रश्मी पन्त Archives - BIZMANDU
आक्रोश र समानुभूतिबीच उदाएको पुस्ता ‘जेन जी’ जसले अर्थतन्त्रलाई अंक विज्ञानबाट रुपान्तरण गर्दैछन्
हालै नेपालमा भएको जेन जी आन्दोलन अनायसै जन्मिएको आक्रोशको परिणाम थिएन। बितेका केही वर्षहरुदेखि नै विश्वका धेरै स्थानहरुमा नयाँ पुस्ताबाट मौन क्रान्ति र विद्रोह सुरु हुँदै गरेको महसुस भइसकेको थियो। न्यूयोर्कदेखि न्यूरोडसम्म, सिओलका फराकिला सडकहरुदेखि काठमाडौंका साँघुरा गल्लीहरुसम्म देखिँदै गरेको शान्त विद्रोहलाई कुनै राजनीतिज्ञ वा कर्पोरेट जायन्टहरुले नेतृत्व गरिरहेका थिएनन् बरु संकटको युगमा जन्मिएको र सामाजिक सञ्जालमार्फत विश्वसँग जोडिएको नयाँ पुस्ताभित्र दबिइरहेको चरम निराशाको परिणाम थियो।
बरु उनीहरुले आफूलाई त्यस्तो अर्थतन्त्रको जगमा उभिएको पाए जहाँ शैक्षिक प्रमाणपत्रहरुमा धुलो जम्छ। उनीहरुको महत्वाकांक्षा भन्दा बढी त मुद्रास्फितीको ग्राफ उकालो लाग्छ। जहाँ उनीहरुले चाहेको जस्तो सुरक्षित भविष्यको सपना अनिश्चितताको खाडलमा पुरिन्छ। उनीहरु नै हुन् जसले सेयर बजार उकालो लाग्दै गर्दा आफ्नो तलब भने कहिल्यै नबढेको वास्तविकता सामना गरे। देशहरु धनी बनिरहँदा पनि यो पुस्ताले आफ्नै भविष्य भने थप गरिबीतर्फ उन्मुख भइरहेको देखे। उनीहरुका लागि अर्थतन्त्र अंकहरुको विज्ञान थिएन उनीहरुको विश्वासको अंकगणित थियो जुन समयक्रमसँगै दुर्लभ हुँदै गैरहेको उनीहरुले महसुस गरिरहेका थिए।
यो नेपालको मात्रै कुरा थिएन। विश्वभरकै जेन जीले यस्तो महसुस गर्दै आफ्नो संवादको लय बदल्न थालिसकेका थिए। यूरोपमा उनीहरुले अनन्त उपभोग नै खुशीको स्रोत हो भन्ने अवधारणालाई इन्कार गर्न थालिसकेका थिए। अमेरिकामा उनीहरुले ऋण र असमानताको कुरा गर्दा नैतिकताबारे प्रश्न गर्न थालिसकेका थिए। यस्तै एसियामा पनि यो पुस्ताले पुरातन संस्थाहरुको नैतिक धरातलमा प्रश्न गर्दै स्टार्टअपहरुको प्रतिश्पर्धात्मक र सचेत उदयलाई प्रोत्साहन गरिरहेका थिए।
यो पुस्ताले वृद्धिलाई मात्र पूरा गर्ने वा पक्षपोषण गर्ने सोच राखेन बरु सँधै त्यसको उद्देश्यलाई प्रश्न गरिरह्यो। जलवायू परिवर्तनका मुद्दाहरुलाई उठाउँदै यो पुस्ताले प्रश्न गर्न थाले- सिंगो पृथ्वी नै नष्ट हुने जोखिम निम्त्याउँदै गरिएको समृद्धिको के अर्थ? मानव समुदायको मानसिक स्वास्थ्य नै गिर्ने गरी भएको प्रगति किन चाहिन्छ? अनि संरचनागत रुपमै असमानताले जरो गाडिरहँदा सफलताको मानक के हो?
नेपालमा हालै भएको  जेन जी आन्दोलन र त्यसपछिको रुपान्तरणले केही पुनरावृत्तिको भान हुन्छ। हाम्रा युवा पुस्ता राजनीतिक आर्थिक र मनोवैज्ञानिक संक्रमणकालमा हुर्किएका हुन्। उनीहरुले सँधैजसो सरकारहरु परिवर्तन भएको देखे तर उनीहरुले सुशासन, समावेशीता र न्यायको प्रतिबद्धता पूरा भएको कहिल्यै महसुस गर्न पाएनन्। सरकार परिवर्तन भइराख्ने तर शासन परिवर्तन नहुने दु:खद् अवस्था रहिरह्यो।
अबको यो युवा पुस्ताले नेपालका लागि नयाँ किसिमको स्वनिर्माणमा आधारित, डिजिटल र उनीहरुको हृदयको भाषा बोल्ने गरीको नवीनतम अर्थतन्त्र निर्माण गर्न लागिपरिसकेका छन्। यसका लागि  उनीहरुले आफ्ना घरलाई होम स्टेमा बदल्दैछन्। क्याफेमा बसेर कोडिङ गरिरहेका छन् र परम्परागत फेसनलाइनको व्यापार सुरु गरेका छन्। कोही राजनीतिक गफ गर्ने थलोका रुपमा पडकास्टलाई  विकास गरिरहेका छन्। कोही एपबाटै गाउँका बालबालिकालाई अंग्रेजी भाषा सिकाइरहेका छन् भने कोही मौलिक हस्तकलाका सामाग्रीहरु विदेशी बजारमा बेचिरहेका छन्। उनीहरुले चलाएका उद्यम भलै सानै हुन्, ती उद्यमहरु आयातित होइनन् आफ्नै कल्पनाले सिर्जना गरिएका छन्, जीवन्त छन् र मुख्य गरी नेपाली पहिचान बोकेका छन्।
आफ्ना भन्दा अघिका पुस्ताले जसरी पद, जग्गा जमीन र विप्रेषणलाई योग्यता र पुँजीसँग दाँजे त्यो भन्दा फरक यो पुस्ताले सोचिरहेछ। उनीहरु आवरण हेरेर मूल्यांकन गर्दैनन्, आधिकारिकता हेर्छन्। स्थिर बस्नुभन्दा गतिशिलतालाई प्राथमिकता दिन्छन् र भौतिक पर्याप्तता खोज्दैनन्, बरु जे छ त्यसैलाई अर्थपूर्ण बनाउन चाहन्छन्।
उनीहरु बरु बढी मूल्य तिर्नु परोस् तर उत्पादन दीगो होस् भन्ने सोच्छन्। कुनै उद्देश्यसहितको साझा प्लाटफर्म सिर्जना गर्छन् र कसैको आदेशको भरमा नभई कामप्रतिको लगावका कारण राती अबेरसम्म पनि काम गर्छन्। यो यस्तो पुस्ता हो जसका लागि अन्तरआत्माको आवाज नै स्वपुँजी हो, त्यसैले उनीहरु केवल आफ्नो आत्माको सुन्छन्।
यति हुँदा हुँदै पनि यो पुस्ता जागरण बोझले थिचिएको छ। यो नवीनतम् आविष्कारको संघारमा पनि उनीहरु थाकेका छन्। यो थकान महिनौंसम्म उनीहरुले नपाएको तलबको हो, उनीहरुको सिर्जनशीलतामाथि गरिएको बेवास्ताको हो, अनि उनीहरुले गरिरहनुपरेको निरन्तरको दौडधुपको हो।
अहिले जुन प्रविधिले उनीहरुलाई सशक्त बनाइरहेको छ त्यही प्रविधिले नै उनीहरुलाई दास पनि बनाइरहेको छ। धेरै युवाहरु विरोधाभाषमा बाँचिरहेका छन्। एकातिर मुद्रास्फितीले उनीहरुको उत्साह र सकारात्मकतालाई मारिदिन्छ। अर्कोतर्फ कर्मचारीतन्त्रले उनीहरुको सिर्जनाशीलतालाई मारिदिन्छ। कति धैर्य गर्नु! उनीहरुमा धैर्यको बाँध टुट्ने गरी कर्मचारीतन्त्र हावी भइदिन्छ। तर बिर्सन नहुने कुरा के पनि छ भने उनीहरुकै धैर्यताको बलमा विश्वको डिजिटल भविष्य निर्माण भएको हो।
यतिभन्दा भन्दै पनि सबैले मनन गर्नुपर्ने के हो भने यो पुस्ता यसै असाधारण भएका पक्कै होइनन्। उनीहरु सहजै निराशालाई स्वीकार गर्नेवाला छैनन्। हार मान्नेवाला पनि छैनन्। उनीहरु परिवर्तन चाहिरहेछन् त्यसैले त आलोचना गरिरहेका छन्। उनीहरुले यो आन्दोलन अराजकताका लागि गरेका होइनन् बरु सकारात्मक बाटोमा अघि लैजानका लागि गरेका हुन्।
उनीहरु यस्तो समाज चाहन्छन् जहाँ आत्मसम्मान, न्याय र  समावेशिता होस्। न कि यसभन्दा अघिको पुस्ताले भोगेजस्तो होस्। उनीहरु अर्थतन्त्रलाई अंकसँग मात्र होइन संवेदनाहरुसँग जोडेर हेर्छन्। उनीहरु जति खुलेर पैसाको बारेमा गफ गर्छन् त्यति नै खुलेर मानसिक स्वास्थ्यका बारेमा पनि बोल्छन्। उनीहरु सफलतालाई कमाइसँग मात्र जोडेर हेर्दैनन् बरु कमाउने क्रममा कस्तो महसुस गरे त्यसको पनि मापन गर्छन्।
अर्थतन्त्र कुनै समय नैतिक दर्शनशास्त्रकै एक हाँगा थियो जसले सीमितताबीच पनि कसरी राम्रो समाजको निर्माण गर्ने बारेमा अध्ययन गर्थ्यो। कालान्तरमा यो विधा अमूर्त बन्दै गयो जहाँ मानवीयपन भन्दा बढी अंक हावी हुन थाल्यो।
तर नयाँ पुस्ता अर्थात् जेन जीले लोप भएको त्यही मानवीय पनलाई फिर्ता ल्याइरहेको छ। अबका पुस्ता कस्ता छन् भने कुनै एक युवती काठमाडौंमा रहेको कामदारमाथि शोषण गर्ने कम्पनीमा काम गर्न सहजै अस्वीकार गर्छिन् भने दाङको कुनै युवा वैदेशिक रोजगारीमा जानका लागि वर्किङ भिसा खोज्नुभन्दा गाउँमै बसेर जलवायू परिवर्तनका विषयमा जनचेतना जगाउने एप बनाइरहन्छ। अबको पुस्ताले यस्तो गर्नुलाई कुनै विद्रोहका रुपमा हेर्दैन बरु अर्थतन्त्रबाट गुमेको आत्मा र बजारको लय पुनर्प्राप्तिको बाटोका रुपमा पहिचान गर्छ।
जेन जीका यस्तै कामलाई विश्वले मात्र नभई नेपालले पनि पर्याप्त रुपमा अंगिकार गर्नका लागि वर्तमान चुनौती भनेको हाम्रा संस्थाहरु नैतिक धरातलमा उभिएर परिवर्तनका लागि कत्तिको छिटो तयार हुन सक्छन् भन्ने नै हो। हाम्रा नीतिहरु यसरी तयार पारिएका छन् कि युवाहरुलाई अझै पनि आश्रित पुस्ताकै रुपमा हेरिएको छ न कि साझेदारका रुपमा। अर्कोतिर जेन जी पुस्ताले यतिबेला सहानुभूति मागिरहेका छैनन्, इमानदार साझेदारी चाहिरहेका छन्।
उनीहरु चाहन्छन् आफूहरुलाई प्राथमिकतामा राखेर कुनै माग पूरा गर्न नपरोस् बरु त्यसमा सक्रिय सहभागी हुन पाइयोस्।  उनीहरुको संलग्नतामा भविष्यको खाका कोरियोस्। हामीले यतिबेला स्विकार्नै पर्ने हुन्छ कि अबको पुस्ता हामीले देखेको भन्दा सुन्दर ढंगले भविष्यको खाका कोर्न  सक्षम छन्।.
