार गर्ने व्यक्ति) विलियम फार्गोले सन् १८५२ मा वेल्स फार्गो एण्ड कम्पनी नाम दिएर उक्त बैंक स्थापना गरेका थिए। उनै दुई संस्थापकको नामबाट बैंकको नामाकरण गरिएको थियो। अमेरिकाको सबैभन्दा सम्पन्न राज्य क्यालिफोर्नियाको राजधानी सानफ्रान्सिस्कोमा मुख्यालय रहेको बैंकको सञ्जाल अन्य अमेरिकी राज्य हुँदै सातवटै महादेशमा फैलिसकेको छ। दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीन दुबै मुलुकमा वेल्स फार्गोका शाखा सञ्चालनमा छन्। सन् २०१५ को विवरण अनुसार बैंकमा दुई लाख ६५ हजार कर्मचारीले काम गर्छन्।
लामो इतिहास र विभिन्न चरणका आर्थिक मन्दिहरुलाई पनि सहजतापूर्वक पार लगाउँदै जाँदा वेल्स फार्गोप्रतिको जनविश्वास निरन्तर उकालो लागेको थियो। त्यही अनुसार बैंकको नाफा र शेयर मूल्यको पारो पनि बढ्दो थियो। अमेरिकाको सबैभन्दा मूल्यवान् बैंकको रुपमा वेल्स फार्गोको नाम लामो समयदेखि स्थापित भइसकेको थियो। गत बर्ष नक्कली खाताको विवरण सार्वजनिक भएको बखत बैंकको बजार पूँजीकरण दुई खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा माथि थियो।
बैंकको सबैभन्दा ठूलो शेयरहोल्डरमा लिजेण्ड शेयर खेलाडी वारेन बफेटको कम्पनी वर्कशायर हाथवे रहेको छ। हाथवेसँग वेल्स फार्गोको १० प्रतिशतभन्दा बढी शेयर छ। बफेटले सन् १९८० को दशकदेखि वेल्स फार्गोको शेयर निरन्तर किन्दै आएका थिए। त्यसबाहेक लाखौं छरिएर रहेका लगानीकर्ताले बुढेसकालको बचतका लागि बैंकको शेयर खरिद गरेका थिए। किनभने उनीहरुलाई विश्वास थियो– वेल्स फार्गोको जति सबल भविष्य अरु संस्थाको हुन सक्दैन। वफेटको वेल्स फार्गो प्रतिको भरोसाले पनि आम लगानीकर्तालाई कम्पनीप्रति तानेको थियो।
क्यालिफोर्नियाको सबैभन्दा ठूलो पत्रिका द लस एन्जलस टाइम्सले सन् २०१३ मै बैंकमा नक्कली खाता खोलिने गरेको बारे एउटा रिपोर्ट प्रकाशित गरेको थियो। तर, त्यसको तीन बर्षमा मात्रै सबै घटना उजागर भयो, जतिबेलासम्म लाखौँको संख्यामा त्यस्ता खाताहरु थपिइसकेका थिए।
२०१६ को सेप्टेम्बरमा पर्दा खुलेपछि नक्कली खाता बारेको छानविन निरन्तर अघि बढ्यो। सँगसँगै त्यस्ता थप खाता फेला पर्न थाले। गत अगष्टमा अनुसन्धान सम्पन्न हुँदा  कुल ३५ लाख त्यस्ता खाता खोलिएको तथ्य उजागर भयो। २०१६ को सेप्टेम्बरमा २०११ देखि २०१५ सम्मको तथ्याङ्क अनुसन्धान भएकोमा पछिल्लो समय २००९ भन्दा अघिको जाँच भएको थियो। तीमध्ये एक लाख ९० हजार खाताबाट अनधिकृत तवरले रकम काटिएको पनि खुलासा भयो। सिनेटरहरु यो मुद्दालाई कुनै हालतमा पनि सामसुम पार्न नदिने पक्षमा थिए। यो स्क्यान्डलको अवधिमा बैंक बोर्डमा रहेका सबै सञ्चालकलाई पदच्युत गर्नुपर्ने उनीहरुको माग थियो। तर, सोझै कारबाही चलाउने अधिकार उनीहरुसँग थिएन। बैंकिङ समितिले फेडरल रिजर्भका अधिकारीलाई बैंकको उच्च नेतृत्वलाई नचोख्याउन निर्देशन दियो।
फेडकी निवर्तमान अध्यक्ष जनेट येलेनले आफ्नो कार्यकालको अन्तिम दिन (शुक्रबार) वेल्स फार्गोबारे साहसिलो निर्णय लिइन्। जस अनुसार फेडले अर्को निर्णय नगरुन्जेल अब बैंकले सम्पत्ति बृद्धि लगायत विस्तारको कुनै पनि काम गर्न नपाउने भएको छ। अर्थात बैंकलाई नाफा कमाउन प्रतिबन्ध लागेको छ। गत बर्षको अन्त्यमा बैंकको खुद सम्पत्ति २० खर्ब अमेरिकी डलर बराबर पुगेको छ। अब त्यसलाई बढाउन नपाउने भएको हो। सम्पत्ति बृद्धिकै लालचमा बैंकले लाखौँ बचतकर्तालाई अन्याय गरेको पाएपछि यस्तो सजाय गरेको फेडले जनाएको छ। अमेरिकी वित्तीय इतिहासमै कुनै बैंकको सम्पत्ति वृद्धिमा रोक लगाएको यो पहिलो घटना रहेको फेडले जनाएको छ।
साथै फेडको निर्देशन बमोजिम बैंकले आफ्नो १६ सदस्यीय सञ्चालक समितिबाट चार जनालाई हटाउनु पर्ने समेत भएको छ। तीन जनालाई आउँदो अप्रिल भित्र र बाँकी एक जनालाई सन् २०१८ भित्र हटाइसक्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। कारबाहीपछि येलेनले विज्ञप्ति जारी गरि बैंकिङको सर्वमान्य मूल्य र मान्यता भत्काउने हर्कतलाई कुनै पनि हालतमा पचाउन नसकिने उल्लेख गरेकी थिइन्।
फेडको पछिल्लो निर्णयले ठूला बैंकमा जस्ता स्क्याण्डल भए पनि तिनका सञ्चालकहरु सधैं चोखा रहन्छन् भन्ने मान्यता भत्किएको भन्दै अर्थशास्त्रीहरुले स्वागत गरेका छन्। सिनेटर वारेनले पनि नियामकले खुट्टा नकमाए वालस्ट्रिटको मनपरी रोकिने भन्दै ट्विट गरेकी छिन्। मिसिगन विश्वविद्यालयको रोस स्कुल अफ विजनेशका प्राध्यापक एरिक गोर्डोनको प्रतिकृया झनै रोचक छ। ‘यति हुँदा पनि वेल्स फार्गो भाग्यमानी सावित भएको छ, कुनै सानोतिनो बैंक हुन्थ्यो भने लाइसेन्सनै खारेज हुने बद्मासी हो यो’ उनले न्यूयोर्क टाइम्ससँग भनेका छन्।
The post नाफाको लालचमा मनपरी गर्ने बैंकलाई सम्पति बृद्धिमा प्रतिबन्ध appeared first on BIZMANDU.
इन्टरनेट बैंकिङ सेवाका लागि बैंक समेत पुग्नु नपर्ने, भाइबर प्रयोगकर्ताको मोबाइलमै बैंक
काठमाडौं । गत शनिबार चीनको उपभोक्ता बजारमा नयाँ रेकर्ड कायम भयो। इलेभेन/इलेभेन (नोभेम्बर ११) का नामले चिनिने उक्त दिन चीनका र्इ-कमर्श साइटहरुमा बृहत 'सेल' लाग्ने गरेको छ।
चार वटा '१' मिलेर बन्ने दिन भएको कारण प्रेमी/प्रेमिका नभएका चिनियाँ युवायुवतीले सन् १९९० को दशकदेखि नोभेम्बर ११ मा 'एक्लो भए पनि हामी खुसी छौँ' भनेर 'सिङ्गल डे' मनाउँदै आएका थिए। फेब्रुअरी १४ मा मनाइने 'भ्यालेन्टाइन डे' विपरित दिनको रुपमा नोभेम्बर ११ चीनमा स्थापित हुँदै थियो।
अलिबाबाका प्रवर्द्धक ज्याकमाले सन् २००९ को इलेभेन/इलेभेन देखि 'सिङ्गल' युवा पुस्तालाई उत्सव मनाउने नयाँ 'बहाना' थपिदिए।उनले उक्त दिन 'सिङ्गल' युवाहरुलाई 'सपिङ' गर र खुसी मनाउ भन्दै आफ्ना र्इ-कमर्श साइट ‘टिमल’ र ‘थाओपाओ’मा भारी छुट दिने प्रवन्ध मिलाए। बर्षेनी इलेभेन/इलेभेनको व्यापारको ग्राफ उकालो लाग्न थाल्यो। अरु चिनियाँ र्इ-कमर्श साइटले पनि यो दिनमा छुट दिने थाले। सबैको बिक्री बढ्न थाल्यो। गत शनिबार मनाइएको इलेभेन/इलेभेनमा ज्याक माको अनलाईन व्यापारिक 'प्लेटफर्म' टिमल र थाओपाओले मात्र २५ अर्ब ३० करोड अमेरिकी डलरको बिक्री गरे।
जुन, गत बर्षको तुलनामा ४० प्रतिशत बृद्धि एवं नेपालको कुल गार्हस्थ उत्पादन (प्रचलित मूल्यमा) हाराहारी हो। अमेरिकामा सबैभन्दा धेरै बिक्री हुने गत बर्षको ब्ल्याक फ्राइडे र साइबर मण्डेको तुलनामा टिमल र थाओपाओको यसपालिको रेकर्ड दोब्बर धेरै हो।इलेभेन/इलेभेनमा गत बर्ष पनि १७ अर्ब १८ करोड अमेरिकी डलरको बिक्री हुँदै अघिल्लो बर्षको तुलनामा नयाँ रेकर्ड नै बनेको थियो। यसपाली गत बर्षको रेकर्ड तोडिन १३ घण्टा मात्र लाग्यो। यसरी दिउँसो एक बजेपछिका प्रत्येक मिनेटले नयाँ रेकर्ड बनाउँदै गए।
चीनमा अनलाइन व्यापारले यसरी फड्को मार्ने मुख्य कारण हो- सामाजिक सञ्जालबाट हुने बैंकिङ कारोबार। चीनका अधिकांश युवाले सामाजिक सञ्जाल विच्याट चलाउँछन्। विच्याटमा साथी बनाउन, कुरा गर्न, स्टाटस राख्नका अलावा अर्को एउटा सुविधा छ- वालेट। जसमा आफ्नो बैंक खाता लिंक गर्न सकिन्छ र अनलाइन सपिङ देखि बजारमा गएर किनमेल, साथी भाइसँग लेनदेन सबै गर्न मिल्छ। विच्याट वालेटकै कारण गाउँ गाउँबाट अनलाइन किनमेल बढ्दा इलेभेन/इलेभेनको ब्यापार ह्वात्तै बढेको हो। इलेभेन/इलेभेनमा छुट दिन सुरु गरेको आठ बर्षमा यति ठूलो सफलता पाउनुका पछाडि सामाजिक सञ्जालको वालेटकै मुख्य हात रहेको चिनियाँ सञ्चारमाध्यहरुले जनाएका छन्।
उत्तरी छिमेकको यस्तो सफलतासँगै नेपालमा पनि अर्को सामाजिक सञ्जाल भाइबरबाट बैंकिङ सेवा सुरु भएको छ। नबिल र ग्लोबल आइएमई बैंकले यो सेवाको सुरुवात गरेका हुन् भने अरु आधा दर्जन बैंक छिट्टै थाल्ने तयारीमा छन्। सबै बैंकलाई एफवान सफ्ट इन्टरनेशनलले यो सेवाका लागि प्राविधिक सहयोग पुर्याएको छ।
नबिलको कार्ड एण्ड इ-बैंकिङ सेवा प्रमुख निरज शर्मा नेपालमा भाइबर प्रयोगकर्ताको संख्याले यो सेवा थालनी गर्न लोभ्याएको बताउँछन्। एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालका अनुसार नेपालमा ६४ लाख भाइबर प्रयोगकर्ता छन्। 'जनसंख्याको अनुपातमा भाइबर प्रयोगकर्ताको संख्यामा नेपाल दक्षिणा एसियाकै पहिलो हो, ढकालले भने- साथै यो आधारमा हामी विश्वमै समेत तेस्रो स्थानमा छौँ।' स्मार्ट फोन प्रयोग बढेसँगै यो सेवा लिनेको संख्या थपिँदो छ।
'भाइबर प्रयोगकर्ताको संख्या उच्च रहेको अवस्थामा उनीहरुलाई इन्टरनेटमा आधारित बैंकिङ तर्फ लोभ्याउन यो सेवा सुरु गरेका हौँ, नविलका शर्माले भने- मूख्य रुपमा मोबाइल एवं इन्टरनेट बैंकिङ नलिएका ग्राहकलाई यसमा हामीले फोकस गरेका छौँ।' नबिलबाट एसएमएस बैंकिङ सेवा लिने ग्राहकको संख्या दुई लाख हाराहारी पुगे पनि मोबाइल र इन्टरनेट बैंकिङ लिने ६० हजार हाराहारी मात्र छन्। 'विश्वनै नगदरहित कारोबारतर्फ उन्मुख भइरहेको बेला हामीले पनि इन्टरनेट बैंकिङमा केही ने केही त गर्नै पर्छ' शर्मा भन्छन्।
कसरी गर्ने प्रयोग?
यो सेवा लिन सबैभन्दा पहिला भाइबर बैंकिङ सेवा सुरु गरेका बैंकमा खाता हुन जरुरी छ। जस्तो नविल बैंकमा खाता हुने ग्राहकले भाइबरको 'पब्लिक एकाउन्ट फिचर'मा गएर  नबिल बैंक लाइक गर्नु पर्ने हुन्छ। त्यसपछि बैंकले ग्राहकको मोबाइल नम्बर माग्छ। बैंकमा खाता खोल्दा दर्ता भएको मोबाइल नम्बर र आफुले उपलब्ध गराएको नम्बर मिलेको खण्डमा बैंकले यो सेवा लिन योग्य सूचीमा राख्छ।
त्यसपछि आफुले चाहेको सेवा अर्डर गर्न सकिन्छ। तत्कालका लागि ब्यालेन्स इन्क्वायरी, पछिल्ला १० कारोबारको बिबरण, शाखा एवं एटिएम काउन्टरको लोकेसन, क्रेडिट कार्डबारे जानकारी, निक्षेप/कर्जाको ब्याजदर एवं अन्य जानकारी लिन सकिन्छ। रकम आदान/प्रदान लगायतका थप सुविधा समेत दिन सक्ने अवस्थामा आफुहरु रहेको शर्मा बताउँछन्। 'सुरक्षामा आश्वस्त भएपछि थप सुविधा पनि खुला गर्छौँ, उनले भने- अहिले उपलब्ध सेवाले नै बैंकिङलाई धेरै हदसम्म सहज बनाइ सकेको छ। रकम आदान प्रदान लगायतका सेवा सुरु हुँदा नगद रहित बैंकिङ अभियानमा नयाँ फड्को मारिनेछ।'
डिजिटल प्रणालीमा सुविधासँगै जोखिम पनि उच्च रहेको कारण सुरक्षामा ध्यान दिइएको उनको भनाइ छ। 'सबै खाले वित्तिय कारोबार एकै पटक खुला गरिँदैन, उनले भने- सुरुमा आफ्नै मोवाइलमा ब्यालेन्स हाल्ने लगायतका सेवाबाट अगाडि बढ्न सकिन्छ।' अहिले प्रदान गर्दै गरेको सूचना मुलक सेवामा भने तत्काल फिचर थप गर्ने उनले बताए। 'नविल बैंकको मर्चेन्टको रुपमा रहेको कुनै रेष्टुरेन्ट या सपिङ सेन्टरले हाम्रा कार्ड बाहकलाई छुट दिएको खण्डमा त्यसको जानकारी भाइबर बैंकिङबाटै ग्राहकलाई दिने फिचर थप गर्ने सोचमा रहेका छौँ' उनले भने।
भाइबर बैंकिङलाई 'गुगल म्याप'सँग पनि लिंक गरिएको छ। त्यसैले कुनै ग्राहकले आफु रहेको ठाउँबाट नजिकैको शाखा या एटिएम मेसिनको जानकारी पनि भाइबर बैंकिङबाटै लिन सक्छन्। साथै यो सेवाले विदेशमा जाँदा समेत आफ्नो खातामा भएको कारोबार एवं आफुले पठाएको रेमिट्यान्स आफ्नो खातामा पुगे/नपुगेको हेर्न सकिने नबिलका शर्मा बताउँछन्।
नबिलले गत कात्तिक १५ गतेबाट यो सेवा सुरु गरेको हो। आइतबारसम्ममा यसका प्रयोगकर्ता १७ सय नाघिसकेका छन्। फेसबुक लगायतका अरु सामाजिक सञ्जाल र डिजिटल मिडियामा प्रचार प्रसार गरेर अधिकतम भाइबर प्रयोगकर्ता खाताधनीलाई यो सेवामा आकर्षित गर्ने शर्माले जानकारी दिए।उत्तरी छिमेकी चीनले सामाजिक सञ्जालमा आधारित बैंकिङमा ठूलो छलाङ मारि सके पनि 'क्यास लेस' कारोबारमा तीब्र लबिङ गरिरहेको भारतले यस्तो सेवा सुरु गर्न सकेको छ। नेपालले यसमा सफलता पाए नयाँ ट्रेन्ड बस्ने एफवान सफ्टका ढकालको विश्वास छ।
The post इन्टरनेट बैंकिङ सेवाका लागि बैंक समेत पुग्नु नपर्ने, भाइबर प्रयोगकर्ताको मोबाइलमै बैंक appeared first on BIZMANDU.
व्यवसायी राजेन्द्र खेतानको नयाँ रुप, भन्छन्- जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टीनै हो
पहिलो संविधानसभा अप्रत्याशित रुपमा अन्तिम समयमा विघटन नभएको भए राजेन्द्र खेतानको जीवन आज अर्कै हुन सक्थ्यो। सायद कुनै राजनीतिक दलको सकृय नेताको रुपमा आसन्न चुनावका लागि जनतामाझ उनी भोट मागिरहेका हुन सक्थे या कुनै नयाँ व्यावसायिक 'भेञ्चर'का लागि रणनीतिक योजना बुनिरहेका हुन सक्थे ।
पहिलो संविधानसभाको असफलताले खेतानको जीवनमा यूटर्न भयो।हरेक राजनीतिक कार्यक्रम र व्यावसायिक कार्यक्रम नछुटाउने खेतान एकाएक हराए।ती सबै कार्यक्रममा उनी देखिन छाडे।संविधानसभा विघटन हुनुभन्दा अघि उनी हरेक फोरममा अग्रपंक्तिमा बसेर आफ्ना धारणा राख्ने खेतान कता हराए?
