BIZMANDU
www.bizmandu.com

निगमले ग्यासको मूल्य वृद्धि फिर्ता लियो, प्रधानमन्त्रीले भने–आवश्यक पूर्वतयारी पुगेन

२०६९ फागुन २

निगमले ग्यासको मूल्य वृद्धि फिर्ता लियो, प्रधानमन्त्रीले भने–आवश्यक पूर्वतयारी पुगेन
निगमले ग्यासको मूल्य वृद्धि फिर्ता लियो, प्रधानमन्त्रीले भने–आवश्यक पूर्वतयारी पुगेन


काठमाडौं । प्रधानमन्त्रीको निर्देशनपछि नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलवार गरेको ग्यासको मूल्यवृद्धि फिर्ता लिने निर्णय छ । केही समय अघि बसेको निगम सञ्चालक समितिको आकस्मिक बैठकले मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको हो । मूल्य वृद्धि फिर्ता लिन प्रधानमन्त्री बाबुराम भट्टराईले आपूर्ती सचिव लालमणी जोशीलाई निर्देशन दिएका थिए । जोशीले तुरुन्तै सञ्चालक समितिको बैठक डाकेर निर्णय फिर्ता गराएका थिए ।

नेपाल आयल निगमले बुधवार साँझ अवेर जारी गरेको प्रेस विज्ञप्ती

Tata
GBIME
Nepal Life

मूल्यवृद्धिको विरोधमा जनता सडकमा ओर्लिएपछि सरकारले ग्यासको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले आवश्यक संयन्त्र नबनेको भन्दै दोहोरो मूल्य खारेज गरेको टिव्टमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन् 'आवश्यक पूर्व तयारीको अभावमा ग्यासको दोहोरो मूल्य कार्यान्वयन तत्काल रोकिएको छ ।'

कार्ड वितरणमा गल्ती भएको स्वीकार
काठमाडौ । नेपाल ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास कार्ड वितरणमा गल्ती भएको स्वीकार गरेका छन । ‘कार्ड वितरण जुन गतिमा हुनु पर्ने हो त्यसरी हुन सकेन यसमा हामी आत्मआलोचित भएका छौ’, उनले भने । अन्य मुलुकको तुलनामा नेपाल ग्यास बिक्रीको मामिलामा कम अनुभवी देश भएकाले केहि त्रुटि भएको उनले बताए ।
आफुले गरेको गल्तीलाई स्वीकार गरेका अर्यालले कुन–कुन जिल्लामा कति ग्यास कार्ड पुगेको र अहिलेसम्म कति ग्यास कार्ड उपभोक्ता माझ पुगिसके भन्ने एकिन तथ्याङ्क  समेत उनले दिन सकेनन । मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रमा अर्यालले  २०४७ साल यता बनेका कुनै पनि सरकारले ग्यास वितरण सम्बन्धी भएका महत्वपुर्ण निर्णयहरुलाई कडाइका साथ लागू नगर्दा आयल निगम अर्बौ  रुपैयाँ घाटामा गएको बताए ।
ग्यासको मुल्य २१ सय पुर्याउने निर्णय सरकारले केहि समयका लािग  फिर्ता गरेको समचार प्रति संकेत गर्दै अर्यालले ग्यास बिक्रेता महासंघले यो अवधिमा कृत्रिम अभाव सिर्जना हुन नदिने र त्यस्तो कार्य गर्नेलाई कानून बमोजिम कारबाहिको लागि सघाउन तयार रहेको बताए ।
कार्यक्रममा नागरिक न्यायिक उपभोक्ता मञ्चका महासचिव प्रकास सुवेदीले सरकारले ग्यासको मुल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेकेको बताए । उपभोक्तासँग छलफल नै नगरि यस्ता निर्णय गर्ने गरेको भन्दै सुवेदीले घाटा कम गर्नका लागि नभइ कमिसनको खेलमा ग्यासको मुल्य बढाउने गरेको बताए । सुवेदीले आयल निगमको महाप्रवन्धक नियुक्तिका  लागि पाँच करोडभन्दा बढि घुस बुझाउनु पर्ने भएकाले जनताको ढाड सेकिने गरि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मुल्य बढाएर रकम असुलिने गरेको बताए ।

ग्यासको मूल्य बढाउनुअघि व्यवसायी र निगमका पदाधिकारीवीच चार करोड रुपैयाँको चलखेल