जेन जी पुस्ताले गरेको क्रान्ति केवल विध्वंशमात्र होइन। यो त तटस्थ र तरल भएका मानवीय प्रणालीहरुमा सुधार ल्याएर नयाँ संरचनाको निर्माणतर्फको यात्रा हो भन्ने बुझ्नुपर्छ। उनीहरुलाई जसरी ‘लस्ट जेनरेसन’को ट्याग लगाइएको छ, त्यो सर्वाधिक गलत छ। उनीहरु त चरम बेथिती विरुद्ध लड्ने साहस भएका पहिलो पुस्ता हुन् जो सँग आक्रोश र समानूभूति दुवै छ।
अब नेपालले यो पुस्ताको आवाजलाई सुन्ने हो भने देशले राजनीतिक दस्तावेजहरुमा मात्र नभई आम मानिसकै जीवनमा अहिलेसम्मकै ठूलो रुपान्तरण ल्याउन सक्छ किनभने जेन जी पुस्ताको उदय नै सार्थकताको खोजीका लागि भएको हो।
सबैले बिर्सिसकेको एउटा सत्य उनीहरुले अझै बिर्सेका छैनन्- ‘उद्देश्य बिनाको समृद्धिले मात्र यो विश्वबाट गरिबी कहिल्यै हराउँदैन।’
(रश्मी पन्त त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधी गरिरहेकी छन्।)
The post आक्रोश र समानुभूतिबीच उदाएको पुस्ता ‘जेन जी’ जसले  अर्थतन्त्रलाई अंक विज्ञानबाट रुपान्तरण गर्दैछन् appeared first on BIZMANDU.
उत्साही युवा र पाका पुस्ताको साझेदारीबाटै सम्भव छ दिगो प्रगति
सत्या नाडेला सन् २०१४ मा माइक्रोसफ्टमा प्रमुख कार्यकारीका रुपमा नियुक्त भए। त्यसबेला अधिकांशको अनुमान थियो अब कम्पनी पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण भयो। हुन पनि माइक्रोसफ्ट त्यतिबेला असाध्यै स्थिर र गतिहीन अवस्थामा पुगेको भन्दै आलोचना खेपिरहेको थियो। त्यस्तो कम्पनीको नेतृत्व गर्नका लागि क्लाउड युगका उत्पादन मानिने नाडेला पुगेका थिए, जसमा पुरानो धङधङीलाई बढारेर नयाँ उत्साह भर्ने दृढता थियो।
जसै उनले आफ्नो कमान सम्हाले, पहिलो कदमका रुपमा उनले बिल गेट्सलाई कम्पनीका प्राविधिक सल्लाहकारकै भूमिकामा रहिरहन आग्रह गरे।
उनले बिल गेट्सको नाम देखाउनका लागि मात्र कम्पनीमा राखेका थिएनन्। उत्साही रुपमा गेट्सले कम्पनीका प्रोडक्टहरुको रिभ्यूमा सक्रिय सहभागिता जनाए । फीडब्याक दिइरहे। जटिल डिजाइनहरु बनाउने क्रममा पनि टिमलाई निरन्तर सल्लाह सुझाव दिने गरे। कम्पनीमा गेट्सको भूमिकाको निरन्तरता प्रतिकात्मक मात्र थिएन यो त सहअस्तित्वको अभ्यास थियो, जहाँ पुरानो पुस्ताले नयाँ पुस्तालाई अनुभव र ज्ञान दिइरहेको थियो भने नयाँ पुस्ता त्यही थपिएको बलका कारण बढी गतिशील हुँदै अघि बढिरहेको थियो।
त्यसबेला गेट्सको भूमिका समाचारको हेडलाइन बन्न सकेन तर खासै चर्चा नपाएको यो कामले संस्थागत रुपमा राम्रो पाठ भने सिकायो। पुस्ता हस्तान्तरणले नभई अन्तरपुस्ता संवाद र सहकार्यले नै कुनै पनि संस्थाको दिगो भविष्य निर्माण गर्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण हो नाडेलाको कदम। यो सिकाइ केवल माइक्रोसफ्टका हकमा मात्र लागू हुँदैन। यो त हरेक त्यस्ता संस्थाहरुको लागि उपयोगी छ जो केवल संचालनको अनुकूलतामात्र खोज्दैन बरु बलियो र दिगो भविष्य खोजिरहेको हुन्छ।
नेपाल मात्र नभई विश्वका अधिकांश उदाउँदा बजारमा संस्थाहरु यस्तै किसिमका दुविधासँग जुधिरहेका हुन्छन्। डिजिटल ज्ञान भएका दक्ष युवा जनशक्तिहरु र अनुभव, विज्ञता र प्रणालीगत विरासत बोकेका पुराना नेतृत्वहरुबीच नजादिँदो खाडल बनेको छ।
सतही रुपमा हेर्दा दुई पुस्ताबीचको अन्तर स्वाभाविक हो जस्तो पनि लाग्न सक्छ। तर वास्तविक चुनौती त्यतिबेला अनुभूति हुन्छ जतिबेला संरचनागत पुलको अभावमा एउटाले सूचित हुने र अर्कोले थप परिष्कृत हुने, दुवै अवसर गुमाउँछन्।
आधुनिक अर्थतन्त्रको अर्को विरोधाभाष के हो भने अहिलेका नयाँ पुस्ताहरु सानै उमेरदेखि कमाइ गर्छन्। अझ भनौं २० वर्षकै उमेरदेखि उनीहरु कमाउन थाल्छन्। प्रोडक्ट बजारमा ल्याउने, एप डिजाइन गर्ने, कन्टेन्ट बनाउने जस्ता काम उनीहरुले सानैदेखि गर्न थाल्छन्। सानैदेखिको सिकाइले उनीहरुमा सोचलाई मौद्रिक सम्पत्तिमा बदल्ने सिप प्राप्त हुन्छ। सिस्टम र कोड बनाउन खप्पिस नयाँ पुस्ता नवीन कार्यशैलीमा पोख्त हुन्छन्।
नयाँ पुस्तामा चाँडै कमाउने क्षमता विकास त हुन्छ तर उनीहरुले रणनीतिक भूमिका, पद र निर्णय लिने अवसर धेरै कुरेपछि मात्र पाउँछन्।
हरेक संस्था तथा कार्यस्थलहरुमा युवाहरुको जोश जाँगरलाई उत्साहका रुपमा लिइन्छ। तर उनीहरुको दृष्टिकोण र अवधारणाहरुलाई भने मुखरित हुने अवसर कमैमात्र दिइन्छ। युवा जनशक्तिलाई सम्पत्ति भनेर गर्व गर्ने त्यही संस्थाले उनीहरुलाई नेतृत्व सुम्पिहाल्न भने सक्दैनन्। उनीहरुलाई अनेकौं प्रावधान र तहगत स्वीकृतिहरुमा अल्झाइन्छ। यसबाट युवाहरु आफू उत्कृष्ट भए पनि नेतृत्वमा नपुग्दा निराश हुन्छन्। केही संस्थाबाट बाहिरिएर आफ्नै भेन्चर खडा गर्छन् भने केहीले विदेशिने बाटो तय गर्छन्। कोही आफ्नो लागि अवसर खोज्दै ग्लोबल प्लाटफर्ममा पनि पुग्छन्। दक्ष र काबिल भएर पनि नेतृत्वमा पुग्न नसक्दा युवाहरुमा उदासीनता मात्र छाउँदैन उनीहरुको कल्पनाशक्ति र ऊर्जा पनि संस्थागत कठोरताका सामु खुम्चिन थाल्छ।
यो पुस्तागत असन्तुलन एकतर्फी मात्र छैन। विशेष गरी बैंकिङ, पूर्वाधार र सरकारी पदमा रहेका पुराना पुस्ता पनि यस्तै किसिमका निराशामा छन्। उनीहरु दशकौंको अनुभवले खारिएका छन्। विविध राजनीतिक परिवर्तन, आर्थिक उतारचढाव, नियामकीय प्रक्रियाका साथै संस्थागत सफलता असफलता उनीहरुले देखेबुझेका छन्। यही अनुभवका आधारमा उनीहरु सल्लाह दिन्छन् सावधानीका उपायहरु सुझाउँछन्। उनीहरु आफूले बटुलेको अनुभवका आधारमा सहजै भन्न सक्छन् कि कस्ता किसिमका स-साना त्रुटिहरुले पनि कम्पनीमा दूरगामी प्रभाव छोड्न सक्छ।
समस्या कहाँनिर छ भने धेरैजसो पुराना र वरिष्ठ व्यक्तिहरु ओझेलमा परिरहेका छन्। उनीहरुलाई आफ्नो कार्यकाल सकिएपछि वा एक निश्चित अवधिपछि ती संस्थाहरुले मेन्टरका रुपमा वा सहकार्य गर्नका लागि सम्झिँदैनन्। उनीहरुलाई बढी उमेर भएकै आधारमा ‘आउटडेटेड’ भएको महसुस गराइन्छ।
यहाँ दुवै पुस्ताका आ-आफ्नै समस्या छ। एकातिर युवा पुस्ता आफूमाथि पूर्ण विश्वास नगरेका कारण निराश छ भने अनुभवी र पाकाहरुलाई अनुपयोगी व्यक्तिका रुपमा व्यवहार गरिन्छ। यसले संस्थालाई विस्तारै क्षयीकरण तर्फ धकेल्दै लैजान्छ। चल्न त संस्था चलिरहेकै हुन्छ तर कसरी? जुन हिसाबले प्रगतिउन्मुख भएर माथि उठ्नुपर्ने हो त्यो भने भइरहेको देखिन्न। कर्मचारी वा टिमभित्र हुने सहयोग पनि एकापसमा सतही रुपमा मात्र देखिन्छ। सबैका मेहनत बाबजुद पनि संस्थाले भनेजसरी ग्रो गर्ने अवसर पाइरहेको हुन्न।
यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ त?