'संविधानसभामा ९० प्रतिशत हाराहारी उपस्थित भएर जुन मेहनत गरियो अन्त्यमा त्यसबाट ठोस नतिजा आएन, उनी सुनाउँछन्- अनि जति दगुरे पनि यस्तै रहेछ भन्ने लाग्न थाल्यो र सबै क्षेत्रमा ब्याक सिट रोजेँ।'
सार्वजनिक समारोहमा कम जाने, भेटघाट र पार्टीहरु पनि खासै रुची नदेखाउने, व्यवसायमा पनि आफैं मरिहत्ते गरेर दगुर्ने भन्दा 'प्रोफेसनल'लाई जिम्मा लगाउने। हरेक दिन उनको  दैनिकी बदलिन थाल्यो।
खेतानकै परिभाषामा उनी 'फ्रन्ट सिटबाट ब्याक सिट'मा सरेका हुन्।
बिहान ११ बजे हात्तिसार स्थित लक्ष्मी कम्प्लेसको पुरानो ब्लकको पाचौँ तलामा रहेको कार्यालय पुग्ने र दैनिक व्यवसायीक हिसाब किताव हेर्ने आदत उनले विस्तारै कम गर्न थाले। केही समयमा आफ्नो कार्यालय नै बदले।
ल्यापटप, टेलिफोन र बिजनेशका अनेक फाइलहरुले भरिएको टेबल र कुर्सी जस्ताको तस्तै छोडेर खेतान माथिल्लो तलामा उक्लिए, जहाँ उनले साथीभाइसँग जमघट, रमाइलो गर्न भनेर एउटा कोठा छुट्याएका थिए।
खेतानको कार्यालयमा बिताउने समयमा त कमी आयो नै जतिबेला पुग्थे त्यो बेला पनि साविक कार्यालय नबसी माथिल्लो तलामै समय बिताउन थाले। दैनिक आदेश एवं कार्ययोजना सोध्न आउने कर्मचारीलाई आफुले नीति बनाउने र त्यही अनुरुप काम गरेर ७/१० दिनमा रिपोर्टिङ गर्न सुझाए।
विस्तारै खेतान एक यात्रुमा बदलिए। दैनिक भीडभाड युक्त जीवनबाट शान्तिको बाटो रोजेपछि आफ्नालागि समय उपलब्ध हुन थाल्यो। उनको भित्री मनले उनीभित्रको खुवीलाई बिस्तारै बाहिर निकाल्यो। उनी हरक्षण विजनेशको अंक गणित होइन जीवनको आनन्दको हिसाव गर्न लागे।
तपार्इले व्यावसायिक जीवनबाट मोक्ष प्राप्त गर्नुभएको हो? ‘मोक्ष होइन व्यावसायिक जीवनलार्इ शान्तितिर मोडेको मात्रै हो। मैले अहिले जे गरिररहेको छु त्यसबाट मलार्इ सन्तुष्टी छ, उनी भन्छन्- मैले जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टी नै हो र अहिले सन्तुष्टीमा धेरै ठूलो नेट प्रफिट गरेको छु।’
व्यावसायिक जीवनमा होमिएर कर्पोरेट गेमप्लानमा लाग्नेहरुका लागि खेतानको यो विचार अध्यात्मतर्फ ढल्केजस्तो लाग्न सक्छ।  तर उनी आफुभित्र आएको परिवर्तनलार्इ अध्यात्मसँग जोड्न चाहँदैनन्। ‘म अध्यात्मतर्फ लागेको होइन मैले जीवन मात्रै बुझेको हो, खेतान भन्छन्- जीवन बुझ्नु र अध्यात्म फरक विषय हुन्।’
उनी जीवन रफ्तारको पूरानो गतिलार्इ परिवर्तन गरेर नयाँ गतिमा लगेको मात्रै बताउँछन्। त्यसो भए कुनै समय व्यवसाय र राजनीतिको कर्पोरेट आइकन बनेका खेतानको पुनर्जन्म भएको हो? ‘मेरो पुनर्जन्म भन्दा हुन्छ। मैले व्यावसायिक जीवनलार्इ परिवर्तन गरेको छु।
जानेर नजानेर १०/१२ बर्षकै उमेर देखि विजनेशमा आवद्ध भइयो,  उनी सुनाउँछन्- उमेरले ४० पुगेपछि अब सधैं यही रफ्तारमा भिडेर कहाँ पुग्ने हो र भन्ने लाग्न थाल्यो' उनले भने। स्वतन्त्र समय विताउन थाले पछि खेतानको विदेश यात्रा पनि बढ्न थाल्यो। उनी जहाँ पुग्थे त्यहाँ कुनै विजनेश प्रोजेक्ट या प्रोडक्टमा आँखा जान कम भयो। उनी त त्यहाँका कुनै युनिक आइकन, तस्विर, पेन्डिङ या डिजाइनमा पो अडिन थाले।
बुबा मोहनगोपाल खेतानको पनि रुची यस्तै थियो। मदिरा नपिउने मोहन गोपाल विश्वका जुन मुलुक पुगे पनि त्यहाँको खास ‘लिकर’ संकलन गरेर ल्याउँथे। बुबाको त्यो गुण आफुभित्र पनि रहेको राजेन्द्रले विस्तारै महसुश गरे। तर, छोराको रुची भने लिकर भन्दा पनि ऐतिहासिक बस्तु र तस्विरमा थियो।
कुनै म्युजियम या मन्दिर घुम्न भनेर भयो, साथमा गएका व्यक्ति भित्रै तस्विर लिन, दोहोर्याएर हेर्न थाल्छन्। खेतान भने एकसर्को नजर डुलाइ सकेपछि नजिकैको पसलमा पुग्छन्। भित्र संग्रहालय/मन्दिरमा देखिएका कुनै मन छुने वस्तु पाएसम्म सक्कल नभए प्रतिलिपी किन्छन् र लिएर आउँछन्। यसरी अहिले खेतानको शौख नै अर्कै बन्न पुगेको छ, जुन उनको नाम सुन्ने वित्तिकै हरकोहीको मानसपटलमा घुम्ने राजेन्द्र खेतान भन्दा विल्कुल फरक छ।
खेतानले आफ्नो अहिलेको कार्यकक्षको वरिपरी तिनै आइकनिक वस्तु एवं तस्विरहरु राखेका छन्। विश्वकै कुनै पनि 'युनिक आइकन' नछुट्याउने आफ्नो प्रयत्न रहेको उनको भनाइ छ। कतिपय आइकनलाई उनले थप आकर्षक बनाउन 'रि-डिजाइन' पनि गरेका छन्। विश्वभरबाट युनिक आइकन मात्र सँगालेर ल्याएका छैनन्, आफ्नै परिवारको इतिहासमा पनि त्यहीँ भित्र अटाएका छन्। एक किसिमले खेतानले आफ्नो अहिलेको कार्यकक्षलाई 'मिनी म्युजियम' नै बनाएका छन्।
हजुरबुवाका पालाको रेडियोदेखि घरमा चलाइएको पुरानो तराजुसम्म अहिले उनको कार्यकक्षको शोभा बनेका छन्। जहाँ उनी दैनिक १२ बजेपछि पुग्छन्, व्यावसायिक सर-सल्लाह केही गर्नै पर्ने भए गर्छन्। नत्र केही साथीभाइलाई भेट्छन् र साँझ ५-६ बजे निस्किसक्छन्। त्यसपछि उनको गन्तव्य दायाँ बायाँ हुँदैन, सिधै सानेपास्थिर घर पुग्छन्, जहाँ उनकी १० बर्षकी कान्छी छोरी बाबाको प्रतिक्षामा हुन्छिन्।
ठूली छोरी बेलायतको विश्वविद्यालयमा अध्ययनरत छिन्। बेलाबेला छोरी भेट्न उतै पुगिरहेका हुन्छन् उनी। उनको पनि रुची बिजनेशनमाभन्दा धेरै प्राज्ञिक क्षेत्रमै छ। सानी त सानी नै भइहालिन्। यस कारण पनि खेतानलाई पारिवारिक वातावरण नै व्यवसायभन्दा प्रिय लाग्न थाल्यो ।
अहिले खेतानको ‘मिनी म्युीजियम’मा बिभिन्न मुलुकका ६५० भन्दाबढी ‘आइकन’ छन्। जेरुसेलमको ओरिजिनल ढुङ्गादेखि, भुटानको धनुषबाण, मौरिससको पहिचान झल्कने डुङ्गा, राजस्थानको उँटको प्रतिमासम्म उनको कार्यकक्षको भित्ता र ‘र्याक’हरुमा सजिएका छन्। रविन्द्रनाथ टेगोर देखि माइकल ज्याक्सनसम्मका ‘पेन्टेड’ तस्विर खेतानको संग्रहमा छन्।
अहिले त साथीभाइले कतैबाट उनलाई उपहार ल्याइदिनु पर्यो भने पनि यस्तै आइकन रोज्ने गरेका छन्। यस क्रममा एकजना साथीले मेक्सिकोबाट ल्याइदिएको मण्डला नेपाली आकृतिसँग समेत हुबहु मिल्दो देखिन्छ। मध्यपूर्वको कार्पेट होस् या मरुभूमीमा हिँड्दा पानी नतातोस् भनेर बोकिने छालाको तुम्लेट, सबै खेतानको कार्यकक्षको आकर्षण बनेका छन्।
नेपालकै पनि कतिपय पुराना चिन्ह एवं भाँडाकुँडालाई उनले रंङ् रोगन गरेर आकर्षक बनावट आफ्नो सजाएका छन्। कसैले काम नलाग्ने भनेर फ्याँकेको वस्तुमा आफुले आकर्षण देख्ने खेतान बताउँछन्।
युवा उमेर देखि नै जुझारु भएर व्यवसायमा लागेका खेतानको पछिल्लो आदत उनी विस्तारै सन्यास तिर उन्मुख भएको संकेत हो?
‘अवश्य होइन, उनी जवाफ दिन्छन्- हिजोको अर्थ सामाजिक सोचबाट क्रमशः पारिवारिक समाजतर्फ ढल्किएको चाहिँ हो, हिजो कुनै साथीसँग बिजनेश र नाफा/घाटाको कोणबाट पनि मित्रता हुन्थ्यो, अहिलेको मित्रतामा कुनै स्वार्थ जोडिँदैन। ’
The post व्यवसायी राजेन्द्र खेतानको नयाँ रुप, भन्छन्- जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टीनै हो appeared first on BIZMANDU.
व्यवसायी राजेन्द्र खेतानको नयाँ रुप, भन्छन्- जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टीनै हो
पहिलो संविधानसभा अप्रत्याशित रुपमा अन्तिम समयमा विघटन नभएको भए राजेन्द्र खेतानको जीवन आज अर्कै हुन सक्थ्यो। सायद कुनै राजनीतिक दलको सकृय नेताको रुपमा आसन्न चुनावका लागि जनतामाझ उनी भोट मागिरहेका हुन सक्थे या कुनै नयाँ व्यावसायिक 'भेञ्चर'का लागि रणनीतिक योजना बुनिरहेका हुन सक्थे ।
पहिलो संविधानसभाको असफलताले खेतानको जीवनमा यूटर्न भयो।हरेक राजनीतिक कार्यक्रम र व्यावसायिक कार्यक्रम नछुटाउने खेतान एकाएक हराए।ती सबै कार्यक्रममा उनी देखिन छाडे।संविधानसभा विघटन हुनुभन्दा अघि उनी हरेक फोरममा अग्रपंक्तिमा बसेर आफ्ना धारणा राख्ने खेतान कता हराए?
'संविधानसभामा ९० प्रतिशत हाराहारी उपस्थित भएर जुन मेहनत गरियो अन्त्यमा त्यसबाट ठोस नतिजा आएन, उनी सुनाउँछन्- अनि जति दगुरे पनि यस्तै रहेछ भन्ने लाग्न थाल्यो र सबै क्षेत्रमा ब्याक सिट रोजेँ।'
सार्वजनिक समारोहमा कम जाने, भेटघाट र पार्टीहरु पनि खासै रुची नदेखाउने, व्यवसायमा पनि आफैं मरिहत्ते गरेर दगुर्ने भन्दा 'प्रोफेसनल'लाई जिम्मा लगाउने। हरेक दिन उनको  दैनिकी बदलिन थाल्यो।
खेतानकै परिभाषामा उनी 'फ्रन्ट सिटबाट ब्याक सिट'मा सरेका हुन्।
बिहान ११ बजे हात्तिसार स्थित लक्ष्मी कम्प्लेसको पुरानो ब्लकको पाचौँ तलामा रहेको कार्यालय पुग्ने र दैनिक व्यवसायीक हिसाब किताव हेर्ने आदत उनले विस्तारै कम गर्न थाले। केही समयमा आफ्नो कार्यालय नै बदले।
ल्यापटप, टेलिफोन र बिजनेशका अनेक फाइलहरुले भरिएको टेबल र कुर्सी जस्ताको तस्तै छोडेर खेतान माथिल्लो तलामा उक्लिए, जहाँ उनले साथीभाइसँग जमघट, रमाइलो गर्न भनेर एउटा कोठा छुट्याएका थिए।
खेतानको कार्यालयमा बिताउने समयमा त कमी आयो नै जतिबेला पुग्थे त्यो बेला पनि साविक कार्यालय नबसी माथिल्लो तलामै समय बिताउन थाले। दैनिक आदेश एवं कार्ययोजना सोध्न आउने कर्मचारीलाई आफुले नीति बनाउने र त्यही अनुरुप काम गरेर ७/१० दिनमा रिपोर्टिङ गर्न सुझाए।
विस्तारै खेतान एक यात्रुमा बदलिए। दैनिक भीडभाड युक्त जीवनबाट शान्तिको बाटो रोजेपछि आफ्नालागि समय उपलब्ध हुन थाल्यो। उनको भित्री मनले उनीभित्रको खुवीलाई बिस्तारै बाहिर निकाल्यो। उनी हरक्षण विजनेशको अंक गणित होइन जीवनको आनन्दको हिसाव गर्न लागे।
तपार्इले व्यावसायिक जीवनबाट मोक्ष प्राप्त गर्नुभएको हो? ‘मोक्ष होइन व्यावसायिक जीवनलार्इ शान्तितिर मोडेको मात्रै हो। मैले अहिले जे गरिररहेको छु त्यसबाट मलार्इ सन्तुष्टी छ, उनी भन्छन्- मैले जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टी नै हो र अहिले सन्तुष्टीमा धेरै ठूलो नेट प्रफिट गरेको छु।’
व्यावसायिक जीवनमा होमिएर कर्पोरेट गेमप्लानमा लाग्नेहरुका लागि खेतानको यो विचार अध्यात्मतर्फ ढल्केजस्तो लाग्न सक्छ।  तर उनी आफुभित्र आएको परिवर्तनलार्इ अध्यात्मसँग जोड्न चाहँदैनन्। ‘म अध्यात्मतर्फ लागेको होइन मैले जीवन मात्रै बुझेको हो, खेतान भन्छन्- जीवन बुझ्नु र अध्यात्म फरक विषय हुन्।’
उनी जीवन रफ्तारको पूरानो गतिलार्इ परिवर्तन गरेर नयाँ गतिमा लगेको मात्रै बताउँछन्। त्यसो भए कुनै समय व्यवसाय र राजनीतिको कर्पोरेट आइकन बनेका खेतानको पुनर्जन्म भएको हो? ‘मेरो पुनर्जन्म भन्दा हुन्छ। मैले व्यावसायिक जीवनलार्इ परिवर्तन गरेको छु।
जानेर नजानेर १०/१२ बर्षकै उमेर देखि विजनेशमा आवद्ध भइयो,  उनी सुनाउँछन्- उमेरले ४० पुगेपछि अब सधैं यही रफ्तारमा भिडेर कहाँ पुग्ने हो र भन्ने लाग्न थाल्यो' उनले भने। स्वतन्त्र समय विताउन थाले पछि खेतानको विदेश यात्रा पनि बढ्न थाल्यो। उनी जहाँ पुग्थे त्यहाँ कुनै विजनेश प्रोजेक्ट या प्रोडक्टमा आँखा जान कम भयो। उनी त त्यहाँका कुनै युनिक आइकन, तस्विर, पेन्डिङ या डिजाइनमा पो अडिन थाले।
बुबा मोहनगोपाल खेतानको पनि रुची यस्तै थियो। मदिरा नपिउने मोहन गोपाल विश्वका जुन मुलुक पुगे पनि त्यहाँको खास ‘लिकर’ संकलन गरेर ल्याउँथे। बुबाको त्यो गुण आफुभित्र पनि रहेको राजेन्द्रले विस्तारै महसुश गरे। तर, छोराको रुची भने लिकर भन्दा पनि ऐतिहासिक बस्तु र तस्विरमा थियो।
कुनै म्युजियम या मन्दिर घुम्न भनेर भयो, साथमा गएका व्यक्ति भित्रै तस्विर लिन, दोहोर्याएर हेर्न थाल्छन्। खेतान भने एकसर्को नजर डुलाइ सकेपछि नजिकैको पसलमा पुग्छन्। भित्र संग्रहालय/मन्दिरमा देखिएका कुनै मन छुने वस्तु पाएसम्म सक्कल नभए प्रतिलिपी किन्छन् र लिएर आउँछन्। यसरी अहिले खेतानको शौख नै अर्कै बन्न पुगेको छ, जुन उनको नाम सुन्ने वित्तिकै हरकोहीको मानसपटलमा घुम्ने राजेन्द्र खेतान भन्दा विल्कुल फरक छ।
खेतानले आफ्नो अहिलेको कार्यकक्षको वरिपरी तिनै आइकनिक वस्तु एवं तस्विरहरु राखेका छन्। विश्वकै कुनै पनि 'युनिक आइकन' नछुट्याउने आफ्नो प्रयत्न रहेको उनको भनाइ छ। कतिपय आइकनलाई उनले थप आकर्षक बनाउन 'रि-डिजाइन' पनि गरेका छन्। विश्वभरबाट युनिक आइकन मात्र सँगालेर ल्याएका छैनन्, आफ्नै परिवारको इतिहासमा पनि त्यहीँ भित्र अटाएका छन्। एक किसिमले खेतानले आफ्नो अहिलेको कार्यकक्षलाई 'मिनी म्युजियम' नै बनाएका छन्।
हजुरबुवाका पालाको रेडियोदेखि घरमा चलाइएको पुरानो तराजुसम्म अहिले उनको कार्यकक्षको शोभा बनेका छन्। जहाँ उनी दैनिक १२ बजेपछि पुग्छन्, व्यावसायिक सर-सल्लाह केही गर्नै पर्ने भए गर्छन्। नत्र केही साथीभाइलाई भेट्छन् र साँझ ५-६ बजे निस्किसक्छन्। त्यसपछि उनको गन्तव्य दायाँ बायाँ हुँदैन, सिधै सानेपास्थिर घर पुग्छन्, जहाँ उनकी १० बर्षकी कान्छी छोरी बाबाको प्रतिक्षामा हुन्छिन्।
ठूली छोरी बेलायतको विश्वविद्यालयमा अध्ययनरत छिन्। बेलाबेला छोरी भेट्न उतै पुगिरहेका हुन्छन् उनी। उनको पनि रुची बिजनेशनमाभन्दा धेरै प्राज्ञिक क्षेत्रमै छ। सानी त सानी नै भइहालिन्। यस कारण पनि खेतानलाई पारिवारिक वातावरण नै व्यवसायभन्दा प्रिय लाग्न थाल्यो ।
अहिले खेतानको ‘मिनी म्युीजियम’मा बिभिन्न मुलुकका ६५० भन्दाबढी ‘आइकन’ छन्। जेरुसेलमको ओरिजिनल ढुङ्गादेखि, भुटानको धनुषबाण, मौरिससको पहिचान झल्कने डुङ्गा, राजस्थानको उँटको प्रतिमासम्म उनको कार्यकक्षको भित्ता र ‘र्याक’हरुमा सजिएका छन्। रविन्द्रनाथ टेगोर देखि माइकल ज्याक्सनसम्मका ‘पेन्टेड’ तस्विर खेतानको संग्रहमा छन्।
अहिले त साथीभाइले कतैबाट उनलाई उपहार ल्याइदिनु पर्यो भने पनि यस्तै आइकन रोज्ने गरेका छन्। यस क्रममा एकजना साथीले मेक्सिकोबाट ल्याइदिएको मण्डला नेपाली आकृतिसँग समेत हुबहु मिल्दो देखिन्छ। मध्यपूर्वको कार्पेट होस् या मरुभूमीमा हिँड्दा पानी नतातोस् भनेर बोकिने छालाको तुम्लेट, सबै खेतानको कार्यकक्षको आकर्षण बनेका छन्।
नेपालकै पनि कतिपय पुराना चिन्ह एवं भाँडाकुँडालाई उनले रंङ् रोगन गरेर आकर्षक बनावट आफ्नो सजाएका छन्। कसैले काम नलाग्ने भनेर फ्याँकेको वस्तुमा आफुले आकर्षण देख्ने खेतान बताउँछन्।
युवा उमेर देखि नै जुझारु भएर व्यवसायमा लागेका खेतानको पछिल्लो आदत उनी विस्तारै सन्यास तिर उन्मुख भएको संकेत हो?