यदि यो समस्यालाई समाधान गर्ने हो भने संस्थाहरुमा वरिष्ठ तथा पुराना जनशक्तिलाई केवल सम्मान दिएर मात्र पुग्दैन। उनीहरुलाई कार्यस्थलमा सहकार्य गर्ने तथा समावेशी भूमिका दिनुपर्छ। संस्थाले पुराना तथा वरिष्ठ व्यक्तिहरुलाई औपचारिक रुपमै कामको लागि स्थान दिनुपर्छ ताकि उनीहरुले उमेरका कारण आफू ‘अयोग्य’ महसुस गर्न नपरोस्।
यसका लागि कार्यस्थलको वास्तविक रुपान्तरण हुनुपर्छ। कुनै पनि नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरुलाई उनीहरुको काम वा कार्यकालका आधारमा मात्र नभई उनीहरुको निर्णायक क्षमताका आधारमा मूल्यांकन हुनुपर्छ। अर्कोतर्फ पुरानो पुस्ताले मेन्टरिङ गर्ने अवधारणा विपरित युवा पुस्ताले पनि पुरानो पुस्तालाई मार्गनिर्देशक बनेर नयाँ युगका डिजिटल संस्कृतिसँग परिचित गराउने नवीनतम आविष्कार तथा नवीनतम रणनीतिहरु तयार पार्न सहयोग गर्नुपर्छ । अझ महत्त्वपूर्ण त संस्थाले हासिल गर्ने सफलताहरुमा कुनै पनि व्यक्तिलाई हिरोको पगरी गुथाइदिने प्रवृत्तिको अन्त्य गरी पुस्तागत सहकार्य तथा टिमले श्रेय हासिल गर्ने अवस्था निर्माण गर्नुपर्छ। नेपालको हकमा यो अवस्था निर्माण गर्न अझ बढी आवश्यक छ।
नेपालमा जब हामी जनसांख्यिक लाभ तथा युवाहरुको बाहुल्यताको कुरा गर्छौं, दृश्य बिल्कुल विपरीत छ। राजनीतिक वृत्तदेखि कर्पोरेट वृत्तसम्म नेतृत्वमा असमान रुपमा पुरानै पुस्ताको बाहुल्यता देख्न पाइन्छ। नयाँ पुस्ता कहिले आफ्नो नेतृत्व गर्ने पालो आउला भनेर कुरिरहेका देखिन्छन्। त्यो प्रतिक्षा कहिलेसम्मका लागि हो उनीहरुलाई नै थाहा हुन्न।
पाका र अनुभवीहरु कहिल्यै कुर्सी छोड्न चाहदैनन् किनकी उनीहरुलाई राम्ररी थाहा छ एकपटक प्रणालीबाट उनीहरु बाहिरिएपछि फेरि आफ्नो पुनरागमन र निरन्तरता सम्भव हुन्न। दुवै पुस्ता उस्तै-उस्तै किसिमका डरमा बाँचिरहेको देखिन्छ: असान्दर्भिक हुने डर, पदबाट बाहिरिनुपर्ने डर अनि आफ्नो आवाज नसुनिने डर।
यसै सन्दर्भमा मलाई बैंकमा काम गर्ने साथीको याद आयो। उनले कर्जा प्रवाह प्रक्रिया झण्झटिलो र लामो भएको भन्दै प्रक्रिया चुस्त बनाउन अटोमेसन टुलको प्रस्ताव ल्याएका थिए। तर उनको अवधारणा र प्रस्ताव रद्दीको टोकरीमा पुग्यो। उनले ल्याएको टुल सुरक्षित, भरपर्दो र कम्पनीको नीतिनियम अनुरुपकै थियो भन्नेमा दुई मत थिएन। अटोमेसन टुलमा कुनै खराबी पनि थिएन। तर खराबी त त्यो प्रणालीभित्र थियो जसले आफूमा कुनै रुपान्तरणको आवश्यकता महसुस गरेन। त्यतिबेला ती साथी निकै निराश भए। टुलको प्रयोगमा देखिएको ढिलाइले भन्दा बढी यसबारे नेतृत्वले कुनै छलफल चलाउन नखोज्नुले उनलाई बढी विचलित बनाइरहेको थियो। सकारात्मक परिवर्तनको अभ्यासका सवालमा कुनै पनि छलफल वा कुराकानी नहुँदा नयाँ पुस्ताको आविष्कार र सिर्जनशीलता यसरी पनि मरिरहेको हुन्छ।
अर्को सन्दर्भ यसकै विपरीत पनि छ। मैले एक रिटायर्ट सरकारी अधिकारीका कुरा सुन्ने मौका पाएँ, जो आक्कलझुक्कल मन्त्रालयहरुमा परामर्शदाताका रुपमा काम गर्छन्। उनका अनुसार युवा पुस्ताका कर्मचारी संस्थागत विरासत र इतिहास जान्न त्यति उत्सुक छैनन्। उनीहरु पुराना सबै कुरालाई प्रभावहीन र आउटडेटेड देख्छन्। तर प्रश्न गर्दैनन्- ‘त्यो प्रणाली कसरी त्यो अवस्थामा विकास भएर आयो?’
यी दुवै उदाहरणले एउटै सत्य उजागर गर्छ। यो अवस्था कुनै एक पुस्ताको असफलताले सृजित हुने होइन बरु दुई पुस्ताबीचको सम्बन्धलाई राम्रो बनाउन प्रयास नगर्दा उत्पन्न भएको परिणाम हो।
यदि नेपालका संस्थाहरुलाई आधुनिक बनाउने हो, क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने हो भने, अनि दक्ष जनशक्तिलाई पलायनबाट रोक्ने हो भने दिगो उपाय खोज्नुपर्छ।
दक्ष जनशक्तिलाई डिजाइन, रणनीति र सुशासनतर्फ अग्रसर बनाउनुपर्छ। संस्थामा रहेका पाका र वरिष्ठ व्यक्तिहरुलाई अर्थपूर्ण भूमिका दिनुपर्छ। उनीहरुको ज्ञानलाई नवप्रवर्तनसँग जोड्ने गरी मार्गदर्शकको भूमिकामा राख्नुपर्छ।
माइक्रोसफ्टमा नाडेलाले गरेको त्यो निर्णय कुनै ठूलो क्रान्ति थिएन तर उनले समग्र दृष्टिकोणमा परिवर्तन ल्याउने काम गरे। उनले कम्पनीको विरासतलाई मासेनन् बरु त्यसलाई नयाँ अवधारणाका साथ आत्मसात् गरे। संरचनाको पुनर्गठन गरे। अतितलाई नमेटी भविष्यसम्म साथै डोर्याउन पुराना पुस्तालाई आग्रह गरे।
नाडेलाकै जस्तो सोच र अवधारणा अब हामीलाई यहाँ पनि चाहिएको छ। काठमाडौं र ललितपुरका बोर्डरुमहरुमा, भैरहवाका बिजनेस हाउसहरुमा र पोखराका टेक हबहरुमा यस्तै सोचका साथ अघि बढ्नु आवश्यक छ। हामीलाई अब यस्तो नेतृत्व चाहिएको छ जसले प्रतिभा पहिचान गर्ने मात्र होइन कि उमेरलाई बाधक नमान्ने कार्यक्षेत्र सिर्जना गर्न सकोस्।
कुनै पनि संस्था पुँजी वा नाराले मात्र दीगो हुने होइन। दशकौंदेखि निर्माण भएका तहगत अवधारणाहरु, लामो समयदेखि चलाइएका छलफल तथा विश्वासले सृर्जेको वातावरणले संस्थालाई दिगो रुपमा अघि बढाएको हुन्छ। हामीलाई अब पुस्तागत परिवर्तन होइन, पुस्तागत समन्वय र साझेदारी चाहिएको छ किनभने जब युवा जोश र पाको अनुभव सँगसँगै हिँड्छ त्यहीँ हामीले दिगो प्रगतिको लक्ष्य भेट्न सक्छौं।
(पन्त त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा विद्यावारिधि गरिरहेकी छन्।)
The post उत्साही युवा र पाका पुस्ताको साझेदारीबाटै सम्भव छ दिगो प्रगति appeared first on BIZMANDU.
टुटेका सपनाको आर्थिक मूल्य : वित्तीय प्रणाली फेल भएरमात्रै ढल्दैन अर्थतन्त्र
एक साँझ मेरो मोबाइलमा एउटा म्यासेज आयो। त्यो छोटो र साधारण थियो तर म्यासेजका शब्दहरूले मलाई तान्यो : ‘के तपाईं मानिसका भावनाले अर्थतन्त्रलाई कसरी प्रभावित पार्छ भन्ने बारेमा केही लेख्न सक्नुहुन्छ?’
यो म्यासेज पठाउने व्यक्ति मेरा निकट आफन्त हुनुहुन्थ्यो तर वहाँ अर्थशास्त्री भने होइन। वहाँको त्यो अनुरोधले मलाई धेरै गहिरोसँग छोयो। ती शब्द मैले पढेका धेरै शैक्षिक सिकाइहरुभन्दा पनि गहन लागे, किनभने उक्त प्रश्नले मलाई एउटा सत्यसँग आत्मसात् गरायो जुन आर्थिक विषयमा छलफलका क्रममा हामीले बेवास्ता गरिरहेका हुन्छौं।
खासमा अंकहरुले बजार चलाउँछन्, तर त्यही अंकसँग खेलिरहने मानिसलाई भने उनीहरुको मनोभाव अर्थात भावनाहरुले आकार दिन्छन्।
जति गहिरिएर म यस म्यासेजका बारेमा सोच्न थालेँ, त्यति नै गहिरोसँग म विगतको एउटा कथातर्फ तानिँदै गएँ।
हाम्रो जस्तो धेरै समाजहरूमा सन्तान केवल परिवारमात्र होइनन् उनीहरू त बुवाआमाको अलिखित पेन्सन योजना, आफूले गरिआएको कार्यको निरन्तरताको स्रोत, भावनात्मक परिपूर्तिका माध्यम अनि स्वयं बुवाआमाका पहिचान समेत हुन्। त्यसैले हाम्रो सामाजिक संरचनामा ती उद्यमी बुवाको यो आकांक्षा अन्यथा पनि थिएन।
तर, उनै उद्यमी बुवाका शिक्षित, महत्त्वाकांक्षी र विचारले ग्लोबल बनिसकेका छोराहरू यहाँ बस्न चाहँदैनन्। उनीहरूले बुवालाई आफूहरू अमेरिका गएर करियर बनाउने बताउँछन्। ‘हामी उतैबाट पैसा पठाउँछौं,’ उनीहरूले बुवालाई आश्वासन दिन्छन्- ‘हामी जहाँ रहे पनि परिवारसँग जोडिएरै रहनेछौं।’
तर, छोराहरूले भनेका शब्द बुवाका लागि सन्देशमात्र थिएन, गहिरो चिन्ताको प्रतिध्वनि थियो। किनभने अब उनको त्यो व्यावसायिक विरासतले निरन्तरता नपाउने भयो। उनको भावनात्मक लगानीले कुनै उत्तराधिकार प्राप्त गर्न सकेन। त्यसको केही महिनामै उनले आफ्नो व्यवसाय बन्द गर्छन् र आध्यात्मिक मार्गमा लाग्छन्।
यो निर्णय उनले दशकौंको मेहनतले खडा गरेको व्यवसाय असफल भएर गरेका थिएनन्। तर, जुन उद्देश्यका साथ मेहनत गरेका थिए त्यो उद्देश्य नै नरहेपछि उनले व्यवसाय बन्द गरेर बाँकी जीवन धार्मिक मार्गमा लाग्ने निर्णय गरेका थिए।
यो घटना केवल एउटा परिवारको कथा मात्र होइन ‘आर्थिक नीतिकथा’ नै हो। समान किसिमका घटनाहरुको प्रभाव अब कुनै एक घरमा मात्र सीमित छैन। हामी महसुस गर्न सक्छौं यसको असर तरंगित भएर धेरै परसम्म पुगिरहेको छ।
अब यसै सन्दर्भसँग जोडिएको केही तथ्यांकलाई हेरौं :
• सोही वर्ष, सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमइ)हरुको दर्तामा ५.४ प्रतिशतले कमी आएको थियो। (उद्योग मन्त्रालय, २०२४)
• १३ लाख हेक्टरभन्दा बढी कृषियोग्य जमिन हाल बाँझो अवस्थामा छ, यस तथ्यले २०२० पछिको ११ प्रतिशत वृद्धिलाई दर्शाउँछ। (एफएओ र केन्द्रीय तथ्यांक विभाग, २०२३)
यो विरोधाभासलाई एकपटक मनन गरौं! एकातिर मौद्रिक प्रवाह बढिरहँदा उद्यमशीलतातर्फको सहभागिता, खेतीपाती र घरेलु उद्यमहरू भने घटिरहेका छन्। किन त?