‘अवश्य होइन, उनी जवाफ दिन्छन्- हिजोको अर्थ सामाजिक सोचबाट क्रमशः पारिवारिक समाजतर्फ ढल्किएको चाहिँ हो, हिजो कुनै साथीसँग बिजनेश र नाफा/घाटाको कोणबाट पनि मित्रता हुन्थ्यो, अहिलेको मित्रतामा कुनै स्वार्थ जोडिँदैन। ’
The post व्यवसायी राजेन्द्र खेतानको नयाँ रुप, भन्छन्- जति नाफा गरेपनि पाउने भनेको सन्तुष्टीनै हो appeared first on BIZMANDU.
लोडसेडिङ अन्त्य भएको एक बर्ष, यसरी हटाएका थिए गत बर्ष लक्ष्मी पूजाको दिनबाट कुलमानले अँध्यारो
मुलुकमा लोडसेडिङ अन्त्य भएको एक बर्ष पुगेको छ। गत बर्ष लक्ष्मी पूजाकै दिनबाट नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य गरेको थियो। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङ अनन्त उज्यालो दिने मिसनमा थिए। त्यसका लागि उनले ‘ट्रायल’को गर्ने सबैभन्दा उपयुक्त दिनको रुपमा लक्ष्मी पूजालाई छाने, किनभने यहि दिन नेपालमा बिजुलीको माग सबैभन्दा धेरै हुने गरेको छ। अन्ततः उनी सफल भए र त्यस यताका एक बर्ष नेपालीले अँध्यारोमा बस्नु परेको छैन। लोडसेडिङ अन्त्यमा कुलमान फर्मुला बारे बिजमाण्डूमा गत बर्षको कात्तिक २२ गते प्रकाशित स्टोरी आज पुनः प्रकाशन गरेका छौँ-
काठमाडौँ । गत बर्ष तिहार (२०७३) को मुखमा गोरखापत्रमा सूचना आयो- 'दिपावलीको बेला माग अनुसार बिद्युत आपुर्ती गर्न नसकिने हुँदा उपभोक्ताले झिलिमिली बत्ति नबालिदिनु होला।'
अन्तिममा सूचना निकाल्ने निकायको नाम लेखिएको थियो- नेपाल विद्युत प्राधिकरण।
प्राधिकरण, यस्तो निकाय जसलाई मुलुकमा विद्युत आपूर्तिको एकाधिकार छ। बिजुली दिनु पर्ने निकाय आफैंले दिपावली गर्ने चाडमा बत्ति नबाल्नु भन्दै सूचना जारी गर्दा सर्वसाधारणले चित खाएका थिए।
तर, नेपाली जनताले त्यति धेरै आश्चर्य भने मानेनन्। किनभने त्यहि निकायले दिनमा १८ घण्टासम्म लोडसेडिङ गर्दा समेत पचाउने बानी परि सकेको थियो।
तर यसपटक एक किसिमले चमत्कार नै भयो। लक्ष्मी पूजा मात्र होइन तिहारको कुनै पनि दिन राजधानीमा एक मिनेट पनि लोडसेडिङ भएन।
आखिर यो 'चमत्कार' कसरी भयो?
प्राधिकरणको नेतृत्वमा दशैं अघि मात्र कुलमान घिसिङ आएका थिए। दशैं बिदा पछि तिहारमा पर्याप्त बिजुली दिन नसकिने बिगतको नजिरसहित सूचना प्रकाशनको प्रस्ताव लिएर सम्बन्धित विभागका कर्मचारी उनीकहाँ नपुगेका होइनन्।
उनले जवाफ दिए- 'यो त उज्यालोको चाड हो। जनतालाई कसरी बत्ती नबाल भन्नु। होस्, सबैले धक फुकाएर बालुन्। पुगेसम्म दिउँला केहि नलागे लोडसेडिङ हुन्छ, जुन सधैं गरिएकै पनि छ। यस पटक पनि त्यहि गरौँला।'
कर्मचारीलाई यो जवाफ दिएपनि घिसिङको भित्री मनमा अर्कै अठोट थियो- यो तिहारलाई लोडसेडिङ मुक्त बनाउने।
तिहार अगावैदेखि उनले कर्मचारीलाई लोड व्यवस्थानका लागि सुझाएका थिए। त्यस अनुरुप लोडसेडिङ गर्नै परेको थिएन। कुकुर तिहारको दिनसम्म त्यसमा उनी सफल पनि भए। उपत्यकाबासीमा कुनै औपचारिक मेलोमेसो थिएन, आखिर किन बत्ति गएको छैन?
धेरैको अनुमान छुट्टीले कल कारखाना नचलेको भन्ने थियो।
घिसिङले पनि काम नगरि हल्लाखल्ला गर्न बेकार ठाने। उनी कसरी २४ घण्टा 'अप टु डेट' बिजुली दिन सकिन्छ भन्नेमा मात्र लागे।
सबैभन्दा ठूलो खड्गो लक्ष्मी पूजाको दिन थियो। किनभने त्यो दिन देशमा बर्षकै सर्वाधिक धेरै बिजुली माग हुन्छ।
कार्यालयमा तिहारको बिदा भैसकेको थियो। तर, घिसिङ आफु भने बिल्कुल छुट्टीको मुडमा थिएनन्।
आफैंलाई चुनौती दिएका थिए- लोडसेडिङ मुक्त तिहार बनाउँछु भन्ने।
मनमा चलिरहेको एक तमासको द्वन्दका बीच लक्ष्मी पूजाको दिन साँझ पाँच बजे उनी काठमाडौंको स्युचाटारस्थित प्राधिकरणको भारप्रेषण केन्द्र पुगे। बिद्युत माग, आपुर्ती र लोड सेडिङ्को निर्णय लिने र व्यवस्थापन मिलाउने कार्यालय त्यहि हो।
साँझ पर्दै गए पछि उपत्यकाको विद्युत मागको पारो उकालो लाग्न थाल्यो। स्युचाटार डाँडाबाट उपत्यकाको झिलिमिली तर्फ पनि आँखा लगाउँदै घिसिङ कार्यालयमा रहेको बिजुली माग र आपुर्तीको मिटर अनवरत हेरि रहेका थिए। मागको पारो माथि चढ्दै जाँदा उनको पनि मुटुको धड्कन बढ्दै थियो।
उनलाई तिहारमा लोडसेडिङ गर्न पाइन्न भनेर कसैले निर्देशन दिएको होइन। उनी आफैंले आफुलाई चुनौति दिएका थिए। सबैभन्दा कठिन परिक्षा त्यहि हुन्छ जब आफैंले आफुलाई चुनौति दिइन्छ।
घिसिङ यहि तनावमा थिए। मागको पारो बढ्दै गएर ३०० सय मेगावाट नाघ्यो। त्यतिन्जेलसम्म पनि कतै विद्युत काट्नु परेको थिएन। घिसिङ धैर्य पुर्वक प्रतिक्षामा थिए।
३१५ मेगावाटमा पुगेर मागको पारो अडियो। घिसिङले लामो स्वास ताने।
साँझ टर्दै जाँदा अब मागको पारो ओरालो लाग्न थाल्यो। आठ बजेसम्म हेरेपछि अब थप दबाव पर्दैन भन्नेमा उनी ढुक्क भए।
राजधानीमा सबै क्षेत्रमा बत्ति त दिइयो। लोडसेडिङ पनि भएन। तर, त्यस अनुरुप सिष्टमले सपोर्ट गर्योि कि गरेन? सबै ठाउँमा बत्ति बल्यो कि बलेन? अब घिसिङ बितरण केन्द्रहरु चियाउन थाले।
सबै केन्द्रमा जहाँ समस्या आउँछ त्यहाँ तत्काल मर्मतमा दौडी हाल्ने 'नो लाइट'को जनशक्ति सहितका गाडी स्ट्यान्डबाइ थिए।
आठ बजे भारप्रेषण केन्द्रबाट निस्किएर दुई घण्टा उपत्यकाका नो लाइट सेन्टरहरु घुमे उनी। कतै पनि कुनै गुनासो आएको थिएन। बत्ति गयो मर्मत गर्न आउनुस भन्ने गुनासोबाट वाक्क दिक्क भएका नो लाइटका कर्मचारी समेत त्यो दिन अचम्मित भए।
झन्डै ४० लाख जनसंख्या रहेको उपत्याकामा लक्ष्मी पूजाको साँझ जम्मा एक ठाउँको ट्रान्सफरमरमा समस्या देखियो। बुढानिलकण्ठको एउटा ट्रान्फरमरको एउटा फेजमा समस्या थियो। त्यो फेजबाट विद्युत जाने केही घरको बत्ती भोल्टेज नपुगेपछि मधुरो बलेको थियो।
ट्रान्सफरमरका तीनमध्ये दुईवटा फेज चालु थिए। बिग्रेको फेजका ग्राहकलाई प्राधिकरणको प्राविधिक टोलीले तत्काल चालु रहेका दुई फेज अन्तर्गत सारिदिए।
तर, त्यहींबाट धेरै लामो तार तानेर बिजुली लगेका दुई घरमा भने फेज सिफ्ट गरेर बिद्युत पठाउन संभव नै भएन। यसरी लक्ष्मीपुजाको साँझ बुढानिलकण्ठका ती दुई घर बाहेक बत्ति नपाउने अरु कुनै घर थिएनन्।
त्यहि एउटा ट्रान्सफरमरबाहेक अरु कतै पनि समस्या नदेखिएपछि काठमाडौँको वितरण प्रणाली चुस्त छ भन्नेमा घिसिङ ढुक्क भए।
हिजो र आजको कर्मचारीदेखि सिष्टमसम्म सबै त्यहि थियो। विद्युत उत्पादन गर्ने आयोजना तिनै थिए, भारतदेखि आपूर्ती गर्ने र एकदेखि अर्को ठाउँसम्म विद्युत लोड पठाउने प्रशारण लाइन त्यही थियो। मात्रै विद्युत प्राधिकरणको नेतृत्व मात्र फेरिएको थियो। एउटा मात्र मान्छे परिवर्तन हुँदा पनि यत्रो धेरै चमत्कार हुन्छ? घिसिङलाई बिजमाण्डूको प्रश्न थियो।
उनले जवाफ दिए- 'हो नेतृत्वको प्रतिबद्धता र अपनत्वभावले संस्थाको गतिलाई अवश्य प्रभाव पार्छ।'
घिसिङ इलेक्ट्रिकल इन्जिनयर हुन्। उनले प्राधिकरणको सिष्टम बुझेका छन्। साथसाथै उनको अतिरिक्त क्षमता हो व्यवस्थापन। एमबिए पनि गरेका उनले भने, अरुलाई के हुन्छ थाहा छैन तर विद्युतको व्यवस्थापन गर्न मलाई केहि सहज लाग्छ।
त्यसबाहेक यो नतिजा हासिल गर्न भार प्रेषण केन्द्रका कर्मचारीहरुको दृढता र उत्प्रेरणाको ठूलो हात रहेको उनको भनाइ छ।
तर, प्रश्न यहाँ व्यवस्थापनको मात्र होइन। विद्युत स्रोत उपलब्धताको पनि हो। सुरु देखि नै लोडसेडिङको उपहार पाएको काठमाडौँका लागि आखिर कहाँबाट ल्याए त घिसिङले त्यत्रो बिजुली?
उनका अनुसार कुनै नयाँ स्रोतबाट उपत्यकामा बिद्युत भित्र्याएको होइन। मात्र कुशल व्यवस्थापनले यो उपलब्धि हासिल भएको हो।
काठमाडौँको गृडमा अहिलेसम्म भारतबाट आयात हुने विद्युत जोडिएको छैन।आसपासकै मर्स्याङ्दी, खिम्ती, लामोसाँघु एवं त्रिशुली करिडोरका प्रोजेक्टबाट यहाँ बिजुली आपूर्ति हुँदै आएको छ। यी आयोजनाबाट उत्पादित विद्युतलाई माग र आपुर्तीको सन्तुलन मिलाएर हामीले व्यवस्थापन गर्यौं, उनले भने। अर्थात हिजो जुन बिजुलीका कारण लोडसेडिङ हुन्थ्यो, घिसिङ व्यवस्थापनमा त्यही छेलोखेलो भयो।
यहाँ रिजर्भवायरको रुपमा जलाशययुक्त ९० मेगावाटको कुलेखानी आयोजना र हेटौँडामा १० मेगावाटको डिजेल प्लान्ट पनि छ।
घिसिङले यी दुवै प्लान्ट पिक आवरमा मात्र चलाउन भने। अरु बेला अन्य आयोजनाबाट उत्पादित विद्युतको सन्तुलित वितरणले नै लोडसेडिङ हुन दिएनन्।
तिहारमा काठमाडौंभन्दा पनि बाहिरका लागि कुलेखानी चलाइयो। परिमाण स्वरुप उपत्यकामा त लोडसेडिङ भएन नै। बाहिर समेत कुनै ठाउँमा आपत परेको स्थानमा मात्रै त्यो पनि आधा घण्टाभन्दा बढी बत्ति गएन। धेरै औद्योगिक फिडर भएको क्षेत्रमा मात्र केही समय बिजुली काटिएको उनले बताए।
'तिहारको माग व्यवस्थापन हाम्रो सबै स्रोतलाई अधिकतम उपयोग गरेर गरिएको हो' घिसिङ भन्छन्।
जब उपत्यका र बाहिरका समेत धेरै जसो स्थानमा सर्वाधिक मागको दिनसमेत बिना लोडसेडिङ बिजुली पुर्यामउन सफल भए अनि घिसिङको मनमा नयाँ आइडिया जन्मियो- 'आखिर काठमाडौँको सिष्टम त्यत्रो विधी ठूलो होइन रहेछ।
अत्यधिक माग हुँदा पनि ३०० मेगावाटभन्दा केहि माथि मात्र बिजुली चाहिने। त्यो पनि बर्षमा एक दिन लक्ष्मी पुजा गर्दा जम्मा दुई घण्टाको हाराहारीमा। अनि किन यहाँ सधैं २४ घण्टा उज्यालो बनाउन नसकिने?'
दोस्रो दिन देखि नै काठमाडौँमा पिक आवरको माग लक्ष्मी पुजाको तुलनामा २५ मेगावाट हाराहारीले घट्यो। अहिले साँझको पिक आवरमा उपत्यकाको विद्युत माग २७५ देखि ३०० मेगावाट हाराहारी पुग्ने गरेको छ।
दिउँसोको माग त अझ १५० देखि २०० मेगावाट मात्र रहने घिसिङ बताउँछन्। राती ११ देखि बिहान तीन बजेसम्म १०० मेगावाट हाराहारी विद्युतले पुग्छ। काठमाडौंदेखि बनेपा धुलिखेलमा भएका उद्योगको खपत जम्मा १२ मेगावाट मात्र हो।
त्यही दिन उनी दश वर्षदेखि सात प्रधानमन्त्री, दर्जन हाराहारीका उर्जामन्त्री र आधा दर्जन विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकले फलाकिरहेको तर कहिल्यै पूरा नभएको नयाँ योजनामा जुटे। त्यो थियो लोडसेडिङ मुक्त देश।
त्यसका लागि घिसिङले काठमाडौंलाई मोडलका रुपमा राखे। 'व्यवस्थापन गर्न सक्ने आधार हुँदा हुँदै काठमाडौँलाई अँध्यारोमा किन राख्ने? यहाँ लोडसेडिङ किन गर्नु पर्योँ?' घिसिङले केहि नयाँ गर्ने अठोट लिए।
उनले भोलिपल्टै प्राधिकरणका सबै उच्च पदस्थको बैठक डाके। त्यहिँबाट उपत्यकालाई लोडसेडिङ मुक्त गराउँदा सिष्टमले कति सघाउँछ भनेर अध्ययन गर्न समिति गठन गरियो।
घिसिङलाई लाग्छ काठमाडौँलाई लोडसेडिङ मुक्त गराउन प्राविधिक रुपमा कुनै कठिनाइ छैन। देशैभरका मानिस बस्ने यो शहरलाई उज्यालो बनाउन राजनीतिक प्रतिबद्धता भए तत्कालै संभव हुने उनको विश्वास छ। तर, काठमाडौँमा बत्ति दिएर बाहिर अँध्यारो पारियो जस्ता सस्ता राजनीतिक नारा नआउन् भनेर उनले यसमा सबै दलको प्रतिबद्धता खोजेका छन्।
'हाम्रो चाहना बाहिरको भाग खोसेर यहाँ उज्यालो बनाउँ भन्ने बिल्कुल होइन, उनी भन्छन्- बाहिर पनि संभव भएका ठाउँमा क्रमशः लोडसेडिङ अन्त्य गर्दै लैजाने हो, राजधानीमा तत्कालै संभावना देखिएको हुँदा सबैको साथ खोजेका हौँ।'
एक त राजधानी अर्को त प्राविधिक रुपमा लोड व्यवस्थापन गर्न सहज। यीनै कारण उनले उपत्यकाबाटै लोडसेडिङ मुक्त अभियान सुरु गर्न खोजेका हुन्। '२२ घण्टा २०० मेगावाट विद्युत व्यवस्थापन गरे पुग्ने। दिउँसो नचलाउने हो भने पिक आवर दुई घण्टा त कुलेखानीबाट ९० मेगावाट थपिन्छ' उनी भन्छन्।
कुलेखानी साँझको लागि जोगाएर बाँकी २०० मेगावाट कताबाट पुर्याेउने ?
घिसिङले उपाय सुझाए- 'सुक्खा याममा समेत खिम्ति, त्रिशुली, लामोसाँघु एवं मर्स्याङ्दी करिडोरका प्रोजेक्टबाट २०० मेगावाट विद्युत काठमाडौं आउँछ। साँझमा कुलेखानी हिउँदभरी एकदेखि डेढ घण्टा चलाउन कुनै समस्या पर्दैन। काठमाडौँलाई चाहिएकै त्यति मात्रै हो, त्यहाँभन्दा धेरै होइन्।'
काठमाडौँलाई लोडसेडिङ मुक्त घोषणा गर्न सबै दल सहमत होलान्/ नहोलान्? अध्ययन समितिले के प्रतिवेदन देला? यी प्रश्नको उत्तर अझै गौण नै छ। तर, घिसिङले माथि उल्लेखित फर्मुला लगाएर तिहार अगावै देखि अझैसम्म निरन्तरत काठमाडौँलाई २४ घण्टा उज्यालोमा राखेका छन्।
The post लोडसेडिङ अन्त्य भएको एक बर्ष, यसरी हटाएका थिए गत बर्ष लक्ष्मी पूजाको दिनबाट कुलमानले अँध्यारो appeared first on BIZMANDU.
एनसेल प्रकरण: निरज गोविन्दको नाममा थप ११ अर्ब कर निर्धारण, कुल लाभकर ७५ अर्ब
काठमाडौं । ठूला करदाता कार्यालयले एनसेलका तात्कालिन स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठका नाममा ११ अर्ब रुपैयाँ हाराहारी कर निर्धारण गरेको छ। एनसेलको शेयर बिक्रीमा कम मूल्याङ्कन देखाएको पाएपछि कार्यालयले बुधबार श्रेष्ठको नाममा थप कर निर्धारण गरेको हो।
श्रेष्ठले एनसेलको २० प्रतिशत शेयर ११ अर्ब ५७ करोड रुपैयाँमा व्यापारी सतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठलाई बिक्री गरेको विवरण कर कार्यालयमा बुझाएका थिए। श्रेष्ठले देखाएको मूल्याङ्कन कम्पनीको ८० प्रतिशत शेयर बिक्रीको तुलनामा ६८ प्रतिशत न्यून थियो। जबकी उनले आफुसँग भएको शेयर धितो राखि एनसेलको माउ कम्पनी टेलियाबाट २० अर्ब रुपैयाँ ऋण समेत लिएका थिए।
८० प्रतिशतको बिक्री भन्दा ज्यादै न्यून एवं धितो राखेर ऋण लिएको भन्दा पनि कर रकममा शेयर बेचेको विवरण माथि सरकारी अडिट गर्ने संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको थियो। महालेखाले कर कार्यालयलाई एनसेलको ८० प्रतिशत बिक्रीको रकमसँग समानुपातिक मूल्याङ्कन गरेर श्रेष्ठबाट कर असुल्न निर्देशन दिएको थियो। त्यस अनुरुप श्रेष्ठको हिस्साको शेयरको बिक्री मूल्य ३६ अर्ब १९ करोड ५३ लाख रुपैयाँ हुन आउने महालेखाको निश्कर्ष थियो।
श्रेष्ठले उक्त शेयर खरिद गर्दा २५ करोड रुपैयाँ खर्च भएको र ११ अर्ब ३२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा भएको भन्दै कार्यालयमा दुई अर्ब ८३ करोड रुपैयाँ लाभकर बुझाएका थिए। महालेखाले ३६ अर्ब १९ करोडबाट श्रेष्ठले अबुलेको लाभ (११ अर्ब ३२ करोड) घटाइ बाँकी रकमको २५ प्रतिशतले हुन आउने छ अर्ब १५ करोड रुपैयाँ थप असुल्न कार्यालयलाई निर्देशन दिएको थियो।
अहिले कार्यालयले महालेखाको त्यही निर्देशनलाई आधार मानेर कर निर्धारण गरेको हो। ठूला करदाता कार्यालय स्रोतका अनुसार उक्त रकममा ब्याज र जरिवाना जोडेर कर निर्धारण गरिएको छ। एनसेल खरिद बिक्री २०७२ चैत मसान्तमा भएको थियो। त्यस यताका १८ महिनाको ब्याज एवं ५० प्रतिशत जरिवाना जोडेर श्रेष्ठका नाममा करिब ११ अर्ब रुपैयाँ कर निर्धारण भएको हो।
यो पनि हेर्नुहोस्- एनसेल खरीदमा ‘हिसाब मिलाउँदा’ फसे सतिश, थप छ अर्ब उठाउन महालेखाको निर्देशन
ठूला करदाता कार्यालयले गत भदौ ३१ गते सार्वजनिक सूचना प्रकाशित गरि श्रेष्ठले बुझाएको विवरण चित्त नबुझेको हुँदा थप कर निर्धारण गर्न नपर्ने कारण भए १५ दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको थियो। त्यस अनुरुप श्रेष्ठले पेश गरेको जवाफमा चित्त नबुझेपछि कर निर्धारण गरिएको कार्यालय स्रोतले जानकारी दियो।
अहिले श्रेष्ठको ठेगानामा निर्धारण गरिएको रकम तिर्न आउन रजिष्ट्री चिठी पठाइ सकेको कर कार्यालय स्रोतले जानकारी दियो। ‘उनी कर तिर्न हाजिर नभए केही समयमा सार्वजनिक सूचना नै प्रकाशित गर्छौँ’ स्रोतले भन्यो।
कर निर्धारण रोक्न माग गर्दै श्रेष्ठले सर्बोच्च अदालतमा रिट समेत दायर गरेका थिए। सोमबारको पेशीमा उनले माग गरे बमोजिम सर्बोच्च अदालतले अन्तरिम आदेश नदिएपछि कार्यालयलाई कर निर्धारण गर्न बाटो खुलेको थियो।
कार्यालयले यस अघि नै एनसेलको ८० प्रतिशत शेयर बिक्रीमा करिब ६१ अर्ब रुपैयाँ कर निर्धारण गरि सकेको छ। २० प्रतिशत साझेदार श्रेष्ठको नाममा गरेको थप कर निर्धारण एवं उनले यस अघि तिरेको रकम समेत जोड्दा एनसेल बिक्रीको लाभकर करिब ७५ अर्ब रुपैयाँ पुगेको छ।
The post एनसेल प्रकरण: निरज गोविन्दको नाममा थप ११ अर्ब कर निर्धारण, कुल लाभकर ७५ अर्ब appeared first on BIZMANDU.
कर निर्धारणमा ढिलाइ गरे पछि एनसेल लाभकर मुद्दा अदालत छिर्यो, आजै जोशीको इजलासमा पेशी
काठमाडौं। एनसेल लाभकर प्रकरणमा अदालती ‘ट्रायल’ सुरु भएको छ। एनसेलका तात्कालिन स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठ आफुले बेचेको शेयरमा कर निर्धारण रोक्न माग गर्दै सर्वोच्च अदालतमा 'टेष्टकेस'का रुपमा अदालती ट्रायल सुरु गरिएको हो।
निरज गोविन्द र भावना सिंह श्रेष्ठ।
श्रेष्ठले एनसेलको २० प्रतिशत शेयर भावनासिंह श्रेष्ठलाई बिक्री गर्दा ११ अर्ब ३२ करोड लाभ भएको भन्दै दुई अर्ब ८३ करोड कर तिरेका थिए। एनसेलको बाँकी ८० प्रतिशत शेयर बिक्रीको तुलनामा स्थानीय साझेदारले ६८ प्रतिशत न्यून मूल्याङ्कन देखाएका थिए। त्यसअनुरुप सरकारी आयव्ययको अडिट गर्ने महालेखा परीक्षकको कार्यालयले छ अर्ब १५ करोड रुपैयाँ बेरुजु लेखेपछि ठूला करदाता कार्यालयले थप कर निर्धारण प्रकृया सुरु गरेको थियो।
कार्यालयले गत भदौ ३१ गते थप कर निर्धारण गर्नु नपर्ने कुनै कारण भए १५ दिन भित्र जवाफ पेश गर्न निरज गोविन्दको नाममा सार्वजनिक सूचनानै प्रकाशित गरेको थियो। कार्यालयले भदौ १९मै श्रेष्ठको ठेगानामा हुलाकबाट रजिष्ट्री चिठी पठाएको व्यहोरा समेत उक्त सूचनामा उल्लेख छ।
त्यस पछि निर्धारण प्रकृया रोकि पाउँ भन्दै श्रेष्ठ आइतबार सर्वोच्च अदालत पुगेका हुन्। उनको मुद्दा सोमबार नै पेशी चढेको छ। प्रधान न्यायाधिश गोपाल पराजुलीले न्यायाधिश दिपकराज जोशीको इजलासमा उक्त मुद्दा पारेका छन्।
ठूला करदाताकै ढिलासुस्ती
ठूला करदाता कार्यालयकै ढिलासुस्तीका कारण एनसेल मुद्दाले अदालतमा ‘ट्रायल’को मौका पाएका छ। भदौ ३१ गते १५ दिने सूचना जारी गरेको कार्यालयले दशैं बिदा लगत्तै श्रेष्ठको कर निर्धारण गर्न सक्थ्यो।
१७ गते अफिस खुलेकै दिन कर निर्धारण गर्ने अधिकार कार्यालयसँग थियो। अदालत भने आइतबार मात्र खुलेको हो। अदालत खुल्नु तीन दिन अघि नै अरु सरकारी कार्यालय सञ्चालनमा आए पनि ठूला करदाता कार्यालयले कर निर्धारणको प्रकृया अघि बढाएन। कार्यालय प्रमुख गंगाराम गेलालले श्रेष्ठले सूचना बमोजिम जवाफ पठाएको भए पनि मुद्दा दायर गरेको बारे आफूलाई थाहा नभएको बताए।
‘उहाँको जवाफ प्राप्त भएको छ, उनले भने- अब कानुनका दफा हेरेर कर निर्धारण प्रकृया अघि बढाउछौँ।’ कार्यालयले गत साता नै कर निर्धारण गरेको भए श्रेष्ठ सर्वोच्च जाने बाटो बन्द हुन्थ्यो। सुरुमा उनी निर्धारित करको ५० प्रतिशत रकम बुझाएर आन्तरिक राजस्व विभागका महानिर्देशकहाँ जानु पर्थ्यो। त्यहाँबाट चित्त बुझ्दो निर्णय नआए थप २५ प्रतिशत रकम बुझाएर राजस्व न्यायाधिकरणमा जानु पर्ने हुन्थ्यो।
श्रेष्ठले मागे बमोजिम सर्वोच्चले कर निर्धारण नगर्न अन्तरिम आदेश दिएमा राज्यले छ अर्ब रुपैयाँ बढि राजस्व गुमाउने अवस्था आउनेछ। महालेखाले उल्लेख गरेको बेरुजुमा ब्याज र हर्जना जोड्दा श्रेष्ठको दायीत्व छ अर्ब १५ करोड रुपैयाँभन्दा माथि नै पुग्ने थियो। श्रेष्ठको मुद्दामा अदालतले कर निर्धारण प्रकृया रोक्न आदेश दिए एनसेलको ८० प्रतिशत बिक्रीमा थप कर उठाउन समेत समस्या पर्नेछ। ठूला करदाता कार्यालयले एनसेलको ८० प्रतिशत बिक्रीमा ६१ अर्ब रुपैयाँ बढि लाभकर निर्धारण गरि सकेको छ।
त्यसमध्ये २३ अर्ब रुपैयाँ हाराहारी राजस्व मात्र अहिलेसम्म प्राप्त भएको छ। २०७३ बैशाखमा एक खर्ब ४४ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत शेयर स्विडेनको टेलियाले मलेसियाको एक्जियटालाई बिक्री गरेको थियो। त्यही बेला स्थानीय साझेदार निरजले सिंगापुरमा बसोबास गर्ने शतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठलाई २० प्रतिशत शेयर बिक्री गरेका थिए।
सुरुमा कर निर्धारणमा ढिलासुस्ती गरेको सरकारले संसदको लेखा समिति र जनदबाबका कारण कर उठाउने प्रकृया सुरु गरेको थियो। तर, बीच बीचमा सरकारकै तर्फबाट भाँजो हालिँदै आएको छ। अहिले पनि केही उच्च अधिकारी एनसेललाई कर उन्मुक्ति दिन प्रयासरत छन्। उनीहरुकै ‘योजना’ बमोजिम श्रेष्ठलाई अदालत जाने बाटो खुलाइदिन ठूला करदाता कार्यालयले गत साता कर निर्धारण नगरेको स्रोतको भनाइ छ। कर निर्धारणलाई अल्झाउन प्रक्रियासँग सम्वन्धित केही अधिकारीहरु दशैं लगत्तै विदामा बसेको स्रोतले जानकारी दियो।
The post कर निर्धारणमा ढिलाइ गरे पछि एनसेल लाभकर मुद्दा अदालत छिर्यो, आजै जोशीको इजलासमा पेशी appeared first on BIZMANDU.
नेपालमा सोमर्सवीका १६ महिना, कार्ल्सबर्गकै लागि नमूना बन्यो नेपाल ब्रान्डिङ
काठमाडौं । सन् २०१०, नेपालको वेभरेज बजारमा भरखर इनर्जी ड्रिङ्कको प्रवेश हुँदै थियो। यस्ता ड्रिङ्कमध्ये एक रेडबुल नेपाली बजारमा आयो। काठमाडौंमा यसप्रति हल्का क्रेज बन्दै थियो। यही क्रेजको परिणाम थाइल्याण्डमा उत्पादन हुने रेडबुलसँग नाम मिल्दा जुल्दा र उस्तै प्याकेजिङका दर्जनौं इनर्जी ड्रिङ्कले नेपालको बजारमा उपस्थिति जनाए।
देशकै सबैभन्दा ठूलो मदिरा कम्पनी अर्थात नेपाली बियर उद्योगको 'बादशाह' गोर्खा ब्रुअरीले आफ्नो वेभरेज सेगमेन्टलाई यही बेला डाइभर्सिफाइ गर्ने निर्णय गर्यो।
टुबोर्ग, कार्ल्सवर्ग, सानिमिगेल र गोर्खा बियरमार्फत नेपालको बियर उद्योगमा एक छत्र राज गरेको गोर्खा ब्रुअरीले सन् २०१० मा वेभरेज उद्योगको भिन्न पोर्टफोलियोका लागि इनर्जी ड्रिंक रेडबुलमा नजर लगायो।
नेपालमा बिक्री गर्ने अधिकार प्राप्त गरेपछि गोर्खा ब्रुअरीले 'रेडबुल'को ब्राण्डिङमा हात हाल्यो। वेभरेजमा भिन्न पोर्टफोलियो, एग्रेसिभ ब्राण्डिङ, उत्कृष्ट वितरण सञ्जाल र स्वादले रेडबुल नेपालको नम्वर वान इनर्जी ड्रिङ्क बन्न पुग्यो। जुन ब्राण्डको अहिले पनि माग र आपूर्तिको सन्तुलन मिलाउन गोर्खा ब्रुअरीलाई हम्मे हम्मे परिरहेको हुन्छ।
वेभरेज उद्योगमा बियर मात्रै नभएर अरु ड्रिङ्कमा पनि भिन्न पोर्टफोलियो तयार गर्ने गोर्खा ब्रुअरीको रणनीति रेडबुल जस्तै सँधै सफल भने थिएन। सन् २००६ मा गोर्खाले दुई वटा ब्राण्ड जोली स्याण्डी र जोली लेमनेड लञ्च गरेको थियो।
शुन्य दशमलव पाँच प्रतिशतदेखि एक प्रतिशत अल्कोहल भएका यी दुई प्रडक्ट गोर्खा ब्रुअरीका लागि महत्वाकांक्षी भए पनि बजारले राम्रो रेस्पोन्स दिएन। त्यसमाथि न्यून अल्कोहलको मात्राका आधारमा यो बियर हो वा सफ्ट ड्रिङ्क भन्ने कर विवादमा समेत पर्यो। यसरी बियरवाहेक वेभरेजमा भिन्न पोर्टफोलियो तयार गर्ने रणनीतिमा गोर्खा ब्रुअरी कहिले सफल थियो त कहिले असफल।
सन् २०१६ मेमा गोर्खा ब्रुअरी अर्को एउटा उत्पादनसहित बजारमा आयो। उत्पादनको नाम थियो- सोमर्सवी। रेडबुलको सफलतापछि ‘ब्याक टु’ नर्मल बिजनेशमा गएको गोर्खाको टिमका लागि जोली लेमोनेड र स्याण्डीमा भोगेको असफलतालाई टाढा राखेर सोमर्सवीका लागि बियर र रेडबुलको सफलता दोहोर्याउनु थियो।
र, कम्पनीले यसपटक सफलता दोहोराएन मात्रै त्यसभन्दा अघि बढेर काल्सवर्ग समूहमा सोमर्सवी लञ्च गर्न बाँकि एशियाली मुलुकका लागि ब्राण्डिङको एउटा नमूना समेत दियो। त्यस्तो ठूलो उपलब्धि कसरी सम्भव भयो? गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर वैभव शर्माले सोमर्सवी लञ्च गरेपछिका पछिल्लो १६ महिनाको रणनीतिलाई बेलिविस्तार लगाए।
गोर्खा ब्रुअरीले २२ मे २०१६ का लागि सोसलाइट र मिडियालाई एउटा निमन्त्रणा पठायो। मदिरा त्यसमाथि नयाँ ब्राण्डको लञ्चिङ भए पनि यो निम्तो साँझ वा रातीका लागि थिएन। निम्तो थियो, दिउँसोको लञ्च टाइमका लागि।
होटल ह्यातको ब्याकमा रहेको चौर, जसलाई स्याउ फार्मको 'फिल'मा ढालिएको थियो, त्यहीँ गोर्खा ब्रुअरीले आफ्नो नयाँ उत्पादन सोमर्सवी लञ्च गर्यो। सोसलाइट र मिडियाकर्मीलाई दिउँसोको लञ्चसँगै आइस क्युव सहित चिल्ड सोमर्सवी सर्भ गरियो।
सफ्ट ड्रिङ्कभन्दा माथि बियरभन्दा कम साढे चार प्रतिशत अल्कोहल भएको सोमर्सवीको मध्यान्हमा गरिएको लञ्चबाट दिन खोजिएको सन्देश थियो- यो पूरै अल्कोहल होइन्, विहानको खाना, दिउँसो र साँझका लागि मात्र रिफ्रेसमेन्ट ड्रिङ्क हो।
गोर्खा ब्रुअरीले सोमर्सवी युवालाई लक्षित गरेको थियो। त्यसैले कम्पनीले ब्राण्डिङको रणनीति पनि त्यहीअनुसार तय गर्यो। नयाँ प्रडक्ट र ब्राण्डका विषयमा 'ओपिनियन' तयार गर्न सक्ने लिडरको अफिस अफिसमा बाँसको पेरुङ्गोमा हालेर सोमर्सवी  डेलिभरी गरियो।
नयाँ प्रडक्ट नयाँ शैलीमा डेलिभरी प्राप्त गर्ने व्यक्तिले त्यसलाई सोसल मिडियाको विषय बनाउन थाले। सँगसँगै कम्पनीले युवा सेलिब्रेटिको ब्रिगेडमार्फत सोमर्सवीलाई सोसल मिडियामा समेत उतार्यो।
युवा सेलिब्रेटिले सोमर्सवीसँग तस्वीर खिचाएर फेसबुकदेखि इन्स्ट्राग्रामसम्म राखे। ‘तपाईंलाई लाग्छ यो सबै युवा सेलिब्रेटिको पसर्नल इन्ट्रेस्ट थियो भनेर? होइन, यो कम्पनीको एउटा ब्राण्डिङ रणनीतिको हिस्सा थियो,’ मार्केटिङ डाइरेक्टर शर्माले भने।
विस्तारै धेरै युवा जोडिने ट्रोल नेपाल तिर पनि सोमर्सवीको पोष्टिङ आउन थाल्यो। यसरी एक पछि अर्को सकारात्मक प्रभावले सोमर्सबीलाई नयाँ उचाइ तिर निरन्तर धकेली रह्यो।
कम्पनीले सोमर्सवीका लागि 'बज क्रियट' गर्न डिजिटल मिडियालाई छान्यो। सोसल मिडियासहित डिजिटल मिडियाबाट राम्रो 'बज क्रियट’ गर्दा काठमाडौंमा सोमर्सवीको क्रेज तयार भैसकेको थियो।
काठमाडौंको क्रेज तयार भएपछि मात्रै गोर्खा ब्रुअरीले यसलाई देशका बाँकी भागमा पुर्यायो। काठमाडौंमा जुन रणनीतिका साथ प्रडक्ट लञ्च गरिएको थियो, त्यही रणनीतिका साथ कम्पनीले पोखरा, नारायणगढ र इटहरीमा पनि सोमर्सवी लञ्च गर्यो। साथै कम्पनीले फेसन शो, लाइभ म्युजिक र परर्फमेन्सलाई स्पोन्सर गरेर समेत ब्रान्ड भिजिविलिटि बढायो।
सोमर्सवी लञ्च गरेको १६ महिना पुगेको छ। अहिले एसियाभरमा हुने कार्ल्सबर्ग समूहको बियर बिक्रीमा नेपालको योगदान १.५ प्रतिशत मात्र छ। ‘तर, सोमर्सबीको प्रोटफोलियो मात्रै हेर्दा बाँकी एशियाली देशको परफर्मेन्सभन्दा नेपालको फर्मेन्स ज्यादै राम्रो देखिएको छ’, मार्केटिङ डाइरेक्टर शर्माले भने। यो कसरी सम्भव भयो भन्ने काल्सवर्गको जिज्ञासा मेट्न कम्पनीले एउटा प्रेजेन्टेसन नै बनाएको छ- ‘क्रयाकिङ द कोड फर सोमर्सवीज् फर्स्ट इयर सक्सेस इन नेपाल।’
मार्केटिङ डाइरेक्टर शर्मा भन्छन्- ‘कुनै पनि प्रडक्ट सक्सेस हुन मार्केटिङका चार 'पि'को उचित संयोजन हुन जरुरी छ।’ सोमर्सबीका सन्दर्भमा यी चार 'पि' प्रडक्ट, प्रमोशन, प्राइस र प्लेसको राम्रो संयोजन  भएको बिजनेश मन्त्र उनले दोहोर्याए।
सोमर्सवी २५० मिलिलिटरको बोटलमा लञ्च गरिएको थियो। स्याउको स्वादमा कृत्रिम रंग र फ्लेबर नमिसाइएका कारण युवाले यसलाई खुब मन पाए। सुरु सुरुमा बियर खाने जमातले नै यसलाई टेष्ट गर्यो। उनीहरुको 'माउथ अफ वर्ड', ब्राण्डिङ रणनीति र अल्कोहलको सफ्टनेसले युवा र महिला यसका नयाँ कन्जुमर बने।
त्यसैले बियर खाने जमात आफ्नो पुरानै ड्रिङ्कमा फर्किए पनि गोर्खा ब्रुअरीका लागि सोमर्सवी पर्फेक्ट प्रडक्ट बन्न पुग्यो। विश्वका ४० देशमा उपलब्ध सोमर्सवी नेपालमा सफ्ट ड्रिङ्कभन्दा माथि बियरभन्दा तल रिफ्रेसमेन्टका लागि एउटा नयाँ सेगमेन्ट बन्न पुग्यो।
गोर्खा ब्रुअरीले सोमर्सवीका लागि राइट प्राइसिङ स्ट्राटेजीमा समेत काम गर्यो। साढे दुई सय एमएलको यो सफ्ट ड्रिङ्कसलाई बजारमा उतार्दा एक सय रुपैयाँ एमआरपि राखेको थियो। कम्पनीले रेष्टुरेण्ट आउटलेटमा समेत यसको मूल्य १५० भन्दा माथि नराख्न सहयोग माग्यो। नयाँ आर्थिक वर्षका लागि बजेटबाट अन्तशुल्क बढेपछि अहिले सोमर्सवीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको छ।
अल्कोहल युक्त यो सफ्ट ड्रिंक्स गोर्खा ब्रुअरीले नवलपरासीस्थित मुकुन्दपुरमा रहेको प्लान्टमा उत्पादन गर्छ। नेपालमै उत्पादन भएको कारण सही प्राइसिङ गर्न सकिएको मार्केटिङ डाइरेक्टर शर्मा बताउँछन्। एप्पल साइडरका रुपमा सन् २००८ मा काल्सबर्गले खोज गरेको सोमर्सवी डेनमार्क र नर्वेमा अहिले मार्केट लिडर छ।
डेनमार्क र नर्वेमा लञ्च गरिएको सोमर्सवी त्यहाँभन्दा आठ वर्षपछि नेपालमा लञ्च गर्दा पनि नेपालको मार्केट लिडर मात्रै बनेको छैन्, बाँकी एशियाली मुलुकका लागि नमूना बनेको छ।
त्यसैले गोर्खा ब्रुअरीले यसको मार्केटिङ रणनीतका लागि नयाँ स्लोगन जुराएको छ, एस फर सोमर्सवी…एण्ड फर सक्सेस ! ब्राण्ड त सफल बन्यो अबको भविष्य के? शर्मा भन्छन्, कार्ल्सबर्ग ग्रुपले कुनै प्रिमियम प्रडक्ट लन्च गर्दा सिड (बिउ), बिल्ड (बिकास) र एक्सपाण्ड (बिस्तार) गरि तीन चरणको मोडल विकास गरेको छ। जस अनुसार गत बर्ष यो पेय 'सिड' थियो। अहिले यो 'बिल्ड' हुँदैछ। अर्को बर्ष पनि ब्राण्ड 'बिल्ड' नै हुन्छ। त्यसपछि नयाँ स्वाद लगायतका विकल्पमा गएर सोमर्सवीको अझ एक्सपाण्ड हुन्छ, शर्माले स्पष्टिकरण दिए।
The post नेपालमा सोमर्सवीका १६ महिना, कार्ल्सबर्गकै लागि नमूना बन्यो नेपाल ब्रान्डिङ appeared first on BIZMANDU.