किनभने अंकहरूमा तर्कसंगत देखिने कतिपय कुराहरुले भावनात्मक वास्तविकतालाई भने ढाकिदिन्छ। नेपालमा मात्र होइन धेरै जसो उदाउँदा अर्थतन्त्रहरुमा हामी भावनात्मक आर्थिक निष्क्रियताका यस्ता घटनाहरु बढिरहेको देख्न सक्छौं।
विशेषगरी, पुराना पुस्ताका उद्यमीहरू र साना किसानहरू पुँजीको अभावका कारण नभई यस्तै विविध प्रकारका ‘भावनात्मक सम्झौताको अवसान’का कारण आफ्नो श्रम तथा कर्मबाट पछि हटिरहेका छन्।
भावनात्मक अर्थतन्त्रलाई कहिल्यै मात्रात्मक रूपमा नापिंदैन। तर, यसको प्रभाव विश्वभर बढ्दै गएको देखिन्छ। हामी प्रायः बिर्सन्छौं कि कुनै पनि व्यवसाय निर्माण, विस्तार, वा हस्तान्तरण गर्ने निर्णयहरू त्यसको ब्यालेन्ससिटमा मात्र आधारित भएर लिइँदैन। यस्ता निर्णयहरू कुनै बैठक कोठामा, टेलिफोन कलहरूमा वा कुनै सन्नाटामा पनि आधारित हुन्छन्, जसमा मैले माथि उल्लेख गरेझैं पुस्तागत दरारका धेरै घटनाहरु लुकेका हुन सक्छन्।
उदाहरणका लागि, जापानमा ६० वर्ष भन्दा माथिका ६५ प्रतिशत व्यवसायीहरूको उत्तराधिकारी छैनन् (टेइकोकु डेटा बैंक, २०२३)। सन् २०२० देखि २०२३ सम्मको तथ्यांकअनुसार ४५ हजारभन्दा बढी साना व्यवसायहरू टाट पल्टिएर नभइ नयाँ पुस्ताले व्यवसायको उत्तराधिकारी बन्न नचाहेकाले बन्द भए। यस्तै, किसिमका व्यावसायिक उत्तराधिकार संकट इटालीका पारिवारिक व्यवसायहरू र जर्मनीको प्रख्यात मिटेलस्ट्याण्डमा पनि देखियो। व्यवसाय संचालनमा नाफा भइरहेकै अवस्थामा पनि ‘भावनात्मक भिन्नता’ का कारण सफल व्यवसायहरू पनि धमाधम बन्द गर्ने निर्णयलाई मलजल गरिरहेको छ।
व्यवहारिक अर्थशास्त्रले यसलाई थप पुष्टि गर्छ। प्रोस्पेक्ट थ्योरी (काह्नेम्यान र ट्भर्स्की, १९७९) अनुसार मानिसहरू लाभ लिनुमा भन्दा हानि बेहोर्न बढी डराउँछन्।
यो ‘हानि’अन्तर्गत विरासतको हानि, उद्देश्यको हानि, यस्तै परिवारभित्र अपेक्षा गरिने भावनात्मक आवश्यकताको हानि पर्दछन्, जुन कुनै पनि निरन्तर आयको लाभभन्दा बढी महत्त्वपूर्ण हुन सक्छ। जब भावनात्मक प्रतिफल हराउँछ, मानिसहरू आर्थिक जीवनबाट अलग हुन्छन्। सतही रुपमा हेर्दा यी कुराहरु तर्कहीन देखिन्छ,  तर यो वास्तवमै निकै गहिरो र मानवीय हुन्छ।
अर्थतन्त्रमा ‘भावनात्मक संवेदनशीलता’लाई कसरी सम्बोधन गर्न सकिन्छ?
दोस्रो, कुनै पनि आर्थिक नीति निर्माण गर्दा कर छुट वा वित्तीय उपकरणहरू मात्र पर्याप्त हुँदैनन्। भावनात्मक पक्षबाट प्रोत्साहन र आर्थिक प्रोत्साहन दुवैलाई समन्वयात्मक रुपमा सम्बोधन गर्नुपर्छ। उदाहरणका लागि दक्षिण कोरिया र ताइवानले यदि कोही नागरिक देश फर्केर पारिवारिक उद्यममा लगानी गर्न चाहन्छ भने उनीहरूका लागि सहयोगी योजनाहरू बनाएका छन्। नेपालले पनि उद्यमशीलतामा पुस्तागत अन्तरलाई कम गर्न यस्तै किसिमका ‘लिगेसी इन्टेन्सिभ’ दिने कानुनी र नेतृत्वदायी कार्यक्रम ल्याउन सक्छ।
तेस्रो, हामीले आर्थिक स्वास्थ्य मापन गर्ने तरिकालाई पनि बदल्नुपर्छ। रेमिट्यान्स र कुल ग्राहस्थ उत्पादनमा वृद्धिको तथ्यांकले मात्र समाज कस्तो छ भनेर बताउन सक्दैन। भावनात्मक उत्प्रेरणा सर्वेक्षण, विश्वासका सूचकहरू तथा पुस्तागत संलग्नताका दर जस्ता पूरक सूचकांकहरू पनि विकास गर्नुपर्छ। भुटानको ग्रस नेसनल ह्याप्पीनेस मोडेल आफैंमा पूर्ण नभए पनि यसले कल्पनाशीलताको सुरुवाती विन्दुलाई संकेत गर्छ।
चौथो, हाम्रो शिक्षा प्रणालीले युवाहरूलाई विश्व प्रतिस्पर्धाका लागि मात्र होइन, लोकल कनेक्सनका लागि पनि तयार गर्नुपर्छ। पाठ्यक्रममा भावनात्मक साक्षरता, पारिवारिक व्यवसायमा नैतिकता, र सामाजिक जवाफदेहितालाई समावेश गर्नुपर्छ। यदि हामीले सांस्कृतिक उत्तराधिकार महत्त्वपूर्ण छ भनिरहेका छौं भने त्यसलाई भनाइमा मात्र होइन सिकाइमै लागू गर्नुपर्छ।
खासमा अब हामीले अर्थशास्त्रको भाषालाई नै सिफ्ट गरेर हेर्नुपर्ने बेला आइसकेको छ। छोराहरूप्रतिको अपेक्षाबाट निराशा हात लागेर व्यवसाय छोड्ने बुवा केवल उदाहरण होइनन्, एक संकेत हुन्।
उनको कथाले हामीलाई अंक वा संख्याले मापन गरेर भन्न नसकिने यस्तो तथ्य उजागर गर्छ – ‘अर्थतन्त्र कुनै बैंक वा वित्तीय प्रणाली फेल भएर मात्र ढल्ने होइन, संवेदना र सम्बन्धहरू टुटेर पनि क्षय हुन्छन्।’
यदि वैश्विक पुँजीवादलाई मानवीय स्वरुपमा बचाउनु छ भने यसले आर्थिक कार्यहरूका लागि मात्र नभई भावनात्मक उत्प्रेरणाका लागि पनि ठाउँ प्रशस्त गर्नुपर्छ। अन्यथा हामीले प्रभावकारी प्रणाली त निर्माण गर्न सकिएला तर त्यसमा रित्तोपन हुनेछ। वृद्धि त होला तर त्यसले सम्बन्धित प्रणालीहरूलाई एकत्रित गरेर जोड्न नसक्ने जोखिममा हामी हुनेछौं।
मलाई यो आलेखका निम्ति घच्घच्याउने म्यासेज साधारण थियो, तर त्यसको अन्तर्दृष्टि गहिरो थियो। त्यसमा लुकेको गहिरो अर्थ के हो भने ‘अर्थतन्त्रहरू मेसिनरी हुँदैनन्, यो मानवीय इच्छा र उद्देश्यमा आधारित हुन्छ।’ त्यसैले अब हामीले अर्थतन्त्रलाई भावनात्मक रुपमा पनि हेर्न सुरुवात गर्नुपर्छ।
त्यसपछि मात्र हामी वास्तवमै यस्तो आर्थिक प्रणाली निर्माण गर्न सक्छौं, जहाँ लाभ र उद्देश्य तथा तर्क र प्रेमको सहअस्तित्व सम्भव छ, जहाँ भावनात्मक पक्ष अदृश्य रहनेछैन ‘सदृश्य’ भएर आउनेछ।
(पन्त त्रिभुवन विश्वविद्यालबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा विद्यावारिधि गरिरहेकी छन्।)
The post टुटेका सपनाको आर्थिक मूल्य : वित्तीय प्रणाली फेल भएरमात्रै ढल्दैन अर्थतन्त्र appeared first on BIZMANDU.
काठमाडौंको रंग धमिल्याइरहेको प्रदूषण र फोहोरी राजनीति : के गरे हट्छन् दुवै तुवाँलो?