संचय कोष हाँकेर ४३ वर्षमै रिटायर्ड भए आचार्य, हाइड्रो देखि निजी क्षेत्रको पेन्सनको ‘इनिसियसन’
काठमाडौं। बाबुराम भट्टराई प्रधानमन्त्री बने लगत्तै सरकारी संस्थानमा हुने नयाँ नियुक्तीमा सुधारको घोषणा गरे।
सरकारी निकायमा हुने राजनीतिक नियुक्तीलाई प्रतिस्पर्धी बनाउन सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन गरियो। पूर्व सचिव विमल वाग्ले नेतृत्वको बोर्डले पहिलो 'भ्याकेन्सी कल' गर्यो कर्मचारी संचयकोषको प्रशासकका लागि। व्यवसायिक योजना, अन्तर्वार्ता लगायतका बिभिन्न चरणमा सबैलाई उछिन्दै र मन्त्रीपरिषद्बाट नियुक्ति पाए- ३७ बर्षे तन्नेरी कृष्णप्रसाद आचार्यले।
आम 'प्रोफेसनल'हरु प्रवन्धक तहमा पुग्ने उमेरमै आचार्यले पाँच लाख बढी संचयकर्ताको निवृत्त जीवन सुरक्षणको बागडोर सम्हाल्न पुगे। भारतको इन्ष्टिच्युट अफ चार्डर्ड एकाउन्टेन्सबाट २००३ मा सिए सकेर आएको एक बर्षमै आचार्य कोषको नवौँ तहमा नियुक्त भएका थिए। आन्तरिक बढुवाबाट १० तह पुगेका आचार्य विभिन्न क्षेत्रमा बर्षौँको अनुभव हासिल गरेका 'दिग्गज'हरुलाई उछिनेर प्रशासक बन्न सफल भए।
कोषको १० तहमै छँदानै उनलाई सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारीको रुपमा पनि खटाएको थियो। खारेजीमा लैजाने निर्णय भइसकेको उक्त संस्थालाई नौ महिना नेतृत्व दिँदा आचार्यले नयाँ जीवनको बाटो देखाए। कोषको प्रशासक बन्ने सपना देखेर नै सामाजिक सुरक्षामा बीमा कार्यक्रम जोड्न अनुभव संगाल्ने अभिप्रायले युनाइटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि निभाएको आचार्यले बताए। एक बर्ष युनाइटेडको सिइओ भएपछि कोष प्रशासकमा भ्याकेन्सी खुल्यो र उनी 'आफ्नै घर' फर्किए।
पाँच बर्षे कार्यकालमा कोष संस्थागत सुधार, पूर्वाधार परियोजनामा लगानी, जनशक्ति विकासको दीगो प्रारुप, जोखिम व्यवस्थापनमा नयाँ रणनीति लगायतका फेहरिस्त साथ उनले बिहीबार अवकास लिएका छन्। आम व्यवस्थापकले सिइओ बन्ने सपना देख्न थाल्ने उमेर हुनु अगावै उनले अवकास पाए।
पाँच बर्ष अघि आफुले लिएका कार्ययोजनामध्ये आफ्नो तर्फबाट अधिकांश पुरा भएको उनको मूल्यांकन छ। व्यवस्थापन तहबाट टुङ्ग्याएका कतिपय काम बोर्ड एवं सरकारको तर्फबाट पूरा गर्न भने बाँकी छन्। सामाजिक सुरक्षाको दायरा विस्तारका लागि कोषले तीन बर्ष अघि नै स्वास्थ्य बीमाको विनियमावली स्वीकृतीका लागि सरकार समक्ष पठाएको थियो। तर, अहिलेसम्म त्यो फिर्ता भएको छैन। कोषका कामले सोचे अनुरुप गति नपाउनुमा राजनीतिक अस्थिरता मुख्य वाधक रहेको उनको विश्लेषण छ। 'छिटो छिटो सरकार फेरिने प्रवृुत्तिले एक जना मन्त्रीलाई कन्भिन्स गर्यो कार्यान्वनय गर्ने बेलामा उहाँको पदावधि समाप्त भइ सक्छ, उनले भने- यही कारण कोषले लिएका कतिपय योजनाले अन्तिम रुप पाउन ढिलाइ भएको छ।'
पेन्सनमा पनि त्यस्तै भएको छ। गत बर्ष कोषको कार्य क्षेत्रमा पेन्सनलाई पनि समेटेर ऐन संसोधन गरियो। त्यसबेलाको सरकारले योगदानमा आधारित पेन्सन प्रणाली लागु गर्ने कोषलाई उक्त जिम्मेवारी दिन 'कन्भिन्स' भएर ऐनमा उक्त व्यवस्था समेटेको थियो। तर, चालु आर्थिक बर्षको बजेटमा योगदानमा आधारित पेन्सनका लागि छुट्टै संस्था र ऐन परिकल्पना गरियो। कतिपय नियमित काममा सहित राजनीतिक अस्थिरताले अवरोध पुर्याएको आचार्य सुनाउँछन्।
वैदेशिक रोजगारीमा गएका नेपालीलाई संचय कोषमा समेट्ने हेतुले नियमावली तयार भइसकेको छ। त्यस बाहेक स्वरोजगारीहरुलाई पनि कोषको दायरामा ल्याउन व्यवस्थापनको तर्फबाट नियमावली तयार भइ सकेको र अब आउने प्रशासकले बोर्ड एवं सरकारबाट पारित गराउने उनको विश्वास छ।
सरकारले योगदानमा आधारित पेन्सनका लागि छुट्टै निकाय गठनको अवधारणा अघि सारे पनि कोषले निजी क्षेत्रमा काम गर्नेहरुका लागि पेन्सन स्किम सञ्चालन गर्ने तयारी सुरु गरिसकेको छ। ‘निजी क्षेत्रमा काम गर्नेहरुलाई आफ्नो बुढेसकालको सुरक्षाप्रति सदैव चिन्ता हुने गरेको छ, आचार्य भन्छन्- युवा उमेरको कमाइबाट बुढेसकालको पेन्सनका लागि केही जोहो गर्ने व्यवस्था मिलाइयो भने सबैलाई ढुक्क हुने अवस्थान आउँछ।’ पेन्सन प्रणाली कार्यान्वयनका लागि कोषले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)सँग पनि प्राविधिक सहयोग लिएको थियो।
पेन्सन प्रणाली विकासका लागि कोरियाको नेशनल पेन्सन सर्भिससँग कोषले सम्झौता नै गरिसकेको छ। यो संस्था विश्वकै पाचौँ ठूलो पेन्सन सेवा प्रदायक हो। ‘उनीहरुका सिनियर पेन्सर एक्सपर्ट नै आएर सिष्टम सुरु गर्न सहयोग गर्ने बचन दिएका छन्’ आचार्यले भने। कोषको मानव संसाधनलाई पनि उक्त संस्थाले तालिम दिने सम्झौता भएको थियो। त्यस अनुरुप दुई दर्जन हाराहारी कर्मचारी कोरिया पुगेर पेन्सन प्रणालीबारे तालिम लिइसकेका छन्। पेन्सन कार्यक्रम सञ्चालनका लागि कोषले नियामावली तयार गरि स्वीकृतिका लागि सरकारमा पठाएको छ।
संचयकर्ताको दीर्घकालिन हितका लागि कोषमा जोखिम व्यवस्थापनको छुट्टै गाइडलाइन बनाएको उनले सुनाए। सञ्चालक समिति अन्तर्गत जोखिम व्यवस्थापन कमिटी गठन गरिएको छ। साना तिना खुद्रे आयोजना भन्दा दीर्घकालीन महत्व बोकेका परियोजनामा लगानी गर्नुपर्छ भन्ने मान्यता अन्तर्गत आफु चलेको उनी बताउँछन्। त्यही अनुरुप आचार्य प्रशासक हुने वित्तिकै बैंकहरुले दिने रियलस्टेट लगायतका कर्जामा लगानी रोकिदिए। माथिल्लो तामाकोशी जस्ता परियोजनामा शेयर पाएका संचयकर्ताका लागि आचार्यले अर्को बम्पर उपहार दिए- छुट्टै हाइड्रोपावर योजना। ६८८ मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना संचयकर्ताहरु ‘लिड शेयरहोल्डर’ हुने गरि संचकर्ता हाइड्रो मार्फत अगाडि बढि सकेको छ। स्वदेशी लगानीमा अगाडि सारिएको अहिलेसम्मकै ठूलो परियोजना हो यो।
कोषले बार्षिक नाफाको ८० प्रतिशत संचयकर्तालाई लाभांश खुवाउने गरेको थियो। तर, त्यो रकम प्रत्येक व्यक्तिको खातामा पुग्दा नगन्य मात्र हुन्थ्यो। त्यसैले उक्त मुनाफा रकमलाई एकै ठाउँ राखेर शेयर लगानी फण्ड बनाउने र कुनै परियोजना निर्माण गर्ने सैद्धान्तिक निर्णय गतबर्ष नै गरिएको थियो। अघिल्लो आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट संचयकर्ताको लाभांशका लागि छुट्याइएको एक अर्ब २७ करोड रुपैयाँ हाराहारी रकम उक्त कोषमा राखि सकिएको छ। अडिट भएपछि गत आर्थिक बर्षको नाफाको रकम पनि यहिँ आउनेछ।
त्यो नाफाको रकमको लेखा राख्दा प्रत्येक संचयकर्ताको व्यक्तिगत खाता खोलिएको छ। उक्त रकम विस्तारै शेयरमा परिणत हुँदै जान्छ। महत्वाकांक्षी परियोजना भए पनि स्वाभाविक गतिमा यो आयोजना निर्माण हुन्छ भन्नेमा आचार्य विश्वस्त छन्। राजनीतिक जोखिम न्यूनिकरणकै लागि उक्त आयोजनाको बोर्ड संरचनालाई स्थिर बनाउने प्रयास गरिएको उनी बताउँछन्। परियोजनाको प्रवर्धकमा कोष सहित विद्युत प्राधिकरण र जलविद्युत विकास तथा उत्पादन कम्पनी छन्।
तीन वटै संस्थाबाट बोर्डमा एक/एक जनाको प्रतिनिधित्व हुन्छ। तीन जना संनचयकर्ताको प्रतिनिधित्व रहन्छ। तर, शेयर बाँडफाँड भएर साधारणसभा नगरुन्जेल संचय कोषका सञ्चालक या पूर्व सञ्चालकमध्येबाट मात्र कम्पनीको बोर्ड सदस्य हुन पाउने व्यवस्था कार्यविधीमा राखिएको छ। त्यसो भएमा राजनीतिक परिवर्तन पिच्छे नयाँ सदस्य भर्तीको संभावना हुँदैन। अहिले सञ्चयकर्ताको तर्फबाट कम्पनीको बोर्डमा एक जना नेपाली सेनाको जर्नेल, एकजना निजामती कर्मचारी र एक जना संगठित संस्थाको प्रतिनिधी छन्। उनीहरुमध्ये दुई जना कोषको पूर्व र एक जना वर्तमान संचालक हुन्।
अहिले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने जिम्मा दिन टर्म अफ रिफरेन्स (टिओआर) निर्माण अन्तिम चरणमा पुगेको छ। विद्युत प्राधिकरणले गठन गरेको एनईए इन्जिनियरिङ कम्पनीलाई डिपिआर बनाउने दिन लागिएको हो। दुबै सरकारी संस्था भएको कारण ‘कष्ट टु कष्ट बेसिस’मा सिधै डिपिआर बनाउन दिन मिल्छ। एनईए इन्जिनियरिङले देशभित्रमात्र नभए बाहिरका विज्ञ ल्याएर भए पनि अध्ययन गर्न बचन दिएको आचार्यले बताए।
संस्था सुधारमा पनि आफ्नो पाँच बर्षे कार्यकालयमा एउटा लामो फड्को मारेको आचार्यको स्मरण छ। मानव संशाधन विकासमा मूख्य जोड दिइएको छ। कर्मचारीमा नेतृत्व क्षमता विकासलागि बिभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। आठ तहभन्दा माथिका सबै अधिकृत संलग्न सिनियर एक्जिक्युटिभ फोरम गठन गरिएको छ। त्यसलाई पाँचवटा टिममा बिभाजन गरिएको छ। प्रत्येक टोलीले कुनै पनि विषयमा बर्षमा दुईवटै प्रेजेन्टेसन दिनै पर्ने व्यवस्था छ। सिङ्गो संस्थामै ‘नलेज म्यानेजमेन्ट’लाई प्राथमिकता दिइएको उनले बताए।
बाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले मानव संसाधन विकास कोष स्थापना गर्न निर्देशन दिनु अगावै कर्मचारी संचयकोषले यस्तो व्यवस्था लागु गरेको आचार्य बताउँछन्। औपचारिक रुपमा मानव संसाधन रणनीति र योजना पनि कोषले लागु गरेको छ।
संस्थागत सुशासनका लागि सञ्चालक समितिबाटै संस्थागत सुशासन निर्देशिका पारित गरिएको छ। संस्थागत सुशासनमा संस्थाले गरेको प्रतिवद्धतालाई अन्तर्राष्ट्रिय संस्थाले पनि उच्च महत्व दिएका छन्। फिलिपिन्सको मनिलामा प्रधान कार्यालय रहेको द एसोसिएसन अफ डेभलपमेन्ट फाइनान्सिङ इन्ष्टिच्युसन्स इन एसिया एण्ड द प्यासिफिक  (एडिएफआईएपी)को डेभलपमेन्ट अवार्ड कोषले लगातार दुई बर्ष पाएको छ। कोषले संस्थागत सुशासन तर्फ उत्कृष्ट हुँदै सन् २०१६ र २०१७ को अवार्ड पाएको हो। वित्तिय विवरण प्रकाशन पनि पनि ब्यापक सुधार गरिएको आचार्य बताउँछन्। सोही कारण आइक्यानले लगातार तीन बर्ष कोषलाई  'वेष्ट एनुअल रिपोर्ट'को अवार्ड दियो।
सूचना प्रविधिमा जोड दिएर जिल्लामा जम्मा भएको रकम तुरुन्त केन्द्रिय एकाउन्टमा आउने प्रावधान लागु गरिएको आचार्य बताउँछन्। साथै संचयकर्तालाई बिशेष सापटी पनि बैंकबाट दिलाउन ट्रायलका लागि राष्ट्रिय बाणिज्य बैंकसँग सम्झौता भएको छ। पाँच शाखामा ट्रयाल हुँदैछ। त्यसपछि अरु शाखा एवं अरु बाणिज्य बैंकमा पनि विस्तार हुने आचार्य बताउँछन्।
संचयकर्ताका लागि सामाजिक सुरक्षाको दायरा पनि बढाइएको छ। कुनै पनि संचयकर्ताको सन्तान जन्मिँदा सात हजार पाँच सय रुपैयाँ भत्ता दिइन्छ। साथै स्वास्थ्य बीमा कार्यक्रम सरकारबाट स्वीकृत नभए पनि संचयकर्ता तीन दिन अस्पताल भर्ना भएको अवस्थामा ३५ हजार रुपैयाँ र सरकारले तोकेको गम्भीर प्रकृतिको रोग लागेको अवस्थामा ५० हजार रुपैयाँ राहत दिने व्यवस्था मिलाइएको छ।
नुवाकोटमा जन्मिएका आचार्यले त्रिशुलीबाट स्कुले शिक्षा पुरा गरे। काठमाडौं आएर सरस्वती क्याम्पसमा आइकम गरेपछि सिए पढ्न भारत गए। सरकारी मापदण्ड अनुसार पनि उनको रिटायर्ड हुने उमेर अझै १६ बर्ष बाँकी छ। तर, उनी कोषबाट बिदा भइसकेका छन्। बाँकी समय कता त? ‘संचय कोषको कुर्सीमै बसेर अन्यत्र काम खोज्ने कुरा आएन। अहिलेसम्म कुनै योजना बनाएको छैन तर फाइनान्सियल क्षेत्रमै केहि न केहि गरिन्छ’ उनले सुनाए।
The post संचय कोष हाँकेर ४३ वर्षमै रिटायर्ड भए आचार्य, हाइड्रो देखि निजी क्षेत्रको पेन्सनको ‘इनिसियसन’ appeared first on BIZMANDU.