मठमन्दिरले सजिएको सम्पदाको सहर काठमाडौं केही दिन अघि बाक्लो तुवाँलो र प्रदूषित हावाभित्र निसास्सिइरह्यो। विश्वका सबैभन्दा प्रदूषित सहरका रुपमा चित्रण हुन पुग्यो। वर्षा भएसँगै केही दिनमात्र त भयो काठमाडौंको आकाश अलि उघारिएको! अहिले वातावरणीय प्रदूषणको समस्याको संकट पुरै टरेको नभइ केही समयका लागि पर सरेको हो।
आजकल यो सहर केवल वायू प्रदूषणले मात्र होइन फोहोरी राजनीतिले समेत उसैगरी निसास्सिइरहेको छ।  काठमाडौं  यतिबेला दुई किसिमले निसास्सइरहेको छ, पहिलो भौतिक रुपले र दोस्रो  वैचारिक रुपले।
वरपरका जंगलमा लागेको डढेलोबाट सहरतर्फ उडिरहेको धुवाँले गाँजेको काठमाडौं उपत्यकाका सडकहरुमा अचेल दिनहुँ  प्रदर्शन हुन थालेका छन्। सडकहरुमा आवाजहरु अझ चर्को चर्को सुनिन्छन्। सहरको सुरिलोपन कर्कश ध्वनिबीच हराएको छ। तर यो कर्कश  सुनिने स्वरभित्र लामो समयदेखि गुम्सिइरहेको आम मानिसका आवेग र उनीहरुको चरम निराशा नै  प्रतिध्वनित भइरहेको छ।
उनीहरुको यो आवेग क्षणिक पनि होइन। बिगत लामो समयदेखि आम मानिसले चाहिरहेको सुशासन, लोकतन्त्र र त्यसले लिएको विपरीत दिशातर्फको चरम निराशाको परिणाम हो।
नेपालको राजधानी सहर केवल प्रदूषित मात्र छैन यो त पक्षघात भएको मानिसजस्तो भएको छ, जो अनिश्चितता र निष्क्रियताको बाक्लो तुवाँलोभित्र वर्षौंदेखि रुमल्लिइरहेको देखिन्छ।
बितेको साता हामीले काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित सहरका रुपमा देख्यौं। यहाँको हावामा यति धेरै विषाक्त कणहरु थिए जसले स्वास्थ्यका लागि हानिकारक मानिने खतराका सबै तह पार गरेको भन्दै नागरिकलाई सचेत नै गराइएको थियो। वरपरका डाँडाहरुमा लागेको डढेलोले  सुन्दर काठमाडौं उपत्यकालाई धुवाँको सहर बनाइदिएको थियो।
एकातिर डढेलोको धुवाँ उठेर आँखै पिरो पार्ने वातावरण, अर्कोतिर काठमाडौंका साँघुरा गल्लीहरुमा प्रदूषण बढाउँदै कुदिरहेका सवारीसाधनहरु। उसै त प्रदूषित, त्यसमाथि गाडीका धुँवाले पनि यसलाई अझ बढी विषाक्त बनाइरहेको थियो। निर्माण क्षेत्रबाट निस्कने धुलो, जथाभावी फोहोर जलाउँदा उठ्ने धुवाँ, अनि उकुसमुकुस गराउने मौसमले काठमाडौंलाई अझ बढी संकट थपिरहेकै देखिन्छ।
कहिलेकाहीँ त घामले खुलेर उदाउने मौकै नपाएको जस्तो हुन्छ। केही दिन अघिमात्र रातो र धमिलो बल्ब जसरी उदाउने घामले दिनलाई दिनजस्तो बनाइरहेको थिएन। यहीँ नखुलेको मौसम भएको सहरमा पनि चुपचाप हिँडिरहेका थिए अनुहारमा मास्क र मनमा चिन्ता बोकेका मानिसहरु।
सरकारी अधिकारीहरु मानिसलाई खराब हावाका कारण घरभित्रै बस्न र बाहिरका गतिविधिमा सकेसम्म नजान भनिरहेका थिए। विद्यालयहरु बन्द थिए। साना बालबालिकाहरु घरभित्रै सीमित रहे। सरकारी स्वास्थ्य संस्थाहरुले श्वासप्रश्वाससम्बन्धी समस्या तीव्र गतिमा बढिरहेको तथ्यांक दिइरहेको थियो। आँखामा संक्रमण र दमजस्ता रोगको  बढ्दो केसहरु थिए। जीवनको स्रोत मानिने उही हावा मानौं मानिसहरुका लागि साइलेन्ट किलर बनिरहेको थियो।
तर यतिबेला हामीले जुन वातावरणीय संकट भोगिरहेका छौं त्यो  प्रकृतिले निम्त्याएको नभइ हाम्रै सरकारी संयन्त्रको विफलताको परिणाम हो। अझ भनौं शासकीय असफलताको परिणाम हो। वर्षौदेखि विज्ञहरुले  काठमाडौंको हावाको गुणस्तर बिग्रेकोमा चेतावनी दिइरहेकै हुन्। तर, त्यसलाई कसरी सुधार गर्ने भन्ने बारे पर्याप्त ध्यान जान सकेन।
हाम्रो शासकीय संयन्त्र नै यस्तो छ जसलाई सुक्खायाममा  डढेलो लाग्छ भन्ने राम्रोसँग जानकारी छ। जान्दाजान्दै पनि त्यसको नियन्त्रणका लागि गर्नुपर्ने पूर्वतयारीको कुनै रणनीति  देखिँदैन। फेरि सहरमा जसरी जनघनत्व बढिरहेको छ, सहरीकरणको योजना त्यस अनुरुप बनिरहेको छैन।
कार्बन उत्सर्जन नियन्त्रणका नीतिहरुको कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ। क्लिन इनर्जीलाई प्रवर्धनका लागि जति पहल गर्नुपर्ने हो त्यो पनि पर्याप्त भइरहेको देखिँदैन। यो लापरवाही र सरकारी संयन्त्रले देखाइरहेको ढिलासुस्ती, कमजोर कार्यप्रणाली र जे जति काम भएका छन् त्यो पनि प्रभावकारी हुन नसक्नु नै काठमाडौं सहरको यो दुर्गति भएको छर्लङ्ग दर्शाइरहेको छ। यस्तै कुशासन र लापरवाह संयन्त्रका कारण काठमाडौं अब सास लिन पनि संघर्ष गर्नुपर्ने सहरका रुपमा चित्रित हुन पुगेको छ।
यहाँका हावामा प्रदूषणको मात्रा बाक्लिँदै गएसँगै सर्वसाधारणको आक्रोश पनि चर्को सुनिन थालेको छ। काठमाडौंका ऐतिहासिक धरोहरहरु अनि साँस्कृतिक सम्पदा भएका चोक र गल्लीमा अचेल दिनहुँ प्रदर्शन भइरहेका छन्।
आम मानिस देश अनि यहाँको राजनीतिक यात्रालाई दिगो र सही गतितर्फ लैजान माग गरिहेका छन्। आम नागरिकको आक्रोशमा अझ बढी ऊर्जा मिसिएको महसुस हुन्छ। उनीहरुले लामो समयदेखि भित्रभित्रै गरिरहेका गुनासा र निराशाका स्वरहरु अब चोक चोकमा चर्को स्वरमा गुञ्जिन थालेको छ।
तर हामीले बुझ्नुपर्ने कुरा के पनि हो भने त्यस दिन पूर्वराजा ज्ञानेन्द्र फर्काउने अभियानमा राष्ट्रिय झण्डा बोकेको भीड केवल उनीप्रति नतमस्तकको मात्र थिएन त्यो त गणतन्त्रले आम नागरिकसँग गरेका प्रतिबद्धताहरु पूरा नभएर निराश भएकाहरुको आक्रोश थियो। त्यो त जनताप्रति सरकारको जवाफदेहिता गुम्नु, आर्थिक समृद्धिको यात्रामा बिराम लाग्नु, अनि राज्य र नागरिकबीच बढ्दो दूरीले जन्माएको परिणाम थियो।
जब जब निराशा र विद्रोहका मौन आवाजहरु चर्को रुपमा प्रतिध्वनित हुन थाल्छन् त्यसले कस्तो परिणाम निम्त्याउँछ भन्ने हामीले बिगतका जनआन्दोलनहरुमा देखिसकेकै छौं। सन् २००८ को जनआन्दोलनले देशलाई सदाका लागि राजतन्त्रबाट मुक्त गरेर गणतन्त्रतर्फ अघि बढायो। आम जनता अब समावेशी र समान राजनीतिक अवसरहरुका साथ देश समृद्धितर्फ अघि बढ्छ भन्नेमा ढुक्क थिए।
संघीयताको मर्म नै विभिन्न तह र तप्काका सबै लिंग, वर्ग, भाषा, धर्म र समुदायका नागरिकलाई सशक्तिकरणतर्फ लैजाने थियो। शक्ति तथा निर्णय एकै ठाउँ अर्थात केन्द्रबाट नभइ  विकेन्द्रिकृत हुँदै जाने अपेक्षा आम मानिसमा थियो।
तर यतिका वर्षहरु बित्दा पनि बाचा अनुसारको काम नहुँदा आम नागरिकले आफूहरु अझै पनि पाखा पारिएको, आफ्ना आवाजहरुको सुनुवाइ नभएको, अनि आफूहरुलाई भ्रममा राखिएको महसुस गर्न थाले।
दैनिक जीवनमा महंगीको मारले आक्रान्त हुन थालेका सर्वसाधारणहरु अझ विशेषगरी युवा वर्गले शासकीय प्रणालीप्रति विश्वास नै गर्न छोडे। देशमा उनीहरुले शिक्षा र रोजगारीका सहज अवसर नपाउनुले उनीहरुलाई आफ्नो भविष्यप्रति अझ बढी निराश बनाउँदै लग्यो।
यही व्याप्त निराशाले ठूलो समूहलाई हालको शासकीय प्रणालीसँग मोहभंग भयो र त्यसले फ्याँकिसकेको राजसंस्थालाई फेरि शक्तिशाली बन्नका लागि टाउको उठाउने मौका दियो। यो अवस्था फेरि पनि कुनै राजसंस्था, राजमुकुट वा शाहवंशीयहरु प्रतिको भक्तिका कारण नभइ  गणतन्त्रले पूरा गर्न नसकेका प्रतिबद्धताहरुका विरुद्धको चरम निराशाको परिणाम मात्र थियो।
काठमाडौंमा राजा फर्काउने अभियानका नाममा जुन प्रदर्शन भयो त्यसविरुद्ध सरकार संयमित भएरै प्रस्तुत भएको हो। हिंसा भड्किएका केही संवेदनशील क्षेत्रमा कर्फ्यु लगाइयो। सुरक्षाकर्मीहरु बाक्लै परिचालित भए र सर्वसाधारणलाई भेला हुनबाट रोक लगाइए। तथापि राजनीतिक नेतृत्व यस घटनालाई लिएर चिन्तनशील हुनेभन्दा पनि बढी प्रतिक्रियात्मक भएको महसुस भएको छ।
सरकार तत्कालको अवस्थालाई नियन्त्रणमा लिनुमा लक्षित भयो तर किन यस्तो अवस्था आयो भनेर त्यसमा अन्तरनिहीत आक्रोशहरुलाई सम्बोधन गर्नपट्टि भने अझै पनि संवेदनशील भएजस्तो लाग्दैन।
बिडम्बना नै भन्नुपर्छ काठमाडौंमा लागेको धुँवाधुलोको तुँवालो हटाउन जसरी सरकारसँग पूर्वतयारी र ठोस समाधान छैन उसैगरी देशमा मडारिने यस्ता राजनीतिक तुवाँलोलाई पनि हटाउनेतर्फ पनि सरकारसँग कुनै ठोस रणनीति र पूर्वतयारी छैन।
खासमा काठमाडौंको हावा र हाम्रो शासकीय संयन्त्रमा देखिएको यो समानान्तर संकट केवल संयोगमात्र होइन। दुवै एकै किसिमको रोगबाट उत्पन्न भएका हुन्। समाधानका लागि कडा रुपमा कार्यान्वयनमा उत्रिन नसक्नुको गम्भीर रोगबाट उत्पन्न प्रभावकै कारण दुवै हाम्रा लागि निम्तिएका घातक अवस्था हुन्। दीर्घकालका लागि सोच्न नसक्नु अनि जनताका गुनासा र निराशाका मसिनो स्वरलाई  समयमै सुन्न नसक्दा यो चिच्याहट उत्पन्न भएको हो।  चिच्याउनुअघि नै उनीहरुका निराश र मसिना स्वरहरुलाई  सुन्न सकेको भए परिणाम यति भयानक र कर्कश आवाजसम्म पुग्ने थिएन।
वातावरणीय स्वास्थ्य र राजनीतिक स्वास्थ्य खासमा एक अर्कासँग सम्बन्धित नै हुन्छन्। वनजंगलमा डढेलो लाग्न नदिन सरकारले जसरी केही उपाय लगाउन सकेन, उसैगरी जनआक्रोशलाई साम्य बनाउन पनि नसकेको अवस्था छ। वास्तवमा सास फेर्नका लागि अपरिहार्य स्रोत  हावाको प्रदूषणलाई नियन्त्रण गरी स्वच्छ राख्न नसक्ने प्रणालीले आफ्नै संरचना भित्रका संस्थालाई  शुद्धीकरण गर्न  सक्षम हुनु  दुर्लभ नै मानिन्छ। काठमाडौंको आकाशमा देखिएको तुवाँलोलाई हामी कमजोर शासकीय संयन्त्र, राजनीतिक अस्पष्टता र धुमिलपन कै प्रतिबिम्ब हो भन्न सक्छौं।
यतिबेला काठमाडौंको तस्वीर रंगहीन र धुमिल भए पनि यसभित्र सम्भावनाहरु भने जीवितै छन्। संकटले आफूसँगै नयाँ सम्भावना लिएर आउँछन् भने झैं काठमाडौं अहिले यस्तो चौबाटोमा उभिएको छ, जहाँ उसले आफूलाई कस्तो सहर र कस्तो देश बनाउने हो भन्ने निर्णायक मोड लिन सक्छ। तर ती सबै समस्याका  समाधानका उपायहरु तत्कालै र सहजै हुन्छन् भन्ने पनि छैन।
प्रदूषित हावालाई स्वच्छ बनाउनेतर्फ काम गर्न पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक पर्छ। यस्तै वातावरणीय प्रदूषण न्यून गर्न बनाइएका नीतिनियमहरुको कडा रुपमा पालना गराउनुपर्छ।  यसमा तत्कालका लागि नभइ दिगो प्रयासहरुलाई अंगीकार गर्नुपर्ने हुन्छ। उसैगरि राजनीतिक रुपमा  देशले स्वच्छता पाउनका लगि जनताको भरोसालाई जित्न सक्नुपर्छ। यसका लागि उनीहरुसँग निकट रहेर विचारविमर्श र बृहत् छलफल  थालिहाल्नुपर्छ। राजसंस्थाको अवसानपछि देशमा आएको नयाँ राजनीतिक परिवर्तनसँगै शासकीय संयन्त्रले आमनागरिकसँग जुन किसिमका समावेशिताका प्रतिबद्धताहरु जनाएको थियो त्यसलाई पूरा गर्नतर्फ लाग्नुको अब विकल्प छैन।  यी दुवै क्षेत्रको स्वच्छताका लागि राजनीतिक, नैतिक तथा संस्थागत साहस र प्रतिबद्धता अत्यावश्यक छ।
काठमाडौं सहरले यतिबेला वातावरणीय तथा राजनीतिक रुपमा झेलिरहेको यो संकट केवल दुःखको नमुना मात्र होइन। यो काठमाडौं कति लचिलो र सहनशील छ भन्ने कुराको उदाहरण पनि हो। सहर तुवाँलोले अन्धकार हुँदा पनि सडकमा  आमनागरिक प्रदर्शनरत छन्। सन्नाटालाई चिर्दै यहाँ परिवर्तनका स्वरहरु तरंगित छन्। दैनिकी निस्क्रियजस्तो देखिए पनि त्यसैभित्रबाट चेतनाका स्वरहरु बाहिरिइरहेका छन्।
यति धेरै समस्याहरुका बाबजुद पनि काठमाडौं सास फेरिरहेको छ। यसको अन्तरआत्माले यो दूषित परिस्थितिसँग हार स्वीकार गरिसकेको छैन। तर मनन गर्नुपर्ने के पनि छ भने काठमाडौंलाई सहनशीलतामात्र काफी छैन अब यहाँको परिवर्तनका लागि जोडिएर आउने सबै उत्तरदायित्वहरु पनि उसैगरी बहन गर्ने क्षमता आवश्यक छ।
गम्भीर भएर सत्ता र शक्तिमा रहेकाहरुको काँधले यो क्षमता र जिम्मेवारी बहन गर्नैपर्छ। ताकि वास्तवमै हावालाई स्वच्छ बनाउनका लागि दृढनिश्चयी भएर काम थाल्न सकियोस्। यहाँ यस्तो स्वच्छता आवश्यक छ जसले भोलिका दिनमा कुनै पनि व्यक्तिले सास फेर्दा मास्क आवश्यक नपरोस्। अनि शान्तिपूर्वक बाँच्नका लागि सन्नाटा आवश्यक नपरोस्।
काठमाडौंलाई स्वच्छ हावा र स्वच्छ राजनीतिमध्ये कुनै एकमात्र पनि मञ्जुर छैन। काठमाडौंले ती दुवै पाउनुपर्छ, त्यो पनि भोलिको भाका राखेर होइन तत्कालै। किनभने यो सहरले सास रोकेर  बाँचेको धेरै भइसक्यो, अब उसलाई  उकुसमुकुस मञ्जुर छैन।
रश्मी पन्त त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधी गरिरहेकी छन्।
The post काठमाडौंको रंग धमिल्याइरहेको प्रदूषण र फोहोरी राजनीति : के गरे हट्छन् दुवै तुवाँलो? appeared first on BIZMANDU.
चुनौतीबीचको ‘रिजिलियन्स’ : क्रेडिट रेटिङबाट कसरी तय होला समृद्धिको मार्ग ?
हालै फिच रेटिङ्सबाट प्राप्त ‘बीबी माइनस’ सूचकले नेपालले हासिल गरेको उपलब्धी र वर्तमान चुनौतीहरुको मिश्रणलाई प्रतिबिम्बित गरेको छ। यो रेटिङले नेपालको न्यून ऋण स्तर, सबल बाह्य तरलता र जलविद्युत स्रोतको विशाल सम्भावनालाई उजागर गरेको छ। यद्यपि, यसले नेपालको अस्थिर शासन प्रणाली, कम प्रतिव्यक्ति आय, र बढ्दो बाह्य प्रभावको संवेदनशीलता जस्ता कमजोर पक्षहरू पनि प्रस्तुत गरेको छ।
यो रेटिङले धेरै दक्षिण एसियाली देश भन्दा नेपाललाई अगाडि देखाएको छ। यद्यपि, धेरै क्रेडिट रेटिङ पाएको भारत भने नेपालभन्दा अगाडि नै छ। यो भिन्नताले देशको वित्तीय स्थितिमा राजनीतिक र आर्थिक स्थिरताले पार्ने प्रभावलाई दर्साउँछ। साथै देशको आर्थिक अवस्थालाई बलियो बनाउन व्यापक संरचनात्मक र नीतिगत सुधारको महत्वलाई पनि यसले प्रस्तुत गरेको छ।
नेपालको लचक (रिजिलियन्स) आर्थिक अवस्थाको पछि यहाँका वित्तीय संस्थाहरुको भूमिका रहेको छ। विशेषगरि बैंक र बीमा कम्पनीहरुको आर्थिक अवस्थालाई लचक बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। चुनौतिपूर्ण समयमा पनि नेपालको अर्थतन्त्रलाई वृद्धि गर्न र स्थिरता कायम गर्न सक्षम बनेका यी संस्थाहरु नेपालको अर्थतन्त्रका मेरुदण्ड हुन्। जम्मा भएको बचतलाई उत्पादनशील क्षेत्रमा परिचालित गर्न, व्यवसायलाई विस्तार गर्न र विविध पूर्वाधार परियोजनाको वित्तपोषण गर्न बैंकहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन्। वित्तीय समाजवेशीकरणलाई महत्व दिँदा बैंकिङ सेवा नपुगेको समुदायसम्म बैंक पुग्न सफल भएको छ। यसले अर्थतन्त्रमा बृहत्तर सहभागितालाई बढाएको छ।
यस्तै, बीमा कम्पनीहरुले पनि व्यक्ति र व्यवसायिक जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनीहरुले अनिश्चित आर्थिक वातावरणमा पनि आत्मविश्वास बढाउने र वित्तीय सुरक्षाको प्रत्याभूति दिलाउने प्रयास गरेका छन्। संयुक्त रुपमा यी संस्थाहरुले वित्तीय स्थिरता कायम राखेका छन्। साथै, राजनीतिक र आर्थिक उतावचढावबीच तरलता र जोखिम व्यवस्थापनमा यिनीहरुले सफलता हासिल गरेका छन्।
नेपाल राष्ट्र बैंकले पनि वित्तीय लचकता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ। राष्ट्र बैंकले लिएको मौद्रिक नीतिले आर्थिक स्थिरता कायम राख्न, मुद्रास्फीति व्यवस्थापन गर्न र विनिमय दर स्थिर राख्न सहयोग गरेको छ। विदेशी मुद्रा सञ्चितीलाई बलियो बनाउने यो प्रयासले बाह्य तरलतालाई पनि मजबुत बनाएको छ। यही नै बीबी माइन्स रेटिङ प्राप्त गर्ने मुख्य कारण हो
भारतमा आर्थिक उदारीकरणको नीति सन् १९९० मा सुरु भयो। जसले भारत वैश्विक बजारका लागि खोल्यो र त्यहाँ प्रतिस्पर्धा र लगानीको ओइरो लाग्यो। आर्थिक सबलताका लागि संस्थागत सुधारका प्रयासहरु भए। वस्तु र सेवा कर (जीएसटी) सँगै व्यापार व्यवासाय टाँट पल्टनबाट रोक्ने नीति र बैंकरप्सी कोड कार्यान्वयनमा ल्याइयो जसलेआर्थिक पारदर्शिता बढायो भने व्यवसायिक वातावरण बनाउन भूमिका खेल्यो।
Photo: REUTERS
नेपालको अवस्था भारतको अवस्थाभन्दा ठिक विपरीत छ। सुशासनको अभाव र बारम्बार नीति फेरबदलका कारण पर्यटन र जलविद्युत जस्ता महत्वपूर्ण क्षेत्रको विकासमा बाधा पुगेको छ। राजनीतिक अस्थिरताले लगानीकर्ताहरु निरुत्साहित भएका छन् जसकारण मुख्य परियोजनाहरुको काम नै अधुरो बन्न पुगेको छ। यस्तो अवस्थामा पनि नेपालका वित्तीय क्षेत्रहरुले भने लचकता देखाएका छन्। तर, प्रणालिगत असक्षमता कारण वित्तीय क्षेत्रमा रुपान्तकारी परिवर्तन आउन सकेको छैन। यी चुनौतीहरुको समाधान गर्न राजनीतिक स्थिरता र आर्थिक सुधार प्रति सामुहिक प्रतिबद्धताको खाँचो छ। त्यसपछिमात्रै सुशासन, वित्तीय अनुशासन र दीर्घकालीन योजनाहरुले प्राथमिकता पाउनेछन्।
नेपालमा दीर्घकालीन स्थिरताले धेरै महत्वपूर्ण अवसरको ढोका खुल्न सक्छ। यसले संस्थाहरुलाई बलियो त बनाउँछ नै सुशासनमा थप सुधार ल्याएर व्यापार व्यवसाय फस्टाउने वातावरण सिर्जना हुन्छ। स्थिर सुशासनले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लाई आकर्षित गर्छ र सरोकारवालाहरुलाई ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा स्रोत सुनिश्चित गर्न प्रोत्साहित गर्छ।