सोल्टी होटलको चाइनिज रेष्टुरेन्ट नयाँ स्वरुपमा, रेष्टुरेन्टका सेफदेखि मेनुसम्म नयाँ
काठमाडौं । सोल्टी होटलले चिनियाँ रेष्टुरेन्ट पाओ सुआन (नेपाली उच्चारण अनुसार बाओ सुआन) नयाँ स्वरुपमा ढालेको छ। रेष्टुरेन्ट स्वाददेखि सजावटसम्ममा नयाँपन ल्याइएको हो।
चिनियाँ खानाका अनुभवी सेफको नेतृत्वमा किचनको जिम्मेवारी नै फरक टोलीले पाएको छ। त्यस्तै ग्राहकलाई ‘चाइनिज’ खानाको वास्तविक स्वाद दिलाउन ताजा हरियो तरकारी बाहेक सबै 'इन्क्रिडियन्स' चीनबाटै मगाउने गरिएको छ।
चाइनिज खानाका माष्टर सेफ ड्यान
रेष्टुरेन्टको सजावटका लागि पनि अधिकांश आयातित सामान नै लगाइएको छ। रेष्टुरेन्टलाई नयाँ स्वरुपमा लैजान र नयाँ मेनु तयार गर्न दुई महिना बढी गृहकार्यनै भएको सोल्टीका एक्जुक्युटिभ सेफ युवराज पोख्रेलले बताए।
'चाइनिज अथेन्टिक खानाको स्वाद ग्राहकलाई दिन कुनै सम्झौता नगर्ने नीति अनुरुप काम गर्यौँ, उनले भने- व्यक्तिपिच्छेको स्वाद फरक हुन्छ। त्यसलाई सम्बोधन गर्न सुरुमा होटल भित्रकै स्टाफहरुलाई टेष्ट गराएर फिडब्याक लियौँ।' मेनुमा भेजिटेबल र ननभेज दुवै खाना छनौट सुविधा सहित उपलब्ध छन्।
पाओ सुआन सेष्टुरेन्टमा चीनको सिचुआन, क्यान्टोकी र हुनाना गरि तीन प्रदेशको खाना पाइन्छ। चाइनिज खाना भन्ने बित्तिकै एसिया देखि युरोप र अमेरिकासम्म नै यी तीनै प्रदेश चर्चित छन्। नेपालीमा पनि चिनियाँ खाना प्रतिको रुची बढ्न थालेपछि रेष्टुरेन्टको स्वादलाई थप वास्तविकता प्रदान गर्न खोजिएको होटलका फुड एन्ड बेभरेज एसिष्टेन्ट म्यानेजर केदार पाण्डेले बताए।
'अहिले नेपालीको पनि चीनसँगको सम्पर्क बढ्दो छ, उनले भने- व्यापार देखि अध्ययनसम्मका लागि चीन जाने एवं चिनियाँहरु आउने क्रमले तीब्रता पाएसँगै उता र यता पाइने स्वादमा फरक नपरोस् भनेर हामी पाओ सुआनलाई नयाँपनमा ढालेका हौँ।' त्यस बाहेक नेपालकै विभिन्न क्षेत्रका प्रोफेसनलहरु पनि चिनियाँ खाना टेष्ट गर्ने भन्दै आउने गरेको उनले सुनाए। 'चीनको खाना खान भनेर गेष्ट आउनु हुन्छ तर त्यस अनुरुपको अनुभव दिन सकिएन भने त कुनै अर्थ रहेन, उनले भने- सोही कारण चाइनिज रेष्टुरेन्टलाई पुरै नयाँ बनाइएको हो।'
पाओ सुआनको किचन कमान सेफ ड्यान (धनकुमार लिम्बु) ले सम्हालेका छन्। पाँचथरमा जन्मिएका उनले भारतमा १८ बर्ष बढी चाइनिज सेफको रुपमा काम गरेका थिए। उनले भारतमा हायात रिजेन्सी अहमदावाद, होटल लिला, ताज ग्रुप अफ होटेल्स लगायतमा काम गरे। त्यहाँ रहँदा चाइनिज 'मेनल्याण्ड' देखि हङकङ,  थाइ एवं सिङ्गापुरे सेफहरुसँग समेत सहकार्य गरेको उनले बताए।
खानामा नयाँ पुस्ताको रुची फरक भइ सकेको हुँदा त्यस अनुरुपको स्वाद पस्किन आफुले काम गरि रहेको उनको भनाइ छ। 'चाइनिज खाना त धेरैतिर पाइन्छ, उनले सुनाए- तर, नाम मात्र दिएर भएन। इक्विपमेन्ट, प्रेजेन्टसेन देखि फ्लेभरसम्म त्यही हिसाबले चाहियो।'
सोल्टीका एक्जिक्युटिभ सेफ युवराज पोख्रेल
काठमाडौंका अरु रेष्टुरेन्टमा चाइनिज भनेर दिइने खानाको तुलनामा सोल्टीको स्वाद ७०/८० प्रतिशत फरक रहेको उनको भनाइ छ। 'फ्राइ राइस देखि चाउमिन, चिकेन सबै बाहिर पनि पाइन्छ, तर त्यति हुने वित्तिकै चाइनिज भन्न मिल्दैन- चीनको वास्तविक स्वाद दिन सक्नु पर्छ।'
पाओ सुआनमा प्रयोग हुने चामल पनि नेपालको वास्मती भन्दा फरक छ। वास्तविक चिनियाँ खानाको स्वाद दिलाउन ज्यास्मिन चामल आयात गर्ने गरेको एक्जुक्युटिभ सेफ पोख्रेलले बताए। बास्मती चामलको खाना फुरर हुने भएपनि ज्यास्मिन चिनियाँ शैलीकै 'मोइस्चर'युक्त हुने उनले बताए।
चिनियाँहरु खानालाई स्वादिष्ट बनाउन धेरै अजिना मोटो प्रयोग गर्छन्। तर, स्वास्थ्यका लागि हानिकारक रहेकोले सोल्टीमा अजिनामोटो प्रयोग नगरिएको सेफ ड्यानको भनाइ छ। त्यति मात्र होइन, स्वादसँगै शुद्धता र गुणस्तरको  लागि लसुन, प्याज, सिसिमीको तेल समेत सेफ ड्यान आफैंले बनाउने गरेका छन्।
'हामीले प्राकृतिक र वास्तविक स्वादमा जोड दिएका छौँ, उनले भने- कुनै अतिरिक्त मिसावट छैन।' वास्तविक चाइनिज खाना खान आउने ग्राहकका लागि सोल्टीको पाओ सुआन सबैभन्दा सबैभन्दा भरपर्दो छनौट हुने उनको दावी छ।
सोल्टीका एसिष्टेन्ट फुड एन्ड बेभरेज म्यानेजर केदार पाण्डे
पाओ सुआनमा वास्तविक चाइनिज स्वाद दिलाउन किचन एवं ग्राहकलाई खाना पस्किने सबै भाँडा बिदेशबाटै मगाइएको छ। मूल्यका दृष्टिले पनि यी भाँडा धेरै महँगा छन्। नेपाली शैलीमा प्लेटमा नपस्किइ चाइनामा जस्तै बउलमा नै खाना दिइन्छ।
ग्राहकको रुची र चासो प्रति होटलले बिशेष ध्यान दिएको सोल्टिकी मार्केटिङ एण्ड पब्लिक रिलेसन एसिस्टेन्ट म्यानेजर अनुपमा आचार्य महर्जनले बताइन्। 'अन्यत्र सेफ को छन् र कस्ता छन् भनेर पनि हत्तपत्त देख्न पाइँदैन, उनले भनिन्- हामीकहाँ सेफ आफैँ आएर पाहुनाको फिडब्याक लिनु हुन्छ।' ग्राहकले दिएको प्रतिकृयालाई तुरुन्त सम्बोधन गर्न सेफ तयार हुने उनले बताइन्।
सोल्टीकी एसिस्टेन्ट मार्केटिङ एन्ड पब्लिक रिलेसन म्यानेजर अनुपमा आचार्य महर्जन
पाओ सुआनको मेुनमा सिचुवान खानामा ५० प्रतिशत फोकस दिइएको छ। अहिले सिङ्गो एसियाभर नै चीनको सिचुआन प्रदेशको खाना सर्वाधिक लोकप्रिय रहेको सेफ ड्यानको भनाइ छ। चीनको दक्षिण पश्चिमी प्रदेश सिचुआनका धेरैजसो खाना अहिले विश्वभरनै विस्तार भएका छन्। तातो एवं स्पाइसीयुक्त हुने सिचुआन खानामा टिम्बुरको मात्रा केही बढी हुन्छ। सोही कारण यो खाना जिब्रोमा तुरुन्त झुन्डिने उनले बताए।
त्यसपछि धेरै रुचाइनेमा क्यान्टोनिज स्वाद रहेको छ। ग्वाङदोङ प्रदेशको राजधानी ग्वाङचाउको अर्को नाम क्यान्टोन हो। त्यसैले ग्वाङदोङ भर पाइने सबै खानालाई क्यान्टोनिजकै नामबाट चिनिन्छ। चीनसँगको ब्यापारका लागि प्रमुख केन्द्रको रुपमा ग्वाङचाउ स्थापित भइसकेको हुँदा धेरै नेपालीलाई त्यहाँको खानाको स्वाद राम्रो थाहा छ। क्यान्टोनिज खाना धेरै जसो 'स्टिम' प्रणालीमा आधारित हुन्छन्।
धेरै कृषि उत्पादन हुने गरेकाले हुनानको खाना विविधतायुक्त छ। त्यहाँका कतिपय खानामा खुर्सानीलाई प्रेजेन्टेसनमै देखिने गरि पनि हालिन्छ तर त्यो त्यस्तो पिरो चाहिँ हुँदैन। त्यहाँको खानामा शीङ नदी, दोङतिङ ताल र पश्चिमी हुनान स्टायल गरि तीन स्वाद छन्।
भित्र छिर्ने वित्तिकै चिनियाँ संचरनामै प्रवेश गरेको झल्को आउने पाओ सुआनमा एकै पटक ९० जनाले बसेर खाना खान सक्छन्। नयाँ मेनु सहित चाइनिज रेष्टुरेन्टलाई नयाँ स्वरुपमा परिवर्तन गरेपनि मूल्यमा खासै फेरबदल नगरिएको होटलकी मार्केटिङ एण्ड पब्लिक रिलेसन एसिस्टेन्ट म्यानेजर महर्जन बताउँछिन्। होटलले 'रिजनेवल' मूल्यमा वास्तविक चिनियाँ स्वाद उपलब्ध गराएको उनको भनाइ छ।
रेष्टुरेन्टले नयाँ स्वरुप पाएको महिना दिनमा ग्राहकले दिएको प्रतिकृयाबाट सेफ एवं व्यवस्थापन स्टाफलाई उत्साहित बनाएको छ। 'दोहोर्याएर रेष्टुरेन्ट आउने ग्राहकको संख्या बढेको देख्दा साँच्चिकै खुसी लागेको छ' सेफ ड्यानले सुनाए। चाइनिजहरुले त झन् आफ्नै घरको जस्तै स्वाद भनेर प्रतिकृया दिएको उनले बताए।
The post सोल्टी होटलको चाइनिज रेष्टुरेन्ट नयाँ स्वरुपमा, रेष्टुरेन्टका सेफदेखि मेनुसम्म नयाँ appeared first on BIZMANDU.
भाटभटेनीसँगै यसरी हुर्कियो एनडिज, ७० हजारको लगानी तीन दशक पछि बार्षिक ४५ करोडको कारोबार
३२ वर्षअघि मीनबहादुर गुरुङ महाबौद्धबाट साइकलमा दही बोकेर टंगाल स्थित प्रोभिजनल स्टोर जाँदै थिए।
रत्नपार्क पुगेपछि गुरुङले प्लास्टिकको झोलामा ल्याएको दही सबै पोखियो। गुरुङ महाबौद्ध स्थित पसल फर्किए र क्षतिपूर्ति स्वरुप दही दिन पसलेलार्इ आग्रह गरे।
तर, पसलेले  क्षतिपूर्ति दिन अस्विकार गरे। दुबैबीच केही क्षण भनाभन पनि भयो। अन्तिममा गुरुङले दही किनेर लिएर गए।
३२ वर्षअघि प्रोभिजनल स्टोर सुरु गरेका गुरुङ र दही बिक्री गर्ने पसलेको व्यावसायिक यात्रामा उस्तै समानता छ। दही बेच्ने पसले थिए डा हेडम्बबहादुर राजभण्डारी। उनी सरकारकी कर्मचारी। गुरुङ नेपाल बैंकमा काम गर्थे। दुग्ध विकास संस्थानको दुई कार्यकाल महाप्रवन्धक रहि सकेपछि राजभण्डारीको कृषि मन्त्रालय सरुवा भयो। संस्थानमा दुग्धजन्य कारोबारमा रस बसेको कारण उनले आफैं डेरी खोलेका थिए। गुरुङले पनि बैंकको जागिरले मात्र नपुगेर सानो स्टोर चलाउने सपना सहित सहित प्रोभिजनल स्टोर स्थापना गरेका गरेका थिए।
दुबैले सानो लगानीमा व्यवसाय सुरु गरे र आज देशकै लोकप्रिय ब्राण्डको रुपमा स्थापित गर्न सफल भए। विवाहमा दिएको श्रीमतीको गहना बिक्री गरेर सुरु प्रोभिजनल अहिले भाटभटेनी सुपरस्टोरको नाममा बिभिन्न स्थानमा १३ वटा स्टोर सञ्चालित छ। राजभण्डारीले पनि दुग्ध विकास संस्थानको महाप्रवन्धक हुँदा कमाएको पैसाले नपुगेर साथीहरुबाट सरसापटी समेत लिइ थालेको डेरी अहिले एनडिजको नाममा जनजिब्रोको लोकप्रिय ब्रान्ड बनिसकेको छ। एनडिजका आइसक्रिमदेखि दुध, दही, मिठाइ, चिज लगायत दुग्धजन्य पदार्थ देशभर उपलब्ध छन्। कम्पनीको वार्षिक ४५ करोड रुपैयाँ नाघिसकेको छ।
विभागमा रहेका साथीहरुसँग सल्लाह गरे। केशवराज केसरी, सीपबहादुर नेपाली र डा. हिमबहादुर प्रधानसँगको छलफलपछि डेरी चलाउने निर्णय भयो। चारै जनाले १०/१० हजार रुपैयाँ निकाले। बाँकी ३० हजार खोजखाज गरेर ७० हजार ठिक पारियो। महाबौद्धस्थित हेडम्बको घरमै डेरी खोल्ने निर्णय भयो। त्यही ७० हजार रुपैयाँबाट दूध तताउने करार्इ र राख्ने भाँडा किनियो। नेपाल डेरी नामाकरण गरेर निजी क्षेत्रको पहिलो डेरीको औपचारिक शुभारम्भ भयो।
पहिलो दिन २० लिटर दूध किनियो। दूध मात्रै बेचेर नहुने देखेपछि दही बनाउने निर्णयमा हेडम्ब पुगे। तर दहीकालागि आवश्यक उपकरण थिएनन्। ७० हजार रुपैयाँमा दही जमाउने भाँडो र राख्ने फ्रिज आउने कुरै थिएन। हेडम्बले पूरानो दराजलार्इ मोडिफिकेशन गरेर दही राख्न थाले। त्यतिबेला दुग्ध विकास संस्थानको मात्रै दही पाइन्थ्यो।
केही व्यक्तिले अनौपचारिक तवरमा दही जमाएर बेचेपनि त्यसले माग धानेको थिएन। भक्तपुरको दही काठमाडौं आइ नपुगि उतै सकिन्थ्यो। यस्तोमा हेडम्बले जमाउन थालेको दही हारालुछ भइ सकिन थाल्यो। त्यस अघि असन र महाबौद्धमा दूध र दही बेच्ने कोही थिएन। उनका लागि त्यही बजार नै पर्याप्त भयो। ‘बिजनेस आउटलेट’ सानो भएपनि गुणस्तरमा कुनै सम्झौता थिएन। त्यसैले नेपाल डेरीका उत्पादनलाई उपभोक्ताको जिब्रोमा झुन्डिन कति पनि समय लागेन।
बजार बन्यो तर उनको डेरीमा ‘मेकानाइजेशन’ थिएन। परम्परागत शैलीलाई  ‘मेकानाइज्ड’ नगरे  दीर्घकालिन रुपमा अघि बढ्न नसक्ने निर्क्यौलमा पुगे उनी। नेपाल डेरी सुरु भएको पाँच बर्षपछि मेशिनरी प्लान्ट खरिद गर्छु भन्ने सोचले हेरम्ब ऋणकालागि ठमेल स्थित नेपाल बैंक शाखा पुगे। त्यतिबेला ऋण पाउन पनि ठूलै सोर्सफोर्स र कसरत गर्नुपर्थ्यो।
निकै पापड बेलेपछि उनले ५० हजार रुपैयाँ ऋण पाए र त्यसबाट ‘क्रिम सेपरेटर’ किने। बल्ल उनको डेरीले आधुनिकीकरणको यात्रा सुरु गर्यो। त्यस अघि उनी दूध ल्याउँथे । दराजबाट बनाइएको भाँडोमा हालेर जमाउँथे। त्यसबेला एक लिटर दहीको मूल्य साढे चार रुपैयाँ लिने गरेका थिए। गाउँघरमा जस्तै ठेकीमा दही मथेर घिउ निकाल्थे। यो दृश्य हेर्न उनको पसलमा विदेशी पर्यटक समेत पुग्थे।
क्रिम सेपरेटर आएपछि दही मथेर घिउ निकाल्नुपर्ने बाध्यता अन्त्य भयो। सँगसँगै व्यापार विस्तारले पनि तिब्रता पायो। चाडवाडमा उनीकहाँ दही र दूध लिन आउनेको लाइन लाग्न थाल्यो। छिमेकीले आएर दूध र दही बिक्रीमा सहयोग गर्नुपर्ने अवस्था आयो। उनको व्यापार बढेको देखेपछि अरु कर्मचारीले उजुरी दिए। सरकारी जागिर हुँदाहुँदै व्यवसाय सुरु गरेको बारे स्पष्टीकरण पनि सोधियो। सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। अन्त्यमा सरकारी काममा कुनै बाधा नगरी व्यवसाय संचालन गर्नु भनेर सफार्इ पाए।
सन् १९९६ मा हेडम्बका छोराछोरी उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किए। दुर्इ छोरा र एक छोरीलार्इ पढाउन हेडम्बले वानेश्वरमा रहेको दुर्इ रोपनी जग्गानै बिक्री गरेका थिए। जेठा छोरा कम्प्युटर साइन्स, कान्छा डेरी साइन्स र छोरी फूड टेक्नोलोजीमा ग्र्याजुयट गरेर स्वदेश फर्किए। उनीहरु आएपछि सुरु भयो- नेपाल डेरीको 'यू-टर्न'।
विदेशबाट सिप र शिक्षा दुबै लिएर आएका छोरा छोरीले परम्परागत शैलीमा हुँदै आएको व्यवसाय परिवर्तन गर्ने निधो गरे। र, विदेश तिर जस्तै दूधको भ्यालु एडिसनबारे सोच्न थाले। उनीहरुले परम्परागत रुपमा हुँदै आएको दही, दूध र चिजको व्यापारसँगै अरु उत्पादन थाल्ने योजना बनाए। युवा पुस्ता लक्षित गरेर आइसक्रिम बजारमा ल्याए।
‘हामीले परम्परागत रुपमा चलाउँदै आएको डेरी उद्योग परिवर्तन गर्ने निर्णय गर्यौं, हेडम्बका छोरा अरनिको राजभण्डारीले बिजमाण्डूसँग भने- योङ जेनेरेशन आकर्षित गर्न आइसक्रिम उत्पादन गर्न थाल्यौं।’ नेपाल डेरीको आइसक्रिमले सुरुमा सजिलै बजार लिन सकेन। त्यो बेलामा बजारमा निरुलाज, क्वालिटी एवं भारतबाट आयात हुने आइसक्रिमको दबदबा थियो।
उनीहरुले बजार विस्तारकालागि ब्रान्डिङमा नयाँ सोच ल्याए। ‘युवापुस्ता सर्टकर्ट नाम रुचाउँछन्। विदेशमा पनि ब्राण्डनेम छोटै हुन्छ, अरनिकोले भने- नेपाल डेरी नाम सुन्दा केही परम्परागत नै थियो त्यसैले हामीले ‘एनडिज’ नाम दियौँ।’ एनडिजप्रति युवापुस्ता छिटै आकर्षित भए। ‘छोटो नामकै कारण धेरैलार्इ विदेशी ब्राण्डजस्तो पनि लाग्यो, उनले सुनाए- कम्पनीले त्यही बेलामा लोगो पनि परिवर्तन गर्यो। बहुराष्ट्रिय विज्ञापन कम्पनी थम्पसनले डिजाइन गरेको लोगो छोटो समयमै धेरै युवाको मनमा बस्यो।’
कलेज पढ्ने विद्यार्थी एनडिज भनेपछि हुरुक्कै हुन थाले। ‘हामीले सोचे अनुसार ब्राण्ड स्थापित भयो, अरनिको भन्छन्- त्यही बेलामा हामीले विदेशमा देखेको एउटा किन्दा अर्को सित्तैमा अफर ल्यायौँ। यो अफरले आइसक्रिमनै दिन नसक्ने अवस्था आयो। हेडम्बले सुरु गरेको २० लिटरको दूधको यात्रा सेकेन्ड जेनेरेसनको रिब्राण्डिङ र भ्यालु एडिसन सोचले कायापलट नै भयो।
बजार विस्तार भएपनि पैसाको अभावले भने उनीहरुलार्इ सधै गाँजिरह्यो। किसानलार्इ प्रत्येक १५ दिनमा दूधको पैसा भूक्तानी गर्नुपर्ने तर होटल र रेष्टुरेन्टले भने दुर्इ महिनासम्म उधारो चलाउने। किसानको विश्वसनियता कायम राख्न पैसा अभाव हुँदा हेडम्बको संचय कोष समेत झिकेर दिए।
‘समयमा पैसा भूक्तानी गर्न नसके किसानसँग हाम्रो विश्वसनियता गुम्न सक्थ्यो, अरनिकोले भने- त्यो बेला बैंकबाट ऋण पाउनसक्ने अवस्था पनि थिएन। त्यही कारण हामीले हाम्रो आउटलेटहरुलाई थप सशक्त बनाउनेतिर लाग्यौं।’ त्यहाँबाट नगद कारोबार मात्र हुन्थ्यो र किसानलाई भुक्तानी गर्न सकिन्थ्यो। सोही कारण एनडिजको आउटलेट अझ चुस्त बन्यो।
फायर एण्ड आइस रेष्टुरेन्टमा मोजेला चिज आपूर्ति हुन्थ्यो। निरुलाजको आइसक्रिमकालागि पनि एनडिजले दही बिक्री गर्थ्यौ। व्यापार हुने तर पैसा नआउने भएपछि उनीहरु हत्तु भइसकेका थिए। त्यसकारण पनि महाबौद्धको आउटलेटमा भ्यालु एडिसनसहितको राम्रो रेष्टुरेन्टमा विस्तार गरे।
नेपालमा सबैभन्दा पहिला केसी रेष्टुरेन्टले पिज्जा बिक्री गर्थ्यौ। त्यसबेला पिज्जा विदेशीलार्इ ‘टार्गेट’ गरिएको थियो तर एनडिजले महाबौद्धमा नेपालीलार्इ टार्गेट गरेर पिज्जा बेच्ने योजना बनायो। ‘हामीले सुरुमा २५ रुपैयाँमा पिज्जा दियौं। चिज र ब्रेडको लागत मात्र उठाउने गरि मूल्य, उनले भने- हामीलार्इ नगदको मात्रै समस्या थियो त्यो आउँदा हुन्छ भन्ने लाग्यो।’ महाबौद्धमा पिज्जाको हारालुछनै भयो।
केही समयमा निरुलाज बन्द हुन पुग्यो। मजदुर समस्याका कारण उक्त उद्योग चलेन। निरुलाज किन्न अफर पनि आएको थियो। झमेलामा नफस्ने भनेर राजभण्डारी परिवारले मानेनन्। केही समय पछि क्वालिटी आइसक्रिम पनि बन्द भयो। यसले बजारमा एनडिजलाई झन् एकछत्र बनायो।
बिदेशबाट बिजनेसको नयाँ स्वरुपबारे जानकारी हासिल गरेपनि अरनिकोले ब्राण्ड स्थापना बुझ्न बाँकी नै थियो। जुन, नेपाल आएपछि व्यवहारबाटै सिके उनले। ‘ब्राण्डिङ विज्ञापनबाट मात्र नहुने रहेछ,  उनले सुनाए- उपभोक्ता सन्तुष्ट नभएसम्म कहिलेपनि ब्राण्ड स्थापित हुन सक्दैन। हामीले उपभोक्तालार्इ गुणस्तर र मूल्यमा ठगी गर्यौ भने जस्तो सुकै ब्राण्डिङ पनि कुनैपनि समय समाप्त हुन्छ।’
सन् १९९७ मा लोगो भन्ने थाहानै थिएन। गार्इ र नेपालको तस्विर राखेर एउटा छाप बनाइएको थियो। चाहिँदा त्यही ढ्याप्पै लगाइदिने गरिएको थियो। पछि मात्र ‘आइक्याची’ लोगो चाहिने रहेछ भन्ने थाहा भयो। ‘लोगो र पसलको कलर पनि समान चाहिने रहेछ भन्ने पनि त्यही बेला थाहा भयो, उनले भने। केही समय पछि प्याकेजिङ थप ‘आकर्षक’ बनाउन कर्मचारीले सुझाव दिए। १० लाख रुपैयाँ खर्चेर चीनबाट ‘प्याकेजिङ म्याटेरियल’ मगाइयो। नयाँ प्याकेजिङमा ब्यापार बढ्नु भन्दा घट्ने अवस्था पो आयो।
‘१० लाख रुपैयाँको प्याकेजिङ म्याटेरियल चल्दै चलेन। उत्पादनको भाउ घटाउँदा पनि बिकेन, अरनिकोले भने-  त्यसपछि हामीलार्इ लाग्यो टार्गेट ग्रुप सेट हुँदो रहेछ। एउटा टार्गेट ग्रुपले एसेप्ट गरेको ब्राण्डलार्इ हतपत चलाउन हुँदैन भन्ने पनि ज्ञात भयो।’
एनडिज किन्न बहुराष्ट्रिय कम्पनीनै आयो। युनिलिभरले १० वर्षपछिको नाफा दिएर किन्ने प्रस्ताव ल्यायो। उनीहरुले दिएनन्।
एनडिजको व्यापार गत वर्ष २० प्रतिशतले बढेको छ। व्यापारसँगै गुणस्तरप्रतिको लगाव सुरु देखिनै कायम छ। कुनै बहुराष्ट्रिय कम्पनी नै दूग्ध क्षेत्रमा आएमा प्रतिश्पर्धा गर्ने गरि मेसिन ल्याउने तयारीमा आफुहरु रहेको अरनिको सुनाउँछन्।
महाबौद्धमा २०४० सालमा नेपाल डेरी स्थापनाका लागि जगपुजा गर्दै हेरम्ब र दूध किसान जीवनाथ।
‘हाइजनिङ कन्डिसन कसरी माथि लैजाने भन्नेमा केन्द्रित छौं, उनले सुनाए- हामीले आठ घण्टा काम गर्दा सबैभन्दा बढी त्यसैमा ध्यान दिएका छौं।’ त्यो बाहेक कम्पनी आफैँले सबै क्षेत्रमा ध्यान दिने मान्यता हटाएर भ्यालु एडिसनमा जोड दिन पनि थालेको छ। पहिला काठमाडौंमै दूध ल्याएर प्रोसेसिङ हुन्थ्यो। अब विस्तारै उनीहरु आउटसोर्समा केन्द्रित हुन थालेका छन्।
‘पहिला सबै प्रोसेसिङ यही गर्थ्यौं। अब भने त्यो काम अरुलार्इ दिन खोजेका छौं, अरनिकोले सुनाए- दुर्इ वर्षयता इलाममा दुर्इवटा चिज उद्योग खुलायौँ।’ ती उद्योगमा एनडिजले मेसिन उपलब्ध गराएको छ। निजी क्षेत्र र किसान सहकारी मिलेर उत्पादनमा सहभागी छन्। र, त्यहाँबाट उत्पादिन चिज एनडिज आफैंले खरिद गरिदिन्छ। एनडिजले गुणस्तर जाँच र लेभलिङ गरेर चिज बिक्री गर्छ।
इलाममै उद्योग स्थापना गर्दा दुईवटा फाइदा भयो। एक इलामबाट यहाँसम्म बोकेर ल्याउनुपर्ने झण्झटको अन्त्य र अर्को चिज बनाउन ‘आर्टिफिसियल एयरकण्डिसन’ तयार गर्न परेन। अब पनिर, खुवा लगायत पनि यहि अवधारणामा उत्पादन गर्ने कम्पनीको योजना छ। त्यही अनुरुप डडेलधुरामा खुवा उत्पादनको तयारी भइसकेको छ।
‘काठमाडौंसम्म दूध बोकाएर ल्याउनु पेट्रोलमा पैसा उडाउनु मात्र हो,  उनले सुनाए- १०० लिटर दूधबाट आठ किलो खुवा आउँछ। त्यो काठमाडौं ल्याउन पनि सजिलो छ। दुधको ठाउँमा खुवा बिक्दा किसानले पनि भ्यालुएडिसन गर्न पाए।  यसले गाउँको अर्थतन्त्रलार्इ उकास्छ।’
तीन दशक अघि एक/एक वटा पसल हुँदा स्थापना भएको भाटभटेनी र एनडिजको सम्बन्ध आज पनि कायम छ। त्यसबेला प्रोभिजनल स्टोरमा नेपाल डेरीको दही साइकलमा लगेर बेचिन्थ्यो। अहिले एयरकण्डिसन भ्यानले एनडिजको आइसक्रीम, दूध, दही लगायत भाटभटेनी हरेक आउटलेटमा पुर्याउँछन्। अरनिको यी दुबै बिजनेसमा समानता पनि देख्छन्।
‘धेरै उतारचढावमा पनि हामीले भाटभटेनीमा निरन्तर दुग्धजन्य उत्पादन आपूर्ति गरिरहेका छौँ, उनले भने- उहाँहरुले पनि सानोबाटै सुरु गर्नु भएको हो। हाम्रो पनि यात्रा त्यही हो। हामी एकैचोटी ठूलो उद्योगमा गएको भए ग्रासरुट लेभलको समस्या थाहा हुँदैनथ्यो। तलको समस्या नबुझेको भए हामी दुबैले व्यवसायमा स्थायित्व पनि पाउन सक्दैनथ्यौँ होला।’
The post भाटभटेनीसँगै यसरी हुर्कियो एनडिज, ७० हजारको लगानी तीन दशक पछि बार्षिक ४५ करोडको कारोबार appeared first on BIZMANDU.
बिट क्वाइन कारोबारलाई राष्ट्र बैंकले अवैध ठहर गर्यो, कारोबार गर्नेलार्इ मुद्रा अपचलनको मुद्दा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिट क्वाइन कारोबारलाई अवैध ठहर गरेको छ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार केहि दिन भित्रै विदेशी विनिमय व्यवस्थापन विभागले यस सम्बन्धि परिपत्र जारी गर्नेछ।विश्वव्यापी रुपमा संजाल फैलिएको बिट क्वाइनको नेपालमा पनि कारोबार बढ्दो क्रममा छ।पछिल्लो समय प्रहरीले केही बिट क्वाइन कारोबारीलाई पक्राउ गरेको थियो। उनीहरुलाई कारबाही गर्नेबारे प्रहरीले राय मागेपछि राष्ट्र बैंकले अवैध ठहर गर्ने निर्णय गरेको हो। त्यस अनुरुप प्रहरीलाई राय दिने प्रकृया पनि सुरु भइसकेको राष्ट्र बैंक प्रवक्ता नारायण पौडेलले जानकारी दिए।
विदेशी विनिमय नियमित गर्ने ऐनमा कतै पनि बिट क्वाइन जस्तो कारोबार आकर्षित नहुने हुँदा यसलाई राष्ट्र बैंकले यसलाई अवैध ठहर गरेको उनले बताए। यस्तो अवस्थामा बिट क्वाइन कारोबारीलाई मुद्रा अपचलनको अभियोग लाग्नेछ। चालु आर्थिक बर्षको बजेटमा समेत सरकारले हुन्डी तथा बिट क्वाइन मार्फत हुने मुद्रा अपचलोन रोक्न आवश्यक कदम चाल्ने उल्लेख गरिएको थियो।
बिट क्वाइन एक किसिमको 'भर्चुअल' मुद्रा हो। तर, यसलाई वास्तविक मुद्रा हालेर किन्नुपर्छ। कुनै भौतिक अस्तित्व नभए पनि यसको मूल्य निरन्तर घटबढ हुने गरेको छ। लगानीकर्ताले सट्टे बजारमा जस्तै मूल्य बढ्ने अपेक्षामा बिट क्वाइनमा लगानी गर्ने गरेका छन्। नेपाली रुपैयाँमा बिट क्वाइन खरिद गर्ने संभव छैन। त्यसैले यहाँ कारोबार गर्नेले हुन्डीमार्फत रकम बाहिर पठाइ बिट क्वाइन खरिद गर्ने गरेका थिए।
कतिपय देशका सुपर मार्केट एवं रेष्टुरेन्टहरुमा बिट क्वाइनबाट भर्चुअल पैसा तिरेर किनमेल समेत गर्न मिलेको भन्दै यसका कारोबारीले सर्वसाधारणलाई समेत लगानी गर्न प्रोत्साहन समेत गर्ने गरेका थिए। आम लगानीकर्तालाई लोभ्याउन युट्युवमा समेत बिट क्वाइनका फाइदा भन्दै कैयन् भिडियो राखिएको छ। यसका कारोबारीले बिशेष गरि बैदेशिक रोजगारीमा जाने नेपालीलाई केन्द्रित गरेका छन्।
बिट क्वाइनको सुरुवातकर्ता को हो भनेर अहिलेसम्म यकिन भएको छैन। सन् २००९ मा एक जापानी कम्युटर इन्जिनियरले यसको सुरुवात गरेको विश्वास गरिन्छ। अहिले कैयन् कम्युटर 'प्रोग्रामर'हरुले इन्टरनेट मार्फत बिट क्वाइन 'उत्खनन' गर्दै आएका छन्। 'डिजिटल गोल्ड'को रुपमा बजारमा उदाएको बिट क्वाइन कारोबारीहरु यसले डलर, यूरो वा एनले जस्तो विनिमयको साधनको मान्यता पाउने आशा गरिरहेका छन्।
सबैजसो देशका नियामक निकायले बिटक्वाइनलार्इ गम्भीरतापूर्वक लिँदै आएका थिए। तर, जापानले यसलाई अन्य मुद्रासरह मान्यता दिने निर्णय गरेको थियो। त्यस लगत्तै यसको भाउ ह्वात्तै बढ्यो।सन् २०१३ मा उचालिएर ११०० डलरसम्म पुगेको बिटक्वाइनको मूल्य अर्को साल सन् २०१४ मै तल झरेर २०० डलर भएको थियो। गत मे २४ मा यसको मूल्य अहिलेसम्मकै उच्च २४२० डलर पुगेको थियो।
सन् १९९० को दशकमा आएको इन्टरनेटले जस्तै बिट क्वाइनले पनि  आफैंमा प्रयोग तथा  आविष्कारहरु गरिरहेको छ। इन्टरनेटले जसरी पब्लिक डेटाबेस तयार गर्छ त्यसरी नै पब्लिक डेटाबेस तयार गर्ने, ब्यबस्थित गर्ने र विस्तार गर्नेतिर बिटक्वाइनका डेभलपर लागेका छन्। तर, बिट क्वाइनमा कुनै पनि किसिमको प्रयोग गर्नु घातक हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि सजग गराउँदै आएका थिए। यसमा लगानीकर्ता एकै झट्कामा टाट उल्टिन सक्ने उनीहरुको भनाइ छ।
बिट क्वाइनबाट लागुपदार्थ कारोबारजस्ता कुनै पनि किसिमको आपराधिक गतिविधिहरु त भैरहेका छैनन् भन्ने बारेमा नियमन हुनु अत्यावश्यक रहेको आवाज उठ्दै आएको थियो।
The post बिट क्वाइन कारोबारलाई राष्ट्र बैंकले अवैध ठहर गर्यो, कारोबार गर्नेलार्इ मुद्रा अपचलनको मुद्दा appeared first on BIZMANDU.