सरकार विकेकपूर्ण ढंगले ऋण व्यवास्थापन र घाटा न्यूनिकरणमा केन्द्रित भएमा समस्यामा रहेको वित्तीय अवस्थामा सुधार आउँछ। स्थिरताले अर्थतन्त्रको विविधीकरणलाई बढाएर विप्रेषण र कृषिमा बाह्य निर्भरतालाई घटाउँदै लग्न सहयोग गर्छ। यसबाट अर्थतन्त्र वृद्धिका नयाँ सूचकहरु समेत तयार हुनेछन्। यस्तो अवस्थामा बैंक र बीमा कम्पनीहरुले अझै महत्वपूर्ण भूमिका खेल्छन्। बैंक तथा बीमा कम्पनीहरुले ठूलो परियोजनाहरुमा लगानी गरेर र जलवायु परिवर्तन र ‘डिजिटल डिभाइड’को जोखिमलाई समधान गर्न सहयोग गर्न सक्छन्।
हालै सार्वजनिक भएको क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रको लचकता र अस्थिरताका कारण सिर्जित परिस्थितिलाई उजागर गरेको छ। यो रेटिङले नेपालमा आर्थिक स्थिरता कायम राख्न र आर्थिक वृद्धिलाई बढावा दिन बैंक तथा वित्तीय संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गराएको छ। यद्यपि, यो क्रेडिट रेटिङले आर्थिक र राजनीतिक अस्थिरताका कारण गुमिरहेको सम्भावनाहरुबारे पनि सचेत गराएको छ। यो अवस्थामा भारतबाट सिक्दै नेपाल राजनीतिक स्थिरता विकासमा लाग्नु पर्छ। त्यसका लागि वित्तीय क्षेत्रको आधुनिकीकरण र विश्वमा प्रतिष्पर्धा गर्न सक्षम बनाउन संरचनात्मकम सुधारहरु काम कार्यान्वयन गर्नुपर्छ।
नेपालले यी लक्ष्यहरु सामूहिक प्रयासबाट मात्रै गर्न सक्छ। नीति निर्माताहरुले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति ल्याउनुपर्छ। भ्रष्टचार र कर्मचारीतन्त्रको असक्षमतालाई सम्बोधन गर्दै परादर्शिता र जवाफदेहिता कायम राख्नुपर्छ। वित्तीय सेवा नपुगेको क्षेत्रमा संस्था विस्तार अहिलेको आवश्यकता हो। प्रविधिको प्रयोग गर्दै नवप्रवर्तन कार्यक्रम सहित सेवा विस्तारमा वित्तीय क्षेत्र लाग्नुपर्छ। स्थिर वातावरणले मात्रै यी संस्थाहरुलाई आफ्नो क्षमता चिनेर अधिकतम काम गर्न, आर्थिक वृद्धि हासिल गर्न र अर्थतन्त्रमा लचकता बढाउन प्रोत्साहित गर्छ।
नेपालले प्राप्त गरेको ‘बीबी माइनस’ रेटिङ उपलब्धी मात्रै होइन। यसले हामीलाई हाम्रो अर्थतन्त्रमा देखिएका समस्याहरु बुझेर तत्काल सुधारका कामहरु गर्न संकेतसमेत दिएको छ। यो रेटिङले वित्तीय क्षेत्रको लचकतालाई देखाएको छ त नै अर्थतन्त्रको अन्तर्निहीत सम्भावनाहरु चिन्ने अवसर पनि दिएको छ। नेपाल राष्ट्र बैंकको सहयोगमा बैंक तथा बीमा कम्पनीहरुले अहिले आर्थिक वृद्धिको लागि ठोस आधारहरु तय गरिरहेको छ। आफ्नो सम्भावनाहरु चिने ठिक ठाउँमा लगानी गरे यी संस्थाहरुले क्रेडिट रेटिङमा सुधार ल्याउन सहयोग गर्न सक्छन्। उनीहरुले लगानी भित्र्याउन र समृद्ध भविष्य निर्माण गर्न सहयोग गर्न सक्छन्।
राजनीतिक र आर्थिक अस्थिरताबाट गिजोलिरहेको नेपाल अहिले आफ्नो इतिहासकै महत्वपूर्ण क्षणमा छ। भारतबाट सिक्दै र स्थिरतालाई अंगाल्दै नेपालले आफ्नो पूर्ण क्षमता पहिचान गरेर काम अघि बढाउन सक्छ। स्थिरता केबल राजनीतिक आदर्श मात्रै होइन यो आर्थिक प्रगतिको आधारशिलासमेत हो। त्यसैले आफ्नो प्रचुर प्रकृतिक सम्भावना, भूराजनीतिक अस्वथा, लचिलो वित्तीय संस्थाको सही सदुपयोग गरेर नेपालले उच्च क्रेडिट रेटिङ हासिल गर्न सक्छ।
यसले नेपालीहरुको भविष्यलाई समृद्ध र सुखी बनाउन भूमिका खेल्नेछ। यही अवस्थाबीच अगाडि बढ्न स्थिर र समावेशी अर्थतन्त्र निर्माणमा सामूहिक प्रतिबद्धताको खाँचो छ। स्थिरतालाई केबल एउटा लक्ष्यको रुपमा प्रस्तुत गर्न हुन्न। यो त नेपालको असीमित सम्भावना र वैश्विक आर्थिक क्षेत्रमा उचित स्थान प्राप्त गर्न सक्ने आधार बुझाउने नेपालको महत्वपूर्ण आधार हो।
The post चुनौतीबीचको ‘रिजिलियन्स’ : क्रेडिट रेटिङबाट कसरी तय होला समृद्धिको मार्ग ? appeared first on BIZMANDU.
नरम शक्तिको कठोर वास्तविकता : सफ्ट पावरले पुनर्परिभाषित गर्दै कूटनीति
तीव्र विश्वव्यापीकरण भइरहेको विश्वमा यसअघि कहिल्यै कल्पना नगरिएको स्वरुपमा कूटनीति कलाको विकास भइरहेको छ। प्रभावको शान्त शक्तिका रुपमा लिइने ‘सफ्ट पावर’ अर्थात सौम्य शक्ति पहिलेभन्दा अझ बढी महत्त्वपूर्ण रूपमा उजागर हुँदै आएको छ।
विश्व राजनीतिमा कुनै पनि देशले सफलता हासिल गर्ने माध्यमका रुपमा उसको सफ्ट पावरलाई लिइन्छ। आश्चर्य मान्नु नपर्नेगरी अबको विश्वमा सफ्ट पावर प्रभावको मुख्य कडी बनेको छ-‘व्यक्तिगत सम्बन्ध।’ सफ्ट पावरलाई प्रवर्धन गर्ने गरी यी सम्बन्धहरु विभिन्न माध्यमबाट स्थापित भइरहेका छन्।
सफ्ट पावरको प्रवर्धनका लागि डिजिटल माध्यम, साँस्कृतिक आदानप्रदान तथा ऐतिहासिक बिरासतमार्फत कुनै पनि देशले विविध अवधारणाहरुको विकास तथा विश्वासको वातावरण निर्माण गरिरहेको छ र यो नै सफ्ट पावर हासिल गर्ने प्रमुख औजार भएको तथ्यलाई विविध अध्ययनहरुले पनि स्थापित गरिदिएका छन्।
सामाजिक सञ्जालको उदयपछि देशहरुले समग्र विश्वसँग गर्ने संवादको तरिका नै बदलिएको छ। एक्स (ट्वीटर), फेसबुक र इन्स्टाग्राम कुनै पनि देशले विश्वका तमाम दर्शकसँग प्रत्यक्ष संवाद गर्ने अत्यावश्यक औजार बनेका छन्।
यही शैलीको रुपान्तरण कूटनीतिमा पनि प्रयोग गरिएको छ जसलाई डिजिटल कूटनीति भनिन्छ। यसले देशहरुलाई विश्वका जो कोही व्यक्तिसँग पनि व्यक्तिगत रुपमै निकटता कायम गर्न, सान्दर्भिकता बढाउन तथा ‘रियल टाइम’ अन्तरसंवाद गर्नका लागि अवसर दिन्छ, जुन परम्परागत कूटनीतिक अभ्यासमा अभाव देखिने गरेको थियो।
डिजिटल अवधारणाले अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई कसरी रुपान्तरण गर्दैछ भन्नेबारे सन् २०२१ मा एक अध्ययन भएको थियो जसले डिजिटल अवधारणाले देशले देशसँग मात्र नभई देशले प्रत्येक व्यक्तिसँग विश्वास र निकटता स्थापित गर्न सक्ने देखाएको छ। र यसबाट व्यक्ति-व्यक्तिबीच साझा अनुभव आदानप्रदान गर्न सक्ने माध्यम स्थापित हुने पनि अध्ययनको निष्कर्ष  छ।
‘डिजिटल इन्डिया’ क्याम्पेनमार्फत भारतीय विदेश मन्त्रालयले बृहत् भारतीय डायस्पोरामा आफ्नो सांस्कृतिक सम्पदालाई प्रवर्धन  तथा विस्तार गर्दै आएको छ भने विश्वलाई भारतबारे पर्याप्त छलफल गर्ने अवसर पनि दिएको छ।
सन् २०१५ मा डिजिटल इन्डिया क्याम्पेनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। फाइल फोटो : दी हिन्दु
भारतले डिजिटल कूटनीतिलाई आफ्नो रुपान्तरणको प्रमुख हतियार बनाएको छ। भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जाललाई आफ्नो कुटनीतिक रणनीतिकै प्रमुख अंगको रुपमा अंगीकार र प्रयोग गरिरहेको देखिन्छ। ‘डिजिटल इन्डिया’ क्याम्पेनमार्फत भारतीय विदेश मन्त्रालयले बृहत् भारतीय डायस्पोरामा आफ्नो सांस्कृतिक सम्पदालाई प्रवर्धन  तथा विस्तार गर्दै आएको छ भने विश्वलाई भारतबारे पर्याप्त छलफल गर्ने अवसर पनि दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं ट्विटरमा यति सक्रिय छन् कि उनका ट्वीटहरुका कारण विश्वभरका प्रयोगकर्ताहरु निकट रुपमा भारतसँग जोडिन, भारतलाई बुझ्न र विभिन्न सन्दर्भहरुमा भारतबारे व्यक्तिगत धारणा बनाउन सक्षम भएका छन्। यही प्लाटफर्मलाई भारतले कूटनीतिक रुपमा बढी प्रभावकारी देखिरहेको छ र प्रयोग पनि गरिरहेको छ। कसरी जुनकुनै देशले डिजिटल प्लाटफर्ममार्फत देशको सौम्य शक्तिलाई बढाउन सक्छ भन्नेमा भारतको यो प्रयोग राम्रो उदाहरण हो।
डिजिटल प्लाटफर्म बाहेक सांस्कृतिक कूटनीति पनि सम्बन्ध प्रगाढ बनाउने महत्त्वपूर्ण औजार हो। ब्राजिलकै उदाहरण हेरौं। ब्राजिलले आफ्नो देशको विविध सांस्कृतिक पक्षहरुलाई आफ्नो चलचित्र उद्योगमार्फत विश्वका दर्शकहरुमाझ ल्याइदियो, जसबाट विश्वसँग उसले संवेदनात्मक सम्बन्ध प्रगाढ रुपमा स्थापित भयो।
सांस्कृतिक सामाग्रीहरुको निर्यातबाट कसरी ब्राजिलले विश्व मानचित्रमा आफ्नो छविलाई स्थापित गर्न सक्यो भन्ने सन् २०२२ मा भएको अध्ययनले छर्लङ्ग बनाएको छ। यसरी निर्यात हुने चलचित्रहरुमार्फत दर्शकले केवल मनोरञ्जनमात्र पाएनन् बरु त्यसले ब्राजिलका मानिसको जीवनशैली, मूल्य मान्यता तथा त्यसले विश्वमा पार्ने प्रभावबारे पनि गहिरो जानकारी पाउन सके। यसले विश्वमै ती देशका मानिसहरुप्रति संवेदनात्ममक सम्बन्ध स्थापित हुन सक्यो।