एउटा मरिसकेको नेपाली ब्राण्डलाई पुनर्जन्म दिएर विश्व बजारमा पुर्याउँदैछन् निराज
काठमाण्डौं। अष्ट्रेलियामा एमबिए सकेपछि काठमाडौं उत्रँदा निराज राठी चौबाटोमा थिए। उनीतिर सबैभन्दा आशाका नजर तन्किएका थिए बुवा रामकुमारका। उनी चाहन्थे छोराले अब आफ्नै बिजनेसमा हैंसे लगाउन सघाउन्।
निराजका लागि कार्यालयदेखि टेबल कुर्सी सबै रेडी। तर, उनको सपना रेडी थिएन। उनी तत्काल बुबाको हात समाएर बिजनेस ज्वाइन गर्नभन्दा आफुलाई प्रमाणित गर्ने चुनौती लिन चाहन्थे।
अधिकृतको रुपमा तात्कालिन क्लिन इनर्जी विकास बैंक छिरे। उनकालागि जागिर पाउनुभन्दा त्यसमा बिताएका दुई बर्ष साँच्चिकै रहरलाग्दा थिए। त्यही छोटो अवधिमै उनी विभागीय प्रमुख बने। सहकर्मीहरुलाई समेत चक्मा दिनेगरी भएको उनको ‘करियर ग्रोथ’ जो कोहीका लागि लोभलाग्दो थियो।
बैंकिङमा मारेको फड्कोले उनमा नयाँ हिम्मत पलायो। अब बुबालाई थप पर्खाउन चाहेनन् उनले। आफु जन्मिनु अगावै बुबाले सुरु गरेको चिया बिजनेसमा हात हाले- एक पटकलाई मरिसकेको आफुभन्दा जेठो ब्राण्ड 'राकुरा' लाई पुनर्जन्म दिँदै।
कसैको आँखा नपरेको बिजनेसमा हात हाल्ने व्यवसायी थिए रामकुमार राठी। उनले दमकस्थित हिमालयन टि गार्डेन र कन्याम चिया बगान भाडामा लिए। उनी कोलकात्तादेखि चीनसम्म पुगेर चिया कल्चरदेखि व्यापारको संभावना बुझेर यो क्षेत्रमा हाम फाले। चिया विकास निगमका तात्कालिन प्रमुख दामोदर गौतमको सहयोग पनि यो क्षेत्रमा हात हाल्न राठीका लागि प्रेरक बन्यो।
मुलुकका बिभिन्न चिया बगान भ्रमण, विदेशको बजार एवं विज्ञको परामर्श पश्चात राठी चिया निर्यात गर्ने चरणमा पुगे। पहिलो पटक हल्याण्डबाट माग आयो। निर्यातको कागजी प्रकृया मिल्दै थियो। अचानक निगमबाट गौतम बाहिरिए। नयाँ प्रमुखसँग चिनजान लगायत प्रशासनिक काम फेददेखि सुरु गर्नुपर्यो। विदेशबाट अर्डर आएको तीन महिना नाघिसकेको थियो। अन्ततः अर्डर रद्द भयो।
तर, राठीले हात हालिसकेका थिए। उनले हिम्मत हारेनन्। फेरि पनि निर्यात गरेरै छोड्ने र नेपालमा समेत ब्रान्डेड चिया उत्पादन गरेर बेच्ने अठोट लिए। अन्ततः सन् १९७३ मा हिमालयन टि गार्डेनको चिया बेलायत निर्यात गरे र निजी क्षेत्रबाट चिया निर्यात गर्ने पहिलो व्यवसायी बने।
त्यसबेला ब्रुकबण्ड, रेड लेवल जस्ता विदेशी ब्रान्डका चिया नेपालमा आउँथे। ब्रुकबण्डकै स्तरको प्याकेजिङ बजारमा ल्याए। नाम राखियो- 'राकुरा'।राकुराको मूल्य भने ब्रुकबण्डभन्दा १० रुपैयाँ सस्तो थियो। चिया त हटकेक जस्तो बिक्री भयो। बिहान पसल खोल्नु अगावै किन्ने मान्छेको लाइन लागेको हुन्थ्यो। राठीले यति धेरै बिक्री त कल्पना पनि गरेका थिएनन्।
व्यापारको बढ्दो ग्राफबीच राठीको जीवनमा अनौठो घटना घट्यो। उनले नेवारकी छोरीसँग अन्तरजातीय विवाह गरे। जातियता प्रति कट्टर परिवारले राठीमाथि केटी बिक्रीको आरोप लगाइदियो। उनले व्यवसायलाई निरन्तरता दिन सकेनन्। भर्भराउँदो उमेरमै राकुराको अवसान हुन पुग्यो।
राठी केहि समयपछि व्यवसायमा फर्किए। तर, राकुरा फर्किएन। अब उनको मनमा नयाँ सपना पलाउन थाल्यो- आफ्नै फ्याक्ट्री खोल्ने। इलामको फिक्कल नजिक मालुममा फ्याक्ट्री खोल्न जग्गा नै खरिद गरे। बाटोघाटोसम्म नपुगेको ठाउँमा फ्याक्ट्री खोल्छुभन्दा धेरैबाट राठीले पागलकै संज्ञा पाए। तर, उनी डगमगाएनन्।
सन् १९९३ मा मालुममा निजी क्षेत्रको पहिलो फ्याक्ट्री स्थापना गरि चिया निर्यात गर्न थाले। फ्याक्ट्रीले पहिलो बर्षनै नाफा कमायो। चिया बिक्रीका लागि जर्मन ग्राहकसँग 'फर्वार्ड कन्ट्रयाक्ट' हुन थाल्यो। बर्षको सुरुमै बर्षभर उत्पादन हुने चिया उनीहरुले किन्न थाले।
नेपाली चिया दार्जिलिङको नाम जोडिएर तेस्रो मुलुक जान्थ्यो त्यसबेला। तर, सन् २००० मा दार्जिलिङले कपी राइट ट्रेड मार्क (सिटिएम) लागु गर्यो। उक्त नीतिसँगै मालुमको चिया जर्मन आयातकर्ताले लिन छाडे। मालुमको सफलता देखेर आएका अरु फ्याक्ट्री समेत समस्यामा परे।
राठीको जीवनशैली अब चियाभन्दा टाढा जाने अवस्थामा थिएन। भर्खरै हाइस्कुल सिध्याएका छोरा निरजलाई लिएर उनी जर्मनी पुगे। त्यहाँ लजिष्टिकदेखि रिटेलसम्मको काम गर्ने रेवे कम्पनीसँग सम्पर्क भयो। उक्त कम्पनीको त्यही बेला युरोपमा १२ हजार सुपरस्टोर थिए।
मालुमको चिया आयात गर्ने जर्मन खरिदकर्ता सन् १९९८ मा रेवेका प्रमुख कार्यकारीलाई लिएर नेपाल आएका थिए। त्यसबेला रेवेका सिइओले कन्याम चिया बगान मन पराएर किन्छु समेत भनेका थिए।
त्यही पुरानो स्मृति सम्झाउँदै राठी जर्मनी पुगेका थिए। रेवेका सिइओले राठीको उच्च सत्कार गरे। तर, चिया किन्ने मामलामा भने हिम्मत देखाउन सकेनन्। उत्पादकसँग नभइ होलसेलर या प्याकेजरहरुसँग मात्र आफुहरुले चिया किन्न सक्ने उनको भनाइ थियो। त्यति हुँदा पनि आफुले सक्दो सहयोग गर्ने छोटो मिठो आश्वासन भने उनले दिए।
राठीले अरु चिया खरिदकर्तालाई पनि भेटे। प्रायः सबैबाट दार्जिलिङको नाम नजोडिएको अवस्थामा आफूहरुले आयात गर्न नसक्ने नै जवाफ दिए। छ महिनापछि अचानक रेवेको इमेल आयो। त्यहाँ मालुमको बिस्तृत बायोडाटा मागिएको थियो। उनीहरुले नै युरोपको ‘स्ट्यान्डर्ड’ मा प्याकेजिङ गर्न सिकाए र सुरुमा एक कन्टेनरभन्दा पनि कम चिया पठाइदिन माग गरे। मालुम ब्रान्डमा ‘प्याकेज्ड’ चिया जर्मनी जान थाल्यो।
त्यो चिया राम्रै ढंगले बिक्री भयो। उनीहरुले महिनाको एक कन्टेनरको दरले माग गर्न थाले। त्यो बढेर दुई कन्टेनर पुग्यो। कारोबार थालेको दुई बर्ष भएको थियो। उनीहरुले चार कन्टेनरको कुरा गर्न थाले। राठीको कम्पनीमा छुट्टै उत्साह छाइसकेको थियो।
अचानक एक दिन कम्पनीबाट मेल आयो- ‘तत्काललाई माग खासै नरहेको हुँदा चिया आपूर्ति नगर्नु होला।’ राठीले केही समय पर्खिए। छ महिना बितिसक्यो। तर, थप खवर आएन। बुझ्दा माग नै छैन भन्ने जवाफ आयो। तर, पत्यार लागेन। थप सोधिखोजी गर्दा कम्पनीकै स्टाफले गोप्य रुपमा जानकारी दिए- ‘यहाँका जति पनि प्याकेजर्स छन्, उनीहरुले उत्पादकबाट सिधा लिएमा आफूले चिया नदिने भने।’
यो निर्णयले राठीलाई खङ्ग्रँङ्गै बनायो। त्यसबेला अचानक निर्यातमा ब्रेक नलागेको भए अहिलेसम्ममा नेपालको चिया उद्योग अर्कै उचाइमा पुग्ने उनका छोरा निराज बताउँछन्। ‘त्यसबेला जति प्याकेज्ड चिया अहिलेसम्म कसैले पनि निर्यात गर्न सकेको छैन’ उनले सुनाए।
दार्जिलिङले पछि आफ्नो पुरानो निर्णय बदल्यो। शतप्रतिशत दार्जिलिङकै चिया हुनुपर्छ भन्ने मान्यतालाई ५१ प्रतिशतमा झार्यो र ४९ प्रतिशत बाहिरको चिया पनि राख्न सकिने प्रावधान बनायो। दार्जिलिङले त्यो बेला बार्षिक तीन/साढे तीन करोड किलो चिया निर्यात गर्दै आएको थियो। तर, त्यसमध्ये उसको आफ्नो उत्पादन एक करोड किलो हाराहारी मात्र थियो। बाँकी बाहिरकै चिया मिसाएर बिक्री गर्थ्यो। अन्ततः आफ्नो उत्पादनले माग पुरा गर्न नसकेपछि मापदण्ड बदल्न दार्जिलिङ बाध्य भयो।
युरोपको व्यापार सुकेपछि मालुमले भारतमा निर्यात सुरु गर्यो। युनिलिभर, बिरला ग्रुप, टाटा टि जस्ता कम्पनीले मालुमको चिया लिन्थे। उनीहरु नेपालबाट खुला चिया लैजान्थे र आफु प्याकेजिङ गरेर बेच्थे। टाटा टि गोल्डमा हुने पत्ती चिया मालुमले नै दिन थाल्यो। यसरी नेपालीबाट लिएको चिया ‘रि प्याकेजिङ’ गरेर भारतीयले निर्यात गर्न थाले। जर्मन आयातकर्ताले पनि भारतीयबाटै ठूलो परिमाणको खरिदमा रुची दिए।
एक पटक माग धान्न आफ्नो पुरानो निर्णयमा संशोधन गरेपनि दार्जिलिङ चियाको लागि ‘स्याम्पेन’ बन्ने मिसनमा अडिग थियो। सोही कारणले उसले अन्तर्राष्ट्रिय बजारमा आफ्नो चियाको ‘जियोग्राफिकल इन्डिकेसन (जिआइ)’ समेत गर्यो। चियालाई दार्जिलिङको पर्यायको रुपमा चिनाउने योजना चालु नै रह्यो।
दार्जिलिङको रणनिति बुझेका रामकुमारले सन् २००६/०७ तिरै फेरि प्याकेजिङ सुरु गर्ने सोच बनाउन थालिसकेका थिए। तर, प्रविधिको युगमा उनले एक्लै हिम्मत गर्न सकेनन्। छोरा निराज अष्ट्रेलिया नै थिए। सन् २००९ कहिले होला र पठाइ सकेर निरज फर्केलान् भन्नेमा ध्याउन्नमा राठीले प्रतिक्षा गरे।
तर, नेपाल ओर्लिएपछि आफुलाई प्रमाणित गर्ने निराजको अठोट सुनेर रामकुमार थप पर्खन बाध्य भए। दुई बर्ष बैंकमा दिलोज्यान दिएर काम गरिरहँदा पनि निरजको मनमा नेपाली चियालाई पहिचान दिने सपनाले ढक्ढकाइरहन्थ्यो।
फुर्सदको समय नेपाली चियामा 'भ्यालु एड' गर्ने र चिया उद्योगलाई दीर्घकालीन बनाउने सपनामै उनी घोत्लन्थे। 'एकातिर दार्जिलिङ जिआइ इन्डिकेसन सहित चियाको प्रिमियम ब्रान्डिङमा लागिसकेको थियो र हाम्रो सामान त्यससँगै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थियो, उनले सुनाए- त्यसमाथि नेपालमा जसरी कार्पेट, गार्मेन्ट लगायतका उद्योग च्याउ जसरी उम्रिए र सकिए, चियाको पनि त्यही हालत नहोला भन्ने अवस्था थिएन।'
चारवटा चिया उद्योग रहेका स्थानमा एक बर्षमा १६ र अर्को बर्ष ३२ सम्म पुगे। किसानले उत्पादन गर्ने चियाको परिणाम चाहिँ नबढ्ने उद्योग चाहिँ उम्रिरहने प्रवृत्तिले यो क्षेत्रमा जोखिमकै अवस्था रहेको उनले ठाने।
‘नेपालले कहिले पनि ब्रान्डिङमा चासो दिएन। हिमालयन चिया भनेर ब्रान्डिङ गर्नुपर्छ, अनि मान्छेले खोज्छन्, भविश्यको बजार पनि सुरक्षित हुन्छ भन्नेतर्फ हामी कसैको पनि ध्यान गएन। बिक्रीमै आनन्द मानिरह्यौँ’ उनको अनुभव छ।
सरकार मात्र होइन निजी क्षेत्रका ‘प्याकेजर्स’ ले पनि ब्रान्डिङमा चासो दिएनन्। कसरी 'दार्जिलिङ टि' लेखेको प्याकमा आफ्नो चिया छिराउने बाहेक 'इन्नोभेसन' मा कसैको ध्यान गएन। प्रतिश्पर्धा गर्नुपर्ने छिमेकीको अवस्था भने बिल्कुल भिन्न।
भारत, बंगलादेश या श्रीलंकाको चिया बोर्डले जुन अनुपातको सुविधा र सहुलियत दिएका छन्, त्यो धेरै माथिल्लो स्तरको रहेको निरज बताउँछन्। साथै उनीहरुका लागि सबैभन्दा ठूलो सहुलियत प्रकृतिले दिएको छ- आफ्नै सामुन्द्रिक बन्दरगाह। नेपालीले समुन्द्रसम्म पुर्याउन जति खर्च गर्नुपर्छ ती देशले त्यसको आधा लागतमा सम्बन्धित बजार भएको मुलुकमा आफ्नो चिया पुर्याउन सक्ने अनुभव निरजको छ।
केही समयअघि मात्र फिलिपिन्सबाट दुई कन्टेनर चिया अर्डर आएको थियो। विराटनगरदेखि कोलकात्तासम्मको भाडा ११ सय २० अमेरिकी डलर लागेकोमा त्यहाँबाट मनिला पोर्टसम्म ३२० डलर मात्र तिर्नु पर्यो। ‘यसैलाई आधार मान्दा पनि आज दार्जिलिङ, बंगलादेश या श्रीलंकाको उद्योगलाई मनिलासम्म चिया पुर्याउन त्यो ३२० डलर मात्र लाग्छ, उनले भने।
यसरी बैंक उनका लागि दोहोरो मौका बन्यो। एक आफुलाई प्रमाणित गर्ने मौका पाए भने, दोस्रो बाहिर बसेर चियाको सबै बस्तुस्थितीमा अपडेट भए। यी सबै तथ्य बुझेपछि नेपालको एउटा छुट्टै ब्रान्ड बनाउनैपर्छ र ‘भ्यालु क्रियट’ गर्नुपर्छ भन्नेक निष्कर्षमा पुगे निराज। अन्यथा नेपालबाट चिया पेलेर भारत या अरु कुनै देश पठाउने र १०० रुपैयाँमा किनेको चिया प्याकेजिङ गरेर उनीहरुले हजार रुपैयाँमा बेच्ने क्रम मात्र कायम रहने उनको निष्कर्ष थियो।
निराजले निर्णय लिए- ‘बुवाले नेपाली चियाको पहिलो प्याकेजिङ गर्दा राखेको नाम राकुरालाई पुनर्जन्म दिने।’ नेपाली चिया उद्योगको व्यावसायीकरणमा आफ्ना बुबाको योगदान र इतिहास उक्त नाममा झल्किने उनको ठम्याइ थियो। सोही कारण सन् २०११ देखिनै गृहकार्य सुरु गरेर २०१२ को सुरु तिर फेरि बजारमा झुल्कियो।
चियाको बजार र प्याकेजिङबारे श्रीलंकाको अभ्यासले उनलाई सबैभन्दा धेरै छोयो। श्रीलंकाको तुलनामा नेपालको चिया धेरै माथिल्लो कोटीको भए पनि किन बजारमा उनीहरु अघि छन् भन्ने प्रश्न उनको मनमा जन्मिएको थियो।
‘श्रीलंका न विश्वको सबैभन्दा ठूलो उत्पादक, न त निर्यातकर्ता नै! तर पनि उनीहरुले के गरिरहेका छन् त त्यस्तो खास?’ उनलाई यो प्रश्नले धेरै घचघच्यायो। पछि थाहा भयो त्यहाँ त चिया हेर्न छुट्टै मन्त्रालय रहेछ। श्रीलंकाले विदेशस्थित हरेक राजदूतावासमा एक जना चिया अधिकृत नै खटाउँदो रहेछ। यसबाट श्रीलंकाको सफलताको राज ‘भ्यालु एडिसन’ नै हो भन्ने निधोमा पुगे उनी।
उनले संकल्प लिए- ‘हामीबाट चार डलरमा किनेको खुला चिया भारत र जर्मनीले प्याकेजिङ गरेर २० डलरको बनाउँछ। हामी त्यति नसके पनि १० डलर त लिन सक्छौँ नि।’ निराजको मनमा यहि अठोट घुम्न थाल्यो।
हुनपनि अहिले विश्वमा चियाको सबैभन्दा ठूलो उत्पादक चीन हो। तर, विश्व बजारमा उसको नाम खासै सुनिँदैन। चिया निर्यातकर्ता मुलुकमा केन्या एक नम्बरमा छ। उसले श्रीलंकाको तुलनामा झन्डै दोब्बर नै चिया बेच्छ। तर, त्यसबाट कमाउने आम्दानी भने ठिक उल्टो छ। श्रीलंकाले चिया निर्यातबाट केन्या भन्दा झन्डै दोब्बर आम्दानी गर्छ। किनभने केन्याले भ्यालुएड गर्न सकेको छैन, जुन काममा श्रीलंकाले पृथक दक्षता देखाइ सकेको छ।
त्यही बुझाइका साथ राकुराको पुनर्जन्मको भयो। तर, अझै पनि सरकारका तर्फबाट गुणस्तरको ठोस मापदण्ड नहुनु चुनौतीपुर्ण रहेको उनी बताउँछन्। उनले स्वनियमनमा आफ्नो मापदण्ड आफैं तोकेका छन्। यसमा श्रीलंका सरकारको प्रतिबद्धताले भने उनलाई छोइरहन्छ। चियालाई श्रीलंकाले आफ्नो पहिचान नै बनाएको छ। त्यसका लागि व्यवसायीले गुणस्तरमा सम्झौता नगरुन् भनेर नियमनको बलियो संयन्त्र छ। चिया नबुझेको मान्छेलाई जथाभावी ढंगले यो क्षेत्रमा हात हाल्न सरकारले नै दिँदैन।
‘तर, हामीकहाँ सरकारले ठमेलजस्ता धेरै विदेशी ठोकिने ठाउँमा समेत बेच्न राखिने चियाको न गुणस्तरमा ध्यान दिएको छ न त मूल्यमा नै, उनले भने- यस्तो प्रवृत्तिले नेपाली चियाको बजार झन् खस्किने अवस्था आउँछ।’
यति हुँदा पनि विश्वसँग प्रतिस्पर्धा गर्न जानुछ भने आफैँ बदलिनु पर्छ भन्ने अठोटका साथ चिया 'प्रोसेसिङ' देखि प्याकेजिङसम्म सबै चरणमा नयाँपन सुरु गरे निरजले। पहिलो जोड प्रविधिमै दिए। 'टि ब्याग' बनाउन विश्व बजारमा प्रयोगमा आएको र नेपालमा चल्तिमा रहेको प्रविधि विल्कुलै भिन्न थियो। राठीले बाँकी विश्वमा 'आउट डेटेड' भइसकेको प्रविधिमा अल्झिएर नबस्ने सोच बनाए।
नेपालमा 'सिङ्गल च्याम्बर टि ब्याग'  प्रयोग हुन्थ्यो। जसलाई पानीमा राखेपछि दुईतिरबाट मात्र स्वाद आउँछ। जबकी विश्व बजारमा 'डबल च्याम्बर टि ब्याग'  प्रयोगमा आइसकेको थियो। त्यसमा पाँच तिरबाट चियाको स्वाद निस्किन्छ। यी दुई टि ब्याग उत्पादन गर्ने मेसिनको लागतमा १० गुणाको फरक छ। तर, उनले प्रविधिमा लगानी थप गर्न हिच्किचाएनन्।
प्याकेजिङका अरु कच्चा पदार्थमा पनि नेपाली प्रतिस्पर्धीले के गरिरहेका छन् भनेर हेर्न थालेनन् राठी। उनी चियाको विश्व विख्यात ब्रान्डले के प्रयोग गर्छ भन्नेमा चाहिँ चासो दिए। लामो समय टिकिरहोस् भनेर हरेक टि ब्यागलाई बाहिरबाट प्लास्टिकको प्याकेटमा 'प्याकेज्ड' पनि गरिएको छ। प्याकेजिङमा स्टेपल लगाउनदेखि टि ब्यागको धागोसम्म पनि प्रविधि सुदृढीकरणमा जोड दिइएको छ। माइक्रो अर्गानिज्म एवं ब्याक्टेरियाहरु प्रवेश गर्न नसक्ने प्रविधि अपनाइएको छ। कच्चा पदार्थको आयात अमेरिकादेखि युरोपसम्मका विभिन्न मुलुकबाट हुने गर्छ।
राकुरालाई पुनर्जन्म दिएको पाँच बर्षमा रहरलाग्दो नतिजा पनि देखिन थालेको छ। मालुमका अलावा इलामकै मंगलबारेमा अर्को फ्याक्ट्री लगाउने तयारी सुरु भएको छ। अहिले बुवा रामकुमारले विराटनगर एवं निराजले काठमाडौं बसेर व्यवसाय हेर्छन्।
अहिले राकुरा ब्राण्डमा ब्ल्याक, ग्रीन, मसला देखि विभिन्न फ्लेवरका दुई दर्जन बढी चिया उत्पादन हुन्छन्। आन्तरिक बजारमा राकुराले गुणस्तरीय चियाको मापदण्ड क्रमशः स्थापित गर्न थालेको छ भने ब्रान्डेड चियाको निर्यातमा पनि फड्को मार्ने आशा जाग्न थालेको छ। केही समयअघि फिलिपिन्सबाट आएको माग त्यही हो। बेलायत, चीन, मलेसिया र हङकङ पनि राकुरा निर्यात हुन थालि सकेको छ। र, अब राठीका आँखा विस्तारै पुरानो बजार जर्मनी लगायत 'इयु' तिर मोडिन थालेका छन्।
The post एउटा मरिसकेको नेपाली ब्राण्डलाई पुनर्जन्म दिएर विश्व बजारमा पुर्याउँदैछन् निराज appeared first on BIZMANDU.