खेलकुदले पनि देशहरुबीच यस्ता सम्बन्ध निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। कोभिड-१९ महामारीको संकटग्रस्त समयका बाबजुद सन् २०२० मा टोकियो ओलम्पिक्स सम्पन्न भयो, जसले दर्शकको अभावका बाबजुद विश्वभरका मानिसलाई खेलकुदमार्फत एकताबद्ध बनाउन सक्यो।
कोभिड-१९ महामारीले विश्वमा सफ्ट पावरकै एक कडीका रुपमा स्वास्थ्य कूटनीतिको महत्त्वलाई पनि स्थापित गरेको छ।
फाइल फोटो : विश्व स्वास्थ्य संगठनको भर्चुअल कार्यक्रममा विश्वका नेताहरु।
डिजिटल प्लाटफर्मको माध्यमबाट यो ओलम्पिकलाई विश्वभरका लाखौं मानिसले हेरे जसबाट खेल हेर्ने सबैले एकै किसिमको उत्साह र अनुभव साट्न पाए। सन् २०२३ मा भएको सर्वेक्षणले के देखायो भने ओलम्पिक्सको समयमा जे जति डिजिटल प्लाटफर्महरुको प्रयोग भयो तिनै माध्यमबाट यस्ता सम्बन्धहरु अझ बढी मजबुत बन्न सक्यो। यसबाट के पनि स्थापित भयो भने कुनै पनि देशले आफ्नो कूटनीतिक औजारका रुपमा खेलकुदको भूमिकालाई नकार्न सक्दैन।
कोभिड-१९ महामारीले विश्वमा सफ्ट पावरकै एक कडीका रुपमा स्वास्थ्य कूटनीतिको महत्त्वलाई पनि स्थापित गरेको छ। कोभिड महामारीको संकटका बेला विभिन्न देशहरु तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुबीचको समन्वय, सम्बन्ध तथा विश्वासको वातावरणले विश्वमा सार्वजनिक स्वास्थ्य नीतिहरु तर्जुमामा सकारात्मक प्रभाव पार्न सक्यो।
सन् २०२१ मा भएको एक अध्ययनले कोभिड महामारीको समयमा स्थापित भएको यस्ता सम्बन्धहरुले महामारीसँग लड्नका लागि प्रभावकारी भूमिका मात्र खेलेन यसले अमेरिका र चीनजस्ता देशहरुको सफ्ट पावरलाई  पनि उल्लेख्य रुपमा बढाएको देखिन्छ। ती दुवै देशहरुले कोभिड महामारीको समयमा विश्व स्वास्थ्य क्षेत्रमा बिभिन्न उल्लेखनिय पहलहरु गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।
यसैगरी शैक्षिक तथा व्यावसायिक आदानप्रदानहरुले कुनै पनि देशको सफ्ट पावरलाई योगदान पुर्याउने गरी दिगो सम्बन्धहरुलाई कायम राख्न मद्दत पुग्छ। यस्ता कार्यक्रमहरुले विश्वभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा व्यावसायिक व्यक्तिहरु संजालमार्फत एक अर्कासँग जोडिन सक्छन् जसले दीर्घकालीन सम्बन्धहरुलाई बढावा दिन्छ।
एकै किसिमका समूहहरुबीच आदानप्रदान कार्यक्रममार्फत स्थापना भएको सम्बन्धले भावी दिनमा अन्तर्राष्ट्रिय सम्बन्धलाई दिगो राख्नका लागि तथा सहकार्य तथा आपसी सहमतिको लागि आधारशिलाको काम गर्छ भन्ने सन् २०२२ मा भएको एक अध्ययनले देखाएको छ।
बौद्ध धर्मसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा नेपाल सक्रिय रुपमा आबद्ध छ। यसबाट नेपालले सांस्कृतिक आदानप्रदान तथा आपसी समझदारी र भाइचारा प्रवर्धन गरिरहेको छ। यस्तो किसिमको अध्यात्मिक कूटनीतिले देशहरुबीचको सम्बन्धमा पुलको काम गर्छ ।
केही समय अघि सम्पन्न लुम्बिनी कन्क्लेभ
नेपालले आफ्नो सफ्ट पावरलाई अझ बढी अभिवृद्धि गर्नका लागि आफ्नो सांस्कृतिक धरोहरहरुबाट लाभ लिन सक्छ। भगवान गौतम बुद्धको जन्मस्थलका रुपमा नेपालले विश्वभरका बौद्धमार्गीहरुको लागि विशेष देशका रुपमा ठाउँ बनाएको छ। बुद्धको जन्मस्थानका रुपमा लुम्बिनीलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राखेको छ।
लुम्बिनी विश्वकै एक प्रमुख धार्मिक गन्तव्यका रुपमा पनि परिचित छ। धार्मिक आस्थाका कारण आउने तीर्थयात्रीहरु, पर्यटकहरु तथा बौद्ध धर्मबारे अध्ययन अनुसन्धानमा रुचि राख्ने विज्ञहरुले पनि यो स्थानलाई प्रमुख गन्तव्यका रुपमा लिन्छन्। नेपालले देशभित्र बौद्ध धर्मसँग जोडिएका स्थान तथा सम्पदाहरुको प्रवर्धन गरी शान्ति तथा सद्भावको ध्वनि यसरी गुञ्जाउन सक्छ जसले विश्वमै गहिरो प्रभाव छोड्न सफल होस्।
नेपालको बौद्धर्मप्रतिको झुकाव तथा प्रतिबद्धताबाट विश्वका कुनै पनि देश अपरिचित छैनन्।  बौद्ध धर्मसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा नेपाल सक्रिय रुपमा आबद्ध छ। यसबाट नेपालले सांस्कृतिक आदानप्रदान तथा आपसी समझदारी र भाइचारा प्रवर्धन गरिरहेको छ। यस्तो किसिमको अध्यात्मिक कूटनीतिले देशहरुबीचको सम्बन्धमा पुलको काम गर्छ ।
यसबाट नेपालले विश्वस्तरमै आफ्नो उपस्थिति तथा प्रभावलाई अझ बढाउन सक्छ। नेपालले सधैं नै बुद्धकै वाणीअन्तर्गतका शान्ति तथा अहिंसालाई अनुशरण तथा विश्वभर प्रचार प्रसार गर्दै आएको छ। नेपालले तटस्थ देशका रुपमा विश्वमा बनाएको पहिचान तथा शान्ति र अहिंसाको मार्ग अंगीकार गरेको बौद्ध धर्मको प्रचारबाट विश्वसामु भाइचाराका लागि सबैसँग सहकार्य गर्ने तथा शान्तिका लागि पहल गर्ने देशका रुपमा आफ्नो छवि बलियो बनाएको छ।
अध्यात्मिक प्रभावकै रुपमा नेपालले गोर्खा सैनिकको विरासतलाई पनि सफ्ट पावरका रुपमा पहिचान गरेको छ। २०० वर्ष अघिदेखि गोर्खा सैनिकले बेलायती सेना, भारतीय सेना तथा विश्वका अन्य देशहरुका सैनिकहरुसँग काम गरिरहेको छ।
आफ्नो साहस, अनुशासन तथा वफादारिताका लागि प्रख्यात गोर्खा सैनिकहरु कुनै एक देशमा मात्र नभइ संसारभर सम्मानित छन्। उनीहरुको सेवाले विश्व सुरक्षामा योगदान मात्र गरेको छैन नेपालको कूटनीतिक सम्बन्धहरु विशेष गरी बेलायतसँगको सम्बन्धलाई अझ बढी मजबुत बनाउन मद्दत गरेको छ।
गोर्खा सैनिक केवल सैनिक जवानमात्र होइनन् उनीहरु त नेपाली मूल्यमान्यताबारे अन्तर्राष्ट्रिय स्तरमा चिनाउने दूतहरु हुन्। युद्ध मैदानमा उनीहरुको साहस तथा कर्तव्यबोधको कथाहरुले सैनिकहरुले सेवा गरेका देशहरुमा मात्र नभई विश्व मानचित्रमै नेपालीहरुलाई ससम्मान चिनाउने गर्विलो इतिहास बोकेको छ। त्यसैले गोर्खा सैनिकहरुले जुन देशका लागि लडे ती देशहरुसँग नेपालको पृथक सम्बन्ध र निकटता सिर्जना भएको छ।
नेपालको सफ्ट पावरलाई  केवल विश्व मानचित्रमा नेपालको छवि बढाउने मात्र होइन नेपालको रणनीतिक रुचिका क्षेत्रहरुमा योगदान गर्दछ, जसले अन्तर्राष्ट्रिय सम्बन्धहरुमा बेलाबेला देखा पर्ने जटिलताहरुलाई समाधान गर्न मद्दत पुग्दै आएको छ।
Photo : The British Army
बेलायती सेनामा गोर्खा सैनिकको उपस्थितिले बलियो द्विपक्षीय सम्बन्ध कायम भएको लामो समयदेखिको इतिहास छ। यही विशेष सम्बन्धका कारण बेलायतले गोर्खाहरुको योगदानलाई कदर गर्दै नेपालका लागि दातृ निकायहरुमार्फत विकासका साझेदार बनेर विविध क्षेत्रमा सहायता उपलब्ध गराउँदै आएको छ।
अध्यात्मिक तथा सैन्य कूटनीतिको यो संयोजनले नेपालको सफ्ट पावरको बहुआयामिक प्रकृतिलाई उजागर गर्छ। आफ्नो बौद्ध धर्मसम्बद्ध सम्पदा तथा गोर्खा सैनिकको बिरासतका कारण नेपालले अन्तर्राष्ट्रिय समुदायमा फरक र सम्मानित स्थान बनाइसकेको छ।
यी तत्वहरुले नेपालको सफ्ट पावरलाई  केवल विश्व मानचित्रमा नेपालको छवि बढाउने मात्र होइन नेपालको रणनीतिक रुचिका क्षेत्रहरुमा योगदान गर्दछ, जसले अन्तर्राष्ट्रिय सम्बन्धहरुमा बेलाबेला देखा पर्ने जटिलताहरुलाई समाधान गर्न मद्दत पुग्दै आएको छ।
विश्व अझ बढी साँघुरो तथा अन्तरसम्बन्धित हुँदै गइरहेको समयमा कुनै पनि देशले अन्य देशहरुसँगको सम्बन्धलाई सद्भावका साथ कायम राख्नु नै प्रभावकारी कूटनीतिको कोसे ढुंगा हो। यसका लागि डिजिटल माध्यम, सांस्कृतिक आदानप्रदान, खेलकुद, स्वास्थ्यका विषयमा गरिने विश्वस्तरका पहलहरुले देशहरुबीचको सम्बन्धलाई अझ बढी प्रभावकारी साथै सुमधुर बनाउन मद्दत पुग्छ।
विश्व डिजिटल युगको अत्याधुनिक विस्तारतर्फ अग्रसर भइरहेको सन्दर्भमा यस्ता सम्बन्धहरुमा एकअर्कालाई महत्त्व दिन जानेमा मात्र अझ बढी प्रगाढ हुन्छ र यो नै विद्यमान विश्व प्रभाव तथा कूटनीतिक संरचनाको प्रमुख खम्बा हो।
(लेखक प्रभु बैंककी प्रमुख व्यापार अधिकृतका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागअन्तर्गत नेपालको सफ्ट पावरबारे अनुसन्धानरत पीएचडी फेलो हुन्।)
The post नरम शक्तिको कठोर वास्तविकता : सफ्ट पावरले पुनर्परिभाषित गर्दै कूटनीति appeared first on BIZMANDU.